17.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
तिम्रो पाहुना भएर आउनुभएको छ , त्यसैले तिमीले आदर गर्नुपर्छ। जसरी प्रेमले बोलायौ
त्यसैगरी आदर पनि गर्नु छ , अनादर गर् न ु ह ुँदैन ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई सदा कुनचाहिँ नसा चढिरहनुपर्छ? यदि नसा चढ्दैन भने के भनिन्छ?
उत्तर:–
उच्च भन्दा
उच्च आसामी यस पतित दुनियाँमा हाम्रो पाहुना बनेर आउनु भएको छ, सदा यो नसा
चढिरहनुपर्छ। तर यो नसा नम्बरवार चढ्छ। कति त बाबाको बनेर पनि संशयबुद्धि बनेर हात
छोडेर जान्छन्, त्यसैले भनिन्छ तिनीहरूको तकदिर।
ओम् शान्ति ।
ओम् शान्ति,
दुई पटक भन्नुपर्ने हुन्छ। यो त बच्चाहरूले जान्दछौ– एक हुनुहुन्छ बाबा, अर्को
हुनुहुन्छ दादा। दुवै सँगसँगै हुनुहुन्छ नि। भगवानको पनि कति महिमा गर्छन् तर शब्द
कति साधारण छ– गड फादर। केवल फादर भनिँदैन, गड फादर भन्छन्, उहाँ हुनुहुन्छ उच्च
भन्दा उच्च। उहाँको महिमा पनि धेरै उच्च छ। उहाँलाई बोलाउँछन् पनि पतित दुनियाँमा।
स्वयं आएर बताउनु हुन्छ– मलाई पतित दुनियाँमा नै बोलाउँछन् तर पतित-पावन उहाँ कसरी
हुनुहुन्छ? कहिले आउनुहुन्छ? यो कसैलाई पनि थाहा छैन। आधाकल्प सत्ययुग-त्रेतामा कसको
राज्य थियो, कसरी भयो? कसैलाई पनि यो कुरा थाहा छैन। पतित-पावन बाबा आउनु पनि अवश्य
हुन्छ, उहाँलाई कसैले पतित-पावन भन्छन्, कसैले लिबरेटर भन्छन्। स्वर्गमा लैजानुहोस्
भनेर पुकार्छन्। सबैभन्दा उच्च हुनुहुन्छ नि। उहाँलाई पतित दुनियाँमा बोलाउँछन्–
आएर हामीलाई श्रेष्ठ बनाउनुहोस् भनेर। उहाँको पोजीसन (स्थान) कति उच्च छ। हाइएस्ट
अथोरिटी (सर्वोच्च अधिकारी) हुनुहुन्छ। जब रावण राज्य हुन्छ अनि उहाँलाई बोलाउँछन्।
नत्र यस रावण राज्यबाट कसले छुटाउने? यी सबै कुरा तिमी बच्चाहरूले सुन्छौ, त्यसैले
नसा पनि चढिरहनु पर्छ। तर यति नसा चढ्दैन। मदिराको नसा सबैलाई चढ्छ, यो नसा चढ्दैन।
यसमा छ धारणाको कुरा, यो भाग्यको कुरा हो। बाबा हुनुहुन्छ धेरै उच्च अधिकारी।
तिमीहरूमा पनि कसै कसैलाई पूरा निश्चय हुन्छ। यदि सबैलाई निश्चय हुँने हो भने त
संशयमा आएर किन भाग्थे? बाबालाई बिर्सिन्छन्। बाबाको बनेपछि फेरि बाबाको लागि कोही
संशय बुद्धि हुनसक्दैन। तर बाबा हुनुहुन्छ वन्डरफुल। गायन पनि छ– आश्चर्यवत्
बाबालाई जानन्ती, बाबा भनन्ती, ज्ञान सुनन्ती, अहो माया फेरि पनि संशयबुद्धि
बनावन्ती। बाबा सम्झाउनु हुन्छ– यी भक्तिमार्गका शास्त्रहरूमा कुनै सार छैन। बाबा
भन्नुहुन्छ– मलाई कसैले पनि चिनेका छैनन्। तिमी बच्चाहरूमा पनि मुस्किलले कोही
टिक्न सक्छ। तिमीले पनि फिल गर्छौ– त्यो याद स्थायी रूपमा टिक्दैन। हामी आत्मा
बिन्दु हौं, बाबा पनि बिन्दु हुनुहुन्छ, उहाँ हाम्रा पिता हुनुहुन्छ, उहाँको त आफ्नो
शरीर छैन। भन्नुहुन्छ– मैले यस तनको आधार लिन्छु। मेरो नाम शिव हो। म आत्माको नाम
कहिल्यै परिवर्तन हुँदैन। तिम्रो शरीरको नाम परिवर्तन हुन्छ। शरीरको नै नाम रहन
जान्छ। विवाह भएपछि नाम परिवर्तन हुन्छ। फेरि त्यो नाम पक्का बनाउँछन्। अब बाबा
भन्नुहुन्छ– तिमीले यो पक्का निश्चय गर, हामी आत्मा हौं। बाबाले नै परिचय दिनुभएको
छ– जब जब अत्याचार र ग्लानि हुन्छ तब म आउँछु। कुनै पनि शब्दलाई पक्रनु छैन। बाबा
स्वयं भन्नुहुन्छ– मलाई पत्थरमा छु भनेर कति ग्लानि गर्छन्, यो पनि नयाँ कुरा होइन।
कल्प कल्प यसरी पतित बनेर ग्लानि गर्छन्, अनि मात्रै म आउँछु। कल्प कल्प मेरो यही
पार्ट छ। यसमा साटफेर हुनसक्दैन। ड्रामामा निश्चित छ नि। तिमीलाई कतिले भन्छन्–
केवल भारतखण्डमा नै आउनुहुन्छ! के भारतखण्ड मात्र स्वर्ग बन्छ? यो त अनादि-अविनाशी
पार्ट भयो नि। बाबा कति उच्च भन्दा उच्च हुनुहुन्छ। पतितहरूलाई पावन बनाउने बाबाले
भन्नुहुन्छ– मलाई बोलाउँछन् नै यस पतित दुनियाँमा। म त सदैव पावन छु। मलाई पावन
दुनियाँमा बोलाउनुपर्छ नि! तर होइन, पावन दुनियाँमा बोलाउने आवश्यकता नै हुँदैन।
पतित दुनियाँमा नै बोलाउँछन् आएर पावन बनाउनुहोस्। म कति ठुलो पाहुना हुँ।
आधाकल्पदेखि मलाई याद गर्दै आएका हौ। यहाँ कोही ठुला मानिसलाई बोलाउँदा एक दुई
वर्षमा बोलाउँछन्। फलाना यस वर्ष नभए अर्को वर्ष आउने छन्। उहाँलाई त आधाकल्पदेखि
याद गर्दै आएका छौ। उहाँको आउने पार्ट त फिक्स नै छ। यो कसैलाई पनि थाहा छैन।
सबैभन्दा उच्च बाबा हुनुहुन्छ। एकातर्फ मनुष्यहरूले त बाबालाई प्रेमले बोलाउँछन्,
अर्कोतर्फ महिमामा दाग लगाइदिन्छन्। वास्तवमा उहाँ ठुलो भन्दा ठुलो गेस्ट अफ अनर (सम्मानित
अतिथि) हुनुहुन्छ, जसको सम्मानलाई दाग लगाइदिएका छन्, भनिदिन्छन्– उहाँ पत्थर आदि
सबैमा हुनुहुन्छ। कति उच्च सत्ता हुनुहुन्छ, बोलाउँछन् पनि धेरै प्रेमले, तर छन्
एकदम बुद्धु। म नै आएर आफ्नो परिचय दिन्छु– म तिम्रो पिता हुँ। मलाई गड फादर भन्छन्।
जब सबै रावणको कैदमा हुन पुग्छन् अनि मात्रै बाबालाई आउनुपर्छ किनकि सबै हुन् भक्त
अथवा प्रियतमा, सीताहरू। बाबा हुनुहुन्छ प्रियतम, राम। एउटा सीताको मात्र कुरा होइन,
सबै सीताहरूलाई रावणको जेलबाट छुटाउनुहुन्छ। यो हो बेहदको कुरा। यो हो पुरानो पतित
दुनियाँ। यो पुरानो हुनु फेरि नयाँ हुनु एक्युरेट छ, यो शरीर आदि त कुनै चाँडै
पुरानो हुन्छ, कुनै धेरै समय चल्छ। यो कुरा ड्रामामा एक्युरेट निश्चित छ। पूरै ५
हजार वर्षपछि फेरि मलाई आउनुपर्छ। म नै आएर आफ्नो परिचय दिन्छु र सृष्टि चक्रको
रहस्य सम्झाउँछु। कसैलाई पनि न मेरो परिचय थाहा छ, न ब्रह्मा, विष्णु, शङ्करको, न
लक्ष्मी-नारायणको, न राम-सीताको परिचय छ। ड्रामामा उच्च भन्दा उच्च कलाकार त उहाँ
नै हुनुहुन्छ। हो त मनुष्यको नै कुरा। कुनै ८-१० भुजावाला मनुष्य त हुँदैन। विष्णुका
४ भुजा किन देखाउँछन्? रावणका १० शिर के हुन्? यो कसैलाई पनि थाहा छैन। बाबा आएर नै
सारा विश्वको आदि, मध्य, अन्त्यको ज्ञान दिनुहुन्छ। भन्नुहुन्छ– म हुँ महान् अतिथि,
तर गुप्त। यो पनि केवल तिमीले नै जानेका छौ। तर जानेर पनि फेरि भुल्छौ। उहाँको कति
रिगार्ड राख्नुपर्छ, उहाँलाई याद गर्नुपर्छ। आत्मा पनि निराकार, परमात्मा पनि
निराकार, यसमा फोटोको पनि कुरा छैन। तिमीले त आत्मा निश्चय गरेर बाबालाई याद गर्नु
छ, देह अभिमान छोड्नु छ। तिमीले सदैव अविनाशी चीजलाई देख्नुपर्छ। तिमीले विनाशी
देहलाई किन हेर्छौ! देहीअभिमानी बन, यसमा नै मेहनत छ। जति यादमा रहन्छौ त्यति
कर्मातीत अवस्था बनाएर उच्च पद पाउने छौ। बाबाले अति सहज योग अर्थात् याद सिकाउनु
हुन्छ। योग त अनेक प्रकारका छन्। याद शब्द नै यथार्थ हो। परमात्मा पितालाई याद
गर्नमा नै मेहनत छ। मुस्किलले कसैले सत्य बताउँछन्– म यति समय यादमा रहेँ। याद गर्दै
गरेनन् भने सुनाउन पनि लाज लाग्छ। लेख्छन्– सारा दिनमा एक घण्टा यादमा रहें, त्यसो
भए त लाज लाग्नुपर्छ नि। यस्ता बाबा जसलाई दिन-रात याद गर्नुपर्छ तर मैले केवल एक
घण्टा याद गर्छु। यसमा धेरै गुप्त मेहनत छ। बाबालाई बोलाउँछन् त्यसैले टाढाबाट आउने
पाहुना हुनुभयो नि। बाबा भन्नुहुन्छ– म नयाँ दुनियाँको पाहुना बन्दिनँ। आउँछु नै
पुरानो दुनियाँमा। आएर नयाँ दुनियाँको स्थापना गर्छु। यो पुरानो दुनियाँ हो, यो पनि
कसैले यथार्थमा जानेका छैनन्। नयाँ दुनियाँको अवधि नै जानेका छैनन्। बाबा
भन्नुहुन्छ– यो ज्ञान म नै आएर दिन्छु फेरि ड्रामा अनुसार यो ज्ञान लोप हुन्छ। फेरि
कल्पपछि यो पार्ट दोहोरिन्छ। मलाई बोलाउँछन्, वर्ष वर्ष शिवजयन्ती मनाउँछन्। जो थिए
र अहिले छैनन् उनीहरूको वर्ष वर्ष जयन्ती मनाउँछन्। शिवबाबाको पनि १२ महिनापछि
जयन्ती मनाउँछन् तर कहिलेदेखि मनाउँदै आएका हुन्, यो कसैलाई पनि थाहा छैन। केवल
भनिदिन्छन्– लाखौं वर्ष भयो। कलियुगको अवधि नै लाखौं वर्ष लेखिदिएका छन्। बाबा
भन्नुहुन्छ– यो हो ५ हजार वर्षको कुरा। वास्तवमा यी देवताहरूको नै यहाँ राज्य थियो
नि। त्यसैले बाबा भन्नुहुन्छ– म तिम्रो विशेष पाहुना हुँ, मलाई आधाकल्पदेखि धेरै
निमन्त्रण दिँदै आएका हौ। जब धेरै दु:खी हुन्छन् तब भन्छन्– हे पतित-पावन आउनुहोस्!
म आएको पनि छु, पतित दुनियाँमा। रथ त मलाई चाहिन्छ नि। आत्मा हो अकालमूर्त। उहाँको
यो तख्त हो। बाबा पनि अकालमूर्त हुनुहुन्छ, यस तख्तमा आएर विराजमान हुनुहुन्छ। यो
कुरा धेरै रमणिक छ। अरू कसैले सुने भने चकित हुन्छन्। अब बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! मेरो मतमा चल। सम्झ शिवबाबाले मत दिनुहुन्छ, शिवबाबाले मुरली चलाउनु
हुन्छ। यिनले भन्छन् मैले पनि उहाँको मुरली सुनेर सुनाउँछु। सुनाउने त उहाँले हो
नि। यिनी नम्बरवन पूज्य नै फेरि नम्बरवन पुजारी बने। अहिले यिनी पुरुषार्थी हुन्।
बच्चाहरूले सदैव सम्झिनुपर्छ– हामीलाई शिवबाबाको श्रीमत मिलेको छ। यदि कुनै उल्टो
कुरा भयो भने त्यो सुल्टो बनाइदिनुहुन्छ। यो अटुट निश्चय भएमा उत्तरदायी शिवबाबा
हुनुहुन्छ। यो ड्रामामा निश्चित छ। विघ्न त पर्नु नै छ, धेरै कडा कडा विघ्न पर्छन्।
आफ्ना बच्चाहरूको पनि विघ्न पर्छ। त्यसैले सदा सम्झ– शिवबाबाले सम्झाउनु हुन्छ, तब
याद रहन्छ। कति बच्चाहरूले सम्झन्छन् ब्रह्माबाबाले यो मत दिनुहुन्छ, तर होइन।
शिवबाबा नै उत्तरदायी हुनुहुन्छ। तर देह अभिमान छ भने घरी घरी यिनलाई नै देख्छन्।
शिवबाबा कति ठुलो पाहुना हुनुहुन्छ तापनि रेलवे आदिकाले कहाँ जानेका छन् र,
निराकारलाई कसरी चिन्ने वा जान्ने? उहाँ त बिरामी हुन सक्नुहुन्न। त्यसैले बिरामी
आदि यिनी हुन्छन्। उनीहरूले के जान्ने यिनमा को हुनुहुन्छ? तिमी बच्चाहरूले पनि
नम्बरवार चिनेका छौ। उहाँ सबै आत्माहरूका पिता र यिनी फेरि प्रजापिता मनुष्यहरूका
पिता। त्यसैले दुवै (बापदादा) कति ठुला पाहुना हुनुभयो।
बाबा भन्नुहुन्छ– जे
पनि हुन्छ ड्रामामा निश्चित छ, म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। ड्रामामा छैन
भने केही पनि गर्न सक्दिनँ। माया पनि धेरै कडा छ। राम र रावण दुवैको पार्ट छ।
ड्रामामा रावण चैतन्य भएको भए भन्ने थियो– म पनि ड्रामा अनुसार आउँछु। यो दु:ख र
सुखको खेल हो। सुख हुन्छ नयाँ दुनियाँमा, दु:ख हुन्छ पुरानो दुनियाँमा। नयाँ
दुनियाँमा थोरै मनुष्य, पुरानो दुनियाँमा कति धेरै मनुष्य छन्। पतित-पावन बाबालाई
नै बोलाउँछन्– आएर पावन दुनियाँ बनाउनुहोस् किनकि पावन दुनियाँमा धेरै सुख थियो,
त्यसैले नै कल्प कल्प पुकार्छन्। बाबाले सबैलाई सुख दिएर जानुहुन्छ। अहिले फेरि
पार्ट रिपीट हुन्छ। दुनियाँ कहिल्यै पनि समाप्त हुँदैन। समाप्त हुन असम्भव छ।
समुद्र पनि दुनियाँमा छ नि। यो तेस्रो तला हो। भन्छन्– जलमग्न, पानी-पानी हुन्छ फेरि
पनि पृथ्वी तला त हो नि। पानी पनि त हुन्छ नि। पृथ्वी तला विनाश हुनसक्दैन। जल पनि
यस तलामा हुन्छ। दोस्रो र पहिलो तला, सूक्ष्मवतन र मूलवतनमा त जल हुँदैन। यो बेहद
सृष्टिको ३ तला हुो, जसलाई तिमी बच्चाहरू बाहेक अरू कसैले पनि जानेका छैनन्। यो
खुसीको कुरा सबैलाई खुसीले सुनाउनुपर्छ। जो पूरा पास हुन्छन्, उनीहरूको नै
अतीन्द्रिय सुखको गायन गरिएको छ। जो रात-दिन सेवामा तत्पर छन्, सेवा मात्रै
गरिरहन्छन् उनीहरूलाई धेरै खुसी हुन्छ। कुनैबेला यस्तो दिन पनि आउँछ जसमा मनुष्यहरू
रातमा पनि जाग्छन्, तर आत्मा थाक्छ त्यसैले सुत्नुपर्ने हुन्छ। आत्मा सुत्यो भने
शरीर पनि सुत्छ। आत्मा सुतेन भने शरीर पनि सुत्दैन। थाक्छ आत्मा। आज म थाकेको छु,
कसले भन्यो? आत्माले। तिमी बच्चाहरू आत्म अभिमानी भएर रहनुछ, यसमा नै मेहनत छ।
बाबालाई याद गरेनन्, देहीअभिमानी ररेदैनन् भने देहका सम्बन्धी आदि याद आउँछ। बाबा
भन्नुहुन्छ– तिमी नाङ्गै आएका थियौ फेरि नाङ्गै जानुछ। यो देहको सम्बन्ध आदि भुल।
यस शरीरमा रहेर मलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। बाबा कति ठुलो अधिकारी
हुनुहुन्छ। बाबालाई बच्चाहरू बाहेक अरू कसैले चिनेका छैनन्। बाबा भन्नुहुन्छ– म
गरिब निवाज हुँ, सबै साधारण छन्। पतित-पावन बाबा आउनुभएको छ, यो जाने भने थाहा छैन
कति भीड लाग्ने थियो। ठुलाबडा मानिसहरू आए भने कति भीड हुन्छ। त्यसैले ड्रामामा
यिनको पार्ट नै गुप्त रहन्छ। पछि गएर बिस्तारै बिस्तारै प्रभाव निस्किन्छ र विनाश
हुन्छ। सबै कहाँ मिल्न सक्छन् र। याद गर्छन् नि, त्यसैले उनीहरूलाई बाबाको परिचय
मिल्छ। बाँकी आउन सक्दैनन्। जस्तै बाँधेली बच्चीहरू मिल्न पाउँदैनन्, कति अत्याचार
सहन गर्छन्। विकारलाई छोड्न सक्दैनन्। भन्छन्– सृष्टि कसरी चल्छ? अरे, सृष्टिको बोझ
बाबामाथि छ कि तिमीमाथि? बाबालाई चिने भने फेरि यस्तो प्रश्न सोध्ने छैनन्। भन,
पहिला बाबालाई त चिन्नुहोस् फेरि सबै कुरा बुझ्नुहुन्छ। सम्झाउने पनि युक्ति
चाहिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदैव हाइएस्ट अथोरिटी बाबाको यादमा रहनु छ। विनाशी देहलाई नहेरेर देहीअभिमानी
बन्ने मेहनत गर्नु छ। यादको सच्चा सच्चा चार्ट राख्नु छ।
२) दिनरात सेवामा
तत्पर रहेर अपार खुसीमा रहनुछ। खुसीसँग तीनै लोकको रहस्य सबैलाई सम्झाउनु छ।
शिवबाबाले जुन श्रीमत दिनुहुन्छ त्यसमा अटुट निश्चय राखेर चल्नुछ, कुनै पनि विघ्न
आयो भने डराउनु छैन, उत्तरदायी शिवबाबा हुनुहुन्छ, त्यसैले संशयमा आउनु छैन।
वरदान:–
श्रेष्ठ बेलाको
आधारमा सर्व प्राप्तिहरूको अधिकारको अनुभव गर्ने पदमापदम भाग्यशाली भव
जो श्रेष्ठ बेला (समय)मा
जन्म लिने भाग्यशाली बच्चाहरू हुन्, तिनीहरू कल्प पहिलेको टचिङ्गको आधारमा जन्मँदैमा
आफ्नोपनको अनुभव गर्छन्। तिनीहरू जन्मँदै सर्व प्रोपर्टीका अधिकारी हुन्छन्। जस्तै
बीउमा सारा वृक्षको सार समाहित हुन्छ, त्यसैगरी नम्बरवन जन्मबेला भएका आत्माहरू
सर्व स्वरूपको प्राप्तिको खजाना आउनेबित्तिकै अनुभवी बन्छन्। तिनीहरूले कहिल्यै यसो
भन्दैनन्– सुखको अनुभव हुन्छ, शान्तिको हुँदैन, शान्तिको हुन्छ सुख र शक्तिको
हुँदैन। तिनीहरू सर्व अनुभवहरूले सम्पन्न हुन्छन्।
स्लोगन:–
आफ्नो
प्रसन्नताको छायाद्वारा शीतलताको अनुभव गराउनको लागि निर्मल र निर्मान बन।