17.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी अहिले त्यो अमरलोक स्थापना गर्न को लागि निमित्त हौ , जहाँ कुनै पनि दुःख वा पाप हुँदैन , त्यो हो नै नि र्वि कारी दुनियाँ ।”

प्रश्न:–
ईश्वरीय परिवारको अनौठो योजना कुन हो?

उत्तर:–
ईश्वरीय परिवारको योजना हो– ‘परिवार नियोजन (फेमिली प्लानिङ्) गर्नु’। एक सत धर्म स्थापना गरेर अनेक धर्महरूको विनाश गर्नु। मनुष्यले जन्म निरोध (बर्थ कन्ट्रोल) गर्ने योजना बनाउँछन्, बाबा भन्नुहुन्छ– उनीहरूको योजना सफल हुन सक्दैन। मैले नै नयाँ दुनियाँको स्थापना गर्छु, त्यसपछि बाँकी सबै आत्माहरू माथि घरमा जान्छन्। धेरै कम आत्माहरू मात्र रहन्छन्।

ओम् शान्ति ।
यो घर पनि हो, विश्व विद्यालय पनि हो र संस्था पनि हो। तिमी बच्चाहरूको आत्मालाई थाहा छ– उहाँ हुनुहुन्छ शिवबाबा। आत्माहरू हुन् सालिग्राम। जसको यो शरीर छ, शरीरले भन्दैन मेरो आत्मा। आत्माले भन्छ– मेरो शरीर। आत्मा अविनाशी छ, शरीर विनाशी छ। अहिले तिमीले आफूलाई आत्मा सम्झेका छौ। हाम्रा बाबा शिव हुनुहुन्छ, उहाँ सुप्रिम फादर हुनुहुन्छ। आत्मालाई थाहा छ– उहाँ हाम्रा सुप्रिम बाबा पनि हुनुहुन्छ। सुप्रिम टिचर पनि हुनुहुन्छ, सुप्रिम गुरू पनि हुनुहुन्छ। भक्तिमार्गमा पनि बोलाउँछन्– हे परमपिता परमात्मा (ओ गड फादर)! शरीर छोड्ने बेलामा पनि भन्छन्– हे भगवान्, हे ईश्वर! भनेर पुकार्छन् नि। तर कसैको बुद्धिमा यथार्थ रीतिले बस्दैन। पारलौकिक पिता त सबै आत्माहरूका एक हुनुभयो, फेरि भनिन्छ– हे पतितपावन! त्यसैले गुरू पनि हुनुभयो। भन्छन्– दुःखबाट हामीलाई मुक्त गरेर शान्तिधाममा लैजानुहोस्। यसरी त बाबा पनि हुनुभयो फेरि पतितपावन सतगुरू पनि हुनुभयो, फेरि सृष्टि चक्र कसरी घुम्छ, मनुष्यले ८४ जन्म कसरी लिन्छन्, त्यो बेहदको इतिहास भूगोल सुनाउनुहुन्छ त्यसैले सुप्रिम टिचर पनि हुनुभयो। अज्ञानकालमा बाबा भिन्नै, टिचर भिन्नै, गुरू भिन्नै हुन्छन्। यहाँ बेहदका बाबा, टिचर, गुरू एउटै हुनुहुन्छ। कति फरक भयो! बेहदका बाबाले बच्चाहरूलाई बेहदको वर्सा दिनुहुन्छ। उनीहरूले पनि हदको वर्सा दिन्छन्। पढाइ पनि हदको हुन्छ। विश्वको इतिहास-भूगोललाई त कसैले जान्दैनन्। यो कसैलाई थाहा छैन– लक्ष्मी-नारायणले राज्य कसरी पाए? कति समय त्यो राज्य चल्यो? फेरि त्रेताका रामसीताले कति समय राज्य गरे? केही जान्दैनन्। अहिले तिमी बच्चाहरूले बुझेका छौ– बेहदका बाबा आउनुभएको छ हामीलाई पढाउन। फेरि बाबाले सदगतिको बाटो देखाउनुहुन्छ। तिमी ८४ जन्म लिँदालिँदा पतित बन्छौ। अब पावन बन्नुछ। यो हो तमोप्रधान दुनियाँ। सतो, रजो, तमोमा हरेक चीज आउँछ। यो जुन सृष्टि छ, यसको पनि अवधि हुन्छ– नयाँ सो पुरानो, पुरानो सो फेरि नयाँ हुन्छ। यो त सबैलाई थाहा छ। सत्ययुगमा यो भारतवर्ष मात्रै थियो, त्यसमा देवीदेवताहरूको राज्य थियो। गड गडेजको राज्य थियो। अच्छा, फेरि के भयो? उनीहरूले पुनर्जन्म लिए। सतोप्रधानबाट सतो, सतोबाट रजो तमोमा आए। यति यति जन्म लिए। यस भूमिमा ५ हजार वर्ष पहिला लक्ष्मीनारायणको राज्य हुँदा त्यहाँ मनुष्यहरूको औसत आयु १२५-१५० वर्ष हुन्छ। त्यसलाई अमरलोक भनिन्छ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। यो हो मृत्युलोक। अमरलोकमा मनुष्य अमर हुन्छन्, आयु लामो हुन्छ। सत्ययुगमा पवित्र गृहस्थ आश्रम थियो। त्यसलाई निर्वीकारी दुनियाँ भनिन्छ। अहिले छ विकारी दुनियाँ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी शिवबाबाका सन्तान हौँ। वर्सा शिवबाबाबाट मिल्छ। यिनी दादा, उहाँ दादा (हजुरबुबा)। वर्सा दादाको मिल्छ। दादाको सम्पत्तिमा सबैको हक हुन्छ। ब्रह्मालाई भनिन्छ प्रजापिता। एडम र ईभ। आदम बिबी। उहाँ हुनुहुन्छ निराकार परमपिता परमात्मा। यिनी (प्रजापिता) भए साकारी पिता। यिनको आफ्नो शरीर छ। शिवबाबाको आफ्नो शरीर छैन। त्यसैले तिमीलाई वर्सा मिल्छ शिवबाबाबाट ब्रह्माद्वारा। दादाको सम्पत्ति बाबाद्वारा मिल्छ नि। शिवबाबाबाट पनि ब्रह्माद्वारा नै तिमी फेरि मनुष्यबाट देवता बनिरहेका छौ। मनुष्य से देवता किये करत न लागी वार (भगवानलाई मनुष्यबाट देवता बनाउन धेरै समय लाग्दैन)... कसले बनाउनुभयो? भगवानले। महिमा गर्छन् नि ग्रन्थमा। महिमा धेरै छ। जसरी बाबा भन्नुहुन्छ– अल्फलाई याद गरेमा बे बादसाही तिम्रो हुन्छ। गुरूनानकले पनि भन्छन्– साहेबलाई जपेमा सुख मिल्छ। उहाँ निराकार अकालमूर्त बाबाको नै महिमा गाउँछन्। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा सुख मिल्छ। अहिले बाबालाई नै याद गर्छन्। लडाइँ पूरा हुन्छ फेरि लक्ष्मीनारायणको राज्यमा एउटै धर्म हुन्छ। यो बुझ्ने कुरा हो। भगवानुवाच– पतितपावन ज्ञानको सागर भगवानलाई भनिन्छ। उहाँ नै दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। हामी बाबाका बच्चा हौँ भने अवश्य हामी सुखमा हुनुपर्छ। अवश्य भारतवर्षका सत्ययुगमा थिए। बाँकी सबै आत्माहरू शान्तिधाममा थिए। अहिले त सबै आत्माहरू यहाँ आइरहेका छन्। फेरि हामी गएर देवीदेवता बन्छौँ। स्वर्गमा पार्ट खेल्छौँ। यो पुरानो दुनियाँ हो दुःखधाम, नयाँ दुनियाँ हो सुखधाम। घर पुरानो भयो भने फेरि त्यसमा मुसा, सर्प आदि निस्कन्छन्। यो दुनियाँ पनि त्यस्तै छ। यो कल्पको अवधि ५ हजार वर्ष हो। अहिले हो अन्त्य। गान्धीजी पनि चाहनुहुन्थ्यो– नयाँ दुनियाँ, नयाँ दिल्ली होस्, रामराज्य होस्। तर यो त बाबाको नै काम हो। देवताहरूको राज्यलाई नै रामराज्य भन्छन्। नयाँ दुनियाँमा त अवश्य लक्ष्मी-नारायणको राज्य हुन्छ। पहिला त राधाकृष्ण दुवै भिन्नाभिन्नै राजधानीका हुन्छन् फेरि उनीहरूको मगनी भएपछि लक्ष्मीनारायण बन्छन्। अवश्य उनीहरूले यसै समयमा त्यस्तो कर्म गर्छन् होला। बाबा बसेर तिमीलाई कर्म-अकर्म-विकर्मको गति सम्झाउनुहुन्छ। रावण राज्यमा मनुष्यले जुन कर्म गर्छन् त्यो कर्म विकर्म बन्छ। सत्ययुगमा कर्म अकर्म हुन्छ। गीतामा पनि छ तर नाम परिवर्तन गरिदिएका छन्। यो हो भुल। श्रीकृष्णजयन्ती त हुन्छ सत्ययुगमा। शिव हुनुहुन्छ निराकार परमपिता, श्रीकृष्ण त साकारमा छन्। पहिला शिवजयन्ती हुन्छ फेरि श्रीकृष्णजयन्ती भारतवर्षमा नै मनाउँछन्। शिवरात्रि भन्छन्। बाबा आएर स्वर्गको राज्य दिनुहुन्छ। शिवजयन्तीपछि श्रीकृष्णजयन्ती हुन्छ। त्यसको बीचमा हुन्छ रक्षाबन्धन किनकि पवित्रता हुनुपर्छ। पुरानो दुनियाँको विनाश पनि हुनुपर्छ। फेरि लडाइँ हुन्छ त्यसपछि सबै खतम हुन्छन् फेरि तिमी आएर नयाँ दुनियाँमा राज्य गर्छौ। तिमीले यो पुरानो दुनियाँ, मृत्युलोकको लागि पढ्दैनौ। तिम्रो पढाइ हो नयाँ दुनियाँ अमरलोकको लागि। यस्तो त कुनै कलेज हुँदैन। अब बाबा भन्नुहुन्छ– यो मृत्युलोकको अन्त्य हुन्छ त्यसैले छिटो पढेर होसियार हुनुछ। उहाँ बाबा पनि हुनुहुन्छ, पतितपावन पनि हुनुहुन्छ, पढाउनु पनि हुन्छ। त्यसैले यो ईश्वरीय विश्व विद्यालय हो। भगवानुवाच हो नि। कृष्ण त सत्ययुगका राजकुमार हुन्। उनले पनि शिवबाबाबाट वर्सा लिन्छन्। यस समयमा सबैले भविष्यको लागि वर्सा लिइरहेका छन् फेरि जति पढ्छन् त्यति वर्सा मिल्नेछ। पढ्दैनन् भने पद सानो हुन्छ। जहाँसुकै बसे पनि पढाइ नछोड। मुरली त बेलायतमा पनि जान सक्छ। बाबाले दिनहुँ सावधानी पनि दिइरहनुहुन्छ। प्यारा बच्चाहरू! बाबालाई याद गर, यसबाट तिम्रो विकर्म विनाश हुनेछ। आत्मामा जुन खिया लागेको छ त्यो निस्कनेछ। आत्मा १०० प्रतिशत पवित्र बन्नुछ। अहिले त अपवित्र छ। भक्ति त मनुष्यले धेरै गर्छन्, तीर्थहरूमा, मेलाहरूमा लाखौँ मनुष्य जान्छन्। यो त जन्मजन्मान्तरदेखि चलिआएको छ। कति मन्दिर आदि बनाउँछन्, मेहनत गर्छन्। फेरि पनि सिँढी ओर्लँदै आउँछन्। अहिले तिमीलाई थाहा छ– हामी चढ्तीकलाबाट सुखधाममा जान्छौँ, फेरि हामी ओर्लनुछ। फेरि कला कम हुँदै जान्छ। नयाँ घर बनाएको १० वर्षपछि त्यस घरको चमक अवश्य कम हुन्छ। तिमी नयाँ दुनियाँ सत्ययुगमा थियौ। १२५० वर्षपछि रामराज्य सुरु भयो, अहिले त बिल्कुलै तमोप्रधान छन्। मनुष्य कति धेरै भएका छन्! दुनियाँ पुरानो भएको छ। उनीहरूले त परिवार नियोजनको योजना बनाइरहन्छन्। कति अल्मलिइरहन्छन्। हामीले लेख्छौँ– यो त परमपिता परमात्माको नै काम हो। सत्ययुगमा गएर ९-१० लाख मनुष्य हुन्छन्। बाँकी सबै आफ्नो घर स्वीट होममा जान्छन्। यो दैवी परिवार नियोजन हो। एक धर्मको स्थापना, बाँकी सबै धर्महरूको विनाश। यहाँ त बाबाले आफ्नो काम गरिरहनुभएको छ। उनीहरूले भन्छन्– विकारमा गए जाऊ तर बच्चा नहोस्। यसो गरेर मात्रै केही पनि हुँदैन। यो योजना त बेहद बाबाको हातमा छ। बाबा भन्नुहुन्छ– म नै दुःखधामबाट सुखधाम बनाउन आएको हुँ। हर ५ हजार वर्षपछि म आउँछु, कलियुगको अन्त्य र सत्ययुगको आदिमा। अहिले यो हो सङ्गम यसैबेला पतित दुनियाँबाट पावन दुनियाँ बन्छ। पुरानो दुनियाँको विनाश र नयाँ दुनियाँको स्थापना यो त बाबाको नै काम हो। सत्ययुगमा थियो नै एक धर्म। यी लक्ष्मीनारायण विश्वका मालिक, महाराजा महारानी थिए। यो पनि तिमीलाई थाहा छ, यो माला कसको बनेको छ। माथि हुनुहुन्छ फूल शिवबाबा फेरि छन् युगल दाना ब्रह्मासरस्वती। उनीहरूको यो माला हो जसले विश्वलाई नर्कबाट स्वर्ग, पतितबाट पावन बनाउँछन्। जसले सेवा गरेर जान्छन्, उनीहरूको नै याद हुन्छ। त्यसैले बाबा सम्झाउनुहुन्छ– यी सत्ययुगमा पवित्र थिए नि। पवित्र प्रवृत्तिमार्ग थियो। अहिले त पतित छन्। गाउँछन् पनि– पतितपावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! सत्ययुगमा कहाँ यसरी पुकार्छन् र! सुखमा कसैले पनि बाबाको याद गर्दैनन्। दुःखमा सबैले याद गर्छन्। बाबा हुनुहुन्छ नै मुक्तिदाता, दयाका सागर, आनन्दका सागर, आएर सबैलाई मुक्ति जीवनमुक्ति दिनुहुन्छ। बोलाउँछन् पनि उहाँलाई नै, आएर स्वीट होममा लैजानुहोस्! अहिले सुख छैन। यो हो प्रजाको प्रजामाथि राज्य। सत्ययुगमा त राजा, रानी, प्रजा हुन्छन्। बाबा बताउनुहुन्छ– तिमी कसरी विश्वको मालिक बन्छौ। त्यहाँ तिमीसँग अथाह, अनगिन्ती धन हुन्छ। सुनका इँटाका घर बन्छन्। मेसिनबाट सुनका इँटा निस्किरहन्छन्। फेरि त्यसमा पनि हीरा जुहारात जडान गर्छन्। द्वापरमा पनि कति हिरा थियो जुन लुटेर लगे। अहिले त अलिकति सुन पनि देखिँदैन। यो पनि ड्रामामा पहिल्यै निश्चित छ। बाबा भन्नुहुन्छ– म हरेक ५ हजार वर्षपछि आउँछु। पुरानो दुनियाँको विनाशको लागि यी परमाणु बम आदि बनेका छन्। यो हो विज्ञान। बुद्धिबाट यस्ता यस्ता चीज निकालेका छन्, जसबाट आफ्नै कुलको विनाश गर्नेछन्। यो कुनै राख्नको लागि कहाँ बनाउँछन् र! यो रिहर्सल भइरहन्छ। राजधानी स्थापना नभएसम्म लडाइँ हुन सक्दैन। तयारीहरू त भइरहेका छन्, त्यसको साथै प्राकृतिक प्रकोपहरू पनि हुनेछन्। यति धेरै मानिस हुँदैनन्।

अब बच्चाहरूले यो पुरानो दुनियाँलाई भुल्नुछ। बाँकी स्वीट होम स्वर्गको बादसाहीलाई याद गर्नुछ। जसरी नयाँ घर बनाउँदा फेरि बुद्धिमा नयाँ घर नै याद हुन्छ नि। अहिले पनि नयाँ दुनियाँको स्थापना भइरहेको छ। बाबा हुनुहुन्छ सर्वका सदगतिदाता। आत्माहरू सबै परमधाम जान्छन्। बाँकी शरीर यहीँ खतम हुन्छन्। आत्मा पवित्र बन्छ, बाबाको यादले। पवित्र अवश्य बन्नुछ। देवताहरू पवित्र हुन्छन् नि। उनीहरूको अगाडि कहिल्यै बिँडी, तमाखु आदि राखिँदैन, उनीहरू वैष्णव हुन्। विष्णुपुरी भनिन्छ। त्यो हो नै निर्वीकारी दुनियाँ। यो हो विकारी दुनियाँ। अब निर्वीकारी दुनियाँमा जानुछ। थोरै समय बाँकी छ। यो त आफैले पनि बुझेका छन्– परमाणु बमले सबै खतम हुन्छन्। लडाइँ त लाग्नु नै छ। भन्छन्– हामीलाई प्रेरणा गर्ने कोही छ, जसले गर्दा हामीले बनाइरहेका छौँ। जान्दछन् पनि– आफ्नै कुलको विनाश भइरहेको छ। तर नबनाई रहन सक्दैनन्। शङ्करद्वारा विनाश, यो पनि ड्रामामा पहिल्यै निश्चित छ। विनाश सामुन्ने उभिएको छ। ज्ञान यज्ञबाट यो विनाश ज्वाला प्रज्ज्वलित भएको छ। अहिले तिमीले स्वर्गको मालिक बन्नको लागि पढिरहेका छौ। यो पुरानो दुनियाँ खतम भएर नयाँ बन्छ। यो चक्र घुमिरहन्छ। इतिहास अवश्य दोहोरिन्छ। पहिला आदि सनातन देवीदेवता धर्म थियो फेरि चन्द्रवंशी क्षत्रिय धर्म फेरि त्यसपछि इस्लामी, बौद्धी आदि आए फेरि अवश्य पहिलो नम्बरवाला आउनेछन् र सबै विनाश हुनेछन्। तिमी बच्चाहरूलाई कसले पढाइरहनुभएको छ? उहाँ निराकार शिवबाबाले। उहाँ नै शिक्षक हुनुहुन्छ, सतगुरू हुनुहुन्छ। आउनासाथ पढाइ सुरु गर्नुहुन्छ, त्यसैले लेखिएको छ– शिवजयन्ती सो गीताजयन्ती। गीताजयन्ती सो श्रीकृष्णजयन्ती। शिवबाबाले सत्ययुगको स्थापना गर्नुहुन्छ। कृष्णपुरी सत्ययुगलाई भनिन्छ। अहिले तिमीलाई पढाउने कोही साधु, सन्त, मनुष्य होइनन्। उहाँ त दुःखहर्ता, सुखकर्ता, बेहदका बाबा हुनुहुन्छ। २१ जन्मको लागि तिमीलाई वर्सा दिनुहुन्छ। विनाश त हुनु नै छ, यस समयको लागि नै भनिन्छ– किन की दबी रही धुल में , किन की राजा खाए... चोरी पनि धेरै हुन्छ। आगो पनि लाग्नुछ। यो यज्ञमा सबै स्वाहा हुनेछ। अहिले अलिअलि आगो लाग्छ फेरि बन्द हुन्छ। अझै केही समय लाग्छ। सबै आपसमा लड्छन्। छुटाउने कोही हुँदैन। रगतको नदीपछि फेरि दुधका नदी बग्नेछन्, यसलाई भनिन्छ अनाहकमा रगतको खेल। बच्चाहरूले साक्षात्कार पनि गरेका छौ फेरि यी आँखाले पनि देख्नेछौ। विनाशभन्दा पहिला बाबालाई याद गर्नुछ जसबाट तमोप्रधानबाट आत्मा सतोप्रधान बन्छ। बाबाले नयाँ दुनियाँ स्थापना गर्नको लागि तिमीलाई तयार पारिरहनुभएको छ। राजधानी पूरा स्थापना हुनेछ फेरि विनाश हुनेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) विष्णुपुरीमा जानको लागि स्वयंलाई योग्य बनाउनुछ। सम्पूर्ण पावन बन्नुछ, अशुद्ध खानपान त्याग गरिदिनुछ। विनाशभन्दा पहिला आफ्नो सबै थोक सफल गर्नुछ।

२) छिटो छिटो पढेर होसियार हुनुछ। कुनै पनि विकर्म नहोस् यसमा ध्यान राख्नुछ।

वरदान:–
फरियादलाई यादमा परिवर्तन गर्ने स्वतः र निरन्तर योगी भव

सङ्गमयुगको विशेषता हो– भर्खरै पुरुषार्थ, भर्खरै प्रत्यक्षफल। भर्खरै स्मृतिस्वरूप भर्खरै प्राप्ति को अनुभव। भविष्यको ग्यारेन्टी त छँदै छ तर भविष्यको भन्दा श्रेष्ठ भाग्य अहिलेको हो। यो भाग्यको नसामा रह्यौ भने स्वतः याद रहन्छ। जहाँ याद छ त्यहाँ फरियाद (बिन्ती) हुँदैन। के गरौँ, कसरी गरौँ, यो हुँदैन, अलिकति मद्दत दिनुहोस्– यो हो फरियाद। त्यसैले फरियादलाई छोडेर स्वतः योगी निरन्तर योगी बन।

स्लोगन:–
जो स्वयंलाई पाहुना सम्झेर चल्छन् उनीहरूले नै महान् स्थितिको अनुभव गर्छन्।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन

सङ्गठनको बल, स्नेहको बल, एकआर्कालाई सहयोग दिने बल र सहनशीलताको बल जम्मा गरेमा मायाले कहिल्यै आक्रमण गर्न सक्दैन, फेरि जयजयकारको नारा लाग्छ। यति धेरै अनेक हुँदा पनि एक देखिन्छन्, एककै लगनमा मग्न, एकरस स्थितिमा स्थित हुनेछन् त्यसपछि प्रत्यक्षताको निसानी देखिनेछ। तिमीहरू सबैको प्रतिज्ञाले नै प्रत्यक्षता समीप ल्याउनेछ।