17.03.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी सच्चा सच्चा सत्य बाबाबाट सत्य कथा सुनेर नरबाट नारायण बन्छौ , तिमीलाई २१ जन्मको लागि बेहदका बाबाबाट वर्सा मिल्छ।”

प्रश्न:–
बाबाको कुन आज्ञालाई पालन गर्ने बच्चाहरू नै पारसबुद्धि बन्छन्?

उत्तर:–
बाबाको आज्ञा छ– देहका सबै सम्बन्धहरूलाई भुलेर बाबालाई र राज्य भाग्यलाई याद गर। सद्गतिको लागि सदगुरुको यही श्रीमत छ। जसले यस श्रीमतलाई पालन गर्छन् अर्थात् देहीअभिमानी बन्छन्, उनीहरू नै पारसबुद्धि बन्छन्।

गीत:–
आज अन्धेरे में हम इन्सान...

ओम् शान्ति ।
यो कलियुगी दुनियाँ हो, सबै अन्धकारमा छन्। पहिला उज्यालोमा थिए, जतिबेला यहाँ स्वर्ग थियो। यिनै बच्चाहरू जसले अब आफूलाई हिन्दु कहलाउँछन्, यिनीहरू वास्तवमा देवीदेवता थिए। स्वर्गवासी थिए। त्यतिबेला अरू कुनै धर्म थिएन, एउटै धर्म थियो। स्वर्ग, वैकुण्ठ, बहिश्त, हेभन– यी सबै भारतवर्षका नाम थिए। भारतवर्ष प्राचीन, पवित्र, धेरै धेरै धनवान थियो। अहिले त भारतवर्ष कङ्गाल छ किनकि अहिले कलियुग हो। त्यो सत्ययुग थियो। तिमी सबै बच्चाहरू हौ। तिमीलाई थाहा छ– हामी अन्धकारमा छौँ, स्वर्गमा हुँदा हामी उज्यालोमा थियौँ। स्वर्गका राजराजेश्वर, राजराजेश्वरी लक्ष्मीनारायण थिए। त्यसलाई सुखधाम भनिन्छ। नयाँ नयाँ आए भने बाबाले फेरि सम्झाउनुहुनेछ। बाबाबाट नै तिमीले स्वर्गको वर्सा लिनुछ, जसलाई जीवनमुक्ति भनिन्छ। अहिले सबै जीवनबन्धमा छन्। सारा दुनियाँ रावणको जेल, शोक वाटिकामा छन्। यस्तो होइन– रावण केवल लङ्कामा थियो र राम भारतमा थिए र उनले आएर सीता चोरे। यी सबै दन्त्यकथाहरू हुन्। गीता मुख्य हो, सर्व शास्त्रहरूमा शिरोमणि श्रीमत अर्थात् भगवानले सुनाउनुभएको गीता। मनुष्यले त कसैको सद्गति गर्न सक्दैनन्। सत्ययुगमा थिए जीवनमुक्त देवीदेवताहरू, जसले कलियुग अन्त्यमा यो वर्सा पाएका थिए। भारतवर्षलाई यो थाहा थिएन, यो कुरा न कुनै शास्त्रमा छ। शास्त्र त सबै भक्तिमार्गका लागि हुन्। ती सबै भक्तिमार्गका ज्ञान हुन्। सद्गतिमार्गको ज्ञान मनुष्य मात्रमा छैन। बाबा भन्नुहुन्छ– मनुष्य, मनुष्यको गुरु बन्न सक्दैनन्। गुरुले कुनै सद्गति दिन सक्दैनन्। ती गुरुले भन्छन्– भक्ति गर, दानपुण्य गर। भक्ति द्वापरदेखि चल्दै आएको छ। सत्ययुग-त्रेतामा ज्ञानको प्रारब्ध हुन्छ। यस्तो होइन– त्यहाँ यो ज्ञान चल्दै आउँछ। यो जुन वर्सा भारतवर्षलाई थियो, यो बाबाबाट सङ्गममा नै मिलेको थियो। जुन फेरि अहिले तिमीलाई मिलिरहेको छ। बच्चाहरू, नर्कवासी, घोर दुःखी बन्छन्, त्यसैले पुकार्छन्– हे पतितपावन, दुःखहर्ता, सुखकर्ता! कसका दुःखहर्ता, सुखकर्ता? सबैका किनकि सारा दुनियाँमा ५ विकार त छँदै छन् नि। बाबा पतितपावन हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म कल्प कल्प, कल्पको सङ्गममा आउँछु र सबैको सद्गति गर्छु। जति पनि अबलाहरू, अहिल्याहरू, गणिकाहरू र गुरुहरू छन्, उनीहरूको पनि उद्धार मैले गर्नुछ किनकि यो त हो नै पतित दुनियाँ। पावन दुनियाँ सत्ययुगलाई भनिन्छ। भारतवर्षमा यी लक्ष्मीनारायणको राज्य थियो। यी बच्चाहरूलाई थाहा छैन– यिनीहरू स्वर्गका मालिक थिए। पतितखण्ड अर्थात् झुटखण्ड, पावनखण्ड अर्थात् सचखण्ड। भारतवर्ष पावनखण्ड थियो। यी लक्ष्मीनारायणको सूर्यवंशी राजवंश थियो। यो भारतवर्ष अविनाशी खण्ड हो, जुन कहिल्यै विनाश हुँदैन। यिनीहरूको राज्य हुँदा अरू कुनै खण्ड थिएन। ती सबै पछि आउँछन्। शास्त्रहरूमा सबैभन्दा ठुलो भुल त यो गरेका छन्, जुन कल्पको अवधि लाखौँ वर्ष लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– न त कल्प लाखौँ वर्षको हुन्छ, न सत्ययुग लाखौँ वर्षको हुन्छ। कल्पको अवधि ५ हजार वर्ष हो। उनीहरूले फेरि भनिदिन्छन्– मनुष्यले ८४ लाख जन्म लिन्छन्। मनुष्यलाई कुकुर बिरालो आदि बनाइदिएका छन्। तर ती जनावरहरूका जन्म अलग्गै छन्, ती जनावहरू ८४ लाख प्रकारका छन्। मानिसहरू एकै प्रकारका छन्, मानिसहरूकै ८४ जन्म हुन्छन्।

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी आदि सनातन देवीदेवता धर्मका थियौ। ड्रामा प्लान अनुसार बच्चाहरूले आफ्नो धर्मलाई भुलेका छन्। कलियुगको अन्त्यमा बिल्कुल पतित बनेका छन्। फेरि बाबा आएर सङ्गममा पावन बनाउनुहुन्छ, यसलाई भनिन्छ दुःखधाम। त्यसपछि फेरि सुखधाममा पार्ट हुनेछ। बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी बच्चाहरू नै स्वर्गवासी थियौ। फेरि तिमीहरू ८४ जन्मको सिँढी ओर्लन्छौ। सतोबाट रजो, तमोमा अवश्य आउनुछ। तिमी देवताहरू जति धनवान, सदा सुखी, सदा स्वस्थ अरू कोही हुँदैनन्। भारतवर्ष कति धनवान थियो। हीरा जुहारत त ठुला ठुला पत्थरजस्तै थिए, कति त टुटेका छन्। बाबा तिमी बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ– तिमीलाई कति धनवान बनाएको थिएँ। तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। यथा राजा रानी... यिनीहरूलाई भगवान भगवती पनि भन्न सकिन्छ। तर बाबाले सम्झाउनुभएको छ– भगवान एक हुनुहुन्छ, उहाँ बाबा हुनुहुन्छ। केवल ईश्वर वा प्रभु भन्दा पनि याद आउँदैन– उहाँ सबै आत्माहरूका बाबा हुनुहुन्छ। उहाँ त बेहदका बाबा हुनुहुन्छ। उहाँले सम्झाउनुहुन्छ– तिमी बच्चाहरूले जयन्ती मनाउँछौ तर वास्तवमा बाबा कहिले आउनुभएको थियो, त्यो कसैले पनि जान्दैनन्। छन् नै आइरन एजेड (कलियुगी), पत्थरबुद्धि। पारसनाथ थिए, यस समयमा पत्थरनाथ छन्। नाथ पनि भनिँदैन किनकि राजा रानी त होइनन्। पहिला यहाँ दैवी राजस्थान थियो, फेरि आसुरी राज्य बन्छ। यो खेल हो। त्यो हो हदको ड्रामा। यो हो बेहदको ड्रामा। विश्वको इतिहास भूगोल आदिदेखि अन्त्यसम्म तिमीले अहिले जान्दछौ, अरू कसैले पनि जान्दैनन्। भारतवर्षमा जुनबेला देवीदेवता थिए, त्यतिबेला देवी-देवताहरू सारा सृष्टिका मालिक थिए र ती देवी-देवताहरू भारतवर्षमा नै थिए। बाबाले तिमी बच्चाहरूलाई स्मृति दिलाउनुहुन्छ। सत्ययुगमा आदि सनातन देवीदेवता थिए, यिनीहरूको श्रेष्ठ धर्म, श्रेष्ठ कर्म थियो, फेरि ८४ जन्ममा ओर्लनुपर्छ। यो कहानी बाबा बसेर सुनाउनुहुन्छ– अहिले यो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म हो। एकको कुरा होइन। न युद्धको मैदान आदि नै छ। बच्चाहरूले यो पनि भुलेका छन्– यिनीहरूको (लक्ष्मीनारायणको) राज्य थियो। सत्ययुगको अवधि लामो बनाइदिएकाले धेरै टाढा लगेका छन्।

बाबा सम्झाउनुहुन्छ– मनुष्यलाई भगवान भन्न सकिँदैन। मनुष्यले मनुष्यको सद्गति गर्न सक्दैनन्। लोकोक्ति छ– सबैको सद्गतिदाता, पतितहरूलाई पावन कर्ता एक हुनुहुन्छ। यो हो झुटखण्ड। सच्चा बाबाले सचखण्ड स्थापना गर्नुहुन्छ। भक्तहरूले पूजा गर्छन् तर भक्तिमार्गमा जसको पनि पूजा गर्दै आएका छन्, तिनीहरू एकको पनि जीवनी जान्दैनन्। शिवजयन्ती त मनाउँछन्। बाबा नयाँ दुनियाँको रचयिता हुनुहुन्छ। स्वर्ग स्थापना गर्ने परमपिता परमात्मा (हेभनली गड फादर)। बेहदका सुखदाता। सत्ययुगमा सुख थियो। त्यो कसरी र कसले स्थापना गर्नुभयो? नर्कवासीहरूलाई स्वर्गवासी बनाउनुभयो। भ्रष्टाचारीहरूलाई श्रेष्ठाचारी देवता बनाउनुभयो। यो त बाबाकै काम हो। मैले तिमी बच्चाहरूलाई पावन बनाउँछु। तिमी स्वर्गका मालिक बन्छौ। फेरि तिमीलाई पतित कसले बनाउँछ? यो रावणले। मनुष्यले भनिदिन्छन्– सुखदुःख ईश्वरले दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले त सबैलाई सुख दिन्छु। आधाकल्प फेरि तिमीले बाबाको याद (सिमरण) गर्दैनौ, फेरि जब रावण राज्य हुन्छ, त्यसपछि सबैको पूजा गर्न थाल्छौ। यो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म हो। तिमीले भन्छौ– बाबा, हामीले कति जन्म लियौँ? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले आफ्नो जन्मलाई जान्दैनौ। तिमीले पूरा ८४ जन्म लिएका छौ। तिमी २१ जन्मको लागि बेहदका बाबाबाट वर्सा लिन आएका छौ अर्थात् सच्चा सच्चा सत्य बाबाबाट सत्य कथा, नरबाट नारायण बन्ने ज्ञान सुन्छौ। यो हो ज्ञान, त्यो हो भक्ति। यो आध्यात्मिक ज्ञान परम आत्मा आएर दिनुहुन्छ। तिमी बच्चाहरू देहीअभिमानी बन्नुपर्छ। आफूलाई आत्मा निश्चय गरेर म एकलाई याद गर। शिवबाबा त सबै आत्माहरूका बाबा हुनुहुन्छ। सबै आत्माहरू परमधामबाट पार्ट खेल्न आउँछन्, शरीरमा। यसलाई कर्मक्षेत्र भनिन्छ। यो धेरै ठुलो खेल हो। आत्मामा राम्रा वा नराम्रा संस्कार हुन्छन्। त्यसै अनुसार नै मनुष्यले राम्रो वा नराम्रो जन्म पाउँछ। यी जो पावन थिए, अहिले पतित छन्, तत्त्वम्। म बाबालाई यस रावणको पराई दुनियाँ, पतित शरीरमा आउनुपर्छ। आउनु पनि त्यसमा छ, जो पहिलो नम्बरमा जान्छ। सूर्यवंशीले नै पूरा ८४ जन्म लिन्छन्। यिनी हुन् ब्रह्मा र ब्राह्मण। बाबाले दिनहुँ सम्झाउनुहुन्छ, तर पत्थरबुद्धिलाई पारसबुद्धि बनाउनु सानीआमाको घर होइन। हे आत्माहरू! अब देहीअभिमानी बन, हे आत्माहरू! एक बाबालाई याद गर र राजधानीलाई याद गर। देहका सम्बन्धहरूलाई छोड्यौ भने पारसबुद्धि बन्नेछौ। मर्नु त सबैलाई छ। अहिले सबैको वानप्रस्थ अवस्था हो। एक सदगुरु बिना सबैको सद्गतिदाता कोही हुन सक्दैन।

बाबा भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी पहिला पारसबुद्धि थियौ। गायन गरिएको छ– आत्मा परमात्मा अलग रहे... त्यसैले सबैभन्दा पहिला तिमी बच्चाहरू देवीदेवता धर्मका मानिसहरू आएका हौ र अरू धर्मका मानिसहरू पछि आएका हुन्, उनीहरूका जन्म पनि थोरै हुन्छन्। सारा सृष्टिको वृक्ष कसरी घुम्छ, त्यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। जसले धारणा गर्न सक्छन्, उनीहरूको लागि धेरै सहज छ। आत्माले धारण गर्छ। पुण्य आत्मा र पाप आत्मा त आत्मा नै बन्छ। यो तिम्रो अन्तिम ८४ औँ जन्म हो। अहिले तिमी वानप्रस्थ अवस्थामा छौ। वानप्रस्थ अवस्थाकाले मन्त्र लिनको लागि गुरु बनाउँछन्। तिमीले अब बाहिरको मनुष्य गुरु बनाउनुछैन। म तिमी सबैको बाबा, टिचर, सदगुरु हुँ। मलाई भन्छन् नै– हे पतितपावन शिवबाबा! अहिले स्मृति आएको छ, उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। आत्मा सत्य छ, चैतन्य छ किनकि अमर छ। सबै आत्माहरूमा पार्ट भरिएको छ। बाबा पनि सत्य, चैतन्य हुनुहुन्छ। उहाँ मनुष्य सृष्टिको बीजरूप हुनुभएकोले भन्नुहुन्छ– मैले सारा वृक्षको आदि-मध्य-अन्त्यलाई जान्दछु, त्यसैले मलाई नलेजफुल भनिन्छ। तिमीलाई पनि बीजबाट वृक्ष कसरी निस्कन्छ यो सारा नलेज छ। वृक्ष बढ्नमा त टाइम लाग्छ। बाबा भन्नुहुन्छ– म बीजरूप हुँ। अन्त्यमा सारा वृक्ष जर्जर अवस्थामा पुग्छ। अहिले हेर, देवीदेवता धर्मको फाउन्डेसन छैन। प्रायःलोप भएको छ। देवीदेवता धर्म गुम भएपछि मात्र बाबालाई आउनुपर्छ। एक धर्मको स्थापना गरेर बाँकी सबैको विनाश गराइदिनुहुन्छ। प्रजापिता ब्रह्माद्वारा बाबाले आदि सनातन देवीदेवता धर्मको स्थापना गराइरहनुभएको छ। तिमी आएका छौ भ्रष्टाचारीबाट श्रेष्ठाचारी देवता बन्न। ड्रामा यस्तै बनेको छ, यसको अन्त्य हुँदैन। बाबा आउनुहुन्छ। आत्माहरू सबै मूलवतनमा रहने भाइ भाइ हुन्। जो सबैले उहाँ एक बाबालाई याद गर्छन्। दुःखमा सिमरण सब करें... रावण राज्यमा दुःख छ। यहाँ सिमरण गर्छन् त्यसैले बाबा सबैको सद्गतिदाता एक हुनुहुन्छ। उहाँको महिमा छ। बाबा आउनुभएन भने पावन कसले बनाउँछ। क्रिस्चियन, इस्लामी आदि जति पनि मनुष्य छन्, यस समयमा ती सबै तमोप्रधान छन्। सबैले पुनर्जन्म अवश्य लिनुछ। अहिले पुनर्जन्म मिल्छ नर्कमा। यस्तो होइन– सुखमा जान्छन्। जसरी हिन्दु धर्मका मानिसहरूले भन्छन्– स्वर्गवासी भयो, त्यसोभए अवश्य नर्कमा थियो नि। अहिले स्वर्गमा गयो, तिम्रो मुखमा गुलाब। स्वर्गवासी भयो भने फेरि उसलाई नर्कको आसुरी वैभव किन खुवाउँछौ! पितृ खुवाउँछन् नि। बङ्गालमा माछा, अण्डा आदि खुवाउँछन्। अरे, उनीहरूलाई यो सबै खाने के दरकार छ? फर्केर कोही जान सक्दैन। जब कि पहिलो नम्बरवालालाई ८४ जन्म लिनुपर्छ। यस ज्ञानमा कुनै मेहनत छैन। भक्तिमार्गमा कति मेहनत छ। राम राम जप्दा रोमाञ्च खडा हुन्छ। यो सबै हो भक्तिमार्ग। यी सूर्य, चन्द्र आदिले प्रकाश दिन्छन्, यिनीहरू देवता कहाँ हुन् र। वास्तवमा ज्ञान सूर्य, ज्ञान चन्द्रमा र ज्ञान सितारा यहाँको महिमा हो। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यस अन्तिम ८४ औँ जन्ममा कुनै पनि पाप कर्म (विकर्म) गर्नुछैन। पुण्य आत्मा बन्ने पूरा पूरा पुरुषार्थ गर्नुछ। सम्पूर्ण पावन बन्नुछ।

२) आफ्नो बुद्धिलाई पारसबुद्धि बनाउनको लागि देहका सबै सम्बन्धहरूलाई भुलेर देहीअभिमानी बन्ने अभ्यास गर्नुछ।

वरदान:–
पुराना संस्कार वा विघ्नहरूबाट मुक्ति प्राप्त गर्ने सदा शक्ति सम्पन्न भव

कुनै पनि प्रकारका विघ्नहरूबाट, कमजोरीहरूबाट वा पुराना संस्कारहरूबाट मुक्ति चाहन्छौ भने शक्ति धारण गर अर्थात् अलङ्कारी रूप भएर बस। जो अलङ्कारहरूले सदा सजिएर रहन्छन्, उनीहरू भविष्यमा विष्णुवंशी बन्छन् तर अहिले वैष्णव बन्छन्। उनीहरूलाई कुनै पनि तमोगुणी सङ्कल्प वा संस्कारले टच गर्न सक्दैन। उनीहरूले पुरानो दुनियाँ अथवा दुनियाँको कुनै पनि वस्तु र व्यक्तिहरूबाट सहजै किनारा गर्छन्, उनीहरूलाई कारण अकारण पनि कसैले टच गर्न सक्दैन।

स्लोगन:–
हर पल हर कर्ममा ब्यालेन्स राख्नु नै सबैको ब्लेसिङ प्राप्त गर्ने साधन हो।

अव्यक्त इसारा:– “निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”

जसरी आपसमा दुई मित्र रहेछन्, त्यतिबेला उनीहरूको बीचमा कोही उनीहरूको ग्लानि गर्न आयो भने उनीहरूले त्यसको भावलाई परिवर्तन गरिदिन्छन्। जहाँ निश्चय हुन्छ, त्यहाँ शब्दको भाव परिवर्तन भएर साधारण कुरा हुन्छ। त्यसैले हरेकको विशेषतालाई हेर, त्यसपछि अनेक हुँदा पनि एक देखिनेछन्। एकमत सङ्गठन हुनेछ। कसैले कसैको ग्लानिको कुरा सुनायो भने उसलाई सहारा दिनुको सट्टा सुनाउनेको रूप परिवर्तन गरिदेऊ।