17.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पावन बन्यौ भने रुहानी सेवाको लायक बन् छौ , देहीअभिमानी बच्चाहरू रुहानी यात्रामा रहन्छन् र अरूलाई पनि यही यात्रा गराउँछन्।”

प्रश्न:–
सङ्गममा तिमी बच्चाहरूले जुन कमाइ गर्छौ, यही सत्य कमाइ हो– कसरी?

उत्तर:–
अहिलेको जुन कमाइ छ त्यो २१ जन्मसम्म चल्छ, यसमा कहिल्यै पनि दिवालिया हुँदैन। ज्ञान सुन्नु र सुनाउनु, याद गर्नु र गराउनु– यही हो सत्य सत्य कमाइ, जुन सत्य सत्य बाबाले नै तिमीलाई सिकाउनुहुन्छ। यस्तो कमाइ सारा कल्पमा कसैले पनि गर्न सक्दैन। अरू कुनै पनि कमाइ साथमा जाँदैन।

गीत:–
हमें उन राहों पर चलना है...

ओम् शान्ति ।
भक्तिमार्गमा त बच्चाहरूले धेरै ठक्कर खाएका छौ। भक्तिमार्गमा धेरै भावनाले यात्रा गर्न जान्छन्, रामायण आदि सुन्छन्। यस्तो प्रेमले बसेर कथाहरू सुन्छन्– जहाँ आँसु पनि आउँछ। हाम्रा भगवानकी सीता भगवतीलाई रावण डाँकुले लग्यो। फेरि सुन्ने बेलामा बसेर रुन्छन्। यी सबै दन्त्य कथाहरू हुन्, जसबाट केही पनि फाइदा छैन। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्, आएर हामी दुःखी आत्माहरूलाई सुखी बनाउनुहोस्! आत्मा दुःखी हुन्छ, यो कुरा बुझ्दैनन् किनकि उनीहरूले त आत्मालाई निर्लेप भनिदिन्छन्। उनीहरूले सम्झन्छन्– आत्मा सुख-दुःखबाट न्यारा छ। यो किन भन्छन्? किनकि सम्झन्छन्– परमात्मा सुखदुःखबाट न्यारा हुनुहुन्छ, त्यसोभए बच्चाहरू फेरि सुख-दुःखमा कसरी आउँछन्? यी सबै कुराहरू अब तिमी बच्चाहरूले बुझेका छौ। यस ज्ञानमार्गमा पनि कहिले ग्रहचारी बस्छ, कहिले केही हुन्छ। कहिले प्रफुल्लित रहन्छौ, कहिले अनुहार मलिन हुन्छ। यो हो मायासँग लडाइँ। मायामाथि नै विजय पाउनुछ। बेहोस भएपछि सञ्जीवनी बुटी दिइन्छ– मनमनाभव। भक्तिमार्गमा देखावटी कुरा धेरै हुन्छन्। देवताका मूर्तिहरूलाई कति सिँगार्छन्, सक्कली गहना लगाइदिन्छन्। त्यो गहना त ठाकुरको सम्पत्ति हुनेभयो। ठाकुरको सम्पत्ति पुजारी वा ट्रस्टीको हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी चैतन्यमा धेरै हीरा जुहारतले सजिएका थियौँ। फेरि पुजारी बन्यौँ त्यसपछि पनि धेरै गहना लगाउँछौँ। अब केही पनि छैन। चैतन्यरूपमा पनि लगायौँ फेरि जडरूपमा पनि लगाउँछौँ। अब नो गहना। बिल्कुलै साधारण छौँ। बाबा भन्नुहुन्छ– म साधारण तनमा आउँछु। कुनै राज्य भाग्य आदिको ठाँटबाँट छैन। संन्यासीहरूको पनि धेरै ठाँटबाँट हुन्छ। अहिले तिमीले बुझेका छौ– अवश्य सत्ययुगमा हामी आत्माहरू कसरी पवित्र थियौँ। हाम्रो शरीर पनि पवित्र थियो। उनीहरूको शृङ्गार पनि धेरै राम्रो हुन्छ। कोही देख्नमा सुन्दर रहेछन् भने उनीहरूलाई शृङ्गारको पनि सोख हुन्छ। तिमी पनि सुन्दर थियौ त्यतिबेला धेरै राम्रा राम्रा गहना लगाउँथ्यौ। हीराका ठुला हार आदि लगाउँथ्यौ। यहाँ हरेक चीज श्याम वर्णको छ। हेर, गाईहरू पनि श्याम वर्णका हुँदै गएका छन्। बाबा श्रीनाथद्वारे जाँदा धेरै राम्रा गाईहरू थिए। श्रीकृष्णका गाईहरू धेरै राम्रा देखाइन्छ। यहाँ त हेर कोही कस्ता, कोही कस्ता छन् किनकि कलियुग हो नि। यस्ता गाईहरू त्यहाँ हुँदैनन्। तिमी बच्चाहरू विश्वका मालिक बन्छौ। तिम्रो सजावट पनि त्यहाँ त्यस्तै सुन्दर हुन्छ। विचार गर– गाईहरू त अवश्य हुनुपर्छ। त्यहाँका गाईहरूको गोबर पनि कस्तो हुँदो हो। कति तागत हुँदो हो। जमिनलाई मल चाहिन्छ नि। मल राखेपछि राम्रो अन्न पैदा हुन्छ। त्यहाँ सबै चीजहरू राम्रा तागतिला हुन्छन्। यहाँ त कुनै चीजमा तागत छैन। हरेक चीज बिल्कुलै शक्तिहीन भएको छ। बच्चीहरू सूक्ष्मवतनमा जान्थे। कति राम्रा राम्रा ठुला फल खान्थे, रस आदि पिउँथे। बाबाले यो सबै साक्षात्कार गराउनुहुन्थ्यो। मालीले त्यहाँ कसरी फल आदि काटेर दिन्छन्। सूक्ष्मवतनमा त फल आदि हुन सक्दैनन्। त्यहाँ साक्षात्कार हुन्छ। वैकुण्ठ त फेरि पनि यहाँ हुन्छ नि। मनुष्यले सम्झन्छन्– वैकुण्ठ कुनै माथि छ। वैकुण्ठ न सूक्ष्मवतनमा, न मूलवतनमा हुन्छ। यहाँ नै हुन्छ। यहाँ जुन बच्चीहरूले साक्षात्कार गर्छन् उनीहरूले फेरि यी आँखाले देख्नेछन्। जस्तो पोजिसन त्यस्तै सामग्री पनि हुन्छ। राजाहरूका महल हेर कस्ता राम्रा राम्रा हुन्छन्। जयपुरमा धेरै राम्रा राम्रा महल बनेका छन्। मनुष्य केवल ती महल हेर्नको पनि लागि जान्छन् र त्यसको लागि टिकट काट्छन्। खासगरी ती महल हेर्नको लागि जान्छन्। ती महलका मालिकहरू आफू फेरि अरू महलमा बस्छन्। त्यो पनि अहिले कलियुगमा। यो पतित दुनियाँ नै हो। कसैले आफूलाई पतित सम्झन्छन् र? तिमीले अहिले सम्झन्छौ– हामी त पतित थियौँ। कुनै कामका थिएनौं फेरि हामी गोरा बन्छौँ। त्यो दुनियाँ नै फस्टक्लास हुनेछ। यहाँ हुन त अमेरिका आदिमा फस्ट क्लास महल छन्। तर त्यहाँको तुलनामा यी त केही पनि होइनन् किनकि यिनले त अल्पकालको सुख दिन्छन्। त्यहाँ त फस्टक्लास महल हुन्छन्। फस्टक्लास गाईहरू हुन्छन्। त्यहाँ गाइ पालेर जीविका गर्ने ग्वाला पनि हुन्छन्। श्रीकृष्णलाई ग्वाला भनिन्छ नि। यहाँ जो गाईको स्याहार गर्नेहरू छन्, तिनीहरूले भन्छन्– हामी गुजर (ग्वाला) हौँ। श्रीकृष्णका वंशावली हौँ। वास्तवमा श्रीकृष्णका वंशावली भनिँदैन। श्रीकृष्णको राजधानीका भनिन्छ। धनवानहरूसँग गाईहरू हुन्छन् भने गुजर ती गाईको स्याहार गर्नेहरू पनि हुन्छन्। यो गुजर नाम सत्ययुगको हो। हिजोको कुरा हो। हिजो हामी आदि सनातन देवीदेवता धर्मका थियौँ फेरि पतित बनेका छौँ त्यसपछि आफूलाई हिन्दु भन्छौँ। सोध, तिमी आदि सनातन देवीदेवता धर्मका हौ वा हिन्दु धर्मका हौ? आजकाल सबैले हिन्दु लेखिदिन्छन्। हिन्दु धर्म कसले स्थापना गरेको हो? देवीदेवता धर्म कसले स्थापना गर्नुभयो? यो पनि कसैले जान्दैनन्। बाबा यो प्रश्न सोध्नुहुन्छ– बताऊ आदि सनातन देवीदेवता धर्म कसले स्थापना गर्नुभयो? शिवबाबाले ब्रह्माद्वारा गरिरहनुभएको छ। राम वा शिवबाबाको श्रीमतमा आदि सनातन देवीदेवता धर्म स्थापना भयो। फेरि रावण राज्य हुन्छ, विकारहरूमा जान्छन्। भक्तिमार्ग सुरु भएपछि हिन्दु भन्न थाल्छन्। अहिले आफूलाई कसैले देवता भन्न सक्दैनन्। रावणले विकारी बनायो, बाबा आएर निर्विकारी बनाउनुहुन्छ। तिमी ईश्वरीय मतबाट देवता बन्छौ। बाबाले नै आएर तिमी ब्राह्मणहरूलाई देवता बनाउनुहुन्छ। सिँढी कसरी ओर्लिन्छौ, यो तिमी बच्चाहरूको बुद्धिमा नम्बरवार बस्छ। तिमीलाई थाहा छ– अरू सबै मनुष्य आसुरी मतमा चलिरहेका छन् र तिमी ईश्वरीय मतमा चलिरहेका छौ। रावणको मतबाट सिँढी ओर्लिँदै आएका छौ। ८४ जन्मपछि फेरि पहिलो नम्बरको जन्म हुनेछ। ईश्वरीय बुद्धिबाट तिमीले सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यो तिम्रो जीवन धेरै मूल्यवान् छ, यसैमा बहादुरी छ। जुनबेला बाबा आएर हामीलाई यति पावन बनाउनुहुन्छ। हामी रुहानी सेवाको लायक बन्छौँ। उनीहरू जिस्मानी सामाजिक सेवाधारी हुन्, जो देह अभिमानमा रहन्छन्। तिमी देहीअभिमानी छौ। आत्माहरूलाई रुहानी यात्रामा लैजान्छौ। बाबा सम्झाउनुहुन्छ– तिमी सतोप्रधान थियौ, अहिले तमोप्रधान बनेका छौ। सतोप्रधानलाई पावन, तमोप्रधानलाई पतित भनिन्छ। आत्मामा नै खाद जमेको छ। आत्मालाई नै सतोप्रधान बनाउनुछ। जति यादमा रहन्छौ त्यति पवित्र बन्छौ। नत्र कम पवित्र बन्छौ। शिरमा पापहरूको बोझ छ। आत्माहरू त सबै पवित्र हुन्छन् फेरि हरेकको पार्ट भिन्नै हुन्छ। सबैको उस्तै पार्ट हुन सक्दैन। सबैभन्दा उच्च पार्ट बाबाको र ब्रह्मा-सरस्वतीको छ। जसले स्थापना गर्छ, उसैले पालना पनि गर्छ। ठुलो पार्ट उनैको छ। पहिला हुनुहुन्छ शिवबाबा फेरि हुन् ब्रह्मा-सरस्वती, जो पुनर्जन्ममा आउँछन्। शङ्करले त केवल सूक्ष्मरूप धारण गर्छन्। यस्तो होइन– शङ्करले कुनै शरीरको लोन लिन्छन्। श्रीकृष्णको आफ्नो शरीर छ। यहाँ केवल शिवबाबाले शरीरको लोन लिनुहुन्छ। पतित शरीर, पतित दुनियाँमा आएर मुक्ति-जीवनमुक्तिमा लैजाने सेवा गर्नुहुन्छ। पहिला मुक्तिमा जानुपर्छ। ज्ञानको सागर एक पतितपावन बाबा मात्रै हुनुहुन्छ, उहाँलाई नै भनिन्छ शिवबाबा। शङ्करलाई बाबा भन्दा शोभा दिँदैन। शिवबाबा शब्द धेरै मीठो छ। शिवमाथि कसैले आँक चढाउँछन्, कसैले के चढाउँछन्। कसैले दुध पनि चढाउँछन्।

बाबाले बच्चाहरूलाई अनेक प्रकारको ज्ञान दिइरहनुहुन्छ। बच्चाहरूलाई सम्झाइन्छ– सारा योगमा आधारित छ। योगबाट नै विकर्म विनाश हुन्छ। योग लगाउनेलाई ज्ञानको धारणा पनि राम्रो हुन्छ। आफ्नो धारणामा चलिरहन्छन् किनकि फेरि सुनाउनु पनि पर्छ। यो नयाँ कुरा हो– भगवानले जसलाई डाइरेक्ट सुनाउनुभयो, उनीहरूले नै सुने फेरि त यो ज्ञान रहँदैन। अहिले बाबाले तिमीलाई जे सुनाउनुहुन्छ त्यो अहिले तिमीले सुन्छौ। धारणा हुन्छ त्यसपछि त फेरि प्रारब्धको पार्ट खेल्नुपर्छ। ज्ञान सुन्नु, सुनाउनु अहिले नै हुन्छ। सत्ययुगमा यो पार्ट हुँदैन। त्यहाँ त प्रारब्धको पार्ट मात्रै हुन्छ। मनुष्यले कानुन पढ्छन् फेरि वकिल बनेर कमाउँछन्। यो कति ठुलो कमाइ हो, यसलाई दुनियाँका मानिसहरूले जान्दैनन्। तिमीलाई थाहा छ– सत्य बाबाले हामीलाई सत्य कमाइ गराइरहनुभएको छ। यसको कहिल्यै दिवालिया हुन सक्दैन। अहिले तिमीले सत्य कमाइ गर्छौ। यो कमाइ फेरि २१ जन्म साथै जान्छ। त्यो कमाइले साथ दिँदैन। यसले साथ दिन्छ त्यसैले यस्तो कमाइ गर्नमा लाग्नुपर्छ। यी कुराहरू तिमीबाहेक अरू कसैको बुद्धिमा छैनन्। तिमीमध्ये पनि घरी घरी कसैले भुल्छन्। बाबा र वर्सालाई भुल्नुहुँदैन। बस, कुरा एउटै हो। बाबालाई याद गर। जुन बाबाबाट २१ जन्मको वर्सा मिल्छ, २१ जन्म निरोगी काया हुन्छ। बुढेसकालसम्म अकालमा मृत्यु हुँदैन। बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबाको याद मुख्य हो, यसमा नै मायाले विघ्न पार्छ। तुफान ल्याउँछ। अनेक प्रकारका तुफान आउँछन्। तिमीले भन्छौ– बाबालाई याद गरूँ, तर गर्न सक्दैनौ। यादमा नै धेरै फेल हुन्छन्। धेरैमा योगको कमी छ। जति हुनसक्छ, योगमा मजबुत हुनुपर्छ। बाँकी बीज र वृक्षको ज्ञान कुनै ठुलो कुरा होइन।

बाबा भन्नुहुन्छ– मलाई याद गर। मलाई याद गर्दा, मलाई जानेमा तिमीले सबै कुरा जान्दछौ। यादमा नै सबै कुरा भरिएको छ। स्विट बाबा, शिवबाबालाई याद गर्नुछ। उच्चभन्दा उच्च भगवान् हुनुहुन्छ। श्रेष्ठभन्दा श्रेष्ठ उहाँ हुनुहुन्छ। उच्चभन्दा उच्च वर्सा दिनुहुन्छ २१ जन्मको लागि। सदा सुखी अमर बनाउनुहुन्छ। तिमी अमरपुरीको मालिक बन्छौ। त्यसैले यस्ता बाबालाई धेरै याद गर्नुपर्छ। बाबालाई याद गरेनौ भने अरू सबै कुरा याद आउँछ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यो ईश्वरीय जीवन धेरै धेरै अमूल्य छ, यस जीवनमा आत्मा र शरीर दुवैलाई पावन बनाउनुछ। रुहानी यात्रामा रहेर अरूलाई यही यात्रा सिकाउनुछ।

२) जति हुन सक्छ– सत्यको कमाइमा लाग्नुछ। निरोगी बन्नको लागि यादमा मजबुत हुनुछ।

वरदान:–
शरीरलाई ईश्वरीय सेवाको लागि अमानत सम्झेर कार्यमा लगाउने नष्टोमोहा भव

जसरी कसैको अमानत रहेछ भने अमानतमा मेरो भन्ने भाव हुँदैन, ममता पनि हुँदैन। यो शरीर पनि ईश्वरीय सेवाको लागि एक अमानत हो। यो अमानत रुहानी बाबाले दिनुभएको हो भने अवश्य रुहानी बाबाको याद हुन्छ। अमानत सम्झेमा रुहानियत आउँछ, मेरो भन्ने भावको ममता हुँदैन। निरन्तर योगी, नष्टोमोहा बन्ने यही सहज उपाय हो । त्यसैले अब रुहानियतको स्थितिलाई प्रत्यक्ष गर।

स्लोगन:–
वानप्रस्थ स्थितिमा जानको लागि दृष्टि वृत्तिमा पनि पवित्रतालाई अन्डरलाइन गर।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

तिम्रो हरेक वचन महान् होस्। हरेक मनसा सङ्कल्प हरेक आत्माप्रति मधुर होस्। हरेकलाई माथि उठाउने स्वभाव, मधुरताको स्वभाव, निर्मानताको स्वभाव होस्। मेरो स्वभाव यस्तो छ, यो कहिल्यै नभन्नु। मेरो कहाँबाट आयो! मेरो चर्को बोल्ने स्वभाव छ, मेरो आवेशमा आउने स्वभाव छ। स्वभावको वश हुनु यही माया हो। अब मायाजित बन। अभिमान गर्ने वा चिन्तित हुने, ईर्ष्या वा आवेशमा आउने स्वभाव परिवर्तन गर।