17.05.26    Avyakt Bapdada     Nepali Murli    11.02.2010     Om Shanti     Madhuban


शिवको जन्मदिनमा क्रोधरूपी आँक को फूल बापदादालाई अर्पण गरेर दर्पण बन , पवित्र प्रवृत्तिको प्रत्यक्ष प्रमाणद्वारा प्रत्यक्षतालाई नजिक ल्याऊ


आज सबै बच्चाहरूले सम्मुख बसेका र देश विदेशमा बसेका चारैतर्फका बच्चाहरू धेरै खुसीले बाबाको र आफ्नो जन्मदिन मनाउनको लागि अनेकानेक बधाई, शुभकामना दिइरहेका छन्। तिमी सम्मुख बसेका छौ र टाढा टाढाबाट विज्ञानका साधनहरूद्वारा सबै बच्चाहरू खुसी खुसीले दिलको शुभकामना दिइरहेका छन्। तिमी सबै जति पनि यहाँ आएका छौ तिमीहरू सबै बाबाको जन्मदिन मनाउन आएका हौ वा आफ्नो पनि जन्मदिन मनाउन आएका हौ? किनकि यो जयन्ती विचित्र जयन्ती हो, किन विचित्र जयन्ती हो? किनकि बाबा र बच्चाहरूको जयन्ती सँगसँगै हुन्छ। सारा कल्पमा यस्तो जयन्ती हुँदैहुँदैन। सारा कल्पमा चक्कर लगाएर आऊ। यो विचित्र जयन्ती हो। त्यसैले बापदादाले सबै बच्चाहरूलाई सोधिरहनुभएको छ– तिमी सबै बाबालाई बधाई दिन आएका हौ वा बाबाबाट बधाई लिन आएका हौ? बापदादाले एक्लै केही गर्नुहुन्न किनकि जन्म लिँदा नै यज्ञ रच्नुभयो त्यसैले यज्ञमा ब्राह्मण हुनुपर्छ। त्यसैले तिम्रो जन्म पनि बाबाको जन्मसँगै भयो। यसको यादगार भक्तिमा पनि शिवरात्रि मनाउँदा साथमा सालिग्रामहरूको पनि पूजा हुन्छ। अनेकानेक सालिग्रामहरूलाई पुज्छन्। यो जयन्ती अनौठो जयन्ती हो त्यसैले यस जयन्तीलाई हीरातुल्य जयन्ती भनिन्छ। यसमा बापदादाले सबै साथी बच्चाहरूलाई पदमापदमगुणा स्नेही भुजाहरूका हारको बीचमा पदमापदमगुणा शुभकामना दिइरहनुभएको छ। यो पनि बाबा र बच्चाहरूको अति दिलको प्यारको निसानी हो। बापदादाको बच्चाहरूसँग प्रतिज्ञा छ– साथै रहनेछौँ, साथै जानेछौँ। त्यसैले भन– बच्चाहरूको पनि बाबासँग प्रतिज्ञा छ नि! सङ्गममा साथै छौ, साथसाथै रहनु पनि छ, विश्व सेवा पनि साथै हुनेछ। रहन पनि साथै रहनुछ, उड्न पनि साथैमा उड्नुछ नि। त्यसैले भन– तिम्रो पनि प्रतिज्ञा छ नि, साथै रहनेछौँ, साथ जानेछौँ र ब्रह्माबाबाको साथमा विश्वमा राज्य गर्नेछौँ। तिम्रो यो प्रतिज्ञा छ? छ पक्का प्रतिज्ञा? यही हो यस शिवजयन्तीको विशेषता।

बापदादाले अमृतवेलादेखि नै देख्नुभयो– भिन्न भिन्न स्थानका बच्चाहरूले धेरै नै खुसीले शुभकामना, बधाई पठाइरहेका थिए। तिमीले त अहिले सम्मुख बधाई दिइरहेका पनि छौ र लिइरहेका पनि छौ। दिनु र लिनु सँगसँगै छ। तिमीहरू भगवानका कति भाग्यवान् बच्चाहरू हौ जसले सम्मुख जन्मदिन मनाइरहेका छौ। सबैको चेहरा खुसीले उडिरहेको देखिइरहेको छ। एकातिर बापदादाले बच्चाहरूको भाग्यलाई देखिरहनुभएको छ र अर्कातिर भक्तहरूलाई पनि देखिरहनुभएको छ। उनीहरूले अहिलेसम्म भगवान् आउनुहोस् भनेर पुकारिरहेका छन् र तिमीले उहाँको साथमा जन्मदिन मनाइरहेका छौ। बापदादाले देखनुभयो– भक्तहरूको अनुभूति पनि कुनै कम छैन। जो यथार्थमा तिमीले अनुभव गरिरहेका छौ त्यसको यादगार रूपमा कति राम्रो विधिले यादगार बनाएका छन्। तिमीले व्रत लिएका छौ भने उनीहरूले पनि व्रतको यादगार बनाएका छन्। उनीहरूले एक दिन वा केही समयको लागि व्रत लिन्छन् तर तिमीले कुन व्रत लिएका छौ? सबैले बाबाको सामुन्ने व्रत लिने वचन दिएका छौ नि! तिमीले बाबासँग खुसी खुसीले व्रत लिएका छौ– बाबा हामीले यस पूरा जन्मको लागि, ब्राह्मण जन्मको लागि व्रत धारण गर्छौं, व्रत धारण गरेका छौ नि! कुन व्रत? पवित्रताको व्रत। एक जन्मको व्रत लिएका छौ तर एक जन्मको पवित्रताको व्रत २१ जन्म चल्छ। उनीहरूले थोरै समयको लागि खानेपिउने व्रत लिन्छन् र जागरणको कार्य गर्छन्। तर अहिले तिम्रो एक जन्मको जागरणले सबै अन्धकारबाट रोसनीमा आएका छन् र यो जागरण पनि तिम्रो २१ जन्म चल्नेछ। अहिले तिमीले यस्तो जागरण गरेका छौ जुन सारा विश्व तिम्रो जागरणले बलिरहेको ज्योति हुनेछ। कुनै पनि दुःख अशान्तिको अन्धकार हुँदैन। त्यसैले भन– तिमीले सारा विश्वलाई अन्धकारबाट रोसनीमा ल्याएका छौ, यो बेहदको व्रत राम्रो लाग्यो? मेहनत त हुँदैन? सहज छ वा मुस्किल छ? सहज लाग्छ! जसलाई सहज लाग्छ तिमीहरूले हात उठाऊ। कहिलेकाहीँ मुस्किल लाग्दैन? कहिलेकाहीँ लाग्छ? लाग्दैन किनकि तिमीलाई थाहा छ– पवित्रता हाम्रो जन्मसिद्ध अधिकार हो त्यसैले पवित्रता केवल ब्रह्मचर्य मात्र होइन तर मन-वाणी-कर्म, सम्बन्ध-सम्पर्कमा पनि पवित्रता हो। पवित्रताको संस्कार सहजै धारण गरेका छौ। पवित्रताको सङ्कल्प त गरेका छौ तर अहिले समय अनुसार बापदादाले त समयको सावधानी दिइरहनुभएको छ। त्यसैले जसरी हिम्मत राखेर आफ्नो स्वधर्म सम्झेर पवित्रताको व्रत धारण गरेका छौ त्यसरी नै जुन दोस्रो भूत हो क्रोध, त्यसोभए आज बापदादा यो सोध्नुहुन्छ– एक महाभूतलाई त व्रत लिएर वृत्ति परिवर्तन गरेका छौ तर दोस्रो भूत जुन क्रोधको भूत हो, के क्रोधको भूतमाथि विजय प्राप्त गर्ने, यो पनि सङ्कल्प गरेका छौ वा दोस्रो विकार हो त्यसैले छुट छ? किनकि क्रोध सबैको सम्बन्धमा आउँछ। आजको दिनमा, जहिले पनि जन्मदिन मनाउँदा एकअर्कालाई गिफ्ट पनि दिन्छन् त्यसैले आज बापदादा यो चाहनुहुन्छ– जसरी तिम्रो हिम्मत र बाबाको मदतले पहिलो नम्बरको भूतमाथि सबैजसोले विजय प्राप्त गरेर चलिरहेका छौ, के त्यसरी नै क्रोधमाथि पनि विजय प्राप्त गर्न सक्छौ? किनकि कुनै पनि भूतले हैरान त पार्छन् नै तर क्रोधको भूत अरूको सम्बन्धमा आउँछ, सम्पर्कमा आउँछ। आफ्नो मनमा पनि क्रोध आयो भने स्वयम् पनि क्रोधले लाचार हुन्छन्। बाबाको जन्म दिन मनाउन आएका छौ त्यसैले आज बापदादा भारत वा विदेशका सबै बच्चाहरूबाट क्रोधको गिफ्ट लिन चाहनुहुन्छ। हुन सक्छ? हुन सक्छ? जसले सम्झन्छौ– आजको दिन बाबालाई गिफ्टमा क्रोध दिन सक्छौँ, मनमा पनि होइन, स्वप्नमा पनि होइन, यस्तो आफूलाई सङ्कल्प राखेर हिम्मतले अगाडि बढ्ने शक्ति छ? छ शक्ति? त्यसोभए बाबाको सम्मुख हिम्मतले सङ्कल्प गर्न सक्छौ? क्रोधको गिफ्ट दिने सङ्कल्प गर्छौ र बाबाबाट गिफ्ट लिन्छौ? गिफ्टमा देऊ र गिफ्ट लेऊ। क्रोधमाथि विजय भयो भने अरूमाथि (अरू विकारहरूमाथि) पनि विजय प्राप्त गर्ने हिम्मत आउनेछ। कसले सम्झन्छौ– हामीले यो गिफ्ट दिन्छौँ र बाबाबाट गिफ्ट लिन्छौँ? उनीहरूले हात उठाऊ। अच्छा, झन्डा हल्लाइरहेका छन्। कुमारीहरूले पनि हात उठाइरहेका छन्! ध्यान दिनु।

बापदादालाई बच्चाहरूको हिम्मत देखेर धेरै राम्रो लागिरहेको छ। तिमीहरूले दृश्य हेरिरहेका छौ नि! फोटो निकाल फेरि हात उठाऊ। हो सबैको फोटो निकाल। बापदादा यस हिम्मतमा तिमीहरूलाई दिनहुँ अमृतवेला मिलन मनाउँने समयमा विशेष सहज अनुभवी आत्मा बन्ने बधाई दिनुहुन्छ किनकि यति सबै आआफ्नो स्थानमा रहेर पनि जब मानिसहरूले देख्छन्– यिनीहरू यति धेरै बस्छन्, सँगै बस्छन्, प्रवृत्ति सम्हाल्छन्, घरबार छोडेर गएका छैनन्, तर पवित्र प्रवृत्ति बनाएका छन् भने के हुन्छ? जुन तिमी सबैभित्र शुभभावना छ, आत्माहरूको लाइन (क्यु) लागोस् त्यो लाइन तिमीले देख्छौ किनकि क्रोध प्रत्यक्ष देखिन्छ। जब यथार्थमा देख्छन्– यिनीहरूले त केवल पवित्रता भन्दैनन् तर पवित्र रहेर देखाउँछन्, प्रत्यक्षता चाहन्छौ भने यो प्रत्यक्ष प्रमाण हो यसबाट सबै आकर्षित भएर स्वतः नै आउनेछन्। तर सुनाऊँ? अगाडि सुनाऊँ? क्रोध आउने कारण धेरैजसोमा देखियो– कहीँ न कहीँ ईर्ष्या र साथै अरू कुनै कुरा देखेर चल्दा पनि व्यर्थ सङ्कल्पको बीजले पनि क्रोधलाई ल्याउँछ किनकि व्यर्थ सङ्कल्प हो बीज, यस बीजबाट क्रोध पनि उत्पन्न हुन्छ र यसको एक शब्द निमित्त बन्छ, त्यो एक शब्दको बीजलाई खतम गरेमा सहज हुन्छ। त्यो एक शब्द हो ‘किन’, यो किन? यो किन भयो? यो किन गर्यौ? यो किन गर्छन्? यस ‘किन’ शब्दको ठुलो लाइन छ। हेर क्यु शब्द इङ्लिसमा लेख्यौ भने कति मुस्किलले लेखिन्छ र ‘ए’ लेख्यौ भने कति सहज छ। त्यसैले बापदादा आज यही चाहनुहुन्छ– यस किन शब्दको लाइन खतम गर। जुन तिमीहरू सबैको आश छ– अब छिटोछिटो बाबाको प्रत्यक्षता होस्, हरेकको दिलमा बाबाको स्नेहको झन्डा लहराओस् र दिलले गीत गाओस्, दिलमा गीत गाओस्– हाम्रो बाबा आउनुभयो! मीठा बाबा आउनुभयो! यही चाहन्छौ नि! छिटो छिटो प्रत्यक्षताको झन्डा सबैको दिलमा लहराओस्। त्यसैले यसको लागि किन, के, कसरी हुन्छ, यो के के को भाषा खतम गरेर के भन्नुछ भने कमाल भन। के के नभन। बापदादाले बच्चाहरूको बोर्डिङ खोल्दा, पाकिस्तानको कुरा हो, आदिमा त जगत अम्बाले बच्चाहरूलाई यही भन्नुहुन्थ्यो– के के को भाषा नबोल। के के धेरै कसले भन्छ? त्यो राम्रो लाग्छ? त्यसैले अहिले किन किन को लाइन नलगाऊ। हो हजुर, ठीक छ हजुर, धेरै राम्रो, हामी मिलेर गर्छौं, उड्छौँ– यस्तो बोली बोल। भाषाको परिवर्तन हुन सक्छ? के के होइन, यो लाइन छोडिदियौ भने त्यो लाइन लाग्नेछ।

हेर– शिवमाथि आँकको फूल नै चढ्छ, त्यसैले आज शिवरात्रि मनाइरहेका छौ, शिवको जन्मदिन मनाइरहेका छौ भने सबैले यो क्रोधरूपी आँकको फूल बापदादालाई अर्पण गरिदियौ भने तिमी दर्पण बन्नेछौ। राम्रो लाग्यो नि! राम्रो लाग्यो? अच्छा। त्यसैले अब होलीमा बापदादा आउनुहुन्छ, त्यसमा रिजल्ट लिनुहुन्छ। नथाक्नु। भएन नभन, निश्चयबुद्धि भएर गर, गर्नु नै छ। हात उठायौ, हात उठाउनु अर्थात् बाबालाई दियौ। दियौ नि! फेरि हात उठाऊ। देखिरहनुभएको छ दादीहरूले, हेरिरहेका छौ? ताली बजाऊ। हिम्मत कहिल्यै पनि नहार्नु। यदि अलिकति पनि कम भयो भने पछिको लागि हिम्मत राखेर नछोडि दिनु। बढ्दै जानु। बापदादा कम्बाइन्ड हुनुहुन्छ, भन्छौ नि– साथै छौँ, कम्बाइन्ड छौँ। त्यसैले यस्तो समयमा केही भयो भने पनि बापदादा कम्बाइन्ड हुनुहुन्छ उहाँलाई सामुन्ने ल्याएर फेरि अर्पण गरिदेऊ। तर बापदादा चाहनुहुन्छ– सबै बच्चाहरू नम्बरवन बनुन्, दिएको चीज अमानत भयो। हात उठायौ अर्थात् दियौ भने अब तिम्रो भएन। अमानत हो। त्यसैले सङ्कल्पमा पनि आयो भने सम्झनु– अमानतमा खयानत, यो नराम्रो मानिन्छ। दिएको चीज कहिल्यै फर्काएर लिइँदैन किनकि त्यो तिम्रो होइन।

आज बापदादा चारैतर्फका जो स्क्रिनमा पनि हेरिरहेका छन्, त्यहाँ बसेर सबै खुसी खुसीले हेरिरहेका छन् र सङ्कल्प पनि गरिरहेका छन्, त्यसैले मधुबन वा सबै सेन्टर के बन्नेछन्? के बन्नेछन्? सबै सेन्टरहरू निर्विघ्न भवको वरदानी बन्नेछन्। राम्रो लाग्यो नि! राम्रो लाग्यो? किनकि अब अचानक परिस्थिति दुःख र अशान्तिको कारण यस्तो बन्नेछ जसमा तिमीहरू सबैलाई आत्माहरूमाथि रहम आउनेछ, किनकि तिमी पूर्वज हौ, पूज्य पनि हौ र पूर्वज पनि हौ। त्यसैले पूर्वजले कुनै पनि आत्माको दुःख वा अशान्ति देख्न सक्दैनन्, जोसँग प्यार हुन्छ, रहम हुन्छ उसको दुःख देख्न सक्दैनन्। त्यसैले बाबा सम्झनुहुन्छ– समयले तिमीलाई परिवर्तन गरोस्, यसभन्दा पहिला तिमीले पुरुषार्थको प्राप्तिको प्रारब्ध अहिलेदेखि अनुभव गर किनकि तिमीलाई सिकाउने समयले होइन, समय तिम्रो टिचर होइन। त्यसैले बापदादा चाहनुहुन्छ– होलीमा हरेकले आफ्नो रिजल्ट लेख, धेरै लामो नलेख्नु, पढ्ने पनि फुर्सद हुँदैन। तर बापदादाले पहिला पनि सुनाउनुभयो– जसरी तिमीलाई वरदानको चिट्को मिल्छ नि, कति सानो हुन्छ, त्यसमा ओके लेख। ओके शब्द लेख्नु। यदि तिमीलाई पुरुषार्थ गर्दा केही भयो भने ओकेको बीचमा लाइन लगाउनु। सहज छ नि! यति कागज वेस्ट नगर्नु। यदि धेरै पटक, एकपटक, दुईपटक, तीनपटक भयो भने लाइन लगाउँदै जानु र होलीभन्दा पहिला मधुबनमा पठाइदिनु। जम्मा गरेर पठाऊ, टिचरले पठाउन। बापदादाको पासमा रिजल्ट पुग्नेछ, यसमा नम्बरवन को? फेरि बापदादाले तिमीलाई पदमापदमगुणा दिलको स्नेहको कोसेली दिनुहुनेछ। अच्छा।

डबल विदेशीहरू छौ नि! हात उठाऊ। नम्बर लिन्छौ नि! हेरौँ विदेशीहरूले नम्बर लिन्छन् वा भारतवासीहरूले। राम्रो छ। बापदादा त सबैलाई उम्मीदवार (आश राख्ने) देख्नुहुन्न तर बाबाको आशाहरूलाई पूर्ण गर्ने बाबाको आशाहरूको दीपकको रूपमा देख्न चाहनुहुन्छ। अच्छा– मधुबनले के गर्नेछ? मधुबनवालाले हात उठाऊ। तलमाथि सबै मधुबन। माथिकाले पनि पूरै हात उठाऊ, हल्लाऊ। अच्छा। मधुबनले नम्बर त लिनुपर्छ। लिनुपर्छ नि! लिनुपर्छ किनकि मधुबनलाई सबैले धेरै छिटो कपी गर्छन्। अच्छा।

चारैतर्फका कम्बाइन्ड रहनेहरूले हेरिरहेका पनि छन्, सुनिरहेका पनि छन् तर सबै जसले सुनिरहेका छैनन् पनि, उनीहरूले मुरलीद्वारा त सुन्छन् नै। त्यसैले चारैतिरका बाबाका स्नेही सहयोगी मीठा-प्यारा, प्यारा-प्यारा बच्चाहरूलाई बापदादाले पदमापदमगगुणा बधाई पनि दिइरहनुभएको छ, शुभकामना पनि दिइरहनुभएको छ र साथसाथै प्रत्यक्षताको झन्डा छिटोभन्दा छिटो लहराउने सङ्कल्प पनि दिइरहनुभएको छ। समयलाई नपर्ख, समयलाई टिचर नबनाऊ, बाबा; बाबा, शिक्षक र सद्गुरु हुनुहुन्छ भने जसरी तिम्री जगत अम्बाले गरिन्, दुई शब्दमा नम्बर लिइन्। बाबाको भनाइ र जगत अम्बाको गराइ– यस्तो तीव्र पुरुषार्थ गरिन् र नम्बर लिइन्। तिमी सबैले पनि मान्छौ नि, त्यसैले तिमीले पनि फलो मदर जगत अम्बा। अच्छा। सबैलाई याद-प्यार र धेरै धेरै दिलको आशीर्वाद स्वीकार होस्। साथसाथै बाबाले बच्चाहरूलाई मालिकपनमा देखेर नमस्ते गरिरहनुभएको छ। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

बापदादाले सबै जोनलाई भन्नुभएको छ– वारिस र माइक निकाल, प्रभावशाली माइक जसको अनुभव सुनेर प्रेरणा आओस्, हामी पनि बनौँ, कसैलाई पनि सन्तुष्ट पार्न सकौँ। त्यसैले सबै जोनले लिस्ट पठाउनु। आज बापदादाले देख्नुभयो– दिल्लीवालाहरूले लिस्ट पठाएका छन्। बापदादाले शुभकामना दिइरहनुभएको छ। त्यसैले सबै जोनले पठायौ भने तिमीलाई पनि रिजल्ट सुनाउँछौँ– कति वारिस तयार भएका छन्। चेकिङ गराउँछौँ, यस्तो होइन– लिस्ट आयो भने मानिहाल्छौँ। गुप्त चेकिङ गराउँछौँ। अच्छा, आदिमा पनि शुभकामना र बधाई मिल्यो, अहिले पनि बापदादाले एक एक बच्चाको दिलमा नाम लिएर पदमापदमगुणा शुभकामना दिइरहनुभएको छ। बाबासँग त सबै बच्चाहरूको चित्र वतनमा इमर्ज छ। त्यसैले बापदादाले बच्चाहरूको जन्म दिन मनाउनुभयो र बच्चाहरूले बाबाको जन्मदिन मनाए, दुवैलाई शुभकामना। अच्छा।

वरदान:–
सबैलाई आदर गरेर आफ्नो रेकर्ड ठीक बनाउने सर्वका स्नेही भव

जति जसले सबैलाई आदर गर्छ त्यति नै आफ्नो रेकर्डलाई ठीक राख्न सक्छ। अरूलाई आदर गर्नु आफ्नो रेकर्ड बनाउनु हो। जसरी यज्ञको मदतगार बन्नु नै मदत लिनु हो, त्यसरी नै आदर गर्नु नै आदर लिनु हो। एकपटक दिनु र अनेकपटक लिने हकदार बन्नु। त्यसैले भन्छन्– सानालाई प्यार र ठुलालाई आदर देऊ तर जसले सबैलाई ठुलो सम्झेर आदर गर्छन् उनीहरू सबैका स्नेही बन्छन्। यसको लागि हरेक कुरामा ‘पहिला हजुर’ को पाठ पक्का गर।

स्लोगन:–
बापदादाबाट मिलेका शिक्षाहरू समयमा याद आउनु नै तीव्र पुरुषार्थ हो।

अव्यक्त इसारा:– सदा अचल , अडोल , एकरस स्थितिको अनुभव गर

जसले अलराउन्ड सेवा गर्छन् उनीहरूले विशेष यस कुराको ध्यान राख्नुछ– जस्तोसुकै परिस्थितिमा आफ्नो स्थिति एकरस रहोस् अनि सफलता मिल्नेछ। श्रीमतमा जब मनमत, देह अभिमानपनको मत, शूद्रपनको मत मिसाउँछौ अनि स्थिति एकरस रहँदैन। मन भिन्न भिन्न रसहरूमा लागेको छ भने स्थिति पनि भिन्न भिन्न हुन्छ। एउटै रसमा रह्यो भने स्थिति एकरस रहनेछ।

विशेष सूचना:– आइतबारको योग अभ्यास

आज अन्तर्राष्ट्रिय योग हो, सबै भाइबहिनीहरू सङ्गठित रूपमा एकत्रित भएर साँझ ६.३० देखि ७.३० बजेसम्म आफ्नो पूर्वज र पूज्य स्वरूपको स्वमानद्वारा पूरा कल्पवृक्षलाई आफ्नो शुभ भावना र शुभकामनाको शक्तिशाली किरणहरू दिने सेवा गर्नु हुनेछ।