17.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– याद र पढाइबाट नै डबल ताज प्राप्त हुन्छ , त्यसैले आफ्नो लक्ष्य-उद्देश्यलाई सामुन्ने राखेर दैवीगुण धारण गर।”

प्रश्न:–
विश्व रचयिता बाबाले तिमी बच्चाहरूको कुनचाहिँ सेवा गर्नुहुन्छ?

उत्तर:–
(१) बच्चाहरूलाई बेहदको वर्सा दिएर सुखी बनाउने, यो सेवा गर्नुहुन्छ। बाबाले जस्तो निष्काम सेवा अरू कसैले गर्न सक्दैन। (२) बेहदका बाबाले भाडामा तख्त लिएर तिमीलाई विश्वको तख्तनसीन बनाइदिनुहुन्छ। स्वयं ताउसी तख्तमा बस्नुहुन्न तर बच्चाहरूलाई ताउसी तख्तमा बसाउनु हुन्छ। बाबाको त जड मन्दिर बनाउँछन्, त्यसमा उहाँलाई के टेस्ट आउँछ र! मजा त बच्चाहरूलाई हुन्छ जसले स्वर्गको राज्य भाग्य लिन्छन्।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। ओम् शान्तिको अर्थ त तिमी बच्चाहरूलाई बुझाइएको छ। बाबाले पनि भन्नुहुन्छ, अनि बच्चाहरूले पनि भन्छन्– ओम् शान्ति किनकि आत्माको स्वधर्म हो शान्ति। तिमीले अहिले जानेका छौ– हामी शान्तिधामबाट यहाँ आउँछौं सबै भन्दा पहिला सुखधाममा, फेरि ८४ जन्म लिँदा लिँदा दु:खधाममा आउँछौं। यो त याद छ नि। बच्चाहरूले ८४ जन्म लिन्छन्, जीवआत्मा बन्छन्। बाबा जीवआत्मा बन्नुहुन्न। भन्नुहुन्छ– मैले अस्थायी रूपमा यिनको आधार लिन्छु। नत्र पढाऊँ कसरी? बच्चाहरूलाई घरी घरी मनमनाभव, आफ्नो रजाइँलाई याद गर कसरी भन्ने? यसैलाई भनिन्छ सेकेन्डमा विश्वको रजाइँ। बेहदका बाबाले अवश्य पनि बेहदको खुसी, बेहदको वर्सा नै दिनुहुन्छ। बाबाले धेरै सहज मार्ग बताउनु हुन्छ। भन्नुहुन्छ– अब यो दु:खधामलाई बुद्धिबाट निकालिदेऊ। जुन नयाँ दुनियाँ स्वर्गको स्थापना भइरहेको छ, त्यसको मालिक बन्नको लागि मलाई याद गर्यौ भने तिम्रो पाप काटिन्छ। तिमी फेरि सतोप्रधान बन्छौ, यसलाई भनिन्छ सहज याद। जसरी बच्चाहरूले लौकिक पितालाई कति सहजै याद गर्छन्, त्यसैगरी तिमी बच्चाहरूले पनि बेहदका बाबालाई याद गर्नुपर्छ। बाबाले नै दु:खबाट निकालेर सुखधाममा लैजानुहुन्छ। त्यहाँ स्वर्गमा दु:खको नामनिसान हुँदैन। धेरै सहज कुरा भन्नुहुन्छ– आफ्नो शान्तिधामलाई याद गर, जुन बाबाको घर हो, त्यो तिम्रो पनि घर हो अनि नयाँ दुनियाँलाई याद गर, त्यो तिम्रो राजधानी हो। बाबाले तिमी बच्चाहरूको कति निष्काम सेवा गर्नुहुन्छ। तिमी बच्चाहरूलाई सुखी बनाएर फेरि वानप्रस्थ, परमधाममा बस्नुहुन्छ। तिमी पनि परमधामका निवासी हौ। त्यसलाई निर्वाणधाम, वानप्रस्थ पनि भनिन्छ। बाबा आउनु हुन्छ बच्चाहरूको सेवा गर्न अर्थात् वर्सा दिन। यिनले पनि स्वयं बाबासँग वर्सा लिन्छन्। शिवबाबा त हुनुहुन्छ सर्वोच्च भगवान, शिवका मन्दिरहरू पनि छन्। उहाँका कुनै पिता वा शिक्षक छैनन्। सारा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान उहाँसँग छ। कहाँबाट आयो? के कुनै वेद शास्त्र आदि पढ्नु भएको छ र? छैन। बाबा त हुनुहुन्छ ज्ञानका सागर, सुख शान्तिका सागर। बाबाको महिमा र दैवी गुणवाला मनुष्यको महिमामा फरक छ। तिमी दैवी गुण धारण गरेर यी देवता बन्छौ। पहिला आसुरी अवगुण थिए। असुरबाट देवता बनाउनु, यो त बाबाको नै काम हो। लक्ष्य-उद्देश्य पनि तिम्रो सामुन्ने छ। अवश्य पनि त्यस्तै श्रेष्ठ कर्म गरेका होलान्। कर्म-अकर्म-विकर्मको गति अथवा सबै कुरा सम्झाउनमा एक सेकेन्ड लाग्छ।

बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरूले पार्ट खेल्नै पर्छ। यो पार्ट तिमीलाई अनादि, अविनाशी रूपमा प्राप्त भएको छ। तिमी कति पटक सुख दु:खको खेलमा आएका छौ। कति पटक तिमी विश्वको मालिक बनेका छौ। बाबाले कति उच्च बनाउनु हुन्छ। परमात्मा जो सुप्रीम सोल हुनुहुन्छ, उहाँ पनि यति सानो हुनुहुन्छ। उहाँ बाबा ज्ञानका सागर हुनुहुन्छ। त्यसैले आत्माहरूलाई पनि आफूसमान बनाउनु हुन्छ। तिमी प्रेमका सागर, सुखका सागर बन्छौ। देवताहरूको आपसमा कति प्रेम हुन्छ। कहिल्यै झगडा हुँदैन। त्यसैले बाबा आएर तिमीलाई आफूसमान बनाउनु हुन्छ। अरू कसैले यस्तो बनाउन सक्दैन। खेल स्थूलवतनमा हुन्छ। सबै भन्दा पहिला आदि सनातन देवी-देवता धर्म फेरि इस्लाम, बौद्ध आदि नम्बरवार यो मण्डप वा नाटकशालामा आउँछन्। ८४ जन्म तिमीले लिन्छौ। गायन पनि छ– आत्मा परमात्मा अलग रहे...। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! सबै भन्दा पहिला विश्वमा पार्ट खेल्न तिमी आएका हौ। म त थोरै समयको लागि यिनमा प्रवेश गर्छु। यो त पुरानो जुत्ता हो। पुरुषले एक स्त्रीको मृत्यु भयो भने भन्छन्– पुरानो जुत्ता गयो, अनि फेरि नयाँ ल्याउँछन्। यो पनि पुरानो तन हो नि। ८४ को चक्कर लगाएको छ। ततत्त्वम्, त्यसैले म आएर यो रथको आधार लिन्छु। पावन दुनियाँमा त म कहिल्यै पनि आउँदै आउन्न। तिमी पतित छौ, मलाई बोलाउँछौ– आएर पावन बनाउनुहोस्। आखिरमा तिम्रो याद फलीभूत हुन्छ नि। जब पुरानो दुनियाँ समाप्त हुने समय हुन्छ, तब म आउँछु। ब्रह्माद्वारा स्थापना। ब्रह्माद्वारा अर्थात् ब्राह्मणहरूद्वारा। पहिला चोटी ब्राह्मण, फेरि क्षत्रिय... त्यसैले बाजोली खेल्छौ। अब देह अभिमानलाई छोडेर देहीअभिमानी बन्नु छ। तिमीले ८४ जन्म लिन्छौ। मैले त केवल एकैपटक यस तनलाई सापटी लिन्छु। भाडामा लिन्छु। म यस भवनको मालिक होइन। यिनलाई त फेरि मैले छोडिदिन्छु। भाडा त दिनुपर्छ नि। बाबाले पनि भन्नुहुन्छ– मैले घरको भाडा दिन्छु। बेहदका बाबा हुनुहुन्छ, केही भाडा त दिनुहुन्छ नि। यो तख्त लिनुहुन्छ तिमीलाई सम्झाउनको लागि। यसरी सम्झाउनु हुन्छ जसबाट तिमी पनि विश्वको तख्तनसीन बन्छौ। स्वयं भन्नुहुन्छ– म बन्दिनँ। तख्तनसीन अर्थात् ताउसी तख्त (मयुर तख्त)मा बसाउनु हुन्छ। शिवबाबाको यादमा नै सोमनाथको मन्दिर बनाएका हुन्। बाबा भन्नुहुन्छ– यसबाट मलाई के स्वाद आउँछ र! जड पुतला राखिदिन्छन्। आनन्द त तिमी बच्चाहरूलाई स्वर्गमा हुन्छ। म त स्वर्गमा आउँदै आउँदिनँ। फेरि जब भक्तिमार्ग सुरु हुन्छ, तब यी मन्दिर आदि बनाउनको लागि कति खर्च गरे। फेरि पनि चोरले लुटेर लग्यो। रावणको राज्यमा तिम्रो धनदौलत आदि सबै समाप्त हुन्छ। अहिले त्यो ताउसी तख्त छ? बाबा भन्नुहुन्छ– जुन मेरो मन्दिर बनाएका थिए, त्यो मुहम्मद गजनवी आएर लुटेर लग्यो।

भारतखण्ड जस्तो सम्पन्न अरू कुनै खण्ड छैन। यो खण्ड जस्तो तीर्थ अरू कुनै खण्ड बन्न सक्दैन। तर आज त हिन्दु धर्मका अनेक तीर्थ भएका छन्। वास्तवमा बाबा जसले सबैलाई सद्गति दिनुहुन्छ, तीर्थ त उहाँको हुनुपर्ने हो। यो नाटक पनि यस्तै बनेको छ। बुझ्न धेरै सहज छ। तर नम्बरवार नै सम्झन्छन् किनकि राजधानी स्थापना भइरहेको छ। स्वर्गका मालिक यी लक्ष्मी-नारायण हुन्। यी हुन् सबै भन्दा उत्तम पुरुष जसलाई देवता भनिन्छ। दैवीगुण भएकालोई देवता भनिन्छ। यी उच्च देवता धर्मवालाहरू प्रवृत्ति मार्गमा थिए। त्यतिबेला तिम्रो मात्रै प्रवृत्तिमार्ग हुन्छ। बाबाले तिमीलाई डबल ताजधारी बनाउनु भएको छ। रावणले फेरि दुवै ताज उतारिदियो। अहिले त कुनै पनि ताज छैन, न पवित्रताको, न धनको ताज, दुवै ताज रावणले उतारिदियो। फेरि बाबा आएर तिमीलाई यो याद र पढाइबाट दुवै ताज दिनुहुन्छ। त्यसैले गायन गर्छन्– हे परमपिता परमात्मा! मेरो गाइड बन्नुहोस्, मुक्त पनि गर्नुहोस्। त्यसैले तिम्रो नाम पनि पण्डा राखिएको छ। पाण्डव, कौरव, यादव क्या करत भये? भन्ने गर्छन्– बाबा हामीलाई दु:खको राज्यबाट छुटाएर साथमा लैजानुहोस्बाबाले नै सत्यखण्डको स्थापना गर्नुहुन्छ, जसलाई स्वर्ग भनिन्छ। फेरि रावणले झुटखण्ड बनाउँछ। उनीहरूले भन्छन् श्रीकृष्ण भगवानुवाच। बाबा भन्नुहुन्छ– शिव भगवानुवाच। भारतवर्ष निवासीहरूले नाम परिवर्तन गरिदिए त्यसैले सारा दुनियाँले पनि परिवर्तन गरे। श्रीकृष्ण त देहधारी हुन्, विदेही एक शिवबाबा हुनुहुन्छ। अहिले बाबाद्वारा तिमी बच्चाहरूलाई तागत मिल्छ। तिमी सारा विश्वको मालिक बन्छौ। सारा आकाश, धरती तिमीलाई प्राप्त हुन्छ। कसैको तागत हुँदैन जसले पौने कल्प सम्म तिमीबाट छिन्न सक्छ। उनीहरूको त जब वृद्धि भएर करोडौँको सङ्ख्यामा हुन्छन् अनि लस्कर लिएर आएर तिमीलाई जित्छन्। बाबाले बच्चाहरूलाई कति सुख दिनुहुन्छ! उहाँको गायन नै छ दु:खहर्ता, सुखकर्ता। यतिबेला बाबा बसेर तिमीलाई कर्म-अकर्म-विकर्मको गति सम्झाउनु हुन्छ। रावण राज्यमा कर्म विकर्म बन्छ। सत्ययुगमा कर्म अकर्म हुन्छ। अहिले तिमीलाई एक सतगुरु मिल्नु भएको छ, जसलाई पतिहरूको पति भनिन्छ किनकि ती दैहिक पतिहरूले पनि उहाँलाई याद गर्छन्। त्यसैले बाबाले सम्झाउनु हुन्छ यो नाटक कति अद्भुत छ। यति सानो आत्मामा अविनाशी पार्ट भरिएको छ, जुन कहिल्यै मेटिँदैन। यसलाई अनादि-अविनाशी ड्रामा भनिन्छ। परमात्मा एक हुनुहुन्छ। रचना अथवा सिँढी, चक्र सबै एउटै हो। न कसैले रचयितालाई, न रचनालाई जान्दछन्। ऋषिमुनिहरूले पनि भन्छन्– हामीले जान्दैनौं। अहिले तिमी सङ्गममा बसेका छौ, तिम्रो युद्ध मायासँग छ, त्यसले छोड्दैन। बच्चाहरूले भन्छन्– बाबा, मायाको थप्पड लाग्यो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू गरेको कमाइ उडाइदियौ! तिमीलाई भगवानले पढाउनु हुन्छ त्यसैले राम्रोसँग पढ्नुपर्छ। यस्तो पढाइ त फेरि ५ हजार वर्षपछि मिल्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस दु:खधामबाट बुद्धियोग निकालेर नयाँ दुनियाँ स्थापना गर्ने बाबालाई याद गर्नु छ, सतोप्रधान बन्नु छ।

२) बाबा समान प्रेमको सागर, शान्ति र सुखको सागर बन्नु छ। कर्म, अकर्म र विकर्मको गतिलाई जानेर सदा श्रेष्ठ कर्म गर्नु छ।

वरदान:–
सदा उमङ्ग उत्साहमा रहेर मनमा खुसीको गीत गाउने अविनाशी भाग्यमानी भव

तिमी भाग्यमानी (खुशनसीब) बच्चाहरूले अविनाशी विधिद्वारा अविनाशी सिद्धिहरू प्राप्त गर्छौ। तिम्रो मनमा सदा वाह-वाहका खुसीको गीत गुञ्जिरहन्छ। वाह बाबा! वाह तकदिर! वाह मीठो परिवार! वाह श्रेष्ठ सङ्गमको सुन्दर समय! हर कर्म वाह वाह छ, त्यसैले तिमी अविनाशी भाग्यमानी हौ। तिम्रो मनमा कहिल्यै पनि ह्वाई, आइ (किन, म) आउन सक्दैन। ह्वाईको सट्टा वाह वाह र आइको सट्टा बाबा बाबा शब्द नै आउँछ।

स्लोगन:–
जे सङ्कल्प गर्छौ त्यसलाई अविनाशी सरकार को स्ट्याम्प लगायौ भने अटल रहनेछौ।

शब्दार्थ:– ताउसी तख्तः– मयुर सिँहासन, १७ औं शताब्दीमा भारतका मुगल बादसाह शाहजहाँले सुनबाट
बनाएको मयुर रूपको सिँहासन।

मातेश्वरीजीका मधुर महावाक्य:–

“ जीवनको आशा पूर्ण हुने सुन्दर समय”

हामी सबै आत्माहरूको धेरै समयदेखि यही आशा थियो– जीवनमा सदा सुख शान्ति मिलोस्, धेरै जन्मको आशा कुनै बेला त पूर्ण हुन्छ। अब यो हो हाम्रो अन्तिम जन्म, यस अन्तिम जन्मको पनि अन्त्य हो। यस्तो कसैले जान्दैन– म त अहिले सानो छु, साना ठुला सबैलाई सुख त चाहियो नि, तर दु:ख कुन चीजबाट मिल्छ त्यसको पहिला ज्ञान हुनुपर्यो। अहिले तिमीलाई ज्ञान प्राप्त भएको छ– यी पाँच विकारहरूमा फसेका हुनाले जुन यो कर्मबन्धन बनेको छ, त्यसलाई परमात्माको याद अग्निबाट भस्म गर्नु छ, यो हो कर्मबन्धनबाट छुट्ने सहज उपाय। यस्ता सर्वशक्तिमान बाबालाई हिँड्दा डुल्दा, श्वास श्वासमा याद गर्नु छ। अहिले यो उपाय बताउने सहयोग स्वयं परमात्मा आएर गर्नुहुन्छ, तर यसमा पुरुषार्थ त हरेक स्वयंले नै गर्नुपर्छ। परमात्मा पिता, शिक्षक, सतगुरुका रूपमा आएर हामीलाई वर्सा दिनुहुन्छ। त्यसैले पहिला उहाँ बाबाको बन्नु छ, फेरि शिक्षकबाट पढ्नु छ, जुन पढाइबाट जन्म जन्मको सुखको प्रारब्ध बन्छ अर्थात् जीवनमुक्तिमा पुरुषार्थ अनुसार पद प्राप्त हुन्छ। अनि गुरुका रूपमा पवित्र बनाएर मुक्ति दिनुहुन्छ, त्यसैले यो रहस्य बुझेर त्यस्तै पुरुषार्थ गर्नु छ। यही समय हो पुरानो खाता समाप्त गरेर नयाँ जीवन बनाउने, यसैबेला जति पुरुषार्थ गरेर आफ्नो आत्मालाई पवित्र बनाउँछौं त्यति नै शुद्ध रिकर्ड भरिन्छ। फेरि सारा कल्प चल्छ, त्यसैले सारा कल्पको आधार यतिबेलाको कमाइमा हुन्छ। हेर, यतिबेला नै तिमीलाई आदि-मध्य-अन्त्यको ज्ञान प्राप्त हुन्छ, हामी नै देवता बन्नु छ र आफ्नो चढ्तीकला पनि यतिखेरै हुन्छ। त्यहाँ स्वर्गमा गएर प्रारब्ध भोग्नेछौं। त्यहाँ देवताहरूलाई पछिको कुरा थाहा हुँदैन कि हामी गिर्नेछौं, यदि यो सुख भोग्ने अनि गिर्नु पर्छ भन्ने थाहा हुने भए गिर्ने चिन्ताले सुख पनि भोग्न सक्दैनथे। त्यसैले यो ईश्वरीय नियमको रचना गरिएको छ– मनुष्यले सदा चढ्ने पुरुषार्थ गर्छ अर्थात् सुखको लागि कमाइ गर्छ। तर ड्रामामा आधा आधा पार्ट बनेको छ जुन रहस्यलाई हामीले मात्र जानेका छौं, तर जतिबेला सुखको पालो हुन्छ त्यसको लागि पुरुषार्थ गरेर सुख लिनुपर्छ, यो हो पुरुषार्थको खुबी। कलाकारको काम हो पार्ट खेल्ने समयमा सम्पूर्ण खुबीका साथ पार्ट खेल्नु, जसबाट देख्नेले पनि वाह वाह गर्छन्। त्यसैले हीरो-हीरोइनको पार्ट देवताहरूलाई प्राप्त भएको छ जसको यादगार चित्रको गायन र पूजन गरिन्छ। निर्विकारी प्रवृत्तिमा रहेर कमल फूलको अवस्था बनाउनु, यही देवताहरूको खुबी हो। यस विशेषतालाई बिर्सिएका हुनाले नै विश्वको यो दुर्दशा भएको हो, अहिले फेरि यस्तो जीवन बनाउनेवाला स्वयं परमात्मा आउनु भएको छ, अब उहाँको हात समाएपछि जीवनरूपी नाउ पार हुन्छ। अच्छा, ओम् शान्ति।