17.07.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
शरीरलाई नदेखेर आत्मालाई देख , आफूलाई आत्मा सम्झेर आत्मासँग कुरा गर , यस्तो अवस्था
बनाउनु छ। यो नै उच्च लक्ष्य हो।”
प्रश्न:–
तिमी बच्चाहरू
बाबासँग माथि (घरमा) कहिले जाने छौ?
उत्तर:–
जब अपवित्रताको
मात्रा अलिकति पनि रहने छैन। जसरी बाबा पवित्र हुनुहुन्छ त्यसैगरी तिमी बच्चाहरू पनि
पवित्र बन्छौ अनि माथि जान सक्छौ। अहिले तिमी बच्चाहरू बाबाको सामुन्ने छौ। ज्ञानका
सागरबाट ज्ञान सुन्दा सुन्दै जब फूल बन्छौ, बाबालाई ज्ञानबाट खाली बनाइदिन्छौ अनि
उहाँ पनि शान्त हुनुहुन्छ र तिमी बच्चाहरू पनि शान्तिधाममा जान्छौ। त्यहाँ ज्ञान
फुर्न बन्द हुन्छ। सबै कुरा दिइसकेपछि उहाँको पार्ट नै साइलेन्सको हुन्छ।
ओम् शान्ति ।
शिव भगवानुवाच।
शिव भगवानुवाच भनिन्छ भने सम्झनुपर्छ– एक शिव नै भगवान वा परमपिता हुनुहुन्छ।
उहाँलाई नै तिमी बच्चाहरू वा आत्माहरूले याद गर्छौ। रचयिता बाबाबाट परिचय त मिलेको
छ। अवश्य नै नम्बरवार पुरुषार्थ अनुसार नै याद गर्छन्। सबैले एकरस याद गर्दैनन्। यो
धेरै सूक्ष्म कुरा हो। आफूलाई आत्मा सम्झेर अरूलाई पनि आत्मा सम्झने अवस्थामा
पुग्नको लागि समय लाग्छ। ती मनुष्यहरूले त केही पनि जानेका छैनन्। नजानेका हुनाले
सर्वव्यापी भनिदिन्छन्। जसरी तिमी बच्चाहरूले आफूलाई आत्मा सम्झन्छौ, बाबालाई याद
गर्छौ, यसरी अरू कसैले याद गर्न सक्दैन। कुनै पनि आत्माको योग बाबासँग छैन। यी हुन
धेरै महिन गुह्य कुरा। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ। भन्छन् पनि, हामी
आत्मा आत्मा भाइ भाइ हौं। त्यसैले सबैलाई आत्मा नै देख्नुपर्छ। शरीर देख्नु हुँदैन।
यो धेरै उच्च लक्ष्य हो। धेरैजना छन् जसले बाबालाई कहिल्यै पनि यादै गर्दैनन्।
आत्मामा मैला परेको छ। मुख्य आत्माकै कुरा हो। अहिले आत्मा नै तमोप्रधान बनेको छ,
जुन सतोप्रधान थियो– आत्मामा यो ज्ञान छ। ज्ञानका सागर परमात्मा नै हुनुहुन्छ।
तिमीले आफूलाई ज्ञानको सागर भन्दैनौ। तिमीले जानेका छौ– हामीले बाबासँग सम्पूर्ण
ज्ञान लिनु छ। उहाँले आफूसँग राखेर के गर्नु हुन्छ। अविनाशी ज्ञान रत्नको धन त
बच्चाहरूलाई दिनु छ। बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार धारण गर्नेछन्। जसले धेरै
धारण गर्छ उसैले राम्रो सेवा गर्न सक्छ। बाबालाई ज्ञानका सागर भनिन्छ। उहाँ पनि
आत्मा, तिमी पनि आत्माहरू। तिमी आत्माहरूले नै सबै ज्ञान लिन्छौ। जसरी उहाँ सदा
पवित्र हुनुहुन्छ त्यसैगरी तिमी पनि सदा पवित्र बन्छौ। जब अलिकति पनि अपवित्रता
रहँदैन त्यसपछि माथि जान्छौ। बाबाले यादको यात्राको युक्ति सिकाउनु हुन्छ। यो त
जानेका छौ तर सारा दिन याद रहँदैन। यहाँ तिमी बच्चाहरूलाई बाबाले सम्मुख बसेर
सम्झाउनु हुन्छ, अरू बच्चाहरूले त सम्मुख सुन्दैनन्। मुरली पढ्छन्। यहाँ तिमीहरू
सम्मुख छौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर अनि ज्ञान पनि धारण गर। हामी बाबा
जस्तै सम्पूर्ण रूपमा ज्ञान सागर बन्नु छ। सम्पूर्ण ज्ञान जान्यौ भने बाबालाई
ज्ञानबाट खाली गरिदिनु जस्तै हुन्छ अनि उहाँ शान्त हुनुहुन्छ। यस्तो होइन, उहाँ
भित्र ज्ञान भइरहन्छ। सबै दिएपछि उहाँको पार्ट नै शान्तिको हुन्छ। जसरी तिमी
शान्तिमा गएपछि कहाँ ज्ञान भइरहन्छ र। यो पनि बाबाले सम्झाउनु भएको छ– आत्माले
संस्कार लिएर जान्छ। कोही संन्यासीको आत्मा रहेछ भने उसलाई बचपनमा नै शास्त्र कण्ठ
हुन्छ। अनि उसको धेरै नाम चल्छ। अहिले तिमी त आएका छौ नयाँ दुनियाँमा जानको लागि।
त्यहाँ त ज्ञानको संस्कार लैजान सक्दैनौ। यो संस्कार मर्ज हुन्छ। तर आत्माहरूले
नम्बरवार पुरुषार्थ अनुसार आफ्नो सीट लिनु छ। तिम्रो शरीरको नाम राखिन्छ। शिवबाबा त
हुनुहुन्छ नै निराकार। भन्नुहुन्छ– मैले यी कर्मेन्द्रियहरू सापटी लिन्छु। उहाँ त
केवल सुनाउन आउनु हुन्छ। उहाँले कसैको ज्ञान सुन्नुहुन्न किनकि उहाँ त स्वयं ज्ञानका
सागर हुनुहुन्छ नि। केवल मुखबाट नै उहाँले मुख्य काम गर्नुहुन्छ। आउनु हुन्छ नै
सबैलाई मार्ग बताउन। तर सुनेर के गर्छन्! उहाँले त सदैव यसरी यसरी गर भनी सुनाइरहनु
हुन्छ। सारा वृक्षको रहस्य सुनाउनु हुन्छ। तिमी बच्चाहरूको बुद्धिमा छ– नयाँ दुनियाँ
त धेरै सानो हुन्छ। यो पुरानो दुनियाँ त कति ठुलो छ। सारा दुनियाँमा कति बत्ती
बल्छन्। विद्युतद्वारा के के हुन्छ। त्यहाँ त दुनियाँ पनि सानो, विद्युत पनि थोरै
हुन्छ। एउटा सानो गाउँ जस्तै हुन्छ। अहिले त कति ठुलो बस्ती छ। त्यहाँ यति ठुलो
हुँदैन। केही मुख्य मुख्य राम्रा सडक हुन्छन्। त्यहाँ ५ तत्वहरू पनि सतोप्रधान
बन्छन्। कहिल्यै चञ्चलता देखाउँदैनन्। सुखधाम भनिन्छ। त्यसको नामै हो स्वर्ग। पछि
गएर तिमी जति समीप आउँछौ त्यति उन्नति भइरहन्छ। बाबाले पनि साक्षात्कार गराइरहनु
हुन्छ। त्यस समयमा लडाइँमा पनि सेनाको वा हवाइजहाज आदिको आवश्यकता हुँदैन। उनीहरूले
त भन्छन्– हामी यहीँ बसी बसी सबैलाई समाप्त गर्न सक्छौं। यी हवाइजहाज आदि कहाँ काममा
आउँछन् र! त्यसपछि चन्द्रमा आदिमा प्लट आदि हेर्न पनि जाँदैनन्। यो सबै विज्ञानको
फाल्तु घमण्ड हो। कति आडम्बर देखाउँछन्। ज्ञानमा कति साइलेन्स हुन्छ, यसलाई ईश्वरीय
देन भनिन्छ। विज्ञानमा त हङ्गामै हङ्गामा छ। साइन्सले साइलेन्सलाई चिनेकै छैन।
तिमीलाई थाहा छ–
विश्वमा शान्ति त नयाँ दुनियाँमा थियो, त्यो हो सुखधाम। अहिले त दु:ख-अशान्ति छ।
तिमीले शान्ति चाहन्छौ, कहिल्यै अशान्ति हुँदै नहोस्, त्यो त हुन्छ शान्तिधाम र
सुखधाममा– यो पनि सम्झाउनु छ। स्वर्गको त सबैले चाहना गर्छन्। हिन्दुहरूले वैकुण्ठ,
स्वर्गको याद गर्छन्। अरू धर्मकाले वैकुण्ठलाई याद गर्दैनन्। उनीहरूले केवल
शान्तिलाई याद गर्छन्। सुखलाई त याद गर्न सक्दैनन्। नियमले भन्दैन। सुखलाई त तिमीले
नै याद गर्छौ त्यसैले हामीलाई दु:खबाट मुक्त गर्नुहोस् भनी पुकार्छौ। वास्तवमा
आत्माहरू शान्तिधाम निवासी हुन्। यो पनि कहाँ कसैले जानेका छन् र! बाबाले सम्झाउनु
हुन्छ– तिमी बेसमझ (अज्ञानी) थियौ। कहिलेदेखि बेसमझ बन्यौ? १६ कलाबाट १२-१४ कला
बन्दै जानु, मतलव बेसमझ बन्दै जानु। अहिले कुनै कला रहेको छैन। सम्मेलन गरिरहन्छन्।
महिलाहरूलाई किन दु:ख हुन्छ? अरे, दु:ख त सारा दुनियाँमा छ। अथाह दु:ख छ। त्यसैले
विश्वमा शान्ति कसरी हुन्छ? अहिले त अनगिन्ती धर्महरू छन्। सारा विश्वमा अहिले त
शान्ति हुन सक्दैन। सुखलाई त जानेकै छैनन्। तिमी बच्चीहरूले बसेर सम्झाउँछौ– यो
दुनियाँमा अनेक प्रकारको दु:ख छ, अशान्ति छ। जहाँबाट हामी आत्माहरू आएका हौं त्यो
शान्तिधाम र जहाँ यो आदि सनातन देवी-देवता धर्म थियो, त्यो सुखधाम थियो। आदि सनातन
हिन्दु धर्म भनिदैन। आदि मतलब प्राचीन। त्यो त सत्ययुगमा थियो। त्यतिबेला सबै
पवित्र थिए। त्यो हो नै निर्विकारी दुनियाँ, विकारको नामै थिएन। फरक छ नि। सबै भन्दा
पहिला त पवित्रता हुनुपर्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! काम
माथि विजय प्राप्त गर। आफूलाई आत्मा सम्झ। अहिले आत्मा अपवित्र छ, आत्मामा मैला
परेको छ त्यसैले गहना (शरीर) पनि त्यस्तै बनेको छ। आत्मा पवित्र भयो भने गहना पनि
पवित्र हुन्छन्, त्यसलाई नै निर्विकारी दुनियाँ भनिन्छ। बरको वृक्षको पनि तिमीले
उदाहरण दिन सक्छौ। सारा वृक्ष खडा भए पनि मूल जरा छँदै छैन। यो आदि सनातन देवी-देवता
धर्म छँदै छैन अरू सबै खडा छन्। सबै अपवित्र छन्, यिनलाई भनिन्छ मनुष्य। तिनीहरू
हुन् देवता। म मनुष्यलाई देवता बनाउन आएको हुँ। ८४ जन्म पनि मनुष्यहरूले लिन्छन्।
सिँढीमा देखाउनु छ– तमोप्रधान बनेपछि हिन्दु भनिदिन्छन्। देवता भन्न सक्दैनन् किनकि
पतित छन्। ड्रामाको यस्तै रहस्य छ नि। नत्र कुनै हिन्दु धर्म छँदै छैन। आदि सनातन
देवी-देवता थियौं। भारतखण्ड नै पवित्र थियो, अहिले अपवित्र भएको छ। त्यसैले आफूलाई
हिन्दु भन्छन्। हिन्दु धर्म त कसैले स्थापना गरेको छैन। यो कुरा बच्चाहरूले राम्ररी
धारणा गरेर बुझाउनु छ। आजकाल त त्यति समय पनि दिँदैनन्। कम्तीमा आधा घण्टा दिए पनि
प्वइन्ट सुनाउन सकिने थियो। प्वइन्टहरू त धेरै छन्। त्यसबाट मुख्य मुख्य कुरा
सुनाइन्छ। पढाइमा पनि जसरी जसरी पढ्दै जान्छन्, साधारण पढाइबाट अल्फ-बे आदि कहाँ
याद रहन्छ र! त्यो पनि बिर्सिन्छन्। तिमीलाई पनि भनिन्छ– अहिले तिम्रो ज्ञान
परिवर्तन भएको छ। हेर, पढाइमा उन्नति गरेपछि पहिलो पढाइ वा ज्ञान बिर्सिँदै जान्छन्
नि। बाबाले पनि हामीलाई दिनहुँ नयाँ नयाँ कुरा सुनाउनु हुन्छ। पहिला पढाइ साधारण
थियो, अहिले बाबाले गुह्य गुह्य कुरा सुनाइरहनु हुन्छ। ज्ञानका सागर हुनुहुन्छ नि।
सुनाउँदा सुनाउँदा फेरि अन्त्यमा दुई शब्द भन्नुहुन्छ–अल्फ (परमात्मा) लाई चिने भने
पनि पर्याप्त छ। अल्फलाई जानेपछि बे (बादसाही) लाई जानिन्छ नै। केवल यतिमात्रै
सम्झाइयो भने पनि ठिकै छ। जसले धेरै ज्ञान धारणा गर्न सक्दैन, उसले उच्च पद पनि
पाउन सक्दैन। सम्मान सहित पास हुन सक्दैन। कर्मातीत अवस्थामा पुग्न सक्दैन, यसमा
धेरै मेहनत गर्नुपर्छ। यादमा पनि मेहनत छ। ज्ञान धारणा गर्नमा पनि मेहनत छ। दुवैमा
सबै होसियार भए पनि हुन सक्दैन। राजधानी स्थापना भइरहेको छ। सबै नरबाट नारायण कसरी
बन्छन्। यो गीता पाठशालाको लक्ष्य उद्देश्य त यही हो। यो गीता ज्ञान हो। त्यो पनि
कसले दिन्छ, यो त तिमी बाहेक अरू कसैले जान्दैन। अहिले कब्रिस्तान छ फेरि परिस्तान
हुन्छ।
अब तिमी ज्ञान
चितामाथि बसेर अवश्य पनि पुजारीबाट पूज्य बन्नु छ। वैज्ञानिकहरू पनि कति होसियार
हुँदै जान्छन्। आविष्कार गरिरहन्छन्। भारतवर्ष निवासीले हरेक कुराको अक्कल
त्यहाँबाटै सिकेर आउँछन्। उनीहरूले पछि आएर यति ज्ञान प्राप्त गर्न सक्दैनन्। त्यहाँ
स्वर्गमा पनि यही इन्जिनियरिङ्ग आदिको काम गर्नेछन्। राजा रानी त बन्न सक्दैनन्,
राजा रानीको सेवामा रहन्छन्। यस्तै आविष्कार गरिरहन्छन्। राजा रानी बन्छन् नै सुखको
लागि। त्यहाँ त सबै प्रकारको सुख प्राप्त हुन्छ। त्यसैले बच्चाहरूले पूरा पुरुषार्थ
गर्नुपर्छ। सम्पूर्ण पास भएर कर्मातीत अवस्थामा पुग्नु पर्छ। छिटै जाउँ भन्ने विचार
गर्नु हुँदैन। अहिले तिमी हौ ईश्वरीय सन्तान। बाबाले पढाइरहनु भएको छ। यो मिसन हो
मनुष्यलाई परिवर्तन गर्नको लागि। जसरी बुद्ध धर्मावलम्बीहरूको, क्रिश्चियनहरूको
मिसन हुन्छ नि। कृष्ण र क्रिस्चियनहरूको राशी मिल्छ। उनीहरूको लेनदेनमा पनि धेरै
सम्बन्ध छ। उनीहरूले यति धेरै मदत गर्छन्, त्यसैले उनीहरूको भाषा आदि छोडिदिनु पनि
अपमान हो। उनीहरू त आउँछन् नै पछाडि। न धेरै सुख, न धेरै दु:ख पाउँछन्। सारा
आविष्कार उनीहरूले गर्छन्। यहाँ कोसिस त गर्छन् तर एक्युरेट कहिल्यै बनाउन सक्दैनन्।
बेलायतका सामानहरू राम्रा हुन्छन्। इमान्दारीसँग बनाउँछन्। यहाँ त बेइमानीसँग
बनाउँछन्, अथाह दु:ख छ। सबैको दु:ख हटाउने एक बाबा सिवाय अरू कोही मनुष्य हुन
सक्दैन। गर्न त कति सम्मेलन आदि गर्छन् विश्वमा शान्ति होस् भनेर, धक्का खाइरहन्छन्।
केवल माताहरूको मात्र दु:खको कुरा होइन, यहाँ त अनेक प्रकारका दु:ख छन्। सारा
दुनियाँमा झगडा मारामारको नै कुरा हुन्छ। कौडीका कुरामा मारामार गरिदिन्छन्। त्यहाँ
त दु:खको कुरा नै हुँदैन। यसको पनि हिसाब निकाल्नु पर्छ। युद्ध कुनै पनि बेला सुरु
हुन सक्छ। भारतमा जब रावण आउँछ अनि सबै भन्दा पहिला घर घरमा युद्ध सुरु हुन्छ। धेरै
छुट्टिन्छन्, आपसमा लड्ने मार्ने गर्छन् अनि पराइ पस्छन्। पहिला ब्रिटिस कहाँ थिए र
उनीहरू आएर बीचमा घुस आदि दिएर आफ्नो राज्य बनाउँछन्। रात दिनको कति फरक छ। नयाँ
कसैले पनि बुझाउन सक्दैन। नयाँ ज्ञान हो नि, जुन पछि गएर प्राय: लोप हुन्छ। बाबाले
ज्ञान दिनु हुन्छ त्यो फेरि गुम हुन्छ। यो एउटै पढाइ, एकै पटक, एउटै बाबाबाट
प्राप्त हुन्छ। पछि गएर तिमी यस्तै बन्ने छौ, तिमीहरूलाई साक्षात्कार भइरहने छ। तर
त्यसबेला गर्नै के सक्छौ र? उन्नति गर्न सक्दैनौ। रिजल्ट निस्किसकेको हुन्छ,
ट्रान्सफर हुने कुरा हुन्छ। त्यसपछि रुनेछौ, कराउने छौ। हामी परिवर्तन हुन्छौं नयाँ
दुनियाँको लागि। तुरुन्तै चारैतिर आवाज पुगोस् भनेर तिमीले मेहनत गर्छौ। फेरि आफै
सेन्टरतिर दौडिन्छन्। तर जति अबेर हुन्छ त्यति टु लेट हुन्छ। फेरि केही पनि बचत
हुँदैन। पैसाको आवश्यकता नै पर्दैन। तिमीले सम्झाउनको लागि यो ब्याज नै पर्याप्त छ।
यी ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। यो ब्याज यस्तो छ जसमा सारा शास्त्रको
सार यसैमा छ। बाबाले ब्याजको धेरै महिमा गर्नुहुन्छ। त्यस्तो समय पनि आउने छ जुनबेला
यो तिम्रो ब्याज सबैले नयनमा राख्नेछन्। मनमनाभव, यसमा छ– मलाई याद गर्यौ भने यी
जस्तै बन्ने छौ। फेरि यहाँ नै ८४ जन्म लिन्छौ। पुनर्जन्म नलिने एक बाबा मात्रै
हुनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यादको मेहनत र ज्ञानको धारणाबाट कर्मातीत अवस्थामा पुग्ने पुरुषार्थ गर्नु छ,
ज्ञान सागरको सम्पूर्ण ज्ञान स्वयंमा धारण गर्नु छ।
२) आत्मामा जुन खिया
परेको छ त्यसलाई निकालेर सम्पूर्ण निर्विकारी बन्नु छ। अलिकति मात्र पनि अपवित्रताको
अंश नरहोस्। हामी आत्मा भाइ-भाइ हौं– यो अभ्यास गर्नु छ।
वरदान:–
समय र सङ्कल्प
रूपी खजाना माथि ध्यान दिएर जम्माको खाता बढाउने पदमापदमपति भव
खजाना त धेरै छन् तर
समय र सङ्कल्प विशेष गरी यी दुई खजानाहरूमाथि ध्यान देऊ। हर समय सङ्कल्प श्रेष्ठ र
शुभ भएमा जम्माको खाता बढिरहने छ। यस समयमा एक जम्मा गर्यौ भने पदम मिल्छ, हिसाब छ।
एकको पदमगुणा गरेर दिने यो बैङ्क हो त्यसैले जेसुकै भए पनि, त्याग गर्न परोस्,
तपस्या गर्न परोस्, निर्मान बन्न परोस्, जस्तोसुकै होस्... यी दुई कुरामा ध्यान
रहेमा पदमापदमपति बन्छौ।
स्लोगन:–
मनोबलद्वारा
सेवा गरेमा त्यसको प्रारब्ध कैयौं गुणा धेरै मिल्छ।