17.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो रहस्य सबैलाई सुनाऊ– आबू सबैभन्दा ठुलो तीर्थ हो , स्वयं भगवानले यहाँबाट सबैको सद्गति गर्नु भएको छ।”

प्रश्न:–
कुनचाहिँ एउटा कुरा यदि मनुष्यले बुझे भने यहाँ भीड लाग्छ?

उत्तर:–
मुख्य कुरा बुझुन्– बाबाले जुन राजयोग सिकाउनु भएको थियो, त्यो अहिले फेरि सिकाउँदै हुनुहुन्छ, उहाँ सर्वव्यापी हुनुहुन्न। बाबा यस समयमा आबूमा आएर विश्वमा शान्ति स्थापना गरिरहनु भएको छ, त्यसको जड यादगार दिलवाडा मन्दिर पनि छ। आदिदेव यहाँ चैतन्यमा बसेका छन्, यो चैतन्य दिलवाडा मन्दिर हो, यो कुरा बुझे भने आबूको महिमा हुनेछ र यहाँ भीड लाग्नेछ। आबूको नाम प्रसिद्ध भएपछि यहाँ धेरै आउनेछन्।

ओम् शान्ति ।
बच्चाहरूलाई योग सिकाउनु भयो। अरू सबै ठाउँमा सबै आफै सिक्छन्, सिकाउनेवाला बाबा हुनुहुन्न। एक अर्काले आफै सिकाउँछन्। यहाँ त बाबा बसेर बच्चाहरूलाई सिकाउनु हुन्छ। रातदिनको फरक छ। त्यहाँ त धेरै मित्र-सम्बन्धी आदि याद आइरहन्छन्, त्यति याद गर्न सक्दैनन्, त्यसैले धेरै मुस्किलले देहीअभिमानी बन्छन्। यहाँ त तिमी धेरै छिटो देहीअभिमानी बन्नुपर्छ, तर धेरै छन् जसलाई केही पनि थाहा छैन। शिवबाबाले हाम्रो सेवा गरिरहनु भएको छ, हामीलाई भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर मलाई याद गर। जुन बाबा यिनमा विराजमान हुनुहुन्छ, यहाँ (भृकुटीमा) विराजमान हुनुहुन्छ, उहाँलाई याद गर्नुपर्छ। धेरै बच्चाहरू छन् जसलाई शिवबाबाले ब्रह्मा तनद्वारा हामीलाई सिकाउँदै हुनुहुन्छ भन्ने निश्चय नै छैन। जसरी अरूले भन्छन्– हामीले कसरी निश्चय गरौं, यहाँ पनि यस्तै छ। यदि पूरा निश्चय हुन्थ्यो भने धेरै प्यारसँग बाबालाई याद गर्दा-गर्दै आफूमा बल भर्थे, धेरै सेवा गर्थे किनकि सारा विश्वलाई पावन बनाउनु छ नि। योगमा पनि कमी छ भने ज्ञानमा पनि कमी छ। सुन्न त सुन्छन् तर धारणा हुँदैन। धारणा हुन्थ्यो भने अरूलाई पनि धारणा गराउँथे। बाबाले सम्झाउनु भएको थियो– उनीहरूले सम्मेलन आदि गरिरहन्छन्, विश्वमा शान्ति चाहन्छन् तर विश्वमा शान्ति कहिले थियो, कुन प्रकारले भएको थियो, केही पनि जानेका छैनन्। कुन प्रकारको शान्ति थियो, त्यो नै हुनुपर्छ नि। अहिले विश्वमा सुख-शान्तिको स्थापना भइरहेको छ, बाबा आउनु भएको छ– यो त तिमी बच्चाहरूले नै जानेका छौ। यो दिलवाडा मन्दिर कस्तो छ, आदिदेव पनि छन् र माथि विश्वमा शान्तिको दृश्य पनि छ। शान्ति सम्मेलनमा तिमीलाई कतैबाट बोलावट आउँदा तिमीले सोध– विश्वमा कुन प्रकारको शान्ति हुनुपर्छ? यी लक्ष्मी-नारायणको राज्यमा विश्वमा शान्ति थियो। त्यो त दिलवाडा मन्दिरमा पूरा यादगार छ। विश्वमा शान्तिको नमुना त चाहिन्छ नि। लक्ष्मी-नारायणको चित्रबाट पनि बुझ्दैनन्। पत्थरबुद्धि छन् नि। त्यसैले उनीहरूलाई बताउनु पर्छ– हामीले बताउन सक्छौं, विश्वमा शान्तिको नमुना एक त यी लक्ष्मी-नारायण छन् र फेरि उनको राजधानी पनि हेर्न चाहनुहुन्छ भने त्यो पनि दिलवाडा मन्दिरमा गएर हेर्नुहोला। मोडेल नै देखाउँछन्, त्यो गएर आबूमा हेर्न सक्नुहुन्छ। मन्दिर बनाउनेवाला स्वयंले जानेका छैनन्, जसले बसेर यो यादगार बनाएका छन्, जसको नाम दिलवाडा राखेका छन्। आदिदेवलाई पनि बसाएका छन्, माथि स्वर्ग पनि देखाइएको छ। जसरी ती जड छन्, त्यसैगरी तिमी हौ चैतन्य। यसको नाम चैतन्य दिलवाडा राख्न सकिन्छ। तर थाहा छैन कति भीड लाग्छ। यो फेरि के हो भनेर मनुष्य अलमलिन्छन्। सम्झाउन धेरै मेहनत लाग्छ। धेरै बच्चाहरूले पनि बुझ्दैनन्। बस्न त द्वारमा, साथै बसेका छन्– तर पनि केही बुझ्झदैनन्। प्रदर्शनीमा अनेक प्रकारका मनुष्यहरू जान्छन्, थुप्रै मठ-पन्थ छन्, वैष्णव धर्मावलम्बी पनि छन्। वैष्णव धर्मको अर्थ नै जानेका छैनन्। श्रीकृष्णको बादसाही कहाँ हुन्छ, जान्दै जानेका छैनन्। श्रीकृष्णको रजाइँलाई पनि स्वर्ग, वैकुण्ठ भनिन्छ।

बाबाले भन्नुभएको थियो– जहाँबाट बोलाइन्छ, त्यहाँ गएर तिमीले सम्झाऊ– विश्वमा शान्ति कहिले थियो? यो आबू उच्च भन्दा उच्च तीर्थ हो किनकि यहाँ बाबाले विश्वको सद्गति गरिरहनु भएको छ, आबू पहाडमा उहाँको यादगार देख्नु छ भने गएर दिलवाडा मन्दिर हेर्न सकिन्छ। विश्वमा शान्ति कसरी स्थापना गर्नुभएको थियो– त्यसको नमुना छ। सुनेर धेरै खुसी हुन्छन्। जैनीहरू पनि खुसी हुन्छन्। तिमीले भन्छौ– यहाँ प्रजापिता ब्रह्मा हाम्रा पिता हुनुहुन्छ आदिदेव। तिमीले सम्झाउँछौ, फेरि पनि बुझ्दैनन्। भन्छन्– थाहा छैन ब्रह्माकुमारीहरूले के भन्छन्। त्यसैले अब तिमी बच्चाहरूले आबूको धेरै उच्च महिमा गरेर सम्झाउनु पर्छ। आबू हो सबैभन्दा महान् तीर्थ। मुम्बईमा पनि सम्झाउन सक्छौ– आबू पर्बत सबैभन्दा महान् तीर्थ हो किनकि परमपिता परमात्माले आबूमा आएर स्वर्गको स्थापना गर्नुभएको हो। कसरी स्वर्गको रचना रच्नुभएको छ– त्यो स्वर्गको र आदिदेवको मोडेल सबै आबूमा छन्, जसलाई कुनै पनि मनुष्यले जानेका छैनन्। अहिले हामीले जानेका छौं, तपाईहरूले जान्नुभएको छैन, त्यसैले हामीले सम्झाउँछौं। पहिला त तिमीले सोध– विश्वमा शान्ति कुन प्रकारको चाहनुहुन्छ, कहिल्यै देख्नुभएको छ? विश्वमा शान्ति त लक्ष्मी-नारायणको राज्यमा थियो। एउटै आदि-सनातन देवी-देवता धर्म थियो, यिनको वंशको राज्य थियो। जानु भयो भने यिनको राजधानीको नमुना आबूमा तिमीलाई देखाउन सक्छौं। यो त हो नै पुरानो पतित दुनियाँ। नयाँ दुनियाँ त भन्न मिल्दैन नि। नयाँ दुनियाँको नमुना त यहाँ छ, नयाँ दुनियाँ अब स्थापना भइरहेको छ। तिमीलाई थाहा छ, त्यसैले बताउँछौ। सबैले जानेका छैनन्, न बताउँछन्, न समझमा नै आउँछ। कुरा छ धेरै सहज। माथि स्वर्गको राजधानी खडा छ, तल आदिदेव बसेका छन्, जसलाई आदम पनि भनिन्छ। उनी हुन् ग्रेट-ग्रेट ग्र्यन्ड फादर। तिमीले यसरी महिमा सुनायौ भने सुनेर खुसी हुन्छन्। छ पनि बिल्कुलै एक्युरेट, भन– तपाईहरूले श्रीकृष्णको महिमा गर्नुहुन्छ तर केही पनि जान्नुहुन्न। श्रीकृष्ण त वैकुण्ठका महाराजा, विश्वको मालिक थिए। उनको नमुना हेर्न चाहनुहुन्छ भने आबूमा जाऔं, तपाईलाई वैकुण्ठको मोडेल देखाउने छौं। कसरी पुरुषोत्तम सङ्गमयुगमा राजयोग सिक्छन्, जसबाट फेरि विश्वको मालिक बनेका छन्, त्यो पनि नमुना देखाउँछौं। सङ्गमयुगको तपस्या पनि देखाउने छौं। यथार्थमा जे भएको थियो त्यसको यादगार देखाउने छौं। शिवबाबा जसले लक्ष्मी-नारायणको राज्य स्थापना गर्नुभयो, उहाँको पनि चित्र छ, अम्बाको पनि मन्दिर छ। अम्बाका कुनै १०-२० भुजाहरू थिएनन्। भुजा त दुइटै हुन्छन्। तपाई आउनु भयो भने देखाउने छौं। बैकुण्ठ पनि आबूमा देखाउने छौं। आबूमा नै आएर बाबाले सारा विश्वलाई स्वर्ग बनाउनु भएको हो। सद्गति दिनुभएको हो। आबू सबैभन्दा ठुलो तीर्थ हो, सबै धर्मावलम्बीको सद्गति गर्नेवाला एउटै बाबा हुनुहुन्छ, जानु भयो भने उहाँको यादगार आबूमा देखाउने छौं। आबूको त धेरै महिमा गर्न सकिन्छ। तपाईलाई सबै यादगार देखाउने छौं। क्रिश्चियनहरूले पनि जान्न चाहन्छन्– प्राचीन भारतको राजयोग कसले सिकायो, के चीज थियो? भन– जाऔं, आबूमा गएर हेरौं। बैकुण्ठ पनि माथि छतमा पूरा हुबहु बनाइएको छ। तिमीले यस्तो बनाउन सक्दैनौ। त्यसैले यो राम्रोसँग बताउनु छ। टुरिस्टहरूले धक्का खान्छन्, उनीहरू पनि आएर बुझ्छन्। तिम्रो आबूको नाम प्रत्यक्ष भयो भने धेरै आउने छन्। आबू धेरै प्रसिद्ध हुन्छ। कसैले सोधे विश्वमा शान्ति कसरी हुन सक्छ? सम्मेलन आदिमा निमन्त्रणा दिए भने सोध्नुपर्छ– विश्वमा शान्ति कहिले थियो, जान्नु भएको छ? विश्वमा शान्ति कसरी थियो– जाऔं हामीले सम्झाउने छौं, नमुना आदि सबै देखाउने छौं। यस्तो नमुना अरू कहीँ पनि छैन। आबू नै सबैभन्दा उच्च तीर्थ हो, जहाँ बाबा आएर विश्वमा शान्ति, सर्वको सद्गति गर्नुभएको छ। यी कुरा अरू कसैले जानेका छैनन्। तिमीहरूमा पनि नम्बरवार छन्, चाहे महारथी, म्युजियम आदि सम्हाल्नेवाला हुन्, तर ठीक रीतिले कसैलाई सम्झाउँछन् वा सम्झाउँदैनन्, बाबाले हेर्नु त हुन्छ नि। बाबाले सबै कुरा जान्नुहुन्छ, जो जहाँ भए पनि उनीहरूलाई जान्नुहुन्छ। कस-कसले पुरुषार्थ गर्छन्, के पद पाउने छन्? यस समयमा यदि मर्यौ भने केही पनि पद पाउन सक्दैनौ। यादको यात्राको मेहनतलाई उनीहरूले बुझ्न सक्दैनन्। बाबाले दिन दिनै नयाँ कुरा सम्झाउनु हुन्छ, यसप्रकारले सम्झाएर लिएर आऊ। यहाँ त यादगार कायम छ।

बाबा भन्नुहुन्छ– म पनि यहाँ छु, आदिदेव पनि यहाँ छन्, वैकुण्ठ पनि यहाँ छ। आबूको धेरै ठुलो महिमा हुन्छ। थाहा छैन आबू के बन्छ। जसरी हेर कुरूक्षेत्रलाई राम्रो बनाउनको लागि करोडौं रूपैयाँ उडाइरहन्छन्। कति धेरै मनुष्यहरू त्यहाँ गएर जम्मा हुन्छन्, यति फोहोरमैला दुर्गन्ध हुन्छ, कुरै नसोध। कति भीड हुन्छ। समाचार आएको थियो– भजन मण्डलीको एउटा बस नदीमा डुब्यो। यो सबै दु:ख भयो नि। अकालमा मृत्यु भइरहन्छ। त्यहाँ त यस्तो केही हुँदैन, यी सबै कुरा तिमीले सम्झाउन सक्छौ। कुरा गर्नेवाला धेरै समझदार चाहिन्छ। बाबाले ज्ञानको पम्प भरिरहनु भएको छ, बुद्धिमा राख्दै हुनुहुन्छ। दुनियाँले यी कुरालाई कहाँ जान्दछन् र! उनीहरूले सम्झन्छन्– नयाँ दुनियाँको सैर गर्न जान्छौं। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँ अब गयो कि गयो। उनीहरूले त भन्छन् ४० हजार वर्ष बाँकी छ। तिमीले त बताउँछौं सारा कल्प नै ५ हजार वर्षको छ। पुरानो दुनियाँको त मृत्यु सामुन्ने खडा छ। यसलाई भनिन्छ घोर अन्धकार। कुम्भकर्णको निद्रामा सुतेका छन्। कुम्भकर्ण आधाकल्प सुत्थ्यो, आधाकल्प जाग्थ्यो। तिमी कुम्भकर्ण थियौ। यो खेल धेरै अचम्मको छ। यी कुरालाई सबैले कहाँ बुझ्न सक्छन् र! कति त यत्तिकै भावनामा आउँछन्। सुन्छन् यी सबै गइरहेका छन् त्यसैले आफू पनि जान थाल्छन्। उनीहरूलाई बताउँछन्– हामी शिवबाबाको पासमा गइरहेका छौं, शिवबाबाले स्वर्गको स्थापना गरिरहनु भएको छ। उहाँ बेहदका बाबालाई याद गर्नाले बेहदको वर्सा मिल्छ। त्यसैले उनीहरूले पनि भनिदिन्छन्– शिवबाबा हामी हजुरका बच्चा हौं, हजुरबाट अवश्य वर्सा लिन्छौं। बेडा पार हुन्छ। भावनाको भाडा हेर कति मिल्छ। भक्तिमार्गमा त मिल्छ अल्पकालको सुख। यहाँ तिमी बच्चाहरूले जानेका छौ– बेहदका बाबाबाट बेहदको वर्सा मिल्छ। त्यो त हो भावनाको, अल्पकालको सुखको भाडा। यहाँ तिमीलाई मिलेको छ २१ जन्मको लागि भावनाको भाडा। बाँकी साक्षात्कार आदिमा केही पनि छैन। कसैले भन्छन् साक्षात्कार होस्, बाबाले सम्झनुहुन्छ– केही पनि बुझेको छैन। साक्षात्कार गर्नु छ भने गएर नौधा भक्ति गर। त्यसबाट केही पनि मिल्दैन। अर्को जन्ममा केही राम्रो बन्छ। राम्रो भक्त छ भने राम्रो जन्म मिल्छ। यहाँ त कुरा नै भिन्न छ। यो पुरानो दुनियाँ परिवर्तन भइरहेको छ। बाबा हुनुहुन्छ नै दुनियाँ परिवर्तन गर्नेवाला। यादगार खडा छ नि। धेरै पुरानो मन्दिर छ। केही भत्कियो भने फेरि मर्मत गराइरहन्छन्। तर त्यो शोभा त कम हुन्छ नि। यी त सबै विनाशी चीज हुन्। त्यसैले बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! एक त आफ्नो कल्याणको लागि आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। पढाइको कुरा हो। बाँकी यो जुन मथुरामा मधुबन, कुञ्ज गली आदि बसेर बनाएका छन्, त्यो केही पनि होइन। न कुनै गोप-गोपिकाहरूको खेल हो। यो सम्झाउन धेरै मेहनत गर्नुपर्छ। एक-एक प्वाइन्ट राम्रोसँग बसेर सम्झाऊ। सम्मेलन आदिमा पनि योगवाला चाहिन्छ। तलवारमा धार भएन भने कसैलाई तीर लाग्छैन। त्यसैले बाबा पनि भन्नुहुन्छ– अझै समय लाग्छ। अब परमात्मा सर्वव्यापी हुनुहुन्न भन्ने बुझे भने त भीड लाग्छ। तर अब समय छैन। एउटा मुख्य कुरा बुझून्– राजयोग बाबाले सिकाउनु भएको थियो, जुन यस समयमा सिकाइरहनु भएको छ। यसको सट्टामा नाम उनको राखिदिएका छन्, जो अहिले कालो बनेका छन्। कति ठुलो भुल छ। यसले नै तिम्रो बेडा डुबेको छ।

अब बाबा सम्झाउनु हुन्छ– यो पढाइ कमाईको स्रोत हो, स्वयं बाबा मनुष्यलाई देवता बनाउनको लागि पढाउन आउनु हुन्छ, यसमा पवित्र पनि अवश्य बन्नु छ, दैवी गुण पनि धारण गर्नु छ। नम्बरवार त हुन्छन् नै। जति पनि सेन्टरहरू छन् सबै नम्बरवार छन्। यो सारा राजधानी स्थापना भइरहेको छ। सानिमाको घर कहाँ हो र! भन, स्वर्ग भनिन्छ सत्ययुगलाई। तर त्यहाँको राज्य कसरी चल्छ, देवताहरूको समूह हेर्नु छ भने आबू जाऔं। अरू कुनै यस्तो ठाउँ छैन जहाँ छतमा रजाइँ देखाइएको होस्। अजमेरमा स्वर्गको नमुना छ तापनि त्यो बेग्लै कुरा हो। यहाँ त आदिदेव पनि छन् नि। सत्ययुग कसले र कसरी स्थापना गर्यो, यो त दुरूस्त यादगार छ। अहिले हामीले चैतन्य दिलवाडा नाम लेख्न सक्दैनौं। मनुष्यहरू स्वयं बुझे भने आफैले भन्छन् तपाईहरूले लेख्नुहोस्। अहिले होइन। अहिले त हेर सानो कुरामा पनि के के गर्छन्। धेरै क्रोधित हुन्छन्, देह अभिमान छ नि। देहीअभिमानी त तिमी बच्चाहरू बाहेक अरू कोही हुन सक्दैन। पुरुषार्थ गर्नु छ। यस्तो होइन कि भाग्यमा जे होला। पुरुषार्थीले यस्तो भन्दैनन्। उनीहरूले त पुरुषार्थ गरिरहन्छन्, फेरि जब फेल हुन्छन् तब भनिन्छ तकदिरमा यही थियो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) देहीअभिमानी बन्ने पूरा पूरा पुरुषार्थ गर्नु छ। यस्तो कहिल्यै सोच्नु हुँदैन– भाग्यमा जे होला। समझदार बन्नु पर्छ।

२) ज्ञान सुनेर त्यसलाई स्वरूपमा ल्याउनु छ, यादको धार धारण गरेर फेरि सेवा गर्नु छ। सबैलाई महान् तीर्थको महिमा सुनाउनु छ।

वरदान:–
एक ‘बाबा’ शब्दको स्मृतिद्वारा याद र सेवामा रहने सच्चा योगी , सच्चा सेवाधारी भव

तिमी बच्चाहरूले मुखबाट वा मनबाट बारम्बार बाबा शब्द बोल्छौ, बच्चा हौ त्यसैले बाबा शब्द याद आउनु वा सोच्नु नै योग हो। मुखबाट बारम्बार भन्ने गर– बाबाले यस्तो भन्नुहुन्छ, बाबाले यो भन्नु भएको छ– यो नै सेवा हो। तर यस बाबा शब्दलाई कसैले दिलले भन्ने गर्छन्, कसैले ज्ञानको दिमागले। जसले दिलबाट भन्छ उसलाई दिलमा सदा प्रत्यक्ष प्राप्ति खुसी र शक्ति मिल्छ। दिमागवालालाई बोलेको बेलामा खुसी हुन्छ सदाकालको होइन।

स्लोगन:–
परमात्मा रूपी ज्योतिमा स्वाहा हुने नै सच्चा पुतली हुन्।