17.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जसरी
बाबाले भविष्य २१ जन्महरूको लागि सुख दिनुहुन्छ त्यसैगरी तिमी बच्चाहरू पनि बाबाको
मददगार बन , प्रीतबुद्धि बन , दु:ख दिने कहिल्यै पनि ख्याल नआओस्।”
प्रश्न:–
तिमी
रूप-बसन्त बच्चाहरूको कर्तव्य के हो? तिमीलाई बाबाको कुन शिक्षा मिलेको छ?
उत्तर:–
तिमी
रूप-बसन्त बच्चाहरूको कर्तव्य हो– मुखबाट सदैव रत्न निकाल्नु, तिम्रो मुखबाट कहिल्यै
पत्थर निस्कनुहुँदैन। सबै बच्चाहरूप्रति बाबाको शिक्षा छ– प्यारा बच्चाहरू! १. आपसमा
कहिल्यै एकअर्कालाई हैरान नपार्नु, नरिसाउनु, यो आसुरी मानिसहरूको काम हो। २. मनसामा
पनि कसैलाई दु:ख दिने ख्याल नआओस्। ३. निन्दा-स्तुति, मान-अपमान सबै कुरा सहन गर्नु।
यदि कसैले केही भन्छ भने शान्त रहनु। कानुन हातमा नलिनु।
गीत:–
तू प्यार का
सागर है...
ओम् शान्ति ।
ज्ञान र
अज्ञान। तिमी बच्चाहरूमा अहिले ज्ञान छ– भक्त मानिसहरूले महिमा कसको गर्छन् र तिमी
बच्चाहरू जो यहाँ बसेका छौ तिमीले कसको महिमा सुन्छौ? रातदिनको फरक छ। उनीहरूले त
त्यसै केवल महिमा गाइरहन्छन्। त्यति प्यार हुँदैन किनकि पहिचान हुँदैन। तिमीलाई
बाबाले पहिचान दिनुभएको छ– म प्यारको सागर हुँ र तिमीलाई प्यारको सागर बनाइरहेको
छु। प्यारको सागर बाबा सबैको कति प्यारो हुनुहुन्छ। त्यहाँ स्वर्गमा पनि सबैले
एकअर्कालाई प्यार गर्छन्। त्यो प्यार गर्न पनि तिमीले यहाँ सिक्छौ। कसैसँग पनि
विरोध हुनुहुँदैन, जसलाई बाबा नुनपानी भन्नुहुन्छ। भित्र कसैलाई घृणा हुनुहुँदैन।
घृणा गर्नेहरू कलियुगी नर्कवासी हुन्। तिमीलाई थाहा छ– हामी सबै दाज्यू-बहिनी हौँ।
शान्तिधाममा हुँदा भाइ भाइ हौँ। यहाँ कर्मक्षेत्रमा पार्ट खेल्दा भाइ-बहिनी हौँ।
ईश्वरीय सन्तान हौँ। ईश्वरको महिमा छ– उहाँ ज्ञानको सागर, प्रेमको सागर हुनुहुन्छ,
अर्थात् सबैलाई सुख दिनुहुन्छ। तिमी सबैले आफ्नै दिलसँग सोध– जसरी बाबाले भविष्य २१
जन्मको लागि सुख दिनुहुन्छ त्यसैगरी मैले पनि त्यस्तै कार्य गरेको छु? यदि बाबाको
मददगार बन्दैनौ, बाबालाई प्यार गर्दैनौ, एकअर्कासँग प्रीत छैन, विपरीत बुद्धि भएर
रहन्छौ भने विनाश वा हार हुन्छ। विपरीत बुद्धि हुनु असुरहरूको काम हो। आफूलाई
ईश्वरीय सम्प्रदाय कहलाएर फेरि एकअर्कालाई दु:ख दिनु उनीहरूलाई असुर भनिन्छ। तिमी
बच्चाहरूले कसैलाई पनि दु:ख दिनुहुँदैन। तिमी हौ नै दु:खहर्ता, सुखकर्ता बाबाका
बच्चा। त्यसैले तिमीलाई दु:ख दिने ख्याल पनि आउनुहुँदैन। उनीहरू त हुन् नै आसुरी
सम्प्रदाय, न कि ईश्वरीय सम्प्रदाय किनकि देह अभिमानी छन्। उनीहरू कहिल्यै यादको
यात्रामा रहन सक्दैनन्। यादको यात्रा बिना कल्याण हुनेछैन। वर्सा दिनुहुने बाबालाई
त याद गरेमा अवश्य विकर्म विनाश हुन्छन्। आधाकल्प त एकअर्कालाई दु:ख दिँदै आयौ।
एकअर्कामा लड्दै हैरान पार्दै जान्छन्, उनीहरू आसुरी सम्प्रदायमा गनिन्छन्।
पुरुषार्थी रहेछन् भने पनि कहिलेसम्म दु:ख दिइरहन्छन् त्यसैले बाबा भन्नुहुन्छ–
आफ्नो चार्ट राख। चार्ट राख्नाले थाहा हुन्छ– हाम्रो रजिस्टर सुध्रिँदै गएको छ वा
त्यही आसुरी चालचलन छ? बाबा सदैव भन्नुहुन्छ– कहिल्यै कसैलाई दु:ख नदेऊ।
निन्दा-स्तुति, मान-अपमान, सर्दी-गर्मी सबै सहन गर्नुछ। कसैले केही भन्यो भने शान्त
रहनुपर्छ। यस्तो होइन– उसलाई अझै दुई वचन भनिदिनु। कसैले कसैलाई दु:ख दियो भने
उनीहरूलाई बाबाले सम्झाउनुहुन्छ नि। बच्चाले बच्चालाई भन्न सक्दैन। आफ्नो हातमा
कानुन लिनुहुँदैन। केही कुरा छ भने पनि बाबाको पासमा आउनुछ। सरकारको पनि नियम हुन्छ–
कसैले एकअर्कालाई थप्पड हान्न सक्दैनन्। सिकायत गर्न सक्छन्। कानुन लगाउनु सरकारको
काम हो। तिमी पनि सरकारको पासमा आऊ। कानुन हातमा नलेऊ। यो त हो नै आफ्नो घर त्यसैले
बाबा भन्नुहुन्छ– दिनहुँ कचहरी गर। यो पनि बुझ्दैनन्– शिवबाबाले अर्डर गर्नुहुन्छ।
बाबाले भन्नुभएको छ– सदैव सम्झ शिवबाबाले सुनाउनुहुन्छ। यस्तो नसम्झ– ब्रह्माले
सुनाउँछन्। सदैव शिवबाबा नै सम्झ्यौ भने उहाँको याद हुन्छ। शिवबाबाले यिनको रथ
लिनुभएको छ, तिमीलाई ज्ञान सुनाउनको लागि। सतोप्रधान बन्ने मार्ग बाबाले
सम्झाइरहनुभएको छ। उहाँ हुनुहुन्छ गुप्त। तिमी छौ प्रत्यक्ष। जति पनि निर्देशन
निस्कन्छ, सम्झ शिवबाबाको हो त्यसोभएपछि तिमी सेफ हुन्छौ। तिमीले बाबा बाबा शिवलाई
नै भन्छौ। वर्सा पनि उहाँबाट मिल्छ। उहाँसँग कति आदर, सभ्यतापूर्वक चल्नुपर्छ।
तिमीले भन्छौ नि– बाबा हामी त लक्ष्मी-नारायण बन्छौँ। नत्र सेकेन्ड, थर्ड बन्नेछौँ,
सूर्यवंशी बनेनौँ भने चन्द्रवंशी बन्छौँ। यस्तो त होइन– बरू हामी दास-दासी बनौँ।
प्रजा बन्नु त राम्रो होइन। तिमीले त यहाँ दैवीगुण नै धारण गर्नुछ। आसुरी चालचलन त
हुनुहुँदैन। निश्चय छैन भने फेरि बस्दाबस्दै यस्तो भनिदिन्छन्, यिनमा शिवबाबा
आउनुहुन्छ– हामीले त बुझ्दैनौँ। मायाको भूत आउनाले आपसमा यस्तो भनिदिन्छन्। आपसमा
आसुरी स्वभाववाला भेटिए भने फेरि यस्तो भन्न थाल्छन्, आसुरी कुरा नै मुखबाट
निस्कन्छन्। बाबा भन्नुहुन्छ– तिमी आत्मा रूप-बसन्त बन्छौ। तिम्रो मुखबाट रत्न नै
निस्कनुपर्छ। यदि पत्थर निस्कन्छन् भने अर्थात् आसुरी बुद्धि ठहरिन्छ।
बच्चाहरूले गीत पनि
सुन्यौ। बच्चाहरूले भन्छन्– बाबा प्यारको सागर, सुखको सागर हुनुहुन्छ। शिवबाबाकै
महिमा छ। बाबा भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यसमा धेरै
राम्रा राम्रा बच्चाहरू फेल हुन्छन्। देहीअभिमानी स्थितिमा टिक्न सक्दैनन्।
देहीअभिमानी बन्यौ भने नै यति उच्च पद पाउँछौ। कयौँ बच्चाहरूले फाल्तु कुरामा धेरै
समय गुमाउँछन्। ज्ञानको कुरा नै ध्यानमा आउँदैन। यो पनि गायन छ– घरको गङ्गाको मान
राख्दैनन्। घरको चीजको त्यति मान राख्दैनन्। कृष्ण आदिको चित्र घरमा पनि छ भने फेरि
श्रीनाथ द्वारे आदि यति टाढा टाढा किन जान्छौ। शिवका मन्दिरहरूमा पनि त पत्थरकै
लिङ्ग हुन्छ। पहाडहरूबाट पत्थर निस्कन्छन्, ती खिइएर लिङ्ग बन्छन्, तीमध्ये कुनै
कुनै पत्थरमा सुन पनि मिसिएको हुन्छ। भनिन्छ– सुनको कैलाश पर्वत। सुन पहाडबाट
निस्कन्छ नि। त्यसैले अलिअलि सुन मिसिएका पत्थर पनि हुन्छन् जुन फेरि धेरै राम्रा
राम्रा गोला हुन्छन्, ती बेच्छन्। मार्बलको पनि खास लिङ्ग बनाउँछन्। तर
भक्तिमार्गकालाई तिमी बाहिर यति किन भट्किन्छौ भन्ने हो भने रिसाउँछन्। बाबा स्वयं
भन्नुहुन्छ– तिमी बच्चाहरूले धेरै पैसा बर्बाद गरेका छौ। यो पनि ड्रामाको पार्ट हो
जसबाट तिमीले धक्का खानुपर्छ। यो हो नै ज्ञान र भक्तिको खेल। अहिले तिमी
बच्चाहरूलाई सारा समझ मिल्छ। ज्ञान हो सुखको मार्ग, ज्ञानबाट सत्ययुगको राज्य भाग्य
मिल्छ। अहिले राजा रानी तथा प्रजा सबै नर्कका मालिक छन्। कोही मरेपछि भन्छन्–
स्वर्गवासी भयो। यी कुराहरूलाई अहिले तिमीले बुझेका छौ। अहिले तिमीले भन्छौ– हामी
स्वर्गवासी बन्नको लागि स्वर्गको स्थापना गर्नुहुने बाबाको पासमा बसेका छौँ।
बाबाबाट ज्ञानको बुँद मिल्छ। अलिकति पनि ज्ञान सुन्यौ भने स्वर्गमा अवश्य आउँछौ,
बाँकी आधारित हुन्छ पुरुषार्थमा। सम्झन्छन्– एक लोटा मात्रै पनि गङ्गाजल मुखमा
हाल्नाले पतितबाट पावन बन्छन्। लोहोटा भरेर लैजान्छन् फेरि दिनहुँ त्यसबाट एक एक
थोपा पानीमा मिसाएर स्नान गर्छन्। मानौँ त्यो गङ्गा स्नान हुन्छ। बेलायतमा पनि गङ्गा
जल भरेर लैजान्छन्। यो सबै हो भक्ति।
बाबा बच्चाहरूलाई
सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! मायाले ठुलो जोडले थप्पड लगाउँछ, विकर्म गराइदिन्छ
त्यसैले कचहरी गर, आफै आफ्नो कचहरी गर्नु राम्रो हो। तिमीले आफैलाई राजतिलक दियौ भने
आफ्नो जाँच गर्नुछ। तमोप्रधानबाट सतोप्रधान बन्नुछ। बाबाले श्रीमत दिनुहुन्छ– यसो
यसो गर, दैवीगुण धारण गर। जसले गर्छन् उनीहरूले नै पाउँछन्। तिम्रो त खुसीमा
रोमाञ्च खडा हुनुपर्छ। बेहदका बाबा मिल्नुभएको छ, उहाँको सेवामा मददगार बन्नुछ।
अन्धाहरूको लट्ठी बन्नुछ। जति धेरै अन्धाको लट्ठी बन्छौ, त्यति आफ्नै कल्याण हुन्छ।
बाबालाई त घरी घरी याद गर्नुछ। नेष्ठामा एक ठाउँमा मात्रै बस्ने कुरा होइन। हिँड्दा
डुल्दा याद गर्नुछ। ट्रेनमा पनि तिमीले सेवा गर्न सक्छौ। तिमीले कसैलाई पनि सम्झाउन
सक्छौ– उच्चभन्दा उच्च को हुनुहुन्छ? उहाँलाई याद गर। वर्सा उहाँबाट नै मिल्छ।
आत्मालाई बाबाबाट बेहदको वर्सा मिल्छ। कसैले दानपुण्य गरेका रहेछन् भने राजाको पासमा
जन्म लिन्छन् त्यो पनि अल्पकालको लागि। सदा त राजा बन्न सक्दैनन्। त्यसैले बाबा
भन्नुहुन्छ– यहाँ त २१ जन्मको ग्यारेन्टी छ। त्यहाँ यो थाहा हुँदैन– हामीले बेहदका
बाबाबाट यो वर्सा लिएर आएका छौँ। यो ज्ञान अहिले तिमीलाई मिल्छ त्यसैले कति
राम्रोसँग पुरुषार्थ गर्नुपर्छ। पुरुषार्थ गर्दैनौ भने मानौँ आफ्नै खुट्टामा बन्चरो
हान्छौ। चार्ट लेखिरह्यौ भने डर हुन्छ। कसै कसैले लेख्छन् पनि, बाबाले देख्नुभयो भने
के भन्नुहुन्छ। चालचलनमा धेरै फरक हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– लापरबाही गर्न
छोड। नत्र धेरै पछुताउनुपर्छ। अन्त्यमा आफ्नो पुरुषार्थको साक्षात्कार अवश्य हुन्छ
फेरि धेरै रुनुपर्नेछ। के कल्प कल्प यही वर्सा मिलोस्। गएर दास-दासी बन्छन्। पहिला
त ध्यानमा गएर सुनाउँथे– फलानी दासी हो, यो हो। फेरि बाबाले बन्द गरिदिनुभयो। पछाडि
फेरि तिमी बच्चाहरूलाई साक्षात्कार हुन्छ। साक्षात्कार बिना सजाय कसरी मिल्न सक्छ।
काइदा नै छैन।
बच्चाहरूलाई युक्ति
पनि धेरै सिकाइन्छ– तिमीले आफ्नो पतिलाई भन, बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! काम
महाशत्रु हो, यसलाई जित। माया जितेर जगतजित बन। अब हामी स्वर्गको मालिक बनौँ वा
तपाईको कारणले अपवित्र बनेर नर्कमा जाऔँ। धेरै प्यार, नम्रताले सम्झाऊ। मलाई नर्कमा
किन धकेल्नुहुन्छ। यस्ता धेरै बच्चाहरू छन्– सम्झाउँदा सम्झाउँदै आखिर पतिलाई पनि
लिएर आउँछन्। फेरि पतिले भन्छन्– यी मेरी गुरु हुन्, यिनले मलाई धेरै राम्रो मार्ग
बताइन्। बाबाको अगाडि आएर पाउ पर्छन्। कहिले जित कहिले हार पनि हुन्छ। त्यसैले
बच्चाहरू धेरै धेरै मीठो बन्नुछ। जसले सेवा गर्छन् उनै प्यारा हुन्छन्। भगवान बाबा
आउनुभएको छ बच्चाहरूको पासमा, उहाँको श्रीमतमा चल्नुपर्छ। श्रीमतमा चल्दैनौ भने
तुफान लाग्नाले गिर्छौ। यस्ता पनि छन्– उनीहरू के काम लाग्छन् र। यो कुनै साधारण
पढाइ होइन र अरू सबै सतसङ्ग आदिमा त छ– कनरस, जसबाट अल्पकाल सुख मिल्छ। यहाँ
बाबाबाट त २१ जन्मको सुख मिल्छ। बाबा सुख-शान्तिको सागर हुनुहुन्छ, हामीलाई पनि
बाबाबाट वर्सा मिल्नेछ। सेवा गरेमा नै मिल्छ, त्यसैले ब्याच सदा लगाइराख। हामी यस्तो
सर्वगुण सम्पन्न बन्नुछ। जाँच गर्नुछ– मैले कसैलाई दु:ख त दिएको छैन? मेरो आसुरी
आचरण त छैन? मायाले यस्तो काम गराउँछ, कुरै नगर। राम्रा राम्रा घरकाले पनि बताउँछन्,
मायाले यो विकर्म गरायो। कसैले साँचो बताउँछन्, कसैले साँचो नबताउनाले सयगुणा दण्ड
पाउँछन्। फेरि त्यो बानी बढ्दै जान्छ। बाबालाई सुनायौ भने बाबाले सावधान
गराउनुहुन्छ। बाबा भन्नुहुन्छ– पाप गर्यौ भने रजिस्टरमा लेख र बताइदेऊ त्यसबाट
तिम्रो पाप आधा खतम हुन्छ। सुनाउँदैनौ, लुकायौ भने फेरि पाप गरिरहन्छौ। त्यसबाट त
श्राप मिल्छ नि। नबताएमा एक पटकको सट्टा १०० पटक गरिरहन्छौ। बाबाले कति राम्रो राय
दिनुहुन्छ तर कसै कसैलाई अलिकति पनि असर हुँदैन। मानौँ आफ्नो तकदिरलाई लात
हानिरहन्छन्। धेरै धेरै नोक्सान पार्छन्। अन्त्यमा सबैलाई साक्षात्कार हुन्छ। यो यो
बन्नेछौँ, क्लासमा ट्रान्सफर भए भने नम्बर निस्कन्छ नि। ट्रान्सफर हुँनुभन्दा पहिला
रिजल्ट निस्कन्छ। तिमी पनि आफ्नो क्लासमा गयौ भने कति नम्बर आयो भन्ने थाहा हुन्छ
फेरि धेरै बिलौना गर्दै रुन्छौ। फेरि के गर्न सक्छौ? रिजल्ट त निस्किसक्यो नि। जे
तकदिरमा थियो त्यो लियौ। बाबाले सबै बच्चाहरूलाई सावधान गराउनुहुन्छ। कर्मातित
अवस्था अहिल्यै हुन सक्दैन। कर्मातित अवस्था भयो भने फेरि शरीर छोड्नुपर्छ, अहिले
केही न केही विकर्म रहेका छन्, हिसाबकिताब छ त्यसैले पूरा योग लाग्दैन। अहिले कसैले
पनि भन्न सक्दैनन्– हामी कर्मातित अवस्थामा छौँ। समय नजिक आएपछि फेरि धेरै निसानीहरू
देखिनेछन्। सारा कुरा तिम्रो अवस्थामा र विनाशमा आधारित छ। तिम्रो पढाइ पूरा हुन
लागेपछि फेरि देख्नेछौ लडाइँ शिरमा खडा छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) मायाको वश भएर कुनै पनि आसुरी आचरण हुनुहुँदैन। आफ्नो चालचलनको रजिस्टर राख्नुछ।
यस्तो कुनै कर्म गर्नुछैन जसबाट पश्चाताप गर्नुपर्छ।
२) धेरै धेरै प्यार र
नम्रताले सेवा गर्नुछ। मीठो बन्नुछ। मुखबाट आसुरी बोली निकाल्नुछैन। सङ्गको धेरै
धेरै सम्भाल गर्नुछ। श्रीमतमा चलिरहनुछ।
वरदान:–
सङ्गठितरूपमा
एकरस स्थितिको अभ्यासद्वारा विजयको नगारा बजाउने एवररेडी भव
सबैका सबै सङ्कल्प एक
सङ्कल्पमा समाहित भएपछि विश्वमा विजयको नगारा बज्छ। सङ्गठितरूपमा एक सेकेन्डमा सबै
एकरस स्थितिमा स्थित भएपछि भनिन्छ एभररेडी। एक सेकेन्डमा एकमत, एकरस स्थिति र एक
सङ्कल्पमा स्थित भएको निसानी नै औँला देखाइएको छ, जुन औँलाबाट कलियुगी पर्वत उठ्छ,
त्यसैले सङ्गठित रूपमा एकरस स्थिति बनाउने अभ्यास गर त्यसपछि विश्वभरी शक्तिसेनाको
नाम प्रसिद्ध हुनेछ।
स्लोगन:–
श्रेष्ठ
पुरुषार्थमा थकाइ लाग्नु– यो पनि आलस्यको निसानी हो।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
तिमीले आफ्नो आत्मिक
दृष्टिले आफ्ना सङ्कल्पहरूलाई सिद्ध गर्न सक्छौ। त्यो रिद्धि सिद्धि हो अल्पकालको
लागि तर यादको विधिले सङ्कल्प र कर्मको सिद्धि अविनाशी हुन्छ। उनीहरूले रिद्धि
सिद्धि प्रयोग गर्छन् र तिमीले यादको विधिले सङ्कल्प र कर्मको सिद्धि प्राप्त गर्छौ।