17.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– नराम्रो नसुन , एक बाबाको कुरा नै सुन्नु छ , गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान रहनु छ।”

प्रश्न:–
कुन खेललाई यथार्थ रीतिले जान्ने बच्चाहरू कहिल्यै अलमलिन सक्दैनन्?

उत्तर:–
दुःख र सुख, भक्ति र ज्ञानको जुन खेल चल्छ, यसलाई यथार्थ रीतिले जान्नेहरू कहिल्यै अलमलिँदैनन्। तिमीलाई थाहा छ, भगवानले कसैलाई दुःख दिनुहुन्न, उहाँ दुःखहर्ता सुखकर्ता हुनुहुन्छ। सबै दुःखी भएपछि दुःखहरूबाट मुक्त गर्नको लागि उहाँ आउनुहुन्छ।

गीत:–
यह कौन आज आया सवेरे-सवेरे...

ओम् शान्ति ।
तिमी बच्चाहरूले के सुन्यौ? भक्तिको गीत। भक्तिलाई अङ्ग्रेजीमा फिलोसोफी भन्छन्। टाइटल मिल्छ डाक्टर अफ फिलोसफी। अब फिलोसफी (भक्ति) त सबै सानाठुला मानिसले जान्दछन्। कसैलाई पनि ईश्वर कहाँ हुनुहुन्छ भनेर सोध्यौ भने भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यो पनि फिलोसफी भयो नि! अब बाबाले शास्त्रहरूका कुनै कुरा पनि सुनाउनुहुन्न। कुनै पनि भक्तलाई ज्ञान सागर भनिँदैन। न उनीहरूमा ज्ञान छ, न उनीहरू ज्ञान सागरका बच्चाहरू हुन्। ज्ञान सागर बाबालाई कसैले चिन्दैनन्। न आफूलाई बच्चा सम्झन्छन्। उनीहरू सबैले भक्ति गर्छन् भगवानसँग मिल्नको लागि। तर भगवानलाई नै चिन्दैनन् भने भक्तिबाट के फाइदा होला! धेरैलाई यो टाइटल मिल्छ होला डाक्टर अफ फिलोसोफी, उनीहरूको बुद्धिमा त एउटै कुरा छ– ईश्वर सर्वव्यापी हुनुहुन्छ। त्यसलाई फिलोसोफी सम्झन्छन्, यसबाट नै गिर्दै आएका छन्, यसलाई भनिन्छ धर्म ग्लानि। हामीले कुनै पनि मानिससँग शास्त्रहरूको केही वादविवाद गर्न सक्दैनौँ। हामीले कुनै मानिसबाट पढेका होइनौँ र सबै मानिसहरूले मानिसबाट पढेका हुन्छन्। वेद-शास्त्र आदि सबै मानिसबाट नै पढ्छन्। बनाएका पनि मानिसहरूले नै हुन्। तिमीलाई यो ज्ञान सुनाउने त एउटै रुहानी बाबा हुनुहुन्छ। उहाँ एकैपटक आएर सम्झाउनुहुन्छ। अब हामीले कुनै मानिसबाट केही पनि सिक्नु छैन। तिमीले अब रुहानी बाबाबाट नै ज्ञान सुन्नु छ। सुन्नेवाला हौ रुहानी बच्चाहरू, आत्माहरू। ती सबै मानिसहरूले मानिसलाई सुनाउँछन्। यो रुहानी बाबाको ज्ञान हो। त्यो मानिसहरूको ज्ञान हो। यी बाबा पनि (साकार) मनुष्य हुन् नि! भन, रुहानी बाबाले यिनीद्वारा ज्ञान सुनाउनुहुन्छ। हामी रुहहरूले सुन्छौँ। हामी रुहहरूले फेरि शरीरद्वारा अरूलाई सुनाउँछौँ। यो रुहानी ज्ञान हो। बाँकी सबै हो जिस्मानी ज्ञान। भक्तिमा देहको पूजा गर्छन्। बाबा भन्नुहुन्छ– तिमीले आफूलाई मनुष्य वा भक्त नसम्झ। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। तिमी आत्माहरू भाइ भाइ हौ। भनिएको पनि छ– आत्मा-परमात्मा अलग रहे बहुकाल... त्यसैले हामीले कुनै पनि मानिसबाट ज्ञान सुन्नु छैन। कसैले प्रश्न सोध्यो भने भन– हाम्रो ज्ञान कुनै शास्त्रहरूको ज्ञान होइन। हामीले त्यसलाई फिलोसफी भन्छौँ अर्थात् त्यो भक्तिमार्गको ज्ञान हो। सद्गति दिने ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। सबैको सद्गतिदाता एउटै हुनुहुन्छ भनिएको छ। त्यसैले तिमी बच्चाहरूले कसैसँग वादविवाद गर्नु छैन।

बाबा भन्नुहुन्छ– म ज्ञानको अथोरिटी, ज्ञान सागर हुँ। मैले तिमीलाई कुनै शास्त्र आदि सुनाउँदिनँ। हाम्रो यो रुहानी ज्ञान हो। बाँकी सबै जिस्मानी ज्ञान हो। ती सत्सङ्ग आदि सबै भक्तिमार्गको लागि हुन्। उहाँ रुहानी बाबा बसेर रुहहरूलाई सम्झाउनुहुन्छ, त्यसैले देहीअभिमानी बन्नमा बच्चाहरूलाई मेहनत हुन्छ। हामी आत्माहरूले बाबाबाट वर्सा लिन्छौँ। बाबाका बच्चाहरू अवश्य बाबाकै गद्दीका वारिस होलान् नि! लक्ष्मीनारायण पनि देहधारी हुन्। तिनीहरूका बच्चाहरूले जिस्मानी पिताबाट वर्सा पाउँछन्। यो कुरा नै न्यारा छ। सत्ययुगमा पनि जिस्मानी कुरा हुन्छ। त्यहाँ यो भनिँदैन, रुहानी बाबाबाट वर्सा मिल्छ। देह अभिमानलाई तोड्नु छ। हामी आत्मा हौँ अनि हामीले बाबालाई याद गर्नु छ। यसैलाई भारतवर्षको प्राचीन योग भनिएको छ। याद शब्द हिन्दीको हो। अहिले तिमीलाई यो ज्ञान कसले दिनुहुन्छ? यो कुरा कुनै मानिसले जान्दैनन्। जन्मजन्मान्तर मानिसले मानिससँग कुरा गर्दै आएका छन्। अहिले रुहानी बाबाले रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। रुहलाई सुनाउनुहुन्छ, त्यसैले यसलाई रुहानी आध्यात्मिक ज्ञान (स्पिरिचुअल नलेज) भनिन्छ। गीतालाई पनि उनीहरूले रुहानी ज्ञान भन्ने सम्झन्छन्, तर त्यसमा नाम श्रीकृष्ण देहधारीको राखिदिएका छन्। बाबा भन्नुहुन्छ– यो ज्ञान कुनै पनि मानिसमा हुन सक्दैन। कहिल्यै पनि कसैले तिमीसँग वादविवाद गर्छन् भने भन, यो तिम्रो भक्तिको ज्ञान हो। मानिसहरूले बनाएका शास्त्रहरूको ज्ञान। सत्य ज्ञान त एक ज्ञान सागर बाबासँग मात्रै हुन्छ, उहाँ स्वयंले नै ज्ञान दिइरहनुभएको छ। उहाँलाई सुप्रिम बाबा भन्छन्। पूजा पनि उहाँ निराकारको हुन्छ। अरू निराकारीहरूको पूजा हुन्छ भने उनीहरू पनि उहाँकै बच्चाहरू हुन्। माटाको सालिग्राम बनाएर पूजा गर्छन्। रुद्र यज्ञ रच्छन्।

तिमीलाई थाहा छ, उहाँ परमपिता परमात्मा निराकारी दुनियाँमा रहनुहुन्छ। हामी आत्माहरू पनि त्यहीँ रहन्छौँ। उहाँ ज्ञानका सागर आएर ज्ञान सुनाएर सबैको सद्गति गरिदिनुहुन्छ। उहाँ परभन्दा पर रहने परमपिता परमात्मा हुनुहुन्छ। सबै आत्मा भाइ भाइहरूलाई पार्ट मिलेको छ, जो फेरि शरीर धारण गरेर भाइबहिनी बन्छन्। आत्मा सबै एक बाबाका बच्चाहरू हुन्। आत्माले शरीर धारण गरेपछि स्वर्गमा सुख, नर्कमा दुःख पाउँछ। यो किन हुन्छ? सम्झाइन्छ– ज्ञान र भक्ति। त्यो दिन हो, यो रात हो। ज्ञानबाट सुख, भक्तिबाट दुःख, खेल यस्तै बनेको छ। यस्तो होइन, दुःखसुख सबै भगवानले नै रच्नुहुन्छ। भगवानलाई दुःखी भएपछि मात्रै बोलाउँछन्। सम्झन्छन्, उहाँले सुख दिनुहुन्छ। फेरि सुखको समय पूरा भएपछि फेरि रावण ५ विकारहरूको कारण दुःख सुरु हुन्छ। यही खेल हो, यसलाई यथार्थ रीतिले बुझ्नु छ। यसलाई नै रुहानी ज्ञान भनिन्छ। बाँकी सबै जिस्मानी ज्ञान हो, त्यो हामीले सुन्न चाहँदैनौँ। हामीलाई हुकुम मिलेको छ– केवल म निराकार बाबाका कुरा मात्रै सुन। बाबा भन्नुहुन्छ– नराम्रो नसुन... हामीले एक भगवानका कुरा सुन्छौँ। तिमीहरूले मानिसहरूबाट सुन्छौ। रातदिनको फरक छ। ठुला ठुला विद्वानहरूले शास्त्र आदि पढ्छन्। त्यो त हामीले पनि धेरै पढ्यौँ। अब भगवान भन्नुहुन्छ– तिमीले धेरै गुरु बनाएका छौ, अब उनीहरूलाई छोड, मैले जे सुनाउँछु त्यो सुन। भगवान त निराकार नै हुनुहुन्छ, उहाँको नाम शिव हो। अहिले हामीले उहाँबाट ज्ञान सुनिरहेका छौँ। बाबाले स्वयं आफ्नो परिचय र आफ्नो रचनाको आदि-मध्य-अन्त्यको परिचय दिनुहुन्छ। फेरि हामीले तपाईंबाट शास्त्र आदिका कुराहरू किन सुनौँ! हामीले तपाईंलाई रुहानी ज्ञान सुनाउँछौँ। सुन्ने हो भने सुन्नुहोस्। अलमलिने त कुनै कुरा नै छैन। सारा दुनियाँ छ एकातिर अनि तिमी कति थोरै छौ। बाबा अब भन्नुहुन्छ– मलाई याद गरेमा तिमीमाथि जुन पापहरूको बोझ छ त्यो उत्रिनेछ र तिमी पवित्र बन्नेछौ। जो पवित्र बन्छन्, उनीहरू नै पवित्र दुनियाँका मालिक बन्नेछन्। अब पुरानो दुनियाँ परिवर्तन हुनु छ। कलियुगपछि सत्ययुग आउनु छ। सत्ययुग पावन दुनियाँ हो। कलियुगमा नै मलाई बोलाउँछौ– आएर पावन दुनियाँ बनाउनुहोस्! त्यसैले अब म आएको छु, म एकलाई याद गर। अब दुनियाँ परिवर्तन भइरहेको छ। यो अन्तिम जन्म हो। यो पुरानो दुनियाँमा आसुरी राज्य समाप्त भएर रामराज्य स्थापना भइरहेको छ, त्यसैले अब यो अन्तिम जन्म गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र बन। यो विषय सागर हो नि! कमलको फूल पानी माथि हुन्छ। त्यसैले अब तिमी पनि गृहस्थ व्यवहारमा रहेर कमल फूलसमान पवित्र बन। तिमी बच्चाहरूलाई थाहा छ, हामीले राजधानी स्थापना गरिरहेका छौँ। अहिले सारा दुनियाँ परिवर्तन हुनु छ। ती धर्म स्थापकहरूले केवल आआफ्नो धर्म स्थापना गर्छन्। पहिला उनीहरू पावन हुन्छन्, फेरि पतित बन्छन्। सद्गुरु त एउटै सद्गतिदाता हुनुहुन्छ। मानिसहरूले सद्गतिमा जान चाहेपछि नै गुरु बनाउँछन्। पाप धेरै भइसकेपछि रुहानी बाबाले ज्ञान सुनाउनुहुन्छ। भक्तिको फल, ज्ञान तिमीलाई भगवानबाट मिल्छ। भगवानले कुनै भक्ति सिकाउनुहुन्न। उहाँले त ज्ञान दिनुहुन्छ। भन्नुहुन्छ– म एकलाई याद गर, अनि तिम्रा विकर्म विनाश हुनेछन्, पावन बन्ने अरू कुनै बाटो नै छैन। नयाँ दुनियाँमा सबै स्वर्गवासी थिए। अब पुरानो दुनियाँमा सबै नर्कवासी छन्, त्यसैले बाबा भन्नुहुन्छ– म सबैको उद्धार गर्न आउँछु। म नै आएर रुहानी ज्ञान दिन्छु। बाबाले आफ्नो परिचय दिइरहनुभएको छ। म तिम्रो बाबा हुँ। अहिले यो नर्क हो। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। यस्तो कसरी भन्छन्, यहाँ नै स्वर्ग नर्क छ, जोसँग धेरै धन छ उनीहरू स्वर्गमा छन्। स्वर्ग त हुन्छ नै नयाँ दुनियाँमा। यहाँ स्वर्ग कहाँबाट आयो, त्यसैले हामीले कुनै मानिसहरूको कुरा सुन्दैनौँ। बाबा भन्नुहुन्छ– तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ भने म एकलाई याद गर। दिनभरि बुद्धिमा यो ज्ञान रहनुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) एक बाबाबाट नै रुहानी कुराहरू सुन्नु छ। कसैसँग अरू कुराहरूको वादविवाद गर्नु छैन।

२) देहीअभिमानी बन्ने मेहनत गर्नु छ। सतोप्रधान बन्नको लागि एक बाबाको यादमा रहनु छ।

वरदान:–
कर्मद्वारा गुणहरूको दान गर्ने डबल लाइट फरिस्तामूर्त भव

जुन बच्चाहरूले कर्मद्वारा गुणहरूको दान गर्छन्, उनीहरूको चलन र चेहरा दुवै फरिस्ताकोजस्तो देखिन्छ। उनीहरूले डबल लाइट अर्थात् प्रकाशमय र हल्कापनको अनुभूति गर्छन्। उनीहरूलाई कुनै पनि बोझ महसुस हुँदैन। हरेक कर्ममा मद्दतको महसुस हुन्छ। मानौँ कुनै शक्तिले चलाइरहेको छ। हरेक कर्मद्वारा महादानी बन्ने भएका हुनाले उनीहरूलाई सबैको आशीर्वाद वा सबैको वरदानहरूको प्राप्तिको अनुभव हुन्छ।

स्लोगन:–
सेवामा सफलताको सितारा बन, कमजोर नबन।

मातेश्वरीजीका अनमोल महावाक्य:–

ज्ञान , योग र दैवी गुणहरूको धारणा जीवनको आधार हो

यो त सबैलाई निश्चय छ, परमपिता परमात्माद्वारा हामीलाई ज्ञान मिलिरहेको छ, यो ज्ञानमा मुख्य तीन प्वइन्ट छन् जसको लागि आफैले पूरा पुरुषार्थ गर्ने ध्यान राख्नु छ। यसमा पहिलो हो योग अथवा निरन्तर ईश्वरीय याद, जसबाट विकर्महरूको विनाश हुन्छ। दोस्रो हो ज्ञान अर्थात् यो सारा ब्रह्माण्ड, सृष्टिको आदि-मध्य-अन्त्य कसरी हुन्छ, जब यो ज्ञान हुन्छ अनि मात्रै नै यो जीवनमा यथार्थमा परिवर्तन आउन सक्छ र हामीले भविष्यको प्रारब्ध राम्रो बनाउन सक्छौँ। तेस्रो प्वइन्ट हो– योग्यता, त्यसैले हामी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण अवश्य बन्नु छ, त्यसपछि मात्रै देवता बन्न सक्छौँ। हिँड्दाडुल्दा, खाँदापिउँदा आफैले यी तीनै प्वइन्टमा ध्यान दिन जरुरी छ। यो एकै जन्ममा ज्ञानबल, योगबल र दैवी गुणहरूको धारणा गरिन्छ। तीनैको आपसमा सम्बन्ध छ– ज्ञानबिना योग लाग्न सक्दैन र योगबिना दैवीगुणहरूको धारणा हुँदैन, यी तीनै प्वइन्टमा सारा जीवन आधारित छ, त्यसपछि नै विकर्महरूको खाता समाप्त भएर राम्रा कर्म बन्छन्। यसलाई नै ईश्वरीय जीवन भनिन्छ।

भारतवर्षको प्राचीन योग परमात्माद्वारा सिकाइएको हो

हाम्रो यो ईश्वरीय योग भारतवर्षमा प्राचीन योगको नामले प्रख्यात छ। यो योगलाई अविनाशी योग किन भनिन्छ? किनकि यो योग अविनाशी परमपिता परमात्माद्वारा सिकाइएको हो। सिकाउन त योग अरू मनुष्य आत्माहरूले पनि सिकाउँछन्, त्यसैले योगाश्रम आदि खोलिरहन्छन् तर उनीहरूले प्राचीन योग सिकाउन सक्दैनन्। योग यस्तो हुन्थ्यो भने फेरि त्यो बल कहाँ छ! भारतवर्ष त दिनप्रतिदिन निर्बल हुँदै गइरहेको छ, यसबाट सिद्ध हुन्छ त्यो योग अविनाशी योग होइन, जोसँग योग लगाउनु छ उहाँले स्वयं नै सिकाउन सक्नुहुन्छ। बाँकी अरूहरूसँग त योग लगाउनु नै छैन भने फेरि उनीहरूले कसरी सिकाउँछन्? यो कार्य त स्वयं परमात्माले नै गर्न सक्नुहुन्छ, उहाँले नै हामीलाई पूरा भेद बताउन सक्नुहुन्छ। बाँकी सबैतिर त भनिरहन्छन्, हामीले योग सिकाउँछौँ। यो त हामीलाई थाहा छ, सच्चा योग त स्वयं परमात्माले नै सिकाएर सूर्यवंशी चन्द्रवंशी घराना वा दैवी राज्य स्थापना गर्नुहुन्छ। अब त्यो प्राचीन योग परमात्मा आएर कल्प कल्प हामीलाई सिकाउनुहुन्छ। भन्नुहुन्छ– हे आत्माहरू! म परमात्मासँग निरन्तर योग लगाऊ, अनि तिम्रा पाप नष्ट हुनेछन्। अच्छा, ओम् शान्ति।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

कोही जस्तोसुकै आत्मा सम्पर्कमा आओस्– चाहे सतोगुणी, चाहे तमोगुणी सबैप्रति शुभचिन्तक अर्थात् अपकारीमाथि पनि उपकार गर्नेवाला बन। कहिल्यै कुनै आत्माप्रति घृणा दृष्टि नहोस् किनकि जान्दछौ, यो अज्ञानको वशीभूत छ अर्थात् बेसमझ बच्चा हो। बेसमझ बच्चाको कुनै पनि कर्ममा घृणा होइन झन् त्यस बच्चामाथि रहम वा स्नेह हुनुपर्छ।