17.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यो पुरुषोत्तम सङ्गमयुग हो , पुरानो दुनियाँ परिवर्तन भएर अ हिले नयाँ ब निरहेको छ , अब तिमीले पुरुषार्थ गरेर उत्तम देव पद पाउ नुछ ।”

प्रश्न:–
सेवाधारी बच्चाहरूको बुद्धिमा कुन कुरा सदैव याद हुन्छ?

उत्तर:–
उनीहरूलाई याद हुन्छ– धन दिये धन ना खुटे... त्यसैले उनीहरूले रातदिन निद्राको पनि त्याग गरेर ज्ञान धनको दान गरिरहन्छन्, थाक्दैनन्। तर यदि स्वयंमा कुनै अवगुण छ भने सेवा गर्ने उमङ्ग पनि आउन सक्दैन।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूप्रति बाबा बसेर सम्झाउनुहुन्छ। बच्चाहरूलाई थाहा छ– जसरी दिनदिनै टिचरले पढाउँछन् त्यसरी नै परमपिताले पनि दिनदिनै सम्झाउनुहुन्छ। पिताले केवल शिक्षा दिन्छन्, सम्हाल्छन् किनकि बच्चाहरू त घरमा नै बस्छन्। मातापिता साथै बस्छन्। यहाँ त यो आश्चर्यजनक कुरा छ। तिमीहरू रुहानी बाबासँगै बस्छौ। एक त रुहानी बाबासँगै मूलवतनमा बस्छौ। फेरि कल्पमा एकैपटक बाबा आउनुहुन्छ– बच्चाहरूलाई वर्सा दिन वा पावन बनाउन, सुख वा शान्ति दिन। अवश्य त्यसपछि तल आएर बस्नुहुन्छ। यसमा नै मानिसहरूलाई दुविधा छ। गायन पनि छ– बाबा साधारण तनमा प्रवेश गर्नुहुन्छ। तर साधारण तन कहीँबाट उडेर त आउँदैन। अवश्य मनुष्यको तनमा नै आउनुहुन्छ। त्यो पनि बताउनुहुन्छ– म यस तनमा प्रवेश गर्छु। अब तिमी बच्चाहरूले पनि बुझेका छौ– बाबा हामीलाई स्वर्गको वर्सा दिन आउनुभएको छ। अवश्य हामी लायक छैनौँ, पतित बनेकाछौँ। सबैले भन्छन् पनि– हे पतितपावन आउनुहोस्, आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्! बाबा भन्नुहुन्छ– मलाई कल्प कल्प पतितहरूलाई पावन बनाउने ड्युटी मिलेको छ। हे प्यारा बच्चाहरू! अब यो पतित दुनियाँलाई पावन बनाउनुछ। पुरानो दुनियाँलाई पतित, नयाँ दुनियाँलाई पावन भनिन्छ। अर्थात् पुरानो दुनियाँलाई नयाँ बनाउन बाबा आउनुभएको छ। कलियुगलाई त कसैले पनि नयाँ दुनियाँ भन्दैनन्। यो त बुझ्नुपर्ने कुरा हो नि। कलियुग पुरानो दुनियाँ हो। बाबा पनि अवश्य पुरानो र नयाँ दुनियाँको सङ्गममा आउनुहुन्छ। कहीँ पनि यो कुरा सम्झाउँदा तिमीले भन– यो पुरुषोत्तम सङ्गमयुग हो, बाबा आउनुभएको छ। सारा दुनियाँमा यस्तो कुनै मनुष्य छैन जसलाई यो थाहा छ– यो पुरुषोत्तम सङ्गमयुग हो। अवश्य तिमी सङ्गमयुगमा छौ, त्यसैले त सम्झाउँछौ। मुख्य कुरा नै सङ्गमयुगको हो। त्यसैले यी प्वइन्टहरू पनि धेरै जरुरी छन्। जुन कुरा कसैले जान्दैनन्, त्यो सम्झाउनुपर्छ, त्यसैले बाबाले भन्नुभएको थियो– यो अवश्य लेख्नुपर्छ, अहिले यो पुरुषोत्तम सङ्गमयुग हो। नयाँ युग अर्थात् सत्ययुगका चित्र पनि छन्। मनुष्यले कसरी बुझ्छन्– यी लक्ष्मी-नारायण सत्ययुगी नयाँ दुनियाँका मालिक हुन्। उनीहरूको चित्रमाथि पुरुषोत्तम सङ्गमयुग शब्द अवश्य हुनुपर्छ। यो कुरा अवश्य लेख्नुपर्छ किनकि यही मुख्य कुरा हो। मनुष्यले सम्झन्छन्– कलियुगको अवधि अझै धेरै वर्ष बाँकी छ। बिल्कुलै घोर अन्धकारमा छन्। त्यसैले सम्झाउनुपर्छ– नयाँ दुनियाँका मालिक यी लक्ष्मी-नारायण हुनुहुन्छ। यो हो पुरै निसानी। तिमीले भन्छौ– त्यही राज्यको स्थापना भइरहेको छ। गीत पनि छ– नवयुग आयो, अज्ञान निद्राबाट जाग। तिमीलाई थाहा छ– अहिले सङ्गमयुग हो, यसलाई नवयुग भनिँदैन। सङ्गमलाई सङ्गमयुग नै भनिन्छ। यो हो पुरुषोत्तम सङ्गमयुग। जुनबेला पुरानो दुनियाँ खतम हुन्छ र नयाँ दुनियाँ स्थापना हुन्छ। यतिबेला मनुष्यबाट देवता बनिरहेका छौ, राजयोग सिकिरहेका छौ। देवताहरूमा पनि उत्तम पद हो नै यी लक्ष्मी-नारायणको। उहाँहरू पनि मनुष्य नै हुनुहुन्छ, उहाँहरूमा दैवीगुण छन्, त्यसैले देवीदेवता भनिन्छ। सबैभन्दा उत्तम गुण हो पवित्रताको, त्यसैले त मनुष्यले देवताहरूको अगाडि गएर शिर झुकाउँछन्। यी सबै प्वइन्टहरू उनीहरूको बुद्धिमा धारण हुन्छ जसले सेवा गरिरहन्छन्। भनिन्छ– धन दिये धन ना खुटे। धेरै शिक्षा मिलिरहन्छ। ज्ञान त धेरै सहज छ। तर कसैमा धारणा राम्रो हुन्छ, कसैमा हुँदैन। जसमा अवगुण छन्, उनीहरूले त सेन्टर सम्हाल्न पनि सक्दैनन्। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्रदर्शनीमा पनि सीधा सीधा शब्द लेखिदिनुपर्छ। मुख्य रूपमा पुरुषोत्तम सङ्गमयुगको विषयमा सम्झाउनुपर्छ। यो सङ्गममा आदि सनातन देवीदेवता धर्मको स्थापना भइरहेको छ। यो धर्म हुँदा अरू कुनै धर्म थिएन। यो जुन महाभारत लडाइँ हुन्छ, त्यो पनि ड्रामामा पहिल्यै निश्चित छ। यी कुराहरू पनि अहिले निस्किएका हुन्। पहिला कहाँ थिए र। १०० वर्षभित्र सबै खतम हुन्छन्। सङ्गमयुगको अवधि कम्तीमा १०० वर्ष त हुनुपर्छ नि। सारा नयाँ दुनियाँ बन्नुछ। नयाँ दिल्ली बनाउन कति वर्ष लाग्यो।

तिमीले बुझेका छौ– भारतवर्षमा नै नयाँ दुनियाँ हुन्छ, फेरि पुरानो खतम हुनेछ। केही त रहन्छ नि। प्रलय त हुँदैन। यी सबै कुरा तिम्रो बुद्धिमा छन्। अहिले हो सङ्गमयुग। नयाँ दुनियाँमा अवश्य यी देवीदेवता थिए, फेरि यिनीहरू नै हुनेछन्। यो हो राजयोगको पढाइ। यदि कसैले विस्तारमा सम्झाउन सक्दैनन् भने केवल एउटा कुरा भन– परमपिता परमात्मा जो सबैका पिता हुनुहुन्छ, उहाँलाई त सबैले याद गर्छन्। उहाँले हामी सबै बच्चाहरूलाई भन्नुहुन्छ– तिमी पतित बनेका छौ। बोलाउँछौ पनि– हे पतितपावन आउनुहोस्! अवश्य कलियुगमा छन् पतित, सत्ययुगमा हुन्छन् पावन। अब परमपिता परमात्मा भन्नुहुन्छ– देहसहित यी सबै पतित सम्बन्ध छोडेर म एकलाई याद गरेमा पावन बन्नेछौ। यी गीताकै शब्द हुन्। अहिले यो हो पनि गीताको युग। गीता सङ्गमयुगमा नै उच्चारण गरिएको थियो जब विनाश भएको थियो। बाबाले राजयोग सिकाउनुभएको थियो। राजधानी स्थापना भएको थियो, फेरि अवश्य हुनेछ। यी सबै कुरा रुहानी बाबाले सम्झाउनुहुन्छ नि। मानौँ, यो तनमा नआएर अरू कुनैमा आए पनि, शिक्षा त बाबाको हो नि। मैले यिनको नाम त लिन्न। मैले त केवल बताउँछु। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी पावन बनेर मेरो पासमा आउनेछौ। कति सहज छ। केवल मलाई याद गर र ८४ को चक्रको ज्ञान बुद्धिमा होस्। जसले धारणा गर्छ, ऊ चक्रवर्ती राजा बन्छ। यो सन्देश त सबै धर्मका मानिसहरूका लागि हो। घर त सबैलाई जानु नै छ। हामीले पनि घर जाने मार्ग नै बताउँछौँ। पादरी आदि जो सुकै भए पनि तिमीले उनीहरूलाई बाबाको सन्देश दिन सक्छौ। तिमीलाई धेरै खुसीको पारा चढ्नुपर्छ– परमपिता परमात्माले भन्नुहुन्छ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश हुनेछन्। सबैलाई यही याद गराऊ। बाबाको सन्देश सुनाउनु नै नम्बरवन सेवा हो। गीताको युग पनि अहिले हो। बाबा आउनुभएको छ, त्यसैले त्यही चित्र सुरुमा राख्नुपर्छ। जसले सम्झन्छन्– हामीले बाबाको सन्देश दिन सक्छौँ, उनीहरू तयार हुनुपर्छ। मनमा आउनुपर्छ– हामी पनि अन्धाहरूको लट्ठी बनौँ। यो सन्देश त जसलाई पनि दिन सक्छौ। बी.के. को नाम सुनेर नै डराउँछन्। भन– हामीले केवल बाबाको सन्देश दिन्छौँ। परमपिता परमात्मा भन्नुहुन्छ– मलाई याद गर, बस्। हामीले कसैको ग्लानि गर्दैनौँ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। म सर्वोच्च पतितपावन हुँ। मलाई याद गरेमा तिम्रा विकर्म विनाश हुनेछन्। यो कुरा नोट गर। यो धेरै कामको चीज हो। हातमा वा पाखुरामा अक्षर लेखाउँछन् नि। यो पनि लेखिदेऊ। यति मात्र बतायौ भने पनि रहमदिल, कल्याणकारी बन्छौ। आफैले प्रतिज्ञा गर्नुपर्छ। सेवा अवश्य गर्नुछ, फेरि बानी पर्नेछ। यहाँ पनि तिमीले सम्झाउन सक्छौ। चित्र दिन सक्छौ। यो हो सन्देश दिने चीज। लाखौँ बाबाका बच्चा बन्नेछन्। घर घरमा गएर सन्देश दिनुछ। पैसा कसैले दिउन् वा नदिउन्, भन– बाबा त हुनुहुन्छ नै गरिब निवाज। हाम्रो कर्तव्य हो– घर घरमा सन्देश दिनु। यहाँ बापदादा हुनुहुन्छ, उहाँबाट यो वर्सा मिल्छ। ८४ जन्म यिनले लिनेछन्। यिनको यो अन्तिम जन्म हो। हामी ब्राह्मण हौँ, हामी नै फेरि देवता बन्नेछौँ। ब्रह्मा पनि ब्राह्मण हुन्। प्रजापिता ब्रह्मा एक्लै त हुँदैनन् नि। अवश्य ब्राह्मण वंशावली पनि हुन्छ नि। ब्रह्मा सो विष्णु देवता, ब्राह्मण हुन् टुपी। उनै देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छन्। कोही अवश्य निस्किन्छन् जसले तिम्रो कुरालाई बुझ्नेछन्। पुरुषले पनि सेवा गर्न सक्छन्। सबेरै उठेर मनुष्यले पसल खोल्ने बेलामा भन्छन्– सुबहका साँई... तिमी पनि सबेरै सबेरै गएर बाबाको सन्देश सुनाऊ। भन– तपाईंको कामधन्दा धेरै राम्रो हुनेछ। तपाईंले साँईलाई याद गर्नुभयो भने २१ जन्मको वर्सा मिल्नेछ। अमृतवेलाको टाइम राम्रो हुन्छ। आजकाल कारखानाहरूमा माताहरू पनि बसेर काम गर्छन्। यो ब्याज बनाउन पनि धेरै सहज छ।

तिमी बच्चाहरू त रातदिन सेवामा लाग्नुपर्छ, निद्रा त्यागिदिनुपर्छ। बाबाको परिचय मिल्दा मनुष्य सनाथ बन्छन्। तिमीले कसैलाई पनि सन्देश दिन सक्छौ। तिम्रो ज्ञान त धेरै उच्च छ। भन, हामीले त एकलाई याद गर्छौं। क्राइस्टको आत्मा पनि उहाँको बच्चा थियो। आत्माहरू त सबै उहाँका बच्चा हुन्। उहाँ परमात्मा पिताले नै भन्नुहुन्छ– अरू कुनै पनि देहधारीहरूलाई याद नगर। तिमीले आफूलाई आत्मा सम्झेर म एकलाई याद गरेमा विकर्म विनाश हुनेछन्। मेरो पासमा आउनेछौ। मनुष्यले पुरुषार्थ गर्छन् नै घर जानको लागि। तर कोही पनि जाँदैनन्। देखिन्छ– बच्चाहरू अहिले धेरै सेलाएका छन्, त्यति मेहनत गर्दैनन्, बहाना गरिरहन्छन्, यसमा धेरै सहन पनि गर्नुपर्छ। धर्म स्थापकले कति सहन गर्नुपर्छ। क्राइस्टको लागि पनि भनिन्छ– उनलाई क्रसमा चढाइयो। तिम्रो काम हो– सबैलाई सन्देश दिनु। त्यसको लागि बाबाले युक्तिहरू बताइरहनुहुन्छ। कसैले सेवा गर्दैनन् भने बाबाले बुझ्नुहुन्छ– धारणा छैन। कसरी सन्देश दिने यसमा बाबाले राय दिनुहुन्छ। ट्रेनमा पनि तिमीले यो सन्देश दिइराख। तिमीलाई थाहा छ– हामी स्वर्गमा जान्छौँ। कोही शान्तिधाममा पनि जानेछन् नि। मार्ग त तिमीले नै बताउन सक्छौ। तिमी ब्राह्मणहरू नै जानुपर्छ। छन त धेरै छन्। ब्राह्मणहरूलाई कहीँ त राख्छन् नि। ब्राह्मण, देवता, क्षत्रिय। प्रजापिता ब्रह्माका सन्तान त अवश्य हुन्छन् नि। आदिमा हुन्छन् नै ब्राह्मण। तिमी ब्राह्मण हौ सर्वोच्च। ती ब्राह्मण हुन् कोख वंशावली। ब्राह्मण त अवश्य चाहिन्छ नि। नत्र प्रजापिता ब्रह्माका बच्चा ब्राह्मणहरू कहाँ गए। ब्राह्मणहरूलाई तिमीले बसेर सम्झायौ भने उनीहरूले तुरुन्तै बुझ्नेछन्। भन, तपाईं पनि ब्राह्मण, हामीले पनि आफूलाई ब्राह्मण कहलाउँछौँ। अब बताउनुहोस्– तपाईंहरूको धर्म स्थापना गर्ने को हुनुहुन्छ? ब्रह्मा सिवाय अरू कसैको नाम नै लिँदैनन्। तिमीले ट्रायल गरेर हेर। ब्राह्मणहरूका पनि धेरै ठुला ठुला कुल हुन्छन्। पुजारी ब्राह्मण त धेरै छन्। अजमेरमा धेरै बच्चाहरू जान्छन्, कहिल्यै कसैले समाचार ल्याएनन्– हामीहरू ब्राह्मणहरूसँग मिल्यौँ, उनीहरूलाई सोध्यौँ– तपाईंको धर्म स्थापना गर्ने को हुनुहुन्छ? ब्राह्मण धर्म कसले स्थापना गर्नुभयो? तिमीलाई त थाहा छ, सच्चा ब्राह्मण को हुन्। तिमीले धेरैको कल्याण गर्न सक्छौ। यात्राहरूमा भक्त नै जान्छन्। यो लक्ष्मी-नारायणको चित्र त धेरै राम्रो छ। तिमीलाई थाहा छ– जगदम्बा को हुन्? लक्ष्मी को हुन्? यसरी नै तिमीले नोकर, भिलनी आदिलाई पनि सम्झाउन सक्छौ। तिमी बाहेक त कोही छैनन् जसले उनीहरूलाई सुनाउन सक्छन्। धेरै रहमदिल बन्नुछ। भन, तिमी पनि पावन बनेर पावन दुनियाँमा जान सक्छौ। आफूलाई आत्मा सम्झ, शिवबाबालाई याद गर। कसैलाई पनिमार्ग बताउने धेरै सोख हुनुपर्छ। जसले स्वयं याद गर्छन्, उनीहरूले नै अरूलाई याद गराउने पुरुषार्थ गर्नेछन्। बाबा गएर त कुरा गर्नुहुन्न। यो त तिमी बच्चाहरूको काम हो। गरिबहरूको पनि कल्याण गर्नुछ। बिचराहरू धेरै सुखी हुनेछन्। अलिकति याद गरे भने पनि प्रजामा आउन सक्छन्, त्यो पनि राम्रो हो। यो धर्म त धेरै सुखदायक छ। दिनप्रतिदिन तिम्रो आवाज जोडले निस्किनेछ। सबैलाई यही सन्देश दिइराख, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। तिमी मीठा-प्यारा बच्चाहरू पदमापदम भाग्यमानी हौ। महिमा सुनेपछि बुझ्छौ, फेरि पनि कुनै कुराको चिन्ता आदि किन गर्नुपर्छ। यो हो गुप्त ज्ञान, गुप्त खुसी। तिमी हौ गुप्त योद्धा। तिमीलाई अज्ञात योद्धा भनिन्छ, अरू कोही अननोन वारियर्स हुन सक्दैनन्। देलवाडा मन्दिर पुरै तिम्रो यादगार हो। दिल लिनेवालाको परिवार हो नि। महावीर, महावीरनी र उनीहरूका सन्तान, यो पुराको पुरै तीर्थ हो। काशीभन्दा पनि उच्च ठाउँ भयो। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) घर घरमा गएर बाबाको सन्देश दिनुछ। सेवा गर्ने प्रतिज्ञा गर्नुछ, सेवाको लागि कुनै पनि बहाना गर्नुछैन।

२) कुनै पनि कुराको चिन्ता गर्नुछैन, गुप्त खुसीमा रहनुछ। कुनै पनि देहधारीलाई याद गर्नुछैन। एक बाबाको यादमा रहनुछ।

वरदान:–
हर सेकेन्ड कल्याणकारी बाबा र समयको लाभ उठाउने निश्चयबुद्धि , निश्चिन्त भव

जुन पनि दृश्य चलिरहेको छ, त्यसलाई त्रिकालदर्शी बनेर हेर, हिम्मत र उल्लासमा रहेर स्वयं पनि समर्थ आत्मा बन र विश्वलाई पनि समर्थ बनाऊ। तुफानमा नडगमगाऊ, अचल बन। जुन समय मिलेको छ, साथ मिलेको छ, अनेक प्रकारका खजाना मिलिरहेका छन्, त्यसबाट सम्पत्तिवान र सामर्थ्यवान बन। सारा कल्पमा यस्ता दिन फेरि आउनेछैनन्, त्यसैले आफ्ना सबै चिन्ता बाबालाई दिएर निश्चयबुद्धि बनेर सदा निश्चिन्त होऊ, कल्याणकारी बाबा र समयको हर सेकेन्ड लाभ लेऊ।

स्लोगन:–
बाबाको सङ्गको रङ्ग लगायौ भने कमजोरीहरू स्वतः समाप्त हुनेछन्।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

विदेही बन्ने विधि हो– बिन्दु बन्नु। अशरीरी बन्छौ, कर्मातित बन्छौ, सबैको विधि बिन्दु हो, त्यसैले बापदादाले भन्नुहुन्छ– अमृतवेला बापदादासँग मिलन मनाउँदा, रुहरिहान गर्दा, कार्यमा आउँदा पहिला तीन बिन्दुको तिलक मस्तकमा लगाऊ र चेक गर– कुनै पनि कारणले यो स्मृतिको तिलक त मेटिँदैन? अविनाशी, यो तिलक अमिट रहोस्।