17.12.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी मनसा -वाचा-कर्मणा धेरै धेरै खुसीमा रह नुछ , सबैलाई खुसी पार्नुछ , कसैलाई पनि दुःख दिनुहुँदैन। ”

प्रश्न:–
डबल अहिंसक बन्ने बच्चाहरूले कुन कुरामा ध्यान राख्नुपर्छ?

उत्तर:–
१. ध्यान राख्नुछ– यस्तो कुनै वाचा मुखबाट ननिस्कियोस् जसबाट कसैलाई पनि दुःख होस् किनकि वचनले दुःख दिनु पनि हिंसा हो। २. हामी देवता बन्नेवाला हौँ, त्यसैले चालचलन धेरै रोयल हुनुपर्छ। खानपान न धेरै उच्च, न धेरै साधारण होस्।

गीत:–
निर्बल से लड़ाई बलवान की...

ओम् शान्ति । मीठे मीठे सिकिलधे बच्चाहरूलाई बाबाले दिनदिनै सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बस र बाबालाई याद गर। भन्छन् नि– अटेन्सन प्लिज (कृपया सावधान हुनुहोस्)! त्यसैले बाबा भन्नुहुन्छ– एक त अटेन्सन देऊ बाबातिर। बाबा कति मीठो हुनुहुन्छ, उहाँलाई भनिन्छ प्यारको सागर, ज्ञानको सागर। त्यसैगरी तिमी पनि प्यारो बन्नुपर्छ। मनसा-वाचा-कर्मणा हरेक कुरामा तिमीलाई खुसी हुनुपर्छ। कसैलाई पनि दुःख दिनुहुँदैन। बाबाले पनि कसैलाई दुःखी बनाउनुहुन्न। बाबा आउनुभएको हो नै सुखी बनाउन। तिमीले पनि कसैलाई कुनै प्रकारको दुःख दिनुहुँदैन। कुनै पनि यस्तो कर्म गर्नुहुँदैन। मनसामा पनि आउनुहुँदैन। तर यो अवस्था अन्त्यमा हुन्छ। कर्मेन्द्रियबाट केही न केही भुल हुन्छ। आफूलाई आत्मा सम्झ्यौ, अरूलाई पनि आत्मा भाइ देख्यौ भने फेरि कसैलाई दुःख दिँदैनौ। शरीर नै देखेनौ भने दुःख कसरी दिन्छौ। यसमा गुप्त मेहनत छ। यो सबै बुद्धिको काम हो। अहिले तिमी पारस बुद्धि बनिरहेका छौ। तिमी पारसबुद्धि भएको बेलामा तिमीले धेरै सुख देखेका थियौ। तिमी नै सुखधामका मालिक थियौ नि! यो हो दुःखधाम। यो त धेरै साधारण छ। त्यो शान्तिधाम हो हाम्रो स्विट होम। फेरि त्यहाँबाट पार्ट खेल्न आएका छौ, दुःखको पार्ट धेरै समय खेल्यौ, अब सुखधाममा जानुछ त्यसैले एकअर्कालाई भाइ भाइ सम्झनुछ। आत्माले आत्मालाई दुःख दिन सक्दैन। आफूलाई आत्मा सम्झेर आत्मासँग कुरा गरिरहेका छौँ। आत्मा नै तख्तमा विराजमान छ। यो पनि शिवबाबाको रथ हो नि! बच्चीहरूले भन्छन्– हामीले शिवबाबाको रथलाई श्रृङ्गार गर्छौँ, शिवबाबाको रथलाई खुवाउँछौँ। त्यसबाट शिवबाबाको नै याद हुन्छ। उहाँ हुनुहुन्छ नै कल्याणकारी बाबा। भन्नुहुन्छ– मैले ५ तत्त्वको पनि कल्याण गर्छु। त्यहाँ कुनै पनि चीजले कहिल्यै तकलिफ दिँदैन। यहाँ त कहिले तुफान, कहिले जाडो, कहिले के भइरहन्छ। त्यहाँ त सदैव बसन्त ऋतुको मौसम हुन्छ। दुःखको नाम हुँदैन। त्यो हो नै स्वर्ग। बाबा आउनुभएको छ तिमीलाई स्वर्गको मालिक बनाउन। उच्चभन्दा उच्च भगवान हुनुहुन्छ, उच्चभन्दा उच्च बाबा उच्चभन्दा उच्च सुप्रिम टिचर पनि हुनुहुन्छ भने अवश्य उच्चभन्दा उच्च नै बनाउनुहुन्छ नि! तिमी यी लक्ष्मी-नारायण थियौ नि! अहिले यी सबै कुरा बिर्सेका छौ। यो कुरा बाबाले नै बसेर सम्झाउनुहुन्छ। ऋषिमुनि आदिसँग सोध्थे– तपाईंले रचयिता र रचनालाई जान्नुहुन्छ? उनीहरूले नेती नेती भनिदिन्थे, उनीहरूसँग नै ज्ञान थिएन भने फेरि परम्परा कसरी चल्न सक्छ। बाबा भन्नुहुन्छ– यो ज्ञान मैले अहिले मात्रै दिन्छु। तिम्रो सदगति भयो भने ज्ञानको आवश्यकता हुँदैन। दुर्गति हुँदैहुँदैन। सत्ययुगलाई भनिन्छ सदगति। यहाँ छ दुर्गति। तर यो पनि कसैलाई थाहा छैन– हामी दुर्गतिमा छौँ। बाबाको लागि गायन गरिन्छ– लिबरेटर, गाइड, खिवैया। विषय सागरबाट सबैको डुङ्गा पार गराउनुहुन्छ, त्यसलाई भनिन्छ क्षीरसागर। विष्णुलाई क्षीर सागरमा देखाउँछन्। यी सबै हुन् भक्तिमार्गका गायन। ठुला ठुला तलाउ हुन्छन्, जसमा विष्णुको ठुलो चित्र देखाउँछन्। बाबा सम्झाउनुहुन्छ, तिमीले नै सारा विश्वमा राज्य गरेका छौ। अनेक पटक हार खाएका छौ र विजय प्राप्त गरेकाछौ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो, त्यसमाथि विजय प्राप्त गरेमा तिमी जगतजित बन्छौ, त्यसैले खुसीले विजयी बन्नुपर्छ नि! गृहस्थ व्यवहारमा, प्रवृत्तिमार्गमा रहँदा पनि कमल फूलसमान पवित्र रहने गर। अहिले तिमी काँडाबाट फूल बनिरहेका छौ। समझमा आउँछ– यो हो फरेस्ट अफ थर्न्स (काँडाहरूको जङ्गल), एकअर्कालाई कति हैरान पार्छन्, मारिदिन्छन्।

बाबा मीठा-प्यारा बच्चाहरूलाई भन्नुहुन्छ– यो तिमी सबैको अब वानप्रस्थ अवस्था हो। यो सानाठुला सबैको वानप्रस्थ अवस्था हो। तिमीले वाणीबाट पर जानको लागि पढ्छौ नि! तिमीलाई अहिले सदगुरु मिल्नुभएको छ। उहाँले त तिमीलाई वानप्रस्थमा नै लैजानु हुन्छ। यो हो युनिभर्सिटी। भगवानुवाच हो नि– मैले तिमीलाई राजयोग सिकाएर राजाहरूको राजा बनाउँछु। जुन राजाहरू पूज्य थिए उनै फेरि पुजारी बन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! राम्रोसँग पुरुषार्थ गर। दैवीगुण धारण गर। खाऊ, पिऊ, श्रीनाथद्वारेमा जाऊ। त्यहाँ घिउका परिकार थुप्रै मिल्छन्, घिउका कुवा नै बनेका हुन्छन्। फेरि खान्छन् कसले? पुजारीले। श्रीनाथ र जगन्नाथ दुवैलाई काला बनाइएको छ। जगन्नाथको मन्दिरमा देवताहरूका फोहोरी चित्र छन्, त्यहाँ चामलको बनाउँछन्। त्यो पाकेपछि ४ भाग हुन्छ। केवल चामलको नै भोग लाग्छ किनकि अहिले साधारण छन् नि! यतातिर गरिब र उतातिर धनवान। अहिले त हेर कति गरिब छन्। खान पिउन केही मिल्दैन। सत्ययुगमा त सबै कुरा हुन्छ। त्यसैले बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। शिवबाबा धेरै मीठो हुनुहुन्छ। उहाँ त हुनुहुन्छ निराकार, प्यार आत्मालाई गरिन्छ नि! आत्मालाई नै बोलाइन्छ। शरीर त जल्यो। उसको आत्मालाई बोलाउँछन्, ज्योति जगाउँछन्, यसबाट सिद्ध हुन्छ– आत्मालाई अन्धकार हुन्छ। आत्मा हो नै शरीररहित भने फेरि अन्धकार आदिको कुरा कसरी हुन सक्छ। त्यहाँ यी कुरा हुँदैनन्। यी सबै हुन् भक्तिमार्ग। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। ज्ञान धेरै मीठो छ। यसमा आँखा खोलेर सुन्नुपर्छ। बाबालाई त देख्छौ नि! तिमीलाई थाहा छ– शिवबाबा यहाँ विराजमान हुनुहुन्छ भने आँखा खोलेर बस्नुपर्छ नि! बेहदका बाबालाई हेर्नुपर्छ नि! पहिला बच्चीहरू बाबालाई हेर्नासाथ ध्यानमा जान्थे, आपसमा बस्दाबस्दै पनि ध्यानमा जान्थे। आँखा बन्द हुन्थ्यो तर दौडिरहन्थे। कमाल त थियो नि! बाबा सम्झाइरहनुहुन्छ– एकअर्कालाई देख्दा यस्तो सम्झ– हामीले भाइ (आत्मा) सँग कुरा गर्छौँ, भाइलाई सम्झाउँछौँ। तिमीले बेहदका बाबाको राय मान्दैनौ? तिमी यो अन्तिम जन्म पवित्र बन्यौ भने पवित्र दुनियाको मालिक बन्छौ। बाबाले धेरैलाई सम्झाउनुहुन्छ। कसैले त तुरुन्तै भनिदिन्छन्– बाबा हामी अवश्य पवित्र बन्छौँ। पवित्र रहनु त राम्रो हो। कुमारी पवित्र छिन् भने सबैले उनलाई ढोग्छन्। विवाह गरिन् भने पुजारी बन्छिन्। तिनले सबैलाई ढोग्नुपर्छ। त्यसैले पवित्रता राम्रो हो नि! पवित्रता छ भने शान्ति, समृद्धि हुन्छ। सारा पवित्रतामा आधारित छ। बोलाउँछन् पनि– हे पतितपावन आउनुहोस्! पावन दुनियामा रावण हुँदैहुँदैन। त्यो हो नै रामराज्य, सबै क्षीरखण्ड हुन्छन्। धर्मको राज्य हुन्छ फेरि रावण कहाँबाट आउँछ। रामायण आदि कति प्रेमले बसेर सुनाउँछन्। यी सबै हुन् भक्ति। बच्चीहरू साक्षात्कारमा डान्स गर्न थाल्छन्। सत्यको डुङ्गाको त गायन छ– हल्लिन्छ तर डुब्दैन। अरू कुनै सतसङ्गमा जान मनाही गर्दैनन्। यहाँ कति रोक्छन्। बाबाले तिमीलाई ज्ञान दिनुहुन्छ। तिमी बी.के. बन्छौ। ब्राह्मण त अवश्य बन्नुछ। बाबा नै स्वर्गस्थापक हुनुहुन्छ भने अवश्य हामी पनि स्वर्गका मालिक हुनुपर्छ। हामी यहाँ किन नर्कमा आइपुगेका छौँ। अहिले समझमा आउँछ– पहिला हामी पनि पुजारी थियौँ, अब फेरि पूज्य बन्छौँ २१ जन्मको लागि। ६३ जन्म पुजारी बन्यौँ, अब फेरि हामी पूज्य स्वर्गका मालिक बन्छौँ। यो हो नरबाट नारायण बन्ने ज्ञान । भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। पतित राजाहरूले पावन राजाहरूलाई नमन वन्दन गर्छन्। हरेक महाराजाको महलमा मन्दिर अवश्य हुन्छ। त्यो पनि राधेकृष्णको वा लक्ष्मीनारायणको वा रामसीताको। आजकाल त गणेश, हनुमान आदिका पनि मन्दिर बनाइरहन्छन्। भक्तिमार्गमा कति अन्धश्रद्धा छ। अहिले तिमीले जान्दछौ– अवश्य हामीले राज्य गरेका थियौँ फेरि वाम मार्गमा गिर्छौँ, अब बाबा सम्झाउनुहुन्छ– तिम्रो यो अन्तिम जन्म हो। मीठा-प्यारा बच्चाहरू! पहिला तिमी स्वर्गमा थियौ। फेरि ओर्लिँदै ओर्लिँदै आएर भुइँमा आइपुगेका छौ। तिमीले भन्छौ– हामी धेरै उच्च थियौँ फेरि बाबाले हामीलाई माथि चढाउनुहुन्छ। हामीले हर ५ हजार वर्षपछि पढ्दै आएका छौँ। यसलाई भनिन्छ वर्ल्डको हिस्ट्री-जग्राफी रिपिट (विश्वको इतिहास भूगोल दोहोरिन्छ)।

बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउँछु। सारा विश्वमा तिम्रो राज्य हुन्छ। गीतमा पनि छ नि– बाबा हजुरले यस्तो राज्य दिनुहुन्छ जुन कसैले खोस्न सक्दैन। अहिले त कति विभाजन छ। पानीमाथि, जमिनमाथि झगडा चलिरहन्छ। आआफ्नो प्रान्तको सम्हाल गरिरहन्छन्। गरेनन् भने केटाहरू (बच्चाहरू) ले ढुङ्गा हान्न थाल्छन्। उनीहरूले सम्झन्छन्– यी नव जवानहरूले पहलमान बनेर विश्वको रक्षा गर्छन्। त्यो पहलमानी अहिले देखाइरहन्छन्। दुनियाको हालत हेर कस्तो छ। रावण राज्य हो नि!

बाबा भन्नुहुन्छ– यो हो नै आसुरी सम्प्रदाय। तिमी अहिले दैवी सम्प्रदाय बनिरहेका छौ। देवता र असुरहरूको फेरि लडाइँ कसरी हुन्छ। तिमी त डबल अहिंसक बन्छौ। उनीहरू हुन् डबल हिंसक। देवीदेवताहरूलाई डबल अहिंसक भनिन्छ। अहिंसा परमो देवीदेवता धर्म भनिन्छ। बाबाले सम्झाउनुभयो– कसैलाई वचनले दुःख दिनु पनि हिंसा हो। तिमी देवता बन्छौ त्यसैले हरेक कुरामा रोयल्टी हुनुपर्छ। खानपान आदि न धेरै परिकार, न धेरै साधारण। एकरस। राजाहरू आदि धेरै कम बोल्छन्। प्रजाको पनि राजामा धेरै प्यार हुन्छ। यहाँ त हेर के भइरहेको छ। कति आन्दोलन छन्। बाबा भन्नुहुन्छ– यस्तो हालत भएपछि मात्र म आएर विश्वमा शान्ति स्थापन गर्छु। सरकारले चाहन्छ– सबै मिलेर एक हुन्। हुन त सबै भाइ भाइ हुन् तर यो त खेल हो नि! बाबाले बच्चाहरूलाई भन्नुहुन्छ, तिमीले कुनै चिन्ता नगर। अहिले अन्नको दुःख छ। त्यहाँ त अन्न यति धेरै हुन्छ, बिना पैसा जति चाह्यो त्यति मिल्छ। अहिले उहाँले दैवी राजधानी स्थापना गरिरहनुभएको छ। मैले स्वास्थ्यलाई पनि यस्तो बनाइदिन्छु जसबाट कहिल्यै कुनै रोग हुँदैन, ग्यारेन्टी छ। आचरण पनि हामीले यी देवताहरूको जस्तै बनाउँछौँ। जस्ता जस्ता मन्त्री छन् उनीहरूलाई त्यसरी नै सम्झाउन सक्छौ। युक्तिले सम्झाउनुपर्छ। आफ्नो विचार धेरै राम्रो लेख्छन्। तर तपाईंले पनि त बुझ्नुहोस् न भनेमा फुर्सद छैन भन्छन्। ठुला मानिसहरूले केही भनेमा गरिबहरूको पनि भलो हुन्छ।

बाबा सम्झाउनुहुन्छ– अहिले सबैको शिरमा काल उभिएको छ। आजकाल भन्दाभन्दै कालले खान्छ। तिमी कुम्भकर्णजस्तै बनेका छौ। बच्चाहरूलाई सम्झाउनमा धेरै मजा पनि आउँछ। बाबाले नै यी चित्र आदि बनाउनुभएको हो। दादालाई कहाँ यो ज्ञान थियो र! तिमीलाई वर्सा लौकिक र पारलौकिक बाबाबाट मिल्छ। अलौकिक बाबाबाट वर्सा मिल्दैन। यिनी त दलाल हुन्, यिनिद्वारा वर्सा हुँदैन। प्रजापिता ब्रह्मालाई याद गर्नुछैन। यिनले भन्छन् मबाट त तिमीलाई केही पनि मिल्दैन। मैले पनि पढ्छु, वर्सा हो नै एउटा हदको, अर्को बेहदका बाबाको। प्रजापिता ब्रह्माले के वर्सा दिन्छन् र! बाबा भन्नुहुन्छ– म एकलाई याद गर, यिनी त रथ हुन् नि! रथलाई त याद गर्नुछैन नि! उच्चभन्दा उच्च भगवानलाई भनिन्छ। बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। आत्माले नै सबै कुरा गर्छ नि! एउटा चोला छोडेर अर्को लिन्छ। जसरी सर्पको उदाहरण छ। कुमालकोटी पनि तिमी हौ। ज्ञानको गुञ्जन गर। ज्ञान सुनाउँदा सुनाउँदै तिमीले जोसुकैलाई पनि विश्वको मालिक बनाउन सक्छौ। बाबा जसले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ, यस्ता बाबालाई किन याद नगर्ने? अब बाबा आउनुभएको छ भने वर्सा किन नलिने? यस्तो किन भन्नुहुन्छ– फुर्सद मिल्दैन। असल असल बच्चाहरूले त सेकेन्डमा बुझिहाल्छन्। बाबाले सम्झाउनुभएको छ– मानिसहरूले लक्ष्मीको पूजा गर्छन्, तर लक्ष्मीबाट के मिल्छ र अम्बाबाट के मिल्छ? लक्ष्मी त हुन् स्वर्गकी देवी। उनीसँग पैसाको भीख माग्छन्। अम्बाले त विश्वको मालिक बनाउँछिन्। सबै कामना पूरा गरिदिन्छिन्। श्रीमतद्वारा सबै कामना पूरा हुन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यी कर्मेन्द्रियबाट कुनै भुल नहोस् यसको लागि म आत्मा हुँ, यो स्मृति पक्का गर्नुछ। शरीरलाई देख्नुछैन। एक बाबातिर अटेन्सन दिनुछ।

२) अहिले वानप्रस्थ अवस्था हो त्यसैले वाणीबाट पर जाने पुरुषार्थ गर्नुछ, पवित्र अवश्य बन्नुछ। बुद्धिमा रहोस्– सत्यको डुङ्गा हल्लिन्छ, डुब्दैन... त्यसैले विघ्नबाट आत्तिनुछैन।

वरदान:–
ड्रामाको ज्ञान बाट अचल स्थिति बनाउने प्रकृति वा मायाजित भव

प्रकृति वा मायाद्वारा जस्तोसुकै परीक्षा आए पनि अलिकति पनि हलचल नहोस्। यो के, यो किन, यो प्रश्न उठ्यो भने, अलिकति पनि कुनै समस्याले प्रहार गर्ने बन्यौ भने पनि फेल हुन्छौ त्यसैले जेसुकै होस् तर भित्रबाट यो आवाज निस्कियोस्– वाह मीठो ड्रामा वाह! हाय के भयो– यो सङ्कल्प पनि नआओस्। यस्तो स्थिति होस् जसबाट कुनै सङ्कल्पमा पनि हलचल नहोस्। सदा अचल, अडोल स्थिति रहोस् त्यसपछि प्रकृतिजित वा मायाजितको वरदान प्राप्त हुन्छ।

स्लोगन:–
खुसीको खबर सुनाएर खुसी दिलाउनु नै सबैभन्दा श्रेष्ठ कर्तव्य हो।

अव्यक्त इसारा – अब सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ

महारथीहरूको पुरुषार्थ अहिले विशेष यही अभ्यासको हो। भर्खरै कर्मयोगी, भर्खरै कर्मातीत स्टेज। पुरानो दुनियामा पुरानो अन्तिम शरीरमा कुनै पनि प्रकारको व्याधिले आफ्नो श्रेष्ठ स्थितिलाई हलचलमा नल्याओस्। स्वचिन्तन, ज्ञानचिन्तन, शुभचिन्तक बन्ने चिन्तन नै चलोस् त्यसलाई भनिन्छ कर्मातीत स्थिति।