18.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
कर्तव्य हो घर घरमा बाबाको सन्देश दिनु , कुनै पनि हालतमा युक्ति रचेर बाबाको परिचय
हरेकलाई अवश्य देऊ।”
प्रश्न:–
तिमी
बच्चाहरूलाई कुन एउटा कुराको सोख हुनुपर्छ?
उत्तर:–
जुन नयाँ नयाँ
प्वाइन्टहरू निस्किन्छन्, तिनको आफूसँग नोट गर्ने सोख हुनुपर्छ किनकि यतिका सबै
प्वाइन्टहरू याद रहन मुस्किल हुन्छ। नोट लेखेर फेरि कसैलाई सम्झाउनुपर्छ। यस्तो पनि
होइन, नोट लेखेर कापीमा नै रहिरहोस्। जुन बच्चाहरूले राम्ररी बुझ्छन्, उनीहरूलाई
नोट गर्ने धेरै सोख हुन्छ।
गीत:–
लाख जमाने वाले...।
ओम् शान्ति ।
मीठा-प्यारा
रूहानी बच्चाहरूले गीत सुन्यौ। रूहानी बच्चे, यो शब्द एक बाबाले मात्रै भन्न
सक्नुहुन्छ। रूहानी बाबा बाहेक कहिल्यै अरू कसैले कसैलाई रूहानी बच्चे भन्न सक्दैन।
प्यारा बच्चाहरूले जानेका छौ– सबै आत्माहरूका बाबा एउटै हुनुहुन्छ, हामी सबै भाइ
भाइ हौं। गायन पनि छ, ब्रदरहुड (भाइचारा), फेरि पनि मायाको प्रवेशता यस्तो छ,
जसकारण परमात्मालाई सर्वव्यापी भनिदिन्छन् अनि फादरहुड (पितृभाव) हुनपुग्छ। रावण
राज्य पुरानो दुनियाँमा मात्रै हुन्छ। नयाँ दुनियाँमा रामराज्य अथवा ईश्वरीय राज्य
भनिन्छ। यो बुझ्ने कुरा हो। दुई राज्य अवश्य छन्– ईश्वरीय राज्य र आसुरी राज्य। नयाँ
दुनियाँ र पुरानो दुनियाँ। नयाँ दुनियाँ अवश्य बाबाले नै रच्नुहुन्छ होला। यस
दुनियाँमा मनुष्यहरूले नयाँ दुनियाँ र पुरानो दुनियाँलाई पनि बुझ्दैनन् अर्थात् केही
पनि जानेका छैनन्। तिमीले पनि केही जान्दैनथ्यौ, बेसमझ थियौ। नयाँ सुखको दुनियाँ
कसले स्थापना गर्छ फेरि पुरानो दुनियाँमा दु:ख किन हुन्छ? स्वर्गबाट नर्क कसरी बन्छ?
यो कसैलाई पनि थाहा छैन। यी कुरालाई त मनुष्यले नै जानेका छन्। देवताहरूका चित्र छन्
भने अवश्य आदि सनातन देवी देवताहरूको राज्य थियो। यस समयमा त्यो राज्य छैन। यो हो
प्रजाको प्रजामाथि राज्य। बाबा भारतखण्डमा नै आउनुहुन्छ। मनुष्यहरूलाई यो पनि थाहा
छैन, शिवबाबा भारतखण्डमा आएर के गर्नुहुन्छ। आफ्नो धर्मलाई नै भुलिसकेका छन्।
तिमीहरूले अब परिचय दिनुछ त्रिमूर्ति र शिवबाबाको। ब्रह्मा देवता, विष्णु देवता,
शङ्कर देवता भन्छन् फेरि भन्छन् शिव परमात्माय नम:। त्यसैले तिमी बच्चाहरूले
त्रिमूर्ति शिवको नै परिचय दिनुछ। यस्तो यस्तो सेवा गर्नु छ। कुनै पनि हालतमा बाबाको
परिचय सबैलाई मिल्नुपर्छ। अनि मात्र बाबाबाट वर्सा लिनसक्छन्। तिमीलाई थाहा छ–
हामीले अहिले वर्सा लिइरहेका छौं। अरू पनि धेरैले वर्सा लिनुछ। हामीमाथि घर घरमा
बाबाको सन्देश दिने जिम्मेवारी छ। वास्तवमा मेसेन्जर एक बाबा मात्रै हुनुहुन्छ।
बाबाले तिमीलाई आफ्नो परिचय दिनुहुन्छ। तिमीले फेरि अरूलाई बाबाको परिचय दिनुछ।
बाबाको ज्ञान दिनुछ। मुख्य हो त्रिमूर्ति शिव, भारतमा उहाँको नै राष्ट्रिय प्रतिक
चिन्ह (कोट अफ आर्मस्) पनि बनाइएको छ। सरकारले यसको यथार्थ अर्थ जान्दैन। त्यसमा
चर्खा जस्तै चक्र पनि दिइएको छ। त्यसमा फेरि लेखिएको छ सत्य मेव जयते। यसको अर्थ त
खुल्दैन। यी त संस्कृत शब्द हुन्। तर बाबा त हुनुहुन्छ नै सत्य। उहाँले जुन कुरा
सम्झाउनु हुन्छ, त्यसबाट सारा विश्वमा तिम्रो विजय हुन्छ। बाबा भन्नुहुन्छ– मैले
सत्य भन्छु, तिमी यस पढाइबाट सत्य सत्य नारायण बन्न सक्छौ। अरू मानिसले त के के
अर्थ निकाल्छन्। त्यो पनि उनीहरूसँग सोध्नुपर्छ। बाबाले त अनेक प्रकारले
सम्झाउनुहुन्छ। जहाँ जहाँ मेला लाग्छ, त्यहाँ नदीहरूमा पनि गएर सम्झाऊ। पतित-पावन
गङ्गा त हुनसक्दैन। नदीहरू सागरबाट निस्केका हुन्। त्यो हो पानीको सागर त्यसबाट
पानीको नदी निस्किन्छ। ज्ञान सागरबाट ज्ञानका नदी निस्किन्छन्। तिमी माताहरूमा अहिले
ज्ञान छ। गोमुखमा जान्छन्, उनको मुखबाट पानी निस्किन्छ, सम्झन्छन्– यो गङ्गाको जल
हो। यति पढेलेखेका मनुष्यले पनि जान्दैनन्, यहाँ गङ्गा जल कहाँबाट निस्किन्छ?
शास्त्रमा उल्लेख छ– बाण हाने अनि गङ्गा निस्कियो। अब यो हो ज्ञानको कुरा। यस्तो
होइन, अर्जुनले बाण हाने अनि गङ्गा निस्कियो। कति टाढा टाढा तीर्थमा जान्छन्। भन्छन्–
शङ्करको जटाबाट गङ्गा निस्कियो, जसमा स्नान गर्नाले मनुष्यबाट परी बनिन्छ।
मनुष्यबाट देवता बनिन्छ, यो पनि परी जस्तै हो नि।
अब तिमी बच्चाहरूले
बाबाको नै परिचय दिनु छ त्यसैले बाबाले यी चित्र बनाउनु भएको हो। त्रिमूर्ति शिवको
चित्रमा सारा ज्ञान छ। केवल उनीहरूको त्रिमूर्तिको चित्रमा ज्ञान दिनेवाला शिवको
चित्र छैन। ज्ञान लिनेको चित्र छ। अहिले तिमीले त्रिमूर्ति शिवको चित्रमा सम्झाउँछौ।
माथि हुनुहुन्छ ज्ञान दिनेवाला। ब्रह्मालाई उहाँबाट ज्ञान मिल्छ जुन फेरि फैलाउँछन्।
यसलाई भनिन्छ ईश्वरीय धर्म स्थापनाको अभियान (मिसनरी)। यो देवी-देवता धर्म धेरै
सुखदायक छ। तिमी बच्चाहरूलाई आफ्नो सत्य धर्मको पहिचान मिलेको छ। तिमीलाई थाहा छ–
हामीलाई भगवानले पढाउनुहुन्छ। तिमी कति खुसी हुन्छौ। बाबा भन्नुहुन्छ– तिमी
बच्चाहरूको खुसीको सीमा नै छैन किनकि तिमीलाई पढाउनेवाला स्वयं भगवान हुनुहुन्छ।
भगवान त निराकार शिव हुनुहुन्छ, न कि श्रीकृष्ण। बाबा बसेर सम्झाउनु हुन्छ सर्वका
सद्गतिदाता एक हुनुहुन्छ। सद्गति सत्ययुगलाई भनिन्छ, दुर्गति कलियुगलाई भनिन्छ। नयाँ
दुनियाँलाई नयाँ, पुरानो दुनियाँलाई पुरानो नै भनिन्छ। मनुष्यले सम्झन्छन्–
दुनियाँलाई पुरानो हुन अझ ४० हजार वर्ष लाग्छ। कति अलमलमा परेका छन्। बाबा बाहेक यी
कुरा अरू कसैले सम्झाउन सक्दैन। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई
राज्य-भाग्य दिएर बाँकी सबैलाई घरमा लिएर जान्छु, जो मेरो मतमा चल्छन् ती देवता
बन्छन्। यी कुरा तिमी बच्चाहरूले नै बुझेका छौ, नयाँ कसैले के बुझ्नसक्छ।
तिमी मालीहरूको
कर्तव्य हो बगैँचा बनाएर तयार गर्नु। बागवानले त निर्देशन दिनुहुन्छ। यस्तो पनि
होइन बाबाले कुनै नयाँसँग मिलेर ज्ञान दिनुहुन्छ। यो काम मालीहरूको हो। सम्झ, बाबा
कलकत्तामा जानु भयो भने बच्चाहरूले सम्झन्छन् हामी आफ्ना अफिसरहरू, फलानो मित्र
आदिलाई बाबाको पासमा लिएर जाऔं। बाबा भन्नुहुन्छ– उनीहरूले त केही पनि बुझ्दैनन्।
मानौं बुद्धुलाई सामुन्ने बसाइएको छ, त्यसैले बाबा भन्नुहुन्छ– नयाँलाई कहिल्यै
बाबाको सामुन्ने नल्याऊ। यो त तिमी मालीको काम हो, न कि बागवानको। मालीको काम हो
बगैँचा तयार गर्नु। बाबाले त निर्देशन दिनुहुन्छ– यसो यसो गर। त्यसैले बाबाले
नयाँहरूसँग कहिल्यै भेट्नुहुन्न। तर कहीँ अतिथि भएर घरमा आए भने भन्छन् दर्शन गरौं।
तपाईले हामीलाई किन भेट्न दिनुहुन्न? शङ्कराचार्य आदिको पासमा कति जान्छन्। आजकाल
शङ्कराचार्यको उच्च स्थान छ, पढेलेखेका छन्, फेरि पनि जन्म त विकारबाट नै लिन्छन्
नि। ट्रस्टीहरूले गद्दीमा कसैलाई पनि बसाउँछन्। सबैको मत आआफ्नो छ। बाबा स्वयं आएर
बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ, म कल्प कल्प यस पुरानो तनमा आउँछु। यिनले पनि
आफ्नो जन्मलाई जानेका छैनन्। शास्त्रमा त कल्पको अवधि नै लाखौं वर्ष बताएका छन्।
मनुष्यले त यति धेरै जन्म लिन सक्दैनन् फेरि जनावर आदिका पनि योनिहरू मिलाएर ८४ लाख
बनाएका छन्। मनुष्यले त जे सुन्छन् त्यो सबै सत्य सत्य भनिरहन्छन्। शास्त्रमा त सबै
छन् भक्तिमार्गका कुरा। कलकत्तामा देवीहरूका धेरै राम्रा, सुन्दर मूर्ति बनाउँछन्,
सजाउँछन्। फेरि तिनलाई डुबाइदिन्छन्। यी पनि गुडियाको पूजा गर्ने बच्चाहरू नै भए।
बिलकुल अज्ञानी। तिमीलाई थाहा छ– यो हो नर्क। स्वर्गमा त अथाह सुख थियो। अहिले पनि
कोही मर्यो भने भन्छन् फलानो स्वर्ग गयो। त्यसैले अवश्य कुनै समयमा स्वर्ग थियो,
अहिले छैन। नर्कपछि फेरि अवश्य स्वर्ग आउँछ। यी कुरा पनि तिमीलाई थाहा छ। मनुष्यले
त अलिकति पनि जानेका छैनन्। त्यसैले नयाँ कोही बाबाको सामुन्ने बसेर के बुझ्नसक्छ,
त्यसैले माली चाहिन्छ जसले पूरा पालना गर्छ। यहाँ त माली पनि धेरै चाहिन्छन्।
मेडिकल कलेजमा कुनै नयाँ गएर बस्यो भने केही पनि बुझ्दैन। यो ज्ञान पनि नयाँ हो।
बाबा भन्नुहुन्छ– म आएको छु सबैलाई पावन बनाउन। मलाई याद गर्यौ भने पावन बन्छौ। यस
समयमा सबै तमोप्रधान आत्माहरू छन्। त्यसैले त भन्छन् आत्मा नै परमात्मा, सबैमा
परमात्मा हुनुहुन्छ। त्यसैले बाबाले यस्तासँग बसेर कहाँ मेहनत गर्नुहुन्छ र? यो त
तिमी मालीहरूको काम हो– काँडालाई फूल बनाउने।
तिमीलाई थाहा छ– भक्ति
हो रात, ज्ञान हो दिन। गायन पनि छ– ब्रह्माको दिन, ब्रह्माको रात। प्रजापिता
ब्रह्माका त अवश्य बच्चाहरू हुनुपर्छ। कसैलाई यति पनि समझ छैन, जसले सोध्छन् यतिका
ब्रह्माकुमार-कुमारीहरू छन्, यिनका ब्रह्मा को हुन्? अरे प्रजापिता ब्रह्मा त
प्रसिद्ध छन्, उहाँद्वारा नै ब्राह्मण धर्मको स्थापना हुन्छ। भनिन्छ पनि ब्रह्मा
देवताय नम:। बाबाले तिमी बच्चाहरूलाई ब्राह्मण बनाएर फेरि देवता बनाउनु हुन्छ।
जुन नयाँ नयाँ
प्वाइन्टहरू निस्किन्छन्, बच्चाहरूमा आफूसँग ती प्वाइन्टको नोट राख्ने सोख हुनुपर्छ।
जुन बच्चाहरूले राम्ररी सम्झन्छन् उनीहरूलाई नोट गर्ने धेरै सोख हुन्छ। नोट राख्नु
राम्रो हो किनकि यतिका प्वाइन्टहरू याद रहन मुस्किल हुन्छ। नोट लिएर फेरि कसैलाई
सम्झाउनुपर्छ। यस्तो पनि होइन लेखेर फेरि कापीमै रहिरहन्छ। नयाँ नयाँ प्वाइन्टहरू
मिलिरहन्छन् त्यसैले पुराना प्वाइन्टहरूको कापी यत्तिकै रहिरहन्छ। स्कुलमा पनि पढ्दै
जान्छन्, पहिलो कक्षाको किताब रहिरहन्छ। जब तिमीले सम्झाउँछौ, अन्त्यमा यो सम्झाऊ
मनमनाभव। बाबा र सृष्टि चक्रलाई याद गर। मुख्य कुरा हो एक मलाई याद गर, यसलाई नै
योग अग्नि भनिन्छ। भगवान हुनुहुन्छ ज्ञानका सागर। मनुष्य छन् शास्त्रका सागर। बाबाले
कुनै शास्त्र सुनाउनु हुन्न, उहाँले पनि शास्त्र सुनाउनुभयो भने भगवान र मनुष्यमा
के फरक रह्यो? बाबा भन्नुहुन्छ– यी भक्तिमार्गका शास्त्रहरूको सार मैले तिमीलाई
सम्झाउँछु।
ती मुरली बजाउने
सपेराले सर्पलाई समात्छन् अनि त्यसको दाँत निकालिदिन्छन्। बाबाले पनि तिमीबाट विष
पिलाउन छुटाइदिनु हुन्छ। यसै विषबाट नै मनुष्य पतित बनेका हुन्। बाबा भन्नुहुन्छ–
यसलाई छोड‚ तैपनि छोड्दैनन्। बाबाले गोरो बनाउनुहुन्छ फेरि पनि गिरेर कालो मुख
पार्छन्। बाबा आउनुभएको छ तिमीलाई ज्ञान चितामा बसाउन। ज्ञान चितामा बस्नाले तिमी
विश्वको मालिक, जगतजित बन्छौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता–पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा खुसी रहोस्– हामी सत्य धर्मको स्थापनाका निमित्त हौ। स्वयं भगवानले हामीलाई
पढाउनु हुन्छ। हाम्रो देवी-देवता धर्म धेरै सुखदायक छ।
२) माली बनेर
काँडाहरूलाई फूल बनाउने सेवा गर्नु छ। पूरा पालना गरेर फेरि बाबाको सामुन्ने ल्याउनु
छ। मेहनत गर्नु छ।
वरदान:–
पुरानो देह र
दुनियाँलाई भुल्ने बाबाको दिलतख्तन स ि न भव
सङ्गसङ्गमयुगी
श्रेष्ठ आत्माहरूको स्थान नै बाबाको दिलतख्त हो। यस्तो तख्त सारा कल्पमा मिल्न
सक्दैन। विश्वको राज्य वा स्टेटको राज्यको तख्त त मिलिरहन्छ तर यो तख्त मिल्दैन– यो
यति विशाल तख्त हो कि हिँडघुम, खाऊ, सुत तर सदा तख्तनसिन रहनसक्छौ। जुन बच्चाहरू सदा
बाबाको दिलतख्तनसिन रहन्छन्, तिनीहरू यो पुरानो देह वा देहको दुनियाँबाट विस्मृत
रहन्छन्, यसलाई देखेर पनि देख्दैनन्।
स्लोगन:–
हदको नाम, मान,
सानको पछि दौडनु अर्थात् छायाको पछि पर्नु हो।