18.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– य
तिबेला तिम्रो यो जीवन धेरै धेरै अमूल्य छ किनकि तिमी हदबाट निस्केर बेहदमा आएका छौ
, तिमीलाई थाहा छ– हामी यस जगतको कल्याण गर्नेवाला हौं।”
प्रश्न:–
बाबाको वर्साको
अधिकार कुन पुरुषार्थबाट मिल्छ?
उत्तर:–
सदा भाइ भाइको
दृष्टि रहोस्। स्त्री-पुरुषको जुन भान छ त्यो निस्कियोस्, तब बाबाको वर्साको पूरा
अधिकार मिल्छ। तर स्त्री-पुरुषको भान वा यो दृष्टि निस्कन धेरै मुस्किल छ। यसको लागि
देहीअभिमानी बन्ने अभ्यास चाहिन्छ। बाबाको बच्चा बनिसकेपछि मात्र वर्सा मिल्छ। एक
बाबाको यादबाट सतोप्रधान बन्नेहरूले नै मुक्ति-जीवनमुक्तिको वर्सा पाउँछन्।
गीत:–
आखिर वह दिन
आया आज.....
ओम् शान्ति ।
बच्चाहरूले
बुझेका छौ– ओम् अर्थात् अहम् आत्मा मम शरीर। अहिले तिमीले यस ड्रामालाई, सृष्टि
चक्रलाई र यस सृष्टि चक्रलाई जान्ने बाबालाई चिनिसकेका छौ किनकि चक्रलाई जान्नेलाई
नै रचयिता भनिन्छ। हुन त पढेलेखेका ठुला ठुला विद्वान-पण्डित आदि छन् तर रचयिता र
रचनालाई अरू कसैले पनि जानेका छैनन् । उनीहरूलाई त आफ्नो घमण्ड हुन्छ नि। तर
उनीहरूलाई यो थाहा छैन। भनिन्छ पनि ज्ञान, भक्ति र वैराग्य। अब यी ३ चीज हुन जान्छन्,
यसको पनि अर्थ बुझ्दैनन्। संन्यासीहरूलाई घरदेखि वैराग्य आउँछ । उनीहरूलाई पनि उच्च
र नीचको ईर्ष्या हुन्छ। यो उच्च कुलको हो, यो मध्यम कुलको हो– यसमा उनीहरूको धेरै
घमासान हुन्छ। कुम्भको मेलामा पनि पहिला कसको सवारी निकाल्ने भन्नेमा उनीहरूको धेरै
झगडा हुन्छ । यसको लागि धेरै लड्छन् फेरि पुलिस आएर छुटाउँछ। त्यसैले यो पनि देह
अभिमान भयो नि। दुनियाँमा जति पनि मानिसहरू मात्र छन्, सबै छन् देह अभिमानी। तिमी त
अब देहीअभिमानी बन्नुछ। बाबा भन्नुहुन्छ– देह अभिमान छोड, आफूलाई आत्मा सम्झ। आत्मा
नै पतित बनेको छ, त्यसमा खाद परेको छ। आत्मा नै सतोप्रधान, तमोप्रधान बन्छ। जस्तो
आत्मा त्यस्तै शरीर मिल्छ। श्रीकृष्णको आत्मा सुन्दर हुन्छ, त्यसैले शरीर पनि धेरै
सुन्दर हुन्छ, उनको शरीरमा धेरै आकर्षण हुन्छ। पवित्र आत्माले नै आकर्षित गर्छ।
लक्ष्मी-नारायणको त्यति महिमा छैन, जति श्रीकृष्णको छ किनकि श्रीकृष्ण त पवित्र सानो
बच्चा हुन्। यहाँ पनि भन्छन्– साना बच्चा र महात्मा समान हुन्। महात्माहरूले त फेरि
पनि जीवनको अनुभव गरेर फेरि विकारहरूलाई छोड्छन्। घृणा आउँछ, बच्चा त हुन्छन् नै
पवित्र। उनीहरूलाई उच्च महात्मा सम्झन्छन्। त्यसैले बाबाले सम्झाउनुभएको छ– यी
निवृत्ति मार्गवाला संन्यासीहरूले पनि केही थमाउँछन्। जसरी भवन आधा पुरानो भएपछि
फेरि मर्मत गरिन्छ। संन्यासीहरूले पनि मर्मत गर्छन्, उनीहरू पवित्र हुनाले संसार
थामिइरहन्छ। भारतखण्ड जस्तो पवित्र र धनवान खण्ड अरू कुनै हुनसक्दैन। अहिले बाबाले
तिमीलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको स्मृति दिलाउनुहुन्छ किनकि उहाँ बाबा पनि
हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। गीतामा श्रीकृष्ण भगवानुवाच
लेखिदिएका छन्, उनलाई कहिल्यै बाबा भनिन्छ र? अथवा पतित-पावन भनिन्छ? भन्न त
मानिसहरूले श्रीकृष्णलाई पतित-पावन भन्छन्, तर उनलाई याद गर्दैनन्। उनीहरूले त
भगवानलाई याद गर्छन्, फेरि भनिदिन्छन् पतित-पावन सीताराम, रघुपति राघव राजा राम। कति
अन्यौल छ। बाबा भन्नुहुन्छ– म आएर तिमी बच्चाहरूलाई यथार्थ रीतिले सबै वेद-शास्त्र
आदिको सार बताउँछु। पहिला सुरुमा मुख्य कुरा सम्झाउनुहुन्छ– तिमीले आफूलाई आत्मा
सम्झेर बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ। तिमी हौ भाइ भाइ, फेरि ब्रह्माका
सन्तान कुमार-कुमारीहरू त्यसैले भाइ-बहिनी भयौ। यो बुद्धिमा याद रहोस्। वास्तवमा
आत्माहरू भाइ भाइ हुन्, फेरि यहाँ शरीरमा आउनाले भाइ-बहिनी हुनजान्छन्। यति बुझ्ने
बुद्धि पनि छैन । उहाँ हामी आत्माहरूका पिता हुनुहुन्छ भने हामी भाइ भाइ भयौं नि।
फेरि सर्वव्यापी कसरी भन्छन्! वर्सा त बच्चालाई नै मिल्छ, पितालाई त मिल्दैन।
बाबाबाट बच्चालाई वर्सा मिल्छ। ब्रह्मा पनि शिवबाबाका बच्चा हुन् नि, यिनलाई पनि
वर्सा उहाँबाट मिल्छ। तिमीहरू हौ नातिनातिना। तिमीलाई पनि हक छ। आत्माको रूपमा सबै
बच्चा हौ फेरि शरीरमा आयौ भने भाइ-बहिनी बन्छौ। अरू कुनै नाता छैन। सदा भाइ भाइको
दृष्टि रहोस्, स्त्री-पुरुषको भान पनि निस्कियोस्। स्त्री-पुरुष दुवैले नै हे
परमपिता (ओ गड फादर) भन्छन् त्यसैले भाइ-बहिनी भए नि। भाइ-बहिनी तब हुन्छन् जब बाबा
सङ्गममा आएर रचना रच्नुहुन्छ। तर स्त्री-पुरुषको दृष्टि धेरै मुस्किलले निस्कन्छ।
बाबा भन्नुहुन्छ– तिमी देहीअभिमानी बन्नुछ। बाबाको बच्चा बनेपछि नै वर्सा मिल्छ। म
एकलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। सतोप्रधान नबनी तिमी फर्केर
मुक्ति-जीवनमुक्तिमा जानसक्दैनौ। यो युक्ति संन्यासी आदिले कहिल्यै पनि बताउँदैनन्।
उनीहरूले यस्तो कहिल्यै भन्दैनन्– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। बाबालाई
भनिन्छ परमपिता परम आत्मा, सुप्रीम। आत्मा त सबैलाई भनिन्छ तर उहाँलाई परम आत्मा
भनिन्छ। उहाँ बाबाले भन्नुहुन्छ– प्यारा बच्चाहरू! म आएको छु तिमी बच्चाहरूको पासमा।
मलाई बोल्नको लागि मुख त चाहिन्छ नि। आजकाल हेर जहाँसुकै गोमुख अवश्य राख्छन्। फेरि
भन्छन्– गोमुखबाट अमृत निस्कन्छ। वास्तवमा अमृत त भनिन्छ ज्ञानलाई। ज्ञान अमृत
मुखबाट नै निस्कन्छ। यसमा पानीको त कुरा छैन। यी गऊ माता पनि हुन्। बाबा यिनमा
प्रवेश हुनुभएकोछ। बाबाले यिनीद्वारा तिमीलाई आफ्नो बनाउनुभयो। यिनीद्वारा ज्ञान
निस्कन्छ। उनीहरूले त पत्थरको बनाएर जहाँबाट पानी निस्कन्छ त्यसमा मुख बनाइदिएका छन्
। त्यो त भक्तिको चलन भयो नि। यथार्थ कुरा तिमीलाई थाहा छ। भिष्म पितामह आदिलाई तिमी
कुमारीहरूले बाण मारेका हौ। तिमी त ब्रह्माकुमार-कुमारी हौ। त्यसो भए कुमारी कसैका
त होलान् नि। अधरकुमारी र कुमारी दुवैका मन्दिर छन्। प्राक्टिकलमा तिम्रो यादगार
मन्दिर हो नि। अहिले बाबा बसेर सम्झाउनुहुन्छ– तिमीहरू ब्रह्माकुमार कुमारी हौ भने
विकारी काम हुनसक्दैन। नत्र धेरै कडा सजाय हुन्छ। देह अभिमानमा आउनाले हामी
भाइ-बहिनी हौं, यो भुलिन्छ। उनी पनि बी.के. हुन्, म पनि बी.के. हुँ त्यसैले विकारको
दृष्टि जानसक्दैन। तर आसुरी सम्प्रदायका मानिसहरू विकार विना रहनसक्दैनन् त्यसैले
विघ्न पार्छन्। अहिले तिमी ब्रह्ममाकुमार कुमारीहरूलाई बाबाबाट वर्सा मिल्छ। बाबाको
श्रीमतमा चल्नुछ, पवित्र बन्नुछ। यो हो यस विकारी मृत्युलोकको अन्तिम जन्म। यो पनि
कसैले जानेका छैनन्। अमरलोकमा कुनै विकार हुँदैन। उनीहरूलाई भनिन्छ नै सतोप्रधान
सम्पूर्ण निर्विकारी। यहाँ छन् तमोप्रधान सम्पूर्ण विकारी। गायन पनि छ– उनीहरू
सम्पूर्ण निर्विकारी, हामी विकारी, पापी हौं। सम्पूर्ण निर्विकारीहरूको पूजा गर्छन्।
बाबाले सम्झाउनुभएको छ– तिमीहरू नै पूज्यबाट फेरि पुजारी बन्छौ। यस समयमा भक्तिको
प्रभाव धेरै छ। भक्तहरूले भगवानलाई याद गर्छन् आएर भक्तिको फल दिनुहोस् भनेर।
भक्तिमा के हालत भएको छ। बाबाले सम्झाउनुभएको छ– मुख्य धर्मशास्त्र ४ छन्। एउटा हो
दैवी धर्म, यसमा ब्राह्मण, देवता, क्षत्रिय तीनै आउँछन्। बाबाले ब्राह्मण धर्म
स्थापना गर्नुहुन्छ। ब्राह्मणहरूको शिखा हो सङ्गमयुग। तिमी ब्राह्मण अहिले
पुरुषोत्तम बनिरहेका छौ। ब्राह्मण बन्यौ फेरि देवता बन्छौ। ती ब्राह्मणहरू त हुन्
विकारी। उनीहरूले पनि यी ब्राह्मणहरूको अगाडि नमस्कार गर्छन्। ब्राह्मण देवी देवताय
नम: भन्छन् किनकि सम्झन्छन् उनीहरू ब्रह्माका सन्तान थिए, हामी त ब्रह्माका सन्तान
होइनौं। अहिले तिमीहरू ब्रह्माका सन्तान हौ। तिमीहरूलाई सबैले नमस्कार गर्छन्। तिमी
फेरि देवी-देवता बन्छौ। अहिले तिमी ब्रह्माकुमार कुमारी बनेका छौ फेरि बन्छौ दैवी
कुमार-कुमारी।
यस समयमा तिम्रो यो
जीवन धेरै धेरै अमूल्य छ किनकि तिमीहरू जगतकी माता भनी गायन गरिएका छौ। तिमीहरू
हदबाट निस्किएर बेहदमा आएका छौ। तिमीलाई थाहा छ– हामी यस जगतको कल्याण गर्नेवाला
हौं। त्यसैले हरेक जगत अम्बा जगतपिता ठहरियौ। यस नर्कमा मानिसहरू धेरै दु:खी छन्,
हामी उनीहरूको सेवा गर्न आएका हौं। हामीले उनीहरूलाई स्वर्गवासी बनाएरै छोड्छौं।
तिमी हौ सेना। यसलाई युद्धस्थल पनि भनिन्छ। यादव, कौरव र पाण्डव एकै ठाउँमा रहन्छन्।
भाइ भाइ हुन् नि। अब तिम्रो युद्ध भाइ-बहिनीहरूसँग होइन, तिम्रो युद्ध हुन्छ
रावणसँग। भाइ-बहिनीहरूलाई तिमीले सम्झाउँछौ, मनुष्यबाट देवता बनाउनको लागि। बाबा
सम्झाउनुहुन्छ देह सहित देहका सबै सम्बन्ध छोड। यो हो पुरानो दुनियाँ। कति ठुला ठुला
बाँध, नहर आदि बनाउँछन् किनकि पानी छैन। प्रजा धेरै बढेका छन्। त्यहाँ त तिमी हुन्छौ
नै धेरै कम। नदीहरूमा पानी पनि धेरै हुन्छ, अनाज पनि धेरै हुन्छ। यहाँ त यस धरतीमा
करोडौं मानिसहरू छन्। त्यहाँ सारा धरतीमा सुरुमा ९-१० लाख हुन्छन्, अरू कुनै खण्ड
हुँदैन। तिमी थोरै मात्रै त्यहाँ हुन्छौ। तिमीलाई कहीँ जानुपर्ने आवश्यकता पनि
हुँदैन। त्यहाँ हुन्छ नै बहारी (सदाबहार) मौसम। ५ तत्त्वले पनि कुनै कष्ट दिँदैनन्,
अर्डरमा रहन्छन्। दु:खको नाम हुँदैन। त्यो हो नै स्वर्ग। अहिले हो नर्क। यो सुरु
हुन्छ बीचबाट। देवताहरू वाममार्गमा गिरेपछि फेरि रावणको राज्य सुरुहुन्छ। तिमीले
बुझेका छौ– हामी डबल शिरताज पूज्य बन्छौं फेरि सिङ्गल ताजवाला बन्छौं। सत्ययुगमा
पवित्रताको पनि निसानी हुन्छ। देवताहरू त सबै हुन्छन् पवित्र। यहाँ कोही पवित्र छैन।
जन्म त फेरि पनि विकारबाट लिन्छन् नि त्यसैले यसलाई भ्रष्टाचारी दुनियाँ भनिन्छ।
सत्ययुग हो श्रेष्ठाचारी। विकारलाई नै भ्रष्टाचार भनिन्छ। बच्चाहरूलाई थाहा छ–
सत्ययुगमा पवित्र प्रवृत्ति मार्ग थियो, अहिले अपवित्र भएका छन्। अब फेरि पवित्र
श्रेष्ठाचारी दुनियाँ बन्छ। सृष्टिको चक्र फिर्छ नि। परमपिता परमात्मालाई नै
पतित-पावन भनिन्छ। मानिसहरूले भनिदिन्छन् भगवानले प्रेरणा दिनुहुन्छ, अब प्रेरणा
मतलव विचार, यसमा प्रेरणाको त कुरा नै छैन। उहाँले स्वयं भन्नुहुन्छ– मलाई शरीरको
आधार लिनुपर्छ। मैले मुख विना कसरी शिक्षा दिउँ? प्रेरणाले कुनै शिक्षा दिइन्छ र!
भगवानले प्रेरणाले केही पनि गर्नुहुन्न। बाबाले त बच्चाहरूलाई पढाउनुहुन्छ।
प्रेरणाले पढाइ कहाँ हुनसक्छ र। बाबा सिवाय सृष्टिको आदि, मध्य, अन्त्यको रहस्य अरू
कसैले पनि बताउन सक्दैन। बाबालाई नै चिनेका छैनन्। कसैले भन्छन् लिङ्ग हुनुहुन्छ,
कसैले भन्छन् अखण्ड ज्योति हुनुहुन्छ। कसैले भन्छन् ब्रह्म नै ईश्वर हुनुहुन्छ।
तत्त्वज्ञानी, ब्रह्मज्ञानी पनि छन् नि। शास्त्रहरूमा देखाइदिएका छन् ८४ लाख योनी।
अब यदि ८४ लाख जन्म हुने भए कल्प धेरै लामो चाहिन्छ। कसैले हिसाबै निकाल्न सक्दैनथे।
उनीहरूले त सत्ययुगलाई नै लाखौ वर्षको भनिदिन्छन्। बाबा भन्नुहुन्छ– सारा सृष्टि
चक्र नै ५ हजार वर्षको छ। ८४ लाख जन्मको लागि त समय पनि त्यत्ति चाहिन्छ नि। यी
शास्त्रहरू हुन् सबै भक्तिमार्गका। बाबा भन्नुहुन्छ– म आएर तिमीलाई यी सबै
शास्त्रहरूको सार सम्झाउँछु। यी सबै भक्तिमार्गका सामग्री हुन्, यसबाट कसैले पनि
मलाई पाउँदैन। म जब आउँछु तब नै सबैलाई लैजान्छु। मलाई बोलाउँछन् पनि, भन्छन्– हे
पतित-पावन आउनुहोस् पावन बनाएर हामीलाई पावन दुनियाँमा लैजानुहोस्! फेरि खोज्नको
लागि धक्का किन खान्छन्? कति टाढाटाढा पहाड आदिमा जान्छन्। आजकाल त कति मन्दिर खाली
हुन्छन्, कोही जाँदैनन्। अहिले तिमी बच्चाहरूले उच्चभन्दा उच्च बाबाको जीवनीलाई पनि
जानेका छौ। पिताले बच्चाहरूलाई सबैथोक दिएर फेरि ६० वर्षपछि वानप्रस्थमा बस्छन्। यो
चलन पनि अहिलेको हो, चाडपर्व पनि सबै यस समयका यादगार हुन् ।
तिमीलाई थाहा छ– अहिले
हामी सङ्गममा खडा छौं। रातपछि फेरि दिन हुन्छ। अहिले त घोर अन्धकार छ। गायन पनि छ
ज्ञान सूर्य प्रगटा.... अहिले तिमीले बाबालाई र रचनाको आदि-मध्य-अन्त्यलाई जानेका
छौ। जसरी बाबा नलेजफुल हुनुहुन्छ, त्यसैगरी तिमी पनि मास्टर नलेजफुल भयौ। तिमी
बच्चाहरूलाई बाबाबाट बेहदको सुखको वर्सा मिल्छ । लौकिक पिताबाट त हदको वर्सा मिल्छ,
जसबाट अल्पकालको सुख मिल्छ। जसलाई संन्यासीहरूले काग विष्टा समान सुख भन्छन्।
उनीहरूले फेरि यहाँ आएर सुखको लागि पुरुषार्थ गर्न सक्दैनन्। उनीहरू हुन् नै हठयोगी,
तिमी हौ राजयोगी। तिम्रो योग छ बाबासँग, उनीहरूको छ तत्त्वसँग। यो पनि ड्रामा बनेको
छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) पावन बन्नको लागि हामी आत्मा भाइ भाइ हौं, फेरि ब्रह्माबाबाका सन्तान भाइ-बहिनी
हौं– यो दृष्टि पक्का गर्नुछ। आत्मा र शरीर दुवैलाई पावन सतोप्रधान बनाउनुछ। देह
अभिमानलाई छोडिदिनुछ।
२) मास्टर नलेजफुल
बनेर सबैलाई रचयिता र रचनाको ज्ञान सुनाएर घोर अन्धकारबाट निकाल्नुछ। नर्कवासी
मानिसहरूको रूहानी सेवा गरेर स्वर्गवासी बनाउनुछ।
वरदान:–
मास्टर ज्ञान
सागर बनेर ज्ञानको गहिराइमा जाने अनुभव रुपी रत्नहरूले सम्पन्न भव
जुन बच्चाहरू ज्ञानको
गहिराइमा जान्छन्, तिनीहरू अनुभव रुपी रत्नहरूले सम्पन्न बन्छन्। एउटा हुन्छ ज्ञान
सुन्ने र सुनाउने, अर्को हुन्छ अनुभवी मूर्त बन्ने। अनुभवी सदा अविनाशी र निर्विघ्न
रहन्छन्। उनीहरूलाई कसैले पनि हल्लाउन सक्दैन। अनुभवीको अगाडि मायाको कुनै पनि
कोसिस सफल हुँदैन। अनुभवीले कहिल्यै धोका खान सक्दैनन्। त्यसैले अनुभवहरूलाई बढाउँदै
हरेक गुणको अनुभवी मूर्त बन। मनन शक्तिद्वारा शुद्ध सङ्कल्पहरूको स्टक जम्मा गर।
स्लोगन:–
फरिस्ता त्यो
हो जो देहको सूक्ष्म अभिमानको सम्बन्धबाट पनि न्यारा छ।