18.04.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी ले बाबाद्वारा सम्मुख पढिरहेका छौ , तिमी सत्ययुगी बादसाही को लायक बन्नको लागि पावन अवश्य ब न्नुछ ।”

प्रश्न:–
बाबाको कुन कर्तव्यलाई तिमी बच्चाहरूले मात्र जान्दछौ?

उत्तर:–
तिमीलाई थाहा छ– हाम्रो बाबा, बाबा पनि हुनुहुन्छ, टिचर र सदगुरु पनि हुनुहुन्छ। बाबा कल्पको सङ्गमयुगमा आउनुहुन्छ, पुरानो दुनियाँलाई नयाँ बनाउन, एक आदि सनातन धर्मको स्थापना गर्न। बाबाले अहिले हामी बच्चाहरूलाई मनुष्यबाट देवता बनाउनको लागि पढाइरहनुभएको छ। बाबाको यो कर्तव्य हामी बच्चाहरूबाहेक अरू कसैले जान्दैन।

गीत:–
भोलेनाथ से निराला...

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ त बच्चाहरूलाई बारम्बार सम्झाइएको छ। ओम् अर्थात् म आत्मा हुँ र यो मेरो शरीर हो। शरीरले पनि भन्न सक्छ– यो मेरो आत्मा हो। जसरी शिवबाबा भन्नुहुन्छ– तिमी मेरा हौ। बच्चाहरूले भन्छन्– बाबा हजुर मेरो हुनुहुन्छ। त्यसैगरी आत्माले पनि भन्छ– मेरो शरीर। शरीरले भन्छ– मेरो आत्मा। अहिले आत्मालाई थाहा छ– म अविनाशी हुँ। आत्मा बिना शरीरले केही गर्न सक्दैन। शरीर त छ, भन्छन्– मेरो आत्मालाई तकलिफ नदेऊ। मेरो आत्मा पाप आत्मा हो वा मेरो आत्मा पुण्य आत्मा हो। तिमीलाई थाहा छ– मेरो आत्मा सत्ययुगमा पुण्य आत्मा थियो। आत्माले स्वयं पनि भन्छ– म सत्ययुगमा सतोप्रधान अथवा सक्कली सुन थिएँ। सुनको कुरा होइन, यो एउटा उदाहरण दिइएको हो। हाम्रो आत्मा पवित्र थियो, सत्ययुगी थियो। अहिले त भन्छन्– म अपवित्र छु। दुनियाँले यो जान्दैनन्। तिमीलाई त श्रीमत मिल्छ। तिमीले अहिले जान्दछौ– हाम्रो आत्मा सतोप्रधान थियो, अहिले तमोप्रधान बनेको छ। हरेक चीज यस्तै हुन्छ। बाल, युवा, वृद्ध... हरेक चीज नयाँबाट पुरानो अवश्य हुन्छ। दुनियाँ पनि पहिला सत्ययुगी सतोप्रधान थियो फेरि तमोप्रधान कलियुगी बनेको छ, त्यसैले त दुःखी छ। सतोप्रधान अर्थात् सुध्रिएको, तमोप्रधान अर्थात् बिग्रिएको। गीतमा पनि भन्छन्, बिग्रेकोलाई बनाउने... पुरानो दुनियाँ बिग्रिएको छ किनकि रावण राज्य छ र सबै पतित छन्। सत्ययुगमा सबै पावन थिए, त्यसलाई नयाँ निर्विकारी दुनियाँ भनिन्छ। यो हो पुरानो विकारी दुनियाँ। अहिले कलियुग हो। यी सबै कुरा कुनै स्कुल, कलेजमा पढाइँदैन। भगवान आएर पढाउनुहुन्छ र राजयोग सिकाउनुहुन्छ। गीतामा लेखिएको छ भगवानुवाच– श्रीमत भगवत् गीता। श्रीमत अर्थात् श्रेष्ठ मत। श्रेष्ठभन्दा श्रेष्ठ उच्चभन्दा उच्च भगवान हुनुहुन्छ। उहाँको नाम एक्युरेट शिव हो। रुद्र जयन्ती वा रुद्र रात्रि भनेको कहिल्यै सुनेका छैनौ होला। शिवरात्रि भनिन्छ। शिव त निराकार हुनुहुन्छ। अब निराकारको रात्रि वा जयन्ती कसरी मनाइन्छ। श्रीकृष्णको जयन्ती त ठीक छ। उनलाई भन्छन् फलानाको बच्चा हुन्, उनको तिथि तारिख देखाउँछन्। शिवको लागि त कसैले जान्दैनन्– कहिले जन्मिनुभयो। यो त जान्नुपर्छ नि। अब तिमीलाई समझ मिलेको छ– श्रीकृष्णले सत्ययुग आदिमा कसरी जन्म लिए। तिमीले भन्नेछौ– त्यतिबेलादेखि अहिले ५ हजार वर्ष भयो। उनीहरूले पनि भन्छन्– क्राइस्टभन्दा ३ हजार वर्ष पहिला भारतवर्ष प्याराडाइज स्वर्ग थियो। इस्लामीहरू भन्दा पहिला चन्द्रवंशी, उनीहरभन्दा पनि पहिला सूर्यवंशी थिए। शास्त्रहरूमा सत्ययुगको अवधि लाखौँ वर्ष भनिदिएका छन्। गीता हो मुख्य। गीताबाट नै देवीदेवता धर्म स्थापना भयो। त्यो सत्ययुग-त्रेतासम्म चल्यो अर्थात् गीता शास्त्रबाट आदि सनातन देवीदेवता धर्मको स्थापना, परमपिता परमात्माले गर्नुभयो। त्यसपछि त आधाकल्प न कुनै शास्त्र भयो, न कुनै धर्म स्थापक भयो। बाबा आएर ब्राह्मणहरूलाई देवता-क्षत्रिय बनाउनुभयो। अर्थात् बाबाले ३ धर्म स्थापना गर्नुहुन्छ। यो हो छोटो (लिप) धर्म। यसको अवधि छोटो हुन्छ। त्यसैले सर्व शास्त्रमयी शिरोमणि गीता भगवानले गायन गर्नु भएको हो। बाबा पुनर्जन्ममा आउनुहुन्न। बाबाको जन्म हुन्छ, तर बाबा भन्नुहुन्छ– म गर्भमा आउँदिनँ। मेरो पालना हुँदैन। सत्ययुगमा जतिपनि बच्चाहरू हुन्छन् तिनीहरू गर्भ महलमा रहन्छन्। रावणराज्यमा गर्भजेलमा आउनुपर्छ। पाप जेलमा भोगिन्छ। गर्भमा प्रतिज्ञा गर्छन्, हामीले पाप गर्दैनौँ, तर यो हो नै पाप आत्माहरूको दुनियाँ। बाहिर निस्किनासाथ फेरि पाप गर्न थाल्छन्। जहाँको त्यहीँ रह्यो... यहाँ पनि धेरैले प्रतिज्ञा गर्छन्– हामीले पाप गर्दैनौँ। एकअर्कामाथि कामकटारी चलाउँदैनौँ किनकि यो विकारले आदि-मध्य-अन्त्य दुःख दिन्छ। सत्ययुगमा विष हुँदैहुदैन। त्यसैले मनुष्यले आदि-मध्य-अन्त्य २१ जन्म दुःख भोग्दैनन् किनकि रामराज्य हुन्छ। त्यसको स्थापना अब फेरि बाबाले गरिरहनुभएको छ। सङ्गममा नै स्थापना हुन्छ नि। जति पनि धर्म स्थापना गर्न आउँछन् उनीहरूले कुनै पनि पाप गर्दैनन्। आधा समय हुन्छन् पुण्य आत्मा, फेरि आधा समयपछि पाप आत्मा बन्छन्। तिमी सत्ययुग त्रेतामा पुण्य आत्मा हुन्छौ, फेरि पाप आत्मा बन्छौ। सतोप्रधान आत्मा माथिबाट आउँनासाथ उसले सजाय खान पर्दैन। क्राइस्टको आत्मा धर्म स्थापना गर्न आयो, उसलाई कुनै सजाय मिल्दैन। भन्छन्– क्राइस्टलाई क्रसमा चढाइयो तर उनको आत्माले कुनै विकर्म आदि गरेकै हुँदैन। उनी जसको शरीरमा प्रवेश गर्छन् उसलाई दुःख हुन्छ। उसले सहन गर्छ। जसरी यस शरीरमा बाबा आउनुहुन्छ, उहाँ त हुनुहुन्छ नै सतोप्रधान। कुनै पनि दुःख तकलिफ यिनको आत्मालाई हुन्छ, शिवबाबालाई हुँदैन। उहाँ त सदैव सुखशान्तिमा रहनुहुन्छ। सदैव सतोप्रधान हुनुहुन्छ। तर आउनुहुन्छ त यो पुरानो शरीरमा नि। त्यसो त क्राइस्टको आत्माले जसमा प्रवेश गर्छ त्यस शरीरलाई दुःख हुन सक्छ, क्राइस्टको आत्माले दुःख भोग्न पर्दैन किनकि सतो-रजो-तमोमा आउँछ। नयाँ नयाँ आत्माहरू पनि त आउँछन् नि। उनीहरूले पहिला अवश्य सुख भोग्नुपर्छ, दुःख भोग्न पर्दैन। नियमले भन्दैन। यिनमा बाबा बस्नुभएको छ, कुनै पनि तकलिफ यिनलाई (दादालाई) हुन्छ न कि शिवबाबालाई। तर यी कुराहरू तिमीले मात्र जान्दछौ अरू कसैलाई थाहा छैन।

यो सबै राज अहिले बाबा बसेर सम्झाउनुहुन्छ। यो सहज राजयोगद्वारा नै स्थापना भएको थियो फेरि भक्तिमार्गमा यिनै कुराहरू गायन गरिन्छ। यस सङ्गममा जे जति हुन्छ, त्यो गायन गरिन्छ। भक्तिमार्ग सुरु हुन्छ त्यसपछि फेरि शिवबाबाको पूजा हुन्छ। पहिला सुरुमा भक्ति कसले गर्छ, तिनै लक्ष्मीनारायण राज्य गर्नेबेलामा पूज्य थिए फेरि वाममार्गमा आउँछन् त्यसपछि फेरि पूज्यबाट पुजारी बन्छन्। बाबा सम्झाउनुहुन्छ– तिमी बच्चाहरूको पहिला सुरुमा बुद्धिमा आउनुपर्छ, निराकार परमपिता परमात्माले यिनीद्वारा हामीलाई पढाउनुहुन्छ। सारा विश्वमा अरू कुनै ठाउँ यस्तो हुन सक्दैन, जहाँ यसरी सम्झाइन्छ। बाबा आएर विश्वलाई फेरि स्वर्गको वर्सा दिनुहुन्छ। त्रिमूर्तिको तल लेखिएको छ– दैवी विश्व स्वाराज्य तिम्रो ईश्वरीय जन्मसिद्ध अधिकार हो। शिवबाबा आएर तिमी बच्चाहरूलाई स्वर्गको बादसाहीको वर्सा दिइरहनुभएको छ, लायक बनाइरहनुभएको छ। तिमीलाई थाहा छ– बाबा हामीलाई लायक बनाइरहनुभएको छ, हामी पतित थियौँ नि। पावन बन्नेछौँ। फेरि यो शरीर रहँदैन। रावणद्वारा हामी पतित बनेका छौँ फेरि परमपिता परमात्माले पावन बनाएर पावन दुनियाँको मालिक बनाउनुहुन्छ। उहाँ नै ज्ञानको सागर पतितपावन हुनुहुन्छ। यहाँ निराकार बाबाले हामीलाई पढाइरहनुभएको छ। सबैले त सँगसँगै पढ्न सक्दैनन्। तिमीहरू थोरै मात्र सम्मुख बसेका छौ बाँकी सबै बच्चाहरूलाई थाहा छ– अहिले शिवबाबा ब्रह्माको तनमा बसेर सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ होला। त्यो मुरली लिखतमा आउँछ। अरू सत्सङ्गहरूमा यस्तो कहाँ सम्झन्छन् र। आजकाल टेप मेसिन पनि निस्किएको छ त्यसैले भरेर पठाइदिन्छन्। उनीहरूले भन्छन्– फलाना नामका गुरुले सुनाउँछन्, बुद्धिमा मनुष्य नै हुन्छ। यहाँ त त्यो कुरा छैन। यहाँ निराकार बाबा त ज्ञानका सागर हुनुहुन्छ। मनुष्यलाई ज्ञानका सागर भनिँदैन। गायन गर्छन्– परमपिता परमात्मा ज्ञानका सागर, शान्तिका सागर, आनन्दका सागर हुनुहुन्छ। त्यसोभए उहाँको वर्सा पनि हुनुपर्छ नि। उहाँमा जुन गुण छन् ती बच्चाहरूलाई मिल्नुपर्छ, अहिले मिलिरहेको छ। ती गुणहरूलाई धारण गरेर हामी लक्ष्मीनारायणजस्ता बनिरहेका छौँ। सबै त राजारानी बन्दैनन्। गायन गरिन्छ– राजारानी मन्त्री... त्यहाँ मन्त्री पनि हुँदैन। महाराजा-महारानीमा पावर हुन्छ। विकारी बनेपछि मात्र मन्त्री आदि बनाउँछन्। पहिला मिनिस्टर आदि पनि थिएनन्। त्यहाँ त एक राजारानीको राज्य चल्थ्यो। उनीहरूलाई मन्त्रीको के आवश्यकता, राय लिने आवश्यकता हुँदैन, त्यतिबेला देवताहरू स्वयं मालिक हुन्छन्। यो हो इतिहास भूगोल। तर पहिला सुरुमा त उठ्दाबस्दा यो बुद्धिमा आउनुपर्छ– हामीलाई बाबा पढाउनुहुन्छ, योग सिकाउनुहुन्छ। यादको यात्रामा रहनुछ। अब नाटक पूरा हुन्छ, हामी बिल्कुल पतित बनेका छौँ किनकि विकारमा जान्छौँ त्यसैले पाप आत्मा भनिन्छ। सत्ययुगमा पाप आत्मा हुँदैनन्। त्यहाँ हुन्छन् पुण्य आत्माहरू। त्यो हो प्रारब्ध, जसको लागि तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ। तिम्रो हो यादको यात्रा, जसलाई भारतवर्षको योग भनिन्छ। तर अर्थ त बुझ्दैनन्– योग अर्थात् याद। जसबाट विकर्म विनाश हुन्छन् फेरि यो शरीर छोडेर घर जानेछौँ, त्यसलाई स्विट होम भनिन्छ। आत्माले भन्छ, हामी त्यस शान्तिधामका निवासी हौँ। हामी त्यहाँबाट नाङ्गै (अशरीरी) आएका हौँ, यहाँ पार्ट खेल्नको लागि शरीर लिएका हौँ। यो पनि सम्झाइएको छ– माया ५ विकारहरूलाई भनिन्छ। यी पाँच भूत हुन्। कामको भूत, क्रोधको भूत, नम्बरवन हो देह अभिमानको भूत। बाबा सम्झाउनुहुन्छ– सत्ययुगमा यी विकार हुँदैनन्, त्यसलाई निर्विकारी दुनियाँ भनिन्छ। विकारी दुनियाँलाई निर्विकारी बनाउनु, यो त बाबाकै काम हो। उहाँलाई नै सर्वशक्तिमान् ज्ञानको सागर, पतितपावन भनिन्छ। यस समयमा सबै भ्रष्टाचारबाट पैदा हुन्छन्। सत्ययुगमा नै निर्विकारी दुनियाँ हुन्छ। बाबा भन्नुहुन्छ– अब तिमी विकारीबाट निर्विकारी बन्नुछ। भन्छन्– यस विकार विना बच्चा कसरी पैदा हुन्छन्। बाबा सम्झाउनुहुन्छ– अहिले तिम्रो यो अन्तिम जन्म हो। मृत्युलोक नै समाप्त हुनुछ फेरि यसपछि विकारी मानिसहरू हुँदैनन् त्यसैले बाबासँग पवित्र बन्ने प्रतिज्ञा गर्नुछ। भन्छन्– बाबा हामीले हजुरबाट वर्सा अवश्य लिन्छौँ। उनीहरूले झुटो कसम खान्छन्। भगवान जसको लागि कसम खान्छन्, उहाँलाई त चिन्दैनन्। उहाँ कहिले कसरी आउनुहुन्छ उहाँको नाम, रूप, देश, काल के हो, केही पनि जान्दैनन्। बाबा आएर आफ्नो परिचय दिनुहुन्छ। अहिले तिमीलाई परिचय मिलिरहेको छ। दुनियाँ भरमा कसैले पनि परमपिता परमात्मालाई चिन्दैनन्। बोलाउँछन् पनि, पूजा पनि गर्छन् तर कर्तव्यलाई जान्दैनन्। अहिले तिमीले जान्दछौ– परमपिता परमात्मा हाम्रो बाबा, टिचर, सदगुरु हुनुहुन्छ। उहाँ बाबाले स्वयं परिचय दिनुभएको छ– म तिम्रो बाबा हुँ। मैले यस शरीरमा प्रवेश गरेको छु। प्रजापिता ब्रह्माद्वारा स्थापना हुन्छ। कसको? ब्राह्मणहरूको। फेरि तिमी ब्राह्मण पढेर देवता बन्छौ। म आएर तिमीलाई शूद्रबाट ब्राह्मण बनाउँछु। बाबा भन्नुहुन्छ– म आउँछु नै– कल्पको सङ्गमयुगमा। कल्प ५ हजार वर्षको हुन्छ। यो सृष्टिचक्र त घुमिरहन्छ। म आउँछु, पुरानो दुनियाँलाई नयाँ बनाउन। पुराना धर्महरूको विनाश गराउन फेरि मैले आदि सनातन देवीदेवता धर्म स्थापना गर्छु। बच्चाहरूलाई पढाउँछु फेरि तिमी पढेर २१ जन्मको लागि मनुष्यबाट देवता बन्छौ। देवताहरू त सूर्यवंशी, चन्द्रवंशी, प्रजा सबै हुन्छन्। बाँकी पुरुषार्थ अनुसार उच्च पद पाउनेछौ। अहिले जसले जति पुरुषार्थ गर्छन् त्यही कल्प कल्प चल्नेछ। सम्झन्छन्, कल्प कल्प यस्तो पुरुषार्थ गर्छन्, गएर यस्तै पद पाउँछन्। हामीलाई निराकार भगवानले पढाउनुहुन्छ भन्ने कुरा तिमी बच्चाहरूको बुद्धिमा छ। उहाँलाई याद गरेमा नै विकर्म विनाश हुन्छन्। याद नगरी विकर्म विनाश हुन सक्दैन। मानिसहरूलाई यो पनि थाहा छैन– हामीले कति जन्म लिन्छौँ। शास्त्रहरूमा कसैले गफ लगाइदिएका छन्– ८४ लाख जन्म। अहिले तिमीलाई थाहा छ– ८४ जन्म हुन्छन्। यो अन्त्यको जन्म हो फेरि हामी स्वर्गमा जानुछ। पहिला मूलवतनमा गएर फेरि स्वर्गमा आउनेछौँ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको यादप्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबासँग जुन पवित्र बन्ने प्रतिज्ञा गरेका छौ त्यसमा पक्का रहनुछ। काम, क्रोध आदि भूतहरूमाथि विजय अवश्य प्राप्त गर्नुछ।

२) हिँड्दाडुल्दा हरेक कार्य गर्दा शिक्षक बाबालाई याद गर्नुछ। अब नाटक पूरा भइरहेको छ त्यसैले यो अन्तिम जन्ममा पवित्र अवश्य बन्नुछ।

वरदान:–
सर्व खजानाले भरपुर बनेर आफ्नो चेहरा द्वारा सेवा गर्ने सच्चा सेवाधारी भव

जो बच्चा सर्व खजानाले सदासम्पन्न वा भरपुर रहन्छन् उनीहरूको नयन वा मस्तकद्वारा ईश्वरीय नसा देखिन्छ। उनीहरूको चेहराले नै सेवा गर्छ। कसैसँग धेरै अथवा थोरै जम्मा भएको छ भने त्यो पनि उनीहरूको चेहराबाट देखिन्छ। जसरी कोही उच्च कुलको रहेछन् भने उनीहरूको अनुहारबाट त्यो झलक र शुद्ध गर्व देखिन्छ। त्यस्तै तिम्रो चेहराले हर सङ्कल्प हर कर्मलाई स्पष्ट गरोस् अनि भनिन्छ सच्चा सेवाधारी।

स्लोगन:–
समय र सङ्कल्पको खजानाको बचत गरेर जम्माको खाता बढाऊ।

अव्यक्त इसारा:– महान् बन्नको लागि मधुरता र नम्रताको गुण धारण गर

एकअर्कालाई मीठाइ खुवाउँदा त्यसमा थोरै समयको लागि मुख मीठो हुन्छ तर स्वयं नै मीठो बन, मुखमा सदैव मधुर वचन हुन्। जसरी मीठाइ खाँदा र खुवाउँदा खुसी हुन्छौ त्यसैगरी मधुर बोलीले स्वयंलाई पनि खुसी पार्छ र अरूलाई पनि खुसी बनाइदिन्छ। यसबाट सदा सर्वको मुख मीठो पार्दै जाऊ, सदा मीठो दृष्टि, मीठो बोली, मीठो कर्म होस्।