18.06.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
अवगुणहरूलाई निकाल्ने पूरा पुरुषार्थ गर , जुन गुणको कमी छ त्यसको चार्ट राख।
गुणहरूको दान गर्यौ भने गुणवान् बन्छौ।”
प्रश्न:–
गुणवान् बन्नको
लागि कुनचाहिँ पहिलो श्रीमत मिलेको छ?
उत्तर:–
प्यारा
बच्चाहरू! गुणवान् बन्नको लागि– (१) कसैको पनि देहलाई नहेर। आफूलाई आत्मा सम्झ। एक
बाबाले भनेको सुन, एक बाबालाई हेर। मनुष्य मतलाई नहेर। (२) देह अभिमानको वश भएर
यस्तो कुनै चालचलन नहोस्, जसबाट बाबाको वा ब्राह्मण कुलको नाम बदनाम हुन्छ। उल्टो
चालचलन भएको गुणवान् बन्न सक्दैन। उसलाई कुल कलङ्कित भनिन्छ।
ओम् शान्ति ।
(बापदादाको
हातमा मोतीका फूल थिए) बाबाले साक्षात्कार गराउनु हुन्छ, यस्तै सुगन्धित फूल बन्नु
छ। तिमी बच्चाहरूलाई थाहा छ, जानेका पनि छौ, अवश्य पनि हामी फूल बनेका थियौँ।
गुलाबका फूल, मोतीका फूल पनि बनेका थियौँ अथवा हीरा पनि बनेका थियौँ, अहिले फेरि
बनिरहेका छौं। यो हो सत्य, पहिला त थियो झुटो। झुटै झुटो, रतिभर पनि सत्य थिएन।
अहिले तिमी सच्चा बन्छौ त्यसैले सच्चामा सबै गुणहरू पनि हुनुपर्यो। जति जसमा गुण छन्,
त्यति अरूलाई पनि दान दिएर आफूसमान बनाउन सक्छ। त्यसैले बाबाले बच्चाहरूलाई
भनिरहनुहुन्छ– प्यारा बच्चाहरू! आफ्ना गुणहरूको चार्ट राख । म भित्र कुनै अवगुण त
छैन? म भित्र कुनचाहिँ दैवीगुणको कमी छ? दिनहुँ रातमा आफ्नो चार्ट चेक गर। दुनियाँका
मानिसहरूको कुरा अलग्गै हो। तिमी अहिले मनुष्य त होइनौ नि। तिमी हौ ब्राह्मण। हुन त
सबै मनुष्य नै हुन्। तर हरेकको गुणमा, चालचलनमा फरक पर्छ। मायाको राज्यमा पनि कुनै
कुनै मनुष्य धेरै राम्रो गुणवान् हुन्छन् तापनि बाबालाई चिन्दैनन्। धेरै धार्मिक
प्रवृत्तिका हुन्छन्, कोमल मनका हुन्छन्। दुनियाँमा त मनुष्यहरूमा गुणहरूको भेराइटी
हुन्छ। फेरि देवता बनेपछि भने दैवीगुण त सबैमा हुन्छ। तर पढाइको कारण पद सानो हुन्छ।
एकातिर पढ्नु छ, अर्कोतिर अवगुण पनि निकाल्नु छ। यो त बच्चाहरूले जानेका छौ– हामी
सारा दुनियाँबाट भिन्नै छौं। यहाँ एउटै ब्राह्मण कुलका बसेका छौ। शूद्र कुलमा हुन्छ
मनुष्यमत। ब्राह्मण कुलमा हुन्छ ईश्वरीय मत। सबै भन्दा पहिला तिमीले बाबाको परिचय
दिनु छ, तिमीले बताउँछौ फलानाले विवाद गर्छ। बाबाले सम्झाउनु भएको थियो, लेखिदेऊ
हामी ब्राह्मण अथवा बी.के. छौं ईश्वरीय मतमा तब सम्झन्छन्– यो भन्दा उच्च त कोही पनि
छैन। सबै भन्दा उच्च हुनुहुन्छ भगवान, त्यसैले हामी उहाँका बच्चाहरू पनि उहाँकै मतमा
छौं। मनुष्य मतमा चल्दैनौँ, ईश्वरीय मतमा चलेर हामी देवता बन्छौं। मनुष्य मत
बिल्कुलै छोडिदिएका छौं। फेरि तिमीसँग कसैले पनि विवाद गर्न सक्दैन। कसैले यो कहाँ
सुन्यौ, कसले सिकायो भन्छ भने तिमीले भन्नेछौ– हामी छौं ईश्वरीय मतमा। प्रेरणाको
कुरा होइन। बेहदका पिता ईश्वरबाट हामीले जानेका हौं। भन, भक्तिमार्गका शास्त्रमतमा
त हामी धेरै समयसम्म चल्यौँ। अहिले हामीलाई प्राप्त भएको छ ईश्वरीय मत। तिमी
बच्चाहरूले बाबाकै महिमा गर्नु पर्छ। सबै भन्दा पहिला बुद्धिमा राख्नु छ, म ईश्वरीय
मतमा छु। मनुष्य मतमा म चल्दिन, सुन्दिन। ईश्वरले भन्नु भएको छ– नराम्रो नसुन,
नराम्रो नहेर... मनुष्य मत। आत्मालाई हेर, शरीरलाई नहेर। यो त पतित शरीर हो। यसलाई
के हेर्नु छ र, यी आँखाबाट यो शरीर नहेर। यो शरीर त पतितै पतित छ। यहाँको यो शरीर त
सुध्रिँदैन, अझ पुरानो हुन्छ। दिनप्रतिदिन सुध्रिन्छ आत्मा। आत्मा नै अविनाशी छ
त्यसैले बाबा भन्नुहुन्छ नराम्रो नहेर। शरीरलाई पनि हेर्नु छैन। देहसहित देहका जति
पनि सम्बन्ध छन्, तिनीहरूलाई बिर्सिनु छ। आत्मालाई हेर, एक परमात्मा बाबाले भनेको
सुन, यसैमा मेहनत छ। तिमीले महसुस गर्छौ, यो ठुलो विषय हो। जो होसियार छन्,
उनीहरूलाई पद पनि त्यति नै उच्च प्राप्त हुन्छ। सेकेन्डमा जीवनमुक्ति प्राप्त हुन
सक्छ। तर यदि पूरा पुरुषार्थ नगर्ने हो भने सजाय पनि धेरै खानुपर्ने छ।
तिमी बच्चाहरू बाबाको
परिचय दिनको लागि अन्धाको लट्ठी बन्छौ। आत्मालाई देखिँदैन, अनुभव गरिन्छ वा जानिन्छ।
आत्मा कति सानो छ। यो आकाश तत्त्वमा हेर मनुष्यले कति स्थान लिन्छ। मनुष्य त आउँदै
जाँदै गरिरहन्छन्। आत्मा कहाँ आउने जाने गर्छ र? आत्माको कति सानो स्थान होला!
विचार गर्ने कुरा हो। आत्माहरूको समूह हुन्छ। शरीरको तुलनामा आत्मा कति सानो छ,
त्यसले कति सानो स्थान लिन्छ। तिमीलाई त बस्नको लागि धेरै स्थान चाहिन्छ। अहिले तिमी
बच्चाहरू विशाल बुद्धिका बनेका छौ। बाबाले नयाँ दुनियाँको लागि नयाँ कुरा सम्झाउनु
हुन्छ। बताउनेवाला पनि नयाँ हुनुहुन्छ। मनुष्यले त सबैसँग कृपा माग्छन्। आफूसँग
तागत छैन, जसले आफूलाई कृपा गर्न सक्छन्। तिमीलाई तागत मिलेको छ। तिमीले बाबाबाट
वर्सा लिएका छौ, अरू कसैलाई पनि दयालु भनिदैन। मनुष्यलाई कहिल्यै देवता भन्न
सकिँदैन। दयालु एक बाबा मात्रै हुनुहुन्छ, जसले मनुष्यलाई देवता बनाउनु हुन्छ।
त्यसैले भन्ने गर्छन्– परमपिता परमात्माको महिमा अपरम्पार छ, त्यसको कुनै सीमा छैन।
अहिले तिमीले जान्दछौ उहाँको दयाको कुनै सिमा छैन। बाबाले जुन नयाँ दुनियाँ बनाउनु
हुन्छ त्यसमा सबै कुरा नयाँ हुन्छ। मनुष्य, पशुपक्षी सबै सतोप्रधान हुन्छन्। बाबाले
सम्झाउनु भएको छ– तिमी उच्च बन्छौ अनि तिम्रा फर्निचर आदि पनि त्यस्तै उच्च हुन्छन्
भनेर गायन गरिएको छ। बाबालाई पनि भन्छन्– उच्च भन्दा उच्च, जसबाट विश्वको बादसाही
प्राप्त हुन्छ। बाबाले स्पष्ट भन्नुहुन्छ– मैले हत्केलामा स्वर्ग लिएर आउँछु।
उनीहरूले हत्केलाबाट केसर आदि निकाल्छन्, यहाँ त पढाइको कुरा छ। यो हो सच्चा पढाइ।
मैले पढिरहेको छु भन्ने तिमीले जान्दछौ। पाठशालामा आएका छौ, तिमीले धेरै पाठशालाहरू
खोल्यौ भने तिम्रो चालचलन पनि देख्नेछन्। कसैले उल्टो चालचलन चले भने नाम बदनाम
गरिदिन्छन्। देह अभिमानीको चालचालन नै अर्कै हुन्छ। देखिन्छ– यस्तै चालचलन हुने हो
भने फेरि सबैमाथि कलङ्क लाग्छ। सम्झन्छन्– यिनको चालचलनमा कुनै परिवर्तन भएन भने त
बाबाकै निन्दा गराए नि! समय लाग्छ। सारा दोष त्यसैमाथि आउँछ। चालचलन धेरै राम्रो
हुनुपर्छ। तिम्रो चरित्र सुधार हुनमा कति समय लाग्छ। तिमीले बुझ्छौ– कसैकसैको
चरित्र धेरै राम्रो फस्टक्लास हुन्छ। त्यो देखिन्छ पनि। बाबाले एक एक बच्चालाई
हेर्नुहुन्छ, यिनमा के कमी छ जसलाई निकाल्नु पर्छ। एक एकको जाँच गर्नुहुन्छ। कमी त
सबैका हुन्छन्। त्यसैले बाबाले सबैलाई हेरिरहनुहुन्छ। परिणाम हेरिरहनुहुन्छ। बाबाको
त बच्चाहरूप्रति प्यार छ नि! जान्नुहुन्छ– यिनमा यो कमजोरी छ, त्यसैले यसले त्यति
उच्च पद पाउन सक्दैन। यदि कमी निस्किएनन् भने त धेरै कठिन हुन्छ। देख्नेबित्तिकै
थाहा हुन्छ। यो त जान्नुहुन्छ– अझै समय बाँकी छ। एक एकको जाँच गर्नुहुन्छ, बाबाको
दृष्टि एक एकका गुणहरू माथि पर्छ। सोध्नुहुन्छ– तिमीमा कुनै अवगुण त छैन? बाबाको
अगाडि त सबैले सत्य बताइदिन्छन्। कसै कसैमा देह अभिमान छ भने बताउँदैनन्। बाबाले त
भनिरहनुहुन्छ– आफै जसले गर्छ ऊ देवता। भनेर गर्ने त्यो मनुष्य, जसले भनेर पनि
गर्दैन...। बाबा भन्नुहुन्छ– जति पनि कमजोरीहरू छन्, यस जन्मका, ती सबै बाबाको अगाडि
आफै बताऊ। बाबाले त सबैलाई भन्नुहुन्छ– सर्जनका अगाडि कमजोरीहरू बताउनु पर्छ। शरीरको
बिमारी होइन, मन भित्रको बिमारी बताउनु पर्छ। तिम्रो मनमा के के आसुरी विचारहरू
आउँछन्? यसै विषयमा बाबाले सम्झाउनु हुन्छ। जबसम्म अवगुण निस्किँदैन, यस अवस्थामा
तिमीले त्यति उच्च पद पाउन सक्दैनौ, अवगुणले त धेरै निन्दा गराउँछ। भगवानले यिनलाई
पढाउनु हुन्छ! यसमा मनुष्यलाई शङ्का लाग्छ। भगवान त नाम रूपबाट अलग हुनुहुन्छ,
सर्वव्यापी हुनुहुन्छ, उहाँले कसरी यिनीहरूलाई पढाउनु हुन्छ, यिनको चालचलन कस्तो छ।
यो त बाबाले जान्नुहुन्छ– तिम्रो गुण कस्तो फस्टक्लास हुनुपर्छ। अवगुण लुकाउँछौ
त्यसैले त्यति तीर लाग्दैन। त्यसैले जति हुन सक्छ आफूभित्र जुन अवगुण छ त्यसलाई
निकाल्दै जाऊ। नोट गर, मभित्र यी यी कमजोरीहरू छन्, त्यसैले भित्र भित्रै मन खान्छ।
घाटा पर्यो भने मन खान्छ। व्यापारीहरूले आफ्नो खाता दिनहुँ राख्छन्– आज कति फाइदा
भयो, दिनदिनैको खाता हेर्छन्। यहाँ बाबाले पनि भन्नुहुन्छ– दिनहुँ आफ्नो चालचलन हेर।
नत्र आफ्नै नोक्सान पार्नेछौ। बाबाको इज्जत गुमाउनेछौ। गुरुको निन्दा गराउनेले ठाउँ
पाउँदैन। देह अभिमानीले ठाउँ पाउँदैन। देहीअभिमानीले राम्रो स्थान प्राप्त गर्छन्।
देहीअभिमानी बन्नको लागि नै सबैले पुरुषार्थ गर्छन्। दिनप्रतिदिन सुध्रिँदै जान्छन्।
देह अभिमानबाट जुन कर्म हुन्छ, त्यसलाई छुटाउँदै जानुपर्छ। देह अभिमानबाट अवश्य पनि
पाप हुन्छ, त्यसैले देहीअभिमानी बन। जन्मदै कोही पनि राजा हुँदैन, यो त बुझ्न सक्छौ।
देहीअभिमानी बन्नमा समय त लाग्छ नि। यो पनि तिमीले बुझ्छौ, अहिले हामी फर्केर जानु
छ। बाबासँग बच्चाहरू आउँछन्। कोही ६ महिना पछि आउँछन्, कोही ८ महिना पछि आउँछन्।
बाबाले हेर्नुहुन्छ– यति समयमा के उन्नति भएको छ? दिनप्रतिदिन केही सुध्रिरहन्छन्
वा दालमा केही कालो छ? कसैले ज्ञानमा चल्दा चल्दै पढाइ छोडिदिन्छन्। बाबा
भन्नुहुन्छ– यो के हो, भगवानले तिमीलाई पढाउनु हुन्छ भगवान भगवती बनाउन, यस्तो पढाइ
तिमीले छोडिदिन्छौ! हेर, विश्वको परम पिता परमात्माले पढाउनु हुन्छ, त्यसमा गयल!
माया कति प्रबल छ। फस्टक्लास पढाइबाट तिम्रो मुख मोडिदिन्छ। धेरै यस्ता पनि छन् जसले
ज्ञानमा चल्दाचल्दै पढाइलाई लात मारिदिन्छन्। यो त तिमीले बुझ्छौ– अहिले हाम्रो मुख
स्वर्ग तिर र लात नर्कतिर छ। तिमी हौ सङ्गमयुगी ब्राह्मण। यो पुरानो रावणको दुनियाँ
हो। हामी शान्तिधाम हुँदै सुखधाम तिर जानेछौं। बच्चाहरूले यही याद राख्नुपर्छ। समय
धेरै कम छ, भोलि नै शरीर छुट्न सक्छ। बाबाको याद भएन भने फेरि अन्त काल.....। बाबाले
सम्झाउन त धेरै सम्झाउनु हुन्छ। यी सबै गुप्त कुरा हुन्। ज्ञान पनि गुप्त छ। यो पनि
जानेका छौ– कल्प पहिला जसले जति पुरुषार्थ गरेको छ, त्यति गरिरहेको छ। ड्रामा
अनुसार बाबाले पनि कल्प पहिला जस्तै सम्झाइरहनु हुन्छ, यसमा फरक पर्न सक्दैन।
बाबालाई याद गरिरह्यौ भने तिम्रो विकर्म विनाश हुँदै जान्छ। सजाय खानु हुँदैन।
बाबाको सामुन्ने बसेर सजाय खायौ भने बाबाले के भन्नुहोला! तिमीले साक्षात्कार पनि
गरेका छौ, त्यस समयमा माफी दिन सकिँदैन। यिनीद्वारा बाबाले पढाउनु हुन्छ– त्यसैले
यिनको नै साक्षात्कार हुन्छ। यिनीद्वारा त्यहाँ पनि सम्झाउनु हुन्छ– तिमीले यो यो
गर्यौ, फेरि त्यतिबेला धेरै रुनेछौ, चिल्लाउने छौ, अपसोच पनि गर्ने छौ। बिना
साक्षात्कार सजाय दिन सकिँदैन। भन्नुहुन्छ– तिमीलाई यति पढाउथेँ फेरि यस्तो यस्तो
काम गर्यौ। तिमीले पनि जान्दछौ– रावणको मतमा मैले कति पाप गरेको रहेछु। पूज्यबाट
पुजारी बनेका छौ। बाबालाई सर्वव्यापी भन्दै आयौ। यो त पहिलो नम्बरको अपमान हो। यसको
हिसाबकिताब पनि धेरै छ। बाबाले गुनासो गर्नुहुन्छ, तिमीले आफूलाई कसरी थप्पड हान्यौ।
भारतवर्ष निवासी नै कति गिरेका छन्। बाबा आएर सम्झाउनु हुन्छ। अहिले तिमीलाई कति
ज्ञान मिलेको छ। त्यो पनि ड्रामा अनुसार नम्बरबार सम्झन्छन्। पहिला पनि
यतिबेलासम्मको क्लासको रिजल्ट यस्तै थियो। बाबाले बताउन त सही बताउनु हुन्छ नि।
बच्चाहरूले आफ्नो उन्नति गरिरहेका छन्। माया यस्तो छ जसले देहीअभिमानी रहनै दिँदैन।
यही कठिन विषय हो। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने पाप भस्म हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) देह अभिमानमा आएपछि अवश्य पनि पाप हुन्छ। देह अभिमानी लक्ष्यमा पुग्न सक्दैन,
त्यसैले देही अभिमानी बन्ने पूरा पुरुषार्थ गर्नु छ। बाबालाई निन्दा गराउने कुनै पनि
कर्म गर्नु छैन।
२) भित्रका बिमारीहरू
बाबालाई सत्य सत्य बताउनु छ, अवगुण लुकाउनु छैन। आफ्नो जाँच गर्नु छ– आफूसँग के के
अवगुण छन्? पढाइबाट स्वयंलाई गुणवान् बनाउनु छ।
वरदान:–
हदका रोयल
इच्छाहरूबाट मुक्त रहेर सेवा गर्ने निःस्वार्थ सेवाधारी भव
जसरी ब्रह्माबाबाले
कर्मको बन्धनहरूबाट मुक्त, न्यारा बनिसकेको सबुत दिए। केवल सेवाको स्नेह बाहेक अरू
कुनै बन्धन हुनु हुँदैन। सेवामा जो हदका रोयल इच्छाहरू हुन्छन्, त्यसले पनि
हिसाब-किताबको बन्धनमा बाँध्छ, सच्चा सेवाधारी यस हिसाब-किताबबाट पनि मुक्त रहन्छ।
जसरी देहको बन्धन, देहको सम्बन्धको बन्धन हुन्छ, त्यसैगरी सेवामा स्वार्थ– यो पनि
बन्धन हो। यस बन्धनबाट वा रोयल हिसाब-किताबबाट पनि मुक्त निःस्वार्थ सेवाधारी बन।
स्लोगन:–
प्रतिज्ञाहरूलाई फाइलमा नराख, फाइनल बनेर देखाऊ।