18.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
रुद्र ज्ञान यज्ञ स्वयं रुद्र भगवानले रच्नुभएको हो , यसमा तिमीले आफ्नो सबै कुरा
स्वाहा गर किनकि अब घर जानुछ।”
प्रश्न:–
सङ्गमयुगमा
कुन आश्चर्यजनक खेल चल्छ?
उत्तर:–
भगवानले
रच्नुभएको यज्ञमा नै असुरहरूका विघ्न पर्छन्। यो आश्चर्यजनक खेल पनि सङ्गममा नै
चल्छ। यस्तो यज्ञ फेरि सारा कल्पमा रचिन्न। यो हो स्वराज्य पाउनको लागि राजस्व
अश्वमेध यज्ञ। यसमा नै विघ्न पर्छन्।
ओम् शान्ति ।
तिमी कहाँ
बसेका छौ? यसलाई स्कुल अथवा विश्व विद्यालय पनि भन्न सक्छौ। विश्व विद्यालय हो, जसका
ईश्वरीय शाखाहरू छन्। बाबाले सबैभन्दा ठुलो विश्व विद्यालय खोल्नुभएको छ।
शास्त्रहरूमा रुद्र यज्ञ नाम लेखिदिएका छन्, यस समयमा तिमी बच्चाहरूलाई थाहा छ–
शिवबाबाले यो पाठशाला अथवा विश्व विद्यालय खोल्नुभएको छ। सर्वोच्च बाबाले
पढाउनुहुन्छ। भगवानले हामीलाई पढाउनुहुन्छ, यो त बच्चाहरूको बुद्धिमा याद रहनुपर्छ।
उहाँले यो यज्ञ रच्नुभएको हो, यसको नाम पनि प्रसिद्ध छ। राजस्व अश्वमेध रुद्र ज्ञान
यज्ञ, राजस्व अर्थात् स्वराज्यको लागि। अश्वमेध, यो जे जति देखिनमा आउँछ, ती सबैलाई
स्वाहा गरिरहेका छौ, शरीर पनि स्वाहा हुन्छ। आत्मा त स्वाहा हुन सक्दैन। सबै शरीर
स्वाहा हुन्छन्। बाँकी आत्माहरू फर्केर जान्छन्। यो हो सङ्गमयुग। धेरै आत्माहरू
जान्छन्, बाँकी शरीर खतम हुन्छन्। यो सबै ड्रामा हो, तिमी ड्रामाको वशमा चलिरहेका
छौ। बाबा भन्नुहुन्छ– मैले राजस्व यज्ञ रचेको छु। यो पनि ड्रामा योजना अनुसार रचिएको
हो। यस्तो भन्नुहुन्न कि मैले यज्ञ रचेको छु। ड्रामा योजना अनुसार तिमी बच्चाहरूलाई
पढाउनको लागि कल्प पहिला बमोजिम ज्ञान यज्ञ रचिएको हो। मैले रचेको छु, यसको पनि
अर्थ निस्कँदैन। ड्रामा योजना अनुसार रचिएको हो। कल्प कल्प रचिने गर्छ। ड्रामा यस्तै
बनेको छ नि। ड्रामा योजना अनुसार एकै पटक यज्ञ रचिने गर्छ, यो कुनै नयाँ कुरा होइन।
अहिले बुद्धिमा बसेको छ– अवश्य ५ हजार वर्ष पहिला पनि सत्ययुग थियो, अब चक्र फेरि
दोहोरिइरहेको छ। फेरि नयाँ दुनियाँ स्थापना भइरहेको छ। तिमीले नयाँ दुनियाँमा
स्वराज्य पाउनको लागि पढिरहेका छौ। पवित्र पनि अवश्य बन्नुछ। बन्छन् पनि उनै, जो
ड्रामा अनुसार कल्प पहिला बनेका थिए। अहिले पनि बन्छन्। साक्षी भएर ड्रामालाई
हेर्नुपर्ने हुन्छ र फेरि पुरुषार्थ पनि गर्नुपर्ने हुन्छ। बाबाले बच्चाहरूलाई
मार्ग पनि बताउनुछ, मुख्य कुरा हो पवित्रताको। बाबालाई बोलाउँछन् नै– आउनुहोस्,
पवित्र बनाएर हामीलाई यो फोहोरी दुनियाँबाट लैजानुहोस् भनेर। बाबा आउनुभएको नै घर
लैजानको लागि हो। बच्चाहरूलाई प्वाइन्टहरू त धेरै दिइन्छ। मुख्य कुरा फेरि पनि बाबा
भन्नुहुन्छ– मनमनाभव। पावन बन्नको लागि बाबालाई याद गर्छन्, यो बिर्सनु हुँदैन। जति
याद गर्छौ त्यति फाइदा हुन्छ, चार्ट राख्नुपर्छ। नत्र फेरि अन्त्यमा फेल हुन्छौ।
बच्चाहरूले बुझेका छौ, हामी नै सतोप्रधान थियौँ, नम्बरवार पुरुषार्थ अनुसार जो उच्च
बन्छन्, उनीहरूले मेहनत पनि धेरै गर्नुपर्छ। यादमा रहनुपर्छ। यो त बुझेका छौ– बाँकी
थोरै समय छ, फेरि सुखका दिन आउने छन्। अवश्य हाम्रो अथाह सुखका दिन आउने छन्। बाबा
एकैपटक आउनुहुन्छ, दुःखधाम समाप्त गरेर आफ्नो सुखधाम लैजानुहुन्छ। तिमी बच्चाहरूलाई
थाहा छ– अहिले हामी ईश्वरीय परिवारमा छौँ, फेरि दैवी परिवारमा जान्छौँ। यस समयको नै
गायन हो, यो सङ्गम नै उच्च पुरुषोत्तम बन्ने युग हो। तिमी बच्चाहरूलाई थाहा छ–
हामीलाई बेहदका बाबाले पढाइरहनुभएको छ। फेरि पछि गएर संन्यासीहरूले पनि यो कुरा
मान्नेछन्। त्यो पनि समय आउनेछ नि। अहिले तिम्रो प्रभाव त्यति निस्कन सक्दैन। अहिले
राजधानी स्थापना भइरहेको छ, समय बाँकी छ। अन्त्यमा यी संन्यासी आदि पनि आएर
बुझ्नेछन्। सृष्टिको चक्र कसरी घुम्छ, यो ज्ञान कसैसँग पनि छैन। यो पनि तिमी
बच्चाहरूलाई थाहा छ– पवित्रतामा कति विघ्न पर्छन्। अबलाहरूमाथि अत्याचार हुन्छ।
द्रौपदीले पुकारिन् नि। वास्तवमा तिमी सबै द्रौपदीहरू, सीताहरू, पार्वतीहरू हौ।
यादमा रहनाले अबलाहरू, कुब्जाहरूले पनि बाबाबाट वर्सा पाउँछन्। यादमा त रहन सक्छन्
नि। भगवानले आएर यज्ञ रच्नुभएको छ, यसमा कति विघ्न पर्छन्। अहिले पनि विघ्न
परिरहन्छन्, कन्याहरूलाई जबर्जस्ती विवाह गराइदिन्छन्, नत्र कुटेर निकालिदिन्छन्।
त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्! त्यसैले अवश्य उहाँलाई रथ चाहिन्छ, जसमा
आएर पावन बनाउनुहुन्छ। गङ्गाको पानीले पावन बनिँदैन। बाबाले नै आएर पावन बनाएर पावन
दुनियाँको मालिक बनाउनुहुन्छ।
तिमीले देख्छौ– यो
पतित दुनियाँको विनाश सामुन्ने खडा छ। किन बाबाको नबन्ने, स्वाहा नहुने! सोध्छन्–
स्वाहा कसरी हुने? ट्रान्सफर कसरी गर्ने? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले
यिनी (साकार) बाबालाई देख्छौ नि। यिनले आफै गरेर सिकाइरहेका छन्। जस्तो कर्म मैले
गर्छु, मलाई देखेर अरूले पनि गर्छन्। बाबाले यिनीद्वारा कर्म गराउनुभयो नि। सबै
यज्ञमा स्वाहा गरिदिए। स्वाहा हुनमा कुनै तकलिफ कहाँ हुन्छ र! यिनी न धेरै धनवान, न
गरिब थिए। साधारण थिए। यज्ञ रचिने बेलामा त्यसमा खानपिनका सबै सामग्री चाहिन्छ नि।
यो हो ईश्वरीय यज्ञ। ईश्वरले आएर यो ज्ञान यज्ञको स्थापना गर्नुभएको छ। तिमीलाई
पढाउनुहुन्छ, यो यज्ञको महिमा धेरै महान् छ। ईश्वरीय यज्ञबाट नै तिम्रो शरीर
निर्वाह हुन्छ। जसले आफूलाई अर्पणमय सम्झन्छन्, हामी ट्रस्टी हौँ। यो सबै कुरा
ईश्वरको हो, हामीले शिवबाबाको यज्ञबाट भोजन खान्छौँ– यो समझको कुरा हो नि। यहाँ त
सबैलाई आएर बस्नुछैन। यिनको नमुना त देख्यौ– कसरी सबै कुरा स्वाहा गरे। बाबा
भन्नुहुन्छ– जस्तो कर्म यिनले गर्छन्, यिनलाई देखेर अरूलाई पनि आयो। धेरै नै स्वाहा
भए। जो जो स्वाहा भए उनीहरूले आफ्नो वर्सा लिन्छन्। बुद्धिले पनि बुझिन्छ– आत्मा त
गइहाल्छ, बाँकी शरीर सबै खतम हुन्छन्। यो बेहदको यज्ञ हो, यसमा सबै स्वाहा हुन्छन्।
कसरी बुद्धिले स्वाहा भएर नष्टोमोहा बन्ने, यो कुरा तिमी बच्चाहरूलाई सम्झाइन्छ। यो
पनि थाहा छ– यो सारा सामग्री खरानी हुनुछ। यज्ञ कति ठुलो छ, त्यहाँ फेरि कुनै यज्ञ
रचिन्न। न कुनै उपद्रव हुन्छ। यी सबै जुन भक्तिमार्गका अनेक यज्ञ छन्, ती सबै खतम
हुन्छन्। ज्ञान सागर एउटै भगवान हुनुहुन्छ। उहाँ नै मनुष्य सृष्टिको बीजरूप, सत्,
चैतन्य हुनुहुन्छ। शरीर त जड हो, आत्मा नै चैतन्य हो। उहाँ ज्ञान सागर हुनुहुन्छ,
तिमी बच्चाहरूलाई ज्ञान सागरले बसेर पढाउनुहुन्छ। उनीहरूले केवल गाइरहन्छन् र
तिमीलाई बाबाले सारा ज्ञान सुनाइरहनुभएको छ। ज्ञान कुनै धेरै त छैन। विश्वको चक्र
कसरी घुम्छ, केवल यो कुरा सम्झाउनुछ।
यहाँ बाबाले तिमीलाई
आफैले पढाइरहनुभएको छ। भन्नुहुन्छ पनि– साधारण तनमा प्रवेश गर्छु। भागीरथ पनि
प्रसिद्ध छ, अवश्य मनुष्य नै हुन्छ जसमा बाबा आउनुहुन्छ। उहाँको एउटै नाम चलिआएको छ
शिव, अरू सबैका नाम परिवर्तन हुन्छन्, यिनको नाम परिवर्तन हुँदैन। बाँकी भक्तिमा
अनेक नाम राखिदिएका छन्। यहाँ त हुनुहुन्छ नै शिवबाबा। शिव कल्याणकारी भनिन्छ।
भगवान नै आएर नयाँ दुनियाँ स्वर्ग स्थापना गर्नुहुन्छ। त्यसैले कल्याणकारी हुनुभयो
नि। तिमीलाई थाहा छ– यहाँ स्वर्ग थियो। अहिले नर्क छ, फेरि स्वर्ग अवश्य हुन्छ।
यसलाई भनिन्छ पुरुषोत्तम सङ्गमयुग जब बाबा खिवैया बनेर तिमीलाई यता वारिबाट उता पारि
लैजानुहुन्छ। यो हो पुरानो दुःखको दुनियाँ, फेरि अवश्य नयाँ दुनियाँ हुन्छ, ड्रामा
अनुसार, जसको लागि तिमीले अहिले पुरुषार्थ गर्छौ। बाबाको याद नै घरी घरी बिर्सिन्छ,
यसैमा छ मेहनत। बाँकी तिमीबाट जुन विकर्म भएका छन्, त्यसको सजाय कर्मभोगको रूपमा
भोग्नैपर्छ, कर्मभोग अन्त्यसम्म भोग्नैपर्छ, त्यसमा माफी मिल्न सक्दैन। यस्तो होइन,
बाबा क्षमा गर्नुहोस्। केही पनि हुँदैन। ड्रामा अनुसार सबै हुन्छ। क्षमा आदि
हुँदैहुँदैन। हिसाबकिताब चुक्ता गर्नैपर्छ। तमोप्रधानबाट सतोप्रधान बन्नुछ, यसको
लागि श्रीमत पनि मिल्छ, श्री श्री शिवबाबाको श्रीमतले तिमी श्री बन्छौ। सर्वोच्च
बाबाले तिमीलाई उच्च बनाउनुहुन्छ। तिमी अहिले उच्च बनिरहेका छौ, अहिले तिमीलाई
स्मृति आएको छ– बाबाले कल्प कल्प आएर हामीलाई पढाउनुहुन्छ। आधाकल्प त्यसको प्रारब्ध
मिल्छ। सृष्टिचक्र कसरी घुम्छ, त्यो ज्ञानको आवश्यकता हुँदैन। कल्प कल्प एकैपटक आएर
बताउनुहुन्छ– यो सृष्टिको चक्र कसरी घुम्छ।
तिम्रो काम हो पढ्नु
र पवित्र बन्नु। योगमा रहनुछ। बाबाको बनेर पनि पवित्र बनेनौ भने सय गुणा दण्ड पर्छ।
नाम पनि बदनाम हुन्छ। गायन पनि छ– सद्गुरुको निन्दकले ठाउँ पाउँदैन। मानिसहरूलाई
थाहा छैन– उहाँ को हुनुहुन्छ! सत् बाबा नै सत् गुरु, सत् टिचर हुनुहुन्छ नि।
तिमीलाई उहाँले पढाउनुहुन्छ, सच्चा सद्गुरु पनि हुनुहुन्छ। जसरी बाबा ज्ञानको सागर
हुनुहुन्छ, तिमी पनि ज्ञानका सागर हौ नि। बाबाले त सारा ज्ञान दिनुभएको छ, जसले जति
कल्प पहिला धारण गरेका छन्, त्यति नै गर्छन्। पुरुषार्थ गर्नुछ, कर्मबिना त कोही
रहन सक्दैन। कतिले हठयोग आदि गर्छन्, त्यो पनि कर्म हो नि। यो पनि जीविकाको लागि एक
धन्दा हो। नाम हुन्छ, धेरै पैसा मिल्छ, पानीमा, आगोमा हिँड्छन्। केवल उड्न सक्दैनन्।
त्यसमा त पेट्रोल आदि चाहिन्छ नि। तर यसबाट त केही फाइदा छैन। पावन त बन्दैनन्।
वैज्ञानिकहरूको पनि दौड छ। उनीहरूको हो साइन्सको दौड र तिम्रो हो साइलेन्सको। सबैले
शान्ति नै माग्छन्। बाबा भन्नुहुन्छ– शान्ति त तिम्रो स्वधर्म हो, आफूलाई आत्मा
सम्झ, आफ्नो घर शान्तिधाम जानुछ। यो हो दुःखधाम। हामी शान्तिधामबाट फेरि सुखधाममा
आउँछौँ। यो दुःखधाम समाप्त हुनुछ। यो राम्रोसँग धारण गरेर फेरि अरूलाई धारण गराउनुछ।
बाँकी थोरै दिन छन्, त्यो पढाइ पढेर फेरि शरीर निर्वाहको लागि मेहनत गर्नुपर्छ।
तकदिरवान बच्चाहरूले तुरुन्तै निर्णय लिन्छन्– हामीले कुन पढाइ पढ्नुपर्छ। त्यो
पढाइबाट के मिल्छ र यो पढाइबाट के मिल्छ। यो पढाइबाट त २१ जन्मको प्रारब्ध बन्छ।
त्यसैले ख्याल गर्नुपर्छ– हामीले कुन पढाइ पढ्नुपर्छ! जसलाई बेहदका बाबाबाट वर्सा
पाउनुछ, उनीहरू बेहदको पढाइमा लाग्छन्। तर ड्रामा योजना अनुसार कसैको तकदिरमा छैन
भने फेरि त्यो पढाइमा आकर्षित हुन्छन्। यो पढाइ पढ्दैनन्। भन्छन्– फुर्सद मिल्दैन।
बाबा सोध्नुहुन्छ, कुन ज्ञान राम्रो? त्यसबाट के मिल्छ र यसबाट के मिल्छ? भन्छन्–
बाबा जिस्मानी पढाइबाट के मिल्छ, मुस्किलले थोरै कमाउँछौँ। यहाँ त भगवानले
पढाउनुहुन्छ। हामीले त पढेर राज्य पद पाउनुछ त्यसैले ज्यादा ध्यान कुन कुरामा
दिनुपर्छ। कसैले त फेरि भन्छन्– बाबा त्यो कोर्स पूरा गरेर फेरि आउँछौँ। बाबाले
बुझ्नुहुन्छ– यिनीहरूको तकदिरमा छैन। के हुनेछ, त्यो पछि गएर हेर्नुछ। बुझेका छन्–
शरीरमाथि भरोसा छैन, त्यसैले फेरि सच्चा कमाइमा लाग्नुपर्छ। जसको तकदिरमा छ, उसैले
आफ्नो तकदिर जगाउँछ। पुरै जोड लगाउनुछ, हामीले त बाबाबाट वर्सा लिएरै छोड्छौँ।
बेहदका बाबाले हामीलाई राज्य भाग्य दिनुहुन्छ भने किन यो एक अन्तिम जन्म हामी
पवित्र नबन्ने। यति धेरै बच्चाहरू पवित्र रहन्छन्। झुटो कहाँ बोल्छन् र! सबैले
पुरुषार्थ गरिरहेका छन्। पढिरहेका छन्, तैपनि विश्वास गर्दैनन्। बेहदका बाबा
आउनुहुन्छ नै पुरानो दुनियाँलाई नयाँ बनाउनुपर्ने भएपछि। पुरानो दुनियाँको विनाश त
सामुन्ने खडा छ। यो धेरै स्पष्ट छ। समय पनि अवश्य त्यही हो, अनेक धर्म पनि छन्,
सत्ययुगमा हुन्छ नै एक धर्म। यो पनि तिम्रो बुद्धिमा छ। तिमीहरूमा पनि कोही छन् जसले
अझै निश्चय गरिरहेका छन्। अरे निश्चय गर्नमा समय लाग्छ र! शरीरमाथि पनि भरोसा कहाँ
छ र, अलिकति पनि मौका गुमाउनुहुँदैन। कसैको तकदिरमा छैन भने अलिकति पनि बुद्धिमा
आउँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सच्चा कमाइ गरेर २१ जन्मको लागि आफ्नो तकदिर बनाउनुछ। शरीरमाथि कुनै भरोसा छैन,
त्यसैले अलिकति पनि मौका गुमाउनु छैन।
२) नष्टोमोहा बनेर
आफ्नो सबै कुरा रुद्र यज्ञमा स्वाहा गर्नुछ। आफूलाई अर्पण गरेर ट्रस्टी बनेर
सम्हाल्नु छ। साकार बाबालाई अनुसरण गर्नुछ।
वरदान:–
ईश्वरीय
नशाद्वारा पुरानो दुनियाँलाई बिर्सने सर्व प्राप्ति सम्पन्न भव
जसरी त्यो नशाले सबै
कुरा बिर्साइदिन्छ, त्यसरी नै यो ईश्वरीय नशाले दुःखको दुनियाँलाई सहजै
बिर्साइदिन्छ। त्यो नशामा त धेरै नोक्सान हुन्छ, अधिक पिउनाले खतम हुन्छन् तर यो
नशाले अविनाशी बनाइदिन्छ। जो सदैव ईश्वरीय नशामा मस्त रहन्छन्, उनीहरू सर्व प्राप्ति
सम्पन्न बन्छन्। एक बाबा दोस्रो कोही छैन– यो स्मृतिले नै नशा चढाउँछ। यही
स्मृतिबाट सामर्थ्य आउँछ।
स्लोगन:–
एकअर्कालाई कपी
गर्नुको सट्टा बाबालाई कपी गर।