18.06.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अतीन्द्रिय सुखको अनुभव गर्नको लागि सदा यही स्मृतिमा रहनु छ – हामी कसका बच्चा हौँ , बाबालाई भुल्यौ भने सुख गुम्छ।”

प्रश्न:–
बाबासँग मिलेकोमा कुन बच्चाहरूलाई स्थायी खुसी हुन्छ?

उत्तर:–
जुन बच्चाहरूले एक बाबासँग आफ्नो सर्व सम्बन्ध जोडेका छन्, जसले एक बाबाको यादमा रहने नै मेहनत गर्छन्, कुनै देहधारीलाई याद गर्दैनन् उनीहरूलाई नै स्थायी खुसी हुन्छ। देहधारीको याद छ भने धेरै रुनुपर्छ। विश्वको मालिक बन्नेहरू कहिल्यै रुँदैनन्।

गीत:–
बचपन के दिन भुला न देना...

ओम् शान्ति ।
बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू! हामी बेहदको बाबाका बच्चाहरू हौँ, यो कुरा नभुल। यो कुरा भुल्यौ भने आफूलाई रुवाउनेछौ। फोहोरी दुनियाँमा बुद्धि जानेछ। बाबाको याद रहेमा अतीन्द्रिय सुख महसुस हुन्छ। बाबालाई भुलेपछि त्यो सुख गुम्छ। हरदम याद रहनुपर्छ– हामी बाबाका बच्चा हौँ, नत्र आफूलाई रुवाउनेछौ। सबै भगवानका बच्चा हुन्, सबैले भन्छन् हे बाबा, हे परमपिता परमात्मा, रक्षा गर्नुहोस्! तर बाबाबाट रक्षा कहिले हुन्छ– यो कसैलाई पनि थाहा छैन। साधुसन्त आदि कसैलाई पनि थाहा छैन– बाबाबाट हामीलाई मुक्ति-जीवनमुक्ति कहिले मिल्छ किनकि भगवानलाई नै कण कणमा हुनुहुन्छ भनिदिएका छन्। अब तिमी बच्चाहरूले बेहदको बाबालाई चिनेका छौ। बाबा परमप्रिय हुनुहुन्छ, उहाँभन्दा प्रिय वस्तु अरू कुनै हुँदैन। यस्ता बाबालाई नचिन्नु धेरै ठुलो भुल हो। शिवजयन्ती किन मनाउँछन्, उहाँ को हुनुहुन्छ? यो पनि कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ तिमी कति बेसमझ बनेका छौ। माया रावणले तिमीलाई के बनाइदिएको छ! अहिले तिमी बच्चाहरूलाई थाहा भएको छ यो मेरो जन्मभूमि हो। म हरेक ५ हजार वर्ष पछि आउँछु। उनीहरूले फेरि भनिदिन्छन् ४० हजार वर्ष पछि यो कलियुग पूरा भएपछि बाबा आउनुहुन्छ। चित्र पनि त्रिमूर्तिको देखाइन्छ। त्रिमूर्तिमार्ग नाम पनि राखेका छन् तर तीन मूर्ति ब्रह्मा, विष्णु, शङ्करलाई कसैले चिन्दैनन्। ब्रह्माले के गरेर गए? विष्णु र शङ्करले के गर्छन्, कहाँ रहन्छन्, केही पनि जान्दैनन्। बिल्कुलै घोर अन्धकारमा छन्। बाबा हुनुहुन्छ रचयिता। यो उहाँको कति ठुलो रचना हो। कति बेहदको नाटक हो। यसमा बेहदका मानिस रहन्छन्। आजभन्दा ५ हजार वर्ष पहिला सत्ययुग हुँदा भारतवर्षमा यी लक्ष्मीनारायणको राज्य थियो अरू कुनै राज्य थिएन। भगवती श्री लक्ष्मी, भगवान श्री नारायणलाई भनिन्छ। राम-सीतालाई पनि भगवान राम, भगवती सीता भन्छन्। अब यी भगवान नारायण, भगवती लक्ष्मी कहाँबाट आए? राज्य गरेर गएका हुन्। तर उनीहरूको जीवन कहानी त कसैलाई पनि थाहा छैन। केवल गायन गरिरहन्छन् हे भगवान दुःखहर्ता सुखकर्ता! तर यो कसैको बुद्धिमा आउँदैन– उहाँ दुःखहर्ता, सुखकर्ता कसरी हुनुहुन्छ। सबैलाई कुन सुख दिनुभयो? अनि कहिले सबैको दुःख हर्नुभयो? केही पनि जान्दैनन्।

तिमी बच्चाहरूले अहिले यहाँ राजयोग सिकिरहेका छौ– भगवती लक्ष्मी, भगवान नारायण बन्नको लागि। तिमीहरूलाई थाहा भएको छ भगवती सीता, भगवान राम पनि बन्नुछ। ८ जन्म सत्ययुगमा पूरा गरेर फेरि राम-सीताको राज्यमा आउनेछौ। २१ जन्मको लागि तिमीले यहाँ बेहदको राज्य भाग्य स्थापन गरिरहेका छौ। तिमी भगवती भगवान स्वर्गको मालिक बनिरहेका छौ। स्वर्ग कुनै आकाशमा छैन। यो पनि कसैलाई थाहा छैन। बिल्कुल नै तुच्छ बुद्धि छन्। भन्छन् फलानो स्वर्गारोहण भयो। तर केही पनि बुझ्दैनन्। अच्छा के क्रिस्चियन, बौद्धी सबै स्वर्गमा जान्छन्? उनीहरूले पछि आएर आफ्नो धर्म स्थापन गर्छन्। अनि फेरि उनीहरू स्वर्गमा कसरी आउन सक्छन्? स्वर्ग केलाई भनिन्छ, यो पनि उनीहरूलाई थाहा छैन। संन्यासीहरूले भन्छन् ज्योति ज्योतिमा समाहित भयो। कसैले फेरि भन्छन् निर्वाणधाम गयो। निर्वाण पनि त लोक हो नि! त्यो त निवासस्थान हो। ज्योति ज्योतिमा लीन हुने कुरा नै होइन। ज्योतिमा मिल्यो भने त फेरि आत्मा नै खतम हुन्छ। खेल नै खतम हुन्छ। यस ड्रामाबाट कुनै पनि आत्मा छुट्न सक्दैन। कसैले पनि मोक्ष पाउन सक्दैनन्। गीतको अर्थ पनि कसैले बुझ्दैनन्। न जीवनमुक्तिको अर्थ बुझ्छन्, न आत्मा, परमात्माको अर्थ बुझ्छन्।

बाबा भन्नुहुन्छ– तिम्रो अनुहार त मनुष्यको छ, जुन यी देवताहरूको पनि थियो। सत्ययुग आदिमा देवताहरू थिए। उनीहरूको २५०० वर्ष राज्य चल्यो। बाँकी २५०० वर्षको कुरा हो, जसमा अरू सबै धर्म आउँछन्। ५ हजार वर्षको सट्टा मानिसले कल्प वृक्षको आयु लाखौँ वर्ष हुन्छ भनिदिन्छन्। तर तिम्रो कुरा बुझ्नको लागि पनि आउँदैनन्। हो, आउँछन् पनि उनीहरू नै, जसले कल्प पहिला आएर बुझेका होलान्। पहिला त सम्झाउनुछ– एउटा हो हदको संन्यास, जुन संन्यासीहरू घरबार छोडेर गएर जङ्गलमा रहन्छन्, पहिला सुरुमा उनीहरू सतोप्रधान थिए। फेरि अब तमोप्रधान बनेका छन् त्यसैले जङ्गलबाट फर्केर आएर ठुला ठुला भवन बनाएका छन्। यी संन्यासीहरूले पनि पवित्रताको आधारमा भारतवर्षलाई अवश्य थामेका छन्। भारतवर्षको सेवा गरेका छन्। यो संन्यास धर्म हुँदैनथ्यो भने भारतवर्ष एकदम विकारहरूमा जलेर मर्थ्यो, पतित बन्थ्यो। ड्रामा यस्तो पनि बनेको छ। उनीहरूमा पहिला पवित्रताको तागत थियो, जसले भारतवर्षलाई थामेको छ। यी देवताहरूको राज्य हुँदा भारतवर्ष कति धनवान थियो। यिनीहरूका यति ठुला ठुला हिरा जुहारतका भवनहरू थिए। ती सबै कहाँ गए? सबै तल गए। लङ्का र द्वारिकाको लागि भन्छन्– समुद्रमुनी गयो। अहिले त छैन। सुनका भवन आदि सबै थिए नि! मन्दिर आदिमा हिरा जुहारत लगाउन सक्छन् भने, त्यहाँ के हुँदैन होला! तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबा फेरि आउनुभएको छ। भन्नुहुन्छ बाबालाई याद गर। याद एकलाई नै गर्नुछ, जसबाट विकर्म विनाश हुन्छ। तर उनीहरूले भुल्छन् अनि देहधारीको याद आउँछ। देहधारीको यादले त केही पनि फाइदा छैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। कुनै पनि देहधारीलाई याद नगर। अम्मा मरे तो भी हलवा खाना.... एक बाबाको यादबाट नै कमाइ हुन्छ। हामी शिवबाबाका बच्चा हौँ, उहाँसँग वर्सा लिनुछ। यस समयमा बाबालाई याद गरेनौ भने फेरि धेरै पछुताउनुपर्नेछ, रुनुपर्नेछ। विश्वको मालिक बन्नेहरूलाई रुने के आवश्यकता छ। तिमीले बाबालाई बिर्सन्छौ अनि मात्रै मायाले थप्पड लगाउँछ त्यसैले बाबाले बारम्बार सम्झाउनुहुन्छ– बाबालाई र वर्सालाई याद गर। अमरनाथ बसेर अमरपुरीमा एक पार्वतीलाई मात्र त अमरकथा सुनाउनुभएन होला। अवश्य धेरै थिए होलान्। जति पनि मनुष्य मात्र छन् सबैलाई बाबाले सम्झाउनुहुन्छ– अब पतित नबन, यो अन्तिम जन्म पवित्र बन। त्यहाँ स्वर्गमा कुनै विकार हुँदैन। त्यहाँ पनि विकार हुन्थ्यो भने फेरि स्वर्ग र नर्कमा के फरक भयो? देवीदेवताहरूको महिमा गायन गर्छन्– सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण... छन्। भगवान आएर भगवान-भगवती नै बनाउनुहुन्छ, भगवान बाहेक अरू कसैले भगवान भगवती बनाउन सक्दैन। भगवान त एउटै हुनुहुन्छ। गायन पनि गरिन्छ– भगवान-भगवतीको राजधानी। यथा राजारानी तथा प्रजा पनि त्यस्तै हुन्छ। तर भगवान-भगवती भनिँदैन त्यसैले भनिन्छ आदि सनातन देवीदेवता धर्म। यो कुरा कसैलाई थाहा छैन। यिनको (ब्रह्माको) आत्मालाई पनि बाबाले सम्झाउनुहुन्छ। एउटा बाबाको, अर्को दादाको– दुई आत्माहरू छन् नि। एउटा आत्माले ८४ जन्म लिन्छ, अर्को आत्मा पुनर्जन्मरहित हुनुहुन्छ। बाबाले कहिल्यै पुनर्जन्म लिनुहुन्न। एकपटक मात्र आएर सारा विश्वलाई पवित्र बनाउनको लागि हामीलाई राजयोग सिकाउनुहुन्छ। बाबाले तिमीलाई सम्झाउनुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु। यिनले ८४ जन्म भोगेर आएका छन्। अब यिनको धेरै जन्महरूको यो अन्तिम जन्म हो। अब म निराकार हुँ त्यसैले कसरी आएर बच्चाहरूलाई राजयोग सिकाऊँ? प्रेरणाबाट त केही हुन सक्दैन। श्रीकृष्ण भगवानुवाच त हुन सक्दैन। उनी कसरी आउन सक्छन्? उनी त हुन् नै सत्ययुगका राजकुमार, १६ कला सम्पूर्ण... फेरि त्रेतामा हुन्छन् १४ कला सम्पूर्ण, फेरि द्वापरमा श्रीकृष्णलाई किन लगेका छन्? उनी त पहिला आउनुपर्छ। बाबा सम्झाउनुहुन्छ– पहिला, बाबालाई याद गर। नत्र मायाले एकदम थप्पड हानिदिन्छ। लज्जावतीको एउटा झार हुन्छ। त्यसमा हातले छोयौ भने ओइलाउँछ। तिम्रो पनि यस्तै हालत हुन्छ, बाबालाई याद गरेनौ भने खतम। गीतमा पनि सुन्यौ– बचपन के दिन भुला न देना। बाबालाई भुल्यौ भने कहीँ न कहीँ चोट लाग्छ। बाबा भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ नि! यो शरीर त विषबाट जन्मिएको हो। तिनीहरू लौकिक माता-पिता हुन्। उहाँ त हुनुहुन्छ पारलौकिक बाबा अनि यिनलाई फेरि अलौकिक बाबा भनिन्छ। यिनी हदका थिए, फेरि बेहदका बने। अहिले हेर यी लौकिक बच्ची (निर्मलशान्ता) बसेकी छिन्। यिनी लौकिक पनि हुन्, अलौकिक पनि हुन्, पारलौकिक पनि हुन्। बाँकी शिवबाबाका त भाइबहिनी छैनन्। न लौकिक, न अलौकिक, न पारलौकिक। कति फरक छ। एक बाबाको बन्नु सामान्य कुरा होइन। यस्ता बाबासँग सम्बन्ध जोड्नुछ, टाइम लाग्छ। शिवबाबाको यादमा रहनु ठुलो मेहनत हो। कोही ५० वर्षदेखि ज्ञानमा रहनेहरूले पनि सारा दिन शिवबाबालाई याद पनि गर्दैनन्, यस्ता पनि छन्। अरू सबैलाई भुलेर एकलाई याद गर्न धेरै धेरै मेहनत हुन्छ। कसैले १ प्रतिशत याद गर्छन्, कसैले २ प्रतिशत, कसैले १/२ प्रतिशत पनि मुस्किलले याद गर्छन्। यो धेरै उच्च मञ्जिल हो। त्यसैले बाबा सम्झाउनुहुन्छ– बचपनलाई नभुल्नु। बाबाबाट स्वर्गको वर्सा मिल्छ। तिमीलाई थाहा छ हामी आएर जीवन छँदै मरेर बाबाका बनेका छौँ– नयाँ दुनियाँमा जानको लागि। त्यसैले तिमीलाई स्थायी खुसी हुनुपर्छ, ओहो! हामी डबल सिरताज बन्छौँ! मानिसहरूलाई कहाँ थाहा छ र सत्ययुगमा यी देवताहरूलाई १६ कला सम्पूर्ण र १४ कला सम्पूर्ण किन भनिन्छ? केही पनि जान्दैनन्। यी भक्तिमार्गका शास्त्र आदि फेरि पनि बन्छन्। यी हठयोग, तीर्थ यात्रा आदि सबै फेरि पनि हुन्छन्। तर यसबाट के हुन्छ? के स्वर्गमा जान्छन्? होइन, धेरैले रिद्धि-सिद्धिबाट काम गर्छन्। रिद्धि-सिद्धिवालाहरू धेरै छन्। हजारौँ मानिस उनीहरूको पछाडि लागिरहन्छन्। रिद्धि-सिद्धिबाट धेरै घडी आदि चीजहरू निकाल्छन्। यो कहाँ बुझ्छन् र यी सबै कुरा अल्पकालको लागि हुन्। यसमा धेरै मेहनत गर्नुपर्छ। यो रिद्धि-सिद्धि आदि सिक्ने पनि किताब हुन्छ। कति लाखौँ मानिस उनीहरूको पछाडि लाग्छन्। तिमी बच्चाहरूलाई थाहा छ हामीलाई बाबाबाट स्वर्गको वर्सा मिल्छ। यी आँखाहरूले जे जति देख्छौ त्यो रहँदैन। बाबा सम्झाउनुहुन्छ– तिमी अशरीरी आएका थियौ फेरि शरीरसँगै पार्ट खेल्यौ। ८४ लाखको हिसाबकिताब बताउने हो भने १२ महिना लाग्छ। हुनै सक्दैन। ८४ जन्मको हिसाबकिताब बताउन त बिल्कुल सहज छ। तिमीले ८४ को चक्कर लगाइरहन्छौ। सूर्यवंशी हुँदा चन्द्रवंशी हुँदैनन्। सूर्यवंशी घराना पूरा भयो फेरि चन्द्रवंशी.... बने।

अहिले तिमीलाई थाहा भएको छ हामी हौँ ब्राह्मणवंशी फेरि देवतावंशी बन्नुछ, त्यसैले हामीले पढाइ पढिरहेका छौँ। फेरि सिँढी तल झर्दा झर्दा वैश्य, शूद्रवंशी बन्छौँ। अहिले हामीलाई हाम्रा ८४ जन्मको स्मृति आएको छ। यो चक्र पनि याद गर्नुपर्छ। बाबालाई याद गरेमा सदा स्वस्थ, सदा सम्पन्न बन्छौ। पाप काटिन्छ। चक्रलाई जानेमा चक्रवर्ती बन्छौ। तिमीलाई थाहा छ यो पुरानो दुनियाँ कब्रिस्तान बन्नेछ। केही पनि रहँदैन। खतम हुन्छ। राम गयो, रावण गयो.... रामको कति सानो परिवार हुन्छ सत्ययुगमा। अहिले रावणको कति ठुलो परिवार छ। तिमी बच्चाहरूलाई थाहा छ, यहाँ राजधानी स्थापना भइरहेको छ। हरेक कुरामा पुरुषार्थ पहिलो हो। बाबाले पुरुषार्थ गराउनुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर। जुन बाबाबाट अथाह स्वर्गको बादसाही मिल्छ, के उहाँलाई याद गर्दैनौ? बाबाले स्मृति दिलाउनुहुन्छ– तिमीहरू स्वर्गका मालिक थियौ। अब फेरि पुरुषार्थ गरेर स्वर्गको मालिक बन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) कहिल्यै पनि कुनै कुरामा लज्जावती बन्नुछैन। ईश्वरीय बचपनलाई भुलेर लज्जावतीजस्तो ओइलाउनुछैन। यी आँखाहरूले जे जति देखिन्छ, त्यसलाई देख्दादेख्दै पनि नदेखेझैँ गर्नुछ।

२) एक बाबाको यादमा नै कमाइ छ त्यसैले देहधारीहरूलाई याद गरेर रुनुछैन। बाबा र वर्सालाई याद गरेर विश्वको बादसाही लिनुछ।

वरदान:–
श्रेष्ठ मतको आधारमा मायावी सङ्गतको दोषबाट पर रहने शक्तिस्वरूप भव

बच्चाहरूको एउटा गुनासो हुन्छ– सम्बन्धीले सुन्दैनन्, सङ्गत राम्रो छैन, यसकारण शक्तिशाली बन्न सक्दैनौँ। तर श्रेष्ठ मतको आधारमा ज्ञानस्वरूप, शक्तिस्वरूपको वरदानी बनेर आफ्नो स्थितिलाई अचल बनाऊ। साक्षी भएर हरेकको पार्ट हेर। आफ्नो सतोगुणी पार्टमा स्थित होऊ। सदा बाबाको सङ्गतमा रह्यौ भने तमोगुणी आत्माको सङ्गतको गलत प्रभाव पर्न सक्दैन।

स्लोगन:–
कर्मयोगी त्यो हो जो कर्मको कल्पवृक्षको हाँगामा बसेर कर्म गर्दा पनि उपराम स्थितिमा रहन्छ।

अव्यक्त इसारा:– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन।

जसरी कसैको विशेष स्वभाव हुन्छ, नचाहँदा-नचाहँदै पनि त्यस स्वभावको वशमा चलिरहन्छन्। भन्छन् चाहन्न तर मेरो यो स्वभाव हो। त्यसरी नै तिमी बच्चाहरूको स्वभाव सरल होस् जसले सबैलाई अनुभव होस्– यिनी सहज योगी, स्वतः योगी हुन्। के गरौँ, कसरी योग लगाऊँ... यी कुराहरू खतम गर्नुछ। हुन् नै सदा सहयोगी अर्थात् योगी। यही एउटा कुरालाई स्वभाविक स्वभाव बनाएमा सबै सब्जेक्टमा पूर्ण बन्छौ।