18.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सेवा समाचार सुन्न र पढ्न पनि तिमीलाई सोख हुनुपर्छ किनकि यसबाट उमङ्ग-उत्साह बढ्छ , सेवा गर्ने सङ्कल्प उठ्छ।”

प्रश्न:–
सङ्गमयुगमा बाबाले तिमीहरूलाई सुख दिनुहुन्न तर सुखको बाटो बताउनु हुन्छ– किन?

उत्तर:–
किनकि सबै बाबाका सन्तान हुन्, यदि एउटा बच्चालाई मात्र सुख दियो भने यो पनि ठीक होइन। लौकिक पिताबाट बच्चाहरूलाई बराबर अंश मिल्छ, बेहदका बाबाले अंश बाँड्नु हुन्न, सुखको बाटो बताउनु हुन्छ। जो त्यस बाटोमा चल्छन्, पुरुषार्थ गर्छन्, उनलाई उच्च पद मिल्छ। बच्चाहरूले पुरुषार्थ गर्नु छ, सारा कुरा पुरुषार्थमा आधारित छ।

ओम् शान्ति ।
बच्चाहरूलाई थाहा छ– बाबाले मुरली बजाउनु हुन्छ। मुरली सबैको पासमा जान्छ र जसले मुरली पढेर सेवा गर्छन् उनीहरूको समाचार पत्रपत्रिकामा आउँछ। अहिले जुन बच्चाहरूले पत्रपत्रिका पढ्छन् उनलाई सेन्टरको सेवा समाचार थाहा हुन्छ। फलानो फलानो ठाउँमा यस्तो सेवा भइरहेको छ। जसले पढ्दैनन् उनलाई केही पनि समाचार थाहा हुँदैन र पुरुषार्थ पनि गर्दैनन्। सेवा समाचार सुनेर दिलमा आउँछ– मैले पनि यस्तो सेवा गरूँ। पत्रिकाबाट थाहा हुन्छ हाम्रा भाइ बहिनीहरूले कति धेरै सेवा गरिरहेका छन्। यो त बच्चाहरूले जान्दछन्– जति सेवा, त्यति उच्च पद मिल्छ। त्यसैले पत्रिकाले पनि सेवाको लागि उत्साह दिलाउँछ। यो कुनै खेर जाँदैन। फाल्तु उसले सम्झन्छ जसले स्वयं पढ्दैन। कसैले भन्छन् हामी निरक्षर छौं, अरे रामायण, भागवत, गीता आदि सुन्नको लागि त जान्छन्, यी पनि सुन्नुपर्छ। नत्र सेवाको उमङ्ग बढ्दैन। फलानो ठाउँमा यो सेवा भयो। सोख छ भने कसैलाई भनुन्, उसले पढेर सुनाओस्। धेरै सेन्टरमा यस्ता पनि होलान् जसले पत्रपत्रिका नै पढ्दैनन्। धेरै छन् जसको पासमा त सेवाको नामनिसान पनि रहँदैन। त्यसैले पद पनि त्यस्तै पाउँछन्। यो त सम्झन्छन्– राजधानी स्थापना भइरहेको छ, त्यसमा जसले जति मेहनत गर्छन्, त्यस्तै पद पाउँछन्। पढाइमा ध्यान दिएनन् भने फेल हुन्छन्। सारा कुरा आधारित छ यस समयको पढाइमा। जति पढ्छन् र पढाउँछन् त्यति आफ्नै फाइदा छ। धेरै बच्चाहरू छन् जसलाई पत्रपत्रिका पढ्ने ख्याल पनि आउँदैन। तिनले पाई पैसाको पद पाउँछन्। त्यहाँ यो ख्याल हुँदैन, यसले पुरुषार्थ गरेन त्यसैले यो पद मिलेको हो। कर्म विकर्मको कुरा सबै यहाँ बुद्धिमा हुन्छ।

कल्पको सङ्गमयुगमा नै बाबाले सम्झाउनु हुन्छ, जसले बुझ्दैनन् उनीहरू मानौं पत्थरबुद्धि हुन्। तिमीले पनि जान्दछौ– हामी तुच्छ बुद्धि थियौं फेरि त्यसमा पनि प्रतिशत हुन्छ। बाबा बच्चाहरूलाई सम्झाइरहनु हुन्छ, अहिले कलियुग हो, यसमा अपार दु:ख हुन्छ। यो यो दु:ख छ, जो समझदार छन् तिनीहरूले छिट्टै बुझ्छन्, यिनीहरूले त ठीक भन्छन्। तिमीलाई पनि थाहा छ– हिजो हामी कति दु:खी थियौं, घोर दु:खको बीचमा थियौं। अहिले फेरि अपार सुखको बीचमा गइरहेका छौं। यो हो नै रावण राज्य कलियुग– यो पनि तिमीलाई थाहा छ। जानेर पनि अरू कसैलाई सम्झाउँदैनन् भने बाबा भन्नुहुन्छ– केही पनि बुझेका छैनन्। बुझेका रहेछन् भने भन्नुहुन्छ जब सेवा गर्छौ, त्यो कुरा समाचार पत्रपत्रिकामा आओस्। दिनप्रतिदिन बाबाले धेरै सहज प्वइन्ट सुनाइरहनु हुन्छ। अरूले त सम्झन्छन्– कलियुग अझै बच्चा छ, जब सङ्गमयुगलाई बुझ्छन् अनि सत्ययुग र कलियुगको तुलना गर्न सक्छन्। कलियुगमा अति दु:ख छ, सत्ययुगमा अपार सुख हुन्छ। भन, हामी बच्चाहरूलाई बाबाले अपार सुख दिइरहनु भएको छ, जुन वर्णन गरिरहेका छौं। अरू कसैले पनि यसरी सम्झाउन सक्दैन। तिमीले नयाँ कुरा सुनाउँछौ, अरू कसैले यो कुरा सोध्न सक्दैन– तपाईँ स्वर्गवासी हुनुहुन्छ वा नर्कवासी? तिमी बच्चाहरूमा पनि नम्बरवार छन्, यतिका प्वइन्टहरू याद गर्न सक्दैनन्, सम्झाउने समयमा देह अभिमान आउँछ। आत्माले नै सुन्छ वा धारण गर्छ। तर राम्रा राम्रा महारथीहरूले पनि यो भुल्छन्। देह अभिमानमा आएर बोल्न थाल्छन्, यस्तो सबैलाई हुन्छ। बाबा त भन्नुहुन्छ– सबै पुरुषार्थी हुन्। यस्तो होइन– आत्मा सम्झेर कुरा गर्छन्। गर्दैनन्। बाबाले आत्मा सम्झेर ज्ञान दिनु हुन्छ। बाँकी जो भाइ भाइ छन्, उनीहरूले यस्तो अवस्थामा स्थित हुने पुरुषार्थ गरिरहेका छन्। त्यसैले बच्चाहरूले पनि सम्झाउनु छ– कलियुगमा घोर दु:ख छ, सत्ययुगमा अपार सुख हुन्छ। अहिले सङ्गमयुग चलिरहेको छ। बाबाले मार्ग बताउनु हुन्छ, यस्तो होइन बाबाले सुख दिनु हुन्छ। सुखको मार्ग बताउनु हुन्छ। रावणले पनि दु:ख दिँदैन, दु:खको उल्टो मार्ग बताउँछ। बाबाले न दु:ख दिनु हुन्छ, न सुख दिनु हुन्छ, सुखको मार्ग बताउनु हुन्छ। फेरि जसले जति पुरुषार्थ गर्छ त्यति सुख मिल्छ। सुख दिनु हुन्न। बाबाको श्रीमतमा चले भने सुख पाउँछन्। बाबाले त केवल मार्ग बताउनु हुन्छ, रावणद्वारा दु:खको मार्ग मिल्छ। यदि पिताले दिने भए सबैलाई समान वर्सा मिल्नुपर्छ, जसरी लौकिक पिताले पनि वर्सा बाँड्छन्। यहाँ त जसले जस्तो पुरुषार्थ गर्छ। बाबाले मार्ग धेरै सहज बताउनु हुन्छ। यस्तो यस्तो गर्यौ भने यति उच्च पद पाउने छौ। हामीले सबै भन्दा ठुलो पद पाऔं, यसको लागि बच्चाहरूले पुरुषार्थ गर्नुपर्छ, पढ्नुपर्छ। यस्तो होइन–ठीक छ, यसले उच्च पद पाओस्, म बसिराख्छु। होइन, पुरुषार्थ पहिला। ड्रामा अनुसार पुरुषार्थ अवश्य गर्नुपर्छ। कसैले तीव्र पुरुषार्थ गर्छन्, कसैले मन्द। सारा पुरुषार्थमा आधारित छ। बाबाले त बाटो बताउनु भएको छ– मलाई याद गर। जति याद गर्छौ त्यति विकर्म विनाश हुन्छ। ड्रामा भनेर छोड्नु हुँदैन। यो त समझको कुरा हो।

विश्वको इतिहास-भूगोल दोहोरिन्छ। त्यसैले अवश्य जुन पार्ट खेलिएको छ, त्यही खेल्नु पर्छ। सबै धर्म फेरि आफ्नो समयमा आउने छन्। मानौं क्रिस्चियन अहिले १०० करोड छन् फेरि यति नै पार्ट खेल्न आउने छन्। न आत्मा विनाश हुन्छ, न त्यसको पार्ट कहिल्यै विनाश हुन सक्छ। यो बुझ्नु पर्ने कुरा हो। जसले बुझ्छन् उनीहरूले अवश्य बुझाउने छन्। धन दिये धन ना खुटे। धारणा हुँदै जान्छ, अरूलाई पनि धनवान बनाउँदै जान्छन् तर तकदिरमा छैन भने फेरि आफूलाई पनि विवश सम्झन्छन्। टिचरले भन्छन्– तिमी बोल्न सक्दैनौ भने तिम्रो तकदिरमा पाई पैसाको पद छ। तकदिरमा छैन भने पुरुषार्थ पनि के गर्न सक्छन्। यो हो बेहदको पाठशाला। हरेक टिचरको विषय आ-आफ्नो हुन्छ। बाबाको पढाउने तरिका बाबाले नै जान्नुहुन्छ वा तिमी बच्चाहरूलाई थाहा छ, अरू कसैले पनि जान्न सक्दैनन्। तिमी बच्चाहरूले कति कोसिस गर्छौ फेरि पनि जब कसैले बुझे त हो। बुद्धिमा बस्दै बस्दैन। जति नजिक (विनाशको समय) हुँदै जान्छ, देखिन्छ होसियार हुँदै जान्छन्। अब सङ्ग्रहालय, रुहानी कलेज आदि पनि खोल्छन्। तिम्रो त नाम नै बेग्लै छ– रुहानी विश्व विद्यालय। सरकारले पनि हेर्छ। भन, तपाईँहरूको हो भौतिक विश्वविद्यालय, यो हो आध्यात्मिक विश्व विद्यालय। आत्माले पढ्छ। सारा ८४ को सारा चक्रमा एकै पटक रुहानी बाबा आएर रुहानी बच्चाहरूलाई पढाउनु हुन्छ। तिमीले ड्रामा वा फिल्म हेर्यौ भने फेरि पनि ३ घण्टापछि हुबहु दोहोरिन्छ। यो ५ हजार वर्षको चक्र पनि हुबहु दोहोरिन्छ, यो तिमी बच्चाहरूलाई थाहा छ। उनीहरूले त भक्तिमा केवल शास्त्रलाई नै ठीक सम्झन्छन्। तिम्रो त कुनै शास्त्र छैन। बाबा बसेर सम्झाउनु हुन्छ– बाबाले कुनै शास्त्र पढ्नु भएको छ र? उनीहरूले त गीता पढेर सुनाउँछन्। पढेको कुरा त आमाको पेटबाट निस्किदैन। बेहदका बाबाको पार्ट हो पढाउने। आफ्नो परिचय दिनु हुन्छ। दुनियाँलाई त थाहै छैन। गायन पनि छ– बाबा ज्ञानका सागर हुनुहुन्छ। ज्ञानका सागर भनेर श्रीकृष्णको लागि भनिदैन। यी लक्ष्मी-नारायण ज्ञान सागर हुन् र? होइनन्। यही आश्चर्य छ, हामी ब्राह्मणले नै यो ज्ञान सुनाउँछौं, श्रीमत अनुसार। तिमीले सम्झाउँछौ– यस हिसाबले हामी ब्राह्मण नै प्रजापिता ब्रह्माका सन्तान ठहरियौं। कैयौं पटक बनेका थियौं, फेरि बन्छौं। मनुष्यको समझमा जब आउने छ अनि मान्छन्। तिमीलाई थाहा छ– कल्प कल्प हामी प्रजापिता ब्रह्माका सन्तान एडप्टेड बच्चा बन्छौं। जसले सम्झन्छन् उनीहरू निश्चय बुद्धि पनि हुन्छन्। ब्राह्मण नबनी देवता कसरी बन्छन्। हर एकको बुद्धिमा निर्भर छ। स्कुलमा यस्तो हुन्छ– कसैले त छात्रवृत्ति लिन्छन्, कोही फेल हुन्छन्। फेरि सुरुदेखि पढ्नुपर्छ। बाबा भन्नुहुन्छ– विकारमा गिर्यौ भने गरेको कमाइ चट हुन्छ, फेरि बुद्धिमा बस्दैन। मन खाइरहन्छ।

तिमीले सम्झन्छौ– यस जन्ममा जुन पाप गरिएको छ, त्यो त सबैलाई थाहा छ। बाँकी विगतका जन्ममा के गरिएको थियो त्यो याद हुँदैन। पाप अवश्य गरिएको छ। जो पुण्य आत्मा थिए तिनै फेरि पाप आत्मा बन्छन्। हिसाबकिताब बाबा बसेर सम्झाउनु हुन्छ। धेरै बच्चाहरू छन्, जसले भुल्छन्, पढ्दैनन्। यदि पढे भने अवश्य पढाउँछन् पनि। कोही मन्द बुद्धिबाट फेरि होसियार बुद्धि बन्छन्, कति ठुलो पढाइ छ। बाबाको पढाइबाट नै सूर्यवंशी चन्द्रवंशी घराना बन्छ। उनीहरूले त यस जन्ममा नै पढ्छन् अनि पद पनि पाउँछन्। तिमीलाई त थाहा छ– यस पढाइको पद फेरि नयाँ दुनियाँमा मिल्छ। त्यो कुनै टाढा छैन। जसरी कपडा फेरिन्छ त्यसैगरी पुरानो दुनियाँलाई छोडेर जानु छ नयाँ दुनियाँमा। विनाश पनि अवश्य हुन्छ। अब तिमी नयाँ दुनियाँको बनिरहेका छौ। फेरि यो पुरानो चोला छोडेर जानु छ। नम्बरवार राजधानी स्थापना भइरहेको छ, जसले राम्ररी पढ्छन् उनीहरू नै पहिला स्वर्गमा आउँछन्। बाँकी त पछि आउँछन्। स्वर्गमा कहाँ आउन सक्छन र! स्वर्गमा जो दासदासी हुन्छन् ती पनि दिलमा चढेका हुन्छन्। यस्तो होइन सबै आउने छन्। अब रुहानी कलेज आदि खुल्दै जान्छन्, सबै आएर पुरुषार्थ गर्नेछन्। जो पढाइमा तीक्ष्ण हुन्छ, उसले उच्च पद पाउँछ। मन्द बुद्धिले सानो पद पाउँछ। हुन सक्छ, पछि गएर मन्द बुद्धिले पनि राम्रो पुरुषार्थ गर्न थाल्छ। कोही समझदार बुद्धिवाला पनि पछि पर्छन्। पुरुषार्थबाट बुझिन्छ। यो सारा ड्रामा चलिरहेको छ। आत्माले शरीर धारण गरेर यहाँ पार्ट खेल्छ, नयाँ चोला धारण गरेर नयाँ पार्ट खेल्छ। कहिले के, कहिले के बन्छ। संस्कार आत्मामा हुन्छ। दुनियाँमा कसैसँग अलिकति ज्ञान पनि छैन। बाबा जब आएर पढाउनु हुन्छ तब नै ज्ञान मिल्छ। शिक्षक नै नभएपछि ज्ञान कहाँबाट आउँछ? ती हुन् भक्त। भक्तिमा अपार दु:ख छ, हुन त मीरालाई साक्षात्कार भयो तर सुख कहाँ थियो र! के बिरामी भएकी थिइनन्? त्यहाँ त कुनै प्रकारको दु:खको कुरा नै हुँदैन। यहाँ घोर दु:ख छ, त्यहाँ अपार सुख छ। यहाँ सबै दु:खी छन्, राजाहरूलाई पनि दु:ख छ नि, नाम नै हो दु:खधाम। त्यो हो सुखधाम। यो हो सम्पूर्ण दु:ख र सम्पूर्ण सुखको सङ्गमयुग। सत्ययुगमा सम्पूर्ण सुख, कलियुगमा सम्पूर्ण दु:ख। दु:खका जो भेराइटी छन्, ती सबै वृद्धि भइरहन्छन्। पछि गएर कति धेरै दु:ख हुने छ। अथाह दु:खका पहाड खस्ने छन्।

उनीहरूले त तिमीलाई बोल्ने समय धेरै कम दिन्छन्। २ मिनेट दिए भने पनि सम्झाऊ– सत्ययुगमा अपार सुख थियो जुन बाबाले दिनु हुन्छ। रावणबाट घोर दु:ख मिल्छ। बाबा भन्नुहुन्छ– काम माथि विजय प्राप्त गर तब जगतजित बन्ने छौ। यस ज्ञानको विनाश हुँदैन। अलिकति सुने भने पनि स्वर्गमा आउने छन्। प्रजा त धेरै बन्छन्। कहाँ राजा, कहाँ रङ्क। हरेकको बुद्धि आ-आफ्नो छ। जसले बुझेर अरूलाई बुझाउँछन् उनैले राम्रो पद पाउँछन्। यो स्कुल पनि असाधारण हो। भगवान आएर पढाउनु हुन्छ। श्रीकृष्ण त फेरि पनि दैवी गुणवाला देवता हुन्। बाबा भन्नुहुन्छ– म दैवी गुण र आसुरी गुणबाट न्यारा छु। म तिम्रो पिता पढाउन आउँछु। रुहानी ज्ञान परम आत्माले नै दिनु हुन्छ। गीताको ज्ञान कोही देहधारी मनुष्य वा देवताले दिँदैनन्। विष्णु देवताय नम: भनिन्छ, त्यसोभए श्रीकृष्ण को हुन् त? देवता श्रीकृष्ण नै विष्णु हुन्– यो कसैले जानेका छैनन्। तिमीहरूमध्ये पनि कतिले भुल्छन्। स्वयंले पूरा बुझेका रहेछन् भने अरूलाई पनि सम्झाउँछन्। सेवा गरेको प्रमाण दिए भने बुझिन्छ सेवा गरे, त्यसैले बाबा भन्नुहुन्छ– लम्बा चौडा समाचार नलेख। फलानोले म आउने छु, यस्तो भनेर गयो... यो लेख्नु आवश्यक छैन। कम लेख्नुपर्छ। हेर, आउन त आयो, टिक्छ त? बुझेर अरू सेवा गर्न थाल्यो भने समाचार लेख। कसै कसैले धेरै आफ्नो सो गर्छन्। बाबालाई हरेक कुराको रिजल्ट चाहिन्छ। यस्ता त धेरै आउँछन् बाबाको पासमा, फेरि जान्छन्। त्यस्ता आएर के फाइदा? उनलाई बाबाले के गर्नुहुन्छ। न उनलाई फाइदा, न तिमीलाई। तिम्रो मिसनको उन्नति त भएन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि कुरामा विवश हुनु छैन। स्वयंमा ज्ञान धारण गरेर दान गर्नु छ। अरूको पनि तकदिर जगाउनु छ।

२) कसैसँग पनि कुरा गर्दा स्वयंलाई आत्मा सम्झेर आत्मासँग कुरा गर्नु छ। अलिकति पनि देह अभिमान आउनु छैन। बाबासँग जुन अपार सुख मिलेको छ, त्यो अरूलाई बाँड्नु छ।

वरदान:–
दिल र दिमाग दुवैको सन्तुलनबाट सेवा गर्ने सदा सफलतामूर्त भव

धेरै पटक बच्चाहरूले सेवामा केवल दिमागको प्रयोग गर्छन्, तर दिल र दिमाग दुवै मिलाएर सेवा गरेमा सफलतामूर्त बन्छौ। जसले केवल दिमागद्वारा सेवा गर्छन् उनीहरूको दिमागमा थोरै समय बाबाको याद रहन्छ– हो बाबा नै गराउनेवाला हुनुहुन्छ तर केही समयपछि फेरि मैपन आउँछ। अनि जसले दिलबाट गर्छन् उनीहरूको दिलमा बाबाको याद सदा रहन्छ। फल प्राप्त हुन्छ नै दिलबाट सेवा गरेको। यदि दुवैको सन्तुलन भयो भने सदा सफलता हुन्छ।

स्लोगन:–
बेहदमा रह्यौ भने हदका कुरा स्वत: समाप्त हुन्छन्।