18.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सुने-सुनाएका कुराहरूमा विश्वास नगर , यदि कसैले उल्टो-सुल्टो कुरा सुनाउँछ भने एक कानले सुनेर अर्को कानले निकालिदेऊ।”

प्रश्न:–
जो बच्चाहरू ज्ञानको खुसीमा रहन्छन्, उनीहरूको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूले पुरानो कर्मभोगको हिसाब-किताब त्यो खुसीमा समाहित गर्दै जानेछन्। ज्ञानको खुसीमा दुःख-दर्द, गमको दुनियाँ नै भुलिन्छ। बुद्धिमा रहन्छ, अब त हामी खुसीको दुनियाँमा गइरहेका छौँ। रावणले श्रापित गरेर दुःखी बनायो, अब बाबा आउनुभएको छ त्यो दुःखको, गमको दुनियाँबाट निकालेर खुसीको दुनियाँमा लैजान।

गीत:–
तुम्हें पाके हमने....

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। अवश्य बच्चाहरू रोमाञ्चित हुनुपर्छ किनकि गाइन्छ, खुसी जस्तो खुराक छैन। अहिले तिमी सबै रुहानी बच्चाहरूलाई बेहदको पिता मिल्नुभएको छ। बेहदको पिता त एक मात्र हुनुहुन्छ र बच्चाहरूलाई थाहा छ, जब अरू बच्चाहरू बन्छन् तब उनीहरूको पनि रोमाञ्च खडा हुनेछ। तिमीलाई थाहा छ, हाम्रो राज्य थियो फेरि राज्य गुमायौँ, अब फेरि राज्य लिन्छौँ। तिमीहरूका लागि यो खुसीको खबर हो नि।तर तब मात्र जब उनीहरूले राम्रोसँग सुन्छन् र बुझ्छन्।अवश्य यो खुसीको कुरा हो नि, कल्प-कल्प बाबा आउनुहुन्छ। बाबाको जन्म पनि यहाँ गाइन्छ। चाडपर्वहरू पनि जे जति छन्, सबै यसै समयका हुन्। बाबाले आएर तिमीलाई धेरै सहज बाटो बताउनुभएको छ। मानिसहरूलाई त अनेक प्रकारका गम छन्, यहाँ यस ज्ञानको खुसीमा ती गम, दुःख आदि सबै विलीन हुन्छन्। जस्तै कोही रोगी ठीक हुने अवस्थामा आउँछ भने सबैलाई खुसी हुन्छ। रोग-व्याधि आदि दुःखका कुराहरू जस्तै भुलिन्छन्। माइतीघर, ससुराली, मित्र-सम्बन्धी आदि सबै खुसीमा आउँछन्। तिमी बच्चाहरूलाई थाहा छ, हामी सबै विश्वका मालिक थियौँ, फेरि रावणले श्राप दिएको छ। यो हो गमको, दुःखको दुनियाँ। फेरि भोलि हुनेछ खुसीको दुनियाँ। खुसीको दुनियाँ याद रहनाले गम, दुःख आदि सबै भुल्नुपर्छ। यो हो तमोप्रधान दुनियाँ। भिन्न-भिन्न प्रकारको कर्मभोग छ। अबलाहरूमाथि पनि कति अत्याचार हुन्छन्। अनेक प्रकारका विघ्न आउँछन्। यी विघ्नका, कर्मभोगका दिनहरू बाँकी थोरै समय छन्। बाबाले धैर्य दिनुहुन्छ, बाँकी थोरै दिन छन्। कल्प पहिला पनि भएको थियो। कर्मभोगको हिसाब-किताब चुक्ता हुनु छ। खुसीमा यो सबै समाहित गर्दै जाऊ। बस्, बाबा र वर्सालाई याद गरिरख। उल्टो-सुल्टो कुनै पनि काम नगर। नत्र अझै दण्ड मिल्छ, पद भ्रष्ट हुन्छ। बच्चाहरूको काम हो एक बाबालाई याद गर्नु। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा विकर्म विनाश हुन्छन्। हिसाब-किताब चुक्ता हुन्छ। बाँकी थोरै समय छ, हिसाब-किताब चुक्ता गर्दै जाऊ किनकि तिमी हौ अन्धाहरूको लौरो। तिमी पनि याद गर, अरूलाई पनि बाटो बताऊ। विघ्न त धेरै पर्नेछन्। जति सकिन्छ, सबैलाई यो सम्झाउँदै गर– बाबालाई याद गर। शब्द पनि नामीग्रामी छन्, मनमनाभव अर्थात् हे आत्माहरू म एकलाई याद गर्यौ भने तिम्रा पास्टका विकर्म भस्म हुन्छन्। यसमा अलमलिने त कुरै छैन। केवल बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। तिमीलाई थाहा छ, हामीले ८४ को चक्र लगाएका छौँ। चक्र लगाउँदै आएका छौँ, लगाइरहनेछौँ। यो हो पुरानो दुनियाँ, पुरानो चोला.... यिनलाई भुल्नु छ। यो हो आत्माहरूको बेहदको संन्यास। उनीहरूको हो हदको संन्यास, घरबार छोडेर जान्छन्। उनीहरूको पनि ड्रामामा पार्ट छ। फेरि पनि यस्तै हुनेछ। सेकेन्ड-सेकेन्ड जे पास भयो त्यो ड्रामा, फेरि त्यही ड्रामा दोहोरिनेछ। शास्त्र सबै भक्तिमार्गका पुस्तक हुन्। भक्तिपछि हो ज्ञान। यस सिँढीको चित्रमा कसैलाई पनि सम्झाउन धेरै सहज छ। मुख्य जुन चित्र छन्, ती आफ्नो घरमा पनि राख्न सक्छौ। त्रिमूर्ति पनि एकदम क्लीयर छ। माथि शिव पनि हुनुहुन्छ। ब्रह्मा, विष्णु, शङ्कर पनि छन्, सूक्ष्मवतनवासी, फेरि उच्चभन्दा उच्च हुनुहुन्छ भगवान। बच्चाहरूले पनि बुझेका छन्, जहाँ बाबा रहनुहुन्छ त्यो हो हामी आत्माहरूको रहने स्थान, जसलाई निर्वाणधाम भन अथवा शान्तिधाम भन– कुरा एउटै हो। शान्तिधाम नाम ठीक छ अथवा निर्वाणधाम अर्थात् वाणीभन्दा परको धाम, त्यो शान्तिधाम नै भयो। त्यो शान्तिधाम फेरि हो सुख र शान्ति सम्पत्ति धाम। फेरि हुन्छ दुःख र अशान्तिधाम। सुखधाममा त कुबेरका खजाना हुन्छन् अथाह। आज के छ, भोलि के हुनेछ। आज कलियुगको अन्त्य, भोलि हुनेछ सत्ययुगको आदि। रात-दिनको फरक छ नि। भन्छन् पनि, ब्रह्मा र ब्रह्मा मुख वंशावली ब्राह्मणहरूको दिन र फेरि रात। दिनमा हुन्छन् देवताहरू। रातमा हुन्छन् शूद्र। बीचमा छौ तिमी ब्राह्मण। यस सङ्गमयुगको कसैलाई थाहा छैन। मानिसहरू त एकदमै घोर अन्धकारमा छन्। त्यसैले घोर उज्यालोमा ल्याउनु तिमी बच्चाहरूको कर्तव्य हो। अहिले सामुन्ने त्यही महाभारत लडाइँ छ। गाइएको पनि छ– विनाश काले विपरीत बुद्धि विनश्यन्ति। विनाश काले प्रीत बुद्धि विजयन्ती।

तिमी बच्चाहरूलाई थाहा छ, बाबाले हामीलाई फेरि त्यही राजाइ दिनुहुन्छ। त्यो हाम्रो राजाइ कसैले खोस्न सक्दैन। रावणको प्रवेश त हुन्छ द्वापरदेखि। रावणले हाम्रो राजाइ खोसेको छ, जसलाई दुश्मन नै सम्झ किनकि दुश्मनको नै पुत्ला बनाएर जलाउँछन्। यो धेरै पुरानो दुश्मन हो। भन्छन् पनि– रावण राज्य, तर कसैको बुद्धिमा आउँदैन। त्यसैले घोर अन्धकार भनिन्छ नि। बेहदको पिता हुनुहुन्छ नलेजफुल। उहाँलाई ज्ञानको दाता, दिव्य चक्षु विधाता भनिन्छ। अहिले तिमी आत्माहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। पहिला त केही जान्दैनथ्यौ। अब सबै जानेका छौ। बाबा ज्ञानको सागर हुनुहुन्छ, त्यसैले अवश्य ज्ञान सुनाउनुहुन्छ नि। ज्ञान नसुनाईकन सिद्ध कसरी हुन्छ र! तिमीले देख्छौ, बाबाले ज्ञान सुनाउनुहुन्छ, जुन ज्ञानबाट फेरि आधाकल्प सद्गति हुन्छ। भक्ति नै आधाकल्प चल्नु छ। ज्ञानबाट सद्गति सङ्गममा नै हुन्छ। बच्चाहरूको कुनै पनि कुरा कहिल्यै लुक्न सक्दैन। बाबा भन्नुहुन्छ– कुनै पनि नराम्रो काम भयो भने बताऊ। बाबालाई थाहा छ, कतिबाट नराम्रा कर्म भइरहन्छन्। रावण राज्य हो नि। मायाले थप्पड हान्छ, तर लुकाउँछन् धेरै। बाबा भन्नुहुन्छ– कुनै पनि भूल हुन्छ भने तुरुन्त बताउनाले अगाडिको लागि युक्ति मिल्छ। नत्र वृद्धि हुँदै जानेछ। काम महाशत्रु हो। बाबालाई लेख्छन्– बाबा, मायाको धेरै अपोजिसन हुन्छ। सदा त कसैको योग रहँदैन, जसले मायाबाट बच्न सकोस्। देह-अभिमान धेरै आउँछ। धेरै छन् जसले मायाको थप्पड खान्छन्। बाबाको समीपमा समाचार त सबैतिरबाट आइरहन्छन् नि। अखबारहरू आदिमा त उल्टो-सुल्टो पनि कति राखिदिन्छन्। आजभोलि मानिसहरूले कुरा त जति पनि बनाउन सक्छन्, तमोप्रधान छन् नि। व्यासको जब रजो बुद्धि थियो, तब के-के कुराहरू बसेर लेखेका छन्। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– सुने-सुनाएका कुराहरूमा कहिल्यै पनि विश्वास गरेर नबिग्र। फलानोले यसो भन्यो, यो गर्यो... दिमाग नै खराब हुन्छ। बुझ्दैनन्, तमोप्रधान दुनियाँ हो। मायाले लडाउने कोसिस गर्नेछ। कसैले पनि झुटमुट कुरा सुनाउँछ भने एक कानले सुनेर अर्को कानले निकालिदेऊ। अरूलाई पनि यही सन्देश दिँदै गर। बाबा भन्नुहुन्छ– म सन्देश लिएर आउँछु। अब हे आत्माहरू, श्रीमतमा चल। मेरो सन्देश सुन। केवल म एकलाई याद गर। जसले याद गर्छन्, उनीहरूले आफ्नै कल्याण गर्छन्। याद आत्माले गर्नु छ, भुलेको पनि आत्माले नै हो। अब बाबाको श्रीमत मिल्छ, यसमा आशीर्वाद वा रहम आदि केही पनि माग्नु छैन। केवल बाबालाई याद गर्नु छ र कुनै कुरा सोध्ने-गर्ने दरकार पनि छैन। सृष्टिको चक्र कसरी घुम्छ– यो त सुन्यौ। यसमा खिटखिटको कुनै कुरा छैन। घोर अन्धकारमा नै बाबा आउनुहुन्छ, त्यसैले शिवरात्रि मनाउँछन्। श्रीकृष्णको पनि जन्म राति मनाउँछन्। खिर-पुरी आदि मन्दिरहरूमा बन्छ राति। अब शिवको लागि के बनाउँछन्? उहाँ त हुनुहुन्छ निराकार। कसैलाई थाहा पनि छैन, बाबा कुन घडी आउनुहुन्छ र कसरी जानुहुन्छ। सदा त सवारी गर्नुहुन्न। आउनुहुन्छ र जानुहुन्छ। अहिले तिमीलाई थाहा छ, हामी शिवबाबाका नाति-नातिना हौँ। वर्सा उहाँबाट मिल्छ। ब्रह्मालाई पनि वर्सा उहाँबाट मिल्छ। यिनी त मानिस हुन् नि। सद्गतिमा पहिलो नम्बर हुन् यी श्रीकृष्ण। यिनी सबैलाई प्यारा लाग्छन् किनकि सतोप्रधान बाल अवस्था हो नि। अलि ठुलो भएपछि उनीहरूलाई सतो भनिन्छ। फेरि रजो तमो। श्रीकृष्ण राधे नै फेरि लक्ष्मी-नारायण बन्छन्, जसलाई बाबाले ज्ञान दिनुभएको छ, उनीहरूलाई नै दिनुहुन्छ। भारतवर्षमा नै देवी-देवता भएर गएका छन्, त्यसैले मन्दिर पनि भारतवर्षमा धेरै छन्। क्रिश्चियनको चर्चमा क्राइस्ट नै क्राइस्ट देख्नेछौ। देवताहरूका कति धेरै मन्दिर छन्। बाबा आउनुभएको छ हामीलाई मानिसबाट देवता बनाउन अथवा विश्वलाई स्वर्ग बनाउन। हामी बाबालाई याद गरेर पावन बनिरहेका छौँ। बाबाको साथमा हामी पनि विश्वलाई स्वर्ग बनाइरहेका छौँ। जसरी हामी बाबाको साथमा आएका छौँ। भक्तिमार्गमा देवताहरूका मन्दिर, मूर्तिहरू आदिमा कति खर्च गरेर बनाउँछन्। उत्पत्ति गरेर, पालना गरेर, फेरि विनाश गरिदिन्छन्। ९ दिनभित्र नै डुबाइदिन्छन्। उनीहरूमा धेरै प्रेम हुन्छ। नवरात्रि कलकत्तामा धुमधामले मनाउँछन्। यी सबै कुराहरूमा अहिले अचम्म लाग्छ। पहिला त हामी पनि पात्र थियौँ। करोडौँ रुपैयाँ खर्च गर्छन्। कति अन्धश्रद्धा छ। रामायणसँग कति प्यार हुन्छ। कुरा सुनेर आँखाबाट आँसु बगाइदिन्छन्। यो सबै हो भक्तिमार्ग, यसबाट फाइदा केही छैन। बाबाले अब हामीलाई कति समझदार बनाउनुहुन्छ। त्यसैले यो सबै सुनेर यहाँको यहाँ नभुल, सबै कुराहरू याद गर। पूरा रिफ्रेस भएर जाऊ। आफूलाई आत्मा सम्झेर देहसहित जे जति देख्छौ, सबै भुलिदेऊ। यो सबै कब्रिस्तान हो। दिल्लीमा बिडला मन्दिरमा लेखिएको छ– भारतवर्ष परिस्तान थियो, जुन धर्मराजले स्थापना गर्नुभएको थियो। अहिले तिमी बच्चाहरूलाई थाहा छ, यो दुनियाँ कब्रिस्तान बन्नु छ।

बाबा भन्नुहुन्छ– सबै काम-चितामा बसेर एकदम जलेर मरेका छन्। क्रोध-चिता भनिँदैन। काम-चिता भनिन्छ। त्यसमा पनि हल्का नसा, सेमी नसा पनि हुन्छ। बच्चाहरूलाई नै बाबाले बसेर सम्झाउनुहुन्छ। घरमा यदि कोही कपुत बच्चा छ भने भन्छन् नि– यो के पिताको इज्जत गुमाउँछौ। पिताको इज्जत जान्छ नि। बेहदको पिताले पनि भन्नुहुन्छ, तिमीले कालो मुख गर्छौ भने ब्राह्मण कुल भूषण जो देवता बन्छन्, उनीहरूको नाम बदनाम गर्छौ। तिमी बच्चाहरूलाई थाहा छ– हामी पवित्रताको तागतले नै विश्वलाई फेरि श्रेष्ठाचारी देवता बनाउँछौँ। तिम्रो लागि त जस्तै सामान्य कुरा हो। देख्छौ, महाभारत लडाइँ पनि खडा छ, यसबाट नै स्वर्गको गेट खुल्छ। शास्त्रहरूमा महाभारत लडाइँ त देखाएका छन्। त्यसपछि के भयो– यो देखाएका छैनन्। भनिदिन्छन्, प्रलय भयो। अब श्रीकृष्णको एकातिर त माताको गर्भबाट जन्म देखाएका छन् र अर्कोतिर फेरि भन्छन्, पिपलको पातमा बुढीऔँला चुस्दै आए, केही पनि बुझ्दैनन्। त्यहाँ त गर्भ महलमा रहन्छन् बडो विश्रामले। बाँकी सागरमा कहाँ पातमा हुन सक्छ र। यो त असम्भव हो। त्यसैले यो सबै ड्रामा बनेको छ, जसलाई तिमीले जानेका छौ। कल्प-कल्प यस्तै हुन्छ नै। अब बच्चाहरूले आफ्नो कल्याण गर्नु छ र अरूको पनि कल्याण गर्नु छ। मूल कुरा हो यो। बाबा त स्वर्गको रचयिता हुनुहुन्छ। उहाँलाई भनिन्छ नै हेभनली गड फादर। त्यसोभए हामी बच्चाहरू स्वर्गको मालिक हुनुपर्छ नि। शिवजयन्ती पनि भारतभूमिमा नै मनाउँछन्, त्यसैले अवश्य भारतवर्षलाई केही दिनुभएको होला। अहिले तिमीलाई स्वर्गको बादशाही दिइरहनुभएको छ नि। बाबा हुनुहुन्छ नै सद्गति दाता। ज्ञानको सागर, नलेज बाबाले नै आएर दिनुहुन्छ। अहिले बाबाले तिमीलाई नलेज दिइरहनुभएको छ। ५ हजार वर्षपछि फेरि यहाँ नै आउनुहुनेछ। बच्चाहरूलाई निश्चय छ, जो-जो यस ब्राह्मण कुलका हुन्छन्, उनीहरू आउँदै जानेछन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) श्रीमतमा आफ्नो र अरूको कल्याण गर्नु छ। कसैले कुनै झुटो कुरा सुनाउँछ भने सुनेर पनि नसुनेझैँ गरिदिनु छ। त्यसमा बिग्रनुहुँदैन।

२) कहिल्यै पनि देवता बन्ने ब्राह्मण कुल भूषणहरूको नाम बदनाम नहोस्– यसको ध्यान राख्नु छ। कुनै उल्टो कर्म कहिल्यै गर्नुहुँदैन। पछिल्ला हिसाब-किताब चुक्ता गर्नु छ।

वरदान:–
नसा र निसानको स्मृतिद्वारा सर्व कर्मेन्द्रियहरूलाई अर्डर अनुसार चलाउने ताज र तख्तनसीन भव

सङ्गमयुगमा बापदादाद्वारा सबै बच्चाहरूलाई ताज र तख्त प्राप्त हुन्छ। प्युरिटीको पनि ताज छ भने जिम्मेवारीहरूको पनि ताज छ, अकाल तख्त पनि छ भने दिलतख्तनसीन पनि हौ। जब यस्ता डबल ताज र तख्तनसीन बन्छौ, तब नसा र निसान स्वतः याद रहन्छ। फेरि यी कर्मेन्द्रियहरूले जी हजुर गर्छन्। जसले ताज र तख्त छोडिदिन्छन्, उनीहरूको अर्डर कुनै पनि कारोबारीले मान्दैनन्।

स्लोगन:–
कमजोर सङ्कल्पले नै प्रसन्नचित्तको सट्टा प्रश्नचित्त बनाइदिन्छन्।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

ईश्वरीय सेवाको सबैभन्दा ठुलो पुण्य हो– पवित्रताको दान दिनु। पवित्र बन्नु र बनाउनु नै पुण्यात्मा बन्नु हो किनकि कुनै आत्मालाई आत्मघात जस्तो महापापबाट छुटाउँछौ। अपवित्रता आत्मघात हो। पवित्रता जीवनदान हो।