18.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
फूल ब निसकेपछि यो भारतवर्ष काँडाहरूको जङ्गलबाट सम्पूर्ण फूलहरूको बगैँचा बन्छ ,
बाबा तिमीलाई फूल बनाउन आउनुभएको छ।”
प्रश्न:–
मन्दिरलायक
बन्नको लागि कुन कुराहरूमा विशेष ध्यान दिनुछ?
उत्तर:–
मन्दिरलायक
बन्नुछ भने चालचलनमा विशेष ध्यान देऊ–चालचलन धेरै मीठो र रोयल हुनुपर्छ। यति मीठोपन
होस् जसबाट अरूलाई त्यसको महसुस होस्। अनेकौँलाई बाबाको परिचय देऊ। आफ्नो कल्याण
गर्नको लागि राम्रोसँग पुरुषार्थ गरेर सेवामा लागिराख।
गीत:–
बदल जाए दुनिया
न बदलेंगे हम...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूलाई थाहा छ– बाबाले ब्रह्माद्वारा सम्झाइरहनुभएको छ। ब्रह्माको रथद्वारा नै
सम्झाइरहनुहुन्छ। हामीले यो प्रतिज्ञा गर्छौँ– श्रीमतमा हामीले यो भारतवर्षको
भूमिलाई पतितबाट पावन बनाउँछौँ। हामीले सारा विश्वलाई पतितबाट पावन बन्ने मार्ग
बताउँछौँ। हरेकले आफ्नो बुद्धिमा यति ख्याल राख्नुछ। बाबा भन्नुहुन्छ– ड्रामा
अनुसार तिमी फूल बनिसकेपछि र समय आएपछि सम्पूर्ण बगैँचा बन्छ। बागवान पनि
निराकारलाई भनिन्छ, माली पनि निराकारलाई भनिन्छ, साकारलाई होइन। माली पनि आत्मा हो,
न कि शरीर। बागवान पनि आत्मा हुनुहुन्छ। बाबाले सम्झाउनुहुन्छ भने अवश्य शरीरद्वारा
नै। शरीरको साथमा नै उहाँलाई माली बागवान भनिन्छ, जसले यो विश्वलाई फूलहरूको बगैँचा
बनाउनुहुन्छ। बगैँचा थियो त्यहाँ यी देवताहरू रहन्थे। त्यहाँ कुनै दु:ख थिएन। यहाँ
यो काँडाहरूको जङ्गलमा त दु:ख छ, रावणको राज्य छ, काँडाहरूको जङ्गल छ। तुरुन्तै कोही
फूल बन्दैनन्। देवताहरूको अगाडि गएर गाउँछन् पनि– हामी जन्मजन्मान्तरका पापी हौँ,
अजामिल हौँ। यस्तो प्रार्थना गर्छन्, अब आएर हामीलाई पुण्य आत्मा बनाउनुहोस्।
सम्झन्छन्– अहिले हामी पाप आत्मा हौँ। कुनै समयमा पुण्य आत्मा थियौँ। अहिले यो
दुनियाँमा पुण्य आत्माहरूका केवल चित्र छन्। राजधानीका मुख्यहरूका चित्र छन् र
उनीहरूलाई यस्तो बनाउने निराकार शिव हुनुहुन्छ। उहाँको चित्र छ, बस्। अरू कुनै
चित्र छैनन्। यसमा पनि शिवको त ठुलो लिङ्ग बनाइदिन्छन्। भन्छन् पनि– आत्मा सितारा
जस्तो छ भने अवश्य बाबा पनि त्यस्तै हुनुहुन्छ नि। तर उहाँको पूरा पहिचान छैन।
विश्वमा यी लक्ष्मी-नारायणको राज्य थियो। यिनीहरूको लागि कहीँ पनि कुनै ग्लानिको
कुरा लेख्दैनन्। बाँकी श्रीकृष्णलाई कहिले द्वापरमा, कहिले कहाँ लैजान्छन्।
लक्ष्मी-नारायणको लागि सबैले भन्छन्– स्वर्गका मालिक थिए। यो हो तिम्रो लक्ष्य
उद्देश्य। राधा-कृष्ण को हुन्– मानिसहरू बिचरा एकदमै अल्मलिएका छन्, केही बुझ्दैनन्।
जसले बाबाबाट बुझ्छन्, उनीहरू सम्झाउनलायक पनि बन्छन्। नत्र लायक बन्न सक्दैनन्।
हुन त जतिसुकै सम्झाऊ, दैवीगुण धारण गर्न सक्दैनन्। तर ड्रामा अनुसार यस्तो हुनु नै
छ। तिमीले अहिले आफै बुझ्छौ– हामी सबै बच्चाहरूले बाबाको श्रीमतमा भारतवर्षको रुहानी
सेवा गर्छौँ आफ्नै तन-मन-धनबाट। प्रदर्शनी अथवा म्युजियम आदिमा सोध्छन्– तिमीले
भारतवर्षको के सेवा गर्छौ? तिमीलाई थाहा छ– हामीले भारतवर्षको धेरै राम्रो सेवा
गर्छौँ, जङ्गलबाट बगैँचा बनाइरहेका छौँ। सत्ययुग हो गार्डेन। यो हो काँडाहरूको
जङ्गल। एकअर्कालाई दु:ख दिइरहन्छन्। यो कुरा तिमीले राम्रोसँग सम्झाउन सक्छौ।
लक्ष्मी-नारायणको चित्र पनि धेरै राम्रो बनाउनुपर्छ। मन्दिरहरूमा धेरै सुन्दर चित्र
बनाउँछन्। कहीँ गोरा, कहीँ काला चित्र बनाउँछन्, त्यसको के रहस्य हो, यो पनि
बुझ्दैनन्। तिमी बच्चाहरूलाई अहिले यो सारा ज्ञान छ। बाबा भन्नुहुन्छ– म आएर सबैलाई
मन्दिरलायक बनाउँछु, तर सबै मन्दिरलायक बन्दैनन्। प्रजालाई त मन्दिरलायक भनिँदैन
नि। प्रजा उनीहरूका हुन्छन् जसले पुरुषार्थ गरेर धेरै सेवा गर्छन्।
तिमी बच्चाहरूले
रुहानी सामाजिक सेवा पनि गर्नुछ, यो सेवामा आफ्नो जीवन सफल गर्नुछ। चालचलन पनि धेरै
मीठो सुन्दर हुनुपर्छ, जसले गर्दा अरूलाई पनि मीठो गरी सम्झाउन सकियोस्। आफै काँडा
छ भने अरू कसैलाई फूल कसरी बनाउँछ, उसको तीर पूरा लाग्दैन। बाबालाई याद गर्दैनन् भने
तीर कसरी लाग्छ। आफ्नो कल्याणको लागि राम्रोसँग पुरुषार्थ गरेर सेवामा लागिराख। बाबा
पनि सेवामा हुनुहुन्छ नि। तिमी बच्चाहरू पनि दिनरात सेवामा लागि राख।
दोस्रो कुरा,
सम्झाउनुहुन्छ– शिवजयन्तीमा धेरै बच्चाहरूले तार पठाउँछन्, त्यसमा पनि यस्तो लेखाइ
लेख्नुपर्छ जसले गर्दा त्यो तार कसैलाई पनि देखाउँदा बुझुन्। पछिको लागि के गर्नुछ,
त्यसको पुरुषार्थ गरिन्छ। सेमिनार पनि त्यसैले गर्छन्– के के सेवा गर्ने जसले गर्दा
धेरैलाई बाबाको परिचय मिल्छ। तारहरू थुप्रै राखिएका छन्, यसबाट धेरै काम लिन सक्छौ।
ठेगाना लेख्छन्– शिवबाबा मार्फत ब्रह्मा। प्रजापिता ब्रह्मा पनि हुनुहुन्छ, उहाँ
रुहानी पिता, यिनी जिस्मानी। उहाँबाट जिस्मानी रचना रचिइन्छ। बाबा हुनुहुन्छ मनुष्य
सृष्टिको रचयिता। कसरी रचना रच्नुहुन्छ, यो दुनियाँभरमा कसैले जान्दैनन्। बाबाले
ब्रह्माद्वारा अब नयाँ रचना रचिरहनुभएको छ। ब्राह्मण हुन् टुप्पी। पहिला सुरुमा
ब्राह्मण अवश्य चाहिन्छ। विराटरूपको हो यो टुप्पी। ब्राह्मण, देवता, क्षत्रिय,
वैश्य, शूद्र। पहिला शूद्र त हुन सक्दैनन्। बाबाले ब्रह्माद्वारा ब्राह्मण
रच्नुहुन्छ। शूद्र कसरी र कोद्वारा रच्नुहुन्छ?
तिमी बच्चाहरूलाई थाहा
छ– कसरी नयाँ रचना रच्नुहुन्छ, यो एडप्सन हो बाबाको। कल्प कल्प बाबा आएर शूद्रबाट
ब्राह्मण बनाउनुहुन्छ फेरि ब्राह्मणबाट देवता बनाउनुहुन्छ। ब्राह्मणहरूको सेवा धेरै
उच्च छ। ती ब्राह्मणहरू आफै नै पवित्र छैनन् भने अरूलाई पवित्र कसरी बनाउँछन्। कुनै
पनि ब्राह्मणले संन्यासीलाई कहिल्यै राखी बाँध्दैनन्। उनीहरूले भन्छन्– हामी त
पवित्र छँदैछौँ। तिमीले आफ्नो मुख हेर। तिमी बच्चाहरूले पनि कसैबाट राखी बँधाउन
सक्दैनौ। दुनियाँमा त सबैले एकअर्कालाई बाँध्छन्। दिदीबहिनीले दाजुभाइलाई राखी
बाँध्छन्, यो रिवाज अहिले निस्किएको छ। अहिले तिमीले शूद्रबाट ब्राह्मण बन्नको लागि
पुरुषार्थ गर्छौ। सम्झाउनुपर्छ। स्त्रि पुरुष दुवैले पवित्रताको प्रतिज्ञा गरे भने
दुवैले बताउन सक्छन्– हामी कसरी बाबाको श्रीमतबाट पवित्र रहन्छौँ। अन्त्यसम्म यो
काम विकारमाथि विजय भइरह्यो भने पवित्र जगतको मालिक बन्छौ। पवित्र दुनियाँ
सत्ययुगलाई भनिन्छ, त्यो अहिले स्थापना भइरहेको छ। तिमीहरू सबै पवित्र छौ। विकारमा
गिर्नेलाई राखी बाँध्न सक्छौ। प्रतिज्ञा गरेर फेरि पतित बन्यौ भने भनिन्छ– तिमी राखी
बँधाउन आएका थियौ फेरि के भयो? भन्छन्– मायाबाट हार खाइयो, यो हो युद्धको मैदान।
विकार ठुलो दुस्मन हो। यसमाथि विजय पाएर नै जगतजित अर्थात् राजा-रानी बन्नुछ,
प्रजालाई जगतजित भनिँदैन। मेहनत त राजा-रानीले गर्छन् नि। भन्छन् पनि– हामी त
लक्ष्मी-नारायण बन्छौँ। लक्ष्मी-नारायणपछि उनीहरूको तख्तमा विजय उनीहरूका बच्चाको
हुन्छ। ती लक्ष्मी-नारायण फेरि अर्को जन्ममा तल जान्छन्। भिन्न नाम-रूपबाट बच्चालाई
गद्दी मिल्यो भने उच्च नम्बर गनिन्छ। पुनर्जन्म त लिन्छन् नि। बच्चा तख्तमा बस्यो
भने ऊ सेकेन्ड ग्रेड हुन्छ। माथिको तल, तलको माथि आउँछ। त्यसैले अब बच्चाहरू यस्तो
उच्च बन्नुछ भने सेवामा लाग्नुपर्छ। पवित्र हुनु पनि धेरै जरुरी छ। बाबा भन्नुहुन्छ–
मैले पवित्र दुनियाँ बनाउँछु। राम्रो पुरुषार्थ थोरैले गर्छन्, पवित्र त सारा दुनियाँ
बन्छ। तिम्रो लागि स्वर्गको स्थापना गर्छु। यो ड्रामा अनुसार हुनु नै छ, यो खेल
बनेको छ। तिमी पवित्र बन्छौ त्यसपछि फेरि विनाश सुरु हुन्छ। सत्ययुगको स्थापना
हुन्छ। ड्रामालाई त तिमीले बुझ्न सक्छौ। सत्ययुगमा थियो देवताहरूको राज्य। अहिले
छैन फेरि हुनेछ।
तिमी हौ रुहानी
मिलिटरी। तिमीले ५ विकारहरूमाथि विजय पाएका हुनाले जगतजित बन्नेछौ। जन्मजन्मान्तरका
पाप काटिनको लागि बाबाले युक्तिहरू बताउनुहुन्छ। बाबाले एकैपटक आएर युक्ति
बताउनुहुन्छ। राजधानी स्थापना नभएसम्म विनाश हुँदैन। तिमी धेरै गुप्त योद्धाहरू हौ।
सत्ययुग हुनु नै छ कलियुगपछि। फेरि सत्ययुगमा कहिल्यै लडाइँ हुँदैन। तिमी
बच्चाहरूलाई थाहा छ– सबै आत्माहरूले जे जति पार्ट खेल्छन्, त्यो सबै पहिल्यै
निश्चित छ। जसरी कठपुतलीहरू हुन्छन् नि, त्यसरी नै नाचिरहन्छन्। यो पनि ड्रामा हो,
हरेकको यो ड्रामामा पार्ट छ। पार्ट खेल्दाखेल्दै तिमी तमोप्रधान बनेका छौ। फेरि अब
माथि जान्छौ, सतोप्रधान बन्छौ। नलेज त सेकेन्डको हो। सतोप्रधान बन्छन् फेरि गिर्दै
गिर्दै तमोप्रधान बन्छन्। फेरि बाबाले माथि लैजानुहुन्छ। वास्तवमा ती माछाहरू तारमा
झुन्डिन्छन्, यो तारमा मानिसहरूलाई राख्नुपर्छ। यसरी उतरतीकला फेरि चढ्तीकला हुन्छ।
तिमी पनि यसरी चढ्छौ फेरि ओर्लँदै ओर्लँदै तल आउँछौ। ५ हजार वर्ष लाग्छ माथि गएर
फेरि ओर्लन। यो ८४ को चक्र तिम्रो बुद्धिमा छ। उतरतीकला र चढ्तीकलाको रहस्य बाबाले
नै सम्झाउनुभएको छ। तिमीहरूमा पनि नम्बरवारले जान्दछन् र फेरि पुरुषार्थ गर्छन्,
जसले बाबालाई याद गर्छन् उनीहरू छिटो माथि जान्छन्। यो प्रवृत्तिमार्ग हो। जसरी
जोडीलाई दौडाए भने जोडीको एक एक पाउ बाँध्छन् फेरि दौडिन्छन्। यो पनि तिम्रो दौड हो
नि। कसैको प्राक्टिस छैन भने गिर्छन्, यसमा पनि यस्तै हुन्छ। एउटा अगाडि बढ्यो भने
अर्कोले रोक्छ, कहीँ दुवै गिर्छन्। बाबालाई आश्चर्य लाग्छ– वृद्धहरूलाई पनि कामको
आगो लाग्यो भने उनीहरू पनि गिर्छन्। यस्तो कहाँ हो र उसले गिरायो। गिर्नु, नगिर्नु
आफ्नो हातमा छ। कसैले धक्का कहाँ दिन्छन्, हामी नै किन गिर्ने? जेसुकै होस् हामी
गिर्दैनौँ। गिऱ्यौ भने आफ्नो सबै सत्यानाश हुन्छ, जोडले थप्पड लाग्छ। फेरि
पछुताउँछन् पनि, हड्डी हड्डी टुट्छ। धेरै चोट लाग्छ। बाबाले भिन्न भिन्न प्रकारले
सम्झाइरहनुहुन्छ।
यो पनि सम्झाउनुभयो–
शिव जयन्तीमा तारहरू यस्ता आउनुपर्छ जसले गर्दा मानिसहरूले पढ्दा बुझुन्। विचार
सागर मन्थन गर्नको लागि बाबाले टाइम दिनुहुन्छ। कसैले हेर्दा आश्चर्य मानुन्। कति
चिठीहरू आउँछन्, सबैले लेख्छन्– बापदादा। तिमीले सम्झाउन पनि सक्छौ– शिवबाबालाई बाबा,
ब्रह्मालाई दादा भनिन्छ। एक जनालाई कहिल्यै कसैले बापदादा भन्छन् र? यो त
आश्चर्यजनक कुरा हो, यसमा सच्चा सच्चा ज्ञान छ। तर यादमा रहे भने मात्र कसैलाई तीर
पनि लाग्छ। घरी घरी देह अभिमानमा आउँछन्। बाबा भन्नुहुन्छ– आत्म अभिमानी बन। आत्माले
नै शरीर धारण गरेर पार्ट खेल्छ। कोही मर्यो भने पनि कुनै ख्याल चलाउनुछैन। आत्मामा
जुन पार्ट पहिल्यै निश्चित छ त्यसलाई हामीले साक्षी भएर हेर्नुछ। उसलाई एउटा शरीर
छोडेर अर्को लिएर पार्ट खेल्नुछ। यसमा हामीले गर्न नै के सक्छौँ? यो ज्ञान पनि
तिम्रो बुद्धिमा छ। त्यो पनि नम्बरवार। कतिको बुद्धिमा त रहँदै रहँदैन त्यसैले
कसैलाई सम्झाउन सक्दैनन्। आत्मा बिल्कुलै तातो तावा, तमोप्रधान पतित छ। त्यसमा
ज्ञान अमृत राखियो भने पनि रहँदैन। जसले धेरै भक्ति गरेको छ, उसैलाई तीर लाग्छ,
तुरुन्तै धारणा हुन्छ। हिसाब नै आश्चर्यजनक छ– पहिला नम्बरमा पावन, उनीहरू नै फेरि
पतित बन्छन्। यी पनि कति बुझ्ने कुराहरू छन्। कसैको तकदिरमा छैन भने पढाइलाई
छोडिदिन्छन्। यदि सानैदेखि ज्ञानमा लागे भने धारणा हुँदैजान्छ। बुझिन्छ– यसले धेरै
भक्ति गरेको छ, धेरै होसियार छ, किनकि अङ्गहरू ठुला भएपछि फेरि समझ पनि धेरै आउँछ।
जिस्मानी, रुहानी दुवैतर्फ अटेन्सन दिएमा फेरि त्यो असर निस्किन्छ। यो हो ईश्वरीय
पढाइ। फरक छ नि। तर त्यो लगन पनि लाग्यो भने न हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) रुहानी मिलिटरी बनेर ५ विकारहरूमाथि विजय पाउनुछ, पवित्र अवश्य बन्नुछ। श्रीमतमा
भारतवर्षलाई पावन बनाउने सेवा गर्नुछ।
२) यो बेहद नाटकमा
हरेक पार्ट आत्म अभिमानी भएर खेल्नुछ, कहिल्यै पनि देह अभिमानमा आउनुहुँदैन। साक्षी
भएर हरेक कलाकारको पार्ट हेर्नुछ।
वरदान:–
सदा खुसी वा
मौजको स्थितिमा रहने कम्बाइन्ड स्वरूपको अनुभवी भव
बापदादाले
बच्चाहरूलाई सदा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बाबाको हातमा हात दिएर हिँड, एक्लै
नहिँड। एक्लै हिँड्दा कहिले बोर हुन्छौ, कहिले कसैको नजर पनि पर्छ। बाबाको साथमा
कम्बाइन्ड छु– यो स्वरूपको अनुभव गरिराख त्यसपछि कहिल्यै पनि मायाको नजर पर्दैन र
साथको अनुभव हुनाले खुसीले मौजले खाँदै, हिँड्दै मौज मनाइरहन्छौ। धोका वा दु:ख दिने
सम्बन्धहरूमा फस्नबाट पनि बच्छौ।
स्लोगन:–
योगरूपी कवच
पहिरिएर राख त्यसपछि मायारूपी दुस्मनको आक्रमण हुँदैन।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ
जसरी दु:खी आत्माहरूको
मनमा यो आवाज सुरुभएको छ– अब विनाश होस्, त्यसैगरी तिमी विश्वकल्याणकारी आत्माहरूको
मनमा यो सङ्कल्प उत्पन्न होस्– अब छिट्टै नै सर्वको कल्याण होस् त्यसपछि मात्रै
समाप्ति हुन्छ। विनाशकारीहरूलाई कल्याणकारी आत्माहरूको सङ्कल्पको इसारा चाहिन्छ
त्यसैले आफ्नो एभररेडी बन्ने पावरफुल सङ्कल्पबाट ज्वालारूप योगद्वारा विनाश
ज्वालालाई तीव्र बनाऊ।