18.10.26 Avyakt Bapdada Nepali Murli 02.02.2012 Om Shanti Madhuban
अब स्मृतिस्वरूप
अनुभवको अथोरिटी बन , ज्वालामुखी योगद्वारा सबैलाई लाइट माइटका किरणहरूको सहयोग देऊ
आज बापदादा आफ्नो
सामुन्ने वा चारैतिरको आफ्नो सानो संसारलाई देखेर हर्षित भइरहनुभएको छ किनकि यो
संसार सानो छ तर अति प्यारो छ किनकि यो संसारको एक एक आत्मा श्रेष्ठ आत्मा हो।
करोडौँमा कोही आत्माहरू हुन्। बाबाको वर्साका अधिकारी आत्माहरू हुन्। बापदादा हरेक
बच्चालाई देखेर खुसी हुनुहुन्छ, यी एक एक बच्चा राजा बच्चा हुन्। बापदादाले हरेक
बच्चालाई स्वराज्य अधिकारी र विश्व राज्य अधिकारी बनाउनुभएको छ। यस समयमा सबै
स्वराज्य अधिकारी हुन् अर्थात् मन-बुद्धि, संस्कार, कर्मेन्द्रियहरूका राजा हुन्।
कर्मेन्द्रियहरूको वशमा छैनन्। मनका पनि मालिक हुन्। त्यसैले यसरी नै तिमी हरेक
बच्चाले आफूलाई मनको मालिक, संस्कारहरूको पनि मालिक सम्झन्छौ? यस्तो त होइन, कहिले
तिमी मनको मालिक हुन्छौ वा कहिले मन तिम्रो मालिक हुन्छ! किनकि भन्छौ नै मेरो मन, म
मन भन्दैनौ। त्यसैले तिम्रो मनको तिमी मालिक हौ। चेक गर, कहिले मन त मालिक बन्दैन?
किनकि यस समयमा बापदादाले हरेकलाई स्वराज्य अधिकारीको सिटमा बसाउनुभएको छ। अहिलेका
स्वराज्यधारी हौ र भविष्यको राज्य त तिम्रो हुन्छ नै। डबल राज्य अधिकारी हौ।
बापदादाले देख्नुहुन्छ, हरेक बच्चा स्वराज्य अधिकारीको साथसाथै स्वमानधारी पनि छ।
त्यसैले म स्वमानधारी आत्मा हुँ, यो स्मृतिमा बस्यौ भने हेर कति स्वमानहरूको लिस्ट
तिम्रो सामुन्ने आउँछ। अनेक स्वमानको माला सामुन्ने आउँछ नि!
बापदादाले बच्चाहरूको
स्वमानहरूको हरेक बच्चालाई माला लगाइदिनुभएको छ। स्वमान सुन्नेबित्तिकै तिम्रो
सामुन्ने पनि आफ्ना स्वमान स्मृतिमा आए! याद गर, अनादि स्वरूपमा तिम्रो स्वमान कति
ठुलो छ! गयौ अनादि स्वरूपमा? हरेकको स्वमान छ– एक त बाबाको साथसाथै आत्मा चम्किरहेको
छ, बाबाको साथको कारण विशेष चम्किरहेको देखिइरहेको छ। देखिरहेका छौ? जसरी यहाँ
आकाशमा पनि कुनै कुनै सितारा विशेष चम्किन्छन्, त्यसैगरी तिमी पनि बाबाको साथसाथै
भएकाहुनाले चम्किरहेको आत्मा हौ। याद आयो आफ्नो अनादि स्वरूप? सेकेन्डमा आफ्नो
अनादिस्वरूपमा स्थित हुन सक्छौ? अहिले एक सेकेन्डमा त्यो अनादि स्वरूपमा एक
सेकेन्डको लागि स्थित होऊ। कति नसा चढ्छ! अगाडि बढ, यो सृष्टि चक्रको आदिमा आयौ! यो
ड्रिल गर, सत्ययुग आदिमा आफ्नो स्वरूप हेर, कति श्रेष्ठ सुखस्वरूप छौ। कति सर्व
प्राप्तिस्वरूप छौ। दुःखको नामनिसान छैन। प्रकृति कति सुन्दर सतोगुणी छ। अनुभव गर
आफ्नो देवता स्वरूपको। देखिरहेका छौ आफ्नो स्वरूप? कुनै पनि राजा होस्, महात्मा होस्,
नेता होस् यस्तो सर्व प्राप्तिस्वरूप कसैलाई देखेका छौ! त्यसैले एक सेकेन्डको लागि
आफ्नो देवता स्वरूपमा स्थित होऊ। आफ्नो स्वमानमा मजा आउँछ नि! हामी सो देवता...
बापदादाले यो ड्रिल गराइरहनुभएको छ। फेरि तल आऊ, कुन युग आयो? द्वापरमा पनि तिम्रो
पूज्यस्वरूपको स्वमान हुन्छ। तिम्रो स्वरूप पूज्य हुन्छ। आफ्नो पूज्यस्वरूपलाई
देखिरहेका छौ? सबैले भावनाले नियमअनुसार कति पूजा गर्छन्। यस्तो नियमअनुसार पूजा अरू
कसैको पनि हुँदैन। चाहे धर्मपिताहरू आए, चाहे गुरु बने, नेताहरू बने, अभिनेताहरू बने
तर यस्तो नियमअनुसार पूजा कसैको हुँदैन। त्यसैले आफ्नो स्वमान देख्यौ, अनुभव गरेकाछौ?
अब आऊ सङ्गममा, सबैले चक्कर लगाइरहेका छौ? पछाडि बसेकाले चक्कर लगाइरहेका छौ! हात
उठाऊ। आफ्नो स्वमान हेर किनकि स्वराज्य अधिकारी हौ नि! सङ्गममा स्वयं भगवान, तिम्रो
जीवनमा स्वयं मालिक तिमी बच्चाहरूमा पवित्रताको विशेषता भर्नुहुन्छ। जुन पवित्रता
तिम्रो सर्व अविनाशी सुखहरूको खानी हो। अनि बनाउने को हुनुहुन्छ? स्वयं भगवान।
त्यसको प्रत्यक्ष प्रमाण त अहिले पनि तिमीलाई बाबाबाट पवित्रताको सम्पत्ति प्राप्त
भएको छ। अब चेक गर– पवित्रता सर्व प्राप्तिहरूको आधार हो, पवित्रताबाट तिमीहरू सबै
मास्टर सर्वशक्तिमान् बनेका छौ। त्यसैले चेक गर, सर्वशक्तिहरू प्राप्त छन्? कुनै
कुनै बच्चाहरूले भन्छन्, बाबाले त सर्वशक्तिहरू दिनुभयो तर कुनै कुनै समयमा जुन
शक्तिको आवश्यकता हुन्छ त्यो थोरै समयपछि आउँछ। कुरा पूरा हुन्छ, फेरि आउँछ। यसको
कारण के हो? वरदानमा बाबाले दिनुभयो, तैपनि समयमा आउँदैन, त्यसको कारण के हो? आफ्नो
मास्टर सर्वशक्तिमान्को स्मृतिको सिटमा स्थित हुँदैनौ, कसैले पनि कसैको अर्डर
मान्छन् भने सिटमा स्थित हुनेहरूको अर्डर मान्छन्। त्यसैले जहिले पनि तिमीले कुनै
पनि शक्तिलाई अर्डर गर्छौ, पहिला यो हेर तिमी स्वयं स्मृतिको सिटमा छौ? स्वमानको
सिटमा छौ? स्मृतिको सिटमा स्थित होऊ, अनि सर्वशक्तिहरू तिम्रो समीप समयमा आउनको लागि
बाँधिएका छन् किनकि सर्वशक्तिमान् बाबाले तिमीलाई मास्टर सर्वशक्तिमान् बनाउनुभएको
छ। त्यसैले यति पावरफुल स्वमानधारी बनेर चलिरहेका छौ नि? आफ्ना स्वमान देख्यौ?
सङ्गमपछि कहाँ जानेछौ? फिर्ती यात्रामा जानेछौ नि! त्यसैले बापदादा यही चाहनुहुन्छ,
हरेकले दिनभरिमा यो एक्सरसाइज गरिरहनुछ। समय निकाल, बारम्बार यो स्वमानको माला
लगाएमा, अनुभव गरेमा जुन बापदादाले स्वराज्य अधिकारी बनाउनुभएको छ, यो हुन सक्दैन
स्वमान तिम्रो अर्डरमा चल्दैन। केवल सिटमा स्थित होऊ।
बापदादाले देख्नुभयो,
सबैले अटेन्सन राख्छन् तर अब नियमित रूपले आफ्नो दिनचर्या सेट गर। बीच बीचमा यो
आफ्नो स्वमानको स्मृति स्वरूपमा स्थित होऊ। जसरी ट्राफिक कन्ट्रोल गर्छौ, त्यसैगरी
यो आदिकालदेखि फिर्ती यात्रासम्मको स्वमानको स्मृतिको लागि बीच बीचमा टाइम निश्चित
गर। यो अभ्यास हिँड्दाडुल्दा पनि गर्न सक्छौ किनकि मनलाई सिटमा बसाउनु छ। बापदादाले
देख्नुभयो, पहिला पनि भन्नुभएको छ योग सबैले लगाउँछौ तर अब आवश्यकता केको छ? समयको
हालतलाई हेरेर पहिला पनि सुनाइयो, अब ज्वालामुखी योगको आवश्यकता छ, जसबाट डबल काम
हुनेछ। एक त आफ्नो पुरानो संस्कारको संस्कार हुनेछ, अहिले संस्कारहरूलाई मार्छौ तर
जलाउँदैनौ। मारेपछि फेरि पनि कहिलेकाहीँ ती जाग्छन्। जसरी रावणलाई केवल मारेनन्,
जलाए। त्यसैगरी तिमीले पनि आफ्ना पुराना संस्कारहरूलाई जुन बीचबीचमा तीव्र
पुरुषार्थमा कमी गरिदिन्छौ, त्यसको लागि ज्वालामुखी योगको आवश्यकता छ। एक त स्वयंको
लागि र अर्को ज्वालामुखी योगद्वारा अरूहरूलाई पनि, तिमीहरू लाइटरूप हुने भएकाले,
माइटरूप हुने भएकाले तिनीहरूलाई पनि आफ्ना किरणहरूद्वारा सहयोग दिन सक्छौ। त्यसैले
अहिले सबैले योगलाई ज्वालामुखी योगमा परिवर्तन गरेकाछौ? समयअनुसार अहिले
आत्माहरूलाई तिम्रो सहयोगको आवश्यकता छ। बाँकी बापदादाले त अमृतवेला हरेक बच्चालाई
स्नेह दिनुहुन्छ।
बापदादा देख्नुहुन्छ,
लक्ष्य धेरै राम्रो राख्छौ, हिम्मत पनि राख्छौ तर दिनभरि त्यही अटेन्सनमा रहनु, जसरी
अमृतवेलामा हुन्छ, त्यो कम हुन्छ। कारण के हुन्छ? यो जुन कर्ममा लाग्छौ, कर्मयोगी
बनेर कर्म गर्नु, यसमा अन्तर पर्छ। तिमी केवल योग लगाउने होइनौ, योगी जीवन भएका
आत्माहरू हौ। जीवन सदा हुन्छ, कहिलेकाहीँ होइन। त्यसैले बापदादा अहिले के
चाहनुहुन्छ? प्यारमा त सबैजसो पास छौ, प्यारको विषयमा बाबाले देख्नुभयो सबैजसोले
बाबासँग मेरो बाबा, मेरो बाबा भनेर प्यारको अनुभव गर्छौ। प्यारमा त सबैजसो पास छौ,
अब केमा पास हुनु छ? बाबासमान बन्नमा। सबैले के चाहन्छौ? बाबासमान बन्नु छ कि बाबा
बाबा रहनुहुनेछ तिमीहरू बच्चा रहन्छौ, त्यसैले बाबासमान त बन्नैपर्छ। प्यार अर्थात्
के हो? जसलाई प्यार गरिन्छ उसले जे भन्छ त्यो गर्नैपर्छ। त्यसैले सबै बाबाका प्यारा
हौ, बाबाको प्यार तिमीसँग छ? यसमा हात उठाऊ। प्यार छ अच्छा, प्यार छ? त्यसैले अब
बापदादा यही चाहनुहुन्छ, जसरी प्यार छ, त्यसैगरी यो लक्ष्य राख– हामी बाबासमान
बन्नैपर्छ, यसमा हात उठाऊ। त्यसोभए निश्चय राख्छौ, हात त धेरै राम्रो उठाउँछौ।
बापदादाले देखिरहनुभएको छ।
बापदादा चाहनुहुन्छ,
एक एक बच्चा चेहराबाट चलनबाट यस्तो प्रसन्न, सौभाग्यशाली देखियोस्, किनकि समयअनुसार
अब तिम्रो चेहराले धेरै सेवा गर्नेछ। यसको आवश्यकता पर्नेछ। यसको लागि बापदादा
चाहनुहुन्छ, अहिलेदेखि लक्ष्य राख जसरी अहिले यो ७५ औँ वार्षिक उत्सवका कारण सबैलाई
सेवा गर्ने उमङ्ग छ। चेहराबाट सेवा गर्ने यस्तो उमङ्ग होस् किनकि दिनप्रतिदिन समय
नाजुक आउनु नै छ। त्यसैले यस्तो समयमा तिम्रो चेहराले आत्माहरूलाई प्रफुल्लित
बनाइदिनुछ।
बापदादाले आज अमृतवेला
चक्कर लगाउनुभयो, अनि के देख्नुभयो? बाबाको यादमा बस्न त सबै आफ्नो रुचिबाट पनि
बस्छौ तर सबैभन्दा ठुलो अथोरिटी हो अनुभवको। त्यसैले बापदादाले देख्नुभयो यादमा
बस्छौ तर अनुभवको अथोरिटी बनेर बस्नुछ, स्मृतिमा बस्छन् तर स्मृतिस्वरूप अनुभव होस्।
अनुभवको अथोरिटीको आनन्द त्यो थोरै समय हुन्छ। सोच्छौ म बापदादाको तख्तनसिन हुँ तर
स्वरूपको स्मृतिस्वरूप अनुभवीमूर्त, अनुभवमा हराउनु, त्यसलाई अब अझै अगाडि
बढाउनुपर्नेछ किनकि अनुभवको अथोरिटी सबैभन्दा ठुलोभन्दा ठुलो अथोरिटी हो।
स्मृतिस्वरूप रहनु यसलाई भनिन्छ अनुभव। त्यसैले अनुभवमा डुब्नु जुन स्वरूपको स्मृति
राख्छौ, त्यो स्वरूपको अनुभूतिमा रहनु यसको अझै आवश्यकता छ किनकि अनुभव कहिल्यै पनि
भुलिँदैन। कसैलाई पनि तिमीले कसैको अनुभवद्वारा सुनाउने कोसिस गर्छौ भने अनुभवको
प्रभाव पर्छ। त्यसैले स्वयंलाई जुन स्वरूप स्मृतिमा राख्छौ त्यस स्वरूपको अनुभूतिमा
डुब, अनुभवले आफ्नो पुरुषार्थमा पनि धेरै मद्दत गर्छ। बापदादाले देख्नुभयो, अनुभवको
अथोरिटीमा नम्बरवार छौ। त्यसैले अहिले यो अनुभवको अथोरिटीको अभ्यासमा अझै अटेन्सन
देऊ। त्यसपछि अनुभव स्वरूपको स्थिति सदा समाहित हुन्छ, त्यसको चेहरा, चलनले सेवा
गर्छ।
आज बापदादाले
बच्चाहरूको रेकर्ड हेरिरहनुभएको थियो। त्यसैले एक त ज्वालामुखी योगमा अझै अटेन्सन
देऊ जसबाट स्वभाव संस्कार परिवर्तनमा सहयोग मिल्नेछ। संस्कार जसलाई तिमी नेचर भन्छौ
त्यसले अहिले पनि आफ्नो कार्य बीच बीचमा गरिहाल्छ। बाँकी बापदादा खुसी हुनुहुन्छ,
कुन कुरामा? जान्दछौ, कुन कुरामा बापदादा खुसी हुनुहुन्छ? जान्दछौ? आजकालका मुरलीहरू
सुन्दा बापदादाले देख्नुभयो आफ्नो दिनचर्यामा अटेन्सन बढी गएको छ। अटेन्सन बढेको छ
भने संस्कारहरूको टेन्सन कम हुँदैजानेछ। बापदादाले पहिला पनि भन्नुभएको छ, जहिले पनि
टेन्सन आउँछ नि, ए लगाइदेऊ, ए थपिदेऊ, अटेन्सन हुन्छ। सबैलाई जानु त छँदै छ। यो वाचा
त पक्का छँदै छ। साथैमा जानेछौँ, साथैमा राज्य गर्नेछौँ। त्यसैले सबै खुसी छौ वा
कहिलेकाहीँ खुसी हुन्छौ? जसले सम्झन्छौ हामी सदा खुसी छौँ, कहिलेकाहीँ होइन, सदा
खुसी छौँ, हेर सोचेर हात उठाऊ। अच्छा। हात पनि सोचेर उठाइरहेका छौ। खुसी आफ्नो चिज
हो। आफ्नो चिज किन जाओस्? त्यसैले अहिले के गर्नेछौ? अगाडि जानु त छँदै छ। त्यसैले
अब अगाडि के गर्नेछौ? हरेक सेन्टर निर्विघ्न, व्यर्थ सङ्कल्परहित, हुन सक्छ? हुन
सक्छ वा यसको लागि समय चाहिन्छ? अहिलेसम्म बापदादाको समीपमा कुनै सेन्टरले यो
रिपोर्ट दिएको छैन हाम्रो सेन्टर सदा निर्विघ्न छ, साथी पनि निर्विघ्न छन्। केवल
स्वयं होइन, साथी पनि निर्विघ्न हुन्। त्यो पनि टाइम आउनेछ। हुनेछ किनकि बन्नु त
बच्चाहरूलाई नै छ र कोही उदाहरण बन्नेछन् जो पछि तीव्र पुरुषार्थी बनेर अगाडि
जानेछन् तर सबैजसो त तिमीहरू नै अगाडि जानु छ। बापदादाले देख्नुभयो, मुरलीसँग
सबैजसोको प्यार छ तर जसरी जगदम्बाले प्रत्यक्ष जीवनमा देखाइन् जे बाबाले भन्नुभयो
त्यो गर्नैपर्छ, लक्ष्य राखिन् र पुरुषार्थमा अटेन्सन पनि दिइन्। तिम्रा दिदी
दादीहरू जो एडभान्स पार्टीमा पनि गएका छन् उनीहरूले पनि अटेन्सन दिए, अहिले
तिमीहरूको प्रतीक्षा गरिरहेका छन्। उनीहरूले सोध्छन् समाप्तिको गेट कहिले खुल्नेछ?
एक दुईले त खोल्दैनन् नि! त्यसैले अहिले पुरुषार्थ गरेर गेट खुल्ने समयलाई समीप
ल्याऊ। सम्पन्न बन्नु अर्थात् समीप ल्याउनु।
चारैतिरका सबै
बच्चाहरूलाई बापदादा दिलको स्नेह दिइरहनुभएको छ। साथसाथै जुन बापदादाले दुई महिनाको
कार्य दिनुभएको छ, त्यसको पनि स्मृति दिलाइरहनुभएको छ, किन? धेरैजसो यी व्यर्थ
सङ्कल्पले पुरुषार्थलाई तीव्रको सट्टा साधारण बनाइदिन्छन्, त्यसैले चारैतिरका
बच्चाहरूलाई बापदादा याद-प्यारको साथै यो पनि स्मृति दिलाइरहनुभएको छ अब सङ्गमको
समय कति श्रेष्ठ सुन्दर छ, यो सङ्गमको समयमा नै बाबाद्वारा सर्व खजानाहरू प्राप्त
हुन्छन्, सङ्गमको एक एक सेकेन्ड महान् छ, त्यसैले सङ्गमको समयको मूल्य सदा आफ्नो
बुद्धिमा राख। सङ्गमको एक सेकेन्डले कति प्राप्ति गराउँछ। कसैले तिमीलाई के मिलेको
छ भनेर तिमीलाई सोध्यो! अनि के जवाफ दिन्छौ? अप्राप्त छैन कुनै वस्तु हामी
ब्राह्मणहरूको दिलमा। जे पाउनु थियो त्यो पायौँ। अब त्यसलाई कार्यमा लगाउँदै जाऊ र
तीव्र पुरुषार्थी बनेर समयलाई समीप ल्याऊ। अच्छा। बापदादाले देख्नुभएको छ, सबैलाई
उमङ्ग पनि आउँछ र यो उमङ्ग सदा अगाडि बढाउँदैजाऊ। अच्छा।
वरदान:–
आफ्नो
स्वरूपद्वारा भक्तहरूलाई लाइटको ताजको साक्षात्कार गराउने इष्टदेव भव
जहिलेदेखि तिमीहरू
बाबाका बच्चा बन्यौ, पवित्रताको प्रतिज्ञा गरेका छौ त्यतिबेलादेखि प्रतिफलमा लाइटको
ताज प्राप्त भयो। यो लाइटको ताजको अगाडि रत्नजडित ताज केही पनि होइन। जति जति
सङ्कल्प, बोली र कर्ममा पवित्रता धारण गर्दै जान्छौ, त्यति यो लाइटको ताज स्पष्ट
हुँदै जानेछ र इष्टदेवको रूपमा भक्तहरूको अगाडि प्रत्यक्ष हुँदै जानेछौ।
स्लोगन:–
सदा बापदादाको
छत्रछायाभित्र बस अनि विघ्नविनाशक बन्नेछौ।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
जसरी बापदादा सदा
बच्चाहरूको साथमा हरेक कदममा सहयोगी हुनुहुन्छ र अन्त्यसम्म रहनुहुनेछ। बाबालाई
कसैप्रति घृणा हुँदैन। सदैव अपकारीको पनि शुभचिन्तक हुनुहुन्छ, यसरी पिताको अनुसरण
गर। हरेक आत्माप्रति सदा शुभभाव र भावना राख। यसले यस्तो किन गर्छ, यो सोच्नुको
सट्टा यो आत्माको कल्याण कसरी हुन्छ– यो सोच, अनि भनिन्छ शुभचिन्तक वा
विश्वकल्याणकारी आत्मा।
विशेष सूचना:– महिनाको
तेस्रो आइतबारको योग अभ्यास
आज महिनाको तेस्रो
आइतबार हो, सबै भाइ-बहिनीहरूले सङ्गठित रूपमा एकत्रित भएर बेलुका ६:३० देखि ७:३०
बजेसम्म आफ्नो शान्तस्वरूप स्थितिमा स्थित भएर शान्तिको सागरको गहिराइमा गएर त्यो
परम सुख वा शीतलताको गहन अनुभूति गरी सर्व आत्माहरूलाई शान्तिको दान दिने सेवा
गर्नुहुनेछ।