18.11.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी नै सच्चा अलौकिक जादु गर हौ , तिमीले मनुष्यलाई देवता बनाउने जादु देखाउ नुछ ।”

प्रश्न:–
असल पुरुषार्थी विद्यार्थीको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूले सम्मानसहित उत्तीर्ण हुने अर्थात् विजय मालामा आउने लक्ष्य राख्छन्। उनीहरूको बुद्धिमा एक बाबाको याद नै हुन्छ। देहसहित देहका सबै सम्बन्धबाट बुद्धियोग तोडेर एक बाबासँग प्रीत राख्छन्। यस्ता पुरुषार्थी नै मालाको दाना बन्छन्।

ओम् शान्ति ।
रुहानी बच्चाहरूप्रति रुहानी बाबा बसेर सम्झाउनुहुन्छ। अब तिमी रुहानी बच्चाहरू जादुगर जादुगरनी बनेका छौ, त्यसैले बाबालाई पनि जादुगर भनिन्छ। यस्तो कुनै जादुगर हुँदैन जसले मनुष्यलाई देवता बनाइदिन्छ। यो जादुगरी हो नि। तिमीले कति ठुलो कमाइ गराउने मार्ग बताउँछौ। स्कुलमा टिचरले पनि कमाइ गर्न सिकाउँछन्। पढाइ कमाइ हो नि। भक्तिमार्गका कथा, शास्त्र आदि सुन्नु, त्यसलाई पढाइ भनिँदैन। त्यसमा कुनै आम्दानी हुँदैन, केवल पैसा खर्च हुन्छ। बाबाले पनि सम्झाउनुहुन्छ– भक्तिमार्गमा चित्र बनाउँदा, मन्दिर आदि बनाउँदा, भक्ति गर्दागर्दा तिमीले कति पैसा खर्च गरिसक्यौ। टिचरले त फेरि पनि कमाइ गराउँछन्। जीविका हुन्छ। तिमी बच्चाहरूको पढाइ कति उच्च छ। पढ्न पनि सबैले पर्छ। तिमी बच्चाहरू मनुष्यबाट देवता बनाउनेवाला हौ। त्यो पढाइबाट त ब्यारिस्टर (वकिल) आदि बन्छन्, त्यो पनि एक जन्मको लागि। कति रातदिनको फरक छ, त्यसैले तिमी आत्माहरूलाई शुद्ध नसा हुनुपर्छ। यो हो गुप्त नसा। बेहदका बाबाको त कमाल छ। उहाँको यो कस्तो रुहानी जादु हो। रुहलाई याद गर्दागर्दै सतोप्रधान बन्नुछ। जसरी संन्यासीहरूले भन्छन् नि, तिमीले आफूलाई सम्झ– म भैँसी हुँ... यस्तो सम्झेर कोठामा बस्यो। भन्यो– म भैँसी हुँ, भन्यो कोठाबाट कसरी निस्कुँ? अब बाबा भन्नुहुन्छ– तिमी पवित्र आत्मा थियौ, अहिले अपवित्र बनेका छौ, फेरि बाबालाई याद गर्दागर्दै तिमी पवित्र बन्नेछौ। यो ज्ञान सुनेर नरबाट नारायण अथवा मनुष्यबाट देवता बन्छौ। देवताहरूको पनि सार्वभौमसत्ता हुन्छ नि। तिमी बच्चाहरूले अब श्रीमतमा विश्वमा दैवी सार्वभौमसत्ता स्थापना गरिरहेका छौ। बाबाले भन्नुहुन्छ– अब मैले तिमीलाई जुन श्रीमत दिन्छु, यो सही हो वा शास्त्रको मत सही हो? नीधो गर। गीता हो सर्व शास्त्र शिरोमणि श्रीमद् भगवत् गीता। खास गरी यो लेखिएको छ। तर भगवान कसलाई भनिन्छ? अवश्य सबैले भन्छन्– निराकार शिव। हामी आत्माहरू उहाँका बच्चा भाइ भाइ हौँ। उहाँ बाबा एक हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी सबै आशिक हौ, म माशुकलाई याद गर्छौ किनकि मैले नै तिमीलाई राजयोग सिकाएको थिएँ, जसबाट तिमी यथार्थमा नरबाट नारायण बन्छौ। उनीहरूले त भनिदिन्छन्– हामीले सत्य नारायणको कथा सुन्छौँ। यो कसैले बुझ्छन् र– यसबाट हामी नरबाट नारायण बन्नेछौँ। बाबाले तिमी आत्माहरूलाई ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ, जसबाट आत्माले यो कुरा जान्दछ। शरीर बिना त आत्माले कुरा गर्न सक्दैन। आत्माहरूको निवास स्थानलाई निर्वाणधाम भनिन्छ। तिमी बच्चाहरूले अब शान्तिधाम र सुखधामलाई नै याद गर्नुछ। यो दुःखधामलाई बुद्धिबाट भुल्नुछ। आत्मालाई अब समझ मिलेको छ– गलत के हो, सही के हो? कर्म, अकर्म, विकर्मको पनि रहस्य सम्झाइएको छ। बाबाले बच्चाहरूलाई नै सम्झाउनुहुन्छ र बच्चाहरूले नै जान्दछन्। अरू मनुष्यले त बाबालाई नै चिन्दैनन्। बाबा भन्नुहुन्छ– ड्रामा यस्तो पनि बनेको छ। रावण राज्यमा सबैका कर्म विकर्म नै हुन्छन्। सत्ययुगमा कर्म अकर्म हुन्छन्। कसैले सोध्छन्– त्यहाँ बच्चा आदि हुँदैनन्? भन, त्यसलाई भनिन्छ नै निर्विकारी संसार, त्यसैले त्यहाँ यी ५ विकार कहाँबाट आउँछन्। यो त धेरै सिम्पल कुरा हो। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ, जसले सही सम्झन्छन्, उनीहरू त तुरुन्तै तयार हुन्छन्। कसैले बुझ्दैनन् पनि, पछि गएर समझमा आउनेछ। बत्तीमा पुतलीहरू आउँछन्, जान्छन् फेरि आउँछन्। यहाँ पनि यस्तै हो, बाबा ज्योतिमा सबै स्वाहा हुनुछ। यो पनि सम्झाइन्छ, बाँकी त्यस्तो कुनै ज्योति होइन। त्यो त साधारण कुरा हो। बत्तीमा पुतली धेरै जल्छन्। दीपावलीमा कति साना साना पुतली निस्किन्छन् र खतम हुन्छन्। जिउनु र मर्नु। बाबाले पनि सम्झाउनुहुन्छ– अन्त्यमा आएर जन्म लिन्छन् र मर्छन्। उनीहरू त लामखुट्टे जस्तै भए। बाबा वर्सा दिन आउनुभएको छ भने पुरुषार्थ गरेर सम्मानसहित उत्तीर्ण हुनुपर्छ। असल विद्यार्थीले धेरै पुरुषार्थ गर्छन्। यो माला पनि सम्मानसहित उत्तीर्ण हुनेहरूको नै हो। जति हुन सक्छ पुरुषार्थ गरिराख। विनाश काले विपरीत बुद्धि भनिन्छ। यसमा पनि तिमीले सम्झाउन सक्छौ। बाबासँग हाम्रो प्रीत बुद्धि छ। हामीले एक बाबा सिवाय अरू कसैलाई याद गर्दैनौँ। बाबा भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्ध छोडेर म एकलाई याद गर। भक्तिमार्गमा धेरै याद गर्दै आयौ– हे दुःख हर्ता, सुख कर्ता... त्यसैले अवश्य बाबा सुख दिनेवाला हुनुहुन्छ नि।

स्वर्गलाई भनिन्छ नै सुखधाम। बाबा सम्झाउनुहुन्छ– म आएकै हुँ पावन बनाउन। बच्चाहरू जो काम चितामा बसेर भस्म भएका छन्, उनीहरूमाथि आएर ज्ञानको वर्षा गर्छु। मैले तिमी बच्चाहरूलाई योग सिकाउँछु– बाबालाई याद गरेमा विकर्म विनाश हुनेछन् र तिमी परिस्तानको मालिक बन्नेछौ। तिमी पनि जादुगर भयौ नि। बच्चाहरूलाई नसा हुनुपर्छ– यो हाम्रो सच्चा सच्चा जादुगरी हो। कोही कोही धेरै असल होसियार जादुगर हुन्छन्। के के चीज निकाल्छन्। यो जादुगरी फेरि अलौकिक हो अर्थात् एक बाबा सिवाय अरू कसैले सिकाउन सक्दैनन्। तिमीलाई थाहा छ– हामी मनुष्यबाट देवता बनिरहेका छौँ। यो शिक्षा हो नै नयाँ दुनियाँको लागि। त्यसलाई सत्ययुग नयाँ संसार भनिन्छ। अहिले तिमी सङ्गमयुगमा छौ। यो पुरुषोत्तम सङ्गमयुगको विषयमा कसैलाई पनि थाहा छैन। तिमी कति उत्तम पुरुष बन्छौ। बाबाले आत्माहरूलाई नै सम्झाउनुहुन्छ। तिमी ब्राह्मणीहरू क्लासमा बस्दा पनि तिमीहरूको काम हो– पहिला सुरुमा सावधान गराउनु– भाइ-बहिनीहरू, आफूलाई आत्मा सम्झेर बस्नुहोस्! हामी आत्माले यी अङ्गहरूद्वारा सुन्छौँ। ८४ जन्मको रहस्य पनि बाबाले सम्झाउनुभएको छ। कुन मनुष्यले ८४ जन्म लिन्छन्? सबैले त लिँदैनन्। यसमा पनि कसैको ख्याल चल्दैन। जे सुन्यो, त्यसलाई भनिदिन्छन्– सत्। हनुमान पवनबाट निस्किए– सत्। फेरि अरूलाई पनि यस्तै यस्तै कुरा सुनाइरहन्छन् र सत् सत् भनिरहन्छन्।

अहिले तिमी बच्चाहरूलाई सही र गलत बुझ्ने ज्ञान चक्षु मिलेको छ, त्यसैले सही कर्म नै गर्नुछ। तिमीले सम्झाउँछौ पनि– हामीले बेहदका बाबाबाट यो वर्सा लिइरहेका छौँ। तपाईंहरू सबैले पनि पुरुषार्थ गर्नुहोस्। उहाँ बाबा सबै आत्माहरूका पिता हुनुहुन्छ। बाबा हामी आत्माहरूलाई भन्नुहुन्छ– अब मलाई याद गर। आफूलाई आत्मा सम्झ। आत्मामा नै संस्कार हुन्छन्। संस्कार लैजान्छन्, कसैको नाम सानैमा धेरै चलेको रहेछ भने बुझिन्छ– उसले अघिल्लो जन्ममा यस्तो कुनै कर्म गरेको रहेछ, कसैले कलेज आदि बनाएका रहेछन् भने अर्को जन्ममा राम्रो पढ्छन्। कर्महरूको हिसाबकिताब हुन्छ नि। सत्ययुगमा विकर्मको कुरा नै हुँदैन। कर्म त अवश्य गर्नेछन्। राज्य गर्नेछन्, खानेछन् तर उल्टो कर्म गर्नेछैनन्। त्यसलाई भनिन्छ नै रामराज्य। यहाँ छ रावण राज्य। अहिले तिमीले श्रीमतमा रामराज्य स्थापना गरिरहेका छौ। त्यो हो नयाँ दुनियाँ। पुरानो दुनियाँमा देवताहरूको छाया पर्दैन। लक्ष्मीको जड चित्र उठाएर राख्यो भने छाया पर्छ, चैतन्यको छाया पर्न सक्दैन। तिमी बच्चाहरूलाई थाहा छ– सबैले पुनर्जन्म लिनैपर्छ। जसरी इनारबाट पानी निकाल्ने एक विधि हुन्छ नि, घुमिरहन्छ। यो तिम्रो चक्र पनि घुमिरहन्छ। यसैको दृष्टान्त दिएर सम्झाइन्छ। पवित्रता त सबैभन्दा राम्रो हो। कुमारी पवित्र हुन्छन्, त्यसैले सबै उनिहरूको पाउ पर्छन्। तिमी हौ प्रजापिता ब्रह्माकुमार-कुमारीहरू। मेजोरिटी (बहुमत) कुमारीहरूको छ, त्यसैले गायन छ– कुमारीद्वारा बाण हान्न लगाउनुभयो। यो हो ज्ञान बाण। प्रेमले बसेर तिमीले सम्झाउँछौ। बाबा सदगुरु त एउटै हुनुहुन्छ। उहाँ सर्वको सदगतिदाता हुनुहुन्छ। भगवानुवाच– मनमनाभव। यो पनि मन्त्र हो नि, यसमा नै मेहनत छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो हो गुप्त मेहनत। आत्मा नै तमोप्रधान बनेको छ, फेरि सतोप्रधान बन्नुछ। बाबाले सम्झाउनुभएको छ– आत्मा परमात्मा अलग रहे बहुकाल... जो पहिला सुरुमा बिछोडिएका छन्, मिल्नेछन् पनि पहिला उनीहरू नै, त्यसैले बाबा भन्नुहुन्छ– लाडला सिकिलधे बच्चाहरू। बाबालाई थाहा छ– कहिलेदेखि भक्ति सुरु गरेका हौ। आधा आधा छ। आधाकल्प ज्ञान, आधाकल्प भक्ति। दिन र रात २४ घण्टामा पनि १२ घण्टा ए.एम. र १२ घण्टा पी.एम. हुन्छ। कल्प पनि आधा आधा हुन्छ। ब्रह्माको दिन, ब्रह्माको रात, फेरि कलियुगको अवधि यति लामो किन भनिदिन्छन्? अहिले तिमीले सही गलत के हो बताउन सक्छौ। शास्त्र सबै हुन् भक्तिमार्गका। फेरि भगवान आएर भक्तिको फल दिनुहुन्छ। बाबा भगवानलाई भक्तहरूको रक्षक भनिन्छ नि। पछि गएर तिमी बसेर संन्यासी आदिलाई धेरै प्यारले सम्झाउनेछौ। तिम्रो फाराम त उनीहरूले भर्नेछैनन्। मातापिताको नाम लेख्नेछैनन्। कोही कोहीले बताउँछन्। बाबा गएर सोध्दथे– किन संन्यास गर्नुभएको हो, कारण बताउनुहोस्? विकारहरूको संन्यास गर्छन्, त्यसपछि घरको पनि संन्यास गर्छन्। अहिले तिमीले सारा पुरानो दुनियाँको संन्यास गर्छौ। तिमीलाई नयाँ दुनियाँको साक्षात्कार गराइदिनुभएको छ। त्यो हो निर्विकारी संसार। हेभेनली गड फादर हुनुहुन्छ स्वर्ग स्थापना गर्नेवाला। फूलहरूको बगैँचा बनाउनेवाला। काँडाहरूलाई फूल बनाउनुहुन्छ। नम्बरवन काँडा हो– काम कटारी। कामलाई कटारी भनिन्छ, क्रोधलाई भूत भनिन्छ। देवीदेवताहरू डबल अहिंसक थिए। निर्विकारी देवताहरूको अगाडि विकारी मनुष्य सबैले शिर झुकाउँछन्। अब तिमी बच्चाहरूलाई थाहा भएको छ– हामी यहाँ आएका छौँ पढ्नको लागि। बाँकी ती सतसङ्ग आदिमा जानु त्यो त साधारण कुरा हो। ईश्वरलाई सर्वव्यापी हुनुहुन्छ भनिदिन्छन्। बाबा कहिल्यै सर्वव्यापी हुनुहुन्छ र? बाबाबाट तिमी बच्चाहरूलाई वर्सा मिल्छ। बाबा आएर पुरानो दुनियाँलाई नयाँ दुनियाँ स्वर्ग बनाउनुहुन्छ। कतिले त नर्कलाई नर्क पनि मान्दैनन्। धनवान मानिसहरूले सम्झन्छन् फेरि स्वर्गमा के नै छ र।

हामीसँग धन, महल, विमान आदि सबै कुरा छन्, हाम्रो लागि यही स्वर्ग हो। नर्क उनीहरूको लागि हो जो फोहोरमा बस्छन्। भारतवर्ष कति गरिब कङ्गाल छ, फेरि इतिहास रिपिट हुनुछ। तिमीलाई नसा हुनुपर्छ– बाबाले हामीलाई फेरि डबल ताजधारी बनाउनुहुन्छ। भूत-वर्तमान-भविष्यलाई जानिसकेका छौ। सत्ययुग-त्रेताको कहानी बाबाले बताउनुभएको छ, फेरि बीचमा हामी तल गिर्छौं। वाममार्ग हो विकारीमार्ग। अब फेरि बाबा आउनुभएको छ। तिमीले आफूलाई स्वदर्शन चक्रधारी सम्झन्छौ। यस्तो होइन– चक्र घुमाउँछौ, जसबाट घाँटी काटिन्छ। श्रीकृष्णको चक्र देखाउँछन्– दैत्यहरूलाई मारिरहन्छन्, यस्तो कुरा त हुन सक्दैन। तिमीले बुझेका छौ– हामी ब्राह्मण हौँ स्वदर्शन चक्रधारी। हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान छ। त्यहाँ देवताहरूमा त यो ज्ञान हुनेछैन। त्यहाँ हुन्छ नै सदगति, त्यसैले त्यसलाई भनिन्छ दिन। रातमा नै तकलिफ हुन्छ। भक्तिमा कति हठयोग आदि गर्छन्– दर्शनको लागि। नौधा भक्ति गर्नेहरू प्राण दिन पनि तयार हुन्छन्, त्यसपछि साक्षात्कार हुन्छ। अल्पकालको लागि चाहना पूरा हुन्छ– ड्रामा अनुसार। बाँकी ईश्वरले केही गर्नुहुन्न। आधाकल्प भक्तिको पार्ट चल्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यही रुहानी नसामा रहनुछ– बाबाले हामीलाई डबल ताजधारी बनाइरहनुभएको छ। हामी हौँ स्वदर्शन चक्रधारी ब्राह्मण। भूत, वर्तमान, भविष्यको ज्ञान बुद्धिमा राखेर चल्नुछ।

२) सम्मानसहित उत्तीर्ण हुनको लागि बाबासँग सच्चा सच्चा प्रीत राख्नुछ। बाबालाई याद गर्ने गुप्त मेहनत गर्नुछ।

वरदान:–
आफ्नो डबल लाइट स्वरूपद्वारा आउने विघ्नहरूलाई पार गर्ने तीव्र पुरुषार्थी भव

आउने विघ्नहरूमा थाक्नु वा निराश हुनुको सट्टा सेकेन्डमा स्वयंको आत्मिक ज्योतिस्वरूप र निमित्त भावको डबल लाइटस्वरूपद्वारा सेकेन्डमा छलाङ् लगाऊ। विघ्नरूपी पत्थरलाई तोड्न समय नगुमाऊ। छलाङ् लगाऊ र सेकेन्डमा पार होऊ। अलिकति विस्मृतिको कारण सहजमार्गलाई मुस्किल नबनाऊ। आफ्नो जीवनको भविष्य श्रेष्ठ लक्ष्यलाई स्पष्ट देखेर तीव्र पुरुषार्थी बन। जुन नजरले बापदादा वा विश्वले तिमीलाई हेरिरहेको छ, त्यही श्रेष्ठ स्वरूपमा सदा स्थित होऊ।

स्लोगन:–
सदा खुसी रहनु र खुसी बाँड्नु– यही सबैभन्दा ठुलो शान हो।

अव्यक्त इसारा:– अशरीरी वा विदेही स्थितिको अभ्यास बढाऊ

अब सङ्गठित रूपमा एउटै शुद्ध सङ्कल्प अर्थात् एकरस स्थिति बनाउने अभ्यास गर, त्यसपछि मात्रै विश्वभित्र शक्ति सेनाको नाम प्रसिद्ध हुनेछ। जहिले चाह्यो शरीरको आधार लेऊ र जहिले चाह्यो शरीरको आधार छोडेर आफ्नो अशरीरी स्वरूपमा स्थित होऊ। जसरी शरीर धारण गर्छौ, त्यसरी नै शरीरबाट न्यारा होऊ, यही अनुभव अन्तिम परीक्षामा फस्ट नम्बर ल्याउने आधार हो।