18.12.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सर्वशक्तिमान् बाबासँग बुद्धियोग लगाउनाले शक्ति मिल्छ , यादबाट नै आत्मारूपी ब्याट्री चार्ज हुन्छ , आत्मा पवित्र सतोप्रधान बन्छ।”

प्रश्न:–
सङ्गमयुगमा तिमी बच्चाहरूले कुनचाहिँ पुरुषार्थ गर्छौ, जसको प्रारब्धमा देवता पद मिल्छ?

उत्तर:–
सङ्गममा तिमीले शीतल बन्ने पुरुषार्थ गर्छौ। शीतल अर्थात् पवित्र बनेर तिमी देवता बन्छौ। जबसम्म शीतल बन्दैनौ, तबसम्म देवता पनि बन्न सक्दैनौ। सङ्गममा शीतल देवी बनेर सबैमा ज्ञानको छिटा छर्केर सबैलाई शीतल बनाउनु छ। सबैको ताप हटाउनु छ। स्वयं पनि शीतल बन्नु छ र अरू सबैलाई पनि बनाउनु छ।

ओम् शान्ति ।
प्यारा बच्चाहरूले सबैभन्दा पहिला एउटै कुरा बुझ्नुपर्छ, त्यो हो हामी सबै भाइ भाइ हौं र शिवबाबा सबैका पिता हुनुहुन्छ। उहाँलाई सर्वशक्तिमान् भनिन्छ। तिमीहरूमा सर्व शक्तिहरू थिए। तिमीले सारा विश्वमाथि राज्य गर्थ्यौ। भारतवर्षमा यी देवी-देवताहरूको राज्य थियो, तिमी नै पवित्र देवी-देवता थियौ। तिम्रो डिनायस्टीमा सबै निर्विकारी थिए। को निर्विकारी थिए? आत्माहरू। अहिले फेरि तिमी निर्विकारी बनिरहेका छौ। सर्वशक्तिमान् बाबाको यादबाट शक्ति लिइरहेका छौ। बाबाले सम्झाउनु भएको छ, आत्माले नै ८४ को पार्ट खेल्छ। आत्मामा नै सतोप्रधान तागत थियो, त्यो फेरि दिनप्रतिदिन कम हुँदै जान्छ। सतोप्रधानबाट तमोप्रधान त बन्नु नै छ। जसरी ब्याट्रीको तागत कम हुँदै गयो भने मोटर रोकिन्छ। व्याट्री डिस्चार्ज हुन्छ। आत्माको ब्याट्री फुल डिस्चार्ज हुँदैन, केही न केही तागत रहन्छ। जसरी कोही मर्यो भने दीयो जलाउँछन्, त्यसमा घिउ राखिरहन्छन् कतै ज्योति ननिभोस् भनेर। अहिले तिमी बच्चाहरूले जान्दछौ– तिम्रो आत्मामा पूरा शक्ति थियो, अहिले छैन। अहिले फेरि तिमीले सर्वशक्तिमान् बाबासँग आफ्नो बुद्धियोग लगाउँछौ, आफूमा शक्ति भर्छौ किनकि शक्ति कम भएको छ। शक्ति एकदम समाप्त भयो भने शरीर नै रहँदैन। आत्माले बाबालाई याद गर्दा गर्दा एकदम पवित्र बन्छ। सत्ययुगमा तिम्रो ब्याट्री फुल चार्ज हुन्छ। फेरि विस्तारै विस्तारै कला अर्थात् ब्याट्री कम हुँदै जान्छन्। कलियुगको अन्त्यसम्ममा आत्माको तागत एकदम थोरै बाँकी रहन्छ। तागत रित्तिए जस्तै हुन्छ। बाबालाई याद गर्नाले आत्मा फेरि भरिपूर्ण हुन्छ। बाबाले अहिले सम्झाउनु हुन्छ– एक बाबालाई नै याद गर्नु छ। सबैभन्दा उच्च हुनुहुन्छ भगवान। बाँकी सबै हुन् रचना। रचनालाई रचनाबाट हदको वर्सा मिल्छ। रचयिता त एउटै बेहदका बाबा हुनुहुन्छ। बाँकी सबै हुन् हदका। बेहदका बाबालाई याद गर्नाले बेहदको वर्सा मिल्छ। त्यसैले बच्चाहरूले दिलबाट सम्झिनुपर्छ– बाबाले हाम्रा लागि स्वर्ग नयाँ दुनियाँ स्थापना गरिरहनु भएको छ। ड्रामा योजना अनुसार स्वर्गको स्थापना भइरहेको छ, जसमा तिमी बच्चाहरू नै आएर राज्य गर्छौ। म त सदा पवित्र हुँ। मैले कहिल्यै गर्भबाट जन्म लिन्न, न देवी-देवताले जसरी जन्म लिन्छु। केवल तिमी बच्चाहरूलाई स्वर्गको बादसाही दिनको लागि जब यी (ब्रह्मा बाबा) ६० वर्षको वानप्रस्थ अवस्थामा हुन्छन् तब यिनको तनमा म प्रवेश गर्छु। यिनै फेरि नम्बरवन तमोप्रधानबाट नम्बरवन सतोप्रधान बन्छन्। सबैभन्दा उच्च हुनुहुन्छ भगवान। फेरि छन् ब्रह्मा, विष्णु रर सूक्ष्मवतनवासी शङ्कर। यी ब्रह्मा, विष्णु, शङ्कर कहाँबाट आए? यो केवल साक्षात्कार हुन्छ। सूक्ष्मवतन बीचमा छ नि। जहाँ स्थूल शरीर हुँदैन। सूक्ष्म शरीर केवल दिव्य दृष्टिद्वारा देखिन्छ। श्वेत वस्त्रधारी ब्रह्मा त हुन्छन् नै । विष्णु चाहिँ हीरा जुहारतले सजिसजाउ हुन्छन्। फेरि शङ्करको घाटीमा नाग आदि देखाउँछन्। शङ्कर आदि यस्तो कोही पनि हुन सक्दैन। देखाउँछन्– अमरनाथमा शङ्करले पार्वतीलाई अमरकथा सुनाए। सूक्ष्मवतनमा त मनुष्य सृष्टि नै हुँदैन। त्यसैले त्यहाँ कथा कसरी सुनाउँछन्? तर सूक्ष्मवतनको केवल साक्षात्कार हुन्छ। जो बिल्कुल पवित्र हुन्छन् उनलाई साक्षात्कार हुन्छ। तिनै फेरि सत्ययुगमा गएर स्वर्गको मालिक बन्छन्। त्यसैले बुद्धिमा आउनु पर्छ– यिनीहरूले फेरि यो राज्य-भाग्य कसरी पाए? लडाइँ आदि त केही पनि हुँदैन। देवताहरूले कसरी हिंसा गर्छन्? कसैले मानुन् वा नमानुन् अहिले तिमीले बाबालाई याद गरेर रजाइँ लिन्छौ। गीतामा पनि छ– देह सहित देहका सबै धर्महरूलाई भुलेर म एकलाई याद गर। बाबाको त देह नै छैन, जसमा ममत्व हुन्छ। बाबा भन्नुहुन्छ– थोरै समयको लागि यो शरीर लोन लिन्छु। नत्र मैले ज्ञान कसरी दिऊँ? म यस वृक्षको चैतन्य बीजरुप हुँ। यस वृक्षको ज्ञान मसँग छ। यस सृष्टिको अवधि कति छ? कसरी उत्पत्ति, पालना, विनाश हुन्छ? मनुष्यहरूलाई केही पनि थाहा छैन। उनीहरूले पढ्छन् हदको पढाइ। बाबाले त बेहदको पढाइ पढाएर बच्चाहरूलाई विश्वको मालिक बनाउनु हुन्छ।

कहिल्यै पनि देहधारी मनुष्यलाई भगवान भनिँदैन। यिनीहरू (ब्रह्मा-विष्णु-शङ्कर) को पनि आफ्नो सूक्ष्म देह छ त्यसैले यिनलाई पनि भगवान भनिँदैन। यो शरीर त यी दादाको आत्माको तख्त हो। अकाल तख्त हुन्छ नि। अहिले यो अकालमूर्त बाबाको तख्त हो। अमृतसरमा पनि अकाल तख्त छ। जो ठुलाबडा हुन्छन् उनीहरू त्यहाँ अकालतख्तमा गएर बस्छन्। अहिले बाबाले सम्झाउनु हुन्छ– यो सबै आत्माहरूको अकालतख्त हो। आत्मामा नै राम्रा र नराम्रा संस्कार रहन्छन्, तब त भनिन्छ यो कर्मको फल हो। सबै आत्माहरूका पिता एउटै हुनुहुन्छ। बाबाले कुनै शास्त्र आदि पढेर सम्झाउनुहुन्न। यी कुरा पनि शास्त्र आदिमा छैनन्, त्यसैले त मानिसहरू चिढिन्छन्, भन्छन् यिनीहरूले शास्त्रलाई मान्दैनन्। साधुसन्त आदि गङ्गामा गएर स्नान गर्छन् त्यसोभए के पावन बनिसके त? फर्केर त कोही पनि जान सक्दैन। सबै अन्त्यमा जान्छन्। जसरी मौरीको हुल वा सलहको हुल जान्छ। मौरीमा पनि रानी हुन्छ, त्यसको पछि सबै जान्छन्, बाबा जाँदा पनि उहाँको पछि पछि सबै आत्माहरू जान्छन्। मूल वतनमा पनि एक प्रकारले सबै आत्माहरूको समूह हुन्छ। यहाँ छ फेरि सबै मनुष्यहरूको समूह। अब यो समूह पनि एक दिन जानु छ। बाबा आएर सबै आत्माहरूलाई लिएर जानुहुन्छ। शिवको बरियाँतको गायन छ। बच्चाहरू भन वा बच्चीहरू भन। बाबा आएर बच्चाहरूलाई यादको यात्रा सिकाउनु हुन्छ। पवित्र नबनी आत्मा घर फर्केर जान सक्दैन। आत्मा पवित्र बनिसकेपछि मात्र पहिला शान्तिधाममा जान्छन् फेरि त्यहाँबाट बिस्तारै बिस्तारै आउँदै जान्छन्, वृद्धि हुँदै जान्छ। राजधानी बन्नु छ नि। सबै सँगै आउँदैनन्। वृक्ष बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ नि। सबैभन्दा पहिला आदि सनातन देवी-देवता धर्म हुन्छ, जुन बाबाले स्थापना गर्नुहुन्छ। ब्राह्मण पनि पहिला सुरुमा तिनै बन्छन् जसलाई देवता बन्नु छ। प्रजापिता ब्रह्मा त छन् नि। प्रजामा पनि भाइ-बहिनी हुन्छन् नि। ब्रह्माकुमार-कुमारीहरू त यहाँ धेरै बन्छन्। अवश्य निश्चय बुद्धि होलान् तब त यति धेरै अङ्क ल्याउँछन्। तिमीहरूमा जो पक्का छन् उनीहरू त्यहाँ पहिला आउँछन्, कच्चा पछाडि नै आउँछन्। मूलवतनमा सबै आत्माहरू रहन्छन् फेरि तल आउँछन् अनि वृद्धि हुँदै जान्छ। शरीर विना आत्माले कसरी पार्ट खेल्छ? यो पार्टधारीहरूको दुनियाँ हो जुन चारवटै युगमा घुमिरहन्छ। सत्ययुगमा हामी नै देवता थियौं फेरि क्षत्रिय, वैश्य, शूद्र बन्छौं। अहिले यो हो पुरुषोत्तम सङ्गमयुग। यो युग अहिले नै बन्छ जब बाबा आउनु हुन्छ। अहिले यो वेहदको ज्ञान बेहदको बाबाले नै दिनुहुन्छ। शिवबाबाको आफ्नो शरीरको कुनै नाम छैन। यो शरीर त यी दादाको हो। बाबाले केही समयको लागि यो लोन लिनु भएको हो। बाबा भन्नुहुन्छ– मैले तिमीहरूसँग कुरा गर्नको लागि मुख त चाहिन्छ नि। मुख भएन भने बाबाले बच्चाहरूसँग कुरा पनि गर्न सक्नुहुन्न। फेरि बेहदको ज्ञान पनि यस मुखबाट सुनाउँछु, त्यसैले यसलाई गोमुख पनि भनिन्छ। पहाडबाट पानी त जहाँ पनि निस्किन सक्छ। फेरि यहाँ गोमुख बनाइदिएका छन्, त्यसबाट पानी आउँछ। त्यसलाई फेरि गङ्गा जल सम्झेर पिउँछन्। त्यस पानीको पनि कति महत्त्व राख्छन्। यस दुनियाँमा सबै झुटो छ। सत्य त एक बाबाले नै सुनाउनु हुन्छ। फेरि ती झुटा मनुष्यले बाबाको यस ज्ञानलाई झुटो सम्झिन्छन्। भारतवर्षमा जब सत्ययुग थियो तब यसलाई सत्यखण्ड भनिन्थ्यो। फेरि भारतवर्ष नै पुरानो बन्छ अनि हरेक कुरा, हरेक चीज झुटो हुन्छ। कति फरक पर्छ। बाबा भन्नुहुन्छ– तिमीले मेरो कति ग्लानि गर्छौ। सर्वव्यापी भनेर कति अपमान गरेका छौ। शिव बाबालाई बोलाउँछन् नै यस पुरानो दुनियाँबाट लिएर जानुहोस् भनेर। बाबा भन्नुहुन्छ– मेरा सबै बच्चाहरू काम चितामा चढेर कङ्गाल बनेका छन्। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– तिमी त स्वर्गको मालिक थियौ नि। स्मृति आउँछ? बच्चाहरूलाई नै सम्झाउनु हुन्छ सारा दुनियाँलाई त सम्झाउनुहुन्न। बच्चाहरूले नै बाबालाई चिनेका छन्। दुनियाँले यस कुरालाई के जानुन्!

सबैभन्दा ठुलो काँडा हो कामको। नाम नै हो पतित दुनियाँ। सत्ययुग हो १०० प्रतिशत पवित्र दुनियाँ। मनुष्यले नै पवित्र देवताहरूका अगाडि गएर नमन गर्छन्। हुन त धेरै भक्तहरू शाकाहारी छन्। तर यस्तो होइन, विकारमा जाँदैनन्। हुन त धेरै बाल ब्रह्मचारी पनि रहन्छन्। सानै उमेरदेखि कहिल्यै अशुद्ध खाना आदि खाँदैनन्। संन्यासीहरूले पनि भन्छन्– निर्विकारी बन। घरबारको संन्यास गर्छन् फेरि पनि अर्को जन्ममा पनि कुनै गृहस्थीकहाँ जन्म लिएर फेरि घरबार छोडेर जङ्गलमा जान्छन्। तर के पतितबाट पावन बन्न सक्छन्? सक्दैनन्। पतित-पावन बाबाको श्रीमत विना कोही पनि पतितबाट पावन बन्न सक्दैनन्। भक्ति हो गिर्ने कलाको मार्ग। त्यसैले फेरि पावन कसरी बन्छन्? पावन बने भने त घरमा जान्छन्, स्वर्गमा आउँछन्। सत्ययुगी देवी-देवताहरूले कहिल्यै घरबार छोड्छन् र? उनीहरूको हो हदको संन्यास, तिम्रो हो बेहदको संन्यास। सारा दुनियाँ, मित्र-सम्बन्धी आदि सबैको संन्यास। तिम्रा लागि अहिले स्वर्गको स्थापना भइरहेको छ। तिम्रो बुद्धि स्वर्गतर्फ छ। मनुष्य त नर्कमा नै लट्किएका छन्। तिमी बच्चाहरू फेरि बाबाको यादमा लट्किएका छौ।

तिमीलाई शीतला देवीहरू बनाउनको लागि ज्ञान चितामा बसाइन्छ। शीतल शब्दको विपरीत हुन्छ तातो। तिम्रो नाम नै हो शीतला देवी। एकजना मात्रै त नहोला नि। अवश्य धेरै होलान्, जसले विश्वलाई शीतल बनाएका थिए। यस समयमा सबै काम-चितामा जलिरहेका छन्। यहाँ तिम्रो नाम शीतला देवी छ। तिमीहरू शीतल बनाउने, शीतल छिटा छर्किने देवीहरू हौ। छिटा छर्किन जान्छन् नि। यो हो ज्ञानको छिटा, जुन आत्मामा राखिन्छ। आत्मा पवित्र बनेपछि शीतल बन्छ। यस समयमा सारा दुनियाँ काम चितामा चढेर कालो भएको छ। अहिले कलश तिमी बच्चाहरूलाई मिल्छ। कलशबाट तिमी स्वयं पनि शीतल बन्छौ र अरूलाई पनि बनाउँछौ। यी पनि शीतल बनेका छन् नि। दुवै सँगसँगै छन्। घरबार छोड्नु पर्ने कुरा छैन। तर गोशाला बनेको छ भने अवश्य कसैले घरबार छोडेको हुनुपर्छ। के को लागि? ज्ञान चितामा बसेर शीतल बन्नको लागि। तिमी यहाँ शीतल बनिसकेपछि मात्र नै तिमी देवता बन्न सक्छौ। अब तिमी बच्चाहरूको बुद्धि योग पुरानो घरतिर जानु हुँदैन। बाबाको साथमा बुद्धि लट्किरहोस् किनकि तिमीहरू सबै बाबाको पासमा घर जानु छ। बाबा भन्नुहुन्छ– मीठे बच्चे, म पण्डा बनेर आएको छु तिमीलाई लिएर जान। यो शिव शक्ति पाण्डव सेना हो। तिमी हौ शिवबाट शक्ति लिनेवाला, उहाँ हुनुहुन्छ सर्वशक्तिमान। मनुष्यले त सम्झन्छन्– परमात्माले मरेकोलाई बिउँताउन सक्नुहुन्छ। तर बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस ड्रामामा हरेकलाई अनादि पार्ट मिलेको छ। म पनि रचयिता, निर्देशक, मुख्य पात्र हुँ। ड्रामाको पार्टलाई मैले केही पनि परिवर्तन गर्न सक्दिनँ। मानिसहरूले सम्झन्छन्– हरेक पात पनि परमात्माको हुकुमले हल्लिन्छन्। तर परमात्माले त स्वयं भन्नुहुन्छ– म पनि ड्रामाको अधीनमा छु, यसको बन्धनमा बाँधिएको छु। यस्तो होइन, मेरो हुकुमबाट पात हल्लिन्छन्। सर्वव्यापीको ज्ञानले सबैलाई बिलकुल कङ्गाल बनाइदिएको छ। बाबाको ज्ञानबाट सृष्टि फेरि शिरताज बन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सूर्यवंशीमा पहिला सुरुमा आउनको लागि निश्चयबुद्धि बनेर पूरा अङ्क लिनु छ। पक्का ब्राह्मण बन्नु छ। बेहदको ज्ञान स्मृतिमा राख्नु छ।

२) ज्ञान चितामा बसेर शीतल अर्थात् पवित्र बन्नु छ। ज्ञान र योगबाट कामको अग्निलाई समाप्त गर्नु छ। बुद्धियोग सदा एक बाबातर्फ लट्किरहोस्।

वरदान:–
ब्राह्मण जीवनमा श्रेष्ठ स्थिति रूपी मेडल प्राप्त गर्ने बेगमपुरक ो बाद सा ह भव

तिमी सबै आफ्नो स्वस्थिति राम्रोबाट अझ राम्रो बनाउनकै लागि ब्राह्मण बनेका हौ। ब्राह्मण जीवनमा श्रेष्ठ स्थिति नै तिम्रो सम्पत्ति हो। यही ब्राह्मण जीवनको मेडल हो। जसले यो मेडल प्राप्त गर्छन्, उनीहरू सदा अचल अडोल एकरस स्थितिमा रहन्छन्, सदा निश्चिन्त, बेगमपुरका बादसाह बन्छन्। उनीहरू सर्व इच्छाहरूबाट मुक्त, इच्छा मात्र अविद्या स्वरूप हुन्छन्।

स्लोगन:–
अटुट निश्चय र नसाले “मेरो बाबा” भन्यौ भने माया नजिक पनि आउन सक्दैन।