19.01.25 Avyakt Bapdada Nepali Murli 30.11.2003 Om Shanti Madhuban
“चारै विषयमा अनुभवको
अथोरिटी बनेर समस्यालाई समाधान स्वरूपमा परिवर्तन गर।”
आज ब्राह्मण संसारका
रचयिताले आफ्ना चारैतिरका ब्राह्मण बच्चाहरूलाई देखिरहनुभएको छ। यो ब्राह्मण संसार
सानो संसार हो, तर यो अति श्रेष्ठ, अति प्यारो संसार हो। यो ब्राह्मण संसार सारा
विश्वका विशेष आत्माहरूको संसार हो। हरेक ब्राह्मण करोडौँमा कोही, कोहीमा पनि कोही
आत्मा हो किनकि आफ्नो बाबालाई पहिचान गरेर, बाबाको वर्साको अधिकारी बनेका छन्। जसरी
बाबा उच्चभन्दा उच्च हुनुहुन्छ, त्यसैगरी बाबालाई पहिचान गरेर बाबाको बन्ने आत्माहरू
पनि विशेष आत्माहरू हुन्। हरेक ब्राह्मण आत्मा जन्मिँदै भाग्यविधाता बाबाले मस्तकमा
श्रेष्ठ भाग्यको रेखा लेखिदिनुभएको छ, यस्ता श्रेष्ठ भाग्यमान आत्माहरू हौ। आफूलाई
यस्तो भाग्यमानी सम्झन्छौ? यति ठुलो रुहानी नसा अनुभव हुन्छ? हरेक ब्राह्मणको दिलमा
दिलारामले दिलको दुलार, दिलको प्यार दिइरहनुभएको छ। यो परमात्म प्यार सारा कल्पमा
एकद्वारा र एक समयमा मात्र प्राप्त हुन्छ। यो रुहानी नसा सदा हरेक कर्ममा रहन्छ?
किनकि तिमीहरूले विश्वलाई च्यालेन्ज गर्छौ– हामी कर्मयोगी जीवन भएका विशेष आत्मा
हौँ। केवल योग लगाउने योगी होइनौँ, योगी जीवनवाला हौँ। जीवन सदाकालको हुन्छ।
स्वाभाविक र निरन्तर हुन्छ। ८ घण्टा, ६ घण्टाको योगी जीवनवाला होइनौ। योग अर्थात्
याद त ब्राह्मण जीवनको लक्ष्य हो। जीवनको लक्ष्य स्वतः नै याद रहन्छ र जस्तो लक्ष्य
हुन्छ त्यस्तै लक्षण पनि स्वतः नै आउँछन्। बापदादाले हरेक ब्राह्मण आत्माको मस्तकमा
चम्किरहेको भाग्यको सितारा देख्नुहुन्छ। बापदादाले सदा हरेक बच्चालाई श्रेष्ठ
स्वमानधारी, स्वराज्यधारी देख्नुहुन्छ। तिमीहरू सबैले पनि आफूलाई स्वमानधारी आत्मा
हुँ, स्वराज्यधारी आत्मा हुँ– यस्तै अनुभव गर्छौ? सेकेन्डमा यदि स्मृतिमा ल्यायौ– म
स्वमानधारी आत्मा हुँ, तब सेकेन्डमा स्वमानको कति लिस्ट आउँछ! अहिले पनि आफ्नो
स्वमानको लिस्ट स्मृतिमा आयो? लिस्ट लामो छ नि! स्वमानले अभिमानलाई खतम गर्छ किनकि
स्वमान हो श्रेष्ठ अभिमान। त्यसैले श्रेष्ठ अभिमानले अशुद्ध भिन्न भिन्न देह
अभिमानलाई समाप्त गरिदिन्छ। जसरी सेकेन्डमा लाइटको स्विच अन गरियो भने अन्धकार
भाग्छ, अन्धकारलाई भगाइँदैन वा अन्धकारलाई निकाल्नको लागि मेहनत गर्नुपर्दैन तर
स्विच अन गरियो भने अन्धकार स्वतः नै समाप्त हुन्छ। त्यसैगरी स्वमानको स्मृतिको
स्विच अन गर्यौ भने भिन्न भिन्न देह अभिमान समाप्त गर्नको लागि मेहनत गर्नुपर्दैन।
मेहनत तबसम्म गर्नुपर्छ जबसम्म स्वमानको स्मृति स्वरूप बन्दैनौ। बापदादाले
बच्चाहरूको खेल हेर्नुहुन्छ– स्वमानलाई मनमनै वर्णन गर्छन्– “म बापदादाको दिल
तख्तनशीन हुँ”, वर्णन पनि गरिरहेका हुन्छन्, सोचि पनि रहेका हुन्छन् तर अनुभवको
सिटमा सेट हुँदैनन्। जे सोच्छौ, त्यो अनुभव हुनु जरुरी छ किनकि सबैभन्दा श्रेष्ठ
अथोरिटी अनुभवको अथोरिटी हो। बापदादाले देख्नुहुन्छ– सुन्छन् धेरै राम्रो, सोच्छन्
पनि धेरै राम्रो तर सुन्नु र सोच्नु अलग कुरा हो, अनुभवी स्वरूप बन्नु– यही
ब्राह्मण जीवनको श्रेष्ठ अथोरिटी हो। भक्ति र ज्ञानमा यही अन्तर छ। भक्तिमा पनि
सुन्ने मस्तीमा धेरै मस्त हुन्छन्। सोच्छन् पनि तर अनुभव गर्न सक्दैनन्। ज्ञानको
अर्थ नै हो, ज्ञानी आत्मा अर्थात् हरेक स्वमानको अनुभवी बन्नु। अनुभवी स्वरूपले
रुहानी नसा चढाउँछ। अनुभव कहिल्यै पनि जीवनमा बिर्सिँदैन, सुनेको, सोचेको बिर्सन
सक्छ तर अनुभवको अथोरिटी कहिल्यै कम हुँदैन। बापदादाले बच्चाहरूलाई यही स्मृति
दिलाउनुहुन्छ– हरेक सुनेको कुरा जुन भगवान् बाबासँग सुनियो, त्यसको अनुभवी मूर्त बन।
अनुभव भएको कुरा हजार जनाले मेटाउन चाहे पनि मेटिन सक्दैन। मायाले पनि अनुभवलाई
मेटाउन सक्दैन। जसरी शरीर धारण गर्नासाथ अनुभव गर्छौ– म फलानो हुँ, कति पक्का हुन्छ!
कहिल्यै आफ्नो देहको नाम बिर्सन्छौ? कसैले तिमीलाई भनोस्– तिमी फलानो होइनौ, के
मान्न सक्छौ? त्यसैगरी हरेक स्वमानको लिस्ट अनुभव गर्नाले कहिल्यै स्वमान बिर्सिन
सकिँदैन। तर बापदादाले देख्नुभयो– अनुभव हरेक स्वमानको वा हरेक प्वइन्टको अनुभवी
बन्नमा नम्बरवार छन्। जब अनुभव गर्यौ– म हुँ नै आत्मा, आत्मा नभएर अरू के नै हौ त!
देहलाई त मेरो भन्छौ तर म हुँ नै आत्मा, जब आत्मा नै हौ भने देहभान कहाँबाट आयो?
किन आयो? कारण, ६३ जन्मको अभ्यास, म देह हुँ, यो उल्टो अभ्यास पक्का छ। यथार्थ
अभ्यासको लामो अनुभवमा कति कुरा बिर्सिन्छ। बापदादाले बच्चाहरूलाई मेहनत गरिरहेको
देख्दा बच्चाहरूमाथि प्यार आउँछ। परमात्माका बच्चा, फेरि मेहनत! कारण, अनुभवमूर्त
स्थितिको कमी छ। देहभानको अनुभव जेसुकै पनि होस्, कुनै पनि कर्म गर्दा देहभान
बिर्सिँदैन, त्यसोभए ब्राह्मण जीवन अर्थात् कर्मयोगी जीवन, योगी जीवनको अनुभव कसरी
बिर्सन सक्छ! अब चेक गर– हरेक विषयलाई अनुभवमा ल्याएका छौ? ज्ञान सुन्न र सुनाउन त
सहज छ तर ज्ञान स्वरूप बन्नु छ। ज्ञानलाई स्वरूपमा ल्यायौ भने स्वतः नै हरेक कर्म
नलेजफुल अर्थात् नलेजको लाइट माइटवाला हुनेछ। नलेजलाई नै लाइट र माइट भनिन्छ। यसरी
नै योगी स्वरूप, योगयुक्त, युक्तियुक्त स्वरूप। धारणा स्वरूप अर्थात् हरेक कर्म,
हरेक कर्मेन्द्रिय, हरेक गुणको धारणा स्वरूप हुनेछ। सेवाको अनुभवी मूर्त, सेवाधारीको
अर्थ नै हो निरन्तर स्वतः नै सेवाधारी, चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा, चाहे
सम्बन्ध-सम्पर्क हरेक कर्ममा सेवा स्वाभाविक रूपमा भइरहोस्, यसलाई नै भनिन्छ चारै
विषयमा अनुभव स्वरूप। अब सबैले चेक गर– कहाँसम्म अनुभवी बनेका छौ? हरेक गुणको अनुभवी,
हरेक शक्तिको अनुभवी। त्यसै पनि भनाइ छ नि, अनुभव समयमा धेरै काम आउँछ। अनुभवी
मूर्तको अनुभव जस्तोसुकै समस्या होस्, अनुभवी मूर्तले अनुभवको अथोरिटीले समस्यालाई
सेकेन्डमा समाधान स्वरूपमा परिवर्तन गर्न सक्छ। समस्या, समस्या रहनेछैन, समाधान
स्वरूप बन्नेछ। बुझ्यौ? अब समयको समीपता, बाबा समान बन्ने समीपताले समाधान स्वरूपको
अनुभव गराओस्। धेरै समय समस्या आउनु, समाधान गर्नु– यसमा मेहनत गर्यौ, अब बापदादा
हरेक बच्चालाई स्वमानधारी, स्वराज्य अधिकारी, समाधान स्वरूपमा देख्न चाहनुहुन्छ।
अनुभवी मूर्तले सेकेन्डमा परिवर्तन गर्न सक्छ। अच्छा।
सबैतिरका आइपुगेका छन्।
डबल फरेनरहरूले पनि हरेक ग्रुपमा आफ्नो चान्स राम्रो लिइरहेका छन्। अच्छा– यस
ग्रुपमा पाण्डव पनि कम छैनन्। पाण्डव सबैले हात उठाऊ। माताहरू, कुमारीहरू, टिचरहरूले
हात उठाऊ। पहिलाको ग्रुपमा माताहरू धेरै थिए तर यस ग्रुपमा पाण्डवहरूले पनि राम्रो
रेस गरेका छन्। पाण्डवहरूको नसा र निश्चय अहिलेसम्म महिमामा पनि गायन गरिएको छ। के
गाइएको छ? जान्दछौ? ५ पाण्डव तर नसा र निश्चयको आधारमा विजयी बने, यो गायन
अहिलेसम्म छ। यस्ता पाण्डव हौ? अच्छा– नसा छ? पाण्डवहरूले जब पाण्डव हौ भन्ने सुन्छौ,
तब तिमी पाण्डवहरूले पाण्डवपतिलाई त बिर्सिँदैनौ नि! कि कहिलेकाहीँ बिर्सन्छौ?
पाण्डव र पाण्डवपति, पाण्डवहरूले कहिल्यै पनि पाण्डवपतिलाई बिर्सिन सक्दैनन्।
पाण्डवहरूलाई यो नसा हुनुपर्छ– हामी कल्पकल्पका पाण्डव, पाण्डवपतिका प्रिय हौँ।
यादगारमा पाण्डवहरूको पनि नाम कम छैन। पाण्डवहरूको टाइटल नै हो विजयी पाण्डव।
त्यसोभए यस्ता पाण्डव हौ? बस्, हामी विजयी पाण्डव हौँ, केवल पाण्डव होइनौँ, विजयी
पाण्डव। विजयको अविनाशी तिलक मस्तकमा लागेकै छ। माताहरूलाई के नसा हुन्छ? धेरै नसा
हुन्छ! माताहरूले नसामा भन्छन्– बाबा आउनु भएकै हो हाम्रो लागि। यस्तै हो नि! किनकि
आधाकल्प माताहरूलाई पद मिलेको छैन, अहिले सङ्गममा राजनीतिमा पनि माताहरूलाई अथोरिटी
मिलेको छ। हरेक डिपार्टमेन्टमा तिमी शक्तिहरूलाई बाबाले अगाडि राख्नुभयो नि, त्यसैले
संसारमा पनि हरेक वर्गमा अब माताहरूलाई अधिकार मिल्छ। कुनै पनि यस्तो वर्ग छैन जसमा
माताहरू छैनन्। यो सङ्गमयुगको पद हो। माताहरूलाई अनुभव हुन्छ– हाम्रो बाबा। अनुभव
हुन्छ– मेरो बाबा? नसा छ? माताहरूले हात हल्लाइरहेका छन्। राम्रो छ। भगवानलाई आफ्नो
बनायौ त्यसैले जादूगरिनी त माताहरू भयौ नि! बापदादाले देख्नुहुन्छ– चाहे माताहरू
चाहे पाण्डव, बापदादालाई सर्व सम्बन्धहरूबाट, प्यार त सर्व सम्बन्धहरूसँग छ तर
कसलाई कुन विशेष सम्बन्ध प्यारो हुन्छ, त्यो पनि हेर्नुहुन्छ। कति बच्चाहरूलाई
खुदालाई साथी बनाउन धेरै राम्रो लाग्छ, त्यसैले खुदा दोस्तको कहानी पनि छ। बापदादा
यही भन्नुहुन्छ– जुन समयमा जुन सम्बन्धको आवश्यकता हुन्छ, त्यतिबेला भगवानलाई त्यस
सम्बन्धमा आफ्नो बनाउन सक्छौ। सर्व सम्बन्ध निभाउन सक्छौ। बच्चाहरूले भने बाबा मेरो,
र बाबाले के भन्नुभयो, म तिम्रो। मधुबनको रौनक राम्रो लाग्छ नि! चाहे जतिसुकै टाढा
बसेर सुन, हेर तापनि मधुबनको रौनक आफ्नै छ। मधुबनमा बापदादा त मिल्नुहुन्छ नै तर अरू
कति प्राप्तिहरू हुन्छन्? यदि लिस्ट निकाल्यौ भने कति प्राप्ति छन्? सबैभन्दा ठुलो
प्राप्ति सहज योग, स्वतः योग हुन्छ। मेहनत गर्नुपर्दैन। यदि कसैले मधुबनको
वायुमण्डलको महत्त्व राख्छ भने मधुबनको वायुमण्डल, मधुबनको दिनचर्या सहजयोगी स्वतः
योगी बनाउनेवाला छ। किन? मधुबनमा बुद्धिमा केवल एउटै काम छ, सेवाधारी ग्रुप आउँछ
त्यो अलग कुरा हो तर जो रिफ्रेस हुनको लागि आउँछन्, मधुबनमा के काम छ? कुनै
जिम्मेवारी छ र? खाऊ, पिऊ, मौज गर, पढाइ पढ। त्यसैले मधुबन, मधुबन नै हो। विदेशमा
पनि सुनिरहेका छन्। तर त्यो सुन्नु र मधुबनमा आउनु, यसमा रातदिनको फरक छ। बापदादा
साधनहरूद्वारा सुन्ने, हेर्नेहरूलाई पनि यादप्यार त दिनुहुन्छ, कोही बच्चाहरूले त
राति जागेर पनि सुन्छन्। नहुनु भन्दा राम्रो अवश्य हो तर राम्रोभन्दा राम्रो मधुबन
प्यारो छ। मधुबनमा आउन राम्रो लागेको छकि त्यहाँ बसेर मुरली सुन्न! के राम्रो लाग्छ?
त्यहाँ पनि त मुरली सुन्नेछन् नि। यहाँ पनि त पछिपछि टी.भी. मा हेर्छन्। जसले
सम्झन्छौ मधुबनमा आउनु नै राम्रो हो, उनले हात उठाऊ। (सबैले उठाए) अच्छा। भक्तिमा
पनि गायन के छ? मधुबनमा मुरली बज्यो। यस्तो होइन लण्डनमा मुरली बज्यो। जहाँसुकै भए
पनि, मधुबनको महिमाको महत्त्व जान्नु अर्थात् स्वयंलाई महान् बनाउनु।
अच्छा, सबै जो पनि
आएका छन्, उनीहरूले योगी जीवन, ज्ञानी जीवन, धारणा स्वरूपको अनुभव गरिरहेका छन्।
अहिले पहिलो टर्नमा यस सिजनको लागि विशेष ध्यान दिलाइएको थियो– यो पूरा सिजन
सन्तुष्टमणि बनेर रहनु छ र सन्तुष्ट पार्नु छ। केवल सन्तुष्ट बन्नु मात्र छैन,
सन्तुष्ट पार्नु पनि छ। साथै अहिले समय अनुसार जहिले पनि जे पनि हुनसक्छ, प्रश्न
नगर कहिले हुनेछ, एक वर्षमा हुनेछ, ६ महिनामा हुनेछ। अचानक केही पनि कुनै पनि समयमा
हुनसक्छ त्यसैले आफ्नो स्मृतिको स्विच धेरै पावरफुल बनाऊ। सेकेन्डमा स्विच अन गर र
अनुभव स्वरूप बन। स्विच लुज भएमा बारम्बार अन-अफ गर्नुपर्छ र ठिक हुनमा समय लाग्छ ।
तर सेकेन्डमा स्विच अन स्वमानको, स्वराज्य अधिकारीको, यसलाई अन्तर्मुखी भएर अनुभव
गर्दै जाऊ। अनुभवहरूको सागरमा समाहित होऊ। अनुभवको अथोरिटीलाई कुनै पनि अथोरिटीले
जित्न सक्दैन। बुझ्यौ, के गर्नु छ? बापदादाले इसारा त दिनुहुन्छ तर प्रतीक्षा नगर,
कहिले-कहिले होइन, अब। एभररेडी। सेकेन्डमा स्मृतिको स्विच अन गर्न सक्छौ? गर्न सक्छौ?
जस्तोसुकै परिस्थिति होस्, जस्तोसुकै समस्या होस्, स्मृतिको स्विच अन गर। यो अभ्यास
गर किनकि फाइनल पेपर सेकेन्डको नै हुनेछ, मिनेट पनि होइन। सोच्नेले पास गर्न
सक्नेछैन, अनुभव गर्ने पास हुनेछ। अहिले सेकेन्डमा सबै “म परमधाम निवासी श्रेष्ठ
आत्मा हुँ”, यस स्मृतिको स्विचलाई अन गर, अरू कुनै पनि स्मृति नहोस्। बुद्धिमा कुनै
हलचल नहोस्, अचल। (ड्रिल) अच्छा।
चारैतिरका श्रेष्ठ
स्वमानधारी, अनुभवी आत्माहरूलाई, सदा हरेक विषयलाई अनुभवमा ल्याउनेहरूलाई, सदा योगी
जीवनमा चल्ने निरन्तर योगी आत्माहरूलाई, सदा आफ्नो विशेष भाग्यलाई हरेक कर्ममा
इमर्ज स्वरूपमा राख्ने करोडौंमा कोही, कोहीमा पनि कोही विशेष आत्माहरूलाई बापदादाको
यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
दादीजीसँग:–
सबैलाई उमङ्ग-उत्साहमा
ल्याउने राम्रो कार्य गरिरहेकी छौ। (अहिले त करोडौँलाई सन्देश दिने प्लान चलिरहेको
छ) करोड के, सारा विश्वका आत्माहरूलाई सन्देश मिल्नु छ। अहो प्रभु त भन्नेछन् नि!
अहो प्रभु भन्नको लागि पनि त तयार गर्नु छ नि! (दादीहरूसँग) यिनले पनि सहयोग
दिइरहेका छन्। राम्रो छ, मधुबनलाई सम्हालिरहेका छौ। राम्रो सहयोगी ग्रुप मिलेको छ
नि! एकएकको विशेषता छ। फेरि पनि आदि रत्नहरूको प्रभाव पर्छ। चाहे जतिसुकै आयु होस्,
नयाँनयाँ पनि अगाडि बढिरहेका छन् तर पनि आदि रत्नहरूको पालना आफ्नै छ, त्यसैले
ग्रुप राम्रो छ।
वरदान:–
विघ्न प्रुफ
चम्किलो फरिस्ता ड्रेस धारण गर्ने सदा विघ्न-विनाशक भव
स्वयंप्रति र सबैप्रति
सदा विघ्न विनाशक बन्नको लागि क्वेश्चन मार्कलाई बिदाइ दिनु र फुल स्टपद्वारा सर्व
शक्तिहरूको फुल स्टक गर्नु। सदा विघ्न प्रुफ चम्किलो फरिस्ता ड्रेस पहिरिएर रहनु,
माटाको ड्रेस नलगाउनु। साथसाथै सर्व गुणहरूका गहनाहरूले सजिएर रहनु। सदा अष्ट शक्ति
शस्त्रधारी सम्पन्न मूर्त बनेर रहनु छ र कमल पुष्पको आसनमा आफ्नो श्रेष्ठ जीवनका
पाउ राख्नु छ।
स्लोगन:–
अभ्यासमा
पूरापूरा ध्यान दियौ भने फस्ट डिभिजनमा नम्बर आउनेछ।
सूचना:– आज
अन्तर्राष्ट्रिय योग दिवस हो। साँझ ६:३० देखि ७:३० बजेसम्म सबै भाइ-बहिनीहरूले
सङ्गठित रूपमा एउटै शुद्ध सङ्कल्पले प्रकृतिसहित विश्वका सर्व आत्माहरूलाई शान्ति र
शक्तिको सकाश दिने विशेष सेवा गर्नु हुनेछ। अनुभव गरौँ– बापदादाको मस्तकबाट
शक्तिशाली किरणहरू निस्केर मेरो भृकुटीमा आइरहेका छन् र मबाट सारा ग्लोबमा गइरहेका
छन्।