19.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– जसरी
बा प दादा दुवै निरहङ्कारी हुनुहुन्छ , देहीअभिमानी हुनुहुन्छ , त्यसैगरी फलो फादर
गर , त ्यसपछि सदा उन्नति भइरहन ेछ ।”
प्रश्न:–
उच्च पदको
प्राप्तिको लागि कुन सावधानी राख्न जरुरी छ?
उत्तर:–
उच्च पद
पाउनुछ भने सावधानी राख– मनसाबाट पनि कसैलाई मद्वारा दुःख नहोस्, २- कुनै पनि
परिस्थितिमा क्रोध नआओस्, ३- बाबाको बनेर बाबाको कार्यमा, यस रुद्र यज्ञमा विघ्नरूप
नबनौँ। कसैले मुखले बाबा बाबा भन्यो र चालचलन रोयल भएन भने उच्च पद मिल्न सक्दैन।
ओम् शान्ति ।
बच्चाहरूले
राम्रोसँग जान्दछन्– बाबाबाट वर्सा अवश्य पाउनु छ। कसरी? श्रीमतमा। बाबाले
सम्झाउनुभएको छ– एउटै गीता शास्त्र छ, जसमा श्रीमत भगवानुवाच छ। भगवान त सबैका बाबा
हुनुहुन्छ। श्रीमत भगवानुवाच। अवश्य भगवान आएर श्रेष्ठ बनाउनुभएको होला, त्यसैले त
उहाँको महिमा छ। श्रीमत भगवत गीता अर्थात् श्रीमत भगवानुवाच। भगवान त अवश्य
उच्चभन्दा उच्च ठहरिनुभयो। श्रीमत पनि त्यही एक शास्त्रमा गायन गरिएको छ र अरू कुनै
शास्त्रमा श्रीमत भगवानुवाच छैन। श्रीमत कसको हुनुपर्छ, त्यो लेख्नेले पनि बुझ्न
सकेनन्। त्यसमा किन भुल भयो? त्यो पनि बाबा आएर सम्झाउनुहुन्छ। रावण राज्य
सुरुहुनासाथ रावण मतमा चल्न थाल्छन्। पहिला कडाभन्दा कडा भुल यी रावण मतवालाहरूले
गरेका छन्। रावणको थप्पड लाग्छ। जसरी भनिन्छ– शङ्कर प्रेरक हुन् त्यसै प्रेरणाले बम
आदि बनाएका हुन्। त्यसैगरी ५ विकाररूपी रावण प्रेरक हो मनुष्यलाई पतित बनाउने,
त्यसैले त पुकार्छन्– पतितपावन आउनुहोस्! त्यसोभए पतितपावन एउटै हुनुभयो नि। यसबाट
सिद्ध हुन्छ– पतित बनाउने अर्कै हो, पावन बनाउने अर्कै हुनुहुन्छ। दुवै एक हुन
सक्दैनन्। यी कुराहरू तिमीले नै बुझेका छौ– नम्बरवार पुरुषार्थअनुसार। यस्तो नसम्झ–
सबैलाई निश्चय छ। नम्बरवार छन्। जति निश्चय छ, त्यति खुसी बढ्छ। बाबाको मतमा
चल्नुपर्छ। श्रीमतमा हामीले यो स्वराज्य पद पाउनुछ। मनुष्यबाट देवता बन्न समय
लाग्दैन। तिमीले पुरुषार्थ गर्छौ। मम्मा बाबालाई फलो गर्छौ। जसरी उहाँहरूले आफूसमान
बनाउने सेवा गरिरहनुभएको छ, तिमीले पनि बुझेका छौ– हामीले के सेवा गरिरहेका छौँ र
मम्मा बाबा के सेवा गरिरहनुभएको छ। बाबाले सम्झाउनुभएको थियो– शिवबाबा र ब्रह्मादादा
दुवै सँगसँगै हुनुहुन्छ। त्यसैले बुझ्नुपर्छ– उहाँहरू दुवै सबैभन्दा नजिक हुनुहुन्छ।
यिनैको सम्पूर्ण रूप सूक्ष्मवतनमा देख्छौ त्यसैले अवश्य यिनी तीक्ष्ण होलान्। तर
जसरी बाबा निरहङ्कारी हुनुहुन्छ, देहीअभिमानी हुनुहुन्छ, त्यसैगरी यी दादा पनि
निरहङ्कारी छन्। यी दादाले भन्छन्– शिवबाबाले नै सम्झाइरहनुहुन्छ। मुरली चलाउँदा
बाबा आफैले भन्नुहुन्छ– सम्झ– शिवबाबाले यिनीद्वारा मुरली सुनाइरहनुभएको छ। यी
ब्रह्माले पनि अवश्य सुन्छन् होला। यिनले नसुनेका र नसुनाएका भए उच्च पद कसरी
पाउँछन्। तर आफ्नो देह अभिमान छोडेर भन्छन्– यस्तो सम्झ– शिवबाबाले नै सुनाउनुहुन्छ।
हामीले पुरुषार्थ गरिरहन्छौँ। शिवबाबाले नै सम्झाउनुहुन्छ। यिनले त पतितपना पास
गरेका छन्। मम्मा त कुमारी थिइन्। त्यसैले मम्मा उच्च गइन्। तिमी कुमारीहरूले पनि
मम्मालाई फलो गर। गृहस्थीहरूले बाबालाई फलो गर्नुपर्छ। हरेकले बुझ्नुछ– म पतित छु,
मलाई पावन बन्नुछ। मुख्य कुरा बाबाले यादको यात्रा सिकाउनुभएको छ। यसमा देह अभिमान
हुनुहुँदैन। अच्छा, कसैले मुरली सुनाउन सक्दैनौ भने यादको यात्रामा बस। यात्रामा
रहँदा मुरली चलाउन सकिन्छ। तर यात्रा भुले भने पनि हर्जा छैन। मुरली चलाएर फेरि
यात्रामा लाग किनकि त्यो वाणीभन्दा पर वानप्रस्थ अवस्था हो। मूल कुरा हो–
देहीअभिमानी भएर बाबालाई याद गरिरहने र चक्रलाई याद गरिरहने। कसैलाई दुःख नदिने। यही
सम्झाइरहनुछ– बाबालाई याद गर। यो हो यात्रा। मनुष्य मरेपछि भन्छन्– स्वर्ग
पधार्नुभयो। अज्ञानकालमा कसैले स्वर्गलाई याद गर्दैनन्। स्वर्गलाई याद गर्नु अर्थात्
यहाँबाट मर्नु। यसरी त कसैले याद गर्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी
फर्केर जानुछ। बाबा भन्नुहुन्छ– जति तिमीले याद गर्छौ, त्यति खुसीको पारा चढ्छ,
वर्सा याद हुन्छ। जति बाबालाई याद गर्छौ, त्यति हर्षित पनि हुन्छौ। बाबालाई याद
नगरेमा अलमलिन्छौ। अलमलिइरहन्छौ। तिमीले त्यति समय याद गर्न सक्दैनौ। बाबाले आशिक
माशुकको उदाहरण बताउनुभएको छ। चाहे एकले कामधन्दा गर्छन् र अर्कोले चर्खा चलाउँछ
तैपनि उनको अगाडि माशुक आएर उभिन्छ। आशिकले माशुकलाई याद गर्छिन्, माशुकले फेरि
आशिकलाई याद गर्छ। यहाँ त केवल तिमीले एक बाबालाई याद गर्नुछ। उहाँ सबैको माशुक
हुनुहुन्छ। तिमी बच्चाहरूले लेख्छौ– बाबा, हजुरले हामीलाई याद गर्नुहुन्छ? अरे, म
जो सबैको माशुक हुँ, मैले फेरि तिमी आशिकहरूलाई कसरी याद गर्न सक्छु? त्यो हुन
सक्दैन। उहाँ हुनुहुन्छ नै माशुक। आशिक बन्न सक्नुहुन्न। तिमीले नै याद गर्नुछ। तिमी
हरेक आशिक बन्नुछ, उहाँ एक माशुकको। उहाँ आशिक बन्नुभयो भने कतिलाई याद गर्नुहुन्छ।
यो त हुन सक्दैन। भन्नुहुन्छ– म माथि पापको बोझ कहाँ छ र, जसले गर्दा कसैलाई याद गरूँ।
तिमीमाथि बोझ छ। बाबालाई याद गरेनौ भने पापहरूको बोझ उत्रँदैन। बाँकी मैले किन
कसैलाई याद गर्नुपर्छ। याद गर्नुछ तिमी आत्माहरूले। जति याद गर्छौ, त्यति पुण्य
आत्मा बन्नेछौ, पाप काटिँदै जानेछ। यो ठुलो लक्ष्य हो। देहीअभिमानी बन्नमा नै मेहनत
छ। यो सारा नलेज तिमीलाई मिलिरहेको छ। तिमी त्रिकालदर्शी बनेका छौ, नम्बरवार
पुरुषार्थअनुसार। सारा चक्र तिम्रो बुद्धिमा रहनुपर्छ। बाबा सम्झाउनुहुन्छ– तिमी
लाइट हाउस हौ नि। हरेकलाई शान्तिधाम र सुखधामको बाटो देखाउँछौ। यी सबै नयाँ कुराहरू
तिमीले सुन्छौ। जान्दछौ– अवश्य हामी आत्माहरू शान्तिधाम निवासी हौँ। यहाँ पार्ट
खेल्न आउँछौँ। हामी कलाकार हौँ। यही चिन्तन बुद्धिमा चलिरह्यो भने मस्ती चढ्नेछ।
बाबाले सम्झाउनुभएको छ– आदिदेखि लिएर अन्त्यसम्म तिम्रो पार्ट छ। अब कर्मातीत
अवस्थामा अवश्य जानुछ, फेरि गोल्डेन एजमा आउनुछ। यस धुनमा रहेर आफ्नो कल्याण गर्नुछ।
केवल पण्डित बन्नुछैन। अर्कालाई सिकाउने, तर आफू त्यस अवस्थामा रहेनौ भने असर
पर्दैन। आफैँले पनि पुरुषार्थ गर्नुछ। यी बाबाले पनि बताउँछन्– मैले पनि याद गर्ने
कोसिस गर्छु। कहिलेकाहिँ मायाको तुफान यसरी आउँछ, जसले बुद्धिको योग तोडिदिन्छ। धेरै
बच्चाहरूले चार्ट पठाइदिन्छन्। आश्चर्य खान्छु– यिनीहरू त मभन्दा पनि तीव्र जान्छन्।
सायद उमङ्ग आउँछ, त्यसपछि चार्ट लेख्न थाल्छन् तर यस्तो यदि तीव्र दौड लगायौ भने
नम्बरवनमा जानेछन्। तर होइन, त्यो केवल चार्ट लेख्ने बेलासम्म हो। यस्तो लेख्दैनन्–
बाबा, यतिलाई आफूसमान बनाएँ। अनि उनले पनि लेखुन्– बाबा, मलाई यिनले यो बाटो बताए।
यस्तो समाचार आउँदैन। त्यसपछि बाबाले के सम्झनुहुन्छ? केवल चार्ट पठाएर मात्रै काम
चल्दैन। आफूसमान पनि बनाउनुछ। रूप र बसन्त दुवै बन्नुछ। नत्र बाबा समान ठहरिँदैन।
रूप पनि, बसन्त पनि एक्युरेट बन्नुछ, यसमा नै मेहनत छ। देह अभिमानले मारिदिन्छ।
रावणले देह अभिमानी बनाएको छ। अहिले तिमी देहीअभिमानी बन्छौ। फेरि आधाकल्पपछि माया
रावणले देह अभिमानी बनाउँछ। देहीअभिमानी त धेरै मीठा बन्छन्। सम्पूर्ण त अहिले कोही
पनि बनेको छैन, त्यसैले बाबा सदैव भन्नुहुन्छ– कसैको पनि दिललाई दुखाउनुहुँदैन,
दुःख दिनुहुँदैन। सबैलाई बाबाको परिचय देऊ। बोलचाल गर्ने पनि धेरै रोयल्टी चाहिन्छ।
ईश्वरीय सन्तानको मुखबाट सदैव रत्न निस्कनुपर्छ। तिमीले मनुष्यहरूलाई जीवनदान दिन्छौ।
बाटो देखाउनुछ र सम्झाउनुछ। तिमी परमात्माका बच्चा हौ नि। उहाँबाट तिमीलाई स्वर्गको
राज्यभाग्य मिल्नुपर्छ। फेरि अहिले त्यो किन छैन। याद गर, अवश्य बाबाबाट वर्सा
मिलेको थियो नि। तिमी बच्चाहरू देवीदेवता थियौ, तिमीले नै ८४ जन्म लिएका थियौ।
तिमीले सम्झ– हामी नै लक्ष्मीनारायणका कुलका थियौँ। आफूलाई कम किन सम्झन्छौ। बाबा,
सबै कहाँ बन्छन् भन्छन् भने बाबाले बुझ्नुहुन्छ– यो यस कुलको होइन। अहिलेदेखि नै
बाहिरिन थालेको छ। तिमीले ८४ जन्म लिएका छौ। बाबाले २१ जन्मको प्रारब्ध जम्मा
गराइदिनुभयो, त्यो खायौ, फेरि समाप्त हुन सुरु भयो। खिया चढ्दाचढ्दै तमोप्रधान
कौडीजस्तै बनेका छौ। भारतवर्ष नै १०० प्रतिशत सम्पन्न थियो। यिनीहरूलाई यो वर्सा
कहाँबाट मिल्यो? कलाकारहरूले नै बताउन सक्छन् नि। मनुष्य नै कलाकार हुन्। उनीहरूलाई
यो थाहा हुनुपर्छ– यी लक्ष्मीनारायणलाई बादसाही कहाँबाट मिल्यो? कति राम्रा राम्रा
प्वइन्टहरू छन्। अवश्य अघिल्लो जन्ममा नै यो राज्यभाग्य पाएका होलान्।
बाबा नै पतितपावन
हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कर्म, अकर्म र विकर्मको गति सम्झाउँछु।
रावण राज्यमा मनुष्यका कर्म विकर्म हुन्छन्। त्यहाँ तिम्रा कर्म अकर्म हुन्छन्। त्यो
हो दैवी सृष्टि। म रचयिता हुँ त्यसैले अवश्य मलाई सङ्गममा आउनुपर्छ। यो हो रावण
राज्य। त्यो हो ईश्वरीय राज्य। ईश्वरले अहिले स्थापना गराइरहनुभएको छ। तिमी सबै
ईश्वरका बच्चा हौ, तिमीलाई वर्सा मिलिरहेको छ। तिमीहरू नै सम्पन्न थियौ, अहिले
विपन्न बनेका छौ। यो बनिबनाउ ड्रामा हो, यसमा फरक हुन सक्दैन। सबैको वंशवृक्ष आआफ्नो
छ। यो विभिन्न प्रकारको वृक्ष हो नि। देवता धर्मका मानिसहरू नै फेरि देवता धर्ममा
आउँछन्। क्रिस्चियन धर्मका मानिसहरू आफ्नो धर्ममा खुसी छन्, अरूलाई पनि आफ्नो धर्ममा
तानेका छन्। बच्चाहरूले आफ्नो धर्म भुलेका हुनाले त्यो धर्मलाई राम्रो मानेर जान्छन्।
बेलायतमा नोकरीको लागि कति जान्छन् किनकि त्यहाँ कमाइ धेरै छ। ड्रामा धेरै अनौठो
बनेको छ। यसलाई बुझ्नको लागि राम्रो बुद्धि चाहिन्छ। विचार सागर मन्थन गरेमा सबै
कुरा समझमा आउँछ। यो बनिबनाउ अनादि ड्रामा हो। त्यसैले तिमी बच्चाहरूले आफूसमान सदा
सुखी बनाउनुछ। यो तिम्रो कामधन्दा हो– पतितहरूबाट पावन बनाउनु। जस्तो बाबाको
कामधन्दा, त्यस्तै तिम्रो। तिम्रो अनुहार सदैव देवताहरूकोजस्तै खुसीले हर्षित
हुनुपर्छ। तिमीलाई थाहा छ– हामी विश्वका मालिक बन्छौँ। तिमी हौ लवली चिल्ड्रेन।
क्रोधमाथि धेरै सावधानी राख्नुछ। बाबा आउनुभएको छ बच्चाहरूलाई सुखको वर्सा दिन।
स्वर्गको बाटो सबैलाई देखाउनुछ। बाबा सुखकर्ता, दुःखहर्ता हुनुहुन्छ। त्यसैले तिमी
पनि सुखकर्ता बन्नुछ। कसैलाई दुःख दिनुछैन। दुःख दियौ भने तिम्रो सजाय १०० गुणा
बढ्छ। कोही पनि सजायबाट बच्न सक्दैन। बच्चाहरूको लागि त खास धर्मसभा (ट्रिब्युनल)
बस्छ। बाबा भन्नुहुन्छ– तिमीले विघ्न पारेमा धेरै सजाय खान्छौ। कल्पकल्पान्तर तिमीले
साक्षात्कार गर्छौ– फलाना यो बन्नेछ। पहिला तिमीले देख्दा बाबाले मनाही
गर्नुहुन्थ्यो– नसुनाऊ। अन्त्यमा त एक्युरेट थाहा हुँदैजान्छ। पछि गएर जोडले
साक्षात्कार हुनेछ। वृद्धि त हुँदैजान्छ। आबुसम्म क्यु लाग्नेछ। बाबासँग कोही पनि
मिल्न सक्नेछैनन्। भन्छन्– अहो प्रभु, हजुरको लीला! यो पनि गायन गरिएको त छ नि।
विद्वान्, पण्डित आदि पनि पछि आउनेछन्। उनीहरूका सिंहासन पनि हल्लिनेछन्। तिमी
बच्चाहरू त धेरै खुसीमा रहनेछौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार। यस्तो याद-प्यार एकैपटक मिल्छ। जति
तिमीले याद गर्छौ, त्यति तिमीले प्यार पाउँछौ। विकर्म विनाश हुन्छन् र धारणा पनि
हुन्छ। बच्चाहरूलाई खुसीको पारा चढिराखेको हुनुपर्छ। जोसुकै आए पनि उसलाई बाटो
देखाऊ। बेहदको वर्सा बेहदका बाबाबाट पाउनुछ। कम कुरा हो र? यस्तो पुरुषार्थ
गर्नुपर्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
रुहानी बच्चाहरूप्रति रुहानी बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको
रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) बोलीचालीमा धेरै रोयल बन्नुछ। मुखबाट सदैव रत्न निकाल्नुछ। आफूसमान बनाउने सेवा
गर्नुछ। कसैको दिललाई दु:खाउनुछैन।
२) क्रोधमाथि धेरै
सावधनी राख्नुछ। अनुहार सदैव देवताहरूको जस्तै हर्षित बनाउनुछ। स्वयंलाई ज्ञान
योगबलले देवता बनाउनुछ।
वरदान:–
पावरफुल
दर्पणद्वारा सबैलाई स्वयंको साक्षात्कार गराउने साक्षात्कारमूर्त भव
जसरी दर्पणको अगाडि
जोसुकै गए पनि उसलाई स्वयंको स्पष्ट साक्षात्कार हुन्छ। तर यदि दर्पण पावरफुल छैन
भने रियल रूपको सट्टा अर्कै रूप देखिन्छ। हुन्छ पातलो, देखिन्छ मोटो, त्यसैले तिमी
यस्तो पावरफुल दर्पण बन, जसबाट सबैलाई स्वयंको साक्षात्कार गराउन सक्छौ अर्थात्
तिम्रो अगाडि आउनासाथ देहलाई भुलेर आफ्नो देहीरूपमा स्थित हुन्– वास्तविक सेवा यही
हो, यसैबाट जयजयकार हुनेछ।
स्लोगन:–
शिक्षालाई
स्वरूपमा ल्याउने नै ज्ञानस्वरूप, प्रेमस्वरूप आत्मा हुन्।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”
बाबामा त निश्चय छ तर
आफूमा पनि निश्चयबुद्धि भएर कार्य गर, त्यसपछि फेरि विजय नै विजय हुनेछ। विजयको
अगाडि समस्या कुनै चीज होइन। फेरि त्यो समस्या अनुभव हुँदैन तर खेल अनुभव हुन्छ।
खेल खुसीले गरिन्छ। कुनै कार्य सहज भयो भने भनिन्छ– यो त बायाँ हातको खेल हो अर्थात्
सहज छ। त्यसैले यो पनि बुद्धिको खेल हुनेछ। खेलमा आत्तिने छैनौ।