19.05.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– श्रीमत
ले नै तिमीलाई श्रेष्ठ बना उँछ , त्यसैले श्रीमतलाई नभुल , आफ्नो मतलाई छोडेर एक
बाबाको मतमा चल।”
प्रश्न:–
पुण्य आत्मा
बन्ने युक्ति के हो?
उत्तर:–
पुण्य आत्मा
बन्नुछ भने सच्चा दिलले, प्यारले एक बाबालाई याद गर। २. कर्मेन्द्रियहरूबाट कुनै पनि
विकर्म नगर। सबैलाई मार्ग बताऊ। आफ्नो दिलसँग सोध– मैले यो पुण्य कति गरेको छु?
आफ्नो चेकिङ गर्नुछ– यस्तो कुनै कर्म नहोस् जसको १०० गुणा सजाय भोग्नुपरोस्। यसरी
चेकिङ गर्नाले पुण्य आत्मा बनिन्छ।
ओम् शान्ति ।
रुहानी बाबा
बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ, यो त बच्चाहरूलाई थाहा छ– अहिले हामी
शिवबाबाको मतमा चलिरहेका छौँ। उहाँको मत उच्चभन्दा उच्च छ। दुनियाँलाई यो थाहा छैन–
उच्चभन्दा उच्च शिवबाबाले कसरी बच्चाहरूलाई श्रेष्ठ बनाउनको लागि श्रेष्ठ मत
दिनुहुन्छ। यस रावण राज्यमा कुनै पनि मनुष्य मात्रले मनुष्यलाई श्रेष्ठ मत दिन
सक्दैनन्। तिमी अहिले ईश्वरीय मतवालाबन्छौ। यस समयमा तिमी बच्चाहरूलाई पतितबाट पावन
बन्नको लागि ईश्वरीय मत मिलिरहेको छ। अहिले तिमीलाई थाहा भएको छ– हामी त विश्वका
मालिक थियौँ। यिनी (ब्रह्मा) जो मालिक थिए, उनलाई पनि थाहा थिएन। विश्वको मालिक फेरि
एकदम पतित बन्छन्। यो खेल धेरै राम्रोसँग बुद्धिले बुझ्नुपर्नेछ। सही र गलत के हो,
यसमा बुद्धिको लडाइँ हुन्छ। सारा दुनियाँ गलत छ। सत्य बोल्नेवाला एक बाबा मात्र सही
हुनुहुन्छ। उहाँले तिमीलाई सचखण्डको मालिक बनाउनुहुन्छ, त्यसैले उहाँको मत लिनुपर्छ।
आफ्नो मतमा चलेमा धोका खान्छौ। तर उहाँ त गुप्त हुनुहुन्छ। हुनुहुन्छ पनि निराकार।
धेरै बच्चाहरूले गल्ती गर्छन्, बुझ्छन्– यो त दादाको मत हो। मायाले श्रेष्ठ मत लिन
दिँदैन। श्रीमतमा चल्नुपर्छ नि। बाबा, हजुरले जे भन्नुहुन्छ त्यो हामीले अवश्य
मान्नेछौँ। तर कतिले मान्दैनन्। नम्बरवार पुरुषार्थ अनुसार मतमा चल्छन्, बाँकीले त
आफ्नो मत चलाउँछन्। बाबा श्रेष्ठ मत दिन आउनुभएको छ।
यस्ता बाबालाई घरी घरी
भुल्छन्। मायाले श्रीमत लिन दिँदैन। श्रीमत त धेरै सहज छ नि। हामी तमोप्रधान छौँ,
दुनियाँमा कसैलाई यो समझ छैन। मेरो मत त प्रसिद्ध छ, श्रीमत भगवद् गीता। भगवान अहिले
भन्नुहुन्छ– म ५ हजार वर्षपछि आउँछु, आएर भारतवर्षलाई श्रीमत दिएर श्रेष्ठभन्दा
श्रेष्ठ बनाउँछु। बाबाले त सावधान गराउनुहुन्छ, बच्चाहरू श्रीमतमा चल्दैनन्। बाबाले
दिनहुँ सम्झाइरहनुहुन्छ– प्यारा बच्चाहरू! श्रीमतमा चल्न नभुल। यिनको त कुरै छैन।
उहाँको कुरा बुझ। उहाँले नै यिनीद्वारा मत दिनुहुन्छ। उहाँले नै सम्झाउनुहुन्छ।
खानपान केही गर्नुहुन्न, भन्नुहुन्छ– म अभोक्ता हुँ। तिमी बच्चाहरूलाई श्रीमत दिन्छु।
नम्बर वन मत दिनुहुन्छ– मलाई याद गर। कुनै पनि विकर्म नगर। आफ्नो दिलसँग सोध– कति
पाप गरेँ? यो त तिमीलाई थाहा छ– सबैको पापको घडा भरिएको छ। यस समयमा सबै गलत मार्गमा
छन्। तिमीलाई अहिले बाबाद्वारा सही मार्ग मिलेको छ। तिम्रो बुद्धिमा सारा ज्ञान छ।
गीतामा जुन ज्ञान हुनुपर्छ त्यो छैन। त्यो कुनै बाबाले बनाउनुभएको होइन। यो पनि
भक्तिमार्गमा निश्चित छ। भनिन्छ पनि– भगवान आएर भक्तिको फल दिनुहुनेछ। बच्चाहरूलाई
सम्झाइएको छ– ज्ञानद्वारा सद्गति हुन्छ। सद्गति पनि सबैको हुन्छ, दुर्गति पनि सबैको
हुन्छ। यो दुनियाँ नै तमोप्रधान छ। सतोप्रधान कोही छैन। पुनर्जन्म लिँदा लिँदा अब
अन्त्यमा आएका छन्। अहिले मृत्यु सबैको शिरमा उपस्थित छ। यहाँकै कुरा हो। गीता पनि
देवी-देवता धर्मको शास्त्र हो। त्यसैले तिमीलाई अरू कुनै धर्ममा गएर के फाइदा।
हरेकले आआफ्नो कुरान, बाइबल आदि नै पढ्छन्। आफ्नो धर्मलाई जान्दछन्। एक भारतवर्षका
मात्र अन्य सबै धर्महरूमा जान्छन्। अरू सबै आआफ्नो धर्ममा पक्का छन्। हरेक
धर्मवालाको अनुहार आदि अलग छ। बाबाले स्मृति गराउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले
आफ्नो देवी-देवता धर्मलाई भुलेका छौ। तिमी स्वर्गका देवता थियौ, ‘हम सो’ को अर्थ
भारतवर्षकालाई बाबाले सुनाउनुभएको छ। बाँकी हामी आत्मा सो परमात्मा होइनौँ। यी
कुराहरू त भक्तिमार्गका गुरुहरूले बनाएका हुन्। गुरु पनि करोडौँ होलान्। स्त्रीलाई
पतिको लागि भन्छन्– यिनी तिम्रो गुरु ईश्वर हुन्। जब पति नै ईश्वर हुन् भने फेरि हे
भगवान! हे राम! किन भन्छौ। मनुष्यहरूको बुद्धि बिल्कुलै पत्थर बनेको छ। यिनी स्वयंले
पनि भन्छन्– हामी पनि यस्तै थियौँ। कहाँ वैकुण्ठका मालिक श्रीकृष्ण, कहाँ फेरि
उनलाई गाउँलेका छोरा भनिदिएका छन्। श्याम-सुन्दर भन्छन्। अर्थ कहाँ बुझ्छन् र। अहिले
बाबाले तिमीलाई सम्झाउनुभएको छ– जो नम्बर वन सुन्दर छ, उही अन्तिम नम्बरको
तमोप्रधान श्याम बनेको छ। तिमीले बुझेका छौ– हामी सुन्दर थियौँ फेरि श्याम बनेका
छौँ, ८४ को चक्कर लगाएर अहिले श्यामबाट सुन्दर बन्नको लागि बाबाले एउटै औषधि
दिनुहुन्छ– मलाई याद गर। तिम्रो आत्मा पतितबाट पावन बन्नेछ। तिम्रा जन्मजन्मान्तरका
पाप नाश हुनेछन्।
तिमीलाई थाहा छ– रावण
आएपछि तिमी गिर्दै गिर्दै पाप आत्मा बनेका छौ। यो हो नै पाप आत्माहरूको दुनियाँ। यहाँ
एक जना पनि सुन्दर छैन। बाबाबिना सुन्दर कसैले बनाउन सक्दैन। तिमी आएका छौ
स्वर्गवासी सुन्दर बन्न। अहिले नर्कवासी श्याम छौ किनकि काम चितामा चढेर काला बनेका
छौ। बाबा भन्नुहुन्छ– काम महाशत्रु हो। यसमाथि जसले विजय प्राप्त गर्छन् उनीहरू नै
जगतजित बन्नेछन्। नम्बर वन हो काम। त्यसलाई नै पतित भनिन्छ। क्रोधीलाई पतित भनिँदैन।
बोलाउँछन् पनि– आएर पतितबाट पावन बनाउनुहोस्। त्यसैले अब बाबा आउनुभएको छ,
भन्नुहुन्छ– यो अन्तिम जन्म पावन बन। जसरी रातपछि दिन, दिनपछि रात हुन्छ, त्यसैगरी
सङ्गमयुगपछि फेरि सत्ययुग आउनुछ। चक्र फेरिनुछ। बाँकी अरू कुनै आकाशमा अथवा पातालमा
दुनियाँ छैन। सृष्टि त यही हो। सत्ययुग, त्रेता... यहीँ छ। वृक्ष पनि एउटै हो, अरू
कुनै हुन सक्दैन। जुन भन्छन्– अनेक दुनियाँहरू छन्, यी सबै गफ हुन्। बाबा
भन्नुहुन्छ– यी सबै भक्तिमार्गका कुरा हुन्। अब बाबाले सत्य कुरा सुनाउनुहुन्छ। अब
आफू भित्र हेर– म कहाँसम्म श्रीमतमा चलेर सतोप्रधान अर्थात् पुण्य आत्मा बनिरहेको
छु? सतोप्रधानलाई पुण्य आत्मा, तमोप्रधानलाई पाप आत्मा भनिन्छ। विकारमा जानु पाप
हो। बाबा भन्नुहुन्छ– अब पवित्र बन। मेरो बनेका छौ त्यसैले मेरो श्रीमतमा चल्नुछ।
मुख्य कुरा हो– कुनै पाप नगर। नम्बर वन पाप हो विकारमा जानु। फेरि अरू पाप पनि धेरै
हुन्छन्। चोरी चकारी, ठगी आदि धेरै गर्छन्। फेरि धेरैलाई सरकारले समात्छ पनि। अब
बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– तिमीले आफ्नो दिलसँग सोध– मैले कुनै पाप त गरिनँ?
यस्तो नसम्झ– मैले चोरी गरेँ वा घुस खाएँ भने बाबा त जानिजाननहार हुनुहुन्छ, उहाँले
त्यो सबै जान्नुहुन्छ। होइन, जानिजाननहारको अर्थ यो होइन। मानौँ कसैले चोरी गर्यो,
बाबाले जान्नुभयो, फेरि के भयो? जसले चोरी गर्यो उसलाई त्यसको सय गुणा दण्ड अवश्य
हुनेछ। धेरै धेरै सजाय भोग्नेछन्। पद पनि भ्रष्ट हुनेछ। बाबा सम्झाउनुहुन्छ– यस्तो
काम गर्यौ भने दण्ड भोग्नुपर्नेछ। कसैले ईश्वरको बच्चा बनेर फेरि चोरी गर्छ, शिवबाबा
जसबाट यति धेरै वर्सा मिल्छ, उहाँको भण्डाराबाट चोरी गर्छ, यो त धेरै ठुलो पाप हो।
कोही कोहीमा चोरीको बानी हुन्छ, उनीहरूलाई जेल बर्ड भनिन्छ। यो ईश्वरको घर हो। सबै
कुरा ईश्वरको हो नि। ईश्वरको घरमा आउँछन् बाबाबाट वर्सा लिन। तर कोही कोहीको बानी
हुन्छ, त्यसको सजाय सय गुणा हुन्छ। सजाय पनि धेरै मिल्नेछन् र फेरि जन्मजन्मान्तर
फोहोरी घरमा गएर जन्म लिन्छन्, त्यसैले आफ्नै नोक्सान पार्यो नि। यस्ता धेरै छन् जो
यादमा बिल्कुल रहँदैनन्, केही पनि सुन्दैनन्। बुद्धिमा चोरी आदिकै ख्यालात चलिरहन्छ।
यस्ता धेरै सत्सङ्गमा जान्छन्। चप्पल चोरी गर्छन्, उनीहरूको धन्दा नै यही हुन्छ। जहाँ
सत्सङ्ग हुन्छ त्यहाँ गएर चप्पल चोरेर आउँछन्। दुनियाँ बिल्कुलै फोहोरी छ। यो
ईश्वरको घर हो। चोरीको बानी त धेरै नराम्रो हो। भनिन्छ– कखका चोर सो लखका चोर। आफैले
आफ्नो मनसँग सोध्नुपर्छ– म कति पुण्य आत्मा बनेको छु? बाबालाई कति याद गर्छु? म कति
स्वदर्शन चक्रधारी बनेकोछु? कति समय ईश्वरीय सर्भिसमा रहन्छु? पाप कति काटिँदै
गइरहेका छन्? दिनहुँ आफ्नो पोतामेल हेर। कति पुण्य गरेँ, कति योगमा रहेँ? कतिलाई
मार्ग बताएँ? ठीकै छ, धन्दा आदि त गर। तिमी कर्मयोगी हौ। ठीकै छ, कर्म त गर। बाबाले
यी ब्याजहरू बनाइरहनुहुन्छ। राम्रा राम्रा मानिसहरूलाई यसमा सम्झाऊ। यस महाभारत
लडाइँद्वारा नै स्वर्गका गेट खुलिरहेका छन्। श्रीकृष्णको चित्रमा तल लेखिएको कुरा
धेरै फस्टक्लास छ। तर बच्चाहरू अहिले त्यति विशाल बुद्धि भएका छैनन्। थोरै धन मिल्यो
भने नाच्न थाल्छन्। कसैसँग धेरै धन भयो भने सम्झन्छन्– म जस्तो कोही छैन होला। जुन
बच्चाहरूलाई बाबाको पर्वाह छैन, उनीहरूलाई बाबाले यति अविनाशी ज्ञान रत्नको जुन
खजाना दिनुहुन्छ त्यसको पनि कदर हुँदैन। बाबाले एउटा कुरा भन्नुहुन्छ, उनीहरूले
अर्को कुरा गर्छन्। पर्वाह नभएको कारण धेरै पाप गरिरहन्छन्। श्रीमतमा चल्दैनन्। फेरि
गिर्छन्। बाबा भन्नुहुन्छ– यो पनि ड्रामा। उनीहरूको तकदिरमा हुँदैन। बाबालाई त थाहा
छ नि। धेरै पाप गर्छन्, बाबाले हामीलाई पढाउनुहुन्छ भन्ने यदि निश्चय भएको भए त खुसी
हुनुपर्छ। तिमीलाई थाहा छ– हामी भविष्य नयाँ दुनियाँमा राजकुमार-राजकुमारी बन्छौँ,
त्यसोभए कति खुसी हुनुपर्छ। तर बच्चाहरू त अहिलेसम्म पनि उदास भइरहन्छन्। त्यो
अवस्था टिक्दैन।
बाबाले सम्झाउनुभएको
छ– विनाशको लागि रिहर्सल पनि हुनेछ। क्यालेमिटीज (प्राकृतिक प्रकोप) पनि हुन्छन्।
भारतवर्षलाई कमजोर बनाउँदै जान्छन्। बाबा स्वयं भन्नुहुन्छ– यो सबै हुनुनै छ। नत्र
विनाश कसरी हुन्छ। हिउँको वर्षा हुनेछ फेरि खेती आदिको के हाल होला। लाखौँ
मरिरहन्छन्, कसैले कहाँ बताउँछन् र। त्यसैले बाबाले मुख्य कुरा सम्झाउनुहुन्छ– यसरी
आफै भित्र जाँच गर, मैले बाबालाई कति याद गर्छु। बाबा, हजुर त धेरै मीठो हुनुहुन्छ,
कमाल छ हजुरको। हजुरको आदेश छ– मलाई याद गर्यौ भने २१ जन्मसम्म कहिल्यै रोगी
बन्नेछैनौ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भनेम ग्यारेन्टी गर्छु, सम्मुख
बाबाले तिमीलाई भन्नुहुन्छ, तिमीले फेरि अरूलाई सुनाउँछौ। बाबा भन्नुहुन्छ– म
बाबालाई याद गर, धेरै प्यार गर। तिमीलाई पतितबाट पावन हुने कति सहज मार्ग बताउँछु।
कसैले भन्छन्– हामी त धेरै पाप आत्मा हौँ। अच्छा, फेरि यस्तो पाप नगर, मलाई याद
गरिराख्यौ भने जुन जन्मजन्मान्तरका पाप छन्, ती यस यादद्वारा भस्म हुँदै जानेछन्।
याद नै मुख्य कुरा हो। यसलाई सहज याद भनिन्छ, योग शब्द पनि निकालिदेऊ। संन्यासीहरूका
हठयोग त किसिम किसिमका छन्। अनेक प्रकारले सिकाउँछन्। यी बाबाले त धेरै गुरु बनाएका
छन् नि। अहिले बेहदका बाबा भन्नुहुन्छ– यी सबैलाई छोड। यी सबैको पनि मैले उद्धार
गर्नुछ। अरू कसैको तागत छैन जसले यसो भन्न सकोस्। बाबाले नै भन्नुभएको छ– मैले यी
साधुहरूको पनि उद्धार गर्छु। फेरि यिनीहरू गुरु कसरी बन्न सक्छन्। त्यसैले बाबाले
मूल एक कुरा सम्झाउनुहुन्छ– आफ्नो दिलसँग सोध, मैले कुनै पाप त गरिनँ। कसैलाई दुःख
त दिएको छैन? यसमा कुनै तकलिफ छैन। मनभित्र जाँच गर्नुपर्छ, सारा दिनमा कति पाप गरेँ?
कति याद गरेँ? यादद्वारा नै पाप भस्म हुन्छन्। कोसिस गर्नुपर्छ। यो धेरै मेहनतको
काम हो। ज्ञान दिनेवाला एउटै बाबा हुनुहुन्छ। बाबाले नै मुक्ति-जीवनमुक्तिको मार्ग
बताउनुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाले जुन अविनाशी ज्ञान रत्नको खजाना दिनुहुन्छ त्यसको कदर गर्नुछ। बेपर्वाह
बनेर पाप कर्म गर्नुछैन। भगवानले हामीलाई पढाउनुहुन्छ यसमा निश्चय छ भने अपार खुसीमा
रहनुछ।
२) ईश्वरको घरमा
कहिल्यै चोरी आदि गर्ने ख्याल नआओस्। यो बानी धेरै फोहोरी हो। भनिन्छ– कखका चोर सो
लखका चोर। आफ्नै मनलाई सोध्नु छ– म कति पुण्य आत्मा बनेको छु?
वरदान:–
निर्बल ,
निराश , असमर्थ आत्मालाई एक्स्ट्रा बल दिने रुहानी रहमदिल भव
जो रुहानी रहमदिल
बच्चाहरू छन्, उनीहरूले महादानी बनेर बिल्कुल होपलेस केसमा होप (आशा) पैदा
गरिदिन्छन्। निर्बललाई बलवान बनाइदिन्छन्। दान सदा गरिबलाई, बेसहारालाई दिइन्छ।
त्यसैले जो निर्बल, निराश, असमर्थ प्रजा क्वालिटीका आत्माहरू छन् तिनीहरूप्रति
रुहानी रहमदिल बनेर महादानी बन। आपसमा एक अर्काप्रति महादानी होइन। उनीहरू त सहयोगी
साथी हुन्, भाइ भाइ हौ, समान पुरुषार्थी हौ त्यसैले सहयोग देऊ, दान होइन।
स्लोगन:–
सदा एक बाबाको
श्रेष्ठ सङ्गमा रह्यौ भने अरू कसैको सङ्गको रङ्गले प्रभाव पार्न सक्दैन।