19.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सबै भन्दा मुख्य सेवा हो बाबाको यादमा रहनु र अरूलाई याद दिलाउनु। तिमीले कसैलाई पनि बाबाको परिचय दिएर उसको कल्याण गर्न सक्छौ।”

प्रश्न:–
कुनचाहिँ एउटा सानो आदतले पनि धेरै ठुलो अवज्ञा गराइदिन्छ? त्यसबाट बच्ने युक्ति के हो?

उत्तर:–
यदि कसैमा कुनै कुरा लुकाउने वा चोरी गर्ने आदत छ भने पनि धेरै ठुलो अवज्ञा हुन जान्छ। भनिन्छ– कख का चोर सो लख का चोर। लोभवश भोक लाग्यो भने लुकाएर नसोधी खानु, चोरी गर्नु यो धेरै खराब आदत हो। यस आदतबाट बच्नको लागि ब्रह्माबाबा समान ट्रस्टी बन। जति पनि यस्ता आदत छन्, बाबालाई सत्य सत्य सुनाऊ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ– हामी बेहदका बाबाको सामुन्ने बसेका छौं। हामी ईश्वरीय परिवारका हौँ। ईश्वर निराकार हुनुहुन्छ। यो पनि जान्नुहुन्छ, तिमी आत्म अभिमानी भएर बसेका छौ। अब यसमा कुनै साइन्स घमण्ड वा हठयोग आदि गर्नुपर्ने कुरा छैन। यो हो बुद्धिको काम। यस शरीरको केही पनि काम छैन। हठयोगमा शरीरको काम हुन्छ। यहाँ आफूलाई बच्चा सम्झेर बाबाको सामुन्ने बसेका छौ। जान्दछौ– बाबाले हामीलाई पढाइरहनु भएको छ। एक त भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने प्यारा बच्चाहरू तिम्रा सबै पाप काटिन्छन्। अनि चक्र घुमाऊ, अरूको सेवा गरेर आफू समान बनाऊ। बाबा बसेर एक एकलाई हेर्नुहुन्छ– यसले के सेवा गरिरहेको छ? स्थूल सेवा गर्छ, सूक्ष्म सेवा गर्छ वा मूल सेवा गर्छ? एक एकलाई बाबाले हेर्नुहुन्छ। यसले सबैलाई बाबाको परिचय दिन्छ? मूल कुरा हो यो। हरेक बच्चालाई बाबाको परिचय दिन्छ, अरूलाई सम्झाउँछ? बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रा जन्मजन्मान्तरका पाप मेटिन्छन्, कहाँसम्म यस सेवामा रहन्छ? आफूसँग तुलना गर्छन्– सबै भन्दा धेरै सेवा कसले गर्छ? किन मैले अरूले भन्दा धेरै सेवा नगरुँ? अरू भन्दा धेरै यादको यात्रामा दौड्न सक्छन् वा सक्दैनन्? हरेकलाई बाबाले देख्नुहुन्छ। बाबाले हरेकसँग समाचार सोध्नुहुन्छ– के के सेवा गर्छ? कसैलाई बाबाको परिचय दिएर उनको कल्याण गर्न सक्छ? समय व्यर्थ त गर्दैन? मूल कुरा नै यो हो, यस समयमा सबै अनाथ छन्। बेहदका बाबालाई कसैले पनी चिन्दैनन्। बाबाबाट वर्सा अवश्य मिल्छ। तिमी बच्चाहरूको बुद्धिमा मुक्ति जीवनमुक्तिधाम दुवै छ। हामीले अहिले पढिरहेका छौं, बच्चाहरूले यो बुझ्नुपर्छ। फेरि स्वर्गमा आएर जीवनमुक्तिको राज्य भाग्य लिनेछौं। बाँकी धेरै आत्माहरू जति पनि अरू धर्मका छन्, ती त कोही पनि रहँदैनन्। केवल हामी नै यस संसारमा रहन्छौं। बाबा बसेर बच्चाहरूलाई सिकाउनु हुन्छ– बुद्धिमा के के हुनुपर्छ! यहाँ तिमी सङ्गमयुगमा बसेका छौ त्यसैले खानपान पनि शुद्ध पवित्र अवश्य हुनुपर्छ। जान्दछौ हामी भविष्यमा सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी बन्छौं। यो महिमा शरीरधारी आत्माहरूको हो, केवल आत्माको महिमा त होइन। हरेक आत्माको पार्ट आ आफ्नो छ, जुन यहाँ आएर खेल्छौ। तिम्रो बुद्धिमा लक्ष्य उद्देश्य छ, हामी यिनी जस्तो बन्नुपर्छ। बाबाको आदेश छ– प्यारा बच्चाहरू! पवित्र बन। सोध्छन्– कसरी पवित्र रहने? किनकि मायाको तुफान धेरै आउँछन्। बुद्धि कहीँ न कहीँ जान्छ। त्यसलाई कसरी छोडौँ? बच्चाहरूको बुद्धि त चल्छ नि। अरू कसैको बुद्धि चल्दैन। बाबा, टिचर, गुरु पनि तिमीलाई मिल्नु भएको छ। यो पनि तिमीलाई थाहा छ– सबै भन्दा उच्च भगवान हुनुहुन्छ। उहाँ बाबा, टिचर, ज्ञानका सागर पनि हुनुहुन्छ। हामी आत्माहरूलाई साथ लिएर जानको लागि बाबा आउनु भएको छ। सत्ययुगमा धेरै कम देवी-देवता रहन्छन्। यी कुरा तिमी बाहेक अरू कसैको बुद्धिमा छैन। तिम्रो बुद्धिमा छ– विनाश पछि हामी थोरै मात्र रहनेछौं। अरू यति सबै धर्म, खण्ड आदि हुँदैनन्। हामी नै विश्वको मालिक हुनेछौं। हाम्रो नै एक राज्य हुन्छ। धेरै सुखको राज्य हुन्छ। बाँकी त्यसमा विभिन्न पदका हुन्छन्। मेरो के पद हुन्छ? मैले कति रुहानी सेवा गर्छु? बाबाले पनि सोध्नुहुन्छ। यस्तो होइन, बाबा अन्तर्यामी हुनुहुन्छ। बच्चाहरू हरेकले स्वयं बुझ्न सक्छन्– हामीले के गरिरहेका छौं? अवश्य सम्झिन्छन् पहिलो नम्बरमा सेवा त श्रीमतमा यी दादाले नै गरिरहेका छन् । घरी घरी बाबा सम्झाउनु हुन्छ– मीठा प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झ, देह अभिमान छोडेर आत्मा कति समय सम्झन्छौ? हामी आत्मा हौं, यो पक्का निश्चय गर्नु छ। बाबालाई याद गर्नु छ। यसबाट नै बेडा पार हुन्छ। याद गर्दा गर्दा पुरानो दुनियाँबाट नयाँ दुनियाँमा जानेछौं। अब बाँकी थोरै समय छ। फेरि हामी आफ्नो सुखधाममा जाने छौं। मुख्य रुहानी सेवा हो– सबैलाई बाबाको परिचय दिनु, यो हो सबै भन्दा सहज कुरा। स्थूल सेवा गर्न, भोजन बनाउन, भोजन खानमा पनि मेहनत लाग्छ। यसमा त मेहनतको कुनै कुरा छैन। केवल आफूलाई आत्मा सम्झिनु पर्छ। आत्मा अविनाशी, शरीर विनाशी छ। आत्माले नै सारा पार्ट खेल्छ। विनाशको समय भइसकेपछि यो शिक्षा बाबाले एकैपटक आएर दिनुहुन्छ। नयाँ दुनियाँ हो नै देवी-देवताहरूको। त्यसमा अवश्य जानु छ। बाँकी सारा दुनियाँ नै शान्तिधाममा जाने छ, यो पुरानो दुनियाँ रहँदैन, तिमी नयाँ दुनियाँमा भएको बेला पुरानो दुनियाँको याद हुन्छ होला र? केही पनि हुँदैन। तिमी स्वर्गमा नै हुन्छौ, राज्य गरिरहनेछौ। यो कुरा बुद्धिमा रहेमा खुसी हुन्छ। स्वर्गलाई अनेक नाम दिइन्छ। नर्कलाई पनि अनेक नाम दिएका छन्– पाप आत्माहरूको दुनियाँ, हेल, दु:खधाम। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बेहदका बाबा एउटै हुनुहुन्छ। हामी उहाँका अति प्यारा बच्चा हौं, त्यसैले यस्ता बाबासँग प्रेम पनि धेरै हुनुपर्छ। जसले धेरै सेवा गर्छन्, काँडालाई फूल बनाउँछन् ती बच्चाहरूमा बाबाको पनि धेरै प्यार छ। मनुष्यबाट देवता बन्नु छ नि। बाबा स्वयं बन्नुहुन्न, हामीलाई बनाउन आउनु भएको हो। त्यसैले भित्रैदेखि धेरै खुसी हुनुपर्छ। स्वर्गमा हामीले कुनचाहिँ पद पाउँछौं? हामीले के सेवा गर्छौं? घरमा नोकरचाकर छन् भने उनलाई परिचय दिनुपर्छ। जो स्वयं सम्बन्धमा आउँछन्, उनलाई पनि शिक्षा दिनुपर्छ। अबलाहरू, गरिबहरू, भीलहरू सबैको सेवा गर्नुपर्छ। गरिब त धेरै छन्, ती सुध्रिन्छन्, कुनै पाप आदि गर्नेछैनन्। नत्र पाप कर्म गरिरहन्छन्। देख्छौ कति झुटो, चोरी पनि छ। नोकरहरूले पनि चोरी गर्छन्। नत्र घरमा बच्चाहरू छन्, ताला किन लगाउने? तर आजकालका बच्चाहरू पनि चोर बन्छन्। केही न केही लुकाएर लिन्छन्। कसैलाई भोक लाग्यो भने लोभको कारण खान्छन्। लोभीले अवश्य केही चोरी गरेर खानेछ। यो त शिव बाबाको भण्डारा हो, यसमा त पाईको पनि चोरी गर्नु हुँदैन। ब्रह्मा त ट्रष्टी हुन्। बेहदका बाबा भगवान तिम्रो पासमा आउनु भएको छ। भगवानको घरमा कहिल्यै कसैले चोरी गर्छ होला? स्वप्नमा पनि गर्दैन। तिमीलाई थाहा छ– सर्वोच्च हुनुहुन्छ शिव भगवान। उहाँका हामी बच्चा हौं। त्यसैले हामीले दैवी कर्म गर्नुपर्छ। चोरी गर्नेहरूलाई तिमीले जेलमा गएर पनि ज्ञान दिन्छौ। यहाँ के चोरी गर्नेछौ? कहिले आँप लियो, कुनै चीज लिएर खायो– यो पनि चोरी हो नि। कुनै पनि चीज नसोधिकन लिनु हुँदैन। हात पनि लगाउनु हुँदैन। शिवबाबा हाम्रो बाबा हुनुहुन्छ, उहाँले सुन्नुहुन्छ, देख्नुहुन्छ। सोध्नुहुन्छ– बच्चाहरूमा कुनै अवगुण त छैन? यदि कुनै अवगुण छ भने सुनाइदेऊ। दानमा देऊ। दानमा दिएर फेरि कुनै अवज्ञा गर्यौ भने धेरै सजाय खानेछौ। चोरीको आदत धेरै नराम्रो हो। सम्झ, कसैले साइकल चोर्यो अनि समातियो, कोही पसलमा गयो, बिस्कुटको डब्बा लुकायो वा कुनै सानातिना चीज छिपायो। पसलवालाले धेरै सम्हाल गर्छन्। यो पनि धेरै ठुलो सरकार हो, पाण्डव सरकार, आफ्नो दैवी राज्य स्थापना गरिरहेको छ। बाबा भन्नुहुन्छ मैले त राज्य गर्दिन। तिमी पाण्डवहरूले नै राज्य गर्छौ। उनीहरूले फेरि पाण्डवपति कृष्णलाई भनेका छन्। पाण्डव पिता को हुनुहुन्छ? तिमीलाई थाहा छ– सामुन्ने बस्नु भएको छ। हरेकले मनले बुझ्न सक्छन्– हामीले बाबाको के सेवा गर्न सक्छौं। बाबा हामीलाई विश्वको बादसाशाही दिएर स्वयं वानप्रस्थमा जानुहुन्छ। कति निष्काम सेवा गर्नुहुन्छ। सबै सुखी र शान्त हुन्छन्। तिनीहरूले त केवल भन्छन् विश्वमा शान्ति होस्। शान्ति पुरस्कार दिइरहन्छन्। यहाँ तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई त धेरै ठुलो पुरस्कार मिल्छ। जसले राम्ररी सेवा गर्छन्, उनलाई ठुलो पुरस्कार मिल्छ। सर्वोच्च सेवा हो– बाबाको परिचय दिनु, यो त कसैले पनि गर्न सक्छ। बच्चाहरू यस्तो बन्नु छ भने सेवा पनि गर्नुपर्छ। यिनलाई हेर, यी पनि लौकिक परिवारवाला थिए नि। यिनीद्वारा बाबाले गराउनुभयो। यिनमा प्रवेश गरेर यिनलाई पनि भन्नुहुन्छ र तिमीलाई पनि भन्नुहुन्छ– यो गर। मलाई कसरी भन्नुहुन्छ? मेरो शरीरमा प्रवेश गरेर गराउनु हुन्छ। गर्नेगराउनेवाला हुनुहुन्छ। बस्दाबस्दै भन्नुभयो यसलाई छोड, यो त छि: छि: दुनियाँ हो, हिँड वैकुण्ठ। अब वैकुण्ठको मालिक बन्नु छ। त्यसपछि वैराग्य आयो। सबैले सम्झन्थे– यिनलाई के भएको छ। यति राम्रो बेजोडको फाइदावाला व्यापारी यो के गर्दैछन्! कहाँ थाहा थियो र यिनले गएर के गर्छन्। छोड्नु कुनै ठुलो कुरा कहाँ हो र! सबै कुरा त्यागे। अरू सबैलाई पनि त्याग गराए। छोरीलाई पनि त्याग गराए। अब यो रुहानी सेवा गर्नु छ, सबैलई पवित्र बनाउनु छ। सबैले भन्थे– हामी ज्ञान अमृत पिउन जान्छौं। नाम माताको लिन्थे। ओम् राधाको पास ज्ञान अमृत पिउन जान्छौं। कसले यो युक्ति रच्यो? शिवबाबाले यिनमा प्रवेश गरेर कति राम्रो युक्ति रच्नुभयो। जोसुकै पनि आउँछ, ज्ञान अमृत पिउँछ। यो पनि गायन छ अमृत छोडेर विष किन पिउने? विष छोडेर ज्ञान अमृत पिएर पावन देवता बन्नु छ। सुरुमा यो कुरा थियो। जोसुकै पनि आए भने उनलाई भन्थे पावन बन्नुहोस्। अमृत पिउनु छ भने विषलाई छोड्नु पर्छ। पावन वैकुण्ठको मालिक बन्नु छ भने एकलाई नै याद गर्नु पर्छ। त्यसैले अवश्य झगडा चल्छ नि। सुरुको खटपट अहिलेसम्म चल्दै आएको छ। अबलाहरूलाई कति अत्याचार हुन्छ। जति तिमी धेरै पक्का हुँदै जान्छौ फेरि सम्झन्छौ पवित्रता त राम्रो हो। उहाँको लागि पुकार्छन्– बाबा, आएर हामीलाई पावन बनाउनुहोस्। पहिला तिम्रो पनि चालचलन कस्तो थियो? अहिले के बनिरहेका छौ? पहिला त देवताहरूको अगाडि गएर भन्थ्यौ– हामी पापी हौं। अब यस्तो भन्दैनौ किनकि तिमीलाई थाहा छ– हामी अहिले यो बनिरहेका छौं।

बच्चाहरूले आफूसँग सोध्नु पर्छ– हामीले कहाँसम्म सेवा गर्छौं? जसरी भण्डारी छिन् (भोली दादी), तिम्रो लागि कति सेवा गर्छिन्। उनको कति पुण्य बन्छ! धेरैको सेवा गर्छिन्, त्यसैले उनलाई सबैको आशीर्वाद मिल्छ। धेरै महिमा लेख्छन्। भण्डारीको त कमाल छ, कतिको प्रबन्ध राख्छिन्। यो त भयो स्थूल सेवा। सूक्ष्म पनि गर्नु पर्छ। बच्चाहरूले भन्छन्– बाबा यी ५ भूत धेरै चतुर छन् जसले यादमा रहन दिँदैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! शिवबाबालाई याद गरेर भोजन बनाऊ। एक शिवबाबा बाहेक अरू कोही छँदैछैन। उहाँले नै सहायता गर्नुहुन्छ। गायन पनि छ– शरण पडी मैं तेरे...। सत्ययुगमा यस्तो कहाँ भनिन्छ र! अहिले तिमी शरणमा आएका छौ। कसैलाई भूत लाग्यो भने धेरै दु:ख दिन्छ। त्यो अशुद्ध आत्मा आउँछ। तिमीहरूलाई कति धेरै भूत लागेका छन्। काम, क्रोध, लोभ, मोह... यी भूतले तिमीलाई कति दु:ख दिन्छन्। त्यो अशुद्ध आत्माले त कसै कसैलाई मात्र हैरान पार्छ। तिमीलाई थाहा छ– यी ५ भूत त २५०० वर्षदेखि चल्दै आइरहेका छन्। तिमी कति हैरान भएका छौ। यी ५ भूतले कङ्गाल बनाइदिएको छ। देह अभिमानको भूत हो नम्बरवन। काम पनि ठुलो भूत हो। त्यसले तिमीलाई कति सताएको छ, यो पनि बाबाले बताउनु भएको छ। कल्प कल्प तिमीलाई यी भूत लाग्छन्। यथा राजा रानी तथा प्रजा, सबैलाई भूत लागेको छ। त्यसैले यसलाई भूतको दुनियाँ भनिन्छ। रावण राज्य अर्थात् आसुरी राज्य। सत्ययुग त्रेतामा भूत हुँदैनन्। एक भूतले पनि कति हैरान पार्छ। यसको बारेमा कसैलाई थाहा छैन। यो ५ विकाररूपी रावणको भूत हो, जसबाट बाबा आएर छुटाउनु हुन्छ। तिमीमा पनि कोही कोही समझदार छौ, जसको बुद्धिमा बस्छ। यस जन्ममा त यस्तो कुनै काम गर्नु हुँदैन। चोरी गर्यो, देह अभिमान आयो भने रिजल्ट के हुन्छ? पद भ्रष्ट हुन्छ। केही न केही लिन्छन्। भनिन्छ– कखका चोर सो लखका चोर। यज्ञमा त यस्तो काम कहिल्यै गर्नु हुँदैन। आदत पर्यो भने कहिल्यै छुट्दैन। कति मेहनत गर्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) स्थूल सेवाको साथसाथै सूक्ष्म र मुख्य सेवा पनि गर्नु छ। सबैलाई बाबाको परिचय दिनु, आत्माहरूको कल्याण गर्नु, यादको यात्रामा रहनु– यो हो सच्चा सेवा। यसै सेवामा व्यस्त रहनु छ, आफ्नो समय व्यर्थ गुमाउनु छैन।

२) समझदार बनेर ५ विकाररूपी भूतहरू माथि विजय प्राप्त गर्नु छ। चोरी वा झुटो बोल्ने आदत हटाउनु छ। दानमा दिएको चीज फिर्ता लिनु छैन।

वरदान:–
शरीरको व्याधिको चिन्तनबाट मुक्त , ज्ञान चिन्तन वा स्वचिन्तन गर्ने शुभचिन्तक भव

एउटा हुन्छ शरीरमा व्याधि आउनु, अर्को हुन्छ व्याधिमा हलचल हुनु। व्याधि आउनु यो त भावी हो तर श्रेष्ठ स्थितिमा हलचल हुनु, यो बन्धनयुक्तको निसानी हो। जो शरीरको व्याधिको चिन्तनबाट मुक्त रहेर स्वचिन्तन र ज्ञान चिन्तन गर्छन् उनीहरू नै शुभचिन्तक हुन्। प्रकृतिको चिन्तन धेरै गर्नाले चिन्ताको रूप हुन जान्छ। यस बन्धनबाट मुक्त हुनु, यसलाई नै कर्मातीत स्थिति भनिन्छ।

स्लोगन:–
स्नेहको शक्तिले समस्यारूपी पहाडलाई पानी जस्तो हल्का बनाइदिन्छ।