19.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अहिले
तिमी ईश्वरीय सन्तान बनेका छौ , तिमीमा कुनै आसुरी अव गुण हुनुहुँदैन , आफ्नो उन्नति
गर्नुछ , लापरबाही गर्नु हुँदैन। ”
प्रश्न:–
तिमी सङ्गमयुगी
ब्राह्मण बच्चाहरूलाई कुन निश्चय र नशा छ?
उत्तर:–
हामी
बच्चाहरूलाई निश्चय र नशा छ– अहिले हामी ईश्वरीय सम्प्रदायका हौँ। हामी स्वर्गवासी
विश्वका मालिक बनिरहेका छौँ। सङ्गममा हामी ट्रान्सफर भइरहेका छौँ। आसुरी सन्तानबाट
ईश्वरीय सन्तान बनेर २१ जन्मका लागि स्वर्गवासी बन्छौँ, योभन्दा ठुलो कुनै वस्तु वा
प्राप्ति हुँदैन।
ओम् शान्ति ।
बाबा बसेर
बच्चाहरूलाई सम्झाउनुहुन्छ, प्रायः मानिसहरूले शान्ति मन पराउँछन्। घरमा यदि
बच्चाहरूको किचकिच छ भने अशान्ति हुन्छ। अशान्तिले दुःख महसुस हुन्छ। शान्तिले सुख
महसुस हुन्छ। यहाँ तिमी बच्चाहरू बसेका छौ, तिमीलाई सच्चा शान्ति छ। तिमीलाई भनिएको
छ– बाबालाई याद गर। आफूलाई आत्मा सम्झ। आत्मामा जुन आधाकल्पदेखिको अशान्ति छ, त्यो
समाप्त हुनेछ शान्तिका सागर बाबालाई याद गर्नाले। तिमीलाई शान्तिको वर्सा मिलिरहेको
छ। यो पनि तिमीलाई थाहा छ– शान्तिको दुनियाँ र अशान्तिको दुनियाँ बिल्कुल अलग छ।
आसुरी दुनियाँ, ईश्वरीय दुनियाँ, सत्ययुग, कलियुग केलाई भनिन्छ, यो कुनै पनि मनुष्य
मात्रले जान्दैनन्। तिमीले भन्छौ– हामीले पनि जान्दैनथ्यौँ। हुन त जतिसुकै पोजिसन (पद)
वाला थियौँ। पैसावालालाई पोजिसनवाला भनिन्छ। गरिब र धनवानले त बुझ्न सक्छन् नि।
त्यसैगरी तिमीले पनि बुझ्न सक्छौ– अवश्य ईश्वरीय सन्तान र आसुरी सन्तान हुन्छन्।
अहिले तिमी प्यारा बच्चाहरूले बुझेका छौ– हामी ईश्वरीय सन्तान हौँ। यो पक्का निश्चय
छ नि। तिमी ब्राह्मणहरूले बुझेका छौ– हामी ईश्वरीय सम्प्रदाय स्वर्गवासी विश्वका
मालिक बनिरहेका छौँ। हरदम त्यो खुसी रहनुपर्छ। धेरै कम छन् जसले यथार्थ रीतिले
बुझ्छन्। सत्ययुगमा ईश्वरीय सम्प्रदाय हुन्छन्। कलियुगमा आसुरी सम्प्रदाय छन्।
पुरुषोत्तम सङ्गमयुगमा आसुरी सम्प्रदाय परिवर्तन हुन्छ। अहिले हामी शिवबाबाका
सन्तान बनेका छौँ। बीचमा बिर्सेका थियौँ। अहिले फेरि यस समयमा जानेका छौँ– हामी
शिवबाबाका सन्तान हौँ। त्यहाँ सत्ययुगमा कसैले आफूलाई ईश्वरीय सन्तान कहलाउँदैन।
त्यहाँ दैवी सन्तान हुन्छन्। यसभन्दा पहिला हामी आसुरी सन्तान थियौँ। अहिले ईश्वरीय
सन्तान बनेका छौँ। हामी ब्राह्मण बी.के. हौँ। रचना एउटै बाबाको हो। तिमीहरू सबै
भाइ-बहिनी हौ र ईश्वरीय सन्तान हौ। तिमीलाई थाहा छ– बाबाबाट हामीलाई राज्य मिलिरहेको
छ। भविष्यमा गएर हामीले दैवी स्वराज्य पाउनेछौँ, सुखी हुनेछौँ। अवश्य सत्ययुग सुखको
धाम हो, कलियुग दुःखधाम हो। यो केवल तिमी सङ्गमयुगी ब्राह्मणले जान्दछौ। आत्मा नै
ईश्वरीय सन्तान हो। यो पनि थाहा छ– बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ। उहाँ रचयिता
हुनुहुन्छ नि। नर्कको क्रियेटर (रचयिता) त हुनुहुन्न। त्यहाँ उहाँलाई कसले याद
गर्लान् र! तिमी मीठा-प्यारा बच्चाहरूलाई थाहा छ– बाबाले स्वर्गको स्थापना
गरिरहनुभएको छ। उहाँ हाम्रो धेरै मीठो बाबा हुनुहुन्छ। हामीलाई २१ जन्मका लागि
स्वर्गवासी बनाउनुहुन्छ, योभन्दा ठुलो कुनै वस्तु वा प्राप्ति हुँदैन। यो कुरा
बुझ्नुपर्छ। हामी ईश्वरीय सन्तान हौँ, त्यसैले हामीमा कुनै आसुरी अवगुण हुनुहुँदैन।
आफ्नो उन्नति गर्नुछ। समय थोरै बाँकी छ, यसमा लापरवाही गर्नुहुँदैन। यो कुरा नबिर्स।
हेर त जसका हामी सन्तान हौँ उहाँ बाबा सम्मुख बस्नुभएको छ। हामीले ईश्वर बाबासँग
पढिरहेका छौँ दैवी सन्तान बन्नका लागि, त्यसैले कति खुसी हुनुपर्छ। बाबा केवल
भन्नुहुन्छ– मलाई याद गर जसले गर्दा विकर्म विनाश हुन्छन्। बाबा आउनुभएको नै सबैलाई
लैजानका लागि हो। जति जति याद गर्छौ त्यति विकर्म विनाश हुन्छन्। जसरी अज्ञानमा
कन्याको मगनी भइसकेपछि याद बिल्कुल मनमा छापिन्छ। त्यस्तै बच्चा जन्मियो, त्यो याद
पनि छापिन्छ। यो याद त स्वर्गमा पनि छापिन्छ, नर्कमा पनि छापिन्छ। बच्चाले भन्छ–
यिनी मेरो पिता हुन्, तर यहाँ त बेहदका बाबा हुनुहुन्छ। जसबाट स्वर्गको वर्सा मिल्छ,
उहाँको याद छापिनुपर्छ। बाबाबाट हामीले भविष्य २१ जन्मको फेरि वर्सा लिइरहेका छौँ।
बुद्धिमा वर्सा नै याद हुन्छ।
यो पनि थाहा छ– मर्नु
त सबैलाई छ। एक जना पनि रहने छैन, जो जतिसुकै डियरेस्टभन्दा डियरेस्ट छन्, ती सबै
जानेछन्। यो केवल तिमी ब्राह्मणले मात्र जान्दछौ– यो पुरानो दुनियाँ अब गइ नै हाल्छ।
त्यसैले जानुभन्दा पहिला पूरा पुरुषार्थ गर्नुछ। ईश्वरीय सन्तान हौँ भने अथाह खुसी
हुनुपर्छ। बाबा भनिरहनुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो जीवन हीरासमान बनाऊ। त्यो हो
डीटी वर्ल्ड (देवताहरूको दुनियाँ), यो हो डेभिल वर्ल्ड (आसुरी दुनियाँ)। सत्ययुगमा
कति अथाह सुख हुन्छ। त्यो बाबाले नै दिनुहुन्छ। यहाँ तिमी बाबाको पासमा आएका छौ। यहाँ
बसिरहने त होइनौ। यस्तो त होइन सबै एकै ठाउँमा रहनेछौ किनकि बेहद बच्चाहरू हौ। यहाँ
तिमी धेरै उमङ्गले आउँछौ। हामी जान्छौँ बेहदका बाबाको पासमा। हामी ईश्वरीय सन्तान
हौँ। गड फादरका बच्चा हौँ, त्यसैले हामी किन स्वर्गमा जानुहुँदैन ! गड फादरले त
स्वर्ग रच्नुहुन्छ नि। अब तिम्रो बुद्धिमा सारा विश्वको हिस्ट्री-जोग्राफी (इतिहास-भूगोल)
छ। थाहा छ– हेभिनली गड फादरले हामीलाई स्वर्गको लायक बनाइरहनुभएको छ। कल्प कल्प
बनाउनुहुन्छ। एक जना पनि मानिस छैन जसलाई यो थाहा छ– हामी कलाकार हौँ। गड फादरका
बच्चा भएर फेरि हामी दुःखी किन छौँ! आपसमा किन लड्छौँ! हामी आत्माहरू सबै ब्रदरहरू
(भाइ भाइ) हौँ नि। ब्रदरहरू आपसमा कसरी लडिरहन्छन्। लडेर खतम हुनेछन्। यहाँ हामीले
बाबाबाट वर्सा लिइरहेका छौँ। ब्रदरहरू आपसमा कहिल्यै नुनपानी हुनुहुँदैन। यहाँ त
बाबासँग पनि असन्तुष्ट हुन्छन्। राम्रा राम्रा बच्चाहरू पनि नुनपानी हुन्छन्। माया
कति जबरजस्त छ। जो राम्रा राम्रा बच्चाहरू छन्, उनीहरू त बाबालाई याद आउँछन्। बाबाको
बच्चाहरूप्रति कति लभ (स्नेह) छ। बाबाका लागि त बच्चाहरू बाहेक अरू कोही छैन जसलाई
याद गर्नुहुन्छ। तिम्रा लागि त धेरै छन्। तिम्रो बुद्धि यताउता जान्छ। कामकाज आदिमा
पनि बुद्धि जान्छ। मेरा लागि त कुनै कामधन्दा आदि पनि छैन। तिमी अनेक बच्चाहरूका
अनेक कामधन्दा छन्। मेरो त एउटै कामधन्दा छ। म आएको नै बच्चाहरूलाई स्वर्गको वारिस
बनाउन हुँ। बेहदका बाबाको प्रोपर्टी (सम्पत्ति) केवल तिमी बच्चाहरू हौ। गड फादर
हुनुहुन्छ नि। सबै आत्माहरू उहाँका प्रोपर्टी हुन्। मायाले फोहोरी बनाइदिएको छ। अब
बाबाले गुल गुल (पवित्र फुल) बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरा त तिमी नै हौ।
तिमीमाथि मेरो मोह पनि छ। चिठी लेखेनौ भने न्यास्रो लाग्छ। राम्रा राम्रा बच्चाहरूको
चिठी आउँदैन। राम्रा राम्रा बच्चाहरूलाई एकदम मायाले खतम गरिदिन्छ। अवश्य देह
अभिमान छ। बाबा भनिरहनुहुन्छ– आफ्नो कुशल मंगलको समाचार लेख। बाबा बच्चाहरूसँग
सोध्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीलाई मायाले हैरान त पार्दैन? बहादुर बनेर
मायामाथि विजय प्राप्त गरिरहेका छौ नि! तिमी युद्धको मैदानमा छौ नि। कर्मेन्द्रियहरू
यसरी वशमा गर्नुपर्छ जसबाट केही पनि चञ्चलता नरहोस्। सत्ययुगमा सबै कर्मेन्द्रियहरू
वशमा हुन्छन्। कर्मेन्द्रियहरूको कुनै चञ्चलता हुँदैन। न मुखको, न हातको, न कानको.....
कुनै पनि चञ्चलताको कुरा हुँदैन। त्यहाँ कुनै पनि गन्दा चिज हुँदैन। यहाँ योगबलले
कर्मेन्द्रियहरूमाथि विजय पाउँछौ। बाबा भन्नुहुन्छ– कुनै पनि गन्दा कुरा नगर।
कर्मेन्द्रियहरूलाई वशमा पार्नुछ। राम्रोसँग पुरुषार्थ गर्नुछ। समय धेरै कम छ। गायन
पनि छ– धेरै गयो थोरै रह्यो। अझ थोरै रहँदै जान्छ छ। नयाँ घर बनिरहेको छ भने
बुद्धिमा हुन्छ नि– बाँकी थोरै समय छ। अब यो तयार हुनेछ, बाँकी यो थोरै काम छ। त्यो
हो हदको कुरा, यो हो बेहदको कुरा। यो पनि बच्चाहरूलाई सम्झाइएको छ– उनीहरूको साइन्स
(विज्ञान) बल हो, तिम्रो साइलेन्स (मौन) बल हो। हो उनीहरूको पनि बुद्धिबल र तिम्रो
पनि बुद्धिबल। साइन्सका कति इन्भेन्सन (आविष्कार) गरिरहन्छन्। अहिले त यस्ता बम
बनाइरहन्छन्, भन्छन्– यहीँ बसेर छोड्यौँ भने सारा सहर खतम हुनेछ। फेरि यी सेनाहरू,
एरोप्लेन (हवाईजहाज) आदि पनि काममा आउने छैनन्। त्यो हो साइन्स बुद्धि। तिम्रो हो
साइलेन्स बुद्धि। उनीहरू विनाशका लागि निमित्त बनेका छन्। तिमी अविनाशी पद पाउनका
लागि निमित्त बनेका छौ। यो बुझ्ने पनि बुद्धि चाहिन्छ नि।
तिमी बच्चाहरूले
बुझ्न सक्छौ– बाबाले कति सहज मार्ग बताउनुहुन्छ। हुन त जतिसुकै अहिल्या, कुब्जा
होऊन्, केवल दुई शब्द बाबा र वर्सायाद गर्नुछ। फेरि जसले जति याद गर्छ। अरूको सङ्ग
तोडेर एक बाबालाई याद गर्नुछ। बाबा भन्नुहुन्छ– म जब आफ्नो घर परमधाममा थिएँ,
भक्तिमार्गमा तिमीले पुकार्थ्यौ– बाबा हजुर आउनुभयो भने हामीले सबैथोक कुर्बान
गर्नेछौँ। यी भए करनीघोरजस्तै, करनीघोरलाई पुरानो सामान दिइन्छ। तिमीले बाबालाई के
दिन्छौ र? यिनलाई (ब्रह्मालाई) त दिँदैनौ नि। यिनले पनि सबै कुरा दिइसके। यिनले यहाँ
बसेर महल कहाँ बनाउँछन् र! यो सबै कुरा शिवबाबाका लागि हो। उहाँको डाइरेक्सनले
गरिरहेका छन्। उहाँ करनकरावनहार हुनुहुन्छ, डाइरेक्सन दिइरहनुहुन्छ। बच्चाहरूले
भन्छन्– बाबा हजुर हाम्रा लागि एउटै हुनुहुन्छ। हजुरका लागि त धेरै बच्चाहरू छन्।
बाबा फेरि भन्नुहुन्छ– मेरा लागि केवल तिमी बच्चाहरू हौ। तिम्रा लागि त धेरै छन्।
कति देहका सम्बन्धीहरूको याद हुन्छ। मीठा-प्यारा बच्चाहरूलाई बाबा भन्नुहुन्छ– जति
हुन सक्छ बाबालाई याद गर, अरू सबैलाई बिर्सिँदै जाऊ। स्वर्गको राज्यको मखन तिमीलाई
मिल्छ। अलिकति विचार त गर, यो खेलको रचना कस्तो छ! तिमीले केवल बाबालाई याद गर्छौ र
स्वदर्शन चक्रधारी बनेर चक्रवर्ती राजा बन्छौ। अहिले तिमी बच्चाहरू यथार्थमा अनुभवी
छौ। मानिसहरूले त सम्झन्छन्– भक्ति परम्परादेखि चल्दै आएको हो। विकार पनि
परम्परादेखि चल्दै आएका हुन्। यी लक्ष्मी-नारायण, राधा-कृष्णका पनि त बच्चा थिए नि।
बच्चा किन थिएनन् र, तर उनीहरूलाई सम्पूर्ण निर्विकारी भनिन्छ। यहाँ सम्पूर्ण विकारी
छन्। एकअर्कालाई गाली गरिरहन्छन्। अब तिमी बच्चाहरूलाई बाबा श्री श्रीको श्रीमत
मिल्छ। उहाँले तिमीलाई श्रेष्ठ बनाउनुहुन्छ। यदि बाबाको आज्ञा मान्दैनौ भने फेरि कहाँ
बन्छौ र! अब मान वा नमान। सपुत बच्चाले त तुरुन्तै मान्नेछन्। पूरा मद्दत दिएनन् भने
आफूलाई घाटा पार्छन्। बाबा भन्नुहुन्छ– म कल्प कल्प आउँछु। कति पुरुषार्थ गराउँछु।
कति खुसीमा ल्याउँछु। बाबाबाट पूरा वर्सा लिनमा नै मायाले लापरवाही गराउँछ। तर तिमी
त्यो फन्दामा फस्नुछैन। मायासँग नै लडाइँ हुन्छ। धेरै ठुला ठुला तुफान आउनेछन्।
त्यसमा पनि वारिसहरूमाथि मायाले धेरै आक्रमण गर्नेछ। रुस्तम (पहलमान्) सँग रुस्तम
भएर लड्नेछ। जस्तै वैद्यले औषधि दिँदा बिमारी सबै बाहिर निस्किन्छ। यहाँ पनि मेरा
बनेपछि फेरि सबैको याद आउन थाल्नेछ। तुफान आउनेछन्, यसमा लाइन क्लियर चाहिन्छ। हामी
पहिला पवित्र थियौँ फेरि आधाकल्प अपवित्र बन्यौँ। अब फेरि फर्केर जानुछ। बाबा
भन्नुहुन्छ– मलाई याद गर, यस योग अग्निले तिम्रा विकर्म विनाश हुन्छन्। जति याद
गर्छौ त्यति उच्च पद पाउँछौ। याद गर्दै गर्दै तिमी घर जानेछौ, यसमा बिल्कुल
अन्तर्मुखता चाहिन्छ। नलेज पनि आत्मामा धारण हुन्छ नि। आत्माले नै पढ्छ। आत्माको
ज्ञान पनि परमात्मा बाबाले नै आएर दिनुहुन्छ। यति ठुलो ज्ञान तिमीले लिन्छौ विश्वको
मालिक बन्नका लागि। मलाई तिमीले भन्छौ नि– पतित-पावन, ज्ञानको सागर, शान्तिको सागर।
जो मसँग छ त्यो सबै तिमीलाई दिन्छु। बाँकी केवल दिव्य दृष्टिको चाबी दिन्नँ। त्यसको
सट्टा फेरि तिमीलाई विश्वको मालिक बनाउँछु। साक्षात्कारमा केही छैन। मुख्य हो पढाइ।
पढाइबाट तिमीलाई २१ जन्मको सुख मिल्छ। मीराको तुलनामा तिमीले आफ्नो सुखको तुलना गर।
उनी त कलियुगमा थिइन्, साक्षात्कार गरिन् फेरि के भयो र! भक्तिको माला नै अलग छ।
ज्ञानमार्गको माला अलग छ। रावणको राज्य अलग, तिम्रो राज्य अलग। त्यसलाई दिन, यसलाई
रात भनिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यादको बलले आफ्ना कर्मेन्द्रियहरू यसरी वशमा पार्नुछ, जसले गर्दा कुनै पनि
चञ्चलता नरहोस्। समय धेरै कम छ, त्यसैले राम्रोसँग पुरुषार्थ गरेर मायाजित बन्नुछ।
२) बाबाले जुन ज्ञान
दिनुहुन्छ, त्यसलाई अन्तर्मुखी बनेर धारण गर्नुछ। कहिल्यै पनि आपसमा रिसाउनुछैन।
बाबालाई आफ्नो कुशलताको समाचार अवश्य दिनुछ।
वरदान:–
कल्याणकारी
वृत्तिद्वारा सेवा गर्ने सर्व आत्माहरूको आशीर्वादको अधिकारी भव
कल्याणकारी
वृत्तिद्वारा सेवा गर्नु– यही सर्व आत्माहरूको आशीर्वाद प्राप्त गर्ने साधन हो।
लक्ष्य नै हामी विश्व कल्याणकारी हौँ भन्ने हुन्छ भने अकल्याणको कर्तव्य हुन सक्दैन।
जस्तो कार्य हुन्छ त्यस्तै आफ्नो धारणा हुन्छ, यदि कार्य याद रह्यो भने सदैव रहमदिल,
सदैव महादानी हुनेछौ। हरेक कदममा कल्याणकारी वृत्तिले चल्नेछौ, मैपन आउनेछैन,
निमित्तपन याद रहनेछ। यस्ता सेवाधारीलाई सेवाको सट्टा सर्व आत्माहरूको आशीर्वादको
अधिकार प्राप्त हुन्छ।
स्लोगन:–
साधनहरूको
आकर्षणले साधनालाई खण्डित गरिदिन्छ।