19.08.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीले अहिले रुहानी कारोबार गर्नु छ , आफूलाई रुह सम्झेर हरेक कर्म गर ेमा आत्मा निर्विकारी बन्दै जान्छ।”

प्रश्न:–
स्वर्गको वर्सा लिने र स्वर्गमा उच्च पद पाउने आधार के हो?

उत्तर:–
ब्रह्माकुमार-कुमारी बन्यौ भने स्वर्गको वर्सा मिल्नेछ। तर उच्च पदको आधार हो पढाइ। बाबाको बनेर राम्रोसँग पढाइ पढिरह्यौ, पूरा पवित्र बन्यौ भने राजकीय पद मिल्छ। कसैले पूरा पढेनौ, कर्मबन्धन बाँकी छ, पूरा पवित्र बनेनौ र शरीर छुट्यो भने प्रजामा पनि साधारण पद पाउनेछौ।

ओम् शान्ति ।
तिमी रुहानी बच्चाहरूलाई रुहानी बाबाले सम्झाइरहनुभएको छ। यहाँ रुहानी कारोबार हुन्छ। बाँकी सारा दुनियाँमा जिस्मानी कारोबार हुन्छ। वास्तवमा कारोबार चल्छ रुह, आत्माहरूको। आत्मा नै यस शरीरद्वारा पढ्छ, हिँड्छ, विकर्म गर्छ, त्यसैले पतित आत्मा, पाप आत्मा भनिन्छ। आत्माले नै सबै कुरा गर्छ। यस समयामा सबै मानिस देह अभिमानी छन्, म आत्मा हुँ भन्ने सम्झनुको सट्टा, सम्झन्छन् म फलानो हुँ। यो व्यापार गर्छु। यी फलाना कामी, क्रोधी हुन्। शरीरको नै नाम लिन्छन्। यसलाई भनिन्छ देह अभिमानी दुनियाँ, गिर्तीकलाको दुनियाँ। सत्ययुगमा यस्तो हुँदैन। त्यहाँ आत्माहरू देहीअभिमानी हुन्छन्। तिमीलाई देहीअभिमानी बनाइन्छ। आफूलाई आत्मा निश्चय गर। म आत्माले यो शरीररूपी चोला धारण गरेर पार्ट खेल्छु। ती नाटकका पात्रहरूले पनि भिन्न भिन्न लुगा फेरेर पार्ट खेल्छन्। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू पहिला शान्तिधाममा थियौ। तिम्रो घर हो शान्तिधाम। जसरी त्यो हदको नाटक हुन्छ, यो फेरि हो बेहदको नाटक। सबै आत्माहरू परमधामबाट आएर, शरीर धारण गरेर पार्ट खेल्छन्। आत्माहरूको वास्तविक घर हो परमधाम। ती नाटकका पात्रहरूको घर त यहाँ नै हुन्छ। केवल पोसाक (ड्रेस) फेरेर आएर पार्ट खेल्छन्। त्यसैले बाबा बसेर सम्झाउनुहुन्छ, तिमीहरू आत्मा हौ। बाबाले त बच्चा बच्चा नै भन्नुहुन्छ। संन्यासीले बच्चा बच्चा भन्दैनन्। बाबा भन्नुहुन्छ– म पतितपावन तिमी सबै आत्माहरूको पिता हुँ, जसलाई तिमीले गड फादर (परमपिता परमात्मा) भन्छौ। गड फादर त निराकार हुनुहुन्छ। ब्रह्मा, विष्णु, शङ्करलाई पनि गड फादर भनिँदैन। उनीहरूमा पनि आत्मा छ तर उनीहरूलाई भन्छन् ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः... देवताहरूले के गर्छन्? यो अरू कुरा कसैलाई थाहा छैन। बाबाले नै आएर सम्झाउनुहुन्छ– तिमीले कसरी ड्रामा प्लान अनुसार पार्ट खेल्छौ। दुनियाँ एउटै हो। यस्तो होइन कुनै तल पाताल वा माथि दुनियाँ छ। दुनियाँ एउटै हो, जसको चक्र घुमिरहन्छ। मानिसहरूले त भनिदिन्छन्, चन्द्रमामा घडेरी (प्लट) लिन्छौँ। बाबा सम्झाउनुहुन्छ, तिमी बच्चाहरू कति टाट पल्टिएका (इन्सोल्भेन्ट) छौ। यहाँका मानिसहरूलाई नै भनिन्छ, तिमी कति धनवान्, समझदार थियौ। यी लक्ष्मीनारायणको सारा विश्वमा राज्य थियो, जसलाई कसैले लुट्न नसक्दैन्। त्यहाँ कुनै विभाजन (पार्टिसन) आदि हुँदैन। यहाँ त कति विभाजन छ। टुक्रा टुक्रामा आपसमा लडिरहन्छन्। तिमी सारा विश्वका मालिक थियौ। सारा आकाश, पृथ्वी, समुद्र सबै तिम्रो थियो, तिमी त्यसका मालिक थियौ। अब त टुक्रा टुक्रा भएका छन्। यो कसैलाई थाहा छैन, भारतवर्ष नै विश्वको मालिक थियो।

बाबा सम्झाउनुहुन्छ, आत्मालाई जुन पार्ट मिलेको छ त्यो कहिल्यै खिइँदैन। चलि नै रहन्छ। अहिले तिमी फेरि मनुष्यबाट देवता बनिरहेका छौ। फेरि ८४ जन्म लिनेछौ। तिम्रो पार्ट चलि नै रहन्छ, कहिल्यै बन्द हुँदैन। कसैले मोक्ष आदि पाउँदैनन्। जति अनेक गुरु, अनेक शास्त्र, त्यति अनेक मतहरू हुन्छन्। मानिसहरूमा कति अशान्ति छ। जहाँसुकै गए पनि भन्छन्, मनलाई शान्ति कसरी मिल्छ। यो देह अभिमानमा आएर भन्छन्। बाबा सम्झाउनुहुन्छ, मन र बुद्धि– यी हुन् आत्माका अङ्गहरू (अर्गन्स)। बाँकी यी सबै शरीरका इन्द्रियहरू हुन्। आत्माले भन्छ, मेरो मनलाई शान्ति कसरी मिल्छ। वास्तवमा यो भन्नु गलत हो। तिमी आत्मा हौ, तिम्रो स्वधर्म नै शान्ति हो। तिमीले यसो भन, म आत्मालाई शान्ति कसरी मिल्छ। यसमा कर्म त गर्नु नै छ। यी कुराहरू बाबा नै बसेर सम्झाउनुहुन्छ। दुनियाँमा यो ज्ञान कसैसँग छैन। त्यो हो भक्तिमार्ग। उनीहरूलाई ज्ञानको विषयमा थाहा छैन। ज्ञान त एक बाबाले नै दिनुहुन्छ। बाबा स्वयम् भन्नुहुन्छ, म कल्प कल्प, कल्पको सङ्गमयुगमा आउँछु। कलियुगको अन्त्यमा सबै पतित छन्। यो हो रावण राज्य। रावणलाई जलाउँछन् पनि यहाँका मानिसहरूले नै। बाबा पतितपावनको जन्म पनि यहीँ हुन्छ। त्यसैले रावणको जन्म पनि यहीँ हुन्छ। रावणले सबैलाई पतित बनाउँछ, त्यसैले त्यसलाई जलाउँछन्। यी कुराहरू कसैको बुद्धिमा छैनन्। भारतवर्षमा श्रीकृष्ण जयन्ती मनाउँछन्। श्रीकृष्णको लीला, भजन आदि गर्छन्। अब बाबा भन्नुहुन्छ– वास्तवमा श्रीकृष्ण लीला केही हुँदैहुँदैन। श्रीकृष्णले के गरे! भन्छन्, कंसपुरीमा जन्म लिए। अब कंस त असुरलाई भनिन्छ। सत्ययुगमा डेभिल कहाँबाट आए। तिमीलाई थाहा छ, श्रीकृष्णको आत्मा जो सत्ययुगमा थियो, त्यसले आफ्नो ८४ जन्म भोगेर यतिबेला पतितबाट पावन बनिरहेको छ। आफ्नो पद फेरि लिइरहेको छ। त्यसैगरी तिमी पनि कृष्णपुरीमा रहन्थ्यौ। ८४ जन्म लिएर अब फेरि आफ्नो पद लिइरहेका छौ। जयन्ती मनाउनु छ वास्तवमा शिवबाबाको। जुन शिवबाबाले सबैलाई नर्क (हेल) बाट स्वर्ग (हेभिन) मा लैजानुहुन्छ, उहाँको कुनै लीला छैन। भन्छन्, हे पतितपावन बाबा आउनुहोस्, आएर हामीलाई नर्कबाट स्वर्गमा लैजानुहोस्! हजुर हाम्रो पिता हुनुहुन्छ भने हामी पनि स्वर्गमा हुनुपर्छ, हामी विषयी दुनियाँमा किन छौँ? त्यसैले बोलाउँछन्, हे गड फादर हामीलाई यस दुःखको दुनियाँबाट मुक्त (लिबरेट) गर्नुहोस्! यो पनि ड्रामामा पहिल्यै निश्चित छ। बाबा भन्नुहुन्छ, यस ड्रामालाई कसैले जान्दैनन्। शास्त्रहरूमा ड्रामाको अवधि लामो लेखिदिएका छन्। नयाँ दुनियाँ पुरानो बन्नु नै छ। सतो, रजो, तमोमा आउनु नै छ। यो हो बेहदको कुरा। अहिले तिमीहरू फेरि विश्वको मालिक बनिरहेका छौ। तिमीहरू जो नयाँ दुनियाँमा थियौ, तिमीहरूले नै ८४ जन्मको पार्ट खेल्नेछौ। अहिले तिमी पवित्र बन्छौ, बाँकी सबै मानिस पतित छन्, त्यसैले त पावनको अगाडि गएर नमन गर्छन्। पावनले पावनलाई किन नमन गर्छन्। संन्यासी पावन छन्, त्यसैले त पतित मानिस उनीहरूको अगाडि गएर शिर झुकाउँछन्। कन्या पवित्र हुन्छन्, त्यसैले सबैले उनको अगाडि शिर झुकाउँछन्। त्यही कन्याले विवाह गरेर घर (पराइघर) गएपछि उसैले अरूलाई ढोग्नुपर्छ। अहिले बेहदको पिता आउनुभएको छ सबैलाई पावन बनाउन। उनीहरू सबै छन् कलियुगमा। तिमी छौ अहिले सङ्गममा। अब तिमी पतित दुनियाँमा जानु छैन। यो हो नै कल्याणकारी युग। बाबा आएर सबैको कल्याण गर्नुहुन्छ। तिमीले अहिले श्रीकृष्ण जयन्ती मनाउँछौ, नत्र मानिसहरूले सम्झनेछन् यिनीहरू त नास्तिक हुन्। नास्तिक वास्तवमा उनीहरूलाई भनिन्छ जसले आफ्नो पितालाई र रचनाको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। यस समयमा सबै टुहुरा बनेका छन्। घर घरमा झगडा छ, एकअर्कालाई मार्नमा बेर लगाउँदैनन्, त्यसैले यसलाई पितालाई नचिन्ने नास्तिकहरूको दुनियाँ भनिन्छ। तिमीहरूले हौ पितालाई चिन्दछौ। अहिले तिमीले बुझेका छौ, हामी पत्थरबुद्धि थियौँ, बाबाले हामीलाई पारसबुद्धि बनाइरहनुभएको छ र यसमा कुनै दुःख (तकलिफ) को कुरा छैन। बाबा केवल भन्नुहुन्छ, एक घण्टा पढ। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। शरीरलाई याद गर्छौ भने लौकिक सम्बन्धहरूको याद आउनेछ। देहीअभिमानी रह्यौ भने म बाबाको याद हुनेछ। यो त हो नै विकारी दुनियाँ। यहाँ मानिसहरू विषय सागरमा गोता खाइरहन्छन्। विष्णुलाई क्षीरसागरमा देखाउँछन्। भन्छन्, त्यहाँ घिउका नदीहरू बग्छन्। यहाँ त मट्टितेल पनि मिल्दैन। फरक छ नि! त्यसैले तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। बाबा नै खिवैया (दु:खबाट पार लगाउने) हुनुहुन्छ नि! गाउँछन् पनि, मेरो नैया पार लगाउनुहोस्! यी सबै नैयाहरू हुन्, खिवैया एक बाबा नै हुनुहुन्छ। तिमीले यो शरीर यहाँ नै छोडिदिनेछौ। बाँकी आत्माहरूलाई पार लैजानुहुनेछ शान्तिधाम! त्यहाँबाट फेरि पठाइदिनुहुनेछ सुखधाम। परमपिता परमात्मालाई नै खिवैया भनिन्छ। बाबाको नै अनेक प्रकारले महिमा गाउँछन्। अहिले तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। श्री श्री शिवबाबा आउनुभएको छ श्रेष्ठ बनाउन। स्वयम् भगवान भन्नुहुन्छ, यो भ्रष्टाचारी दुनियाँ हो। अहिले तिमी परमपिता परमात्माको श्रीमतमा चलेर श्रेष्ठाचारी बन्छौ। यी गुप्त कुराहरू कति रमणीक छन्, जुन तिमी बच्चाहरूको बुद्धिमा नै आउँछ। अरूको बुद्धिमा आउँदैआउँदैन। तिमीलाई थाहा छ, अहिले देवीदेवता धर्मको कलमी (स्यापलिङ) लागिरहेको छ। जति पनि देवीदेवता धर्मका आत्माहरू अरू धर्ममा परिवर्तन भएर गएका छन्, तिनहरू नै आएर फेरि ब्राह्मण बन्नेछन्। ब्रह्माकुमार-कुमारी नबनी बाबाबाट स्वर्गको वर्सा लिन सक्दैनन्। अहिले तिमी ब्रह्माकुमार-कुमारीहरूले स्वर्गको वर्सा लिइरहेका छौ। जति पुरुषार्थ गर्छौ, गराउँछौ त्यति उच्च पद पाउनेछौ। सबैले त त्यति पुरुषार्थ गर्न सक्दैनन्। पूरा पढेका रहेनछन् भने त्यसको परिणाम के हुनेछ। शरीर छुट्यो भने स्वर्गमा आउनेछन्। तर एकदमै साधारण प्रजामा। बाबाका बनेर राम्रोसँग पढे भने राजकीय पद पाउन सक्छन्। पढेनन् भने सम्झिनेछ तिनीहरूको तकदिरमा रहेनछ। पवित्र रहे, पढे भने उच्च पद पाउँछन्। अपवित्र भएपछि बाबालाई याद गर्न सक्दैनन्। यस्ता पनि धेरै छन्– कर्मबन्धनको हिसाब छुटेपछि मात्र याद गर्न सक्छन्। गाडीका दुवै पाङ्ग्रा पवित्र भए भने राम्ररी चल्छन्। दुवै पवित्र रहे भने ज्ञानचितामा बस्छन्, नत्र आपसमा झगडा हुन्छ।

कतिपय बच्चाहरूले भन्छन्, बाबा हामीलाई त थाहा छ श्रीकृष्ण सत्ययुगको पहिलो राजकुमार (प्रिन्स) हुन्, त्यसोभए किन उनको लागि केही नमनाउने! अच्छा, हामी श्रीकृष्णको आत्मालाई बोलाउन पनि सक्छौँ। आएर खेलपाल गर्नेछ, रास गर्नेछ अनि के गर्नेछ र! गोप-गोपीहरू त यहाँ नै हुन्छन्। त्यहाँ त राजकुमार-राजकुमारीहरू (प्रिन्स-प्रिन्सेज) आपसमा भेटघाट गर्छन् अनि रास गर्छन्। सुनको मुरली बजाउँछन्। यो सबै खेलपाल तिमीले अन्त्यमा देख्नेछौ। यी सबै पार्ट चल्नेछन्। सुरुमा देखाइएको थियो, त्यसपछि फेरि तिमी पुरुषार्थमा लागेका हौ। अब फेरि अन्त्यमा साक्षात्कार हुन सुरु हुनेछ। ककसले कुन पद पाउनेछन्, यो कुरा तिमीलाई थाहा हुनेछ। बाबाले बसेर यो सबै रहस्य सम्झाउनुहुन्छ। तिमीलाई सोध्छन्, वेद, शास्त्रहरूलाई मान्छौ? भन हो, हामीले किन मान्दैनौँ! यी सबै भक्तिमार्गका सामग्री हुन्, यिनमा कुनै ज्ञान छैन। ज्ञान दिने त एक बाबा मात्रै हुनुहुन्छ। ज्ञान मिलेपछि भने भक्ति आफै छुट्छ। तिमी मन्दिरमा गयौ भने पनि तिम्रो बुद्धिमा हुनेछ, यी लक्ष्मीनारायणले फेरि अब नयाँ दुनियाँमा राज्य गर्नेछन्।

बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ, दुवैतिर तोड निभाउनु छ। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। श्रीमतले भन्छ, पूरा पवित्र बन, पूरा वैष्णव बन र विष्णुपुरीको राज्य लेऊ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) योगद्वारा कर्मबन्धनको हिसाबकिताब चुक्ता गरेर, पावन बन्नु छ। ज्ञानचितामा बस्नु छ। पूरा पूरा वैष्णव अर्थात् पवित्र बन्नु छ।

२) आफ्नो शान्ति स्वधर्ममा स्थित रहनु छ। सबैलाई शान्तिधामको याद दिलाउनु छ। कहिल्यै पनि अशान्त हुनुहुँदैन।

वरदान:–
आवाजभन्दा परको स्थितिमा स्थित भएर सर्व गुणहरूको अनुभव गर्ने मास्टर बीजरूप भव

जसरी बीजमा सारा वृक्ष समाहित भएको हुन्छ, त्यसैगरी आवाजभन्दा परको स्थितिमा सङ्गमयुगका सबै विशेष गुणहरू अनुभवमा आउँछन्। मास्टर बीजरूप बन्नु अर्थात् केवल शान्ति होइन तर शान्तिको साथै ज्ञान, अतीन्द्रिय सुख, प्रेम, आनन्द, शक्ति आदि आदि सर्व मुख्य गुणहरूको अनुभव गर्नु पनि हो। यो अनुभव केवल आफैलाई मात्र हुँदैन तर अन्य आत्माहरूले पनि उनीहरूको अनुहारबाट सर्वगुणहरूको अनुभव गर्छन्। एक गुणमा सर्वगुण समाहित भएका हुन्छन्।

स्लोगन:–
विशेषतालाई धारण गर तर त्यस विशेषतामा प्रभावित नहोऊ।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

पवित्रता तिमी ब्राह्मण आत्माहरूको अनादि आदि संस्कार हो, यस स्वाभाविक (नेचुरल) संस्कारबाट स्वप्न वा सङ्कल्पमा पनि अपवित्रता प्रकट (इमर्ज) नहोस्। सङ्कल्प आए पनि तिमी विजयी बन, यसभन्दा पनि माथि स्वाभाविक संस्कार बनाऊ। अनि यस विषय (सब्जेक्ट) मा पुरुषार्थ गर्ने आवश्यकता हुँदैन।