19.09.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिम्रो
काम हो स्वयंले स्वयंसँग कुरा गरेर पावन बन्नु। अरू आत्माहरूको चिन्तनमा आफ्नो समय
व्यर्थ नगुमाऊ।”
प्रश्न:–
कुनचाहिँ कुरा
बुद्धिमा आयो भने सबै पुरानो बानी छुट्छ?
उत्तर:–
हामी बेहद
बाबाका सन्तान हौं, त्यसैले विश्वको मालिक ठहरियौं, हामी देवता बन्नु छ– यो कुरा
बुद्धिमा आयो भने पुराना सबै बानी छुट्छन्। तिमीले भन कि नभन आफै छोडिदिन्छन्।
उल्टोसुल्टो खानपान, मदिरा आदि स्वयं छोड्दिन्छन्। भन्छन् वाह! हामीलाई त यस्तो
लक्ष्मी-नारायण बन्नु छ। २१ जन्मको राज्य-भाग्य मिल्छ भने किन पवित्र नरहने!
ओम् शान्ति ।
बाबा घरी घरी
बच्चाहरूको ध्यान खिचाउनु हुन्छ– बाबाको यादमा बसेका छौ? बुद्धि कहीँ अन्तै त
भाग्दैन? बाबालाई बोलाएका हौ नै यही कारणले, बाबा आएर हामीलाई पावन बनाउनुहोस्।
पावन त अवश्य बन्नु छ, ज्ञान त तिमीले जसलाई पनि सम्झाउन सक्छौ। यो सृष्टिको चक्र
कसरी फिर्छ, कसैलाई पनि तिमीले सम्झायौ भने छिटै बुझ्छन्। छन त पवित्र छैनन् तापनि
ज्ञान त पढ्ने नै छन्। कुनै ठुलो कुरा होइन। ८४ को चक्र र हरेक युगको यति अवधि
हुन्छ, यति जन्म हुन्छ, कति सजिलो छ। यसको सम्बन्ध यादसँग छैन, यो त हो पढाइ। बाबाले
त यथार्थ कुरा सम्झाउनु हुन्छ। बाँकी हो सतोप्रधान बन्ने कुरा। त्यो हुन्छ यादबाट।
यदि याद गर्दैनौ भने धेरै सानो पद पाउने छौ। यति उच्च पद पाउन सक्दैनौ, त्यसैले
भनिन्छ अटेन्सन । बुद्धिको योग बाबासँग होस्। यसैलाई नै प्राचीन योग भनिन्छ।
शिक्षकसँग योग त हरेकको हुन्छ नै। मुख्य कुरा हो यादको। यादको यात्राबाट नै
सतोप्रधान बन्नु छ अनि सतोप्रधान बनेर घर फर्किनु छ। बाँकी पढाइ त बिल्कुल सहज छ।
जुन बच्चाले पनि बुझ्न सक्छन्। मायाको युद्ध यस यादमा नै चल्छ। तिमीले बाबालाई याद
गर्छौ, तर मायाले फेरि आफूतर्फ खिचेर भुलाइदिन्छ। ममा त शिव बाबा बस्नुभएको छ, म
शिव हुँ– यस्तो त भनिँदैन। म आत्मा हुँ, शिवबाबालाई याद गर्नु छ। यस्तो होइन,
मभित्र शिवको प्रवेशता छ। यस्तो हुन सक्दैन। बाबा भन्नुहुन्छ– म अरू कसैमा प्रवेश
गर्दिनँ। म यस रथमा सवार भएर नै तिमी बच्चाहरूलाई सम्झाउँछु। हो, कुनै मन्द
बुद्धिवाला बच्चा छ र कुनै राम्रो जिज्ञासु आउँछ भने उसको सेवा अर्थ मैले प्रवेश
गरेर दृष्टि दिन सक्छु। सदैव बस्न सक्दिनँ। बहु रूप धारण गरेर कसैको पनि कल्याण
गर्न सक्छु। बाँकी यस्तो कसैले पनि भन्न सक्दैन– ममा शिव बाबाको प्रवेशता छ, मलाई
शिव बाबाले यो भन्नुभएको छ। शिवबाबाले त बच्चाहरूलाई नै सम्झाउनु हुन्छ। मूल कुरा
हो नै पावन बन्ने, जसले गर्दा फेरि पावन दुनियाँमा जान सकियोस्। ८४ को चक्र त
सम्झाउन धेरै सहज छ। चित्र सामुन्ने लागिरहोस्। बाबा विना यति ज्ञान त कसैले दिन
सक्दैन। आत्मालाई नै ज्ञान मिल्छ। यसलाई नै ज्ञानको तेस्रो नेत्र भनिन्छ। आत्मालाई
नै सुख-दु:ख हुन्छ, उसको यो शरीर हो नि। आत्मा नै देवता बन्छ। कोही वकिल, कोही
व्यापारी आत्मा नै बन्छ। अहिले आत्माहरूसँग बाबा बसेर कुरा गर्नुहुन्छ, आफ्नो
पहिचान दिनुहुन्छ। तिमी जब देवता थियौ, मनुष्य नै थियौ तर पवित्र आत्मा थियौ। अहिले
तिमी पवित्र छैनौ, त्यसैले तिमीलाई देवता भन्न सकिँदैन। अब देवता बन्नको लागि
पवित्र अवश्य बन्नु छ। यसको लागि बाबालाई याद गर्नुपर्छ। प्राय: यही भन्छन्– बाबा,
मबाट यस्तो भुल भयो जसले गर्दा म देह अभिमानमा आएँ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु
हुन्छ– पावन अवश्य बन्नु छ। कुनै विकर्म नगर। तिमी सर्वगुण सम्पन्न यहीँ बन्नु छ।
पावन बनेपछि मुक्तिधाममा जान्छौ। अरू कुनै प्रश्न सोध्नु पर्ने आवश्यकता नै छैन।
तिमीले आफैसँग कुरा गर, अरू आत्माहरूको चिन्तन नगर। भन्छन् लडाइँमा दुई करोड मरे।
यतिका आत्माहरू कहाँ गए? अरे, उनीहरू जहाँ गए पनि त्यसमा तिम्रो के जान्छ। तिमीले
किन समय बर्बाद गर्छौ? अरू कुनै कुरा सोध्ने आवश्यकता नै छैन। तिम्रो काम हो पावन
बनेर पावन दुनियाँको मालिक बन्नु। अरू कुरामा सम्झाएमा अल्मलिने छन्। कसैलाई पूरा
उत्तर मिलेन भने अलमलमा पर्छन्।
बाबा भन्नुहुन्छ–
मनमनाभव। देह सहित देहका सबै सम्बन्ध छोड, तिमी मेरो पासमा नै आउनु छ। मनुष्य मर्दा
जब श्मशानमा लैजान्छन् त्यतिबेला पनि मुख यतातिर (घरतिर) र पाउ श्मशानतर्फ
फर्काउँछन् फेरि जब श्मशान नजिक पुग्छन् तब पाउ यतातिर र मुख श्मशानतर्फ फर्काउँछन्
। तिम्रो पनि घर माथि छ नि। माथि कुनै पतित जान सक्दैन। पावन बन्नको लागि बुद्धिको
योग बाबासँग लगाउनु छ। बाबाको पास मुक्तिधाममा जानु छ। पतित छन्, त्यसैले नै
बोलाउँछन् हामी पतितहरूलाई आएर पावन बनाउनुहोस्, मुक्त गर्नुहोस् भनेर। बाबा
भन्नुहुन्छ– अब पवित्र बन। बाबाले जुन भाषामा सम्झाउनु हुन्छ त्यही भाषामा नै कल्प
कल्प सम्झाउनु हुन्छ। जुन भाषा यिनको हुन्छ त्यसैमा सम्झाउनु हुन्छ नि। आजकाल हिन्दी
धेरै चल्छ, यस्तो होइन, भाषा फेर्न सकिन्छ। होइन, संस्कृत भाषा आदि कुनै देवताहरूको
त हुँदै होइन। संस्कृत हिन्दु धर्मको भाषा होइन। हिन्दी नै हुनुपर्छ। फेरि संस्कृत
किन प्रयोग गर्छौ? बाबा सम्झाउनु हुन्छ, यहाँ बस्दा बाबाको यादमा नै बस्नु छ, अरू
कुनै कुरामा तिमी जाने नै होइन। यति धेरै लामखुट्टे निस्कन्छन्, कहाँ जान्छन्?
भूकम्पमा तुरुन्तै धेरै मर्छन्, आत्माहरू कहाँ जान्छन्? यसमा तिम्रो के जान्छ।
तिमीलाई बाबाले श्रीमत दिनुभएको छ– आफ्नो उन्नतिको लागि पुरुषार्थ गर। अरूको
चिन्तनमा नजाऊ। यसरी त अनेक कुराको चिन्तन हुन पुग्छ। तिमीले केवल मलाई याद गर, जसको
लागि बोलायौ त्यस युक्तिमा चल। तिमीले बाबाबाट वर्सा लिनु छ, अरू कुरामा जानु छैन।
त्यसैले बाबा घरी घरी भन्नुहुन्छ– अटेन्सन। बुद्धि कहीँ त जाँदैन। भगवानको श्रीमत त
मान्नुपर्छ नि। अरू कुनै कुरामा फाइदा छैन। मुख्य कुरा हो पावन बन्ने। यो पक्का याद
राख– हाम्रो बाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि
हुनुहुन्छ। यो अवश्य दिलमा याद राख्नु छ– बाबा, बाबा पनि हुनुहुन्छ, हामीलाई पढाउनु
हुन्छ, योग सिकाउनु हुन्छ। शिक्षकले पढाउँदा बुद्धिको योग शिक्षकमा र पढाइमा पनि
जान्छ। यसरी नै बाबा पनि भन्नुहुन्छ– तिमी बाबाको त बन्यौ नै। बच्चा पनि हौ नै,
त्यसैले त यहाँ बसेका छौ। शिक्षकबाट पढिरहेका छौ। जहाँ रहे पनि बाबाका त हौ नै, फेरि
पढाइमा ध्यान दिनु छ। शिवबाबाको याद गर्यौ भने विकर्म विनाश हुन्छ र तिमी सतोप्रधान
बन्छौ। यो ज्ञान अरू कसैले दिन सक्दैन। मनुष्य त घोर अन्धकारमा छन् नि। ज्ञानमा हेर
कति तागत छ। तागत कहाँबाट मिल्छ? बाबाबाट तागत मिल्छ, जसबाट तिमी पावन बन्छौ। फेरि
पढाइ पनि साधारण छ। त्यस पढाइमा त धेरै महिना लाग्छ। यहाँ त ७ दिनको कोर्स हुन्छ।
त्यसबाट तिमीले सबैथोक बुझ्छौ, फेरि बुद्धिमाथि निर्भर गर्छ। कसैले धेरै समय
लगाउँछन्, कसैले कम। कोहीले त २-३ दिनमा नै राम्रोसँग बुझ्छन्। मुख्य कुरा हो बाबाको
याद गर्नु, पवित्र बन्नु। त्यही मुस्किल हुन्छ। बाँकी पढाइ त धेरै सरल छ। स्वदर्शन
चक्रधारी बन्नु छ। एक दिनको कोर्समा पनि सबैथोक बुझ्न सक्छौ। हामी आत्मा हौं, बेहदका
बाबाका सन्तान हौं, त्यसैले अवश्य हामी विश्वको मालिक ठहरियौं। यो बुद्धिमा आउँछ
नि। देवता बन्नको लागि दैवी गुण पनि धारण गर्नुपर्छ, जसको बुद्धिमा पस्यो उसले
तुरुन्तै सबै नराम्रो बानी छोडिदिन्छ। तिमीले भन कि नभन आफै छोडिदिन्छन्।
उल्टो-सुल्टो खानपिन, मदिरा आदि आफै छोड्छन्। भन्छन्– वाह! हामीलाई यो बन्नु छ, २१
जन्मको लागि राज्य मिल्छ भने किन पवित्र नरहने! पवित्र बन्न लागि हाल्नुपर्छ। मुख्य
कुरा हो यादको यात्रा। बाँकी ८४ को चक्रको ज्ञान त एक सेकण्डमा मिल्छ। देख्नासाथ
बुझ्छन्। नयाँ वृक्ष सानो हुन्छ। अहिले त कति ठुलो वृक्ष तमोप्रधान बनेको छ। भोलि
फेरि नयाँ वृक्ष सानो बन्छ। तिमीलाई थाहा छ– यो ज्ञान कहिल्यै कहीँबाट पनि मिल्न
सक्दैन। यो पढाइ हो, पहिलो मुख्य शिक्षा मिल्छ– बाबाको याद गर्ने। बाबाले पढाउनु
हुन्छ, यो निश्चय गर। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु। अरू कुनै मनुष्यले
यस्तो भन्न सक्दैन। शिक्षकले पढाउँदा अवश्य शिक्षकलाई याद गर्छन् नि। बेहदका बाबा
पनि हुनुहुन्छ, बाबाले हामीलाई स्वर्गको मालिक बनाउनु हुन्छ। तर आत्मा कसरी पवित्र
बन्छ? यो कसैले बताउन सक्दैन। भन्न त आफूलाई भगवान भने पनि वा जे सुकै भने पनि पावन
बनाउन सक्दैनन्। आजकाल भगवान त धेरै भएका छन्। मनुष्य अलमलिएका छन्। भन्छन्– अनेक
धर्म निस्केका छन्, के थाहा कुनचाहिँ ठीक हो। हुन त तिम्रो प्रदर्शनी वा म्युजियम
आदिको उद्घाटन गर्छन् तर केही पनि बुझ्दैनन्। वास्तवमा उद्घाटन त भइसकेको छ। पहिला
जग राखिन्छ, जब घर बनेर तयार हुन्छ तब उद्घाटन हुन्छ। जग लगाउनको लागि पनि बोलाइन्छ।
यो पनि बाबाले स्थापना गरिदिनु भएको छ, बाँकी नयाँ दुनियाँको उद्घाटन त हुनु नै छ,
त्यसमा कसैले उद्घाटन गर्ने आवश्यकता हुँदैन। उद्घाटन त स्वत: हुन्छ। यहाँ पढेर फेरि
हामी नयाँ दुनियाँमा जान्छौं।
तिमीले बुझेका छौ–
अहिले हामीले स्थापना गरिरहेका छौं जसको लागि नै मेहनत गर्नुपर्छ। विनाश हुन्छ अनि
यो दुनियाँ नै परिवर्तन हुन्छ। फेरि तिमी नयाँ दुनियाँमा राज्य गर्न आउने छौ।
सत्ययुगको स्थापना बाबाले गर्नुभएको छ फेरि तिमी आएपछि स्वर्गको राजधानी मिल्छ।
बाँकी उद्घाटन समारोह कसले गर्छ? बाबा त स्वर्गमा आउनुहुन्न। पछि गएर देख्नु छ
स्वर्गमा के हुन्छ। पछाडि के हुन्छ! पछि गएर बुझ्छौ। तिमी बच्चाहरूलाई थाहा छ–
पवित्रता विना त हामी स-सम्मान स्वर्गमा जान सक्दैनौं। त्यति पद पनि पाउन सक्दैनौं,
त्यसैले बाबा भन्नुहुन्छ– खूब पुरुषार्थ गर। व्यवहार आदि पनि ठीक छ गर तर धेरै पैसा
के गर्छौ। खाएर त सक्दैनौ। तिम्रा छोरा-नाति आदिले पनि खाने छैनन्। सबै माटोमा
मिल्छ त्यसैले थोरै जम्मा गर, युक्तिबाट। बाँकी त सबै त्यहाँ ट्रान्सफर गरिदेऊ।
सबैले त ट्रान्सफर गर्न सक्दैनन्। गरिबले तुरुन्तै ट्रान्सफर गरिदिन्छन्।
भक्तिमार्गमा पनि ट्रान्सफर गर्छन्, अर्को जन्मको लागि। तर त्यो हो इनडाइरेक्ट। यो
हो डाइरेक्ट। पतित मनुष्यहरूको पतितहरूसँगै लेनदेन हुन्छ। अहिले त बाबा आउनु भएको
छ, तिम्रो त पतितहरूसँग लेनदेन नै छैन। तिमी हौ ब्राह्मण, ब्राह्मणलाई नै तिमीले
मदत गर्नु छ। जसले स्वयं सेवा गर्छ, उसलाई त मदतको आवश्यकता हुँदैन। यहाँ गरिब
धनवान आदि सबै आउँछन्। बाँकी करोडपति त कमै आउँछन्। बाबा भन्नुहुन्छ– म हुँ गरिब
निवाज। भारतखण्ड धेरै गरिब खण्ड हो। बाबा भन्नुहुन्छ– म आउँछु नै भारतखण्डमा, त्यसमा
पनि यो आबू सबैभन्दा ठुलो तीर्थ हो जहाँ बाबा आएर सारा विश्वको सद्गति गर्नुहुन्छ।
यो हो नर्क। तिमीलाई थाहा छ– नर्कबाट फेरि स्वर्ग कसरी हुन्छ। अहिले तिम्रो बुद्धिमा
सारा ज्ञान छ। बाबाले पावन बन्ने यस्तो युक्ति बताउनु हुन्छ जसबाट सबैको कल्याण
हुन्छ। सत्ययुगमा कुनै अकल्याणको कुरा रुने, कराउने आदि केही पनि हुँदैन। अहिले जुन
बाबाको महिमा छ– ज्ञानका सागर, सुखका सागर, अहिले तिम्रो पनि यही महिमा हो, जुन
बाबाको छ। तिमी पनि आनन्दको सागर बन्छौ, धेरैलाई सुख दिन्छौ फेरि जब तिम्रो आत्मा
संस्कार लिएर नयाँ दुनियाँमा जान्छ तब त्यहाँ फेरि तिम्रो महिमा परिवर्तन हुन्छ।
फेरि तिमीलाई भनिन्छ सर्वगुण सम्पन्न...। अहिले तिमी नर्कमा बसेका छौ, यसलाई भनिन्छ
काँडाको जङ्गल। बाबालाई नै बागवान, खिवैया भनिन्छ। गाउँछन् पनि– हाम्रो बेडा पार
लगाउनुहोस् किनकि दु:खी छन्, त्यसैले आत्माले पुकार्छ। गाउन त महिमा गाउँछन् तर केही
पनि बुझ्दैनन्। जे आयो त्यही भनिदिन्छन्। उच्च भन्दा उच्च भगवानको निन्दा गरिरहन्छन्।
तिमीले भन्छौ– हामी त आस्तिक हौं। सर्वका सद्गतिदाता जो बाबा हुनुहुन्छ, उहाँलाई
हामीले चिनेका छौं। बाबाले स्वयं परिचय दिनुभएको छ। तिमीले भक्ति गर्दैनौ, त्यसैले
कति हैरान पार्छन्। उनीहरू छन् धेरै, तिमीहरू छौ थोरै। जब तिम्रो सङ्ख्या धेरै
हुन्छ, तब उनीहरूलाई पनि आकर्षण हुन्छ। बुद्धिको ताला खुल्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो उन्नतिको नै चिन्तन गर्नु छ। अरू कुनै कुरामा जानु छैन। पढाइ र यादमा पूरा
ध्यान दिनु छ। बुद्धि भट्काउनु छैन।
२) अहिले बाबा
डाइरेक्ट आउनु भएको छ, त्यसैले आफ्नो सबैथोक युक्तिले ट्रान्सफर गरिदिनु छ। पतित
आत्माहरूसँग लेनदेन गर्नु छैन। स-सम्मान स्वर्गमा जानको लागि पवित्र अवश्य बन्नु छ।
वरदान:–
मन र
बुद्धिलाई व्यर्थबाट मुक्त राखेर ब्राह्मण संस्कार बनाउने स्वराज्य अधिकारी भव
कुनै पनि सानो व्यर्थ
कुरा, व्यर्थ वातावरण वा व्यर्थ दृश्यको प्रभाव पहिले मनमा पर्छ त्यसपछि बुद्धिले
उसलाई सहयोग दिन्छ। मन र बुद्धि यदि यसैगरी चलिरह्यो भने संस्कार बन्न पुग्छ।
त्यसपछि भिन्न-भिन्न संस्कार देखिनमा आउँछ, जुन ब्राह्मण संस्कार होइन। कुनै पनि
व्यर्थ संस्कारको वश हुनु, आफैसँग युद्ध गर्नु, घरी घरी खुसी हराउनु– यो
क्षत्रियपनको संस्कार हो। ब्राह्मण अर्थात् स्वराज्य अधिकारी व्यर्थ संस्कारहरूबाट
मुक्त हुन्छ, परवश होइन।
स्लोगन:–
मास्टर
सर्वशक्तिमान ऊ हो जसले दृढ प्रतिज्ञाद्वारा सबै समस्याहरूलाई सहजै पार गर्छ।