19.09.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो
बेहदको नाटकमा तिमी आत्माहरूलाई आ - आफ्नो पार्ट मिलेको छ , अहिले तिमीले यो
शरीररुपी कपडा उतारेर घर जानुछ , फेरि नयाँ राज्यमा आउनुछ।”
प्रश्न:–
बाबा कुनै पनि
कार्य प्रेरणाबाट गर्नुहुन्न, उहाँको अवतरण हुन्छ, यो कुन कुराबाट सिद्ध हुन्छ?
उत्तर:–
बाबालाई
भनिन्छ नै करनकरावनहार। प्रेरणाको अर्थ त विचार हो। प्रेरणाबाट कुनै नयाँ दुनियाँको
स्थापना हुँदैन। बाबाले बच्चाहरूद्वारा स्थापना गराउनुहुन्छ, कर्मेन्द्रियबिना त
केही पनि गराउन सक्नुहुन्न त्यसैले उहाँले शरीरको आधार लिनुपर्छ।
ओम् शान्ति ।
रुहानी
बच्चाहरू रुहानी बाबाको सामुन्ने बसेका छन्। अर्थात् आत्माहरू आफ्नो बाबाको सम्मुख
बसेका छन्। आत्मा अवश्य शरीरसँगै बस्छ। बाबाले पनि शरीर लिइसकेपछि मात्रै सम्मुख
हुनुहुन्छ, यसैलाई भनिन्छ आत्मा-परमात्मा अलग रहे...। तिमी बच्चाहरूले बुझेका छौ–
श्रेष्ठभन्दा श्रेष्ठ बाबाका नै ईश्वर, प्रभु, परमात्मा आदि विभिन्न नाम दिइएको छ,
परमपिता कहिल्यै लौकिक पितालाई भनिँदैन। केवल परमपिता लेखे पनि केही फरक पर्दैन।
परमपिता अर्थात् उहाँ सबैका पिता एक हुनुहुन्छ। बच्चाहरूलाई थाहा छ– हामी
परमपितासँग बसेका छौँ। परमपिता परमात्मा र हामी आत्माहरू शान्तिधामका निवासी हौँ।
यहाँ पार्ट खेल्न आउँछौँ, सत्ययुगदेखि कलियुग अन्त्यसम्म पार्ट खेल्यौँ, यो भयो नयाँ
रचना। रचयिता बाबाले सम्झाउनुभएको छ– तिमी बच्चाहरूले यसरी पार्ट खेल्यौ। पहिला यो
थाहा थिएन– हामीले ८४ जन्मको चक्कर लगायौँ। अहिले तिमी बच्चाहरूसँग नै बाबाले कुरा
गर्नुहुन्छ, जसले ८४ को चक्कर लगाएका छन्। सबैले त ८४ जन्म लिन सक्दैनन्। यो
सम्झाउनुछ– ८४ को चक्र कसरी घुम्छ। बाँकी लाखौँ वर्षको त कुरा नै होइन। बच्चाहरूलाई
थाहा छ– हामी हरेक ५ हजार वर्षपछि पार्ट खेल्न आउँछौँ। हामी पार्टधारी हौँ।
श्रेष्ठभन्दा श्रेष्ठ भगवानको पनि विचित्र पार्ट छ। ब्रह्मा र विष्णुको विचित्र
पार्ट भनिँदैन। दुवैले ८४ को चक्कर लगाउँछन्। बाँकी शङ्करको पार्ट त यो दुनियाँमा
छैन। त्रिमूर्तिमा देखाइन्छ– स्थापना, विनाश, पालना। चित्रहरूमा सम्झाउनुपर्छ। जुन
चित्र देखाउँछौ, त्यसमा सम्झाउनुछ। सङ्गमयुगमा पुरानो दुनियाँको विनाश त हुनु नै छ।
प्रेरक शब्द पनि गलत छ। जसरी कसैले भन्छन्– आज हामीलाई बाहिर जाने प्रेरणा छैन,
प्रेरणा अर्थात् विचार। प्रेरणाको अरू कुनै अर्थ छैन। परमात्माले कुनै प्रेरणाबाट
काम गर्नुहुन्न। न प्रेरणाबाट ज्ञान मिल्न सक्छ। बाबा आउनुहुन्छ यी
कर्मेन्द्रियहरूद्वारा पार्ट खेल्न। करनकरावनहार हुनुहुन्छ नि। गराउनुहुन्छ
बच्चाहरूद्वारा। शरीरबिना त गर्न सक्नुहुन्न। यी कुराहरू कसैलाई पनि थाहा छैन। न
ईश्वर बाबालाई नै चिन्छन्। ऋषिमुनि आदिले भन्थे– हामीले ईश्वरलाई चिन्दैनौँ। न
आत्माको, न परमात्मा बाबाको, कसैमा ज्ञान छैन। बाबा मुख्य रचयिता, निर्देशक
हुनुहुन्छ, निर्देशन पनि दिनुहुन्छ। श्रीमत दिनुहुन्छ। मानिसहरूको बुद्धिमा त
सर्वव्यापीको ज्ञान छ। तिमीले जान्दछौ– बाबा हाम्रो बाबा हुनुहुन्छ, उनीहरूले
सर्वव्यापी भनिदिन्छन् त्यसैले बाबालाई चिन्नै सक्दैनन्। तिमीले जान्दछौ– यो बेहदका
बाबाको परिवार हो। सर्वव्यापी भन्नाले परिवारको सुगन्ध आउँदैन। उहाँलाई निराकारी
शिवबाबा भनिन्छ। निराकारी आत्माहरूका पिता। शरीर छ त्यसैले त आत्माले बोल्छ– बाबा।
शरीरबिना त आत्मा बोल्न सक्दैन। भक्तिमार्गमा बोलाउँदै आएका छन्। जान्दछन्– उहाँ
बाबा दु:खहर्ता सुखकर्ता हुनुहुन्छ। सुख मिल्छ सुखधाममा। शान्ति मिल्छ शान्तिधाममा।
यहाँ दु:खैदु:ख छ। यो ज्ञान तिमीलाई सङ्गममा मिल्छ। पुरानो र नयाँको बीचमा। बाबा
त्यतिबेला मात्रै आउनुहुन्छ जब नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश
हुनुछ। पहिला सदैव नयाँ दुनियाँको स्थापना भन्नुपर्छ। पहिला पुरानो दुनियाँको विनाश
भन्नु गलत हुन्छ।
अहिले तिमीलाई बेहदको नाटकको ज्ञान मिल्छ। जसरी त्यो नाटकमा कलाकारहरू आउँछन्
त्यतिबेला घरबाट साधारण कपडा लगाएर आउँछन्, फेरि नाटकमा आएर कपडा फेर्छन्। फेरि
नाटक पूरा भयो भने त्यो कपडा उतारेर घर जान्छन्। यहाँ तिमी आत्माहरू घरबाट अशरीरी
आउनुपर्छ। यहाँ आएर यो शरीररुपी कपडा लगाउँछौ। हरेकलाई आआफ्नो पार्ट मिलेको छ। यो
हो बेहदको नाटक। अहिले यो बेहदको सारा दुनियाँ पुरानो छ, फेरि नयाँ दुनियाँ हुन्छ।
त्यो धेरै सानो हुन्छ, त्यहाँ एक धर्म हुन्छ। तिमी बच्चाहरू यो पुरानो दुनियाँबाट
निस्केर फेरि हदको दुनियाँमा, नयाँ दुनियाँमा आउनुछ किनकि त्यहाँ एक धर्म हुन्छ।
अनेक धर्म, अनेक मानिसहरू हुँदा बेहद हुन्छ। त्यहाँ त हुन्छ नै एक धर्म र थोरै
मानिसहरू। एक धर्मको स्थापनाको लागि बाबा आउनुपर्छ। तिमी बच्चाहरूले यो बेहदको
नाटकको रहस्यलाई जान्दछौ– यो चक्र कसरी घुम्छ। यस समयमा जेजति यथार्थमा हुन्छ,
त्यसैको फेरि भक्तिमार्गमा चाडपर्व मनाउँछन्। नम्बरवार कुन कुन चाडपर्व छन्, यो पनि
तिमी बच्चाहरूलाई थाहा छ। श्रेष्ठभन्दा श्रेष्ठ भगवान शिवबाबाको जयन्ती भनिन्छ। उहाँ
जब आउनुभयो तब फेरि अरू चाडपर्व बने। शिवबाबाले पहिला सुरुमा आएर गीता सुनाउनुहुन्छ
अर्थात् आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनुहुन्छ। योग पनि सिकाउनुहुन्छ। साथसाथै
तिमीलाई पढाउनु पनि हुन्छ। त्यसैले पहिला सुरुमा बाबा आउनुभयो, शिवजयन्ती भयो, फेरि
गीता जयन्ती भनिन्छ। आत्माहरूलाई ज्ञान सुनाउनुहुन्छ, त्यसैले गीता जयन्ती भयो। तिमी
बच्चाहरूले विचार गरेर चाडपर्वहरूलाई नम्बरवार लेख। यी कुराहरूलाई आफ्नो धर्मकाले
नै बुझ्नेछन्। हरेकलाई आफ्नो धर्म प्यारो लाग्छ। अरू धर्मवालाहरूको कुरा नै छैन।
हुन त कसैलाई अर्को धर्म प्यारो भए पनि त्यसमा आउन सक्दैनन्। स्वर्गमा अरू धर्मवाला
कहाँ आउन सक्छन् र। वृक्षमा एकदमै स्पष्ट छ। जो जो धर्म जुन समयमा आउँछन्, फेरि
त्यही समयमा आउँछन्। पहिला बाबा आउनुहुन्छ, उहाँले नै आएर राजयोग सिकाउनुहुन्छ,
त्यसैले शिवजयन्ती, अनि गीता जयन्ती, फेरि नारायण जयन्ती भनिन्छ। त्यो त सत्ययुग
हुन्छ। त्यो पनि नम्बरवार लेख्नुपर्छ। यी ज्ञानका कुरा हुन्। शिवजयन्ती कहिले भयो,
त्यो पनि थाहा छैन, ज्ञान सुनाउनुभयो, जसलाई गीता भनिन्छ, फेरि विनाश पनि हुन्छ।
जगत अम्बा आदिको जयन्तीको कुनै बिदा हुँदैन। मानिसहरूलाई कसैको पनि तिथि मिति आदिको
बारेमा बिल्कुल थाहा छैन। लक्ष्मी-नारायण, राम-सीताको राज्यलाई नै जान्दैनन्। २५००
वर्षमा जो आए, उनीहरूलाई जान्दछन् तर उनीहरूभन्दा पहिला जो आदि सनातन देवी-देवता
थिए, उनीहरू भएको कति समय भयो, केही जान्दैनन्। ५ हजार वर्षभन्दा ठुलो कल्प त हुन
सक्दैन। आधा भागमा त धेरै सङ्ख्या आयो, बाँकी आधामा यिनीहरूको राज्य। फेरि धेरै
वर्षको कल्प कसरी हुन सक्छ। ८४ लाख जन्म पनि हुन सक्दैन। उनीहरूले सम्झन्छन्–
कलियुगको आयु लाखौँ वर्ष हुन्छ। मानिसहरूलाई अन्धकारमा पारिदिएका छन्। कहाँ सारा
ड्रामा ५ हजार वर्षको, कहाँ कलियुगको लागि मात्र भन्छन्– अझै ४० हजार वर्ष बाँकी छ।
लडाइँ लागिसकेपछि सम्झन्छन्– भगवान आउनुपर्छ तर भगवान त सङ्गममा आउनुपर्छ। महाभारत
लडाइँ त सङ्गममा नै हुन्छ। बाबा भन्नुहुन्छ– म पनि कल्प कल्प सङ्गमयुगमा आउँछु। बाबा
आउनुहुन्छ नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गराउन। नयाँ दुनियाँको
स्थापना हुन्छ भने पुरानो दुनियाँको विनाश अवश्य हुन्छ, यसको लागि यो लडाइँ हुन्छ।
यसमा शङ्करको प्रेरणा आदिको त कुनै कुरा छैन। यो स्वतः स्पष्ट छ– पुरानो दुनियाँ
खतम हुन्छ। घर आदि त भूकम्पमा सबै खतम हुन्छन् किनकि नयाँ दुनियाँ चाहिन्छ। नयाँ
दुनियाँ अवश्य थियो। दिल्ली परिस्तान थियो, जमुनाको किनार थियो। लक्ष्मी-नारायणको
राज्य थियो। चित्र पनि छन्। लक्ष्मी-नारायणलाई स्वर्गकै भनिन्छ। तिमी बच्चाहरूले
साक्षात्कार पनि गरेका छौ– कसरी स्वयम्वर हुन्छ। यी सबै प्वाइन्टहरू बाबाले
दोहोराउनुहुन्छ। ठिकै छ, प्वाइन्टहरू याद आउँदैन भने बाबालाई याद गर। बाबालाई
बिर्सियो भने टिचरलाई याद गर। टिचरले जे सिकाउनुहुन्छ, त्यो पनि अवश्य याद आउँछ नि।
टिचरको पनि याद हुन्छ, ज्ञान पनि याद हुन्छ। उद्देश्य पनि बुद्धिमा छ। याद
राख्नैपर्छ किनकि तिम्रो यो विद्यार्थी जीवन हो नि। यो पनि थाहा छ– जसले हामीलाई
पढाउनुहुन्छ, उहाँ हाम्रो बाबा पनि हुनुहुन्छ, कुनै लौकिक पिता गुम हुँदैनन्। लौकिक,
पारलौकिक र फेरि यिनी हुन् अलौकिक। यिनलाई कसैले याद गर्दैनन्। लौकिक पिताबाट त
वर्सा मिल्छ। अन्त्यसम्म याद हुन्छ। शरीर छोड्यो, फेरि अर्को पिता मिल्छ।
जन्मजन्मान्तर लौकिक पिता मिल्छन्। पारलौकिक बाबालाई पनि दु:ख वा सुखमा याद गर्छन्।
बच्चा जन्मियो भने भन्छन्– ईश्वरले बच्चा दिनुभयो। बाँकी प्रजापिता ब्रह्मालाई किन
याद गर्छन्, यिनीबाट केही मिल्ने कहाँ हो र। यिनलाई अलौकिक भनिन्छ।
तिमीलाई थाहा छ–
हामीले ब्रह्माद्वारा शिवबाबाबाट वर्सा लिइरहेका छौँ। जसरी हामीले पढ्छौँ, यो रथ पनि
निमित्त बनेको छ। धेरै जन्मको अन्त्यमा यिनको शरीर नै रथ बनेको छ। रथको नाम त
राख्नुपर्छ नि। यो हो बेहदको संन्यास। रथ सदा रहन्छ, बाँकीको ठेगान छैन। ज्ञानमा
चल्दा चल्दै फेरि भाग्छन्। यो रथ त ड्रामा अनुसार पहिल्यै निश्चित छ, यसलाई
भाग्यशाली रथ भनिन्छ। तिमीहरू सबैलाई भाग्यशाली रथ भनिँदैन। भाग्यशाली रथ एकलाई
मानिन्छ, जसमा बाबा आएर ज्ञान दिनुहुन्छ। स्थापनाको कार्य गराउनुहुन्छ। तिमी
भाग्यशाली रथ ठहरिँदैनौ। तिम्रो आत्मा यो रथमा बसेर पढ्छ। आत्मा पवित्र बन्छ,
त्यसैले बलिहारी यस तनको छ, जसमा बसेर पढाउनुहुन्छ। यो अन्तिम जन्म धेरै मूल्यवान
छ, फेरि शरीर परिवर्तन गरेर हामी देवता बन्छौँ। यो पुरानो शरीरद्वारा नै तिमीले
शिक्षा पाउँछौ। शिवबाबाका बन्छौ। तिमीलाई थाहा छ– हाम्रो पहिलाको जीवन कौडीसमान थियो।
अहिले मूल्यवान बनिरहेको छ। जति पढ्छौ, त्यति उच्च पद पाउँछौ। बाबाले सम्झाउनुभएको
छ– यादको यात्रा मुख्य हो। यसैलाई भारतवर्षको प्राचीन योग भनिन्छ, जसबाट तिमी
पतितबाट पावन बन्छौ, स्वर्गवासी त सबै बन्छन्, फेरि पढाइमा आधारित छ। तिमी बेहदको
स्कुलमा बसेका छौ। तिमी नै फेरि देवता बन्छौ। तिमीले बुझ्न सक्छौ– उच्च पद कसले
पाउन सक्छन्। उनीहरूको योग्यता के हुनुपर्छ। पहिला हामीमा पनि योग्यता थिएन। आसुरी
मतमा थियौँ। अब ईश्वरीय मत मिल्छ। आसुरी मतबाट हामी गिरतीकलामा जान्छौँ। ईश्वरीय
मतबाट चढ्तीकलामा जान्छौँ। ईश्वरीय मत दिनेवाला एक हुनुहुन्छ, आसुरी मत दिनेवाला
अनेक छन्। आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, टिचर-गुरु कतिको मत मिल्छ। अहिले तिमीलाई
एकको मत मिल्छ, जुन २१ जन्म काममा आउँछ। त्यसैले यस्तो श्रीमतमा चल्नुपर्छ नि। जति
चल्छौ, त्यति श्रेष्ठ पद पाउँछौ। कम चल्यौ भने सानो पद। श्रीमत भगवानकै नै हुन्छ।
श्रेष्ठभन्दा श्रेष्ठ भगवान नै हुनुहुन्छ, जसले श्रीकृष्णलाई श्रेष्ठभन्दा श्रेष्ठ
बनाउनुभयो, फेरि निचभन्दा निच रावणले बनायो। बाबाले गोरो बनाउनुहुन्छ, फेरि रावणले
कालो बनाउँछ। बाबाले वर्सा दिनुहुन्छ। उहाँ त निर्विकारी हुनुहुन्छ नै। देवताहरूको
महिमा गाउँछन्– सर्वगुण सम्पन्न...। सत्ययुगमा आत्मा र शरीर दुवै पवित्र हुन्छन्।
देवताहरूलाई सबैले चिन्छन्, उनीहरू सम्पूर्ण निर्विकारी हुनाले सम्पूर्ण विश्वका
मालिक बन्छन्। अहिले छैनन्, फेरि बनिरहेका छन्। बाबा पनि सङ्गमयुगमा नै आउनुहुन्छ।
ब्रह्माद्वारा ब्राह्मण बन्छन्। ब्रह्माका बच्चा त तिमीहरू सबै ठहरियौ। उहाँ
हुनुहुन्छ ग्रेट-ग्रेट-ग्रेन्ड-फादर (जिजु-बाजे)। भन, प्रजापिता ब्रह्माको नाम
सुन्नु भएको छैन? परमपिता परमात्माले ब्रह्माद्वारा नै सृष्टिको रचना गर्नुहुन्छ
नि। ब्राह्मण कुल हो। ब्रह्मा मुखवंशावली भाइ-बहिनी भयौ। यहाँ राजा-रानीको कुरा छैन।
यो ब्राह्मण कुल त सङ्गममा थोरै समय चल्छ। राज्य न पाण्डवहरूको हुन्छ, न कौरवहरूको।
अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) २१ जन्म श्रेष्ठ पदको अधिकारी बन्नको लागि सबै आसुरी मतलाई छोडेर एक ईश्वरीय मतमा
चल्नुछ। सम्पूर्ण निर्विकारी बन्नुछ।
२) यो पुरानो शरीरमा
बसेर बाबाको शिक्षालाई धारण गरेर देवता बन्नुछ। यो धेरै मूल्यवान जीवन हो, यसमा
कौडीबाट मूल्यवान बन्नुछ।
वरदान:–
सबै
आत्माहरूलाई यथार्थ अविनाशी सहारा दिने आधार , उद्धारमूर्त भव
वर्तमान समयमा विश्वको
चारैतिर कुनै न कुनै हलचल छ, कतै मनको अनेक टेन्सनको हलचल छ, कतै प्रकृतिको
तमोप्रधान वायुमण्डलको कारण हलचल छ, अल्पकालका साधनले सबैलाई चिन्ताको चितामा
लगिरहेका छन्, त्यसैले अल्पकालको आधारबाट, प्राप्तिहरूबाट, विधिहरूबाट थाकेर
वास्तविक सहारा खोजिरहेका छन्। त्यसैले तिमी आधार, उद्धारमूर्त आत्माहरूले
उनीहरूलाई श्रेष्ठ अविनाशी प्राप्तिहरूको यथार्थ, वास्तविक, अविनाशी सहाराको अनुभूति
गराऊ।
स्लोगन:–
समय अमूल्य
खजाना हो– त्यसैले यसलाई नष्ट गर्नुको सट्टा तुरुन्त निर्णय गरेर सफल गर।
अव्यक्त इसारा:– अब
लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारुप बनाऊ
जसरी सूर्यका किरणहरू
फैलिन्छन्, त्यसरी नै मास्टर सर्वशक्तिमानको स्टेजमा शक्ति व विशेषतारुपी किरणहरू
चारैतिर फैलिएको अनुभव गर, यसको लागि “म मास्टर सर्वशक्तिमान, विघ्नविनाशक आत्मा
हुँ”, यो स्वमानको स्मृतिको सिटमा स्थित भएर कार्य गर, त्यसपछि विघ्न सामुन्ने नै
आउँदैनन्।