19.10.25 Avyakt Bapdada Nepali Murli 31.03.2007 Om Shanti Madhuban
सपुत बनेर आफ्नो
स्वरूप बाट बाबाको स ्व र ूप देखा ऊ , निर्माण को साथ ै निर्मल वाणी , निर्मान
स्थितिको ब्यालेन्स राख
आज बापदादा चारैतिरका
बच्चाहरूका भाग्यका रेखाहरू देखेर हर्षित भइरहनुभएको छ। सबै बच्चाहरूको मस्तकमा
चम्किलो ज्योतिको रेखा चम्किरहेको छ। नयनमा रुहानियतको भाग्य रेखा देखिइरहेको छ।
मुखमा श्रेष्ठ वाणीको भाग्यको रेखा देखिइरहेको छ। ओठमा रुहानी मुस्कुराहट
देखिरहनुभएको छ। हातमा सर्व परमात्म खजानाका रेखा देखिइरहेको छ। यादका हरेक कदममा
पदमका रेखा देखिरहनुभएको छ। हरेकको हृदयमा बाबाको लभमा लवलीनको रेखा देखिरहनुभएको
छ। यस्तो श्रेष्ठ भाग्य प्रत्येक बच्चाले पनि अनुभव गरिरहेका छौ नि! किनकि यी
भाग्यका रेखाहरू स्वयं बाबाले प्रत्येकको श्रेष्ठ कर्मको कलमले लेख्नुभएको हो। यस्तो
श्रेष्ठ भाग्य अविनाशी छ, यी केवल यस जन्मको लागि होइन तर अनेक जन्मका अविनाशी
भाग्य रेखाहरू हुन्। अविनाशी बाबा हुनुहुन्छ र भाग्यका पनि अविनाशी रेखाहरू छन्।
अहिलेको श्रेष्ठ कर्मको आधारमा सबै रेखाहरू प्राप्त हुन्छन्। अहिलेको पुरुषार्थले
अनेक जन्मको प्रारब्ध बनाइदिन्छ।
सबै बच्चाहरूलाई जुन
प्रारब्ध अनेक जन्म मिल्नेछ, बापदादा त्यसको लागि अहिले, यस जन्ममा पुरुषार्थको
प्रारब्धको प्राप्ति देख्न चाहनुहुन्छ। केवल भविष्यमा होइन तर अहिले पनि यी सबै
रेखाहरू सदा अनुभवमा आउन् किनकि अहिलेका यी दिव्य संस्कारले तिम्रो नयाँ संसार
बनाइरहेको छ। त्यसैले जाँच गर, जाँच गर्न आउँछ नि! स्वयं नै स्वयंको चेकर बन।
त्यसैले सबै भाग्यका रेखाहरू अहिले पनि अनुभव हुन्छन्? यस्तो त सम्झँदैनौ– यो
प्रारब्ध अन्त्यमा देखिन्छ? प्राप्ति पनि अहिले हुन्छ भने प्रारब्धको अनुभव पनि
अहिले नै गर्नुछ। भविष्य संसारको संस्कार अहिले प्रत्यक्ष जीवनमा अनुभव हुनुछ।
त्यसैले के जाँच गर्छौ? भविष्य संसारका संस्कारहरूको गायन गर्छौ– भविष्य संसारमा एक
राज्य हुन्छ। याद छ नि त्यो संसार! कतिपटक त्यस संसारमा राज्य गरेकाछौ? याद छ कि
याद दिलाएपछि मात्र याद आउँछ? के थियौ, त्यो स्मृतिमा छ नि? तर तिनै संस्कार अहिलेको
जीवनमा प्रत्यक्ष रूपमा छन्? त्यसैले चेक गर– अहिले पनि मनमा, बुद्धिमा,
सम्बन्ध-सम्पर्कमा, जीवनमा एक राज्य छ? वा कहिले कहिले आत्माको राज्यको साथसाथै
मायाको राज्य पनि त छैन? जसरी भविष्य प्रारब्धमा एउटै राज्य हुन्छ, दुइटा हुँदैन्।
त्यसैले अहिले पनि दुइटा राज्य त छैनन्? जसरी भविष्य राज्यमा एक राज्यको साथान एक
धर्म हुन्छ, त्यो धर्म कुन हो? त्यो सम्पूर्ण पवित्रताको धारणाको धर्म हो। त्यसैले
अहिले चेक गर– सम्पूर्ण पवित्रता छ? सपनामा पनि अपवित्रताको नामनिसान नहोस्।
पवित्रता अर्थात् सङ्कल्प, बोली, कर्म र सम्बन्ध-सम्पर्कमा एउटै सम्पूर्ण पवित्रताको
धारणा होस्। ब्रह्माचारी हौ। आफ्नो जाँच गर्न आउँछ? जसलाई आफ्नो जाँच गर्न आउँछ
तिमीहरूले हात उठाऊ। जाँच गर्न आउँछ र चेक पनि गर्छौ? गर्छौ, गर्छौ? टिचरहरूलाई
आउँछ? डबल विदेशीहरूलाई आउँछ? किन? अहिलेको पवित्रताको कारण तिम्रो जड चित्रबाट पनि
पवित्रताको माग गर्छन्। पवित्रता अर्थात् एक धर्म अहिलेको स्थापना हो जुन भविष्यमा
पनि चल्छ। त्यसैगरी भविष्यको के गायन छ? एक राज्य, एक धर्म र साथमा सदा सुख-शान्ति,
सम्पत्ति, अखण्ड सुख, अखण्ड शान्ति, अखण्ड सम्पत्ति। त्यसैले अबको तिम्रो स्वराज्यको
जीवनमा, त्यो हो विश्व राज्य र अहिले हो स्वराज्य, त्यसैले चेक गर– अविनाशी सुख,
परमात्म सुख, अविनाशी रूपमा अनुभव हुन्छ? कुनै साधन वा कुनै सुविधाको आधारमा सुखको
अनुभव त हुँदैन? कहिल्यै कुनै पनि कारणले दु:खको लहर अनुभवमा आउनुहुँदैन। कुनै नाम,
मान, सानको आधारमा त सुख अनुभव हुँदैन? किन? यी नाम, मान, सान, साधन, सुविधा यी
स्वयं नै विनाशी हुन्, अल्पकालका हुन्। त्यसैले विनाशी आधारबाट अविनाशी सुख मिल्दैन।
जाँच गर्दै जाऊ। अहिले सुन्दै पनि जाऊ र आफूमा जाँच पनि गर्दै गयौ भने थाहा हुन्छ–
अहिलेको संस्कार र भविष्य संसारको प्रारब्धमा कति अन्तर छ! तिमीहरू सबैले जन्मिँदै
बापदादासँग प्रतिज्ञा गरेका छौ, प्रतिज्ञा याद छ कि भुल्यौ? प्रतिज्ञा यही गरेका
हौ– हामी सबै बाबाको साथी बनेर, विश्व कल्याणकारी बनेर नयाँ सुख शान्तिमय संसार
बनाउनेवाला हौँ। याद छ? आफ्नो प्रतिज्ञा याद छ? याद छ भने हात उठाऊ। पक्का प्रतिज्ञा
हो वा केही गडबड हुन्छ? नयाँ संसार अब परमात्म संस्कारको आधारले बनाउनेवाला हौ।
त्यसैले केवल अहिले पुरुषार्थ गर्नुछैन तर पुरुषार्थको प्रारब्ध पनि अहिले अनुभव
गर्नुछ। सुखको साथै शान्ति पनि जाँच गर– अशान्त परिस्थिति, अशान्त वायुमण्डल त्यसमा
पनि तिमी शान्ति सागरका सदा कमल पुष्पसमान बच्चाले अशान्तिलाई पनि शान्तिको
वायुमण्डलमा परिवर्तन गर्न सक्छौ? वायुमण्डल शान्त छ र त्यसमा तिमीले शान्ति अनुभव
गरेमा यो कुनै ठुलो कुरा होइन तर तिम्रो प्रतिज्ञा छ– हामी अशान्तिलाई शान्तिमा
परिवर्तन गर्नेवाला हौँ। त्यसैले जाँच गर– जाँच गरिरहेका छौ नि? परिवर्तक हौ, परवश
त छैनौ नि? परिवर्तक हौ। परिवर्तक कहिल्यै परवश हुन सक्दैन। यसै प्रकारले सम्पत्ति,
अखुट सम्पत्ति, त्यो स्वराज्य अधिकारीको लागि के हो? ज्ञान, गुण र शक्ति स्वराज्य
अधिकारीका सम्पत्तिहरू यी हुन्। त्यसैले चेक गर– सारा ज्ञानको विस्तारको सारलाई
स्पष्ट जानेका छौ नि? ज्ञानको अर्थ यो होइन– केवल भाषण गरियो, कोर्स गराइयो, ज्ञानको
अर्थ हो– समझ। त्यसैले हरेक सङ्कल्प, हरेक कर्म, बोली, ज्ञान अर्थात् समझदार,
नलेजफुल बनेर गर्छौ? सर्वगुण यथार्थ जीवनमा इमर्ज रहन्छन्? सर्वगुण छन् वा यथाशक्ति
छन्? यसै प्रकार सर्व शक्ति– तिम्रो उपाधि हो– मास्टर सर्वशक्तिमान्, शक्तिवान्
होइनौ। त्यसैले सर्व शक्तिहरूले सम्पन्न छौ? र अर्को कुरा सर्व शक्तिहरूले समयमामा
कार्य गर्छन्? समयमामा हाजिर हुन्छन् वा समय बितेर जान्छ फेरि याद आउँछ? त्यसोभए–
तीनै कुरा एक राज्य, एक धर्म र अविनाशी सुख-शान्ति, सम्पत्ति जाँच गर किनकि नयाँ
संसारमा यी तीनै कुराहरू जुन अहिले स्वराज्यको समयमा अनुभव गरिएको छ, त्यो हुन
सक्दैन। अहिले यी सबै कुराहरूको अनुभव गर्न सक्छौ। अहिलेदेखि यी संस्कार इमर्ज भए
भने अनेक जन्म प्रारब्धको रूपमा चल्छन्। यस्तो त सम्झँदैनौ– धारण गरिरहेका छौँ,
भइहाल्छ, अन्त्यसम्म त भइहाल्छौँ!
बापदादाले पहिलादेखि
नै इसारा दिनुभएको छ– धेरैकालको अहिलेको अभ्यास धेरैकालको प्राप्तिको आधार हो।
अन्त्यमा भइहाल्छ भनेर नसोच, भइहाल्छ होइन, हुने नै छ। किन? स्वराज्यको जुन अधिकार
छ त्यसको लागि अहिले धेरैकालको अभ्यास चाहिन्छ। यदि एक जन्ममा अधिकारी बन्न सक्दैनौ,
अधीन बन्छौ भने अनेक जन्म कसरी अधिकारी हुन्छौ! त्यसैले बापदादाले चारैतिरका सबै
बच्चाहरूलाई बारम्बार इसारा दिइरहनुभएको छ– अहिले समयमाको रफ्तार तीव्रगतिमा गइरहेको
छ त्यसैले सबै बच्चाहरू अहिले केवल पुरुषार्थी बन्नुछैन तर तीव्र पुरुषार्थी बनेर,
पुरुषार्थको प्रारब्धको अहिल्यै धेरैकालदेखि अनुभव गर्नुछ। तीव्र पुरुषार्थका
निसानीहरू बापदादाले पहिला पनि सुनाउनुभएको छ। तीव्र पुरुषार्थी सदा मास्टर दाता
हुन्छ, लिनेवाला होइन देवता, दिनेवाला। यो दाता भयो भने मेरो पुरुषार्थ हुनेछ, यसले
गरेमा मैले पनि गर्नेछु, यो परिवर्तन भयो भने म पनि परिवर्तन हुनेछु, यो परिवर्तन
भएमा, यसले गरेमा, यो दातापनको निसानी होइन। कसैले गरोस् नगरोस्, तर मैले
बापदादासमान गर्छु, ब्रह्माबाबासमान पनि बन्नुछ, साकारमा पनि देख्यौ, बच्चाहरूले गरे
भने मैले गर्नेछु– कहिल्यै भन्नुभएन, बरू उहाँले देखाउनु भयो मैले गरेर बच्चाहरूबाट
गराऊँ। अर्को निसानी हो तीव्र पुरुषार्थको, सदा निर्मान, कार्य गर्दागर्दै पनि
निर्मान, निर्माण र निर्मान दुवैको सन्तुलन चाहिन्छ। किन? निर्मान बनेर कार्य
गर्नाले सर्वद्वारा दिलको स्नेह र आशीर्वाद मिल्छ। बापदादाले देख्नुभयो– निर्माण
अर्थात् सेवाको क्षेत्रमा आजकाल सबैले उमङ्ग-उत्साहले नयाँ नयाँ राम्रा योजना
बनाइरहेका छन्। यसको लागि बापदादाले चारैतिरका बच्चाहरूलाई बधाई दिइरहनुभएको छ।
बापदादासँग निर्माणका,
सेवाका योजना धेरै राम्रा राम्रा आएका छन्। तर बापदादाले देख्नुभयो– निर्माणका
कार्य त धेरै राम्रा छन् तर जति सेवाको कार्यमा उमङ्ग-उत्साह छ त्यति यदि निर्मान
स्थितिको सन्तुलित भयो भने निर्माण अर्थात् सेवाको कार्यमा सफलता हुन्छ र यो काम
धेरै प्रत्यक्ष रूपमा हुन सक्छ। बापदादाले पहिला पनि सुनाउनुभएको छ– निर्मान स्वभाव,
निर्मान बोली र निर्मान स्थितिले सम्बन्ध-सम्पर्कमा आउनु, देवताहरूको गायन गर्छन्
तर हो ब्राह्मणहरूको गायन, देवताहरूको लागि भन्छन्– उनीहरूको मुखबाट जुन बोली
निस्कन्छ त्यो मानौँ हीरा मोती, अमूल्य, निर्मल वाणी, निर्मल स्वभाव हो। अहिले
बापदादाले देख्नुहुन्छ, लाग्छ रिजल्ट सुनाइदिऊँ नि, किनकि यस सिजनको यो लास्ट टर्न
हो। त्यसैले बापदादाले देख्नुभयो– निर्मल वाणी, निर्मान स्थिति त्यसमा अहिले
अटेन्सन हुनुपर्छ।
खजानाका तीन खाता
जम्मा गर, बापदादाले यो पहिल्यै बताउनुभएको छ। त्यसैले रिजल्टमा के देख्नुभयो? तीन
खाता कुन हुन्? त्यो त याद होला नि! फेरि पनि रिभाइज गरिरहनुभएको छ– एक हो आफ्नो
पुरुषार्थले जम्माको खाता बढाउनु। दोस्रो हो– सदा स्वयं पनि सन्तुष्ट रहने र अरूलाई
पनि सन्तुष्ट पार्ने, भिन्न भिन्न संस्कारलाई जान्दाजान्दै पनि सन्तुष्ट रहनु र
सन्तुष्ट पार्नु, यसबाट आशीर्वादको खाता जम्मा हुन्छ। यदि कुनै पनि कारणले सन्तुष्ट
पार्नमा कमी रह्यो भने पुण्यको खातामा जम्मा हुँदैन। सन्तुष्टता पुण्यको चाबी हो,
चाहे सन्तुष्ट रहनु, चाहे सन्तुष्ट पार्नु। र तेस्रो हो– सेवामा पनि सदा नि:स्वार्थ,
मैपन होइन। मैले गरेँ, वा मेरो हुनुपर्छ, यो म र मेरोपन जहाँ सेवामा आउँछ त्यहाँ
पुण्यको खाता जम्मा हुँदैन। मेरोपन, अनुभवी छौ यो रोयल रूपको मेरोपन पनि धेरै छ।
रोयल रूपको मेरोपनको लिस्ट साधारण मेरोपनभन्दा लामो छ। त्यसैले जहाँ पनि म र
मेरोपनको स्वार्थ आउँछ, नि:स्वार्थ छैन त्यहाँ पुण्यको खाता कम जम्मा हुन्छ।
मेरोपनको लिस्ट फेरि कहिल्यै सुनाउनेछु, धेरै लामो छ र धेरै सूक्ष्म छ। त्यसैले
बापदादाले देख्नुभयो– आफ्नो पुरुषार्थले यथाशक्ति सबैले आआफ्नो खाता जम्मा गरिरहेका
छन् तर आशीर्वादको खाता र पुण्यको खाता त्यो अब भर्न आवश्यक छ त्यसैले तीनै खाता
जम्मा गर्न अटेन्सन राख। संस्कारमा विविधता अहिले पनि देखिन्छ, सबैको संस्कार अहिले
सम्पन्न भएका छैन तर हामीमाथि अरूको कमजोर स्वभाव, कमजोर संस्कारहरूको प्रभाव
पर्नुहुँदैन। म मास्टर सर्वशक्तिमान् हुँ, कमजोर संस्कार शक्तिशाली छैनन्। म मास्टर
सर्वशक्तिमान् माथि कमजोर संस्कारको प्रभाव पर्नुहुँदैन। सुरक्षाको साधन हो–
बापदादाको छत्रछायामा रहनु। बापदादाको साथमा कम्बाइन्ड रहनु। छत्रछाया हो श्रीमत।
आज बापदादाले इसारा
दिइरहनुभएको छ– स्वप्रति, हरेकले सङ्कल्प, बोली, सम्पर्क-सम्बन्ध, कर्ममा नवीनता
ल्याउने योजना बनाउनु नै छ। बापदादाले पहिला रिजल्ट देख्नुहुन्छ– के नवीनता ल्यायौ?
के पुरानो संस्कार दृढ सङ्कल्पले परिवर्तन गर्यौ? यो रिजल्ट पहिला देख्नुहुन्छ। के
सोच्छौ, यसो गरौँ? गरौँ? हात उठाऊ जसले भन्छौ– गर्नेछौँ, गर्नेछौँ? अच्छा। गर्नेछौ
वा अर्कालाई हेर्नेछौ? के गर्नेछौ? अर्कालाई हेर्नुछैन, बापदादालाई हेर्नुछ, आफ्नी
ठुलो दादीलाई हेर्नुछ। उहाँको कति न्यारा र प्यारा स्टेज छ। बापदादा भन्नुहुन्छ– यदि
कसैलाई म र हदको मेरोपनबाट न्यारा देख्नुछ भने आफ्नो बापदादाकी दिलतख्तनसिन दादीलाई
हेर। सारा जीवनमा हदको मेरोपन, हदको मैपन यसबाट न्यारा रहेकी छिन्, त्यसको रिजल्ट
जतिसुकै बिमारी भएपनि दु:ख दर्दको भासनाबाट न्यारा छिन्। एउटै शब्द पक्का छ, कसैले
पनि सोध्यो– दादी केही दर्द छ, दादी केही भइरहेको छ? के उत्तर मिल्छ? केही छैन किनकि
नि:स्वार्थ र दिल ठुलो, सर्वलाई समाहित गर्ने, सर्वकी प्यारी, यसको यथार्थ निसानी
देखिरहेका छौ। त्यसैले जब ब्रह्माबाबाको कुरा भन्दा त्यतिबेला भन्छन्– उनमा त बाबा
हुनुहुन्थ्यो नि, तर दादी त तिमीहरूसँग प्रभु पालनामा रहिन्, पढाइमा रहिन्, सेवामा
साथी रहिन्, त्यसैले नि:स्वार्थ स्थितिमा एक आत्मा बाबासमान बन्न सक्छ भने के
तिमीहरू सबै बन्न सक्दैनौ? बन्न सक्छौ नि! बापदादालाई निश्चय छ– तिमी नै बन्नेवाला
हौ। कतिपटक बनेका छौ? याद छ? अनेक कल्प बाबासमान बनेका छौ र अहिले पनि तिमी नै
बन्नेवाला हौ। यसै उमङ्गले, उत्साहले उड्दै जाऊ। बाबालाई तिमीमा निश्चय छ भने तिमी
पनि आफूमा सदा निश्चयबुद्धि, बन्नु नै छ यस्तो निश्चयबुद्धि बनेर उड्दै जाऊ।
बाबासँग प्यार छ, प्यारमा १०० पर्सेन्टभन्दा पनि ज्यादा छ, यस्तो भन्छौ। यो ठीक हो?
जति पनि सबै बसेका छौ वा जसले पनि आआफ्नो स्थानमा सुनिरहेका छौ, देखिरहेका छौ
तिमीहरू सबैले प्यारको सब्जेक्टमा आफूलाई १०० पर्सेन्ट छौँ भन्ने सम्झन्छौ? त्यसमा
हात उठाऊ। १०० पर्सेन्ट? (सबैले उठाए) अच्छा। पछाडिकाले पूरा हात उठाऊ, हल्लाऊ। (आज
२२ हजारभन्दा पनि अधिक भाइ बहिनीहरू आइपुगेका छन्) यसमा त सबैले हात उठाए। त्यसैले
प्यारको निसानी हो–समान बन्नु। जोसँग प्यार हुन्छ उसलेजस्तै बोल्नु, उसलेजस्तै
हिँड्नु, उसलेजस्तै सम्बन्ध-सम्पर्क निभाउनु, यो हो प्यारको निसानी।
आज बापदादाले अहिले
भर्खरै देख्न चाहनुहुन्छ– एक सेकेन्डमा स्वराज्यको सिटमा कन्ट्रोलिङ पावर, रुलिङ
पावरको संस्कारमा इमर्ज रूपले सेकेन्डमा बस्न सक्छौ! त्यसैले एक सेकेन्डमा दुई तीन
मिनेटको लागि राज्य अधिकारीको सिटमा सेट होऊ। अच्छा। (ड्रिल)
चारैतिरका बच्चाहरूको
यादप्यारको पत्र र साथसाथै जति पनि साइन्सका साधन छन् तिनबाट बापदादा समक्ष सबैको
यादप्यार पुगिसकेको छ। आफ्नो दिलको समाचार पनि धेरै बच्चाहरूले लेख्छन् पनि र
रुहरिहानमा पनि सुनाउँछन्। बापदादाले ती सबै बच्चाहरूको जवाफ दिइरहनुभएको छ– सदा
सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। दिलको आशीर्वाद र बापदादाको दिलको माया विशेष ती
आत्माहरूप्रति छ। चारैतिरका जसले पनि समाचार दिन्छन्, सबै राम्रा राम्रा
उमङ्ग-उत्साहका योजना जसले पनि बनाएका छन्, त्यसको लागि बापदादाले बधाई पनि
दिइरहनुभएको छ र वरदान पनि दिइरहनुभएको छ, बढ्दै जाऊ, बढाउँदै जाऊ।
चारैतिरका बापदादाका
करोडौँमा कोही, कोहीमा पनि कोही श्रेष्ठ भाग्यवान् बच्चाहरूलाई बापदादाको विशेष
यादप्यार, बापदादाले सबै बच्चाहरूलाई हिम्मत र उमङ्ग-उत्साहको बधाई पनि दिइरहनुभएको
छ। अगाडि तीव्र पुरुषार्थी बन्ने, ब्यालेन्सको पदमापदमगुणा ब्लैसिङ पनि दिइरहनुभएको
छ। सबैको भाग्यको सितारा सदा चम्किरहोस् र अरूको भाग्य बनाउँदै जाउन् यसको पनि
आशीर्वाद दिइरहनुभएको छ। चारैतिरका बच्चाहरूले आआफ्नो स्थानमा सुनिरहेका पनि छौ,
देखिरहेका पनि छौ र बापदादा पनि सबै चारैतिरका टाढा बसेका बच्चाहरूलाई देखी देखी
खुसी भइरहनुभएको छ। हेरिराख र मधुवनको शोभा सदा बढाउँदै जाऊ। त्यसैले सबै
बच्चाहरूलाई दिलको आशीर्वादका साथै नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
अटेन्सनरूपी घ
िउ द्वारा आत्मिकस्वरूपको सिताराको चमकलाई बढाउने आकर्षणमूर्त भव
बाबाद्वारा,
ज्ञानद्वारा आत्मिकस्वरूपको सितारा चम्कियो भने निभ्न सक्दैन, तर चमकको पर्सेन्टेज
कम र ज्यादा हुन सक्छ। दिनहुँ अमृतवेला अटेन्सन रूपी घिउ थपिरह्यौ भने यो सदा
चम्किरहेको सिताराले सबैलाई आकर्षित गर्छ। जसरी दियोमा घिउ राखेपछि त्यो एकरस जल्छ।
यस्तै सम्पूर्ण अटेन्सन दिनु अर्थात् बाबाका सर्वगुण वा शक्तिहरूलाई स्वयंमा धारण
गर्नु। यसै अटेन्सनले आकर्षणमूर्त बन्छौ।
स्लोगन:–
बेहदको
वैराग्यवृत्तिद्वारा साधनाको बीजलाई प्रत्यक्ष गर।
अव्यक्त इसारा:– स्वयं
र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
योगको शक्ति जम्मा
गर्नको लागि कर्म र योगको सन्तुलन अझै बढाऊ। कर्म गर्दा योगको पावरफुल स्टेज होस्–
यसको अभ्यास बढाऊ। जसरी सेवाको लागि नयाँ आविष्कार गर्छौ त्यसरी नै यी विशेष
अनुभवहरूको अभ्यासको लागि समय निकाल र नवीनता ल्याएर सबैको अगाडि उदाहरण बन।