19.10.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– अब
विदेही बन्ने अभ्यास गर , आफ्नो यो विनाशी देहसँगको मोह त्यागेर एक शिवबाबासँग
प्रीत जोड।”
प्रश्न:–
यस बेहदको
पुरानो दुनियाँबाट जसलाई वैराग्य आइसकेको छ, उनीहरूको निसानी के हुन्छ?
उत्तर:–
उनीहरूले यी
आँखाले जे जति देख्छन्– त्यो देख्दादेख्दै पनि मानौँ देख्दैनन्। उनीहरूको बुद्धिमा
यो हुन्छ– यो सबै खतम हुनु छ। यी सबै मरेका छन्। हामी त शान्तिधाम, सुखधाममा जानु
छ। उनीहरूको ममत्व मेटिँदै जान्छ। योगमा रहेर कसैसँग कुरा गरे भने उनीहरूलाई पनि
आकर्षण हुन्छ। ज्ञानको नसा चढेको हुन्छ।
गीत:–
ओम् नमः शिवाय...
ओम् शान्ति ।
बाबा
भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले शिवबाबालाई चिनेका छौ। फेरि यो गीत गाउनु त
मानौँ भक्तिमार्गको कुरा हुन्छ। भक्तिमार्गका मानिसहरूले शिवाय नमः पनि भन्छन्,
मातापिता पनि भन्छन्, तर उहाँलाई चिन्दैनन्। शिवबाबाबाट स्वर्गको वर्सा मिल्नुपर्छ।
तिमी बच्चाहरूलाई त बाबा मिल्नुभएको छ, उहाँबाट वर्सा मिलिरहेको छ, त्यसैले बाबालाई
याद गर्छौ। तिमीलाई शिवबाबा मिल्नुभएको छ, दुनियाँलाई मिल्नुभएको छैन। जसलाई
मिल्नुभएको छ, उनीहरू पनि राम्रोसँग चल्न सक्दैनन्। बाबाका निर्देशनहरू धेरै मीठा
छन्– आत्म अभिमानी भव, देहीअभिमानी भव। बाबाले कुरा नै आत्माहरूसँग गर्नुहुन्छ।
देहीअभिमानी बाबाले देहीअभिमानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। उहाँ त एक मात्र
हुनुहुन्छ। उहाँ त मधुबनमा तिमी बच्चाहरूको साथमा बस्नुभएको छ। तिमी बच्चाहरूलाई
थाहा छ, अवश्य बाबा नै पढाउन आउनुभएको छ। यो पढाइ शिवबाबा बाहेक अरू कसैले पढाउन
सक्दैन। न ब्रह्मा, न विष्णुले। बाबा नै आएर पतितहरूलाई पावन बनाउनुहुन्छ, अमरकथा
सुनाउनुहुन्छ। त्यो पनि यहाँ नै सुनाउनुहुन्छ नि! अमरनाथमा त सुनाउनुहुन्न नि! यही
अमरकथा सत्य नारायणको कथा हो। बाबा भन्नुहुन्छ– मैले यो कथा तिमीलाई सुनाउन त यहाँ
नै सुनाउँछु। बाँकी यी सबै भक्तिमार्गका ठक्कर हुन्। सबैको सद्गतिदाता राम एक
निराकार नै हुनुहुन्छ। उहाँ नै पतितपावन, ज्ञानको सागर, शान्तिको सागर हुनुहुन्छ।
उहाँ विनाशको समय भएपछि मात्र आउनुहुन्छ। सारा जगत्को गुरु त एक परमपिता परमात्मा
नै हुन सक्नुहुन्छ। उहाँ निराकार हुनुहुन्छ नि! देवताहरूलाई पनि मनुष्य भनिन्छ। तर
उनीहरू दैवीगुण भएका मनुष्य हुन्, त्यसैले उनीहरूलाई देवता भनिन्छ।
तिमीलाई अहिले ज्ञान मिलेको छ। ज्ञानमार्गमा अवस्था धेरै मजबुत बनाउनु छ। जति
सकिन्छ बाबालाई याद गर्नु छ। विदेही बन्नु छ। फेरि देहसँग नै मोह किन राख्ने! बाबा
तिमीलाई भन्नुहुन्छ– शिवबाबालाई याद गर त्यसपछि यिनीकहाँ आऊ। मानिसहरूले त सम्झन्छन्,
यिनीहरू दादालाई भेट्न जान्छन्। यो त तिमीलाई थाहा छ, शिवबाबालाई याद गरेर हामीले
उहाँलाई भेट्छौँ। त्यहाँ त निराकारी आत्मा, बिन्दुहरू नै हुन्छन्। बिन्दुसँग त
भेट्न सकिँदैन। त्यसोभए शिवबाबासँग कसरी भेट्ने, त्यसैले यहाँ सम्झाइन्छ– हे
आत्माहरू! आफूलाई आत्मा सम्झेर बुद्धिमा यो राख– हामीले शिवबाबालाई भेट्छौँ। यो त
धेरै गुह्य रहस्य हो नि! कतिलाई शिवबाबाको याद हुँदैन। बाबा सम्झाउनुहुन्छ– सदैव
शिवबाबालाई याद गर। शिवबाबा तिमीलाई भेट्न आउनुहुन्छ। बस्, उहाँ तिम्रै बन्नुभएको
छ। शिवबाबा यिनमा आएर ज्ञान सुनाउनुहुन्छ। उहाँ पनि निराकार आत्मा हुनुहुन्छ, तिमी
पनि आत्मा हौ। एक बाबा मात्रै हुनुहुन्छ जसले तिमी बच्चाहरूलाई भन्नुहुन्छ– म एकलाई
याद गर। त्यो त बुद्धिले याद गर्नु छ। हामी बाबाको समीप आएका छौँ। बाबा यस पतित
शरीरमा आउनुभएको छ। हामी सामुन्ने आएपछि नै निश्चय गर्छौँ– शिवबाबा, हामी हजुरका
बनेका छौँ। मुरलीहरूमा पनि यही सुन्छौ– म एकलाई याद गरेमा तिम्रा विकर्म विनाश
हुन्छन्।
तिमीलाई थाहा छ, उहाँ नै पतितपावन बाबा हुनुहुन्छ। उहाँ सच्चा सद्गुरु हुनुहुन्छ।
अहिले तिमी पाण्डवहरूको परमपिता परमात्मासँग प्रीत बुद्धि छ। बाँकी सबैको त कसै न
कसैसँग विपरीत बुद्धि छ। जो शिवबाबाका बन्छन्, उनीहरूलाई त धेरै जोडले खुसीको पारा
चढेको हुनुपर्छ। जति समय नजिक आउँछ, त्यति खुसी हुन्छ। अब हाम्रा ८४ जन्म पूरा भए।
अब यो अन्तिम जन्म हो। हामी आफ्नो घर जान्छौँ। यो सिँढी त धेरै राम्रो छ, यसमा
ज्ञान स्पष्ट छ। बच्चाहरूले सारा दिन बुद्धि चलाउनुपर्छ। चित्र बनाउनेहरूले त धेरै
विचार सागर मन्थन गर्नु छ, जो प्रमुख छन्, उनीहरूको विचार चल्नुपर्छ। तिमीले त
चुनौती दिन्छौ– सत्ययुगी श्रेष्ठाचारी दैवी राज्यमा ९ लाख आत्माहरू हुन्छन्। कसैले
भन्ला, यसको के प्रमाण छ? भन, यो त समझको कुरा हो नि! सत्ययुगमा वृक्ष सानो नै
हुन्छ। धर्म पनि एउटै हुन्छ भने अवश्य मानिसहरू पनि थोरै हुन्छन्। सिँढीमा सम्पूर्ण
ज्ञान आउँछ। जस्तै यो कुम्भकर्णको चित्र छ। यो यस्तो बनाउनुपर्छ– बी.के. ले ज्ञान
अमृत पिलाउँछन्, उनीहरूले विष (विकार) माग्छन्। बाबाले मुरलीमा सबै निर्देशन
दिइरहनुहुन्छ। हरेक चित्रको ज्ञान धेरै राम्रो छ। लक्ष्मीनारायणको चित्रमा भन– यो
भारतवर्ष स्वर्ग थियो, एउटै धर्म थियो भने कति मानिस होलान्। अहिले त्यो वृक्ष कति
ठुलो भएको छ। अब विनाश हुनु छ। पुरानो सृष्टिलाई परिवर्तन गर्नेवाला एक बाबा मात्र
हुनुहुन्छ। ४-५ वटा चित्र मुख्य छन्– जसबाट कसैलाई एकैपटकमा तीर लाग्न सक्छ। ड्रामा
अनुसार दिनप्रतिदिन ज्ञानका पोइन्ट गुह्य हुँदै जान्छन्। त्यसैले चित्रहरूमा पनि
परिवर्तन हुन्छ। तिमी बच्चाहरूको बुद्धिमा पनि परिवर्तन हुन्छ। पहिला कहाँ शिवबाबा
बिन्दु हुनुहुन्छ भनेर जान्दथ्यौ र! पहिला यसरी किन नबताएको भनेर कहाँ भनिन्छ र!
बाबा भन्नुहुन्छ– सबै कुरा पहिला नै कहाँ सम्झाइन्छ र! बाबा ज्ञानको सागर हुनुहुन्छ,
त्यसैले ज्ञान दिइरहनुहुन्छ। सुधार भइरहन्छ। पहिलादेखि नै कहाँ बताउनुहुन्छ र! नत्र
त बनावटी हुन्छ। अचानक कुनै दुर्घटना आदि भइरहन्छन्, अनि भन्छन् ड्रामा। यस्तो होइन–
यो हुनुहुँदैनथ्यो। मम्मा त अन्त्यसम्म रहनुपर्ने थियो, फेरि मम्मा किन गइन्।
ड्रामामा जे भयो त्यही सही हो। बाबाले पनि जे भन्नुभयो त्यो ड्रामा अनुसार भन्नुभयो।
ड्रामामा मेरो पार्ट यस्तै छ। बाबाले पनि ड्रामामा छोडिदिनुहुन्छ। मानिसहरूले भन्छन्
ईश्वरको भावी। ईश्वर भन्नुहुन्छ ड्रामाको भावी। ड्रामामा थियो, यो ईश्वरले भन्नुभयो
वा यिनले भने। कुनै उल्टो काम भयो भने ड्रामामा थियो, फेरि सुल्टो हुन्छ। चढ्तीकला
अवश्य हुन्छ। उकालोमा जाँदा कहिलेकाहीँ डगमगाउँछन्। यी सबै मायाका तुफान हुन्। माया
रहेसम्म विकल्प अवश्य आउँछन्। सत्ययुगमा माया नै हुँदैन, त्यसैले विकल्पको कुरै
हुँदैन। सत्ययुगमा कहिल्यै कर्म विकर्म हुँदैन। बाँकी थोरै दिन छन्, यसैमा खुसी
हुन्छ। यो हाम्रो अन्तिम जन्म हो। अब अमरलोकमा जानको लागि शिवबाबाबाट अमरकथा सुन्छौँ।
यी कुरा तिमीले नै बुझ्छौ। उनीहरू कहाँ कहाँ अमरनाथमा गएर ठक्कर खाइरहन्छन्।
पार्वतीलाई कसले कथा सुनाउनुभयो, यो बुझ्दैनन्। त्यहाँ त शिवको चित्र देखाउँछन्।
त्यसोभए शिव केमा बस्नुभयो? शिव र शङ्कर देखाउँछन्। के शिवले शङ्करमा बसेर कथा
सुनाउनुभयो? केही पनि बुझ्दैनन्, भक्तिमार्गका मानिसहरू अहिलेसम्म तीर्थ गर्न
गइरहन्छन्। कथा पनि वास्तवमा ठुलो हुँदैन। मूल कुरा हो मनमनाभव। बस्, बीजलाई याद गर।
ड्रामाको चक्रलाई याद गर। जुन ज्ञान बाबासँग छ, त्यो ज्ञान हाम्रो आत्मामा पनि छ।
उहाँ पनि ज्ञान सागर, हामी आत्मा पनि मास्टर ज्ञान सागर बन्छौँ। नसा चढ्नुपर्छ नि!
उहाँले हामी भाइहरू (आत्माहरू) लाई सुनाउनुहुन्छ। सुनाउन त शरीरद्वारा नै
सुनाउनुहुन्छ। यसमा संशय ल्याउनुहुँदैन। बाबालाई याद गर्दा गर्दा सारा ज्ञान
बुद्धिमा आउँछ। बाबाको यादले नै विकर्म विनाश हुन्छन्, ममत्व मेटिँदै जान्छ। कसैको
नाम मात्रको प्यार हुन्छ। हाम्रो पनि यस्तै हो। अब त हामी सुखधाम जान्छौँ। यहाँ त
मानौँ सबै मरेका छन्, यिनीहरूसँग किन दिल लगाउने! हामी शान्तिधाम गएर फेरि सुखधाममा
आएर राज्य गर्छौँ। यसलाई भनिन्छ पुरानो दुनियाँबाट वैराग्य। बाबा भन्नुहुन्छ– यी
आँखाले जे जति देख्छौ, ती सबै खतम हुनेवाला छन्। विनाशपछि स्वर्ग देख्नेछौ। अब तिमी
बच्चाहरू धेरै मीठो बन्नुपर्छ। योगमा रहेर कुनै कुरा गरेमा उनीहरूलाई धेरै आकर्षण
हुन्छ। यो ज्ञान यस्तो छ, जसबाट बाँकी सबै कुरा भुलिन्छ। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ।
रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई
गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) ज्ञानमार्गमा आफ्नो अवस्था धेरै मजबुत बनाउनु छ। विदेही बन्नु छ। एक बाबासँग नै
सच्चा प्रीत राख्नु छ।
२) ड्रामाको भावीमा
अडोल रहनु छ। ड्रामामा जे भयो त्यो सही हो। कहिल्यै विचलित हुनुहुँदैन, कुनै पनि
कुरामा संशय ल्याउनुहुँदैन।
वरदान:–
कमजोरीहरूलाई
पूर्णविराम लगाएर आफ्नो सम्पन्न स्वरूप प्रख्यात बनाउने साक्षात्कारमूर्त भव
विश्वले तिम्रो कल्प
पहिलाको सम्पन्नस्वरूप, पूज्यस्वरूपको स्मरण गरिरहेको छ, त्यसैले अब आफ्नो
सम्पन्नस्वरूपलाई यथार्थमा प्रख्यात बनाऊ। बितेका कमजोरीहरूलाई पूर्णविराम लगाऊ,
दृढ सङ्कल्पद्वारा पुराना संस्कार-स्वभावलाई समाप्त गर, अरूको कमजोरीको नक्कल नगर,
अवगुण धारण गर्ने बुद्धि नाश गर, दिव्यगुण धारण गर्ने सतोप्रधान बुद्धि धारण गर अनि
साक्षात्कारमूर्त बन्छौ।
स्लोगन:–
आफ्ना अनादि र
आदि गुणहरू स्मृतिमा राखेर तिनलाई स्वरूपमा ल्याऊ।
मातेश्वरीजीका अनमोल
महावाक्य:–
निराकार परमात्माको
लागि रिजर्भ गरिएको तन ब्रह्मा तन हो
यो त तिमीलाई पूरा
निश्चय छ, परमात्माले आफ्नो साकार ब्रह्मा तनद्वारा आएर पढाइरहनुभएको छ, यस पोइन्टमा
धेरै जिज्ञासुहरूले प्रश्न सोध्छन्– अमृतवेलाको समयमा निराकार परमात्मा आफ्नो साकार
तनमा प्रवेश हुँदा त्यतिबेला शरीरमा के परिवर्तन हुन्छ? उनीहरूले सोध्छन्– के तिमी
बसेर त्यतिबेला उहाँ परमात्मालाई कसरी आउनुहुन्छ भन्ने देख्छौ? अब यसमा सम्झाइन्छ–
परमात्मा प्रवेश हुने बेलामा यस्तो होइन– त्यस शरीरको कुनै नयन, अनुहार परिवर्तन
हुन्छ, होइन। तर हामी ध्यानमा गइसकेपछि नयन, चेहरा परिवर्तन हुन्छ तर यी साकार
ब्रह्माको पार्ट नै गुप्त छ। परमात्मा यिनको तनमा आएको कसैलाई पनि थाहा हुँदैन,
उहाँको यो तन रिजर्भ गरिएको छ, त्यसैले बाबा यस तनमा सेकेन्डमा आउनुहुन्छ, सेकेन्डमा
जानुहुन्छ, अब यो रहस्यलाई बुझ्नु छ। बाँकी यस्तो होइन, कुनै पोइन्ट समझमा आएन भने
यस पढाइको कोर्स छोडिदिनु छ। पढाइ त दिनप्रतिदिन गहन र स्पष्ट हुँदै जान्छ। सारा
कोर्स पूर्ण रूपले त पढ्न सक्दैनौ नि, त्यसैगरी तिमीलाई सम्झाइन्छ। अनि जति पनि
धर्मपिताहरू आउँछन्, उनीहरूमा पनि आआफ्नो पवित्र आत्मा आएर आफ्नो पार्ट खेल्छ, फेरि
ती आत्माहरू सुखदुःखको खेलमा आउनु पर्छ, उनीहरू फर्केर जाँदैनन् तर निराकार परमपिता
परमात्मा आउनुहुन्छ अनि उहाँ सुखदुःखबाट न्यारा हुनुहुन्छ, त्यसैले उहाँ केवल आफ्नो
पार्ट खेलेर फेरि जानुहुन्छ।यही पोइन्ट हामीले बुद्धिले बुझ्नु छ।
आत्मा र परमात्मामा
गुण र शक्तिको भिन्नता
आत्मा र परमात्माको
अन्तर (भेद) यसमा सम्झाइन्छ– आत्मा र परमात्माको रूप एउटै ज्योति रूपजस्तो हुन्छ।
आत्मा र परमात्माको आत्माको आकार एकै प्रकारको छ, बाँकी आत्मा र परमात्मामा केवल
गुणहरूको तागतमा भिन्नता अवश्य छ। अब यी जति पनि गुण छन्, त्यो सारा महिमा
परमात्माको हो। परमात्मा दुःखसुखबाट न्यारा हुनुहुन्छ, सर्वशक्तिमान् हुनुहुन्छ,
उहाँकै शक्तिले सारा काम गरिरहेको छ। बाँकी मनुष्य आत्माको कुनै शक्तिले चल्न
सक्दैन। सारा पार्ट परमात्माकै चल्छ, आउन त परमात्मा पार्टमा पनि आउनुहुन्छ, तैपनि
स्वयं न्यारा रहनुहुन्छ। तर आत्मा पार्टमा आउँदा पनि पार्टधारीको रूपमा आउँछ,
परमात्मा पार्टमा आउँदा पनि कर्मबन्धनबाट न्यारा हुनुहुन्छ। आत्मा पार्टमा आउँदा पनि
कर्मबन्धनको वश हुन्छ, यो हो आत्मा र परमात्मामा अन्तर, भेद। अच्छा। ओम् शान्ति।
अव्यक्त इसारा:–
परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर
कसैले गाली नै गरे पनि,
झुटो आरोप नै लगाए पनि तिमीलाई क्रोध आउनुहुँदैन। अपकारीमाथि उपकार गर्नु, यही तिमी
ब्राह्मणहरूको कर्म हो। उसले गाली गर्छ, तिमीले अङ्कमाल गर, यही हो कमाल। यसलाई
भनिन्छ परिवर्तन। अङ्कमाल गर्नेलाई अङ्कमाल गर्नु, यो कुनै ठुलो कुरा होइन तर निन्दा
गर्नेलाई मनबाट सच्चा मित्र मान, अनि भनिन्छ उपकार गर्ने व्यक्ति।