20.01.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– ज्ञानको धारणाको साथसाथै सत्ययुगी राज्य - भाग्यको लागि याद र पवित्रताको बल पनि जम्मा गर।”

प्रश्न:–
अहिले तिमी बच्चाहरूको पुरुषार्थको लक्ष्य के हुनुपर्छ?

उत्तर:–
सदा खुसीमा रहने, धेरै मीठो बन्ने, सबैलाई प्रेमले चलाउने... यही तिम्रो पुरुषार्थको लक्ष्य हनु छ। यसैबाट तिमी सर्व गुण सम्पन्न १६ कला सम्पूर्ण बन्छौ।

प्रश्न:–
जसको कर्म श्रेष्ठ छ, उनको निसानी के हुन्छ?

उत्तर:–
उनीहरूद्वारा कसैलाई पनि दु:ख पुग्दैन। जसरी बाबा दु:खहर्ता सुखकर्ता हुनुहुन्छ, त्यसैगरी श्रेष्ठ कर्म गर्नेहरू पनि दु:खहर्ता सुखकर्ता हुन्छन्।

गीत:–
छोड भी दे आकाश सिंहासन...।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। यो मीठा-प्यारा रुहानी बच्चाहरू कसले भन्नुभयो? दुवै बाबाले भन्नुभयो। निराकारले पनि भन्नुभयो भने साकारले पनि भने। त्यसैले यिनलाई भनिन्छ बापदादा। दादा हुन् साकारी। तर यो गीत त भक्तिमार्गको हो। बच्चाहरूले जानेका छौ– बाबा आउनु भएको छ। बाबाले सारा सृष्टि चक्रको ज्ञान बुद्धिमा बसाउनु भएको छ। तिमी बच्चाहरूको पनि बुद्धिमा छ– हामीले ८४ जन्म पूरा गर्यौं, अब नाटक पूरा हुँदैछ। अब हामी पावन बन्नु छ, योग वा यादबाट। याद र ज्ञान, यो त हर कुरामा चल्छ। कानुनका विद्यार्थीले अवश्य वकिललाई याद गर्छन् र उसबाट ज्ञान लिन्छन्। यसलाई पनि योग र ज्ञानको बल भनिन्छ। यहाँ त छ नयाँ कुरा। त्यस योग र ज्ञानबाट हदको बल मिल्छ। यहाँ यस योग र ज्ञानबाट बेहदको बल मिल्छ किनकि बाबा सर्वशक्तिमान् अधिकारी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म ज्ञानको सागर पनि हुँ। तिमी बच्चाहरूले अब सृष्टि चक्रलाई जानिसकेका छौ। मूलवतन, सूक्ष्मवतन.... सबै याद छ। जुन ज्ञान बाबामा छ, त्यो पनि मिलेको छ। त्यसैले ज्ञानलाई पनि धारण गर्नुपर्छ र राज्यभाग्यको लागि बाबाले बच्चाहरूलाई योग र पवित्रता पनि सिकाउनु हुन्छ। तिमी पवित्र पनि बन्छौ। बाबाबाट राज्यभाग्य पनि लिन्छौ। बाबाले आफूभन्दा पनि ठुलो पद दिनुहुन्छ। तिमीले ८४ जन्म लिँदा लिँदा पद नै गुमाउँछौ। यो ज्ञान तिमी बच्चाहरूलाई अहिले मिल्छ। उच्चभन्दा उच्च बन्ने ज्ञान उच्चभन्दा उच्च बाबाद्वारा मिल्छ। बच्चाहरूलाई थाहा छ– अहिले हामी बापदादाको घरमा जस्तै बसेका छौं। यी दादा (ब्रह्मा) माता पनि हुन्। उहाँ बाबा त अलग हुनुहुन्छ, बाँकी यी माता पनि हुन्। तर यो पुरुषको चोला हुनाले फेरि माता नियुक्त गरिन्छ, यिनलाई पनि एडप्ट गरिन्छ। उनीबाट फेरि रचना भएको छ। रचना पनि हो एडप्टेड। बाबाले बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ, वर्सा दिनको लागि। ब्रह्मालाई पनि एडप्ट गरिएको हो। प्रवेश गर्नु वा एडप्ट गर्नु कुरा एउटै हो। बच्चाहरूले बुझ्छौ र बुझाउँछौ पनि, नम्बरवार पुरुषार्थ अनुसार सबैलाई यही सम्झाउनु छ– हामीले आफ्ना परमपिता परमात्माको श्रीमतमा यस विश्वलाई फेरि सर्वश्रेष्ठ बनाउँछौं, त्यसैले स्वयं पनि बन्नुपर्छ। आफूलाई हेर्नु छ– हामी श्रेष्ठ बनेका छौं? कुनै भ्रष्टाचारी काम गरेर कसैलाई दु:ख त दिँदैनौं? बाबा भन्नुहुन्छ– म त आएको छु बच्चाहरूलाई सुखी बनाउन, त्यसैले तिमीले पनि सबैलाई सुख दिनु छ। बाबाले कहिल्यै पनि कसैलाई दु:ख दिन सक्नुहुन्न। उहाँको नाम नै हो दु:खहर्ता सुखकर्ता। बच्चाहरूले आफ्नो जाँच गर्नुपर्छ– मनसा, वाचा, कर्मणा हामीले कसैलाई दु:ख त दिएनौं? शिवबाबाले कहिल्यै कसैलाई दु:ख दिनुहुन्न। बाबा भन्नुहुन्छ– मैले कल्प कल्प तिमी बच्चाहरूलाई यो बेहदको कहानी सुनाउँछु। अब तिम्रो बुद्धिमा छ– हामी आफ्नो घरमा जान्छौं फेरि नयाँ दुनियाँमा आउने छौं। अहिलेको पढाइ अनुसार अन्त्यमा तिमी ट्रान्सफर हुन्छौ। फर्केर घरमा गएर फेरि नम्बरवार पार्ट खेल्न आउने छौ। अहिले यो राजधानी स्थापना भइरहेको छ।

बच्चाहरूले जानेका छौ– अहिले जुन पुरुषार्थ गर्छौ त्यही तिम्रो पुरुषार्थ कल्प कल्पको लागि सिद्ध हुन्छ। पहिला सुरुमा त सबैको बुद्धिमा बसाउनु छ– रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान बाबा बाहेक अरू कसैले पनि जानेका छैनन्। उच्चभन्दा उच्च बाबाको नाम नै गुम गरिदिएका छन्। त्रिमूर्ति नाम त छ, त्रिमूर्ति मार्ग पनि छ, त्रिमूर्ति हाउस पनि छ। त्रिमूर्ति भनिन्छ– ब्रह्मा-विष्णु-शङ्करलाई। यी तीनैका रचयिता शिवबाबा हुनुहुन्छ, उहाँ मुख्यको नाम नै गुम गरिदिएका छन्। अहिले तिमी बच्चाहरूले जानेका छौ– उच्चभन्दा उच्च हुनुहुन्छ शिवबाबा, फेरि छन् त्रिमूर्ति। बाबाबाट हामी बच्चाहरूले यो वर्सा लिन्छौं। बाबाको ज्ञान र वर्सा, यो दुवै स्मृतिमा रह्यो भने सदा हर्षित रहन्छौ। बाबाको यादमा रहेर तिमीले कसैलाई पनि ज्ञानको तीर लगायौ भने राम्रो असर पर्छ। उसमा शक्ति भरिँदै जान्छ। यादको यात्राबाट नै शक्ति मिल्छ। अहिले शक्ति गुमेको छ किनकि आत्मा पतित तमोप्रधान भइसकेको छ। हामी तमोप्रधानबाट सतोप्रधान बनौं– अब मुख्य सोच यही राख्नु छ। मनमनाभवको अर्थ पनि यही हो। गीता पढनेहरूसँग सोध्नुपर्छ– मनमनाभवको अर्थ के हो? यो कसले भन्नुभएको हो– मलाई याद गर्यौ भने वर्सा मिल्छ? नयाँ दुनियाँ स्थापना गर्ने कुनै श्रीकृष्ण त होइनन्। उनी त राजकुमार हुन्। यो त गायन छ ब्रह्माद्वारा स्थापना। तर गर्नेगराउनेवाला को हुनुहुन्छ? यो भुलिसकेका छन्। उहाँको लागि सर्वव्यापी भन्छन्। भन्छन्– ब्रह्मा-विष्णु-शङ्कर आदि सबैमा उहाँ नै हुनुहुन्छ। अब यसलाई भनिन्छ अज्ञान। बाबा भन्नुहुन्छ– तिमीलाई ५ विकाररूपी रावणले कति बेसमझ बनाएको छ। तिमीलाई थाहा छ– अवश्य हामी पनि पहिला यस्तै थियौं। हो, पहिला उत्तमभन्दा उत्तम पनि हामी नै थियौं। फेरि तल गिरेर महान् पतित बन्यौं। शास्त्रमा देखाइएको छ–भगवान रामले बाँदरको सेना लिनुभयो, यो पनि ठीक छ। तिमीलाई थाहा छ– हामी अवश्य बाँदर जस्तै थियौं। अहिले महसुस हुन्छ यो हो नै भ्रष्टाचारी दुनियाँ। एक अर्कालाई गाली गरेर दु:ख दिइरहन्छन्। यो हो काँडाको जङ्गल। त्यो हो फूलको बगैँचा। जङ्गल धेरै ठुलो हुन्छ। बगैँचा धेरै सानो हुन्छ। बगैँचा ठुलो हुँदैन। बच्चाहरूले जान्दछौ– अवश्य यस समयमा यो धेरै ठुलो काँडाको जङ्गल हो। सत्ययुगमा फूलको बगैँचा कति सानो हुन्छ। यो कुरा तिमी बच्चाहरूमा पनि नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। कसैमा ज्ञान र योग छैन, सेवामा तत्पर छैनन् भने फेरि तिनको मनमा त्यति खुसी पनि हुँदैन। दान गर्नाले मनुष्यलाई खुसी हुन्छ। सम्झन्छन्– यसले पूर्व जन्ममा दानपुण्य गरेको थियो त्यसैले राम्रो जन्म मिलेको हो। कोही भक्त हुन्छन्, सम्झन्छन्– हामी भक्तले असल भक्तको घरमा गएर जन्म लिन्छौं। राम्रो कर्मको फल पनि राम्रो मिल्छ। बाबा बसेर बच्चाहरूलाई कर्म-अकर्म-विकर्मको गति सम्झाउनु हुन्छ। दुनियाँले यी कुरालाई जानेका छैनन्। तिमीलाई थाहा छ– अहिले यो रावण राज्य भएको हुनाले मनुष्यहरूको कर्म सबै विकर्म बन्छ। पतित त बन्नु नै छ। सबैमा ५ विकार प्रवेश भएका छन्। हुन त दानपुण्य आदि गर्छन्, त्यसको फल अल्पकालको लागि मिल्छ। फेरि पनि पाप त गर्छन् नै। रावण राज्यमा जति पनि लेनदेन हुन्छ, त्यो हुन्छ नै पापको। देवताहरूको अगाडि कति स्वच्छताले भोग लगाउँछन्। स्वच्छ बनेर आउँछन् तर केही पनि जानेका हुँदैनन्। बेहदका बाबालाई पनि कति ग्लानि गरिएको छ। उनीहरूले सम्झन्छन् यो त हामीले महिमा गर्छौं– ईश्वर सर्वव्यापी हुनुहुन्छ, सर्वशक्तिमान् हुनुहुन्छ, तर बाबा भन्नुहुन्छ– यो यिनीहरूको उल्टो मत हो।

तिमीले सबैभन्दा पहिला बाबाको महिमा सुनाउँछौ– उच्चभन्दा उच्च भगवान एक हुनुहुन्छ, हामीले उहाँलाई नै याद गर्छौं। राजयोगको लक्ष्य-उद्देश्य पनि सामुन्ने खडा छ। यो राजयोग बाबाले नै सिकाउनु हुन्छ। श्रीकृष्णलाई बाबा भनिँदैन, उनी त बच्चा हुन्, शिवलाई बाबा भनिन्छ। उहाँको आफ्नो देह छैन। यो यिनको देह मैले लोनमा लिन्छु, त्यसैले यिनलाई बापदादा भन्छन्। उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च निराकार बाबा। रचनालाई रचनाबाट वर्सा मिल्न सक्दैन। लौकिक सम्बन्धमा बच्चाहरूलाई बाबाबाट वर्सा मिल्छ। बच्चीलाई त मिल्न सक्दैन।

अहिले बाबाले सम्झाउनु भएको छ– तिमी आत्माहरू मेरा सन्तान हौ। प्रजापिता ब्रह्माका बच्चा-बच्चीहरू हौ। ब्रह्माबाट वर्सा मिल्दैन। बाबाका बनेपछि नै वर्सा मिल्नसक्छ। उहाँ बाबाले तिमी बच्चाहरूको सम्मुख बसेर सम्झाउनु हुन्छ। यसको कुनै शास्त्र बन्न सक्दैन। हुन त तिमीले लेख्छौ, साहित्य छपाउँछौ फेरि पनि टिचर सिवाय अरू कसैले पनि त सम्झाउन सक्दैन। टिचर विना किताबबाट कसैले बुझ्न सक्दैनन्, अब तिमी हौ रुहानी टिचर। बाबा हुनुहुन्छ बीजरूप, उहाँसँग सारा वृक्षको आदि-मध्य-अन्त्यको ज्ञान छ। टिचरका रूपमा बसेर तिमीलाई सम्झाउनु हुन्छ। तिमी बच्चाहरूलाई त सदा खुसी हुनुपर्छ– हामीलाई सुप्रिम बाबाले आफ्नो बच्चा बनाउनु भएको छ, उहाँले हामीलाई टिचर बनेर पढाउनु हुन्छ। बाबा सच्चा सद्गुरु पनि हुनुहुन्छ, साथमा लिएर पनि जानुहुन्छ। सर्वका सद्गतिदाता एक हुनुहुन्छ। सबैभन्दा उच्च बाबा नै हुनुहुन्छ जसले हामीलाई हर ५ हजार वर्षपछि वर्सा दिनुहुन्छ। उहाँको शिवजयन्ती मनाउँछन्। वास्तवमा शिवको साथमा त्रिमूर्ति पनि हुनुपर्छ। तिमीले त्रिमूर्ति शिवजयन्ती मनाउँछौ। केवल शिवजयन्ती मनाउनाले कुनै कुरा सिद्ध हुँदैन। बाबा आउनुहुन्छ अनि ब्रह्माको जन्म हुन्छ। बच्चा बने, ब्राह्मण बने र लक्ष्य-उद्देश्य सामुन्ने छ। बाबा स्वयं आएर स्थापना गर्नुहुन्छ। लक्ष्य-उद्देश्य पनि बिलकुल स्पष्ट छ, केवल श्रीकृष्णको नाम राख्नाले सारा गीताको महत्त्व गएको हो। यो पनि ड्रामामा निश्चित छ। यो भुल फेरि पनि हुने नै छ। खेल नै सारा ज्ञान र भक्तिको हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सुखधाम शान्तिधामलाई याद गर। अल्फ र बे, कति सरल छ। तिमीले कसैलाई पनि सोध्न सक्छौ– मनमनाभवको अर्थ के हो? त्यसपछि हेर के भन्छन्? भन– भगवान कसलाई भनिन्छ? उच्च भन्दा उच्च भगवान हुनुहुन्छ नि। उहाँलाई सर्वव्यापी कहाँ भनिन्छ र? उहाँ त सबैका पिता हुनुहुन्छ। अब त्रिमूर्ति शिवजयन्ती आउँछ। तिमीले त्रिमूर्ति शिवको चित्र निकाल्नुपर्छ। उच्च भन्दा उच्च हुनुहुन्छ शिव, फेरि सूक्ष्मवतनवासी ब्रह्मा, विष्णु, शङ्कर। उच्च भन्दा उच्च हुनुहुन्छ शिवबाबा। उहाँले विश्वलाई स्वर्ग बनाउनु हुन्छ। तिमीले उहाँको जयन्ती किन मनाउँदैनौ? अवश्य उहाँले विश्वलाई वर्सा दिनुभएको थियो। तिनको राज्य थियो। त्यसैले त तिमीलाई आर्य समाजीहरूले पनि मदत दिन्छन् किनकि उनीहरूले पनि शिवलाई मान्छन्। तिमीले आफ्नो झण्डा फहराऊ। एकातिर त्रिमूर्ति गोला, अर्कातिर कल्पवृक्ष। तिम्रो झण्डा वास्तवमा यो हुनुपर्छ। बन्न त सक्छ नि। झण्डा फहराऊ जुन सबैले देख्छन्। सारा ज्ञान यसमा छ। कल्पवृक्ष र ड्रामा– यिनमा बिलकुल स्पष्ट छ। सबैलाई थाहा हुन्छ हाम्रो धर्म फेरि कहिले हुन्छ। आफैले आआफ्नो हिसाब निकाल्छन्। सबैलाई यस चक्र र वृक्ष बारे सम्झाउनु छ। क्राइस्ट कहिले आए? यति समयसम्म ती सबै आत्माहरू कहाँ रहन्छन्? अवश्य भन्छन्– निराकारी दुनियाँमा हुन्छन्। हामी आत्माहरू रूप परिवर्तन गरेर यहाँ आएर साकार बन्छौं। बाबालाई पनि भनिन्छ नि– हजुर पनि रूप परिवर्तन गरेर साकारमा आउनुहोस्। आउनु हुन्छ त यहीँ नै। सूक्ष्मवतनमा त आउनुहुन्न। जसरी हामीले रूप परिवर्तन गरेर पार्ट खेल्छौं, त्यसैगरी हजुर पनि आउनुहोस् आएर राजयोग सिकाउनुहोस्। राजयोग हो नै विश्वलाई स्वर्ग बनाउने। यी त धेरै सहज कुरा हुन्। बच्चाहरूमा सोख हुनुपर्छ। धारणा गरेर अरूलाई गराउनु पर्छ। त्यसको लागि लेखापढी गर्नुपर्छ। बाबा आएर विश्वलाई स्वर्ग बनाउनु हुन्छ। भनिन्छ पनि, अवश्य क्राइस्ट भन्दा ३ हजार वर्ष पहिला भारतवर्ष स्वर्ग थियो। त्यसैले त्रिमूर्ति शिवको चित्र सबैलाई पठाउनु पर्छ। त्रिमूर्ति शिवको हुलाक टिकट बनाउनु पर्छ। यी हुलाक टिकट बनाउनेहरूको पनि विभाग हुन्छ। दिल्लीमा त धेरै पढेलेखेका छन्। यो काम गर्न सक्छन्। तिम्रो राजधानी पनि दिल्ली नै हुन्छ। पहिला दिल्लीलाई परिस्तान भन्थे। अहिले त कब्रिस्तान छ। त्यसैले यी सबै कुरा बच्चाहरूको बुद्धिमा आउनुपर्छ।

अब तिमीहरू सदा खुसीमा रहनु छ, धेरै मीठो बन्नु छ। सबैलाई प्रेमले चलाउनु पर्छ। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बन्ने पुरुषार्थ गर्नुपर्छ। तिम्रो पुरुषार्थको यही लक्ष्य हो तर अहिलेसम्म कोही पनि बनेका छैनन्। अब तिम्रो चढ्तीकला हुँदै जान्छ। बिस्तारै बिस्तारै चढ्छौ। त्यसैले बाबाले शिवजयन्तीमा हर प्रकारले सेवा गर्ने इसारा दिइरहनु हुन्छ जसबाट मानिसहरूले जान्दछन्– अवश्य यिनीहरूको ज्ञान त श्रेष्ठ छ। मनुष्यहरूलाई सम्झाउन कति मेहनत लाग्छ। मेहनत विना राजधानी कहाँ स्थापना हुन्छ र! चढ्छन्, गिर्छन् फेरि चढ्छन्। बच्चाहरूलाई पनि कुनै न कुनै तुफान त आउँछ। मूल कुरा हो नै यादको। यादबाट नै सतोप्रधान बन्नु छ। ज्ञान त सरल छ। बच्चाहरू धेरै मीठोभन्दा मीठो बन्नु छ। लक्ष्य-उद्देश्य त सामुन्ने खडा छ। यी (लक्ष्मी-नारायण) कति मीठा छन्। यिनीहरूलाई देखेर कति खुसी हुन्छ। हामी विद्यार्थीहरूको यो लक्ष्य-उद्देश्य हो। पढाउनेवाला हुनुहुन्छ भगवान। अच्छा!

मीठे-मीठे सिकीलधे रुहानी बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाबाट प्राप्त ज्ञान र वर्सालाई स्मृतिमा राखेर सदा हर्षित रहनु छ। ज्ञान र योग छ भने सेवामा तत्पर रहनु छ।

२) सुखधाम र शान्तिधामलाई याद गर्नु छ। यी देवताहरू जस्तो मीठो बन्नु छ। अपार खुसीमा रहनु छ। रुहानी टिचर बनेर ज्ञानको दान गर्नु छ।

वरदान:–
देह , सम्बन्ध र वैभवको बन्धनबाट स्वतन्त्र बाबासमान कर्मातीत भव

जो निमित्त मात्र डाइरेक्सन प्रमाण प्रवृत्तिलाई सम्हाल्दै आत्मिक स्वरूपमा रहन्छन्, मोहको कारणले होइन, उनीहरूलाई यदि अहिल्यै अर्डर भयो, ‘आऊ’ भनेर बोलाएमा तुरुन्तै आउनेछन्। बिगुल बज्दा सोच्दैमा समय नजाओस्, तब भनिन्छ नष्टोमोहा। त्यसैले सदैव आफूलाई चेक गर्नु छ, देहको, सम्बन्धको, वैभवको बन्धनले आफूतिर त तान्दैन? जहाँ बन्धन हुन्छ त्यहाँ आकर्षण हुन्छ। तर जो स्वतन्त्र छन् उनीहरू बाबासमान कर्मातीत स्थितिको समीप हुन्छन्।

स्लोगन:–
स्नेह र सहयोगको साथै शक्ति रूप बन्यौ भने राजधानीमा नम्बर अगाडि मिल्नेछ।