20.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बेहदका बाबालाई याद गर्नु– यो गुप्त कुरा हो , यादले याद मिल्छ , जसले याद गर्दैनन् उनीहरूलाई बाबाले पनि कसरी याद गर्नुह ुन्छ ।”

प्रश्न:–
सङ्गममा तिमी बच्चाहरूले कुन पढाइ पढ्छौ, जुन सारा कल्प पढाइँदैन?

उत्तर:–
जीवन छँदै शरीरबाट न्यारा अर्थात् मुर्दा हुने पढाइ अहिले पढ्छौ किनकि तिमी कर्मातीत बन्नुछ। बाँकी शरीरमा रहेसम्म त कर्म गर्नु नै छ। मन पनि शरीर नभएपछि मात्र अमन हुन्छ, त्यसैले मन जिते जगतजित होइन तर माया जिते जगतजित।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ किनकि यो त बच्चाहरूलाई थाहा छ– नबुझेकालाई नै पढाइन्छ। अहिले बेहदका बाबा उच्चभन्दा उच्च भगवान आउनुहुन्छ भने कसलाई पढाउनुहुन्छ होला? अवश्य जुन उच्चभन्दा उच्चले पनि बिलकुल नबुझेका होलान्, त्यसैले भनिन्छ– विनाश काले विपरीत बुद्धि। विपरीत बुद्धि कसरी भएका छन्? ८४ लाख योनि लेखिएको छ नि! त्यसैले बाबालाई पनि ८४ लाख जन्ममा ल्याएका छन्। भनिदिन्छन्– परमात्मा कुकुर, बिरालो, जीवजन्तु सबैमा हुनुहुन्छ। बच्चाहरूलाई सम्झाइन्छ, यसलाई त सेकेन्ड नम्बर प्वाइन्ट दिनुपर्ने हुन्छ। बाबाले सम्झाउनुभएको छ– कोही नयाँ आयो भने सबैभन्दा पहिला उसलाई हद र बेहदका बाबाको परिचय दिनुपर्छ। उहाँ बेहदका ठुलो बाबा र यहाँ हदको सानो बाबा। बेहदका बाबा भन्नु नै बेहद आत्माहरूका पिता। यहाँ हदको बाबा जीव आत्माको पिता हुनुभयो। उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। यो ज्ञान पनि सबैले समान रूपमा धारण गर्न सक्दैनन्। कसैले १ पर्सेन्ट धारण गर्छन् भने कसैले ९५ पर्सेन्ट धारण गर्छन्। यो त बुझाइको कुरा हो। सूर्यवंशी घराना हुन्छ नि! राजारानी तथा प्रजा। यो बुद्धिमा आउँछ नि। प्रजामा सबै प्रकारका मनुष्य हुन्छन्। प्रजा भन्नु नै प्रजा। बाबा सम्झाउनुहुन्छ– यो पढाइ हो। आफ्नो बुद्धि अनुसार हरेकले पढ्छन्। हरेकलाई आआफ्नो पार्ट मिलेको छ। जसले कल्प पहिला जति पढाइ धारण गरेका छन्, त्यति अहिले पनि धारण गर्छन्। पढाइ कहिल्यै लुकेर रहन सक्दैन। पढाइ अनुसार नै पद मिल्छ। बाबाले सम्झाउनुभएको छ– पछि गएर परीक्षा त हुन्छ नै। परीक्षा बिना ट्रान्सफर त हुन सक्दैन। अन्त्यमा सबै थाहा हुने मात्र होइन बरु अहिले पनि जान्न सक्छन्– हामी कुन पदको लायक छौँ। चाहे लाजले गर्दा सबैले सँगै हात उठाइदिन्छन्। दिलैदेखि बुझेका पनि छन् – हामी यो कसरी बन्न सक्छौँ! तैपनि हात उठाइदिन्छन्। बुझ्दाबुझ्दै पनि फेरि हात उठाउनु, यो पनि अज्ञान भनिन्छ। कति अज्ञान छ, बाबाले त तुरुन्तै बुझ्नुहुन्छ। यसभन्दा त ती विद्यार्थीहरूमा अक्कल हुन्छ। उनीहरूले जान्दछन्– हामी छात्रवृत्ति लिन लायक छैनौँ, पास हुन्नौँ। यसभन्दा त ती अज्ञानीहरू राम्रा, जसले बुझ्छन्– टिचरले जे पढाउनुहुन्छ, त्यसमा हामीले कति नम्बर पाउँछौँ! कहाँ यसो भन्छन् र– हामी सम्मानसहित पास हुन्छौँ। त्यसैले सिद्ध हुन्छ– यहाँ यति पनि बुद्धि छैन। देह अभिमान धेरै छ। तिमी आएका छौ यी (लक्ष्मीनारायण) जस्ता बन्न भने तिम्रो चालचलन धेरै राम्रो हुनुपर्छ। बाबा भन्नुहुन्छ– कोही त विनाश काले विपरीत बुद्धि छन् किनकि काइदा अनुसार बाबासँग प्रीत छैन भने के हाल होला। उच्च पद पाउन सक्दैनन्।

बाबा बसेर तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– विनाश काले विपरीत बुद्धिको अर्थ के हो– बच्चाले नै पूरा बुझ्न सक्दैनन् भने फेरि अरूले के बुझ्लान्! जुन बच्चाले बुझ्छन्– हामी शिवबाबाका बच्चा हौँ, उनीहरूले नै पूरा अर्थ बुझ्दैनन्। बाबालाई याद गर्नु– यो त गुप्त कुरा हो। पढाइ त गुप्त छैन नि। पढाइमा नम्बरवार छन्। सबैले समान रूपले कहाँ पढ्छन् र। बाबाले त बुझ्नुहुन्छ– यिनीहरू अहिले बच्चाहरू छन्। यस्ता बेहदका बाबालाई तीन तीन, चार चार महिना पनि याद गर्दैनन्। कसरी थाहा हुन्छ– याद गर्छन्? जुनबेला उनीहरूका चिठी आउँछन्। फेरि त्यो चिठीमा सेवा समाचार पनि होस्– मैले यो यो रुहानी सेवा गरेँ। प्रमाण चाहिन्छ नि। यस्ता त देह अभिमानी हुन्छन्, जसले न त कहिल्यै याद गर्छन्, न सेवाको प्रमाण देखाउँछन्। कसैले त समाचार लेख्छन्– बाबा, फलाना फलाना आए, उनीहरूलाई यो सम्झाएँ, त्यसपछि बाबाले पनि बुझ्नुहुन्छ– बच्चा जीवित छ। सेवा समाचार ठीक दिन्छ। कसैले त ३-४ महिना पनि पत्र लेख्दैनन्। कुनै समाचार छैन भने बुझिन्छ– मरिसकेछ वा बिरामी छ! बिरामी मनुष्यले लेख्न सक्दैन। यो पनि कसैले लेख्छन्– मेरो स्वास्थ्य ठीक थिएन, त्यसैले पत्र लेखिनँ। कसैले त समाचार नै दिँदैनन्, न बिरामी छन्। देह अभिमान हुन्छ। फेरि बाबाले पनि कसलाई याद गर्नुहुन्छ होला। यादबाट याद मिल्छ, तर बच्चाहरूमा देह अभिमान हुन्छ। बाबा आएर सम्झाउनुहुन्छ– मलाई सर्वव्यापी भनेर ८४ लाखभन्दा पनि बढी योनिमा लैजान्छन्। मनुष्यलाई पत्थरबुद्धि भनिन्छ। भगवानको लागि त फेरि भनिदिन्छन्– पत्थरभित्र विराजमान हुनुहुन्छ। यो बेहदको गाली भयो नि! त्यसैले बाबा भन्नुहुन्छ– मेरो कति ग्लानि गर्छन्। अहिले तिमीहरूले त नम्बरवार बुझेका छौ। भक्तिमार्गमा गाउँछन् पनि– हजुर आउनुभयो भने हामी हजुरमा समर्पित हुनेछौँ। हजुरलाई वारिस बनाउनेछौँ। यिनीहरूले वारिस बनाउँछन्, जसले भन्छन्– पत्थर-ढुङ्गामा हुनुहुन्छ! कति ग्लानि गर्छन्, त्यसैले बाबा भन्नुहुन्छ– यदा यदाहि... अहिले तिमी बच्चाहरूले बाबालाई चिन्दछौ, त्यसैले बाबाको कति महिमा गर्छौ। कसैले महिमा त के, कहिल्यै याद गरेर दुई अक्षर लेख्दा पनि लेख्दैनन्। देह अभिमानी बन्छन्। तिमी बच्चाहरूले बुझेका छौ– हामीलाई बाबा मिल्नुभएको छ, हाम्रा बाबाले हामीलाई पढाउनुहुन्छ। भगवानुवाच छ नि! मैले तिमीलाई राजयोग सिकाउँछु। विश्वको राज्य भाग्य कसरी प्राप्त हुन्छ, त्यसको लागि राजयोग सिकाउँछु। हामीले विश्वको बादसाही लिनको लागि बेहदका बाबाबाट पढ्छौँ– यो नसा भयो भने अपार खुसी हुन्छ। पढ्न त गीता पनि पढ्छन् तर मानौँ सामान्य किताब पढ्छन्। तर गीता पढ्ने वा सुनाउनेहरूमा त्यति खुसी हुँदैन, गीता पढेर पूरा गरे त्यसपछि गए कामधन्दामा। अहिले त तिम्रो बुद्धिमा छ– बेहदका बाबाले हामीलाई पढाउनुहुन्छ। अरू कसैको बुद्धिमा यो कुरा आउँदैन– हामीलाई भगवानले पढाउनुहुन्छ। त्यसैले सबैभन्दा पहिला जोसुकै आए भने पनि उनलाई दुई बाबाको सिद्धान्त सम्झाउनुपर्छ। भन– विश्व स्वर्ग थियो नि, अहिले नर्क छ। यस्तो त कसैले भन्न सक्दैन– हामी सत्ययुगमा पनि छौँ, कलियुगमा पनि छौँ। कसैलाई दुःख मिल्यो भने ऊ नर्कमा छ, कसैलाई सुख मिल्यो भने स्वर्गमा छ। यस्तो धेरैले भन्छन्– दुःखी मनुष्य नर्कमा छन्, हामी त धेरै सुखमा बसेका छौँ, धेरै तले महल आदि सबैथोक छ। बाहिरको धेरै सुख देख्छन् नि। यो पनि तिमीले अहिले बुझेका छौ– सत्ययुगी सुख त यहाँ हुन सक्दैन। यस्तो पनि होइन, सत्ययुगलाई कलियुग भन अथवा कलियुगलाई सत्ययुग भन, एउटै कुरा हो। यसरी बुझ्नेलाई पनि अज्ञानी भनिन्छ। त्यसैले पहिला सुरुमा बाबाको सिद्धान्त बताउनुपर्छ। बाबाले नै आफ्नो पहिचान दिनुहुन्छ। अरू त कसैले चिन्दैनन्। भनिदिन्छन्– परमात्मा सर्वव्यापी हुनुहुन्छ। अहिले तिमीले चित्रमा देखाउँछौ– आत्मा र परमात्माको रूप त एउटै छ। उहाँ पनि आत्मा हुनुहुन्छ तर उहाँलाई परम आत्मा भनिन्छ। बाबा बसेर सम्झाउनुहुन्छ– उहाँ कसरी आउनुहुन्छ! सबै आत्माहरू त्यहाँ परमधाममा रहन्छन्। यी कुरा बाहिरकाले त कसैले बुझ्न सक्दैनन्। भाषा पनि धेरै सहज छ। गीतामा श्रीकृष्णको नाम लेखिदिएका छन्। तर श्रीकृष्णले त गीता सुनाउनुहुन्न। उहाँले त सबैलाई भन्न सक्नुहुन्न– म एकलाई याद गर। देहधारीको यादले त पाप काटिँदैन। श्रीकृष्ण भगवानुवाच– देहका सबै सम्बन्ध त्यागेर म एकलाई याद गर, तर देहका सम्बन्ध त श्रीकृष्णका पनि छन् र फेरि उहाँ त सानो बच्चा हुनुहुन्छ नि। यो पनि कति ठुलो भुल हो। एउटा भुलको कारण कति फरक पर्छ। परमात्मा त सर्वव्यापी हुन सक्नुहुन्न। जसको लागि भनिन्छ– सर्वका सदगतिदाता हुनुहुन्छ, त्यसोभए के उहाँ पनि दुर्गतिमा पर्नुहुन्छ! परमात्मा कहिल्यै दुर्गतिमा पर्नुहुन्छ र? यी सबै विचार सागर मन्थन गर्ने कुरा हुन्। समय व्यर्थ गुमाउने कुरा होइन। मनुष्यले त भनिदिन्छन्– हामीलाई फुर्सत छैन। तिमीले सम्झाउँछौ– आएर कोर्स गर, तर भन्छन्– फुर्सत छैन। दुई दिन आउँछन्, फेरि चार दिन आउँदैनन्...। पढ्दैनन् भने यी लक्ष्मीनारायण कसरी बन्न सक्छन्? मायाको कति शक्ति छ। बाबा सम्झाउनुहुन्छ– जुन सेकेन्ड, जुन मिनेट बित्छ, त्यो हुबहु दोहोरिन्छ हुन्छ। अनगिन्ती पटक दोहोरिइरहन्छ। अहिले त बाबाद्वारा सुनिरहेका छौ। बाबा त जन्ममरणमा आउनुहुन्न। तुलना गरिन्छ– पूरा जन्ममरणमा को आउँछ र नआउने को हुनुहुन्छ? केवल एउटै बाबा हुनुहुन्छ जो जन्ममरणमा आउनुहुन्न। बाँकी त सबै आउँछन्, त्यसैले चित्र पनि देखाइएको छ। ब्रह्मा र विष्णु दुवै जन्ममरणमा आउँछन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा पार्टमा आउँदैजाँदै गर्छन्। अन्त्य हुन सक्दैन। यो चित्र फेरि पनि आएर सबैले हेर्छन् र बुझ्छन्। धेरै सहज समझ कुरा हो। बुद्धिमा आउनुपर्छ– हामी नै ब्राह्मण हौँ, फेरि हामी नै क्षत्रिय, वैश्य, शुद्र बन्नेछौँ। फेरि बाबा आउनुहुनेछ त्यसपछि हामी नै ब्राह्मण बन्नेछौँ। यति याद गरेमा पनि स्वदर्शन चक्रधारी ठहरिन्छौ। धेरै छन् जसलाई याद हुँदैन। तिमी ब्राह्मण नै स्वदर्शन चक्रधारी बन्छौ। देवताहरू बन्दैनन्।, चक्र कसरी घुम्छ, यसको ज्ञान पाएर उनीहरू यी देवता बनेका हुन्। वास्तवमा कुनै पनि मनुष्य स्वदर्शन चक्रधारी कहलाउन लायक छैनन्। मनुष्यहरूको सृष्टि मृत्युलोक नै अलग छ। जसरी भारतवर्षका मानिसहरूको रीतिरिवाज अलग छ, सबैको अलग अलग हुन्छ। देवताहरूको रितिरिवाज अलग छ। मृत्युलोकका मनुष्यहरूको रितिरिवाज अलग छ। रातदिनको फरक छ, त्यसैले सबैले भन्छन्– हामी पतित हौँ। हे भगवान्, हामी सबै पतित दुनियाँका मानिसहरूलाई पावन बनाउनुहोस्! तिम्रो बुद्धिमा छ– पावन दुनियाँ आजभन्दा ५ हजार वर्ष पहिला थियो, जसलाई सत्ययुग भनिन्छ। त्रेतालाई भनिँदैन। बाबाले सम्झाउनुभएको छ– त्यो हो पहिलो दर्जा, यो हो दोस्रो दर्जा। त्यसैले एक एक कुरा राम्रोसँग धारण गर्नुपर्छ। जो कोही पनि आओस्, सुनेर आश्चर्य खाओस्। कोहीले त आश्चर्य खान्छन्। तर फेरि उनीहरूलाई फुर्सत हुँदैन, जसले पुरुषार्थ गर्छ। फेरि सुन्छन्– पवित्र अवश्य रहनुछ। यो काम विकार नै हो जसले मनुष्यलाई पतित बनाउँछ, यसलाई जितेमा नै तिमी जगतजित बन्छौ। बाबाले भन्नुभएको पनि छ– काम विकार जितेर जगतजित बन। मनुष्यले फेरि भनिदिन्छन्– मन जितेर जगतजित बन। मनलाई वशमा पार। तर मन अमन त त्यतिबेला हुन्छ जुनबेला शरीर हुँदैन। बाँकी मन अमन त कहिल्यै हुँदैन। देह मिल्छ नै कर्म गर्नको लागि फेरि कर्मातीत अवस्थामा कसरी रहन्छौ? कर्मातीत अवस्था मुर्दालाई भनिन्छ। जीवन छँदै मुर्दा, शरीरबाट न्यारा। तिमीलाई पनि शरीरबाट न्यारा बन्ने पढाइ पढाउनुहुन्छ। शरीरबाट आत्मा अलग छ। आत्मा परमधाम निवासी हो। आत्मा शरीरमा आउँछ त्यसपछि त्यसलाई मनुष्य भनिन्छ। शरीर मिल्छ नै कर्म गर्नको लागि। एक शरीर छुट्छ, फेरि आत्माले अर्को शरीर लिनुपर्छ कर्म गर्नको लागि। कर्म गर्न नपर्ने भएपछि शान्त रहन्छौ कर्म गर्नुपर्दैन। मूलवतनमा कर्म हुँदैन। सृष्टिको चक्र यहाँ घुम्छ। बाबालाई र सृष्टि चक्रलाई जान्नुछ, यसलाई नै ज्ञान भनिन्छ। यी आँखा पतित विकारी भएसम्म यी आँखाले पवित्र चीज देख्न सकिँदैन, त्यसैले ज्ञानको तेस्रो नेत्र चाहिन्छ। तिमी कर्मातीत अवस्थामा पुगेपछि अर्थात् देवता बनेपछि त यी आँखाले देवताहरूलाई देखिरहनेछौ। बाँकी यस शरीरमा यी आँखाले श्रीकृष्णलाई देख्न सक्दैनौ। तर साक्षात्कार गरेमा त्यसबाट केही मिल्ने कहाँ हो र। अल्पकालको लागि खुसी हुन्छ, कामना पूरा हुन्छ। ड्रामामा साक्षात्कारको पनि पहिल्यै निश्चित छ, यसबाट प्राप्ति केही हुँदैन। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) शरीरबाट न्यारा आत्मा हुँ, जीवन छँदै यस शरीरमा रहँदा पनि मानौँ मुर्दा– यस स्थितिको अभ्यासले कर्मातीत अवस्था बनाउनुछ।

२) सेवाको प्रमाण दिनुछ। देहभानलाई छोडेर आफ्नो सच्चा सच्चा समाचार दिनुछ। सम्मानसहित पास हुने पुरुषार्थ गर्नुछ।

वरदान:–
आफ्नो शान्तस्वरूप स ्थिति द्वारा शान्तिक ा किरण फैलाउने मास्टर शान्ति सागर भव

वर्तमान समयमा विश्वका धेरैजसो आत्माहरूलाई सबैभन्दा बढी आवश्यकता छ– सच्चा शान्तिको। अशान्तिका अनेक कारण दिनप्रतिदिन बढिरहेका छन् र बढ्दै जानेछन्। यदि स्वयं अशान्त भएनौ भने पनि अरूको अशान्तिको वायुमण्डल, वातावरणले शान्त अवस्थामा बस्न दिँदैन। अशान्तिको तनावको अनुभव बढ्छ। यस्तो समयमा तिमी मास्टर शान्तिका सागर बच्चाहरूले अशान्तिका सङ्कल्पहरूलाई मर्ज गरेर विशेष शान्तिका भाइब्रेसन फैलाऊ।

स्लोगन:–
बाबाका सर्व गुणहरूको अनुभव गर्नको लागि सदा ज्ञान सूर्यको सम्मुख बसिराख।

अव्यक्त इसारा:– यस अव्यक्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

अब समयको बचत, सङ्कल्पको बचत, शक्तिको बचतको योजना बनाएर बिन्दीरूपको स्थितिलाई बढाऊ। जति बिन्दीरूपको स्थिति हुन्छ, त्यति कुनै पनि आसुरी आत्मा वा आसुरी संस्कारको शक्तिले तिमीहरूमाथि आक्रमण गर्दैन, तिमी पनि त्यसबाट मुक्त रहन्छौ र तिम्रो शक्तिरूपले उनीहरूलाई पनि मुक्त गर्छ।