20.02.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे–
विकारहरूको दान दियौ भने ग्रहण उत्रि न्छ र यो तमोप्रधान दुनियाँ सतोप्रधान बन ्छ ।
”
प्रश्न:–
तिमी बच्चाहरू
कुन कुराबाट कहिल्यै पनि दिक्दार हुनुहुँदैन?
उत्तर:–
तिमी आफ्नो
जीवनबाट कहिल्यै पनि दिक्दार हुनुहुँदैन किनकि यो जीवन हीराजस्तो जन्म भनी गायन
गरिएको छ, यसको सम्हाल पनि गर्नुछ। तन्दुरुस्त भयौ भने ज्ञान सुनिरहन्छौ। यहाँ जति
दिन बाँच्छौ, त्यति कमाइ भइरहन्छ, हिसाबकिताब चुक्ता भइरहन्छ।
गीत:–
ओम् नमो शिवाय....।
ओम् शान्ति ।
आज गुरुबार
हो। तिमी बच्चाहरूले भन्छौ– सद्गुरुबार किनकि बाबा सत्ययुगको स्थापना गर्नेवाला पनि
हुनुहुन्छ, सत्यनारायणको कथा पनि सुनाउनुहुन्छ, प्राक्टिकलमा। नरबाट नारायण
बनाउनुहुन्छ। गायन पनि गरिन्छ– सर्वका सद्गतिदाता। फेरि वृक्षपति पनि हुनुहुन्छ। यो
मनुष्य सृष्टिको वृक्ष हो, जसलाई कल्प वृक्ष भन्छन्। कल्प कल्प अर्थात् ५ हजार
वर्षपछि फेरि हुबहु दोहोरिन्छ। वृक्षको पनि चक्र हुन्छ नि। फूल ६ महिना रहन्छ, फेरि
मालीले त्यसको जरा निकालेर राख्छन्, फेरि लगाए भने फूल उम्रिन्छ।
अब यो त प्यारा
बच्चाहरूले जानेका छौ– बाबाको जयन्ती पनि आधाकल्प मनाउँछन्, आधाकल्प बिर्सिन्छन्।
भक्तिमार्गमा आधाकल्प याद गरिरहन्छन्। बाबाले कहिले आएर फूलको बगैँचा स्थापना
गर्नुहुन्छ? दशाहरू त धेरै हुन्छन् नि। बृहस्पतिको दशा पनि हुन्छ। कला घट्ने दशाहरू
पनि हुन्छन्। यस समयमा भारतखण्डमा राहुको ग्रहण लागेको छ। चन्द्रमालाई पनि ग्रहण
लाग्यो भने पुर्काछन्– दे दान तो छुटे ग्रहण। अहिले बाबाले पनि भन्नुहुन्छ– यी ५
विकारहरूको दान दियौ भने ग्रहण छुट्छ। अहिले सारा सृष्टिमा ग्रहण लागेको छ, ५
तत्त्वहरूमा पनि ग्रहण लागेको छ किनकि तमोप्रधान छन्। हरेक चीज नयाँ फेरि पुरानो
अवश्य हुन्छ। नयाँलाई सतोप्रधान, पुरानोलाई तमोप्रधान भनिन्छ। साना बच्चाहरूलाई पनि
सतोप्रधान महात्मा भन्दा पनि उच्च गनिन्छ किनकि उनीहरूमा ५ विकार हुँदैनन्। भक्ति त
संन्यासीहरूले पनि सानैदेखि गर्छन्। जस्तै रामतीर्थ श्रीकृष्णका पुजारी थिए, फेरि
संन्यास लिए पछि पूजा समाप्त। सृष्टिमा पवित्रता पनि चाहिन्छ नि। भारतखण्ड सबैभन्दा
पहिला पवित्र थियो, जब देवताहरू फेरि वाम मार्गमा जान्छन्, भूकम्प आदिमा फेरि सबै
स्वर्गका सामग्री, सुनका महल आदि खलास हुन्छन्, फेरि सुरुदेखि नयाँ हुन्छ। विनाश
अवश्य हुन्छ। रावण राज्य सुरु भएपछि उपद्रव हुन्छन्। यस समयमा सबै पतित छन्।
सत्ययुगमा देवताहरूले राज्य गर्थे। असुरहरू र देवताहरूको युद्ध देखाउँछन्, तर
देवताहरू त हुन्छन् नै सत्ययुगमा। त्यहाँ लडाइँ कसरी हुनसक्छ? सङ्गममा त देवताहरू
हुँदैनन्। तिम्रो नाम नै छ पाण्डव। पाण्डवहरू र कौरवहरूको पनि लडाइँ हुँदैन। यी सबै
हुन् गफ। कति ठुलो वृक्ष छ। कति अथाह पातहरू छन्, त्यसको हिसाब कहाँ कसैले निकाल्न
सक्छ र! ङ्गममा त देवताहरू हुँदैनन्। बाबा बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ, आत्माले
नै सुनेर शीर हल्लाउँछ। हामी आत्मा हौं, बाबाले हामीलाई पढाउनु हुन्छ, यो पक्का
निश्चय गर्नुछ। बाबाले हामीलाई पतितबाट पावन बनाउनुहुन्छ। आत्मामा नै राम्रो वा
नराम्रो संस्कार हुन्छ नि। आत्माले कर्मेन्द्रियहरूद्वारा भन्छ– हामीलाई बाबाले
पढाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरा पनि कर्मेन्द्रियहरू हुनुपर्छ, जसद्वारा सम्झाऊँ।
आत्मालाई खुसी हुन्छ। बाबा हर ५ हजार वर्षपछि आउनुहुन्छ, हामीलाई ज्ञान सुनाउन। तिमी
त सामुन्ने बसेका छौ नि। मधुवनको नै महिमा छ। आत्माहरूका पिता त उहाँ हुनुहुन्छ नि,
सबैले उहाँलाई बोलाउँछन्। तिमीलाई यहाँ सम्मुख बस्दा मजा आउँछ। तर यहाँ सबै त बस्न
सक्दैनन्। आफ्नो कारोबार, सर्भिस आदि पनि हेर्नुछ। आत्माहरू सागरको पासमा आउँछन्,
धारण गरेर फेरि गएर अरूलाई सुनाउनु छ। नत्र अरूको कल्याण कसरी गर्छौ? योगी र ज्ञानी
आत्माहरूलाई सोख हुन्छ म गएर अरूलाई पनि सम्झाऊँ। अब शिवजयन्ती मनाइन्छ नि। शिव
भगवानुवाच छ। भगवानुवाच श्रीकृष्णको लागि भन्न मिल्दैन, उनी त हुन् दैवी गुणधारी
मनुष्य। उनलाई देवता भनिन्छ। अब बच्चाहरूले यो त बुझिसकेका छन्– अहिले देवी-देवता
धर्म छैन, स्थापना भइरहेको छ। तिमीले यस्तो भन्दैनौ, हामी अहिले देवी-देवता धर्मका
हौं। होइनौ, अहिले तिमी ब्राह्मण धर्मका हौ, देवी-देवता धर्मका बनिरहेका छौ।
देवताहरूको छाया यस पतित सृष्टिमा पर्नसक्दैन, यसमा देवताहरू आउन सक्दैनन्। तिम्रो
लागि नयाँ दुनियाँ हुनुपर्छ। लक्ष्मीको पनि पूजा गर्ने बेलामा घरको कति सफाइ
गरिदिन्छन्। अब यस सृष्टिको पनि कति सफाइ हुनुछ। सारा पुरानो दुनियाँ नै खतम भएर
जानु छ। लक्ष्मीसँग मनुष्यहरूले धन नै माग्छन्। लक्ष्मी ठुलो कि जगत अम्बा ठुलो?
अम्बाका मन्दिर पनि धेरै छन्। मानिसहरूलाई थाहा नै छैन। तिमीलाई थाहा छ– लक्ष्मी त
स्वर्गकी मालिक हुन् अनि जगत अम्बा, जसलाई सरस्वती पनि भनिन्छ, उनै जगत अम्बा फेरि
लक्ष्मी बन्छिन्। तिम्रो स्थान उच्च छ, देवताहरूको स्थान कम छ। सबैभन्दा उच्च त
ब्राह्मण चोटी हो नि। तिमी हौ सबैभन्दा उच्च। तिम्रो महिमा छ– सरस्वती, जगत अम्बा,
उनीहरूबाट के मिल्छ? सृष्टिको बादसाही। त्यहाँ तिमी धनवान बन्छौ, विश्वको राज्य
मिल्छ। फेरि गरिब बन्छौ, भक्तिमार्ग सुरुहुन्छ। फेरि लक्ष्मीलाई याद गर्छन्। हरेक
वर्ष लक्ष्मीको पूजा पनि हुन्छ। लक्ष्मीलाई हरेक वर्ष बोलाउँछन्, जगत अम्बालाई कसैले
पनि हरेक वर्ष बोलाउँदैनन्। जगदम्बाको त सदैव पूजा हुन्छ नै, जब चाह्यो, अम्बाको
मन्दिरमा गयो। यहाँ पनि जब चाह्यो, जगत अम्बासँग मिलन गर्न सक्छौ। तिमी पनि जगत
अम्बा हौ नि। सबैलाई विश्वको मालिक बन्ने मार्ग बताउनेवाला हौ। जगत अम्बासँग सबैथोक
माग्छन्। लक्ष्मीसँग केवल धन माग्छन्। उनको अगाडि त सबै कामना राख्छन्, त्यसैले
सबैभन्दा उच्च स्थान तिम्रो अहिले छ, जबकि आएर बाबाको बच्चा बन्छौ। बाबाले वर्सा
दिनुहुन्छ।
अहिले तिमी हौ
ईश्वरीय सम्प्रदाय, फेरि हुन्छौ दैवी सम्प्रदाय। यस समयमा सबै मनोकामनाहरू भविष्यको
लागि पूरा हुन्छन्। मानिसहरूक कामना त हुन्छन् नि। तिम्रा सबै मनोकामनाहरू पूरा
हुन्छन्। यो त हो आसुरी दुनियाँ। हेर, बच्चाहरू कति पैदा गर्छन्। तिमी बच्चाहरूलाई
त साक्षात्कार गराइन्छ, सत्ययुगमा कसरी श्रीकृष्णको जन्म हुन्छ? त्यहाँ त सबै नियम
अनुसार हुन्छ, दु:खको नाम हुँदैन। त्यसलाई भनिन्छ नै सुखधाम। तिमीले अनेकपटक सुखमा
बिताएका छौ, अनेकपटक हार खाएका छौ र विजय पनि पाएका छौ। अहिले स्मृति आएको छ–
हामीलाई बाबाले पढाउनुहुन्छ। स्कुलमा ज्ञान पढ्छन्। साथसाथै आचरण पनि सिक्छन् नि।
त्यहाँ कसैले यी लक्ष्मी-नारायणको जस्तो आचरण सिक्दैनन्। अहिले तिमीले दैवी गुण
धारण गर्छौ। महिमा पनि तिनको नै गायन गरिन्छ– सर्वगुण सम्पन्न...। त्यसैले अब तिमी
यस्तो बन्नु छ। तिमी बच्चाहरू आफ्नो जीवनसँग दिक्क हुनुहुँदैन किनकि यो जीवन
हीराजस्तो जन्म भनेर गायन गरिएको छ। यसको सम्हाल पनि गर्नुपर्ने हुन्छ। तन्दुरूस्त
भए नै ज्ञान सुनिरहन्छौ। बिरामी हुँदा पनि सुन्नसक्छौ। बाबालाई याद गर्नसक्छौ। यहाँ
जति दिन बाँच्छौ, त्यति सुखी रहन्छौ। कमाइ भइरहन्छ, हिसाबकिताब चुक्ता भइरहन्छ।
प्यारा बच्चाहरूले भन्छन्– बाबा सत्ययुग कहिले आउँछ? यो धेरै फोहोरी दुनियाँ हो।
बाबा भन्नुहुन्छ– अरे, पहिला कर्मातीत अवस्था त बनाऊ। जति हुनसक्छ पुरुषार्थ गरिराख।
बच्चाहरूलाई सिकाउनुपर्छ– शिवबाबालाई याद गर, यो हो अव्यभिचारी याद। एक शिवको भक्ति
गर्नु, त्यो हो अव्यभिचारी भक्ति, सतोप्रधान भक्ति। फेरि देवी-देवताहरूलाई याद गर्नु,
त्यो हो सतो भक्ति। बाबा भन्नुहुन्छ– उठ्दा-बस्दा म पितालाई याद गर। बच्चाहरूले पनि
नै बोलाउँछन्– हे पतित-पावन, हे मुक्ति दाता, हे गाइड.... यो आत्माले भन्यो नि।
बच्चाहरूले याद गर्छन्,
बाबाले अहिले स्मृति गराउनुहुन्छ। तिमीले याद गर्दै आयौ– हे दु:ख हर्ता, सुख कर्ता
आउनुहोस्, आएर दु:खबाट छुटाउनुहोस्, मुक्त गर्नुहोस्, शान्तिधाममा लिएर जानुहोस्।
बाबा भन्नुहुन्छ– तिमीलाई शान्तिधाममा लिएर जान्छु, फेरि सुखधाममा तिमीलाई साथ
दिनेछैन। साथ अहिले नै दिन्छु। सबै आत्माहरूलाई घर लिएर जान्छु। म अहिले पढाउँदा
साथ हुन्छु र फेरि घर लैजाँदा साथ हुन्छु। केवल मैले आफ्नो परिचय तिमी बच्चाहरूलाई
राम्ररी सुनाउँछु। जस्तो जस्तो जसले पुरुषार्थ गर्छ, त्यसै अनुसार फेरि त्यहाँ
प्रारब्ध पाउने छ। समझ त बाबाले धेरै दिनुहुन्छ। जति हुनसक्छ मलाई याद गर्यौ भने
विकर्म विनाश हुन्छ, उड्ने पखेटा मिल्छन्। आत्माको कुनै यस्तो पखेटा छैनन्। आत्मा त
एक सानो बिन्दी हो। कसैलाई यो थाहा छैन– आत्मामा कसरी ८४ जन्महरूको पार्ट भरिएको छ।
न आत्माको कसैलाई परिचय छ, न परमात्माको परिचय छ। त्यसैले बाबा भन्नुहुन्छ– म जो
हुँ, जस्तो हुँ, मलाई कसैले पनि जान्न सक्दैनन्। मद्वारा नै मलाई र मेरो रचनालाई
जान्न सक्छन्। म नै आएर तिमी बच्चाहरूलाई आफ्नो परिचय दिन्छु। आत्मा के हो, त्यो पनि
सम्झाउँछु। यसलाई आत्म अनुभूति भनिन्छ। आत्मा भृकुटीको बीचमा रहन्छ। भन्छन् पनि,
भृकुटीको बीचमा चम्कन्छ अजब सितारा....। तर आत्मा के चीज हो, यो बिल्कुल कसैले
जानेका छैनन्। जब कसैले भन्छन्– आत्माको साक्षात्कार होस्, तब उनलाई सम्झाऊ, तपाईले
त भन्नुहुन्छ– भृकुटीको बीचमा सितारा छ, सितारालाई के देख्ने? टीका पनि सितारा को
नै लगाउँछन्। चन्द्रमामा पनि तारा देखाउँछन्। वास्तवमा आत्मा हो तारा। अहिले बाबाले
सम्झाउनुभएको छ– तिमी ज्ञान सिताराहरू हौ, बाँकी ती सूर्य, चन्द्र, सितारा संसारलाई
प्रकाश दिनेवाला हुन्। ती कुनै देवता होइनन्। भक्तिमार्गमा सूर्यलाई पनि पानी
चढाउँछन्। भक्तिमार्गमा यी बाबाले पनि सबै गर्थे। सूर्य देवताय नम:, चन्द्रमा
देवताय नम: भनेर पानी चढाउँथे। यो सबै हो भक्तिमार्ग। यिनले त धेरै भक्ति गरेका छन्।
नम्बरवन पूज्य नै फेरि नम्बरवन पुजारी बनेका हुन्। नम्बर त गनिन्छ नि। रुद्र मालाको
पनि नम्बर त हुन्छ नि। भक्ति पनि सबैभन्दा धेरै यिनले गरेका हुन्। अब बाबा
भन्नुहुन्छ– साना-ठुला सबैको वानप्रस्थ अवस्था हो। अब म सबैलाई लिएर जान्छु, फेरि
यहाँ आउँदै आउँदिनँ। बाँकी शास्त्रहरूमा जे देखाउँछन्– प्रलय भयो, जलमग्न भयो, फेरि
पीपलको पातमा श्रीकृष्ण आए....। बाबा सम्झाउनु हुन्छ– सागरको कुनै कुरा होइन। त्यहाँ
त गर्भ महल हुन्छ, जहाँ बच्चाहरू धेरै सुखमा रहन्छन्। यहाँ गर्भजेल भनिन्छ। पाप
भोगाइ पनि गर्भमा मिल्छ। फेरि पनि बाबा भन्नुहुन्छ– मनमनाभव, मलाई याद गर।
प्रदर्शनीमा कसैले सोध्छन्– सिँढीमा अरू कुनै धर्म किन देखाउनुहुन्न? भन, अरूको ८४
जन्म त हुँदैन। सबै धर्म वृक्षमा देखाइएको छ, त्यसबाट तपाईले आफ्नो हिसाब निकाल्न
सक्नुहुन्छ, कति जन्म लिएँ होला। हामीले त ८४ जन्महरूको सिँढी देखाउनु छ। बाँकी सबै
चक्रमा र वृक्षमा देखाएको छ। यिनमा सबै कुरा सम्झाइएको छ। नक्सा देखेपछि बुद्धिमा
आउँछ नि– लण्डन कहाँ छ, फलानो शहर कहाँ छ। बाबाले कति सहज बनाएर सम्झाउनु हुन्छ।
सबैलाई यही बताऊ– ८४ जन्म यसरी फिर्छ। अहिले तमोप्रधानबाट सतोप्रधान बन्नको लागि
बेहदको बाबालाई याद गर्यौ भने तिमी पावन बन्छौ, अनि फेरि पावन बनेर पावन दुनियाँमा
जान्छौ। कुनै तकलिफको कुरा छैन। जति समय मिल्छ बाबालाई याद गर्यौ भने पक्का बानी
पर्नेछ। बाबाको यादमा तिमी दिल्लीसम्म पैदल गए पनि थकाइ लाग्नेछैन। सच्चा याद भएमा
देहको भान टुट्छ, फेरि थकाइ लाग्न सक्दैन। पछि आउनेहरू अझै यादमा तीक्ष्ण हुन्छन्।
अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) एक बाबाको अव्यभिचारी यादमा रहेर देह भानलाई खतम गर्नु छ। आफ्नो अवस्था कर्मातीत
बनाउने पुरुषार्थ गर्नुछ। यस शरीर छँदै अविनाशी कमाइ जम्मा गर्नुछ।
२) ज्ञानी आत्मा बनेर
अरूको सेवा गर्नुछ, बाबाद्वारा जे सुनेका छौ, त्यसलाई धारण गरेर अरूलाई सुनाउनु छ।
५ विकारहरूको दान दिएर राहुको ग्रहणबाट मुक्त हुनुछ।
वरदान:–
एकमत र एकरस
अवस्थाद्वारा ध रती लाई फलदायक बनाउने हिम्मतवान भव
जब तिमी बच्चाहरू
हिम्मतवान बनेर सङ्गठनमा एकमत र एकरस अवस्थामा रहन्छौ वा एउटै कार्यमा लाग्छौ, तब
स्वयं पनि सदा प्रफुल्लित रहन्छौ र धरतीलाई पनि उब्जाउ बनाउँछौ। जस्तै आजकाल
साइन्सद्वारा भर्खरै बीउ रोप्यो भर्खरै फल मिल्यो, त्यसैगरी साइलेन्सको बलले सहजै र
तीव्र गतिले प्रत्यक्षता देख्नेछौ। जब स्वयं निर्विघ्न एक बाबाको लगनमा मगन, एकमत र
एकरस रहनेछौ, तब अन्य आत्माहरू पनि स्वतः सहयोगी बन्नेछन् र धरती पनि उब्जाउ हुनेछ।
स्लोगन:–
जसले
अभिमानलाई सान सम्झन्छन्, तिनीहरू निर्मान रहन सक्दैनन्।