20.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई कमाइको धेरै सोख हुनुपर्छ , यस पढाइमा नै कमाइ छ।”

प्रश्न:–
ज्ञान बिना कुन खुसीको कुरा पनि विघ्नरूप बन्छ?

उत्तर:–
साक्षात्कार हुनु, यो त हो खुसीको कुरा तर यदि यथार्थरूपले ज्ञान छैन भने झन् अल्मलिन्छन्। सम्झ, कसैलाई बाबाको साक्षात्कार भयो, बिन्दु देखे भने के बुझ्छन्, झन् अल्मलिन्छन्, त्यसैले ज्ञानबिना साक्षात्कारबाट कुनै पनि फाइदा छैन, यसमा झन् मायाको विघ्न पर्न थाल्छ। कतिलाई साक्षात्कारको उल्टो नसा पनि चढ्छ।

गीत:–
तकदीर जगाकर आई हूँ...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। नयाँले पनि सुन्यौ, पुरानाले पनि सुन्यौ। कुमारहरूले पनि सुन्यौ– यो पाठशाला हो। पाठशालामा कुनै न कुनै तकदिर बनाइन्छ। त्यहाँ त अनेक प्रकारको तकदिर हुन्छ। कसैले सर्जन बन्ने, कसैले ब्यारिस्टर बन्ने तकदिर बनाउँछन्। तकदिरलाई लक्ष्य उद्देश्य भनिन्छ। तकदिर नबनाई पाठशालामा के पढ्छन्! अब यहाँ बच्चाहरूलाई थाहा छ हामी पनि तकदिर बनाएर आएका छौँ। नयाँ दुनियाँको लागि आफ्नो राज्यभाग्य लिन आएका छौँ। यो राजयोग हो नै नयाँ दुनियाँको लागि। त्यो (हठयोग) हो पुरानो दुनियाँको लागि। उनीहरू पुरानो दुनियाँको लागि ब्यारिस्टर, इन्जिनियर, सर्जन आदि बन्छन्। त्यो बन्दाबन्दै अहिले पुरानो दुनियाँको त धेरै कम समय रहेको छ। त्यो त खतम हुनेछ। त्यो तकदिर हो यस मृत्युलोकको लागि अर्थात् यस जन्मको लागि। तिम्रो यो पढाइ हो नयाँ दुनियाँको लागि। तिमी नयाँ दुनियाँको लागि तकदिर बनाएर आएका छौ। नयाँ दुनियाँमा तिमीलाई राज्यभाग्य मिल्नेछ। कसले पढाउनुहुन्छ? बेहदका बाबा, जसबाट नै वर्सा पाउनुछ। जसरी डाक्टरबाट डाक्टरीको वर्सा पाउँछन्, त्यो हुन्छ यस जन्मको वर्सा। एक त वर्सा मिल्छ बाबाबाट, अर्को वर्सा मिल्छ आफ्नो पढाइको। अच्छा, फेरि वृद्ध भएपछि गुरुकहाँ जान्छन्। के चाहन्छन्? भन्छन्– हामीलाई शान्तिधाममा जाने शिक्षा दिनुहोस्। हामीलाई सदगति दिनुहोस्। यहाँबाट निकालेर शान्तिधाम लैजानुहोस्। अहिले बाबाबाट वर्सा मिल्छ, टिचरबाट पनि वर्सा मिल्छ यस जन्मको लागि, बाँकी गुरुबाट केही पनि मिल्दैन। टिचरबाट पढेर केही न केही वर्सा पाउँछन्। टिचर बन्छन्, सिलाई शिक्षक बन्छन्, किनकि जीविका त चाहिन्छ नि। बाबाको वर्सा हुँदाहुँदै पनि पढ्छन्– हामीले पनि आफ्नो कमाइ गरौँ। गुरुबाट त केही पनि कमाइ हुँदैन। हो, कोहीकोहीले गीता आदि राम्रोसँग पढेर फेरि गीतामा भाषण आदि गर्छन्। यी सबै हुन् अल्पकाल सुखका लागि। अब यस मृत्युलोकमा त छ थोरै समय। पुरानो दुनियाँ खतम हुनुछ।

तिमीलाई थाहा छ– हामी नयाँ दुनियाँको तकदिर बनाउन आएका छौँ। यो पुरानो दुनियाँ खतम हुनुछ। बाबाको वा तिम्रो सम्पत्ति पनि भस्म हुनेछ। हात फेरि खाली हुनेछ। अहिले त कमाइ गर्नुपर्छ– नयाँ दुनियाँको लागि। पुरानो दुनियाँका मनुष्यले त त्यो कमाइ गराउन सक्दैनन्। नयाँ दुनियाँको लागि कमाइ गराउने शिवबाबा हुनुहुन्छ। यहाँ तिमी नयाँ दुनियाँको लागि तकदिर बनाउन आएका छौ। उहाँ बाबा नै तिम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। उहाँ आउनुहुन्छ पनि सङ्गममा। भविष्यको लागि कमाइ गर्न सिकाउनुहुन्छ। अब यस पुरानो दुनियाँमा केही दिन मात्रै छन्। यो कुरा दुनियाँका मनुष्यले जान्दैनन्। भन्छन्– नयाँ दुनियाँ फेरि कहिले आउँछ, यिनीहरूले गफ लगाउँछन्। यसरी बुझ्नेहरू पनि धेरै छन्। बाबाले भन्नुहुन्छ– नयाँ दुनियाँ स्थापना हुन्छ। बच्चाले भन्छ– यो गफ हो। तिमी बच्चाहरू बुझेका छौ– नयाँ दुनियाँको लागि उहाँ हाम्रा बाबा, टिचर, सदगुरु हुनुहुन्छ। बाबा आउनुहुन्छ नै शान्तिधाम, सुखधाममा लैजान। कसैले तकदिर बनाउँदैनन् अर्थात् केही पनि बुझ्दैनन्। एउटै घरमा स्त्रीले पढ्छन्, पुरुषले पढ्दैनन्, बच्चाहरूले पढ्छन्, आमाबुबाले पढ्दैनन्। यस्तो भइरहन्छ। सुरुमा परिवारका परिवार आए तर मायाको तुफान लाग्नाले आश्चर्यवत् सुनन्ती, कथन्ती, बाबालाई छोडेर जान्छन्। गायन पनि छ– आश्चर्यवत् सुनन्ती, बापका बनेंगे, पढाइ पढेंगे फीर भी... हाय कुदरत ड्रामाको! बाबा स्वयं भन्नुहुन्छ– हाय ड्रामा, हाय माया! ड्रामाको नै कुरा भयो नि। स्त्रीपुरुषले एकअर्कासँग सम्बन्ध विच्छेद गर्छन्। बच्चाले बाबालाई छोडिदिन्छन्, यहाँ त त्यो छैन। यहाँ त सम्बन्ध विच्छेद गर्न सक्दैनन्। बाबा त आउनुभएको नै हो बच्चाहरूलाई सच्चा कमाइ गराउन। बाबाले कहाँ कसैलाई खाल्टोमा खसाल्नुहुन्छ र! बाबा त हुनुहुन्छ नै पतितपावन, रहमदिल। बाबा आएर दुःखबाट मुक्त गर्नुहुन्छ र गाइड बनेर साथै लैजाने हुनुहुन्छ। यसरी कुनै लौकिक गुरुले भन्दैनन् मैले तिमीलाई साथै लैजान्छु। यस्ता गुरु कहिल्यै देख्यौ, कहिल्यै सुन्यौ? गुरुहरूलाई तिमीले सोध– तपाईंका यति जो फलोअरहरू छन्, तपाईं शरीर छोडेर जानुहुन्छ फेरि के यी फलोअरहरूलाई पनि साथै लैजानुहुन्छ? यस्तो त कहिल्यै कसैले भन्दैनन् मैले फलोअरहरूलाई साथै लैजान्छु। यो त हुन सक्दैन। कहिल्यै कसैले भन्न सक्दैनन् मैले तिमी सबैलाई निर्वाणधाम वा मुक्तिधाममा लैजान्छु। यस्तो प्रश्न कसैले पनि सोध्न सक्दैनन् हामीलाई तपाईं ले सँगसँगै लैजानुहुन्छ? शास्त्रहरूमा छ– भगवानुवाच, मैले तिमीलाई लैजान्छु। लामखुट्टे जस्तै सबै जान्छन्। सत्ययुगमा त मनुष्य थोरै हुन्छन्। कलियुगमा त धेरै मनुष्य छन्। शरीर यहीँ छोडेर बाँकी आत्माहरू हिसाबकिताब चुक्ता गरेर जान्छन्। यहाँबाट अवश्य जानुछ, यति धेरै मनुष्य यहाँ रहन सक्दैनन्।

तिमी बच्चाहरूले राम्रोसँग जान्दछौ– अहिले हामी घर जानुछ। यो शरीर त छोड्नुछ। आप मुये मर गई दुनियाँ। आफूलाई केवल आत्मा सम्झेर बाबालाई याद गर्नुछ। यो पुरानो चोला त छोड्नुछ। यो दुनियाँ पनि पुरानो हो। जसरी पुरानो घरमा बसिरहेको बेला नयाँ घर सामुन्ने तयार हुँदैछ भने जान्दछन्– यो घर हाम्रै लागि बनिरहेको छ। बुद्धि जान्छ नयाँ घरतिर। यसमा यो बनाऊ, यो गर। सारा ममत्व पुरानोबाट हटेर नयाँमा जुट्छ। त्यो भयो हदको कुरा। यो हो बेहदको दुनियाँको कुरा। पुरानो दुनियाँबाट ममत्व हटाउनुछ र नयाँ दुनियाँमा लगाउनुछ। तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ त खतम हुनुछ। नयाँ दुनियाँ हो स्वर्ग। त्यसमा हामीले राजकीय पद पाउँछौँ। जति योगमा रहन्छौ, ज्ञानको धारणा गर्छौ, अरूलाई सम्झाउँछौ, त्यति खुसीको पारा चढ्छ। यो धेरै ठुलो परीक्षा हो। हामीले स्वर्गको लागि २१ जन्मको लागि वर्सा पाइरहेका छौँ। धनवान बन्नु त राम्रो हो नि। लामो आयु मिल्यो भने राम्रो हो नि। सृष्टिचक्रलाई याद गर्नेछन् जति जसले आफूसमान बनाउँछन् त्यति फाइदा छ। राजा बन्ने हो भने प्रजा पनि बनाउनुछ। प्रदर्शनीमा यति धेरै आउँछन्। उनीहरू सबै प्रजा बन्दै जान्छन् किनकि यस अविनाशी ज्ञानको त विनाश हुँदैन। बुद्धिमा आउँछ– पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्नुछ। धेरै पुरुषार्थ गरेमा प्रजामा उच्च पद पाउँछौ। होइन भने सानो पदको प्रजा बन्छौ। नम्बरवार त हुन्छन् नि। रामराज्यको स्थापना भइरहेको छ। रावण राज्यको विनाश हुनेछ। सत्ययुगमा त हुन्छन् नै देवताहरू।

बाबाले सम्झाउनुभएको छ– यादको यात्राबाट तिमी सतोप्रधान दुनियाँका मालिक बन्छौ। मालिक त राजा, प्रजा सबै हुन्छन्। प्रजाले पनि भन्छन्– हाम्रो यो भारतवर्ष सबैभन्दा उच्च छ। अवश्य यो भूमि धेरै उच्च थियो। अहिले कहाँ छ र, थियो अवश्य। अहिले त बिल्कुलै गरिब भएको छ। यो प्राचीन भूमि सबैभन्दा धनवान थियो। तिमीलाई थाहा छ– अवश्य हामी सबैभन्दा उच्च देवीदेवता कुलका थियौँ। अरू कसैलाई देवता भनिँदैन। अब तिमी बच्चीहरूले यो पढ्छौ फेरि अरूलाई सम्झाउनुछ। मनुष्यहरूलाई नै सम्झाउनुछ नि। तिमीसँग चित्र पनि छन्, तिमीले सिद्ध गरेर बताउन सक्छौ– यिनीहरूले यो पद कसरी पाए? तिथि-मिति सहित तिमीले सिद्ध गर्न सक्छौ। अब फेरि यो पद पाइरहेका छौँ शिवबाबाबाट। उहाँको चित्र पनि छ। शिव हुनुहुन्छ परमपिता परमात्मा। बाबा भन्नुहुन्छ– ब्रह्माद्वारा तिमीलाई योगबलले २१ जन्मको वर्सा मिल्छ। तिमी विष्णुपुरीको मालिक सूर्यवंशी देवीदेवता बन्न सक्छौ। शिवबाबाले दादा ब्रह्माद्वारा यो वर्सा दिइरहनुभएको छ। पहिला यिनको आत्माले सुन्छ, आत्माले नै धारण गर्छ। मूल कुरा त हो नै यो। चित्र त शिवको देखाउँछन्। यो चित्र परमपिता परमात्मा शिवको हो। ब्रह्मा-विष्णु-शङ्कर हुन् सूक्ष्मवतनका देवताहरू। प्रजापिता ब्रह्मा त अवश्य यहीँ हुनुपर्छ। प्रजापिता ब्रह्माका बच्चाहरू ब्रह्माकुमार-कुमारीहरू धेरै छन्। ब्रह्माको बच्चा नबनेसम्म ब्राह्मण बन्दैनौ, ब्राह्मण नबनी शिवबाबाबाट वर्सा कसरी लिन्छौ! कोखबाट त यो जन्म हुन सक्दैन। गायन पनि गरिन्छ– मुख वंशावली। तिमीले भन्छौ– हामी प्रजापिता ब्रह्माका मुख वंशावली हौँ। तिनीहरू गुरुहरूका फलोअरहरू हुन्छन्। यहाँ तिमीले एउटैलाई नै बाबा-टिचर-सदगुरु भन्छौ। त्यो पनि यिनलाई भन्दैनौ। शिवबाबा पनि निराकार हुनुहुन्छ। ज्ञानको सागर हुनुहुन्छ। उहाँले सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान दिनुहुन्छ। टिचर पनि उहाँ निराकार हुनुहुन्छ जसले साकारद्वारा ज्ञान सुनाउनुहुन्छ। आत्माले नै बोल्छ। आत्माले भन्छ– मेरो शरीरलाई दिक्क नपार। आत्मा दुःखी भयो भने सम्झाइन्छ– विनाश सामुन्ने उभिएको छ, पारलौकिक बाबा आउनुहुन्छ नै अन्त्यमा सबैलाई फिर्ता लैजान। बाँकी जे जति छ, यो सबै विनाश हुनेछ। यसलाई भनिन्छ मृत्युलोक। स्वर्ग त यहाँ पृथ्वीमा हुन्छ। देलवाडा मन्दिर बनेको छ। तल तपस्या गरिरहेका छन्, माथि छ स्वर्ग। नत्र कहाँ देखाउने! माथि देवताहरूका चित्र देखाएका छन्। उनीहरू पनि हुन्छन् त यहाँ नै। सम्झाउने ठुलो युक्ति चाहिन्छ। मन्दिरहरूमा गएर सम्झाउनुपर्छ– यो शिवबाबाको यादगार हो, जुन शिवबाबाले हामीलाई पढाइरहनुभएको छ। शिव वास्तवमा बिन्दु हुनुहुन्छ, तर बिन्दुको पूजा कसरी गर्ने, फलफूल कसरी चढाउने, त्यसैले ठुलो रूप बनाएका छन्। यति ठुलो कुनै बिन्दु हुँदैन। गायन पनि गरिन्छ– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा। हुनुहुन्छ पनि अति सूक्ष्म, बिन्दु हुनुहुन्छ। ठुलो चीज देखिने भयो भने वैज्ञानिकहरू आदिले तुरुन्तै त्यसलाई समात्छन्। न यति हजार सूर्यभन्दा तेजवाला हुनुहुन्छ, केही पनि होइन। कुनै कुनै भक्तहरू पनि आउँछन् नि, भन्छन्– बस मैले यो अनुहार देख्छु। बाबाले बुझ्नुहुन्छ, यिनीहरूलाई परमपिता परमात्माको पूरा परिचय मिलेको छैन। अहिलेसम्म तकदिर नै खुलेको छैन। बाबालाई नचिनेसम्म यो बुझ्दैनन् हाम्रो आत्मा बिन्दुसमान छ, शिवबाबा पनि बिन्दु हुनुहुन्छ, उहाँलाई याद गर्नुछ। यस्तो सम्झेर याद गरेपछी मात्र विकर्म विनाश हुन्छन्। बाँकी यो देखिन्छ, यस्तो देखिन्छ, त्यस्तो देखिन्छ, यसलाई फेरि मायाको विघ्न भनिन्छ।

तिमी बच्चाहरूले त अहिले खुसीले भन्छौ हामीलाई बाबा मिल्नुभएको छ। मनुष्यले त श्रीकृष्णको साक्षात्कार गरेर धेरै खुसीमा नृत्य आदि गर्छन् तर त्यसबाट कुनै सदगति हुँदैन। यो साक्षात्कार त अनायास नै हुन्छ। यदि राम्रोसँग पढेनौ भने प्रजामा जान्छौ। साक्षात्कारको पनि फाइदा त मिल्नु छ नि। भक्तिमार्गमा ठुलो मेहनत गरेपछि साक्षात्कार हुन्छ। यहाँ अलिकति मात्रै मेहनत गरे भने पनि साक्षात्कार हुन्छ तर फाइदा केही हुँदैन। श्रीकृष्णपुरीमा साधारण प्रजा आदि गएर बन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई यो ज्ञान सुनाइरहनुभएको छ। बाबाको आदेश छ– पवित्र अवश्य बन्नुछ। तर कोही कोही पवित्र रहन पनि सक्दैनन्, कहिलेकाहीँ पतित पनि यहाँ लुकेर आउँछन्। उनीहरूले आफ्नै नोक्सान पार्छन्। आफैलाई ठग्छन्। बाबालाई ठग्ने कुरा नै छैन। बाबासँग ठगी गरेर कुनै पैसा लिनुछ र? शिवबाबाको श्रीमतमा नियमअनुसार चलेनन् भने के हाल हुन्छ! बुझिन्छ तकदिरमा रहेनछ। पढ्दैनन्, झन् अरूलाई दुःख दिइरहे भने एक त धेरै सजाय खानुपर्छ र अर्को फेरि पद पनि भ्रष्ट हुन्छ। कुनै पनि नियम विरुद्ध काम गर्नुहुँदैन। बाबाले त सम्झाउनुहुन्छ नि तिम्रो चालचलन ठिक छैन। बाबाले त कमाइ गर्ने बाटो बताउनुहुन्छ, फेरि कसैले गरे पनि नगरे पनि उसको तकदिर। सजाय खाएर फिर्ता शान्तिधाम त जानु नै छ। पद भ्रष्ट हुन्छ। केही पनि मिल्दैन। आउन त धेरै आउँछन् तर यहाँ त बाबाबाट वर्सा लिने कुरा छ। बच्चाहरूले भन्छन्– बाबा हामीले त स्वर्गको सूर्यवंशी राजकीय पद पाउनेछौँ। राजयोग हो नि। विद्यार्थीले छात्रवृत्ति पनि लिन्छन् नि। पास हुनेहरूलाई छात्रवृत्ति मिल्छ। यो माला उनीहरूको बनेको हो जसले छात्रवृत्ति लिएका हुन्। जति जति जसरी पास हुन्छ त्यसैगरी त्यस्तै छात्रवृत्ति मिल्छ। यस्तो माला बनेको छ। छात्रवृत्ति पाउनेहरूको वृद्धि हुँदाहुँदै हजारौँ बन्छन्। राजाईं पद हुन्छ छात्रवृत्ति पाउनेको। जसले राम्रोसँग पढाइ पढ्छन् उनीहरू गुप्त रहन सक्दैनन्। धेरै नयाँ नयाँ पनि पुरानाभन्दा अगाडि निस्कन्छन्। जसरी हेर, कति बच्चीहरू आउँछन्, भन्छन्– हामीलाई यो पढाइ त धेरै राम्रो लाग्छ, हामीले प्रतिज्ञा गर्छौँ– यो जिस्मानी पढाइको कोर्स पूरा गरेर फेरि यस पढाइमा लाग्छौँ। आफ्नो जीवन हीराजस्तो बनाउँछौँ। हामी आफैले सच्चा कमाइ गरेर २१ जन्मको लागि वर्सा पाउँछौँ। कति खुसी हुन्छन्! थाहा छ– यो वर्सा अब लिइएन भने फेरि कहिल्यै लिन सकिँदैन। पढाइको सोख हुन्छ नि। कोहीलाई त अलिकति बुझ्ने पनि सोख हुँदैन। कति पुरानालाई पनि यति सोख छैन, जति नयाँलाई छ। आश्चर्य छ नि! भन्छन्– ड्रामा अनुसार तकदिरमा छैन भने भगवानले पनि के गर्ने! टिचरले त पढाउँछन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफ्ना कमी कमजोरीहरूलाई लुकाउनु पनि स्वयंलाई ठग्नु हो– त्यसैले कहिल्यै पनि आफूसँग ठगी गर्नुछैन।

२) आफ्नो उच्च तकदिर बनाउनको लागि कुनै पनि काम नियम विरुद्ध गर्नुछैन। पढाइको सोख राख्नुछ। आफूसमान बनाउने सेवा गर्नुछ।

वरदान:–
अमृतवेलाको मदत वा श्रीमतको पालनाद्वारा स्मृतिलाई समर्थवान बनाउने स्मृतिस्वरूप भव

आफ्नो स्मृतिलाई समर्थवान बनाउनुछ वा स्वतः स्मृतिस्वरूप बन्नुछ भने अमृतवेलाको समयको मूल्यलाई जान। जस्तो श्रीमत छ त्यसै प्रमाण समयलाई पहिचान गरेर समय प्रमाण चल्यौ भने सहजै सर्वप्राप्ति गर्न सक्छौ र मेहनतबाट छुट्नेछौ। अमृतवेलाको महत्त्वलाई बुझेर चल्नाले हरेक कर्म महत्त्व प्रमाण हुन्छन्। त्यस समयमा विशेष साइलेन्स हुन्छ त्यसैले सहजै स्मृतिलाई समर्थवान बनाउन सक्छौ।

स्लोगन:–
याद र निःस्वार्थ सेवाद्वारा मायाजित बन्नेहरू नै सदाका विजयी हुन्।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन

सङ्गठितरूपमा तिमी ब्राह्मण बच्चाहरूको आपसमा सम्पर्कको भाषा अव्यक्त भावको हुनुपर्छ। जसरी फरिस्ता अथवा आत्माहरूले आत्माहरूसँग बोलिरहेका छन्। यसको लागि कसैको सुनेको गल्तीलाई सङ्कल्पमा पनि न स्वीकार गर्नुछ र न गराउनुछ। यस्तो स्थिति भएपछि मात्रै बाबाको जुन शुभकामना छ– सङ्गठनको एकमत, त्यो प्राक्टिकलमा हुनेछ र तिमीद्वारा बाबा प्रत्यक्ष हुनुहुनेछ।