20.03.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
पुरानो दुनियाँमा अल्पकालको क्षण भ ङ् गुर सुख छ , यो सँगै जान सक्दैन , साथमा
अविनाशी ज्ञान रत्न जान्छ , त्यसैले अविनाशी कमाइ जम्मा गर।”
प्रश्न:–
बाबाको पढाइमा
तिमीलाई कुनचाहिँ विद्या सिकाइँदैन?
उत्तर:–
भूत विद्या।
कसैको सङ्कल्पको अध्ययन गर्नु, यो भूत विद्या हो, तिमीलाई यो विद्या सिकाइँदैन। बाबा
कुनै विचार पढ्नेवाला (थट रिडर) हुनुहुन्न। उहाँ जानिजाननहार अर्थात् ज्ञानको सागर
(नलेजफुल) हुनुहुन्छ। बाबा आउनुहुन्छ तिमीलाई रूहानी पढाइ पढाउन, जुन पढाइबाट
तिमीलाई २१ जन्मको लागि विश्वको राज्य भाग्य मिल्छ।
ओम् शान्ति ।
यहाँ गायन
गर्छन्– आत्मा, परमात्मा अलग रहे बहुकाल....। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी
आत्माहरूका पिता परमपिता परमात्माले हामीलाई राजयोग सिकाइरहनुभएको छ। आफ्नो परिचय
दिइरहनुभएको छ र सृष्टिको आदि-मध्य-अन्त्यको पनि परिचय दिइरहनुभएको छ। कोही त पक्का
निश्चयबुद्धि छन्, कसैले थोरै बुझ्छन्, नम्बरवार त हुन्छन् नि। बच्चाहरूलाई थाहा छ–
हामी जीव आत्माहरू परमपिता परमात्माका सम्मुख बसेका छौं। गायन पनि गरिन्छ– आत्मा,
परमात्मा अलग रहे बहुकाल। मूलवतनमा आत्माहरू हुँदा अलग हुने कुरा आउँदैन। यहाँ आएपछि
जब जीव आत्मा बन्छन् अनि परमात्मा पितासँग सबै आत्माहरू अलग हुन्छन्। परमपिता
परमात्मासँग अलग भएर यहाँ पार्ट खेल्न आउँछन्। पहिला त विना अर्थ यत्तिकै गायन
गरिरहन्थ्यौ। अहिले बाबा बसेर सम्झाउनुहुन्छ। बच्चाहरूलाई थाहा छ– परमपिता
परमात्मासँग अलग भएर हामी यहाँ पार्ट खेल्न आउँछौं। तिमी नै सबैभन्दा पहिला बिछोड
भएका हौ, त्यसैले शिवबाबा पनि सबैभन्दा पहिला तिमीसँग नै मिल्नुहुन्छ। तिम्रो लागि
नै बाबा आउनुपर्छ। कल्प पहिला पनि यी बच्चाहरूलाई नै पढाएको थिएँ, जो फेरि स्वर्गका
मालिक बन्छन्। त्यतिबेला अरू कुनै खण्ड थिएन। बच्चाहरूलाई थाहा छ– हामी आदि सनातन
देवी-देवता धर्मका थियौं जसलाई दैवी धर्म, दैवी राजवंश पनि भनिन्छ। हरेकको आआफ्नो
धर्म हुन्छ। धर्म नै शक्ति हो (रिलीजन इज माइट) भनिन्छ। धर्ममा शक्ति हुन्छ। तिमी
बच्चाहरूलाई थाहा छ– यी लक्ष्मी-नारायण कति शक्तिशाली थिए। हिन्दुहरूले आफ्नो
धर्मलाई नै जानेका छैनन्। कसैको बुद्धिमा आउँदैन अवश्य पनि भारतवर्षमा यिनीहरूको
धर्म थियो। धर्मलाई नजानेका हुनाले दुराचारी बनेका छन्। धर्ममा आउनाले तिमीलाई कति
शक्ति प्राप्त हुन्छ। तिमीले कलियुगी पर्बतलाई उठाएर सत्ययुगी बनाइदिन्छौ।
भारतवर्षलाई सुनको पर्बत बनाइदिन्छौ। त्यहाँ त खानीहरूमा धेरै सुन भरिएको हुन्छ।
सुनका पहाड हुन्छन् जुन फेरि खुल्छन्। सुनलाई गलाएर त्यसको इँटा बनाइन्छ। भवन त ठुला
इँटाको नै बनाउँछन् नि। माया मच्छन्दरको खेल पनि देखाउँछन् नि। ती सबै हुन् कहानीहरू।
बाबा भन्नुहुन्छ– यी सबैको सार मैले तिमीलाई सुनाउँछु। देखाउँछन् ध्यानमा देखेँ मैले
झोली भरेर लैजान्छु, ध्यानबाट तल उत्रियो, तब केही पनि थिएन। जस्तो तिमीलाई पनि
हुन्छ। यसलाई भनिन्छ दिव्यदृष्टि। यसमा केही पनि छैन। धेरै नौधा भक्ति गर्छन्। त्यो
भक्तमाला नै अलग हो, यो ज्ञानमाला अलग हो। रुद्रमाला र विष्णुमाला हुन्छ नि। त्यो
फेरि हो भक्तिको माला। अहिले तिमीले पढिरहेका छौ राज्य भाग्यको लागि। तिम्रो
बुद्धियोग छ टिचरसँग र राज्य भाग्यसँग। जसरी कलेजमा पढ्दा बुद्धियोग टिचरसँग रहन्छ।
बेरिस्टरहरूले स्वयं पढाएर आफूसमान बनाउँछन्। यहाँ बाबा स्वयं त बन्नुहुन्न। यो यहाँ
अनौठो छ नि। तिम्रो यो हो रूहानी पढाइ। तिम्रो बुद्धियोग शिवबाबासँग छ, उहाँलाई नै
ज्ञानको सागर भनिन्छ। जानीजाननहारको अर्थ यो होइन– उहाँले यिनको मनमा के कुरा
चलिरहेको छ, यो सबैको दिलको कुरा जान्नुहुन्छ । ती जो विचार बुझ्ने (थट रिडर)
हुन्छन् उनीहरूले सबै सुनाउँछन्। त्यसलाई भूत विद्या भनिन्छ। यहाँ त बाबाले
पढाउनुहुन्छ, मनुष्यबाट देवता बनाउन। गायन पनि छ मनुष्यबाट देवता..... अहिले तिमी
बच्चाहरूलाई थाहा छ– हामी अहिले ब्राह्मण बनेका छौं र फेरि अर्को जन्ममा देवता बन्छौं।
आदि सनातन देवी-देवताको नै गायन गरिन्छ। शास्त्रहरूमा त धेरै कथाहरू लेखिदिएका छन्।
यहाँ त बाबाले बसेर प्रत्यक्ष पढाउनुहुन्छ।
भगवानुवाच– भगवान नै
ज्ञानको सागर, सुखको सागर, शान्तिको सागर हुनुहुन्छ। तिमी बच्चाहरूलाई वर्सा
दिनुहुन्छ। यो पढाइ हो तिम्रा २१ जन्महरूका लागि। त्यसैले कति राम्ररी पढ्नुपर्छ।
यो रूहानी पढाइ बाबा एकैपटक आएर पढाउनुहुन्छ, नयाँ दुनियाँ स्थापना गर्नको लागि। नयाँ
दुनियाँमा यी देवी-देवताहरूको राज्य थियो। बाबा भन्नुहुन्छ– मैले ब्रह्माद्वारा आदि
सनातन देवी-देवता धर्मको स्थापना गरिरहेको छु। यो धर्म भएको बेला अरू कुनै धर्म
थिएन। अहिले अरू सबै धर्म छन्। त्रिमूर्तिका विषयमा पनि तिमीले सम्झाउँछौ–
ब्रह्माद्वारा एक धर्मको स्थापना। अहिले त्यो धर्म छैन। गायन पनि गर्छन्– मैं
निर्गुण हारे में कोई गुण नाही, आपेही तरस परोइ... मभित्र कुनै गुण छैन भन्छन्,
त्यसैले बुद्धि परमपिता परमात्मातिर जान्छ, उहाँलाई नै मर्सिफुल भनिन्छ। बाबा
आउनुहुन्छ नै बच्चाहरूको सबै दु:ख समाप्त गरेर १०० प्रतिशत सुख दिन। कति दया
गर्नुहुन्छ। तिमीलाई थाहा छ– बाबासँग हामी आएका छौं त्यसैले बाबाद्वारा पूरा सुख
लिनुछ। त्यो हो नै सुखधाम, यो हो दु:खधाम। यो चक्रलाई पनि राम्ररी बुझ्नुछ।
शान्तिधाम, सुखधामलाई याद गर्यौ भने अन्त मती सो गति हुन्छ। शान्तिधामलाई याद गर्ने
हो भने अवश्य पनि शरीर छोड्नुपर्छ अनि आत्माहरू शान्तिधाममा जान्छन्। एक बाबा बाहेक
अरू कोही पनि याद नआओस्। एकदम लाइन क्लियर हुनुपर्छ। एक बाबालाई याद गरेमा मन भित्र
खुसीको पारा चढ्छ। यो पुरानो दुनियाँमा त अल्पकालको क्षण भङ्गुर सुख छ। यो सबै सँगै
जानसक्दैन। साथमा त यी अविनाशी ज्ञान रत्न मात्र जान्छन्। अर्थात् यो ज्ञान रत्नको
कमाइ मात्र साथमा जान्छ जसबाट फेरि तिमीले २१ जन्म प्रारब्ध भोग्छौ। हो, विनाशी धन
पनि साथैमा उनको जान्छ जसले बाबालाई मदत गर्छन्। बाबा हाम्रो पनि कौडी लिएर त्यहाँ
महल दिनुहोस्। बाबाले कौडीको साटो कति रत्न दिनुहुन्छ। जसरी अमेरिकनहरूले धेरै पैसा
खर्च गरेर पुराना पुराना चीजहरू खरिद गर्छन्। मानिसहरूले पुराना चीजको धेरै मूल्य
लिन्छन्। अमेरिकनहरूसँग पाईको चीजलाई हजार लिन्छन्। बाबा पनि कति राम्रो ग्राहक
हुनुहुन्छ। भोलानाथ भनी गायन गरिएको छ नि। मानिसहरूलाई यो पनि थाहा छैन, उनीहरूले त
शिव-शङ्कर एउटै हुनुहुन्छ भनिदिन्छन्। उनीसँग भन्छन् भरिदेऊ झोली। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– हामीलाई ज्ञान रत्न मिलेको छ, जसले हाम्रो झोली भरिन्छ। यहाँ
हुनुहुन्छ बेहदका बाबा। उनीहरूले फेरि शङ्करको लागि भनिदिन्छन् र फेरि देखाउँछन्–
धतुरो खान्थे, भाँग पिउँथे। बसेर के के कुरा बनाएका छन्! तिमी बच्चाहरूले अहिले
सद्गतिको लागि पढाइ पढिरहेका छौ। यो पढाइ हो नै बिल्कुल शान्तिमा रहनको लागि। जुन
यी बत्ती आदि बाल्छौ, प्रदर्शनी गर्छौ, त्यो पनि त्यसैले गर्छौ ताकि मानिसहरूले आएर
सोधुन् तपाईँहरूले शिवजयन्ती किन यति धुमधामसँग मनाउनु हुन्छ? शिवले नै भारतवर्षलाई
धनवान बनाउनुहुन्छ नि। यी लक्ष्मी-नारायणलाई स्वर्गका मालिक कसले बनाउनुभयो? यो
तिमीलाई थाहा छ– यी लक्ष्मी-नारायण पहिलाको जन्ममा को थिए? यी पहिलाको जन्ममा जगत्
अम्बा ज्ञान-ज्ञानेश्वरी थिइन् जो फेरि राज-राजेश्वरी बन्छिन्। अब पद कसको ठुलो छ?
देख्नमा त यिनी स्वर्गको मालिक छिन्। जगत् अम्बा कहाँकी मालिक थिइन्? यिनीसँग किन
जान्छन्? ब्रह्मालाई पनि १०० हात भएका, २०० हात भएका, १००० हात भएका देखाउँछन् नि।
जति बच्चा हुँदै जान्छन्, त्यति हातहरू बढ्दै जान्छन्। जगदम्बालाई पनि
लक्ष्मीकाभन्दा धेरै हातहरू देखाउँछन्, उनीसँगै गएर सबै कुरा माग्छन्। धेरै आशा
लिएर जान्छन्– बच्चा चाहियो, यो चाहियो... लक्ष्मीसँग कहिल्यै यस्ता आशा लिएर
जाँदैनन्। उनी त केवल धनवान हुन्। जगत अम्बाद्वारा त स्वर्गको बादसाही मिल्छ। यो पनि
कसैलाई थाहा छैन– जगत अम्बासँग के माग्नुपर्छ! यो त पढाइ हो नि। जगत् अम्बाले के
पढाउँछिन्? राजयोग। यसलाई भनिन्छ नै बुद्धियोग। तिम्रो बुद्धि अरू सबै तिरबाट
निस्किएर एक बाबातिर लाग्छ। बुद्धि त अनेक तिर भाग्छ नि। अब बाबा भन्नुहुन्छ– मसँग
बुद्धियोग लगाऊ, नत्र विकर्म विनाश हुँदैन त्यसैले बाबाले फोटो खिच्न पनि मनाही
गर्नुहुन्छ। यो त यिनको देह हो नि।
बाबा स्वयं दलाल बनेर
भन्नुहुन्छ– अहिले तिम्रो त्यो विवाह क्यान्सिल भएको छ। काम चिताबाट निस्किएर ज्ञान
चितामा बस। काम चिताबाट निस्क। आफूलाई आत्मा सम्झेर म पितालाई याद गर्यौ भने विकर्म
विनाश हुन्छ। अरू कुनै मानिसले यस्तो भन्नसक्दैन। मनुष्यलाई भगवान पनि भन्न सकिँदैन।
तिमी बच्चाहरूलाई थाहा छ– बाबा नै पतित-पावन हुनुहुन्छ। उहाँ नै आएर काम चिताबाट
निकालेर ज्ञान चितामाथि बसाल्नुहुन्छ। उहाँ हुनुहुन्छ रूहानी पिता। उहाँ यिनमा बसेर
भन्नुहुन्छ– तिमी पनि आत्मा हौ, अरूलाई पनि यही सम्झाइराख। बाबा भन्नुहुन्छ–
मनमनाभव, मनमनाभव भनेपछि नै स्मृति आउँछ। यो पुरानो दुनियाँको विनाश पनि सामुन्ने
खडा छ। बाबाले सम्झाउनुहुन्छ यो हो महाभारी महाभारत लडाइँ। लडाइँ त बेलायतमा पनि
हुन्छ फेरि यसलाई महाभारत लडाइँ किन भनिन्छ? भारतवर्षमा नै यज्ञ रचिएको छ। यसैबाट
विनाश ज्वाला निस्किएको हो। तिम्रो लागि नयाँ दुनियाँ हुनुपर्छ त्यसैले पुरानो
दुनियाँको अवश्य पनि विनाश हुनुपर्छ। त्यसैले यस लडाइँको जड कुरा यहाँबाट निस्किन्छ।
यस रुद्र ज्ञान यज्ञबाट महाभारी लडाइँ, विनाश ज्वाला प्रज्वलित भयो। लेख्न त
शास्त्रहरूमा लेखिएको छ तर कसले भन्नुभयो यो जानेका छैनन्। अहिले बाबाले
सम्झाइरहनुभएको छ नयाँ दुनियाँको लागि। अहिले तिमीले राज्य भाग्य लिन्छौ, तिमी
देवी-देवता बन्छौ। तिम्रो राज्यमा अरू कोही पनि हुनुहुँदैन। आसुरी दुनियाँ विनाश
हुन्छ। बुद्धिमा याद रहनुपर्छ– हिजो हामीले राज्य गरेका थियौं। बाबाले राज्य
दिनुभएको थियो फेरि ८४ जन्म लिँदैलिँदै आयौं। अहिले फेरि बाबा आउनुभएको छ। तिमी
बच्चाहरूमा यो त ज्ञान छ नि। बाबाले यो ज्ञान दिनुभएको छ। दैवी धर्मको स्थापना भएपछि
बाँकी सारा आसुरी दुनियाँको विनाश हुन्छ। बाबा बसेर ब्रह्माद्वारा यी सबै कुरा
सम्झाउनुहुन्छ। ब्रह्मा पनि शिवका बच्चा हुन्, विष्णुको रहस्य पनि सम्झाउनुभएको छ–
ब्रह्मा नै विष्णु, विष्णु नै ब्रह्मा बन्छन्। अहिले तिमीले जानेकाछौ हामी ब्राह्मण
हौं फेरि देवता बन्छौं अनि ८४ जन्म लिन्छौं। यो ज्ञान दिने एक बाबा मात्रै
हुनुहुन्छ अनि फेरि कुनै मानिसहरूद्वारा यो ज्ञान कसरी प्राप्त हुनसक्छ? यसमा सारा
बुद्धिको कुरा छ। बाबा भन्नुहुन्छ– अरू सबै तिरबाट बुद्धियोग तोड। बुद्धि नै
बिग्रिन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। ठीकै छ,
गृहस्थ व्यवहारमा रहनसक्छौ। लक्ष्य-उद्देश्य त सामुन्ने खडा छ। जानेका छौ– हामी
पढेर यस्ता बन्छौं। तिम्रो पढाइ हो नै सङ्गमयुगको। अहिले तिमी न यता छौ न उता। तिमी
बाहिर छौ। बाबालाई खिवैया पनि भन्छन्– गायन पनि गर्छन् हाम्रो नाउ पार लगाउनुहोस्।
यसमा एक कथा पनि बनेको छ। कोही चल्छन्, कोही रोकिन्छन्। अब बाबा भन्नुहुन्छ– म बसेर
यी ब्रह्माको मुखद्वारा सुनाउँछु। ब्रह्मा कहाँबाट आए? प्रजापिता त अवश्य पनि यहाँ
हुनुपर्यो नि। मैले यिनलाई गोद लिन्छु, यिनको नाम पनि राख्छु। तिमी पनि ब्रह्मा
मुखवंशावली ब्राह्मण हौ, जो कलियुगको अन्त्यमा छौ, फेरि तिमीहरू नै सत्ययुगको आदिमा
जान्छौ। तिमी नै सबैभन्दा पहिला बाबाबाट अलग भएर पार्ट खेल्न आएका छौ। हामीमध्ये पनि
सबैले त भन्दैनन् नि। यो पनि थाहा हुन्छ कसले पूरा ८४ जन्म लिन्छन्। यी
लक्ष्मी-नारायणको त ग्यारेन्टी छ नि। यिनको लागि नै गायन छ श्याम-सुन्दर। देवी-देवता
सुन्दर थिए, कालाबाट गोरा बनेका हुन्। गाउँलेका छोरा परिवर्तन भएर सुन्दर बन्छन्,
यतिबेला सबै अनाथ बच्चा हुन्। यो बेहदको कुरा हो, उहाँलाई कसैले चिन्दैनन्। कति
राम्रो राम्रो ज्ञान दिइन्छ। हरेकको लागिका सर्जन एउटै हुनुहुन्छ। यहाँ हुनुहुन्छ
अविनाशी सर्जन।
योगलाई अग्नि भनिन्छ
किनकि योगबाटै आत्माको खाद निस्किन्छ। योग अग्निद्वारा तमोप्रधान आत्मा सतोप्रधान
बन्छ। यदि आगो निभ्यो भने खाद निस्किँदैन। यादलाई योग अग्नि भनिन्छ, जसबाट विकर्म
विनाश हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– तिमीलाई कति सम्झाइरहन्छु। धारणा पनि भए त
हो नि। ठीकै छ, मनमनाभव। यसमा त थाक्नुहुँदैन नि। बाबालाई याद गर्न पनि बिर्सिन्छन्।
उहाँ पतिहरूका पतिले तिमीहरूलाई ज्ञानद्वारा कति शृङ्गार गर्नुहुन्छ। निराकार बाबा
भन्नुहुन्छ– अरू सबैतिरबाट बुद्धियोग तोडेर म आफ्नो पितालाई याद गर। पिता सबैका एउटै
हुनुहुन्छ। तिम्रो अब कला वृद्धि हुन्छ। भन्छन् पनि– तेरे भाने सर्वका भला। बाबा
आउनुभएको छ सबैको भलो गर्न। रावणले त सबैलाई दुर्गतिमा लैजान्छ, रामले सबैलाई
सद्गतिमा लैजानुहुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) बाबाको यादद्वारा अपार सुखको अनुभव गर्नको लागि बुद्धिको लाइन क्लियर हुनुपर्छ।
यादले जब अग्निको रूप लिन्छ तब आत्मा सतोप्रधान बन्छ।
२) बाबाले कौडीको
सट्टा रत्न दिनुहुन्छ। यस्ता भोलानाथ बाबाद्वारा आफ्नो झोली भर्नुछ। शान्तिमा रहने
पढाइ पढेर सद्गति प्राप्त गर्नुछ।
वरदान:–
मायाक ा
बन्धनहरूबाट सदा निर्बन्धन रहने योगयुक्त , बन्धनमुक्त भव
बन्धनमुक्तको निसानी
हो सदा योगयुक्त। योगयुक्त बच्चाहरू जिम्मेवारीहरूको बन्धन वा मायाको बन्धनबाट
मुक्त हुनेछन्। मनको पनि बन्धन नहोस्। लौकिक जिम्मेवारी त खेल हो, त्यसैले
डाइरेक्सन अनुसार खेलको रीतिले हाँसेर खेल्यौ भने कहिल्यै साना साना कुराहरूमा
थाक्ने छैनौ। यदि बन्धन सम्झ्यौ भने हैरान हुन्छौ। के, किनको प्रश्न उठ्छ। तर
जिम्मेवार बाबा हुनुहुन्छ, तिमी निमित्त हौ। यस स्मृतिबाट बन्धनमुक्त बन्यौ भने
योगयुक्त बन्नेछौ।
स्लोगन:–
करनकरावनहारको
स्मृतिबाट भान र अभिमानलाई समाप्त गर।