20.03.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– पुण्य
आत्मा ब न्नुछ भने एक बाबालाई याद गर , यादबाट नै खाद निस्कन्छ , आत्मा पावन बन्छ।”
प्रश्न:–
कुन स्मृति
रह्यो भने कहिल्यै पनि कुनै कुरामा दुविधा हुँदैन?
उत्तर:–
ड्रामाको।
बनिबनाउ बनिरहेको छ, अब केही बन्नुछैन... यो अनादि ड्रामा चलिरहन्छ। यसमा कुनै
कुरामा अलमलिने दरकार छैन। कति बच्चाहरूले भन्छन्– थाहा छैन, यो हाम्रो अन्तिम ८४औँ
जन्म हो वा होइन, अलमलिन्छन्। बाबा भन्नुहुन्छ– अलमलमा नपर, मनुष्यबाट देवता बन्ने
पुरुषार्थ गर।
ओम् शान्ति ।
बच्चाहरूलाई
ओम् शान्तिको अर्थ त थाहा छ– म आत्मा हुँ र म आत्माको स्वधर्म हो शान्ति। म आत्मा
शान्तस्वरूप, शान्तिधामको निवासी हुँ। यो पाठ कण्ठ (पक्का) गर्दै जाऊ। यो कसले
सम्झाउनुहुन्छ? शिवबाबाले। शिवबाबालाई याद पनि गर्नुछ। उहाँको आफ्नो रथ छैन, त्यसैले
उहाँको बाहन साँढेलाई देखाइदिन्छन्। मन्दिरमा पनि साँढे राखिदिएका हुन्छन्। यसलाई
भनिन्छ पूरा अज्ञान। बाबाले बच्चाहरूलाई अथवा रुहहरूलाई सम्झाउनुहुन्छ। रुहहरूका
बाबा उहाँ शिव हुनुहुन्छ, उहाँका नाम त धेरै छन्। तर धेरै नाम भएकाले अलमलिएका छन्।
वास्तवमा उहाँको नाम हो शिव। शिवजयन्ती पनि यहाँ नै मनाइन्छ। उहाँ निराकार बाबा
हुनुहुन्छ, उहाँ आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। कसैले भागीरथ, कसैले नन्दीगण
भनिदिएका छन्। बाबाले नै बताउनुहुन्छ– म कुन भाग्यशाली रथमा आउँछु। म ब्रह्माको तनमा
प्रवेश गर्छु। ब्रह्माद्वारा विश्वलाई स्वर्ग बनाउँछु। तिमी सबै बच्चाहरूलाई थाहा छ
नि– लक्ष्मीनारायणको राज्य थियो। तिमी सबै बच्चाहरू आदि सनातन देवीदेवता धर्मका थियौ।
स्वर्गवासी थियौ। ५ हजार वर्ष पहिला म आएपछि तिमीहरू सबैलाई सतोप्रधान स्वर्गको
मालिक बनाएको थिएँ। फेरि पुनर्जन्म अवश्य लिनुपर्छ। बाबाले कति सीधै बताउनुहुन्छ।
अब जयन्ती मनाउँछौ, (यस २०२६ मा लेखिन्छ ९०औँ शिवजयन्ती), बाबाको आगमन भएको अहिले
९० वर्ष भयो। फेरि साथसाथै ब्रह्मा, विष्णु, शङ्करको पनि आगमन हुन्छ। त्रिमूर्ति
ब्रह्माको जयन्ती कसैले देखाउँदैनन्, देखाउन जरुरी छ किनकि बाबा भन्नुहुन्छ– मैले
ब्रह्माद्वारा फेरि स्थापना गर्छु। ब्राह्मण बनाउँदै जान्छु। त्यसपछि ब्रह्मा र
ब्राह्मण वंशीहरूको पनि जन्म हुन्छ। फेरि तिमी नै विष्णुपुरीका मालिक बन्नेछौ।
बाबाको यादबाट नै तिम्रो खाद निस्कनेछ। हुन त भारतवर्षको प्राचीन योग प्रसिद्ध छ तर
त्यो कसले सिकाउनुभएको थियो, यो कसैले जान्दैनन्। उहाँ आफैले भन्नुहुन्छ– हे प्यारा
बच्चाहरू! तिमीले आफ्नो बाबालाई याद गर। तिमीलाई मबाट वर्सा मिल्छ। म तिम्रो पिता
हुँ। म कल्प कल्प आउँछु, आएर तिमीलाई मनुष्यबाट देवता बनाउँछु किनकि तिमी देवीदेवता
थियौ, फेरि ८४ जन्म लिँदालिँदा आएर पतित बनेका छौ। रावणको मतमा चलिरहेका छौ।
ईश्वरीय मतबाट तिमी स्वर्गका मालिक बन्छौ।
बाबा भन्नुहुन्छ– म
कल्प पहिला पनि आएको थिएँ। जे जति बितेर जान्छ, त्यो कल्प कल्प भइ नै रहन्छ। बाबा
फेरि पनि आएर यिनमा प्रवेश गर्नुहुन्छ, यी दादालाई छुटाउनुहुन्छ। फेरि यिनीहरू सबैको
पालनपोषण गराउनुहुनेछ। तिमीलाई थाहा छ– हामी नै सत्ययुगमा थियौँ। हामी बच्चाहरूले
नै ८४ जन्म लिनुपर्छ। पहिला सुरुमा तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ। यथा
राजा रानी तथा प्रजा नम्बरवार। सबै त राजा बन्न सक्दैनन्। त्यसैले बाबा
सम्झाउनुहुन्छ– सत्ययुगमा तिम्रा ८ जन्म, त्रेतामा १२ जन्म... त्यसैगरी आफैलाई सम्झ–
हामीले यो पार्ट खेलेका हौँ। पहिला सूर्यवंशी राजधानीमा पार्ट खेल्यौँ, फेरि
चन्द्रवंशीमा, फेरि तल ओर्लँदै वाममार्गमा आयौँ। फेरि हामीले ६३ जन्म लियौँ।
बच्चाहरूले नै पूरा ८४ जन्म लिएका छन् र अरू कुनै धर्मका मानिसहरूले यति जन्म
लिँदैनन्। गुरुनानक भएको ५०० वर्ष भयो, उनका करिब १२-१४ जन्म होलान्। यो हिसाब
निकालिन्छ। क्रिस्चियनले २ हजार वर्षमा ६० पुनर्जन्म लिए होलान्, वृद्धि हुँदैजान्छ।
पुनर्जन्म लिँदैजान्छन्। बुद्धिमा यो विचार गर, हामीले नै ८४ जन्म भोग्यौँ, फेरि
सतोप्रधान बन्नुछ। जे जति बितेर गयो, त्यो ड्रामा। यो जुन ड्रामा बनेको छ, त्यो फेरि
रिपिट हुनेछ। बेहदको इतिहासमा तिमीलाई लैजान्छु। तिमीले पुनर्जन्म लिँदै आएका छौ।
अब तिमीले ८४ जन्म पूरा गरेका छौ। अब फेरि बाबाले याद दिलाउनुभयो– तिम्रो घर हो
शान्तिधाम। आत्माको रूप के हो? बिन्दु। त्यहाँ मानौँ बिन्दुहरूको वृक्ष छ।
आत्माहरूको पनि नम्बरवार वृक्ष हुन्छ। नम्बरवार तल आउनुछ। परमात्मा पनि बिन्दु
हुनुहुन्छ। यस्तो होइन– यति ठुलो लिङ्ग हुन्छ। बाबा भन्नुहुन्छ– तिमी मेरो बच्चा
बन्यौ भने मैले तिमीलाई स्वर्गको मालिक बनाउँछु, पहिला तिमी मेरो बन, फेरि मैले
तिमीलाई पढाउँछु। तिमीले भन्छौ– बाबा, हामी हजुरका हौँ। साथसाथै पढ्नु पनि छ। मेरा
बन्यौ अनि तिमीहरूको पढाइ सुरु भयो।
बाबा भन्नुहुन्छ– यो
तिम्रो अन्तिम जन्म हो, यसमा कमल फूलसमान पवित्र बन। बच्चाहरूले वाचा गर्छन्– बाबा,
हामी हजुरबाट वर्सा लिनको लागि कहिल्यै पतित बन्दैनौँ। ६३ जन्म त पतित बन्यौँ। यो
८४ जन्मको कहानी हो। बाबा आएर सहज बनाए बताउनुहुन्छ। जसरी लौकिक बाबाले बताउँछन्
नि। त्यसैगरी यहाँ पनी बेहदका बाबा हुनुहुन्छ। उहाँ आएर रुहहरूसँग बच्चा बच्चा भनेर
कुरा गर्नुहुन्छ। शिवरात्रि पनि मनाउँछन् नि। यो हो आधाकल्पको दिन र आधाकल्पको रात।
अहिले हो रातको अन्त्य र दिनको आदिको सङ्गम। भारतवर्ष सत्ययुग हुँदा दिन थियो।
सत्ययुग-त्रेतालाई ब्रह्माको दिन भनिन्छ। तिमी ब्राह्मण हौ नि। तिमी ब्राह्मणलाई
थाहा छ– हाम्रो अहिले रात्रि हो। तमोप्रधान भक्ति हो। दु:खी भएर यताउता भट्किरहन्छन्,
सबैको पूजा गरिरहन्छन्। त्रिबाटोको पनि पूजा गर्छन्। मनुष्यको शरीरको पनि पूजा
गर्छन्। संन्यासीहरूले आफूलाई शिवोहम् भनेर बस्छन्, फेरि माताहरू गएर उनीहरूको पूजा
गर्छन्। यी बाबा धेरै अनुभवी छन्, यी बाबा भन्छन्– मैले पनि धेरै पूजा गरेँ। तर
त्यस समयमा ज्ञान त थिएन। फल चढाउँथेँ, मनुष्यमाथि जल चढाउँथेँ। यो पनि ठगी भयो नि।
तर यो सबै फेरि पनि हुनेछ। भक्तहरूको रक्षक भगवान हुनुहुन्छ किनकि सबै दुःखी छन्
नि। बाबा सम्झाउनुहुन्छ– द्वापरदेखि लिएर तिमीले गुरु बनाउँदै आयौ र भक्तिमार्गमा
ओर्लँदै आयौ। अहिलेसम्म पनि साधुहरूले त साधना गर्छन्। बाबा भन्नुहुन्छ– उनीहरूको
पनि मैले उद्धार गर्छु। सङ्गममा तिम्रो सद्गति हुन्छ, फेरि तिमीले ८४ जन्म लिन्छौ।
बाबालाई भनिन्छ ज्ञानको सागर, मनुष्य सृष्टिको बीजरूप। उहाँ सत्-चित्-आनन्द स्वरूप
हुनुहुन्छ। उहाँ कहिल्यै विनाश हुनुहुन्न, उहाँमा ज्ञान छ। ज्ञानको सागर, प्यारको
सागर हुनुहुन्छ, अवश्य उहाँबाट वर्सा मिल्नुपर्छ। अहिले तिमी बच्चाहरूलाई वर्सा
मिलिरहेको छ। शिवबाबा हुनुहुन्छ नि। उहाँ पनि बाबा हुनुहुन्छ, यिनी पनि तिम्रो बाबा
हुन्, फेरि शिवबाबाले ब्रह्माद्वारा तिमीलाई पढाउनुहुन्छ, त्यसैले प्रजापिता
ब्रह्माकुमार कुमारीहरू भनिन्छ। कति धेरै बी.के. छन्। भन्छन्– हामीलाई दादा
शिवबाबाबाट वर्सा मिल्छ। बच्चाहरूले भन्छन्– बाबाले हामीलाई नर्कवासीबाट स्वर्गवासी
बनाउनुहुन्छ। भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! म एकलाई याद गरेमा तिम्रो शिरमा जुन
पापको बोझ छ, त्यो भस्म हुनेछ। फेरि तिमी सतोप्रधान बन्नेछौ। तिमी सच्चा सुन, सच्चा
गहना थियौ। आत्मा र शरीर दुवै सतोप्रधान थिए। आत्मा फेरि सतो, रजो, तमो भयो भने
शरीर पनि त्यस्तै तमोगुणी मिल्छ। बाबा तिमीलाई राय दिनुहुन्छ– प्यारा बच्चाहरू!
मलाई याद गर। मलाई बोलाउँछौ नि– हे पतितपावन आउनुहोस्! भारतवर्षको प्राचीन राजयोग
प्रसिद्ध छ। त्यो राजयोग अहिले मैले तिमीलाई सिकाइरहेको छु– मसँग योग राखेमा यसबाट
तिम्रो खाद डढेर जान्छ। जति याद गर्छौ, त्यति खाद निस्कँदैजान्छ। मुख्य कुरा यादकै
हो। नलेज त बाबाले दिनुभएको छ– सत्ययुगमा यथा राजा रानी तथा प्रजा सबै पवित्र थिए,
अहिले सबै पतित छन्। बाबा भन्नुहुन्छ– यिनको धेरै जन्महरूको अन्त्यको जन्ममा म
प्रवेश गर्छु। यिनलाई भनिन्छ भाग्यशाली रथ। यिनी पढेर फेरि पहिलो नम्बरमा जान्छन्।
नम्बरवार त बन्छन् नि। मुख्य एउटा नाम हुन्छ। बाबाले बच्चाहरूलाई ८४ जन्मको रहस्य
राम्रोसँग सम्झाउनुभएको छ। तिमी आदि सनातन देवीदेवता धर्मका हौ, न कि हिन्दु धर्मका।
तिमी कर्म श्रेष्ठ, धर्म श्रेष्ठ थियौ। फेरि रावणको प्रवेश भएपछि धर्म-कर्म भ्रष्ट
भएका छौ। आफूलाई देवीदेवता कहलाउनमा लाज लाग्छ, त्यसैले हिन्दु नाम राखिदिएका छन्।
वास्तवमा तिमीहरू आदि सनातन देवीदेवता धर्मका थियौ। तिमीहरूले ८४ जन्म लिएका छौ,
फेरि पतित बनेका छौ। ८४ को चक्र तिमीहरूको लागि हो। फर्केर त सबैलाई जानु छ। पहिला
तिमी जान्छौ। जसरी जन्ती जान्छन् नि। शिवबाबालाई साजन पनि भनिन्छ। तिमी सजनिहरू यस
समयमा फोहोरी, तमोप्रधान छौ, उहाँले गुल गुल फूल बनाएर लैजानुहुनेछ। आत्माहरूलाई
पावन बनाएर लैजानुहुनेछ। उहाँलाई लिबरेटर, गाइड भनिएको छ। बेहदका बाबाले
लैजानुहुन्छ। उहाँको नाम के हो? शिवबाबा। नाम शरीरमा राखिन्छ तर परमात्माको नाम शिव
नै हो। ब्रह्मा, विष्णु, शङ्करको त सूक्ष्म शरीर छ। शिवबाबाको त कुनै शरीर छैन।
उहाँलाई शिवबाबा नै भनिन्छ। बच्चाहरूले भन्छन्– हे मातापिता, हामी हजुरका बालक बनेका
छौँ! अरूले त पुकारिरहन्छन् किनकि उनीहरूलाई थाहै छैन। सबैलाई थाहा भयो भने थाहा
छैन के हुन्छ। अहिले दैवी वृक्षको कलमी लाग्छ। हीराबाट कौडी बन्नमा ८४ जन्म लाग्छ।
फेरि नयाँ सिराबाट सुरु हुनेछ। विश्वको इतिहास भूगोल रिपिट हुनेछ। बाबा
सम्झाउनुहुन्छ– तिमीले पूरा ८४ जन्म लिएका छौ। ८४ लाख त हुन सक्दैन। यो ठुलो भुल
हो। ८४ लाख जन्म सम्झनाले कल्पको अवधि लाखौँ वर्ष भनिदिएका छन्। भारतवर्ष अहिले
झुटखण्ड हो, सचखण्डमा तिमी सदा सुखी थियौ। यस समयमा तिमीले २१ जन्मको वर्सा लिन्छौ।
सारा तिम्रो पुरुषार्थमा अधारित छ। राजधानीमा जे चाहन्छौ, त्यो पद लेऊ, यसमा जादु
आदिको कुनै कुरा छैन। हो, मनुष्यबाट देवता अवश्य बन्छौ। यो त राम्रो जादु हो नि।
तिमीले सेकेन्डमा जान्दछौ– हामी बाबाका बच्चा बनेका छौँ। कल्प कल्प बाबाले हामीलाई
स्वर्गको मालिक बनाउनुहुन्छ। आधाकल्प भट्किँदै आयौ, स्वर्गवासी त कोही पनि भएको छैन।
बाबा आएर तिमी बच्चाहरूलाई योग्य बनाउनुहुन्छ। अवश्य यहाँ महाभारत लडाइँ भएको थियो
र राजयोग सिकाइएको थियो। शिवबाबा भन्नुहुन्छ– मैले नै आएर तिमीलाई सिकाउँछु, न कि
क्राइस्टले। अहिले यो तिम्रो धेरै जन्महरूको अन्त्यको जन्म हो, अलमलिनु हुँदैन। तिमी
बच्चाहरू हौ। तिम्रो धर्म धेरै सुखदायक छ र अरू धर्मका मानिसहरू त वैकुण्ठमा आउन
सक्दैनन्। यो ड्रामा पनि अनादि चलिरहन्छ। कहिले बन्यो, यो भन्न सकिँदैन। यसको
अन्त्य हुँदैन। विश्वको इतिहास भूगोल रिपिट हुन्छ। यो हो सङ्गमयुग, छोटो युग। टुपी
हो ब्राह्मणहरूको। बाबाले तिमी ब्राह्मणहरूलाई देवता बनाइरहनुभएको छ। त्यसैले
ब्रह्माका बच्चा अवश्य बन्नुपर्छ। तिमीलाई वर्सा मिल्छ दादा (शिवबाबा)बाट। आफूलाई
बी.के. नसम्झँदासम्म वर्सा कसरी मिल्छ। फेरि पनि कसैले केही न केही ज्ञान सुने भने
साधारण प्रजामा आउँछन्। आउनु त अवश्य छ। शिवबाबाले ब्रह्माद्वारा ब्राह्मण, देवता,
क्षत्रिय धर्मको स्थापना गर्नुहुन्छ। गीता बाहेक अर्को कुनै पनि शास्त्र छैन। गीता
हो नै सर्वोत्तम दैवी धर्मको शास्त्र, जसबाट ३ धर्म स्थापना हुन्छन्। ब्राह्मण पनि
यहीँ बन्नुछ। देवता पनि यहीँ बन्छौ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) हरेकको निश्चित पार्टलाई जानेर सदा निश्चिन्त रहनुछ। बनिबनाउ बनिरहेको छ...
ड्रामामा अडोल रहनुछ।
२) यस छोटो सङ्गमयुगमा
बाबाबाट पूरा वर्सा लिनुछ। यादको बलले खाद निकालेर स्वयंलाई कौडीबाट हीराजस्तो
बनाउनुछ। मीठो वृक्षको कलमीमा जानको लागि योग्य बन्नुछ।
वरदान:–
एक बाबाको
यादमा सदा मग ् न रहेर एकरस अवस्था बनाउने साक्षीदृष्टा भव
अब यस्ता पेपर आउनेछन्,
जुन सङ्कल्प, स्वप्नमा पनि हुँदैनन् होला। तर तिम्रो प्राक्टिस यस्तो हुनुपर्छ, जसरी
हदको ड्रामा साक्षी भएर हेरिन्छ, फेरि चाहे दर्दनाक होस् वा हाँसो लाग्दो होस्,
अन्तर हुँदैन। त्यसैगरी चाहे कसैको रमणीय पार्ट होस्, चाहे स्नेही आत्माको गम्भीर
पार्ट होस्... हर पार्ट साक्षीदृष्टा भएर हेर, एकरस अवस्था होस्। तर यस्तो अवस्था
त्यतिबेला हुन्छ, जुनबेला सदा एक बाबाको यादमा मग्न हुनेछौ।
स्लोगन:–
दृढ निश्चयले
आफ्नो भाग्यलाई निश्चित गरिदियौ भने सदा निश्चिन्त रहनेछौ।
अव्यक्त इसारा:–
“निश्चयको फाउन्डेसनलाई मजबुत बनाए र सदा निर्भय र निश्चि न् त होऊ”
कर्म गर्नुभन्दा पहिला
यो निश्चय गर– हाम्रो विजय त भइ नै सकेको छ। अनेक कल्प विजयी बनेका छौँ। अनेककल्प,
अनेकपटक विजयी बनेर विजयमालामा उनिनेवाला, पूजन हुनेवाला बनेका छौँ भने अब त्यही
रिपिट गर्नुछ। बनेको कर्म अर्कोपटक रिपिट गर्नुछ, त्यसैले भनिन्छ– बनिबनाउ...। बनेको
छ तर अब फेरि रिपिट गरेर ‘बनिबनाउ’ जुन उखान छ, त्यसलाई पूरा गर्नुछ।