20.06.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– चना
मुट्ठीको पछाडि लागेर आफ्नो समय बर्बाद नगर , अब बाबाको सहयोगी बनेर बाबाको नाम
प्रख्यात गर।” ( विशेष कुमारीहरूप्रति)
प्रश्न:–
यस
ज्ञानमार्गमा तिम्रो कदम अगाडि बढिरहेको छ, त्यसको निसानी के हो?
उत्तर:–
शान्तिधाम र
सुखधाम सदा याद रहन्छ। यादको समयमा बुद्धि कहीँ पनि भट्किँदैन, बुद्धिमा व्यर्थ
विचार आउँदैन, बुद्धि एकाग्र हुन्छ, निद्रा लाग्दैन, खुसीको पारा चढिरहेको छ भने
यसबाट सिद्ध हुन्छ कदम अगाडि बढिरहेको छ।
ओम् शान्ति ।
बच्चाहरू यति
समयसम्म यहाँ बसिरहेका छन्। दिलमा पनि आउँछ– हामी मानौं शिवालयमा बसेका छौं।
शिवबाबाको पनि याद आउँछ। स्वर्ग पनि याद आउँछ। यादबाट नै सुख मिल्छ। हामी शिवालयमा
बसेका छौँ, यो बुद्धिमा याद रह्यो भने पनि खुसी हुन्छ। जाने त आखिरमा सबैलाई
शिवालयमा नै हो। शान्तिधाममा नै कसैलाई बसिरहनु छैन। वास्तवमा शान्तिधामलाई पनि
शिवालय भनिन्छ, सुखधामलाई पनि शिवालय भनिन्छ। दुवै स्थापना गर्नुहुन्छ। तिमी
बच्चाहरूले याद पनि दुवैलाई गर्नु छ। यो शिवालय हो शान्तिको लागि र त्यो शिवालय हो
सुखको लागि। यो हो दु:खधाम। अहिले तिमी सङ्गममा बसेका छौ। शान्तिधाम र सुखधाम बाहेक
अरू केहीको पनि याद हुनु हुँदैन। जहाँसुकै बसे पनि, धन्दा आदिमा बसेको भए पनि
बुद्धिमा दुवै शिवालय याद आउनु पर्छ। दु:खधामलाई बिर्सनु छ। बच्चाहरूलाई थाहा छ– यो
वेश्यालय, दु:खधाम अब खतम हुनेछ।
यहाँ बस्दा तिमी
बच्चाहरूलाई उङ आदि पनि आउनु हुँदैन। धेरैको बुद्धि यताउता अरूतिर जान्छ। मायाको
विघ्न पर्छ। तिमी बच्चाहरूलाई बाबा घरी घरी भन्नुहुन्छ– प्यारा बच्चाहरू! मनमनाभव।
भिन्न भिन्न प्रकारको युक्ति पनि बताउनु हुन्छ। यहाँ बसेका छौ, बुद्धिमा यो याद गर
हामी पहिला शान्तिधाम, शिवालयमा जानेछौं फेरि सुखधाममा आउँछौं। यसरी याद गर्नाले
पाप काटिँदै जान्छ। जति तिमीले याद गर्छौ त्यति कदम बढाउँछौ। यहाँ अरू कुनै ख्यालमा
बस्नु हुँदैन। नत्र तिमीले अरूलाई नोक्सान पुर्याउँछौ। फाइदाको सट्टा झन् नोक्सान
पार्छौ। पहिला तिमी जब बस्थ्यौ त्यतिबेला सामुन्नेमा कसैलाई जाँच गर्नको लागि
बसाइन्थ्यो– कसले उङ्छ, कसले आँखा बन्द गरेर बस्छ, त्यसैले धेरै सावधान रहन्थे।
बाबाले पनि हेर्नुहुन्थ्यो– यिनको बुद्धि कतै भट्किन्छ वा उङ्छन्? यस्ता पनि धेरै
आउँछन् जसले केही पनि बुझ्दैनन्। ब्राह्मणीले लिएर आउँछन्। शिवबाबाको अगाडि बच्चाहरू
धेरै राम्रो हुनु पर्छ, लापरबाही गर्नु छैन किनकि बाबा कुनै साधारण टिचर हुनुहुन्न।
बाबाले बसेर सिकाउनु हुन्छ। यहाँ धेरै सावधान भएर बस्नु पर्छ। बाबाले १५ मिनेट
शान्तिमा बसाउनु हुन्छ। तिमी त घन्टा दुई घन्टा बस्छौ। सबै त महारथी छैनन्। जो कच्चा
छन् उनलाई सावधान गर्नु छ। सावधान गर्नाले सजग हुन्छन्। जो यादमा रहँदैनन्, व्यर्थ
सोच चलाइरहन्छन्, उनीहरूले मानौं विघ्न पार्छन् किनकि बुद्धि यताउता भट्किन्छ।
महारथी, घोडसवार, पैदल सेना सबै बसेका छन्।
म्युजियममा अथवा
प्रदर्शनीमा जुन तिमी बच्चाहरूले शिवालय, वेश्यालय र पुरुषोत्तम सङ्गमयुग– यी तीनवटै
विषयमा बताउँछौ, यसमा बाबाले आज विचार सागर मन्थन गरेर आउनु भएको थियो– यो सम्झाउनको
लागि धेरै राम्रो छ। यी चित्रहरू धेरै ठुला ठुला बनाउनु पर्छ। राम्रो राम्रो ठुला
हल यी चित्रहरूको लागि हुनुपर्छ, जसले गर्दा मनुष्यहरूको बुद्धिमा तुरुन्त बस्छ।
बच्चाहरूको विचार चल्नुपर्छ– यसमा हामीले कसरी सुधार ल्याउन सक्छौं। पुरुषोत्तम
सङ्गमयुग धेरै राम्रो बनाउनु पर्छ। त्यसबाट मनुष्यहरूलाई धेरै राम्रो शिक्षा मिल्छ।
तपस्यामा पनि तिमीले ५-६ आत्माहरूलाई बसाउँछौ, तर होइन १०-१५ आत्मालाई तपस्यामा
बसाउनु पर्छ। ठुला ठुला चित्र बनाएर सफा अक्षरमा लेख्नु पर्छ। तिमीले यति सम्झाउँछौ
तर फेरि पनि कहाँ बुझ्छन् र। तिमीले सम्झाउनको लागि मेहनत गर्छौ, पत्थरबुद्धि छन्
नि। त्यसैले जति हुन सक्छ राम्रोसँग सम्झाउनु पर्छ। जो सेवामा रहन्छन् उनीहरूले सेवा
बढाउने ख्याल गर्नुपर्छ। प्रोजेक्टर, प्रदर्शनीमा त्यति मजा आउँदैन जति म्युजियममा।
प्रोजेक्टरबाट त केही पनि बुझ्दैनन्। सबै भन्दा राम्रो हुन्छ म्युजियम, बरु सानै
होस्। एउटा कोठामा शिवालय, वेश्यालय र पुरुषोत्तम संगययुगको दृश्य होस्। सम्झाउनको
लागि धेरै विशाल बुद्धि चाहिन्छ।
बेहदका पिता, बेहदका
टिचर आउनु भएको छ, बच्चाहरूले एम. ए., बी.ए. पास नगरेसम्म कहाँ बसिरहनुहुन्छ र! बाबा
कहाँ बसिरहनुहुन्छ र! थोरै समयमा गइहाल्नु हुन्छ। बाँकी थोरै समय छ तर पनि जाग्दैनन्।
जो राम्रा राम्रा बच्चीहरू छन् उनीहरूले भन्छन्– यो ४-५ सय रुपैयाँको लागि व्यर्थमा
हामीले किन समय बर्बाद गरौं। फेरि शिवालयमा हामीले के पद पाउँछौं! बाबाले
देख्नुहुन्छ– कुमारीहरू त स्वतन्त्र छन्। चाहे जतिसुकै तलब भए पनि यो त मुट्ठीमा चना
जस्तै हो, यो सबै खलास हुन्छ। केही पनि रहनेछैन। बाबा चना मुट्ठी छुटाउन आउनु भएको
छ तर छोड्दै छोड्दैनन्। त्यसमा छ चना मुट्ठी, यसमा छ विश्वको बादसाही। त्यो त पाई
पैसाको चना हो, त्यसको पछाडि लागेर कति हैरान हुन्छन्। कुमारीहरू त फ्री छन्। त्यो
पढाइ त पाई पैसाको हो। त्यसलाई छोडेर यो ज्ञान पढिरहेको भए दिमाग पनि खुल्ने थियो।
यस्ता साना साना बच्चीहरूले ठुला बडालाई बसेर ज्ञान दिऊन्, बाबा आउनु भएको छ–
शिवालय स्थापना गर्न। यो त जान्दछौ– यहाँको सबैथोक माटोमा मिल्नु छ। यो चना पनि
भाग्यमा मिल्नेछैन। कसैको मुट्ठीमा ५ चना अर्थात् ५ लाख हुन्छ, त्यो पनि खतम हुन्छ।
अहिले समय धेरै कम छ। दिन-प्रतिदिन हालत बिग्रिँदै जान्छ। अचानक आपद् आउँछन्। मृत्यु
पनि अचानक हुन्छ, मुट्ठीमा चना छँदै प्राण निस्किन्छ। त्यसैले मनुष्यहरूलाई यस
बाँदर स्वभावबाट छुटाउनु छ। केवल म्युजियम देखेर खुसी हुनु छैन, कमाल गरेर देखाउनु
छ। मनुष्यहरूलाई सुधार्नु छ। बाबाले तिमी बच्चाहरूलाई विश्वको बादसाही दिइरहनु भएको
छ। बाँकी चना पनि कसैको भाग्यमा हुनेछैन। सबै खतम हुन्छ, त्यसैले किन बाबाबाट
बादसाही नलिने? कुनै तकलिफको कुरा छैन। केवल बाबालाई याद गर्नु छ र स्वदर्शन चक्र
घुमाउनु छ। चनाबाट मुट्ठी खाली गरेर हीरा जुहारतले मुट्ठी भरेर जानु छ।
बाबाले सम्झाउनु
हुन्छ– प्यारा बच्चाहरू! यी चना मुट्ठीको पछाडि लागेर तिमीले आफ्नो समय किन बर्बाद
गर्छौ? हो, कोही वृद्ध छन्, बालबच्चाहरू धेरै छन् भने तिनीहरूलाई सम्हाल्नु पर्छ।
कुमारीहरूको लागि त धेरै सहज छ, जो आए पनि तिनलाई सम्झाऊ– बाबाले हामीलाई यो बादसाही
दिनुहुन्छ। त्यसैले बादसाही लिनु पर्छ नि। अहिले तिम्रो मुट्ठी हीराले भरिँदै छ।
बाँकी अरू त सबै विनाश हुन्छ। बाबा सम्झाउनु हुन्छ– तिमीले ६३ जन्म पाप गरेका छौ।
दोस्रो पाप हो बाबा र देवताहरूको ग्लानि गर्नु। विकारी पनि बनेका छन् र गाली पनि
गरेका छन्। बाबाको कति ग्लानि गरेका छन्। बाबाले बच्चाहरूलाई बसेर सम्झाउनु हुन्छ–
प्यारा बच्चाहरू! समय गुमाउनु हुँदैन। यस्तो होइन, बाबा हामीले याद गर्न सक्दैनौं।
यसको सट्टा भन, बाबा म आफूलाई आत्मा हुँ भन्ने याद गर्न सक्दिन। आफूलाई भुलिहाल्छु।
देह अभिमानमा आउनु अर्थात् आफूलाई भुल्नु। आफूलाई आत्मा याद गर्न सक्दैनौ भने फेरि
बाबालाई कसरी याद गर्न सक्छौ? यो धेरै उच्च लक्ष्य हो। धेरै सहज पनि छ। बाँकी हो,
मायाको विघ्न त पर्छ।
मनुष्यहरूले गीता आदि
त पढ्छन् तर अर्थ केही पनि बुझ्दैनन्। हिन्दुहरूको हो नै मुख्य गीता। हरेक धर्मको
आ-आफ्नो एक शास्त्र हुन्छ। जो धर्म स्थापना गर्नेवाला छन्, उनीहरूलाई सतगुरु भन्न
मिल्दैन। यो ठुलो भुल हो। सतगुरु त एक मात्रै हुनुहुन्छ, बाँकी गुरु कहलाउनेहरू त
धेरै छन्। कसैले सिकर्मीको काम सिकायो, इन्जिनियरको काम सिकायो भने ऊ पनि गुरु भयो।
हरेक सिकाउनेवाला गुरु हुन्छ, सतगुरु एक हुनुहुन्छ। अब तिमीलाई सतगुरु मिलेको छ। उहाँ
सत्य पिता पनि हुनुहुन्छ भने सत्य टिचर पनि हुनुहुन्छ। त्यसैले बच्चाहरूले लापरबाही
गर्नु हुँदैन। यहाँबाट राम्रोसँग ताजा भएर जान्छन्, फेरि घर गएपछि यहाँको सबै
भुल्छन्। गर्भजेलमा धेरै सजाय मिल्छ। त्यहाँ त गर्भ महल हुन्छ। कुनै विकर्म हुँदैन
जसले गर्दा सजाय खान परोस्। यहाँ तिमी बच्चाहरूले जान्दछौ– हामीले बाबासँग सम्मुखमा
पढिरहेका छौं। बाहिर आफ्नो घरमा त यस्तो भन्दैनौ। त्यहाँ बुझ्नेछौ– हामीलाई भाइले
पढाउँछन्। यहाँ त डाइरेक्ट बाबाको पासमा आएका छौं। बाबाले बच्चाहरूलाई राम्रोसँग
सम्झाउनु हुन्छ। बाबाले सम्झाउनु र बच्चाहरूले सम्झाउनुमा फरक हुन्छ। बाबाले बसेर
बच्चाहरूलाई सावधान गर्नुहुन्छ। बच्चा बच्चा भनेर सम्झाउनु हुन्छ। तिमीले शिवालय र
वेश्यालयलाई जान्दछौ, यो बेहदको कुरा हो। यो स्पष्ट पारेर देखायौ भने मनुष्यहरूलाई
केही मजा आउँछ। त्यहाँ त यसो हल्का सम्झाउँछौ, गम्भीर भएर सम्झायौ भने राम्रोसँग
बुझ्नेछन्। आफैमाथि दया गर, के यस वेश्यालयमा नै रहनु छ! बाबाको ख्याल त चल्छ नि–
कसरी कसरी सम्झाऊँ। बच्चाहरूले कति मेहनत गर्छन् फेरि पनि जस्ताको तस्तै हुन्छन्।
हो हो भन्दै जान्छन्, भन्छन्– धेरै राम्रो छ, गाउँमा सम्झाउनु पर्छ। तर स्वयंले
बुझ्दैनन्। धनवान्, पैसा भएकाले त बुझ्ने पनि छैनन्। बिल्कुलै ध्यान नै दिदैनन्।
तिनीहरू पछि आउँछन्। तब त धेरै ढिलो (टू लेट) हुन्छ। न उनीहरूको धन काममा आउँछ न
योगमा रहन सक्छन्। बाँकी, सुने भने प्रजामा आउँछन्। गरिबले धेरै उच्च पद पाउन सक्छन्।
तिमी कन्याहरूसँग के नै छ र। कन्यालाई गरिब भनिन्छ किनकि पिताको वर्सा त बच्चालाई
मिल्छ। बाँकी कन्यादान दिइन्छ, तब विकारमा जान्छन्। भन्छन्– विवाह गर्यौ भने पैसा
दिनेछौं। पवित्र रहने हो भने एक पाइ पनि दिनेछैनौं। मनोवृत्ति हेर कस्तो छ। तिमी
कसैसँग पनि नडराऊ। खुल्लासँग सम्झाउनु पर्छ। फूर्तिलो हुनुपर्छ। तिमीले त बिल्कुलै
सत्य भन्छौ। यो हो सङ्गमयुग। उतातिर छ चना मुट्ठी, यतातिर छ हीराको मुट्ठी। अहिले
तिमी बाँदरबाट मन्दिर लायक बन्छौ। पुरुषार्थ गरेर हीरा जस्तो जन्म लिनुपर्छ नि।
चेहरा पनि बहादुर शेरनी जस्तो हुनुपर्छ। कसै कसैको अनुहार भेडा बाख्राको जस्तो
हुन्छ, अलिकति आवाजबाट पनि डराउँछन्। त्यसैले बाबाले सबै बच्चाहरूलाई सावधान
गर्नुहुन्छ। कन्याहरू त फस्नु छैन। झन् बन्धनमा फस्यौ भने फेरि विकारको लागि डन्डा
खानु पर्ने छ। ज्ञानलाई राम्रोसँग धारणा गर्यौ भने विश्वको महारानी बन्छौ। बाबा
भन्नुहुन्छ– म तिमीलाई विश्वको बादसाही दिन आएको छु। तर कसै कसैको भाग्यमा छैन। बाबा
हुनुहुन्छ नै गरिबनिवाज। कन्याहरू गरिब छन् । माता-पिताले विवाह गराउन सकेनन् भने
दिन्छन्। त्यसैले उनीहरूलाई नसा चढ्नु पर्छ। हामीले राम्रोसँग पढेर पद त राम्रो पाऔं।
जो राम्रा विद्यार्थी हुन्छन्, उनीहरू सम्मानसाथ पास हुन पढाइमा ध्यान दिन्छन्।
उनीहरूलाई नै फेरि छात्रवृत्ति मिल्छ। जति पुरुषार्थ गर्नेछौ, त्यति उच्च पद पाउँछौ,
त्यो पनि २१ जन्मको लागि। यहाँ छ अल्पकालको सुख। आज केही पद मिल्यो, भोलि मृत्यु भयो,
खलास। योगी र भोगीमा फरक छ नि। त्यसैले बाबा भन्नुहुन्छ– गरिबहरूमाथि बढी ध्यान देऊ।
धनवानहरूले मुस्किलले यो ज्ञान लिन्छन्। केवल भन्छन् धेरै राम्रो छ। यो संस्था धेरै
राम्रो हो, धेरैको कल्याण गर्नेछ। आफ्नो केही पनि कल्याण गर्दैनन्। धेरै राम्रो छ
भन्छन्, तर बाहिर गयो खलास। माया डन्डा उठाएर बसेको छ, जसले हौसला नै गुम गरिदिन्छ।
एक थप्पडले नै अक्कल चट पारिदिन्छ। बाबा सम्झाउनु हुन्छ– दुनियाँको हालत हेर, के
भएको छ! बच्चाहरूले ड्रामालाई त राम्रोसँग बुझेका छन्। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) चना मुट्ठी छोडेर बाबाबाट विश्वको बादसाही लिनको लागि पूरा पुरुषार्थ गर्नु छ।
कुनै कुरामा पनि डराउनु छैन। निडर बनेर बन्धनबाट मुक्त हुनु छ। आफ्नो समय सच्चा
कमाइमा सफल गर्नु छ।
२) यस दु:खधामलाई
भुलेर शिवालय अर्थात् शान्तिधाम, सुखधामलाई याद गर्नु छ। मायाका विघ्नहरूलाई जानेर
त्यसबाट सावधान रहनु छ।
वरदान:–
गीताको पाठ
पढ्ने र पढाउने नष्टोमोहा स्मृति स्वरूप भव
गीता ज्ञानको पहिलो
पाठ हो– अशरीरी आत्मा बन्नु र अन्तिम पाठ हो नष्टोमोहा स्मृति स्वरूप बन्नु। पहिलो
पाठ हो विधि र अन्तिम पाठ हो विधिबाट सिद्धि। त्यसैले हर समय पहिला स्वयंले यो पाठ
पढ, फेरि अरूलाई पढाऊ। यस्तो श्रेष्ठ कर्म गरेर देखाऊ जसबाट तिम्रो श्रेष्ठ कर्मलाई
देखेर अनेक आत्माहरूले श्रेष्ठ कर्म गरेर आफ्नो भाग्यको रेखा श्रेष्ठ बनाउन सकुन्।
स्लोगन:–
परमात्म-स्नेहमा डुबिरहेमा मेहनतबाट मुक्त हुनेछौ।