20.06.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबाको प्यार लिनुछ भने आत्म अभिमानी भएर बस , बाबाबाट हामी ले स्वर्गको वर्सा लिइरहेका छौँ , यही खुसीमा रहने गर। ”

प्रश्न:–
सङ्गमयुगमा तिमी ब्राह्मणबाट फरिस्ता बन्नको लागि कुन गुप्त मेहनत गर्छौ?

उत्तर:–
तिमी ब्राह्मणहरूले पवित्र बन्ने नै गुप्त मेहनत गर्नुपर्छ। तिमी ब्रह्माका बच्चाहरू सङ्गममा दाजु-भाइ, दिदी-बहिनी हौ, दाजु-भाइ, दिदी-बहिनीको विकारी दृष्टि हुन सक्दैन। स्त्री-पुरुष साथमा रहँदा दुवैले आफूलाई बि.के. सम्झन्छौ। यो स्मृतिले जब पूरा पवित्र बन्छौ तब फरिस्ता बन्न सक्नेछौ।

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरू! आफूलाई आत्मा सम्झेर यहाँ बस्नुछ। यो रहस्य तिमी बच्चाहरूले पनि सम्झाउनुछ। आत्म अभिमानी भएर बस्यौ भने बाबासँग प्यार हुनेछ। बाबाले हामीलाई राजयोग सिकाउनुहुन्छ। बाबाबाट हामीले स्वर्गको वर्सा लिइरहेका छौँ। यो याद सारा दिन बुद्धिमा रहोस्– यसैमा नै मेहनत छ। यो कुरा घरी घरी बिर्सियौ भने खुसीको पारो मधुरो हुन्छ। बाबाले सावधान गराउनुहुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी भएर बस। आफूलाई आत्मा सम्झ। अहिले यो आत्मा र परमात्माको मेला हो नि। मेला लागेको थियो, कहिले लागेको थियो? अवश्य कलियुग अन्त्य र सत्ययुग आदिको सङ्गममा नै लागेको हुनुपर्छ। आज बच्चाहरूलाई टपिकको विषयमा सम्झाउनुहुन्छ। तिमीहरूले टपिक त अवश्य लिनुछ। सबैभन्दा उच्च हुनुहुन्छ भगवान् फेरि तल आयौ भने ब्रह्मा-विष्णु-शङ्कर। बाबा र देवताहरू। मानिसहरूलाई यो थाहा छैन शिव र ब्रह्मा-विष्णु-शङ्करको सम्बन्ध के हो? कसैलाई पनि उनीहरूको जीवन कहानीको विषयमा थाहा छैन। त्रिमूर्तिको चित्र प्रसिद्ध छ। यी तीनै देवता हुन्। केवल ३ को मात्र धर्म कहाँ हुन्छ र। धर्म त विशाल हुन्छ, देवता धर्म। यिनीहरू सूक्ष्मवतनवासी हुन्, माथि हुनुहुन्छ शिवबाबा। मुख्य हुन् ब्रह्मा र विष्णु। अहिले बाबा सम्झाउनुहुन्छ– तिमीहरूले टपिक दिनुछ– ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी बन्छन्। जस्तै तिमीहरूले भन्छौ हामी शूद्र सो ब्राह्मण, ब्राह्मण सो देवता, त्यस्तै यिनीहरूको पनि हो, पहिला सुरुमा ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। उनीहरूले त भनिदिन्छन् आत्मा सो परमात्मा, परमात्मा सो आत्मा। यो त गलत हो। हुन पनि सक्दैन। त्यसैले यो टपिकमा राम्रोसँग सम्झाउनुछ, कसैले भन्छन् परमात्मा श्रीकृष्णको तनमा आउनुभएको छ। यदि श्रीकृष्णमा आउनुभयो भने त ब्रह्माको पार्ट खतम हुन्छ। श्रीकृष्ण त सत्ययुगका पहिला प्रिन्स हुन्। त्यहाँ पतित कसरी हुन सक्छन्, जसलाई आएर पावन बनाउनु पर्छ। यो बिल्कुलै गलत हो। यी कुरा पनि महारथी सेवाधारी बच्चाहरूले नै बुझ्छन्। अरू कुरा त कसैको बुद्धिमा बस्दै बस्दैन। यो टपिक त धेरै फस्टक्लास (उत्कृष्ट) छ। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा कसरी बन्छन्। उनीहरूको जीवन कहानी बताउनुहुन्छ किनकि यिनीहरूको सम्बन्ध छ। सुरु नै यसरी गर्नुछ। ब्रह्मा सो विष्णु एक सेकेन्डमा। विष्णु सो ब्रह्मा बन्न ८४ जन्म लाग्छ। यी धेरै बुझ्नुपर्ने कुरा हुन्। अहिले तिमी ब्राह्मण कुलका हौ। प्रजापिता ब्रह्माको ब्राह्मण कुल कहाँ गयो? प्रजापिता ब्रह्माको त नयाँ दुनियाँ हुनुपर्छ नि। नयाँ दुनियाँ हो सत्ययुग। त्यहाँ त प्रजापिता हुँदैनन्। कलियुगमा पनि प्रजापिता हुन सक्दैनन्। उनी सङ्गमयुगमा हुन्छन्। तिमी अहिले सङ्गममा छौ। शूद्रबाट तिमी ब्राह्मण बनेका छौ। बाबाले ब्रह्मालाई एडप्ट गर्नुभएको छ। शिवबाबाले यिनलाई कसरी रच्नुभयो, यो कसैले जान्दैनन्। त्रिमूर्तिमा रचयिता शिवको चित्र नै छैन, अनि कसरी थाहा होस्– सबैभन्दा उच्च भगवान् हुनुहुन्छ। बाँकी सबै उहाँका रचना हुन्। यो ब्राह्मण सम्प्रदाय हो त्यसैले अवश्य प्रजापिता चाहिन्छ। कलियुगमा त हुन सक्दैनन्। सत्ययुगमा पनि हुँदैनन्। गायन गरिन्छ ब्राह्मण देवी-देवताय नमः। अब ब्राह्मण कहाँका हुन्? प्रजापिता ब्रह्मा कहाँका हुन्? अवश्य सङ्गमयुगका भनिन्छ। यो पुरुषोत्तम सङ्गम युग हो। यो सङ्गमयुगको कुनै पनि शास्त्रमा वर्णन छैन। महाभारत लडाइँ पनि सङ्गममा भएको हो, न कि सत्ययुग वा कलियुगमा। पाण्डव र कौरव, यिनीहरू सङ्गममा छन्। तिमी पाण्डव सङ्गमयुगी हौ भने कौरव कलियुगी हुन्। गीतामा पनि भगवानुवाच छ नि। तिमी हौ पाण्डव दैवी सम्प्रदाय। तिमी रुहानी पण्डा बन्छौ। तिम्रो हो रुहानी यात्रा, जुन तिमीले बुद्धिद्वारा गर्छौ।

बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यादको यात्रामा रहने गर। जिस्मानी यात्रामा तीर्थ आदिमा गएर फेरि फर्केर आउँछन्। त्यो आधाकल्प चल्छ। यो सङ्गमयुगको यात्रा एकैपटकको हो। तिमी गएर मृत्युलोकमा फर्केर आउने छैनौ। पवित्र बनेर फेरि तिमीलाई पवित्र दुनियाँमा आउनुछ त्यसैले तिमी अब पवित्र बनिरहेका छौ। तिमीलाई थाहा छ– अहिले हामी ब्राह्मण सम्प्रदायका हौँ। फेरि दैवी सम्प्रदाय, विष्णु सम्प्रदाय बन्छौँ। सत्ययुगमा देवी-देवताहरू विष्णु सम्प्रदायका हुन्छन्। त्यहाँ चतुर्भुजको प्रतिमा हुन्छ, जसबाट थाहा हुन्छ– यिनीहरू विष्णु सम्प्रदायका हुन्। यहाँ प्रतिमा रावणको छ, त्यसैले रावण सम्प्रदायका छन्। त्यसैले यो टपिक राख्नाले मानिसहरूले आश्चर्य मान्नेछन्। अहिले तिमीले देवता बन्नको लागि राजयोग सिकिरहेका छौ। ब्रह्मा मुखवंशावली ब्राह्मण, तिमी शूद्रबाट ब्राह्मण बनेका हौ। एडप्ट गरिएका हौ। ब्राह्मण पनि यहीँ छन् फेरि देवता पनि यहीँ बन्नेछन्। राजवंश यहीँ नै हुन्छ। राजवंश रजाइँलाई भनिन्छ। विष्णुको राजवंश हो। ब्राह्मणहरूको राजवंश भनिँदैन। राजवंशमा रजाइँ चल्छ। एक पछि अर्को फेरि तेस्रो। अहिले तिमीलाई थाहा छ– हामी ब्राह्मण कुल भूषण हौँ। फेरि देवता बन्छौँ। ब्राह्मण सो विष्णु कुलमा, विष्णु कुलबाट आउँछन् क्षत्रिय चन्द्रवंशी कुलमा, फेरि वैश्य, कुलमा फेरि शूद्र कुलमा। फेरि ब्राह्मण सो देवता बन्नेछन्। अर्थ कति स्पष्ट छ। चित्रहरूमा के के देखाउँछन्। हामी ब्राह्मण सो विष्णुपुरीका मालिक बन्छौँ। यसमा अल्मलिनु हुँदैन। बाबाले जुन निबन्ध लेख्न दिनुहुन्छ त्यसमा फेरि विचार सागर मन्थन गर्नुपर्छ– कसलाई कसरी सम्झाउने, जसले गर्दा मानिसहरूले आश्चर्य मानुन्– यिनीहरूको सम्झाउने तरिका त धेरै राम्रो छ। ज्ञान सागरबाहेक अरू कसैले सम्झाउन सक्दैनन्। विचार सागर मन्थन गरेर फेरि बसेर लेख्नुपर्छ। फेरि पढ्यौ भने ख्यालमा आउनेछ– यी यी शब्द थप्नुपर्छ। बाबाले पनि पहिला सुरुमा मुरली लेखेर तिमीलाई हातमा दिनुहुन्थ्यो। फेरि सुनाउनुहुन्थ्यो। यहाँ त तिमी घरमा बाबासँग बस्छौ। अब त तिमीले बाहिर गएर सुनाउनुपर्छ, यो टपिक धेरै अनौठो छ, ब्रह्मा सो विष्णु, यसलाई कसैले जान्दैनन्। विष्णुको नाभिबाट ब्रह्मा निस्केको देखाउँछन्। जस्तै गान्धीको नाभिबाट नेहरु। तर राजवंश त चाहिन्छ नि। ब्राह्मण कुलमा रजाइँ हुँदैन, ब्राह्मण सम्प्रदाय नै बन्छन् देवता राजवंश। फेरि चन्द्रवंशी राजवंशमा जानेछन् फेरि वैश्य राजवंश। यसरी हरेक राजवंश चल्छ नि। सत्ययुग निर्विकारी दुनियाँ हो, कलियुग विकारी दुनियाँ हो। यी दुई शब्द कसैको पनि बुद्धिमा छैनन्। नत्र यो अवश्य बुद्धिमा हुनुपर्छ– विकारीबाट निर्विकारी कसरी बन्छन्। मानिसहरूले न निर्विकारीलाई जान्दछन्, न विकारीलाई। तिमीलाई सम्झाइन्छ, देवताहरू निर्विकारी हुन्छन्। यस्तो कहिल्यै सुनेका छैनौ– ब्राह्मण निर्विकारी हुन्छन्। नयाँ दुनियाँ निर्विकारी हो, पुरानो दुनियाँ विकारी हो। त्यसैले अवश्य सङ्गमयुग देखाउनुपर्छ। यो कुरा कसैलाई पनि थाहा छैन। पुरुषोत्तम महिना मनाउँछन् नि। उनीहरूले ३ वर्षपछि एक महिना मनाउँछन्। तिम्रो ५ हजार वर्षपछि एक सङ्गमयुग आउँछ। मानिसहरूले आत्मा र परमात्मालाई यथार्थमा जान्दैनन्, केवल भनिदिन्छन्– चम्कन्छ अजब सितारा। बस् जस्तै देखाउँछन्, रामकृष्ण परमहंसका चेला विवेकानन्दले भन्थे– म गुरुको अगाडि बसेको थिएँ, गुरुको पनि ध्यान त गर्छन् नि। अहिले बाबा भन्नुहुन्छ– म एकलाई याद गर। ध्यानको त कुरै छैन, गुरु त याद हुन्छ नै। खासगरी बसेर याद गर्नाले याद आउँछ र! उनको गुरुमा भावना थियो– यिनी भगवान् हुन्, अनि देखे– उनको आत्मा निस्केर ममा लीन भयो। उनको आत्मा कहाँ गएर बस्यो फेरि के भयो, केही पनि वर्णन छैन, बस्। खुसी भए– मलाई भगवानको साक्षात्कार भयो। भगवान् के हुनुहुन्छ, त्यो जान्दैनन्। बाबा सम्झाउनुहुन्छ– सिँढीको चित्रमा तिमीले सम्झाऊ। यो हो भक्तिमार्ग। तिमीलाई थाहा छ– एउटा छ भक्तिको डुङ्गा, अर्को छ ज्ञानको। ज्ञान अलग, भक्ति अलग हो। बाबा भन्नुहुन्छ– मैले तिमीलाई कल्प पहिला ज्ञान दिएको थिएँ, विश्वको मालिक बनाएको थिएँ। अब तिमी कहाँ छौ। तिमी बच्चाहरूको बुद्धिमा सारा ज्ञान छ, कसरी अरू राजवंश आउँछन्, कसरी वृक्ष बढ्छ। जस्तै गुलदस्ता हुन्छ नि। यो सृष्टिरूपी वृक्ष पनि फूलदान हो। बीचमा तिम्रो धर्म फेरि यसबाट अरू ३ धर्म निस्कन्छन् फेरि त्यसबाट वृद्धि हुँदै जान्छ। त्यसैले यो वृक्षलाई पनि याद गर्नुछ। कति हाँगाबिँगा आदि निस्किरहन्छन्। पछाडि आउनेहरूको पनि मान हुन्छ। वरको वृक्ष हुन्छ नि, जरा हुँदैन। बाँकी सारा वृक्ष खडा हुन्छ। देवी-देवता धर्म पनि समाप्त भएको छ। बिल्कुल सडेको छ। यहाँ रहनेहरूले आफ्नो धर्मलाई बिल्कुल जान्दैनन्, अरू सबैले आफ्नो धर्मलाई जान्दछन्, यिनीहरूले भन्छन्– हामीले धर्मलाई मान्दै मान्दैनौँ। मुख्य ४ धर्म नै छन्। बाँकी साना साना त अनेक छन्। यो वृक्ष र सृष्टि चक्रलाई तिमीले अहिले जान्दछौ। देवी-देवता धर्मको नाम नै गुम पारिदिएका छन्। फेरि बाबाले त्यसको स्थापना गरेर बाँकी सबै धर्मको विनाश गरिदिनुहुन्छ। गोलाको चित्रमा पनि अवश्य लैजानुपर्छ। यो सत्ययुग, यो कलियुग। कलियुगमा कति धर्म छन्, सत्ययुगमा एक धर्म छ। एक धर्मको स्थापना, अनेक धर्मको विनाश कसले गर्छ होला? भगवाननले पनि अवश्य कसैद्वारा त गराउनुहुन्छ नि। बाबा भन्नुहुन्छ– ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना गराउँछु। ब्राह्मण सो विष्णुपुरीका देवता बन्छन्।

सङ्गममा तिमी ब्राह्मणहरूले पवित्र बन्ने नै गुप्त मेहनत गर्नुपर्छ। तिमी ब्रह्माका बच्चाहरू सङ्गममा दाजु-भाइ, दिदी-बहिनी हौ। दाजु-भाइ, दिदी-बहिनीको विकारी दृष्टि रहन सक्दैन। स्त्री-पुरुष दुवैले आफूलाई बि.के. सम्झन्छन्– यसमा धेरै मेहनत छ। स्त्री-पुरुषको आकर्षण यस्तो छ जो बस्, हात नलगाई रहन सक्दैनन्। यहाँ दाजु-भाइ, दिदी-बहिनीले हात त लगाउनु नै छैन, नत्र पापको अनुभव हुन्छ। हामी बि.के. हौँ, यो बिर्सिए भने फेरि खतम हुन्छन्। यसमा धेरै गुप्त मेहनत छ। हुन त युगल भएर बस्छन् कसलाई के थाहा, उनीहरू आफैले जान्दछन्– हामी बि.के. हौँ, फरिस्ता हौँ। हात लगाउनुछैन। यसो गर्दै गर्दै सूक्ष्मवतनवासी फरिस्ता बन्नेछन्। नत्र फरिस्ता बन्न सक्दैनन्। फरिस्ता बन्नुछ भने पवित्र रहनुपर्छ। यस्तो जोडी निस्कियो भने नम्बरवनमा जान्छ। भन्छन्– दादाले त सबै अनुभव गर्नुभयो, पछाडि गएर संन्यास लिनुभयो, धेरै मेहनत त उनीहरूलाई छ जो जोडी बन्छन्। फेरि त्यसमा ज्ञान र योग पनि चाहिन्छ। धेरैलाई आफूसमान बनायौ भने ठुलो राजा बन्छौ। केवल एकको कुरा त होइन नि। बाबा भन्नुहुन्छ– तिमीले शिवबाबालाई याद गर। यिनी प्रजापिता हुन्। धेरै यस्ता पनि छन् जसले भन्छन्– हाम्रो काम त शिवबाबासँग छ। हामीले ब्रह्मालाई किन याद गर्ने! उहाँलाई पत्र नै किन लेख्ने! यस्ता पनि छन्। तिमीले याद गर्नुछ शिवबाबालाई त्यसैले बाबाले फोटो आदि खिच्न पनि दिनुहुन्न। यिनमा शिवबाबा आउनुहुन्छ, यिनी त देहधारी हुन् नि। अहिले त तिमी बच्चाहरूलाई बाबाबाट वर्सा मिल्छ। उनीहरूले आफूलाई ईश्वर भन्छन् फेरि उनीहरूबाट के मिल्छ, कति घाटा परेको छ भारतवर्षकालाई। एकदम टाट पल्टाएका छन्। प्रजासँग भीख मागिरहन्छन्। १०-२० वर्षको लोन (ऋण) लिन्छन् फेरि दिनु कहाँ छ र। लिने र दिने दुवै नै समाप्त हुनेछन्। खेल नै समाप्त हुनुछ। अनेक समस्या शिरमा छन्। टाट पल्टनु, बिमारी आदि धेरै हुन्छन्। कसैले धनवानहरूकहाँ आफ्नो सम्पत्ति आदि राखिदिन्छन् र उनीहरूले टाट पल्टाइदिए भने गरिबहरूलाई कति दुःख हुन्छ। कदम कदममा दुःखै दुःख छ। अचानक बस्दाबस्दै मर्छन्। यो हो नै मृत्युलोक। तिमीअहिले अमरलोकमा गइरहेका छौ। अमरपुरीका बादसाह बन्छौ। अमरनाथले तिमी पार्वतीहरूलाई सच्चा सच्चा अमरकथा सुनाइरहनुभएको छ। तिमीलाई थाहा छ– अमर बाबा हुनुहुन्छ, उहाँबाट हामीले अमरकथा सुनिरहेका छौँ। अब अमरलोक जानुछ। यस समयमा तिमी सङ्गमयुगमा छौ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) विचार सागर मन्थन गरेर “ब्रह्मा सो विष्णु” कसरी बन्छन्, यो टपिकमा सुनाउनुछ। बुद्धिलाई ज्ञान मन्थनमा व्यस्त राख्नुछ।

२) राजकीय पद प्राप्त गर्नको लागि ज्ञान र योगका साथसाथै आफूसमान बनाउने सर्भिस पनि गर्नुछ। आफ्नो दृष्टि धेरै शुद्ध बनाउनुछ।

वरदान:–
सबै सम्बन्धको अनुभव एक बाबासँग गर्ने अथक र विघ्न विनाशक भव

जुन बच्चाहरूको सबै सम्बन्ध एक बाबासँग छ उनीहरूलाई अरू सबै सम्बन्ध निमित्त मात्र अनुभव हुनेछ, उनीहरू सदैव खुसीमा नाच्छन्, कहिल्यै थकावटको अनुभव गर्दैनन्, अथक हुन्छन्। बाबा र सेवा यही लगनमा मग्न हुन्छन्। विघ्नका कारण रोकिनुको सट्टा सदैव विघ्न विनाशक हुन्छन्। सबै सम्बन्धको अनुभूति एक बाबासँग हुनाले डबल लाइट रहन्छन्, कुनै बोझ हुँदैन। सबै गुनासाहरू समाप्त हुनेछन्। सम्पूर्ण स्थितिको अनुभव हुनेछ। सहजयोगी हुन्छन्।

स्लोगन:–
सङ्कल्पमा पनि कुनै देहधारीप्रति आकर्षित हुनु अर्थात् अवज्ञा गर्नु।