20.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– माया रावणको सङ्गमा आएर तिमी भट्कियौ , पवित्र बिरुवा अपवित्र बन्यौ , अब फेरि पवित्र बन।”

प्रश्न:–
हरेक बच्चालाई आफैसँग कुनचाहिँ आश्चर्य लाग्छ? बाबालाई बच्चाहरूमाथि कुनचाहिँ आश्चर्य लाग्छ?

उत्तर:–
बच्चाहरूलाई आश्चर्य लाग्छ– हामी के थियौं, कसका सन्तान थियौं, यस्ता बाबाको हामीलाई वर्सा मिलेको थियो, उहाँ बाबालाई नै हामीले बिर्सियौं। रावण आयो, यति कुइरो आयो जसले गर्दा रचयिता र रचना सबै भुल्न पुग्यौं। बाबालाई बच्चाहरूप्रति आश्चर्य लाग्छ, जुन बच्चाहरूलाई मैले यति उच्च बनाएँ, राज्य-भाग्य दिएँ, उनै बच्चाहरूले मेरो ग्लानि गर्न थाले। रावणको सङ्गमा आएर सबैकुरा गुमाइदिए।

ओम् शान्ति ।
के सोचिरहेका छौ? नम्बरवार पुरुषार्थ अनुसार हरेक जीवात्माले अहिले आफैसँग आश्चर्य मानिरहेका छन्, हामी के थियौं, कसका सन्तान थियौं! वास्तवमा बाबासँग वर्सा मिलेको थियो, फेरि कसरी हामीले बिर्सियौं! हामी सतोप्रधान दुनियाँमा सारा विश्वको मालिक थियौं, धेरै सुखी थियौं। फेरि हामी सिँढी उत्रियौं। रावण आयो अर्थात् यति कुइरो आयो जसले गर्दा रचयिता र रचनालाई हामीले बिर्सियौं। कुइरोमा मानिसहरूले बाटो भुल्छन् नि। त्यस्तै हामीले पनि भुल्यौं– हाम्रो घर कहाँ हो, कहाँ रहन्थ्यौं। अब बाबाले देखिरहनु भएको छ– मेरा बच्चाहरू, जसलाई मैले आज भन्दा ५ हजार वर्ष पहिला राज्य-भाग्य दिएर गएको थिएँ, बडो आनन्द-मौजमा थिए, यो भूमि फेरि के हुन पुग्यो! कसरी रावणको राज्यमा आए! पराइ राज्यमा त अवश्य दु:ख नै मिल्छ। तिमीहरू कति भट्कियौ! अन्धश्रद्धामा बाबालाई खोजिरह्यौ तर कहाँ मिल्नुभयो र। जसलाई ढुङ्गा माटोमा राखिदियौ भने मिल्नुहुन्छ फेरि कसरी? आधाकल्प तिमी भट्किँदा-भट्किँदा निराश भयौ। आफ्नै अज्ञानताको कारण रावण राज्यमा तिमीले कति दु:ख पायौ। विश्व भक्तिमार्गमा कति गरिब बनेको छ। बच्चाहरूलाई हेर्दा बाबालाई ख्याल आउँछ, भक्तिमार्गमा कति भट्कन्छन्! आधाकल्प भक्ति गरेका छन्, केको लागि? भगवानसँग मिल्नको लागि। भक्तिपछि नै भगवानले फल दिनु हुन्छ। के दिनु हुन्छ? त्यो त कसैले जानेका छैनन्, बिल्कुल बुद्धु बनेका छन्। यो सबै कुरा बुद्धिमा आउनु पर्छ– हामी के थियौं, फेरि कसरी राजकाज गर्थ्यौं, फेरि कसरी सिँढी तल उत्रिदै उत्रिदै रावणको बन्धनमा बाँधिदै गयौं। अति दु:ख थियो। सबैभन्दा पहिला तिमी अपरम्पार सुखमा थियौ। त्यसैले दिलमा आउनु पर्छ, आफ्नो राज्यमा कति सुख थियो, फेरि पराइ राज्यमा कति दु:ख पायौं। जसरी तिनीहरूले सम्झन्छन्– अंग्रेजहरूको राज्यमा हामीले कति दु:ख पायौं। अब तिमी बसेका छौ, भित्र यो ख्याल आउनु पर्छ– हामी को थियौं, कसका सन्तान थियौं? बाबाले हामीलाई सारा विश्वको राज्य दिनु भयो, फेरि कसरी हामी रावण राज्यमा जकडियौं। कति दु:ख देख्यौं, कति विकर्म गर्यौं। सृष्टि दिनप्रतिदिन गिर्दै गइरहेको छ। मानिसहरूको संस्कार दिनप्रतिदिन विकारी बन्दै गएको छ। त्यसैले तिमी बच्चाहरूलाई स्मृतिमा आउनु पर्छ। बाबा देख्नुहुन्छ– यो पवित्र बिरुवा थियो, जसलाई राज्य-भाग्य दिएँ, उसैले फेरि मेरो कर्तव्यलाई बिर्सियो। अब फेरि तिमी तमोप्रधानबाट सतोप्रधान बन्न चाहन्छौ भने म बाबालाई याद गर, तब सबै पाप काटिन्छ। तर याद पनि गर्न सक्दैनन्, घरी घरी भन्छन्– बाबा बिर्सिन्छु। अरे, तिमीले याद गर्दैनौ भने पाप कसरी काटिन्छ? एक त तिमी विकारमा गिरेर पतित बन्यौ, अनि फेरि बाबालाई गाली गर्न लाग्यौ। मायाको सङ्गमा आएर तिमी यति गिर्न पुग्यौ, जसकारण तिमीलाई जसले आकाशमा चढाउनुभयो उहाँलाई जहाँतहीँ हुनुहुन्छ भन्न लाग्यौ। मायाको सङ्गले तिमीले यस्तो काम गर्यौ! बुद्धिमा आउनुपर्यो नि। एकदमै पत्थरबुद्धि त बन्नु हुँदैन नि। बाबा दिनहुँ भन्नुहुन्छ– मैले तिमीलाई फस्टक्लास प्वइन्ट सुनाउँछु।

जस्तै मुम्बईमा समुह जम्मा भयो भने त्यसमा बताउन सक्छौ– बाबाले भन्नुभएको छ– हे भारतवर्ष निवासी! तिमीहरूलाई मैले राज्य-भाग्य दिएको थिएँ। तिमी देवताहरू स्वर्गमा थियौ, फेरि तिमी रावण राज्यमा कसरी आयौ, यो पनि ड्रामामा पार्ट छ। तिमीले रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई बुझ तब ऊँच पद प्राप्त गर्न सक्छौ। अनि मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। बस्न त यहाँ सबै बसेका छन् फेरि पनि कसको बुद्धि कहाँ, कसको बुद्धि कहाँ छ। बुद्धिमा आउनु पर्छ– हामी कहाँ थियौं, अब हामी पराइ रावण राज्यमा आइपुगेका छौं त्यसैले कति दु:खी भएका छौं। शिवालयमा त हामी धेरै सुखी थियौं। अब बाबा आउनु भएको छ– वेश्यालयबाट निकाल्न, तैपनि निस्किदै निस्किदैनन्। बाबा भन्नुहुन्छ– तिमी शिवालयमा जान्छौ, फेरि त्यहाँ यो विष मिल्दैन। यहाँको जस्तो अशुद्ध खानपान मिल्दैन। यी त विश्वका मालिक थिए नि। फेरि कहाँ गए? अहिले आफ्नो राज्य-भाग्य लिइरहेका छन्। कति सहज छ। यो त बाबाले सम्झाउनु हुन्छ, सबै सेवाधारी हुँदैनन्। नम्बरवार राजधानी स्थापना गर्नु छ, जसरी ५ हजार वर्ष पहिला गरिएको थियो। सतोप्रधान बन्नु छ, बाबा भन्नुहुन्छ– यो हो तमोप्रधान पुरानो दुनियाँ। जब बिल्कुल पुरानो हुन्छ, तब त बाबा आउनु हुन्छ नि। बाबा बाहेक त अरू कसैले सम्झाउन सक्दैन। भगवानले यस रथद्वारा हामीलाई पढाइरहनु भएको छ, यो याद रहे पनि बुद्धिमा ज्ञान हुन्छ। फेरि अरूलाई सम्झाएर आफू समान पनि बनाउँछन्। बाबा सम्झाउनु हुन्छ– पहिला त तिम्रो चरित्र विकारी थियो, जुन मुस्किलले सुध्रिन्छ। आँखाको हिँसा निस्किदै निस्किदैन। एक त कामको हिँसा, त्यो मुस्किलले छुट्छ अनि फेरि साथमा ५ विकार छन्। क्रोधको हिँसा पनि कति छ। बसी बसी भूत आउँछ। यो पनि हिँसा भयो। अहिँसा त भएन नि। नतिजा के होला! सय गुणा पाप चढ्छ। घरी घरी क्रोध गरिरहन्छन्। बाबा सम्झाउनु हुन्छ– तिमी अब रावण राज्यमा त छैनौ नि। तिमी त ईश्वरको पासमा बसेका छौ। त्यसैले यी विकारहरूबाट छुट्ने प्रतिज्ञा गर्नुपर्छ। बाबा भन्नहुन्छ– अब मलाई याद गर। क्रोध नगर। ५ विकारले तिमीलाई आधाकल्प गिराउँदै आयो। सबै भन्दा उच्च पनि तिमी थियौ। सबै भन्दा धेरै गिरेका पनि तिमी नै हौ। यी ५ भूतहरूले तिमीलाई गिराए। अब शिवालयमा जानको लागि यी विकारहरूलाई निकाल्नु छ। यस वेश्यालयबाट दिल हटाउँदै जाऊ। बाबालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। तिमी घरमा पुग्छौ, अरू कसैले यो मार्ग बताउन सक्दैन। भगवानुवाच– मैले त कहिल्यै पनि म सर्वव्यापी हुँ भनेको छैन। मैले त राजयोग सिकाएँ, भनेको थिएँ– तिमीलाई विश्वको मालिक बनाउँछु, फेरि त्यहाँ त यो ज्ञानको कुनै आवश्यकता नै हुँदैन। मनुष्यबाट देवता बन्छन्, तिमीले वर्सा प्राप्त गर्छौ। यसमा हठयोग आदिको कुरा छैन। आफूलाई आत्मा सम्झ, आफूलाई शरीर किन सम्झन्छौ। शरीर मानेपछि फेरि ज्ञान धारण गर्न सक्दैनौ। यो पनि भावी। तिमीले सम्झन्छौ– हामी रावण राज्यमा थियौं, अब राम राज्यमा जानको लागि पुरुषार्थ गरिरहेका छौं। अहिले हामी पुरुषोत्तम सङ्गमवासी हौं।

ठीक छ, गृहस्थमा रहन सक्छौ। यति सबै यहाँ कहाँ रहन सक्छन् र। ब्राह्मण बनेर सबै यहाँ ब्रह्माको पासमा रहन सक्दैनन्। रहनु पनि आफ्नो घरमा नै छ, अनि बुद्धिमा सम्झनुपर्छ– हामी शूद्र होइनौं, ब्राह्मण हौं। ब्राह्मणहरूको चोटी कति थोरै छ। त्यसैले गृहस्थमा रहेर, शरीर निर्वाहको लागि धन्दा आदि गर्दै, केवल बाबालाई याद गर। हामी के थियौं, अब हामी पराइ राज्यमा बसेका छौं। हामी कति दु:खी थियौं। अब बाबा हामीलाई फेरि लिएर जानु हुन्छ, त्यसैले गृहस्थ व्यवहारमा रहँदै, त्यो अवस्था जमाउनु छ। सुरुमा कति धेरै सङ्ख्यामा आए, फेरि तिनीहरूमा कति रहे, कति गए। तिम्रो बुद्धिमा छ– हामी आफ्नो राज्यमा थियौं, अहिले फेरि कहाँ आइपुगेका छौं। फेरि आफ्नो राज्यमा जान्छौं। तिमीले लेख्छौ– बाबा फलाना धेरै राम्रो, दिनहुँ आउँथ्यो, अहिले फेरि आउँदैन। आउँदैन भने सम्झ विकारमा गिर्यो। फेरि ज्ञानको धारणा हुन सक्दैन। उन्नतिको सट्टा गिर्दै-गिर्दै पाई पैसाको पद पाउने छ। कहाँ राजा, कहाँ नीच पद! हुन त त्यहाँ सुख हुन्छ नै, तर पुरुषार्थ गरिन्छ उच्च पद प्राप्त गर्नको लागि। उच्च पद कसले पाउन सक्छ? यो त सबैले बुझ्न सक्छन्, यतिबेला सबैले पुरुषार्थ गरिरहेका छन्। किङ्ग महेन्द्र (भोपालको महेन्द्र भाइजी)ले पनि पुरुषार्थ गरिरहेका छन्। त्यो राजा (किङ्ग) पनि पाई पैसाको हो, यो त सूर्यवंशी राजधानीको हो। पुरुषार्थ यस्तो होस्, जसले गर्दा विजय मालामा आउन सकियोस्। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– आफ्नो दिलमा जाँच गरिरहनु पर्छ– मेरो आँखा कहीँ विकारी त छैन? यदि पावन भइसक्यो भने बाँकी के चाहियो? ठीक छ, विकारमा जाँदैनन्, तर केही न केही आँखाले धोका दिइरहन्छ। नम्बरवन हो काम, विकारी दृष्टि धेरै नराम्रो हो, त्यसैले नाम नै छ– विकारी दृष्टि, पावन दृष्टि। बेहदका बाबाले बच्चाहरूलाई जान्नुहुन्छ नि– यसले के कर्म गर्छ, कति सेवा गर्छ? फलानोको विकारी दृष्टि अझै गएको छैन, अहिलेसम्म यस्तो गुप्त समाचार आउँछ। पछि गएर अझ एक्युरेट लेख्छन्। स्वयंले पनि महसुस गर्छन्, मैले यति समयसम्म झूटो बोलें, गिर्दै आएँ। ज्ञान पूरा बुद्धिमा बसेको थिएन। यही कारण थियो जसले गर्दा मेरो अवस्था बनेको थिएन। बाबासँग मैले लुकाउँथें। यसरी धेरैले लुकाउँछन्। सर्जनसँग ५ विकारहरूको बिमारी लुकाउनु हुँदैन, सत्य बताउनु पर्छ– मेरो बुद्धि उसतर्फ जान्छ, शिवबाबा तर्फ जाँदैन। बताएनन् भने त्यो वृद्धि भइरहन्छ। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! देहीअभिमानी बन, आफूलाई आत्मा सम्झ। आत्मा भाइ भाइ हो। जब पूज्य थियौ तब तिमी कति सुखी थियौ। अब तिमी पुजारी दु:खी बनेका छौ। तिमीलाई के भयो! सबैले भन्छन्– यो गृहस्थ आश्रम त परम्परादेखि चल्दै आएको छ। के राम-सीताका बच्चा थिएनन् र! तर त्यहाँ विकारद्वारा बच्चा हुँदैनन्। अरे, त्यो हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। त्यहाँ भ्रष्टाचारबाट जन्म हुँदैन, विकार थिएन। त्यहाँ यो रावण राज्य हुँदै हुँदैन, त्यो हो राम राज्य। त्यहाँ रावण कहाँबाट आयो? मानिसहरूको बुद्धि बिल्कुल शून्य खातामा छ। कसले बनायो? मैले तिमीलाई सतोप्रधान बनाएको थिएँ, तिम्रो बेडा पार गरेको थिएँ, फेरि तिमीलाई तमोप्रधान कसले बनायो? रावणले। यो पनि तिमीले भुलेका छौ। भन्छन्– यो त परम्परादेखि चल्दै आएको हो, अरे, परम्परा पनि कहिलेदेखि? कुनै हिसाब त बताऊँ। केही पनि बुझ्दैनन्। बाबा सम्झाउनु हुन्छ– तिमीलाई कति राज्य-भाग्य दिएर गएको थिएँ। तिमीहरू धेरै खुसीमा थियौ, अरू कोही छँदै थिएनन्। क्रिस्चियनले पनि भन्छन्– स्वर्ग थियो, चित्र पनि देवताहरूको छ, त्यो भन्दा पुरानो चीज छँदै छैन। सबै भन्दा पुरानो यी लक्ष्मी-नारायण होलान् वा यिनीहरूका कुनै चीज हुन सक्छन्। श्रीकृष्ण सबै भन्दा पुरानो हुन्। सबै भन्दा नयाँ पनि श्रीकृष्ण थिए। पुरानो किन भनिन्छ? किनकि बितिसक्यो नि। तिमी नै गोरा थियौ, फेरि काला बन्यौ। कालो कृष्णलाई देखेर पनि बडो खुसी हुन्छन्। झुलामा कालो कृष्णलाई झुलाउँछन्। उनलाई के थाहा, गोरो कहिले थिए? श्रीकृष्णलाई कति प्रेम गर्छन्! राधाले के गरिन् (जसले गर्दा यति प्रेम गर्दैनन्)?

बाबा भन्नुहुन्छ– तिमी यहाँ सतको सङ्गमा बसेका छौ, बाहिर कुसङ्गमा गएपछि फेरि भुलिहाल्छौ। माया बडो प्रबल छ, गजलाई गोहीले खाइदिन्छ। यस्ता पनि छन्– अहिले नै छोड्न सक्छन्। अलिकति पनि आफ्नो अहङ्कार आएपछि उल्टै सत्यानाश गर्छन्। बेहदका बाबाले त सम्झाइरहनु हुन्छ। यसमा निराश हुनु हुँदैन। बाबाले यस्तो किन भन्नुभयो, मेरो इज्जत गयो! अरे, इज्जत त रावण राज्यमा चट भइसकेको छ। देह अभिमानमा आउनाले आफ्नै नोक्सान पारिदिन्छन्। पद भ्रष्ट हुन पुग्छ। क्रोध, लोभ पनि विकारी दृष्टि हो। आँखाले चीज देख्छ, तब त लोभ आउँछ।

बाबा आएर आफ्नो बगैँचा हेर्नुहुन्छ– कुन कुन प्रकारका फूल छन्। यहाँबाट गएपछि फेरि त्यस बगैँचामा फूलहरूलाई हेर्नुहुन्छ। शिवबाबालाई अवश्य फूल पनि चढाउँछन्। उहाँ त हुनुहुन्छ निराकार, चैतन्य फूल। तिमी अहिले पुरुषार्थ गरेर यस्तो फूल बन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जे बित्यो, त्यसलाई ड्रामा भनिन्छ। धेरै नसोच। कति मेहनत गर्छन्, हुन त केही पनि हुँदैन। कोही पनि टिक्दैन। अरे, प्रजा पनि त चाहिन्छ नि। अलिकति सुन्यो भने त्यो प्रजा भयो। प्रजा त धेरै बन्नु छ। ज्ञान कहिल्यै विनाश हुँदैन। एक पटक सुन्यो– शिवबाबा हुनुहुन्छ, पुगिहाल्यो, प्रजामा आउने छन्। भित्र तिमीलाई यो स्मृति आउनु पर्छ– हामी जुन राज्यमा थियौं, त्यो फेरि अब प्राप्त गरिरहेका छौं। त्यसको लागि पूरा पुरुषार्थ गर्नुपर्छ। बिल्कुल एक्युरेट सेवा भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) शिवालयमा जानको लागि यी विकारहरूलाई निकाल्नु छ। यस वेश्यालयबाट दिल हटाउँदै जानु छ। शूद्रहरूको सङ्गतबाट किनारा हुनु छ।

२) जे जस्तो भयो त्यसलाई ड्रामा सम्झेर कुनै पनि विचार गर्नु छैन। अहङ्कारमा कहिल्यै आउनु छैन। शिक्षा मिल्दा कहिल्यै पनि निराश हुनु छैन।

वरदान:–
खुसीको खजानाबाट सम्पन्न बनेर दु:खी आत्माहरूलाई खुसीको दान दिने पुण्य आत्मा भव

यस समयमा दुनियाँमा हरपल दु:ख छ र तिम्रो पासमा हरपल खुसी छ। त्यसैले दु:खी आत्माहरूलाई खुसी दिनु– यो सबै भन्दा ठुलो पुण्य हो। दुनियाँका मानिसले खुसीको लागि कति समय, सम्पत्ति खर्च गर्छन्। तिमीलाई सहज खुसीको खजाना मिलेको छ। अब केवल जे मिलेको छ त्यसलाई बाँड्दै जाऊ। बाँड्नु अर्थात् बढ्नु। जति पनि सम्पर्कमा आउँछन्, उनले अनुभव गरुन्– यिनलाई कुनै श्रेष्ठ प्राप्ति भएको छ जसले गर्दा यी खुसी छन्।

स्लोगन:–
अनुभवी आत्माले कहिल्यै पनि कुनै कुराबाट धोखा खान सक्दैन, ऊ सदा विजयी हुन्छ।