20.07.25    Avyakt Bapdada     Nepali Murli    25.02.2006     Om Shanti     Madhuban


“आज उत्सवको दिन मनको उमङ्ग-उत्साहद्वारा मायासँग मुक्त रहने व्रत लेऊ , मर्सीफुल बनेर मास्टर मुक्तिदाता बन , स ँगै जान ुछ भने समान बन”


आज चारैतिरका अति स्नेही बच्चाहरूको उमङ्ग-उत्साहले भरिएका मीठा-प्यारा यादप्यार र बधाईहरू पुगिरहेका छन्। हरेकको मनमा बापदादाको जन्मदिनको उमङ्गले भरिएको बधाई समाहित भएको छ। तिमीहरू सबै पनि विशेष आज बधाई दिन आएका हौ कि लिन आएका हौ? बापदादाले पनि हरेक सिकिलधे लाडले बच्चाहरूलाई, बच्चाहरूको जन्मदिनको पदम-पदम-पदमगुणा बधाई दिइरहनुभएको छ। आजको दिनको विशेषता जुन सारा कल्पमा छैन, त्यो आज छ, जसमा बाबा र बच्चाहरूको जन्मदिन सँगसँगै छ। यसलाई भनिन्छ विचित्र जयन्ती। सारा कल्पमा चक्कर लगाएर हेर, यस्तो जयन्ती कहिल्यै मनायौ! तर आज बापदादाले बच्चाहरूको जयन्ती मनाइरहनुभएको छ र बच्चाहरूले बापदादाको जयन्ती मनाइरहेका छन्। नाम त शिव जयन्ती भनिन्छ तर यो यस्तो जयन्ती हो, जसमा यो एक जयन्तीमा धेरै जयन्तीहरू समाहित भएका छन्।

तिमीहरू सबैलाई पनि धेरै खुसी लागिरहेको छ नि– हामी बाबालाई बधाई दिन आएका छौँ र बाबा हामीलाई बधाई दिन आउनुभएको छ किनकि बाबा र बच्चाहरूको सँगसँगै जन्मदिन हुनु यो अति प्यारको निसानी हो। बाबाले बच्चाहरू बिना केही गर्न सक्नुहुन्न र बच्चाहरूले बाबा बिना केही गर्न सक्दैनन्। जन्म पनि सँगसँगै छ र सङ्गमयुगमा रहनु पनि सँगै छ किनकि बाबा र बच्चाहरू कम्बाइन्ड छन्। विश्व कल्याणको कार्य पनि सँगसँगै हुन्छ, एक्लै बाबाले पनि गर्न सक्नुहुन्न, बच्चाहरूले पनि गर्न सक्दैनन्, सँगसँगै हुन्छ र बाबाको प्रतिज्ञा छ– सँगै रहनेछौँ, सँगै चल्नेछौँ। सँगै जानेछौँ! प्रतिज्ञा छ नि! बाबा र बच्चाहरूको यति धेरै प्यार कहीँ देखेका छौ? देखेका छौ वा अनुभव गरिरहेका छौ? त्यसैले यो सङ्गमयुगको महत्त्व छ र यही मिलनका यादगार भिन्न भिन्न मेलाहरूमा बनाइएको छ। यो शिव जयन्तीको दिन भक्तहरूले पुकारिरहेका छन्– आउनुहोस्! कहिले आउनुहुनेछ, कसरी आउनुहुनेछ... यही सोचिरहेका छन् र तिमीहरूले मिलन मनाइरहेका छौ। बापदादालाई भक्तहरूप्रति स्नेह पनि छ, दया पनि आउँछ, कति धेरै प्रयत्न गर्छन्, खोजिरहन्छन्। तिमीले खोज्यौ? वा बाबाले तिमीलाई खोज्नुभयो? कसले खोज्नुभयो? तिमीले खोज्यौ? तिमीले त चक्कर नै लगाइरह्यौ। हुन त बच्चाहरू कुनै पनि कुनामा हराएका थिए तर हेर बाबाले बच्चाहरूलाई खोज्नुभयो। आज पनि हेर, भारतका अनेक राज्यबाट त आएका छौ तर विदेश पनि कम छैनन्, १०० देशबाट आएका छन्। अरू मेहनत के गर्यौ? बाबाको बन्नमा के मेहनत गर्यौ? मेहनत गर्यौ? गरेका छौ मेहनत? हात उठाऊ, जसले बाबालाई खोज्नमा मेहनत गरेका छौ। भक्तिमा मेहनत गर्यौ तर जब बाबाले खोज्नुभयो, त्यसपछि मेहनत गर्यौ? गर्यौ मेहनत? सेकेन्डमा सौदा गर्यौ। एउटै शब्दमा सौदा भयो। त्यो एउटा शब्द के हो “मेरो”। बच्चाहरूले भने “मेरो बाबा”, बाबाले भन्नुभयो “मेरा बच्चा”। बाबाका भयौ। यो सस्तो सौदा हो वा मुस्किल सौदा हो? सस्तो हो नि! जसले सम्झन्छन्– अलिअलि मुस्किल छ, उनीहरूले हात उठाऊ। कहिलेकाहीँ त मुस्किल लाग्छ नि! कि लाग्दैन? छ सहज तर आफ्ना कमजोरीहरूले मुस्किल अनुभव गराउँछन्।

बापदादाले देख्नुहुन्छ, भक्तहरूमा जति पनि सच्चा भक्त छन्, स्वार्थी भक्त होइन, सच्चा भक्त, तिनीहरू आजको दिनमा धेरै प्यारले व्रत बस्छन्। तिमीहरू सबैले पनि व्रत त लिएका छौ, उनीहरूले केही दिनको व्रत बस्छन् र तिमीहरू सबैले यस्तो व्रत लिएका छौ, जुन अहिलेको यो एक व्रत २१ जन्म कायम रहन्छ। उनीहरूले हरेक वर्ष मनाउँछन्, व्रत बस्छन्, तिमीले कल्पमा एकपटक व्रत लिन्छौ, जुन २१ जन्म न मनले व्रत लिनुपर्छ, न तनले व्रत लिनुपर्छ। व्रत त तिमीले पनि लिन्छौ, कुन व्रत लिएका छौ? पवित्र वृत्ति, दृष्टि, कृति, पवित्र जीवनको व्रत लिएका छौ। जीवन नै पवित्र बन्यो। पवित्रता केवल ब्रह्मचर्य व्रतको होइन, तर जीवनमा आहार, व्यवहार, संसार, संस्कार सबै पवित्र हुन्छ। यस्तो व्रत लिएका छौ नि? लिएका छौ? शिर हल्लाऊ। लिएका छौ? पक्का लिएका छौ? पक्का कि अलिअलि कच्चा? अच्छा, एउटा महाभूत काम, त्यसलाई त्याग्ने व्रत लिएका छौ कि अरू चारलाई पनि त्याग्ने व्रत लिएका छौ? ब्रह्मचारी त बन्यौ तर चार विकार जुन पछाडि छन्, तिनलाई पनि त्याग्ने व्रत लिएका छौ? क्रोध त्याग्ने व्रत लिएका छौ कि त्यो छुट छ? क्रोध गर्ने छुट्टी मिलेको छ? दोस्रो नम्बरको हो, त्यसैले केही हर्जा छैन, यस्तो त होइन? जसरी महाभूतलाई, महाभूत सम्झेर त्यसलाई त्याग गर्ने मन-वाणी-कर्ममा पक्का व्रत लिएका छौ, त्यसैगरी क्रोधलाई पनि त्याग्ने व्रत लिएका छौ? जसले सम्झन्छन्– हामीले क्रोधको पनि व्रत लिएका छौँ, छोराछोरी भूतहरू पछाडि पनि छन्, लोभ, मोह, अहङ्कार तर बापदादाले आज क्रोधको बारेमा सोधिरहनुभएको छ, जसले क्रोध विकारको पूर्ण व्रत लिएको छ, मनसामा पनि क्रोध छैन, दिलमा पनि क्रोधको भावना छैन, यस्तो कोही छ? आज शिवजयन्ती हो नि! त्यसैले भक्तले व्रत लिन्छन् भने बापदादाले पनि व्रत त सोध्नुहुन्छ नि! जसले सम्झन्छन्– सपनामा पनि क्रोधको अंश आउन सक्दैन, उनीहरूले हात उठाऊ। आउन सक्दैन। छ? आउँदैन? आउँदैन? (केहीले हात उठाए) अच्छा, जसले हात उठाए, उनीहरूको फोटो निकाल, किनकि बापदादा तिमीले हात उठाउनाले मात्र मान्नुहुन्न, तिम्रा साथीहरूबाट पनि प्रमाणपत्र लिनुहुन्छ, अनि पुरस्कार दिनुहुन्छ। राम्रो कुरा हो किनकि बापदादाले देख्नुभयो– क्रोधको पनि अंश हुन्छ, ईर्ष्या, डाह, यी पनि क्रोधका छोराछोरी हुन्। तर राम्रो छ, जसले हिम्मत राखेका छन्, उनीहरूलाई बापदादाले अहिले त बधाई दिइरहनुभएको छ तर प्रमाणपत्र पछि फेरि पुरस्कार दिनुहुन्छ किनकि बापदादाले जुन गृहकार्य दिनुभएको थियो, त्यसको नतिजा पनि बापदादाले हेरिरहनुभएको छ।

आज जन्मदिन मनाइरहेका छौ, त्यसोभए जन्मदिनमा के गरिन्छ? एउटा त केक काटिन्छ, अहिले दुई महिना त भयो, अब एक महिना बाँकी छ, यो दुई महिनामा तिमीले व्यर्थ सङ्कल्पको केक काट्यौ? त्यो केक त धेरै सहजै काट्छौ नि, आज पनि काट्नेछौ। तर व्यर्थ सङ्कल्पको केक काट्यौ? काट्नु त पर्छ नि! किनकि सँगसँगै जानुछ, यो त पक्का प्रतिज्ञा हो नि! कि सँगै छौँ, सँगै जानेछौँ। सँगै जानुछ भने समान त बन्नुपर्छ नि! यदि अलिकति बाँकी रहेको भए पनि, दुई महिना त पूरा भयो, आजको दिन जन्मदिन मनाउन कहाँ कहाँबाट आएका हौ। विमानमा पनि आएका हौ, रेलमा पनि आएका हौ, कारमा पनि आएका हौ, बापदादालाई खुसी छ– दौडी दौडी आएका छौ। तर जन्मदिनमा पहिला उपहार पनि दिइन्छ, जुन एक महिना बाँकी छ, होली पनि आउन लागेको छ। होलीमा पनि केही जलाइन्छ नै। तब अलिकति जुन व्यर्थ संकल्पका बीज छन्, यदि बीज रहेको छ भने त्यसको कहिले फेद पनि निस्किन्छ, कहिले हाँगा पनि निस्किन्छ, त्यसोभए के आजको उत्सवको दिन मनको उमङ्ग-उत्साहले, (मनको उमङ्ग-उत्साह, मुखको होइन मनको, मनको उमङ्ग-उत्साहले) जुन अलिकति क्रोध बाँकी रहेको छ, चाहे मनसामा, चाहे वाणीमा, चाहे सम्बन्ध-सम्पर्कमा, के आज बाबाको जन्मदिनमा बाबालाई यो क्रोध गिफ्ट दिन सक्छौ? दिन सक्छौ मनको उमङ्ग-उत्साहले? फाइदा त तिम्रो हो, बाबाले त हेर्नुछ। जसले उमङ्ग-उत्साहले, हिम्मत राख्छन्, भन्छन् गरेरै देखाउँछौँ, श्रेष्ठ बनेर देखाउँछौँ, उनीहरूले हात उठाऊ। छोड्नुपर्छ, सोच। बोलीमा पनि होइन। सम्बन्ध-सम्पर्कमा पनि होइन। छ हिम्मत? हिम्मत छ? मधुबनवालामा पनि छ, विदेशीहरूमा पनि छ, भारतवर्षकाहरूमा पनि छ किनकि बापदादाको प्यार छ नि, तब बापदादाले सम्झनुहुन्छ– सबै सँगै जानुछ, कोही पछि नपरून्। प्रतिज्ञा गरेका छौ, सँगै जानेछौँ, त्यसैले समान त बन्नैपर्छ। प्यार छ नि! मुस्किलले हात उठाएका त होइनौ? बापदादा यो सङ्गठनको, ब्राह्मण परिवारको बाबासमान मुहार हेर्न चाहनुहुन्छ। केवल दृढ सङ्कल्पले हिम्मत गर, ठुलो कुरा होइन तर सहनशक्ति चाहिन्छ, समाहित गर्ने शक्ति चाहिन्छ। यी दुई शक्ति, जसमा सहनशक्ति छ, समाहित गर्ने शक्ति छ, ऊ क्रोधमुक्त सहजै हुन सक्छ। त्यसैले त तिमी ब्राह्मण बच्चाहरूलाई त बापदादाले सर्व शक्तिहरू वरदानमा दिनुभएको छ, उपाधि नै छ मास्टर सर्वशक्तिमान्।

बस् एउटा स्लोगन याद राख, यदि एक महिनामा समान बन्नु नै छ भने एउटा स्लोगन याद राख, प्रतिज्ञा गर्नुछ– न दु:ख दिनुछ, न दु:ख लिनुछ। कतिपयले यो जाँच गर्छन्– आजको दिन कसैलाई दु:ख दिइएन, तर लिन्छन् धेरै सहजै किनकि लिँदा अर्कोले दिन्छ नि, तब आफूलाई बचाइदिन्छन्, मैले कहाँ केही गरेँ र, अर्कोले दियो, तर किन लियौ? लिनेवाला तिमी हौ कि दिनेवाला? दिनेवालाले गल्ती गर्यो, त्यो बाबा जान्नुहुन्छ र ड्रामा जान्दछ। उसको हिसाबकिताब हो, तर तिमीले किन लियौ? बापदादाले नतिजामा देख्नुभएको छ– दिँदा फेरि पनि सोच्छन् तर लिन्छन् धेरै छिटो, त्यसैले समान बन्न सक्दैनन्। लिनुछैन, जतिसुकै कसैले दियोस्, नत्र फिलिङको बिमारी बढ्दै जान्छ। त्यसैले यदि स साना कुरामा भावना बढ्छ भने व्यर्थ सङ्कल्प खतम हुन सक्दैन, फेरि बाबासँग कसरी जान्छौ! बाबाको प्यार छ, बाबाले तिमीलाई छोड्न सक्नुहुन्न, सँगै लिएरै जानुछ। मञ्जुर छ? मन परेको नि? मन परेको छ भने हात उठाऊ। पछि पछि त आउनुछैन नि! यदि सँगै जानुछ भने गिफ्ट दिनैपर्छ। एक महिना सबैले अभ्यास गर, न दु:ख लिनुछ न दु:ख दिनुछ। यो नभन– मैले दिइनँ, उसले लियो, केही त हुन्छ। परदर्शन होइन, स्व-दर्शन। हे अर्जुन, मलाई बन्नुछ। हेर, बापदादाले रिपोर्टमा देख्नुभयो, अहिले बहुमतको सन्तुष्टताको रिपोर्ट थिएन, त्यसैले बापदादाले फेरि एक महिनाको लागि अन्डरलाइन गराउनुहुन्छ। यदि एक महिना अभ्यास गर्यौ भने बानी पर्छ। बानी बसाल्नुछ। हल्का तरिकाले नछोड, यो त हुन्छ नै, यति त चल्छ, होइन। यदि बापदादासँग प्यार छ भने प्यारको पछाडि के केवल एउटा क्रोध विकारलाई कुर्बान गर्न सक्दैनौ? कुर्बानको निसानी हो– आदेश मान्नेवाला।

व्यर्थ सङ्कल्पले अन्तिम घडीमा धेरै धोका दिन सक्छ किनकि चारैतिर दु:खको वायुमण्डल, प्रकृतिको वायुमण्डल र आत्माहरूको वायुमण्डलले आफूतिर आकर्षण गर्छ। यदि व्यर्थ सङ्कल्पको स्वभाव छ भने व्यर्थमै अल्झिन्छौ। त्यसैले त बापदादाको आज विशेष यो हिम्मतको सङ्कल्प छ, चाहे विदेशमा बस, चाहे भारतमा बस, हौ त बापदादा एकका बच्चा। चारैतिरका बच्चाहरूले हिम्मत र दृढता राखेर, सफलमूर्त बनेर विश्वमा यो घोषणा गर– काम होइन, क्रोध होइन, हामी परमात्माका बच्चा हौँ। अरूको मध्यपान छुटाउँछौ, बिँडी छुटाउँछौ, तर बापदादा आज हरेक बच्चाबाट क्रोधमुक्त, काम विकार मुक्त यी दुईको हिम्मत दिलाएर मञ्चमा विश्वलाई देखाउन चाहनुहुन्छ। मनपर्छ? दादीहरूलाई मनपर्छ? पहिलो लाइनवालालाई मनपर्छ? मधुबनवालालाई मनपर्छ? मधुबनवालालाई पनि मनपर्छ। विदेशीहरूलाई पनि मनपर्छ? त्यसो हो भने जुन कुरा मनपर्छ, त्यो गर्नमा के ठुलो कुरा छ। बापदादाले पनि अतिरिक्त शक्तिका किरणहरू दिनुहुनेछ। यस्तो नक्सा देखियोस्– यो आशीर्वाद दिने र आशीर्वाद लिने ब्राह्मण परिवार हो किनकि समयले पनि पुकारिरहेको छ, बापदादाको पासमा त एडभान्स पार्टिवालाहरूको पनि दिलको पुकार छ। माया पनि अहिले थाकिसकेको छ। उसले पनि चाहन्छ– अब हामीलाई पनि मुक्ति देऊ। मुक्ति दिन्छौ तर बीच बीचमा अलिकति दोस्ती गरिदिन्छौ किनकि ६३ जन्मदेखि दोस्ती रहेको छ नि! त्यसैले बापदादा भन्नुहुन्छ– हे मास्टर मुक्तिदाता! अब सबैलाई मुक्ति देऊ किनकि सारा विश्वलाई केही न केही प्राप्तिको अञ्जुली दिनुछ, कति काम गर्नुछ किनकि यो समय, समय तिम्रो साथी हो, सर्व आत्माहरूलाई मुक्तिमा जानु नै छ, समय बाँकी छ। अर्को समयमा यदि तिमीले पुरुषार्थ गर्यौ भने पनि, समय छैन, त्यसैले तिमीले दिन सक्दैनौ। अहिले समय छ, त्यसैले बापदादा भन्नुहुन्छ– पहिला स्वलाई मुक्ति देऊ, फेरि विश्वका सर्व आत्माहरूलाई मुक्ति दिने अञ्जुली देऊ। उनीहरूले पुकारिरहेका छन्, तिमीलाई के दु:खीहरूको पुकारको आवाज आउँदैन? यदि आफूमा नै व्यस्त छौ भने आवाज सुनिँदैन। बारम्बार गीत गाइरहेका छन्– दु:खीहरूमाथि केही दया गर...।

अहिलेदेखि दयालु, कृपालु, मर्सीफुल संस्कार धेरै समयदेखि भरेनौ भने तिम्रा जड चित्रमा मर्सीफुलको, कृपाको, रहमको, दयाको भाइब्रेसन कसरी भरिन्छ। डबल विदेशीहरूले जान्दछौ, तिमीहरू पनि द्वापरमा दयालु बनेर आफ्नो जड चित्रद्वारा सबैलाई कृपा दिनेछौ नि! तिम्रा चित्र छन् नि वा भारतवर्षका मात्र छन्? विदेशीहरूले सम्झन्छौ कि हाम्रा चित्र पनि छन्? चित्रले के दिन्छ? चित्रको पासमा गएर के माग्छन्? कृपा, कृपाको धुन लगाइदिन्छन्। त्यसैले अहिले सङ्गममा तिमीले आफ्नो द्वापर कलियुगको समयको लागि जड चित्रहरूमा वायुमण्डल भर्यौ भने तब तिम्रा जड चित्रद्वारा अनुभव गर्नेछन्। भक्तहरूको कल्याण त हुन्छ नि! भक्त पनि हुन् त तिम्रै वंशावली नि। तिमीहरू सबै ग्रेट-ग्रेट-ग्रेन्ड फादरका सन्तान हौ। त्यसैले त भक्त छन्, चाहे दु:खी छन्, तर हुन् त तिम्रै वंशावली। तिमीलाई दया आउँदैन? आउँछ त तर अलिअलि अरू कतै व्यस्त भइदिन्छौ। अब आफ्नो पुरुषार्थमा धेरै समय नलगाऊ। दिनमा लगाऊ, अनि दिनु लिनुहुन्छ। स साना कुरा होइन, मुक्ति दिवस मनाऊ। आजको दिन मुक्ति दिवस मनाऊ। ठीक छ? पहिलो लाइन ठीक छ? मधुबनवाला ठीक छ?

आज मधुबनवाला धेरै प्यारा लागिरहेका छन् किनकि मधुबनलाई फलो धेरै छिटो गर्छन्। हरेक कुरामा मधुबनलाई फलो छिटो गर्छन्, तब मधुबनवालाले मुक्ति दिवस मनाए भने सबैले फलो गर्नेछन्। तिमी मधुबन निवासी सबै मास्टर मुक्तिदाता बन। बन्नुछ? (सबैले हात उठाइरहेका छन्) अच्छा धेरै छन्। अच्छा, अब बापदादाले सबैलाई चाहे यहाँ सम्मुख बसेका छन्, चाहे देश विदेशमा टाढा बसेर सुनिरहेका छन् वा हेरिरहेका छन्, सबै बच्चाहरूलाई ड्रिल गराउनुहुन्छ। सबै तयार भयौ। सबै सङ्कल्प मर्ज गरिदेऊ, अब एक सेकेन्डमा मन बुद्धिद्वारा आफ्नो स्वीट होममा पुग... अब परमधामबाट आफ्नो सूक्ष्मवतनमा पुग... अब सूक्ष्मवतनबाट स्थूल साकार वतन आफ्नो राज्य स्वर्गमा पुग... अब आफ्नो पुरुषोत्तम सङ्गमयुगमा पुग... अब मधुबनमा आऊ। यसैगरी बारम्बार स्वदर्शन चक्रधारी बनेर चक्कर लगाइराख। अच्छा!

चारैतिरका प्यारा र भाग्यमानी बच्चाहरूलाई, सदा स्वराज्यद्वारा स्वपरिवर्तन गर्ने राजा बच्चाहरूलाई, सदा दृढताद्वारा सफलता प्राप्त गर्ने सफलताका सिताराहरूलाई, सदा खुसी रहने खुसनसिब बच्चाहरूलाई, बापदादाको आजको जन्मदिनको, बाबा र बच्चाहरूको जन्मदिनको धेरै धेरै बधाई, आशीर्वाद एवम् यादप्यार, यस्ता श्रेष्ठ बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
विश्वकल्याणको जिम्मेवारी सम्झेर समय र शक्तिहरूको मितव्ययिता गर्ने मास्टर रचयिता भव

विश्वका सर्व आत्माहरू तिमी श्रेष्ठ आत्माहरूको परिवार हो, जति ठुलो परिवार हुन्छ त्यति नै मितव्ययिताको ख्याल राखिन्छ। तब सर्व आत्माहरूलाई सामुन्ने राख्दै, स्वयंलाई बेहदको सेवार्थ निमित्त सम्झँदै आफ्नो समय र शक्तिहरूलाई कार्यमा लगाऊ। आफ्नो लागि मात्र कमायौ, खायौ र गुमायौ– यस्तो लापरबाह नबन। सर्व खजानाको बजेट बनाऊ। मास्टर रचयिता भवको वरदानलाई स्मृतिमा राखेर समय र शक्तिको भण्डार सेवाप्रति जम्मा गर।

स्लोगन:–
महादानी त्यो हो जसको सङ्कल्प र बोलीद्वारा सबैलाई वरदानहरूको प्राप्ति हुन्छ।

अव्यक्त इसारा:– तिम्रा जुन सूक्ष्म शक्तिहरू मन्त्री वा महामन्त्री छन्, (मन र बुद्धि) उनीहरूलाई आफ्नो अर्डर अनुसार चलाऊ। यदि अहिलेदेखि राज्य दरबार ठीक हुनेछ भने धर्मराजको दरबारमा जानेछैनौ। धर्मराजले पनि स्वागत गर्नेछ। तर यदि कन्ट्रोलिङ पावर छैन भने फाइनल रिजल्टमा फाइन भर्नको लागि धर्मराजपुरीमा जानुपर्नेछ। यी सजायहरू फाइन हुन्। रिफाइन बन्यौ भने फाइन भर्नुपर्ने छैन।