20.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी बाबा समान ईश्वरीय सेवाधारी बन्नु छ , सङ्गममा बाबा आउनु हुन्छ तिमी बच्चाहरूको सेवा गर्न।”

प्रश्न:–
यो पुरुषोत्तम सङ्गमयुग नै सबैभन्दा सुन्दर र कल्याणकारी हो– कसरी?

उत्तर:–
यसै समयमा तिमी बच्चाहरू स्त्री र पुरुष दुवै उत्तम बन्छौ। यो सङ्गमयुग हो नै कलियुग अन्त्य र सत्ययुग आदिको बीचको समय। यसै समयमा बाबाले तिमी बच्चाहरूको लागि ईश्वरीय विश्व विद्यालय खोल्नुहुन्छ, जहाँ तिमी मनुष्यबाट देवता बन्छौ। यस्तो विश्व विद्यालय सारा कल्पमा कहिल्यै हुँदैन। यसै समयमा सबैको सद्गति हुन्छ।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ। यहाँ बस्दाबस्दै एक त तिमीले बाबालाई याद गर्छौ किनकि उहाँ पतित-पावन हुनुहुन्छ, उहाँलाई याद गरेर पावन सतोप्रधान बन्नु नै तिम्रो उद्देश्य हो। यस्तो होइन, सतोसम्म बन्ने उद्देश्य छ। सतोप्रधान बन्नु छ, त्यसैले बाबालाई पनि अवश्य याद गर्नु छ फेरि स्वीट होमलाई पनि याद गर्नु छ किनकि त्यहाँ जानु छ। फेरि मालसमान पनि हुनुपर्छ, त्यसैले आफ्नो स्वर्गधामलाई पनि याद गर्नु छ किनकि त्यहाँ प्राप्ति हुन्छ। बच्चाहरूले जानेका छौ– हामी बाबाका बच्चाहरू हौं, वास्तवमा बाबाबाट शिक्षा लिएर हामी स्वर्गमा जान्छौं, नम्बरवार पुरुषार्थ अनुसार। बाँकी जति पनि जीव आत्माहरू छन् ती शान्तिधाममा जान्छन्। घर त अवश्य जानु छ। बच्चाहरूलाई यो पनि थाहा भएको छ, अहिले हो रावण राज्य। यसको तुलनामा सत्ययुगलाई फेरि नाम दिइएको छ रामराज्य। दुई कला कम हुन्छ। सलाई सूर्यवंशी, यसलाई चन्द्रवंशी भनिन्छ। जसरी क्राइष्टको वंशावली एउटै चल्छ, त्यसैगरी यो पनि एउटै वंशावली हो। तर त्यसमा सूर्यवंशी र चन्द्रवंशी हुन्छन्। यी कुरा कुनै पनि शास्त्रमा छैनन्। बाबा बसेर सम्झाउनु हुन्छ, जसलाई नै ज्ञान अथवा नलेज भनिन्छ। स्वर्ग स्थापना भएपछि फेरि ज्ञानको आवश्यकता हुँदैन। यो ज्ञान बच्चाहरूलाई पुरुषोत्तम सङ्गमयुगमा नै सिकाइन्छ। तिम्रो सेन्टरमा वा म्युजियममा धेरै ठुला-ठुला अक्षरमा अवश्य लेखिएको होस्– भाइ-बहिनीहरू! यो पुरुषोत्तम सङ्गमयुग हो, जुन एकै पटक आउँछ। पुरुषोत्तम सङ्गमयुगको अर्थ पनि जानेका छैनन्। त्यसैले यो पनि लेख्नुपर्छ– कलियुग अन्त्य र सत्ययुग आदिको सङ्गम। त्यसैले सङ्गमयुग सबैभन्दा सुन्दर, कल्याणकारी हुन जान्छ। बाबा पनि भन्नुहुन्छ– म पुरुषोत्तम सङ्गमयुगमा नै आउँछु। अब सङ्गमयुगको अर्थ पनि सम्झाइएको छ। वेश्यालयको अन्त्य, शिवालयको आदि– यसलाई भनिन्छ, पुरुषोत्तम सङ्गमयुग। यहाँ सबै विकारी छन्, त्यहाँ सबै हुन्छन् निर्विकारी। त्यसैले अवश्य उत्तम त निर्विकारीलाई नै भनिन्छ नि। पुरुष र स्त्री दुवै उत्तम बन्छन् त्यसैले नाम नै छ पुरुषोत्तम। यो सङ्गमयुग हो भन्ने कुरा बाबा र तिमी बच्चाहरू सिवाय अरू कसैलाई थाहा छैन। कसैको विचारमा आउँदैन– पुरुषोत्तम सङ्गमयुग कहिले हुन्छ। अहिले बाबा आउनु भएको छ, उहाँ हुनुहुन्छ मनुष्य सृष्टिका बीजरूप। उहाँको नै यति महिमा छ, उहाँ ज्ञानका सागर, आनन्दका सागर, पतित-पावन हुनुहुन्छ। ज्ञानद्वारा सद्गति गर्नुहुन्छ। भक्तिबाट सद्गति हुन्छ, तिमीहरूले यस्तो कहिल्यै भन्दैनौ। ज्ञानद्वारा सद्गति हुन्छ र सद्गति हुन्छ नै सत्ययुगमा। त्यसैले अवश्य कलियुगको अन्त्य र सत्ययुग आदिको सङ्गममा आउनु हुन्छ। बाबाले कति स्पष्ट पारेर सम्झाउनु हुन्छ। नयाँ पनि आउँछन्, हुबहु जसरी कल्प कल्प आएका छन्, आइरहन्छन्। राजधानी यसरी नै स्थापना हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी सच्चा सच्चा ईश्वरीय सेवाधारी ठहरियौं। एक जनालाई मात्र कहाँ पढाउनु हुन्छ र! एक जनाले पढ्छन् फेरि यिनीद्वारा तिमीले पढ्छौ, फेरि तिमीले पढेर अरूलाई पढाउँछौ। यसरी यहाँ यो ठुलो विश्व विद्यालय खोल्नुपर्छ। सारा दुनियाँमा अरू कुनै विश्व विद्यालय नै छैन। कसैले जानेका छैनन्– ईश्वरीय विश्व विद्यालय पनि हुन्छ। अहिले तिमी बच्चाहरूले जानेका छौ– गीताका भगवान शिव आएर यो विश्व विद्यालय खोल्नुहुन्छ। नयाँ दुनियाँको मालिक देवी-देवतालाई बनाउनु हुन्छ। अहिले आत्मा जो तमोप्रधान बनेको छ फेरि त्यसैलाई सतोप्रधान बन्नु छ। अहिले सबै तमोप्रधान छन् नि। रहन त कुनै कुमार पनि पवित्र रहन्छन्, कुमारी पनि पवित्र रहन्छन्, संन्यासी पनि पवित्र रहन्छन् तर आजकाल त्यो पवित्रता छैन। पहिला सुरुमा आत्माहरू आउँदा उनीहरू पवित्र हुन्छन्। फेरि अपवित्र बन्दै जान्छन् किनकि तिमीलाई थाहा छ– सतोप्रधान, सतो, रजो, तमोद्वारा सबैलाई पास हुनु छ। अन्त्यमा सबै तमोप्रधान बन्छन्। अहिले बाबा सम्मुख बसेर सम्झाउनु हुन्छ– यो वृक्ष तमोप्रधान जीर्ण अवस्थामा पुगेको छ, पुरानो भएको छ, त्यसैले अवश्य यसको विनाश हुनुपर्छ। यो हो विभिन्न धर्महरूको वृक्ष, त्यसैले भन्छन्, विराट् लीला। कति ठुलो बेहदको वृक्ष छ। ती त जड वृक्ष हुन्, जुन बीज लगाउँछौ त्यसैको वृक्ष निस्कन्छ। यो फेरि हो विभिन्न धर्महरूको विविध चित्र। हुन त सबै मनुष्य हुन्, तर यसमा अनेकता धेरै छ, त्यसैले विराट लीला भनिन्छ। सबै धर्म कसरी नम्बरवार आउँछन्, यो पनि तिमीले जानेका छौ। सबै जानु र फेरि आउनु छ। यो ड्रामा बनेको छ। हो पनि अद्भुत ड्रामा। अद्भुत यो छ– जुन यति सानो आत्मा अथवा परम आत्मामा कति धेरै पार्ट भरिएको छ। परम र आत्मालाई मिलाएर परमात्मा भनिन्छ। तिमीहरू उहाँलाई बाबा भन्छौ किनकि सबै आत्माहरूका उहाँ सुप्रिम बाबा हुनुहुन्छ नि। बच्चाहरूलाई थाहा छ– आत्माले नै सारा पार्ट खेल्छ। मनुष्यले यो जानेका छैनन्। उनीहरूले त भनिदिन्छन्, आत्मा निर्लेप छ। वास्तवमा यो शब्द गलत छ। यो पनि ठुला-ठुला अक्षरमा लेखिदिनुपर्छ– आत्मा निर्लेप छैन। आत्माले नै जस्तो जस्तो, राम्रो वा खराब कर्म गर्छन् उसले त्यस्तै फल पाउँछ। खराब संस्कारले पतित बन्छ, त्यसैले त देवताका अगाडि गएर उनीहरूको महिमा गाउँछन्। अहिले तिमीहरूलाई ८४ जन्मको बारेमा थाहा हुँदै गएको छ, अरू कुनै पनि मनुष्यले जानेका छैनन्। तिमीले उनीहरूको ८४ जन्मसिद्ध गरेर बताउँछौ तब भन्छन्– के शास्त्र झुटा हुन्? किनकि सुनेका छन् मनुष्यले ८४ लाख योनि लिन्छ। अहिले बाबा बसेर सम्झाउनु हुन्छ– वास्तवमा सर्व शास्त्रमयी शिरोमणि हो नै गीता। बाबा अहिले हामीलाई राजयोग सिकाइरहनु भएको छ जुन ५ हजार वर्ष पहिला सिकाइएको थियो।

तिमीलाई थाहा छ– हामी पवित्र थियौं, पवित्र गृहस्थ धर्म थियो। अहिले त्यसलाई धर्म भनिँदैन। अधर्मी बनेका छन् अर्थात् विकारी बनेका छन्। यस खेललाई तिमी बच्चाहरूले बुझेका छौ। यो बेहदको ड्रामा हो जुन हर ५ हजार वर्षपछि दोहोरिइरहन्छ। लाखौं वर्षको कुरा त कसैले सम्झिन सक्दैन। यो त हिजोको कुरा जस्तै हो। तिमीहरू शिवालयमा थियौ, आज वेश्यालयमा छौ फेरि भोलि शिवालयमा हुन्छौ। सत्ययुगलाई शिवालय भनिन्छ, त्रेतालाई अर्ध शिवालय भनिन्छ। यति वर्ष त्यहाँ रहन्छौ। पुनर्जन्ममा त आउनु नै छ। यसलाई भनिन्छ रावण राज्य। तिमी आधाकल्प पतित बन्यौ, अब बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहँदै कमल फूलसमान पवित्र बन। कुमार र कुमारी त हुन्छन् नै पवित्र। उनीहरूलाई फेरि सम्झाइन्छ– यस्तो गृहस्थमा जानु छैन जसकारण फेरि पवित्र बन्ने पुरुषार्थ गर्नुपर्छ। भगवानुवाच– पावन बन, बेहदका बाबाले भनेको मान्नुपर्छ नि। तिमी गृहस्थ व्यवहारमा रहँदा-रहँदै कमल फूलसमान रहन सक्छौ। फेरि बच्चाहरूलाई पतित बन्ने बानी किन पार्छौ! जब कि बाबा २१ जन्मको लागि पतित हुनबाट बचाउनु हुन्छ। यसमा लोकलाज कुलको मर्यादालाई पनि छोड्नुपर्छ। यो हो बेहदको कुरा। अविवाहित त सबै धर्ममा धेरै रहन्छन् तर सुरक्षितसँग रहनु थोरै मुस्किल हुन्छ, फेरि पनि रावण राज्यमा रहन्छन् नि। बेलायतमा पनि यस्ता धेरै मनुष्यले विवाह गर्दैनन् फेरि अन्त्यमा साथीको लागि विवाह गर्छन्। विकारी दृष्टिले होइन। यस्ता पनि दुनियाँमा धेरै हुन्छन्। पूरै सम्हाल गर्छन्, फेरि जब मर्छन् तब केही उनीलाई दिएर जान्छन्। केही पुण्य कार्यमा लगाइदिन्छन्। ट्रस्ट बनाएर जान्छन्। बेलायतमा पनि ठुला-ठुला ट्रस्ट हुन्छन् जसले फेरि यहाँ पनि मदत गर्छन्। यहाँ यस्ता ट्रस्ट छैनन् होला जसले बेलायतलाई पनि मदत गर्छन्। यहाँ त गरिब मानिस छन्, के मदत गर्ने, त्यहाँ त उनीहरूका पासमा पैसा धेरै हुन्छ। भारतवर्ष त गरिब छ नि यसको के हालत छ! भारतवर्ष कति शिरताज थियो, हिजोको कुरा हो। स्वयं पनि भन्छन्– ३ हजार वर्ष पहिला स्वर्ग थियो। बाबाले नै बनाउनु हुन्छ। तिमीहरूले जानेका छौ– बाबा कसरी माथिबाट तल आउनु हुन्छ, पतितहरूलाई पावन बनाउन। उहाँ हुनुहुन्छ नै ज्ञानका सागर, पतित-पावन, सर्वका सद्गतिदाता अर्थात् सबैलाई पावन बनाउनेवाला। तिमी बच्चाहरूले जानेका छौ– मेरो महिमा त सबैले गाउँछन्। म यहाँ पतित दुनियाँमा नै आउँछु, तिमीहरूलाई पावन बनाउन। तिमीहरू पावन बनेर जान्छौ र फेरि सबैभन्दा पहिला- पावन दुनियाँमा आउँछौ। धेरै सुख पाउँछौ फेरि रावण राज्यमा गिर्छौ। गायन त गर्छन्– परमपिता परमात्मा ज्ञानका सागर, शान्तिका सागर, पतित पावन हुनुहुन्छ। तर पावन बनाउनको लागि कहिले आउनु हुन्छ– यो कसैले पनि जानेका छैनन्। बाबा भन्नुहुन्छ– तिमीहरू मेरो महिमा गर्छौ नि। अब म आएको छु, तिमीहरूलाई आफ्नो परिचय दिइरहेको छु। म हर ५ हजार वर्षपछि यस पुरुषोत्तम सङ्गमयुगमा आउँछु, कसरी आउँछु त्यो पनि सम्झाउँछु। चित्र पनि छन्। ब्रह्मा कुनै सूक्ष्मवतनमा हुँदैनन्। ब्रह्मा यहाँ छन् र ब्राह्मण पनि यहाँ छन्, जसलाई ग्रेट-ग्रेट ग्रेन्ड फादर भनिन्छ, त्यसैको फेरि वृक्ष बन्छ। मनुष्य सृष्टिको वृक्ष त प्रजापिता ब्रह्माबाट नै चल्छ नि। प्रजापिता छन् भने अवश्य उनका प्रजा हुनुपर्छ। कोख वंशावली त हुन सक्दैनन्, अवश्य एडप्टेड हुनुपर्छ। ग्रेट-ग्रेट ग्रेन्ड फादर छन् भने अवश्य एडप्ट गरिएको होला। तिमीहरू सबै एडप्टेड बच्चाहरू हौ। अहिले तिमी ब्राह्मण बनेका छौ फेरि तिमीहरू देवता बन्नु छ। शूद्रबाट ब्राह्मण फेरि ब्राह्मणबाट देवता, यो बाजोलीको खेल हो। विराट् रूपको पनि चित्र छ नि। त्यहाँबाट सबैलाई यहाँ आउनु पर्छ अवश्य। जब सबै आउँछन् तब रचयिता पनि आउनु हुन्छ। उहाँ रचयिता र निर्देशक हुनुहुन्छ, पार्ट पनि खेल्नुहुन्छ। बाबा भन्नुहुन्छ– हे आत्माहरू! तिमीहरूले मलाई जानेका छौ। तिमी सबै आत्माहरू मेरा सन्तान हौ नि। तिमीहरूले पहिला सत्ययुगमा शरीरधारी बनेर कति राम्रो सुखको पार्ट बजायौ फेरि ८४ जन्मपछि कति दु:खमा आएका छौ। ड्रामाका रचयिता, निर्देशक र निर्माता हुन्छन् नि। यो हो बेहदको ड्रामा। बेहद ड्रामालाई कसैले जानेका छैनन्। भक्तिमार्गमा यस्ता-यस्ता कुरा बताउँछन् जसकारण मनुष्यको बुद्धिमा त्यही बसेको छ।

अब बाबा भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! यी हुन् सबै भक्तिमार्गका शास्त्रहरू। भक्तिमार्गका धेरै सामग्री छन्, जसरी बीजको सामग्री वृक्ष हो, यति सानो बीजबाट यो वृक्ष कति अथाह फैलिन्छ। भक्तिको पनि यति धेरै विस्तार छ। ज्ञान त बीज हो, त्यसमा कुनै सामग्रीको आवश्यकता हुँदैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर, कुनै व्रत नियम छैन। यी सबै बन्द हुन्छन्। तिमीलाई सद्गति मिल्छ फेरि कुनै कुराको आवश्यकता हुँदैन। तिमीहरूले नै धेरै भक्ति गरेका छौ। त्यसको फल तिमीहरूलाई दिनको लागि आएको हुँ। देवताहरू शिवालयमा थिए नि, त्यसैले त मन्दिरमा गएर उनीहरूको महिमा गाउँछन्। अब बाबा सम्झाउनु हुन्छ– मीठा-प्यारा बच्चाहरू! मैले ५ हजार वर्ष पहिला पनि तिमीहरूलाई आफूलाई आत्मा सम्झनको लागि सम्झाएको थिएँ। देहका सबै सम्बन्धलाई छोडेर म एक बाबालाई याद गर्यौ भने यस योग अग्निबाट तिम्रो पाप भस्म हुन्छ। बाबाले जे जे अहिले सम्झाउनु हुन्छ, कल्प कल्प सम्झाउँदै आउनु भएको छ। गीतामा पनि कुनै कुनै शब्द राम्रा छन्। मनमनाभव अर्थात् मलाई याद गर। शिवबाबा भन्नुहुन्छ– म यहाँ आएको छु। कसको तनमा आउँछु, त्यो पनि बताउँछु। ब्रह्माद्वारा सबै वेद-शास्त्रको सार तिमीलाई सुनाउँछु। चित्र पनि देखाउँछन् तर अर्थ बुझ्दैनन्। अहिले तिमीहरू बुझ्छौ– शिवबाबाले कसरी ब्रह्मा तनद्वारा सबै शास्त्र आदिको सार सुनाउनु हुन्छ। ८४ जन्मको ड्रामाको रहस्य पनि तिमीहरूलाई सम्झाउनु हुन्छ। यिनकै धेरै जन्मको अन्त्यमा आउँछु। यिनी फेरि पहिला नम्बरको राजकुमार बन्छन् फेरि ८४ जन्ममा आउँछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस रावण राज्यमा रहँदा-रहँदै पतित लोकलाज कुलको मर्यादालाई छोडेर बेहद बाबाको कुरा मान्नु छ, गृहस्थ व्यवहारमा कमल फूल समान रहनु छ।

२) यस भेराइटी विराट् लीलालाई राम्रोसँग बुझ्नु छ, यसमा पार्ट खेल्ने आत्मा निर्लेप छैन, राम्रो नराम्रो कर्म गर्छ र त्यसको फल पाउँछ, यस रहस्यलाई बुझेर श्रेष्ठ कर्म गर्नु छ।

वरदान:–
बाबाको संस्कारलाई आफ्नो मौलिक संस्कार बनाउने शुभभावना , शुभकामनाधारी भव

अहिलेसम्म कतिपय बच्चाहरूमा फिलिङ गर्ने, किनारा गर्ने, परचिन्तन गर्ने वा सुन्ने भिन्न-भिन्न संस्कार छ, जसलाई भन्ने गर्छौ के गर्ने मेरो यो संस्कार छ... यो ‘मेरो’ शब्दले नै पुरुषार्थमा अल्छी बनाउँछ। यो रावणको चीज हो, मेरो होइन। जुन बाबाको संस्कार, त्यो नै ब्राह्मणहरूको मौलिक संस्कार हो। त्यो संस्कार हो विश्वकल्याणकारी, शुभ चिन्तनधारी। सबैप्रति शुभभावना, शुभकामनाधारी।

स्लोगन:–
जसमा सामर्थ्य छ ऊ नै सर्व शक्तिहरूको खजानाको अधिकारी हो।