20.09.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा तिमी पुराना भक्तहरूलाई भक्तिको फल दिन आउनुभएको छ। भक्तिको फल हो ज्ञान , जसबाट नै तिम्रो स दग ति हुन्छ।”

प्रश्न:–
कति बच्चाहरू ज्ञानमा चल्दा-चल्दै तकदिरलाई आफैले शुट गर्छन्, कसरी?

उत्तर:–
यदि बाबाको बनेर सेवा गर्दैनन्, आफैमाथि र अरूमाथि दया गर्दैनन् भने उनीहरूले आफ्नो तकदिरलाई शुट गर्छन् अर्थात् पद भ्रष्ट हुन्छन्। राम्रोसँग पढे, योगमा रहे भने पद पनि राम्रो मिल्छ। सेवाधारी बच्चाहरूलाई त सेवाको धेरै सोख हुनुपर्छ।

गीत:–
कौन आया सवेरे-सवेरे...

ओम् शान्ति ।
रुहानी बच्चाहरूले बुझ्छन्– हामी आत्मा हौँ, न कि शरीर। र यो ज्ञान अहिले नै मिल्छ– परमपिता परमात्माबाट। बाबा भन्नुहुन्छ– अहिले म आएको छु भने तिमीले आफूलाई आत्मा निश्चय गर। आत्माले नै शरीरमा प्रवेश गर्छ। एउटा शरीर छोडेर अर्को लिइरहन्छ। आत्मा परिवर्तन हुँदैन, शरीर परिवर्तन हुन्छ। आत्मा त अविनाशी छ, त्यसैले आफूलाई आत्मा सम्झनुछ। यो ज्ञान कहिल्यै कसैले दिन सक्दैन। बाबा बच्चाहरूको पुकार सुनेर आउनुभएको छ। यो पनि कसैलाई थाहा छैन– यो पुरुषोत्तम सङ्गमयुग हो। बाबा आएर सम्झाउनुहुन्छ– मेरो आगमन हुन्छ कल्पको पुरुषोत्तम सङ्गमयुगमा तब नै सारा विश्व पुरुषोत्तम बन्छ। यस समयमा त सारा विश्व कनिष्ठ पतित छ। त्यसलाई भनिन्छ अमरपुरी, यो हो मृत्युलोक। मृत्युलोकमा आसुरी अवगुण भएका मानिसहरू हुन्छन्, अमरलोकमा दैवीगुण भएका मानिसहरू छन् त्यसैले उनीहरूलाई देवता भनिन्छ। यहाँ पनि राम्रो स्वभाव भएकोलाई भनिन्छ– यो त मानौँ देवता हो। कोही दैवीगुण भएका हुन्छन्, यस समयमा सबै छन् आसुरी गुण भएका मानिसहरू। ५ विकारहरूमा फसेका छन् त्यसैले गाउँछन्– यो दु:खबाट आएर लिबरेट गर। कुनै एक सीतालाई छुटाउनुभएन। बाबाले सम्झाउनुभएको छ– भक्तिलाई सीता भनिन्छ, भगवानलाई राम भनिन्छ। जो भक्तहरूलाई फल दिन आउनुहुन्छ। यो बेहदको रावण राज्यमा सारा दुनियाँ फसेको छ। उनीहरूलाई लिबरेट गरेर रामराज्यमा लैजानुहुन्छ। रघुपति राघव राजा रामको कुरा होइन। उनी त त्रेताका राजा थिए। अहिले त सबै आत्माहरू तमोप्रधान जर्जर अवस्थामा छन्, सिँढी ओर्लँदै ओर्लँदै तल आएका छन्। पूज्यबाट पुजारी बनेका छन्। देवताहरूले कसैको पूजा गर्दैनन्। उनीहरू त हुन् नै पूज्य। फेरि उनीहरू वैश्य, शूद्र बनेपछि पूजा सुरु हुन्छ, वाम मार्गमा आएपछि पुजारी बन्छन्, पुजारीले देवताहरूको चित्रको अगाडि नमन गर्छन्, यस समयमा कुनै एक आत्मा पनि पूज्य हुन सक्दैन। उच्चभन्दा उच्च भगवान पूज्य फेरि हुन्छन् सत्ययुगी देवताहरू पूज्य। यस समयमा त सबै पुजारी छन्, सबैभन्दा पहिला शिवको पूजा हुन्छ, त्यो हो अव्यभिचारी पूजा। त्यो सतोप्रधान फेरि सतो फेरि देवताहरूबाट पनि ओर्लेर जलको, मानिसहरूको, चराहरूको आदिको पूजा गर्न थाल्छन्। दिनप्रतिदिन अनेकौँको पूजा हुन थाल्छ। आजकाल धार्मिक सम्मेलन पनि धेरै भइरहन्छन्। कहिले आदि सनातन धर्मकाहरूको, कहिले जैनीहरूको, कहिले आर्य समाजीहरूको। धेरैलाई बोलाउँछन् किनकि हरेकले आफ्नो धर्मलाई त उच्च सम्झन्छन् नि। हरेक धर्ममा केही न केही विशेष गुण हुनाले उनीहरूले आफूलाई ठुलो सम्झन्छन्। जैनीहरूमा पनि किसिम किसिमका हुन्छन्। ५-७ भेराइटी हुन्छन् होला। त्यसमा फेरि कोही नाङ्गै पनि रहन्छन्, नाङ्गो बन्नुको अर्थ बुझ्दैनन्। भगवानुवाच छ– नाङ्गो अर्थात् अशरीरी आएका थियौ, फेरि अशरीरी बनेर जानुछ। उनीहरू फेरि कपडा उतारेर नाङ्गो बन्छन्। भगवानुवाचको अर्थलाई बुझ्दैनन्। बाबा भन्नुहुन्छ– तिमी आत्माहरू यहाँ यो शरीर धारण गरेर पार्ट खेल्न आएका हौ, फेरि फर्केर जानुछ, यी कुराहरूलाई तिमी बच्चाहरूले बुझ्छौ। आत्मा नै पार्ट खेल्न आउँछ, वृक्ष बढिरहन्छ। नयाँ नयाँ किसिमका धर्म निस्किरहन्छन्, त्यसैले यसलाई भेराइटी नाटक भनिन्छ। भेराइटी धर्महरूको वृक्ष हो। हरेकका अनेक शाखाहरू निस्कन्छन्। मुहम्मद त पछि आएका हुन्। पहिला हुन् इस्लामी। मुसलमानहरूको सङ्ख्या धेरै छ, अफ्रिकामा कति धनवान छन्, सुन-हीराका खानीहरू छन्। कहीँ धेरै धन देखे भने त्यसमाथि आक्रमण गरेर धनवान बन्छन्। क्रिस्चियनहरू पनि कति धनवान बनेका छन्। भारतवर्षमा पनि धन छ, तर गुप्त। सुन आदि कति पक्रिरहन्छन्। अब दिगम्बर जैन सभाकाहरूले सम्मेलन आदि गरिरहन्छन्, किनकि हरेकले आफूलाई ठुलो सम्झन्छन् नि। यी यति धर्म सबै बढिरहन्छन्, कहिल्यै विनाश पनि हुनेछ, केही पनि बुझ्दैनन्। सबै धर्महरूमा उच्च त तिम्रो ब्राह्मण धर्म नै हो, जसको विषयमा कसैलाई थाहा छैन। कलियुगी ब्राह्मण पनि धेरै छन्, तर उनीहरू हुन् कोख वंशावली ब्राह्मण। प्रजापिता ब्रह्माका मुखवंशावली ब्राह्मण, उनीहरू त सबै दाजुभाइ दिदीबहिनी हुनुपर्छ। यदि उनीहरूले आफूलाई ब्रह्माका सन्तान कहलाउँछन्, भने दाजुभाइ दिदीबहिनी नै ठहरिए त्यसैले विवाह पनि गर्न सक्दैनन्। सिद्ध हुन्छ– उनीहरू ब्राह्मण ब्रह्माका मुखवंशावली होइनन्, केवल नाम राखिदिन्छन्। वास्तवमा देवताहरूभन्दा पनि उच्च ब्राह्मणहरूलाई भनिन्छ, टुप्पी हुन् नि। यी ब्राह्मणले नै मानिसहरूलाई देवता बनाउँछन्। पढाउने हुनुहुन्छ परमपिता परमात्मा, स्वयं ज्ञानको सागर। यो कसैलाई पनि थाहा छैन। बाबाको पासमा आएर ब्राह्मण बनेर फेरि पनि भोलि शूद्र बन्छन्। पुराना संस्कार पल्टाउनमा धेरै मेहनत लाग्छ। आफूलाई आत्मा निश्चय गरेर बाबाबाट वर्सा लिनुछ, रुहानी बाबाबाट रुहानी बच्चाहरूले नै वर्सा लिन्छन्। बाबालाई याद गर्नमा नै मायाले विघ्न पार्छ। बाबा भन्नुहुन्छ– हात काममा मन यार (शिवबाबा) मा। यो हो धेरै सहज। जसरी आशिक-माशुक (प्रेमी प्रेमिका) हुन्छन् जो एकअर्कालाई नहेरी रहन सक्दैनन्। बाबा त प्रेमी नै हुनुहुन्छ। प्रेमिका सबै बच्चाहरू हुन्, जसले बाबालाई याद गरिरहन्छन्। एक बाबा नै हुनुहुन्छ जो कहिल्यै कसैसँग आशिक बन्नुहुन्न किनकि उहाँभन्दा उच्च त कोही छैन। बाँकी हो, बच्चाहरूको महिमा गर्नुहुन्छ, तिमी भक्ति मार्गदेखि लिएर म प्रेमीका सबै प्रेमिकाहरू हौ। बोलाउँछौ पनि– आएर दु:खबाट मुक्त गरेर पावन बनाउनुहोस्। तिमीहरू सबै हौ सजनीहरू, म हुँ साजन। तिमीहरू सबै आसुरी जेलमा फसेका छौ, म आएर छुटाउँछु। यहाँ मेहनत धेरै छ, विकारी दृष्टिले धोका दिन्छ, पवित्र दृष्टि बन्नमा मेहनत लाग्छ। देवताहरूको कति राम्रो आचरण छ, अब यस्तो देवता बनाउने अवश्य चाहिन्छ नि।

सम्मेलनमा टपिक राखेका छन् “मानव जीवनमा धर्मको आवश्यकता।” ड्रामालाई नजान्नाले अल्मलिएका छन्। तिमी सिवाय अरू कसैले सम्झाउन सक्दैन। क्रिस्चियन अथवा बौद्धी आदिलाई यो कहाँ थाहा छ– क्राइस्ट, बुद्ध आदि फेरि कहिले आउँछन्! तिमीले तुरुन्तै हिसाबकिताब बताउन सक्छौ। त्यसैले सम्झाउनुपर्छ– धर्मको त आवश्यकता छ नि। सबैभन्दा पहिला कुन धर्म थियो, फेरि कुन कुन धर्म आए! आफ्नो धर्मका मानिसहरूले पनि पूरा बुझ्दैनन्। योग लगाउँदैनन्। योगबिना तागत आउँदैन, धार लाग्दैन। बाबालाई नै सर्वशक्तिमान सत्ता भनिन्छ। तिमी कति सर्वशक्तिमान् बन्छौ, विश्वको मालिक बन्छौ। तिम्रो राज्यलाई कसैले छिन्न सक्दैन। त्यस समयमा अरू कुनै खण्ड हुँदैनन्। अहिले त कति खण्ड छन्। यो सृष्टि चक्र कसरी घुम्छ। ५ हजार वर्षको यो चक्र हो, बाँकी सृष्टि कति लामो छ। त्यो कहाँ मापन गर्न सक्छन्। धरतीको बरू मापन गर्न सक्छन्। सागरको त गर्न मापन सक्दैनन्। आकाश र सागरको अन्त्य कसैले पाउन सक्दैन। त्यसैले सम्झाउनुछ– धर्मको आवश्यकता किन छ! सारा चक्र बनेको छ नै धर्महरूमाथि। यो हो नै भेराइटी धर्महरूको वृक्ष, यो वृक्ष हो अन्धाहरूको अगाडि ऐना।

तिमी अहिले बाहिर सेवामा निस्किएका छौ, बिस्तारै बिस्तारै तिम्रो वृद्धि हुँदै जान्छ। तुफान लाग्नाले धेरै पातहरू गिर्छन् पनि नि। अरू धर्महरूमा तुफान लाग्ने कुरा हुँदैन। उनीहरूलाई त माथिबाट आउनु नै छ, यहाँ तिम्रो स्थापना धेरै आश्चर्यजनक छ। जो पहिला सुरुका भक्तहरू हुन् उनीहरूलाई नै आएर भगवानले फल दिनुहुन्छ, आफ्नो घर लैजानको लागि। बोलाउँछन् पनि– हामी आत्माहरूलाई आफ्नो घर लैजानुहोस्। यो कसैलाई थाहा छैन– बाबाले स्वर्गको पनि राज्य-भाग्य दिनुहुन्छ। संन्यासीहरूले त सुखलाई मान्दैनन् नै। उनीहरूले चाहन्छन्– मोक्ष होस्। मोक्षलाई वर्सा भनिँदैन। स्वयं शिवबाबालाई पनि पार्ट खेल्नुपर्छ भने फेरि कसैलाई मोक्षमा कसरी राख्न सक्नुहुन्छ। तिमी ब्रह्माकुमार-कुमारीहरूले आफ्नो धर्मलाई र सबैको धर्मलाई जान्दछौ। तिमीलाई दया लाग्नुपर्छ। चक्रको रहस्य सम्झाउनुपर्छ। भन, तिम्रा धर्म स्थापक फेरि आफ्नो समयमा आउँछन्। सम्झाउने पनि होसियार चाहिन्छ। तिमीले सम्झाउन सक्छौ– हरेकलाई सतोप्रधानबाट सतो-रजो-तमोमा आउनु नै छ। अहिले हो रावण राज्य। तिम्रो हो सच्चा गीता, जुन बाबाले सुनाउनुहुन्छ। भगवान निराकारलाई नै भनिन्छ। आत्माले निराकार गड फादरलाई बोलाउँछ। त्यहाँ तिमी आत्माहरू रहन्छौ। तिमीलाई परमात्मा कहाँ भनिन्छ। परमात्मा त एउटै हुनुहुन्छ उच्च भन्दाउच्च भगवान, फेरि सबै हुन् आत्माहरू बच्चाहरू। सर्वको सदगतिदाता एक हुनुहुन्छ फेरि हुन्छन् देवताहरू। त्यसमा पनि नम्बरवन हुन् श्रीकृष्ण किनकि आत्मा र शरीर दुवै पवित्र छन्। तिमी हौ सङ्गमयुगी। तिम्रो जीवन अमूल्य छ। देवताहरूको होइन, ब्राह्मणहरूको जीवन अमूल्य हो। बाबाले तिमीलाई बच्चा बनाएर फेरि तिमीमाथि कति मेहनत गर्नुहुन्छ, देवताहरूले कहाँ यति मेहनत गर्छन्। उनीहरूले पढाउनको लागि बच्चाहरूलाई स्कुल पठाइदिन्छन्। यहाँ बाबा बसेर तिमीलाई पढाउनुहुन्छ। उहाँ बाबा, टिचर, गुरु तीनै हुनुहुन्छ। त्यसैले उहाँको कति आदर हुनुपर्छ। सेवाधारी बच्चाहरूलाई सेवाको धेरै सोख हुनुपर्छ। धेरै कम छन् जो राम्रा होसियार छन् त्यसैले सेवामा लागेका छन्। सहयोगी हातहरू त चाहिन्छ नि। लडाइँको मैदानमा जानको लागि जसलाई सिकाउँछन् उनीहरूको नोकरी आदि सबै छुटाउँछन्। उनीहरूको पासमा लिस्ट हुन्छ। फेरि मिलिटरीमा जानलाई कसैले अस्वीकार गर्न सक्दैनन्– हामी मैदानमा जाँदैनौँ, भन्दैनन्। ड्रिल सिकाउँछन्– जरुरत पर्दा बोलाउँछौँ। अस्वीकार गर्नेमाथि केस चलाउँछन्। यहाँ त त्यो कुरा छैन। यहाँ फेरि जसले राम्रोसँग सेवा गर्दैनन् उनीहरूको पद भ्रष्ट हुन्छ। सेवा गर्दैनन् अर्थात् आफैले आफूलाई शुट गर्छन्। पद भ्रष्ट हुन्छ। आफ्नो तकदिरलाई शुट गरिदिन्छन्। राम्रोसँग पढे, योगमा रहे भने राम्रो पद मिल्छ। आफैमाथि दया गर्नुपर्ने हुन्छ। आफैमाथि दया गरे भने अरूमाथि दया पनि गर्छन्। बाबाले हरेक प्रकारको अर्थ सम्झाइरहनुहुन्छ। यो दुनियाँको नाटक कसरी चल्छ, र राजधानी पनि स्थापना हुन्छ। यी कुराहरूलाई दुनियाँले जान्दैन। अब निमन्त्रणा त मिल्छन्। ५-१० मिनेटमा के सम्झाउन सक्छन्। एक-दुई घण्टा दिए भने सम्झाउन पनि सक्छन्। ड्रामालाई त बिल्कुल जान्दैनन्। प्वाइन्टहरू जहाँतहीँ राम्रा राम्रा लेखिदिनुपर्छ। तर बच्चाहरूले भुल्छन्। बाबा रचयिता पनि हुनुहुन्छ, तिमी बच्चाहरूलाई रचना गर्नुहुन्छ। आफ्नो बनाउनुभएको छ, निर्देशक बनेर निर्देशन पनि दिनुहुन्छ। श्रीमत दिनुहुन्छ र फेरि कर्म पनि गर्नुहुन्छ। ज्ञान सुनाउनुहुन्छ। यो पनि उहाँको उच्चभन्दा उच्च कर्म हो नि। ड्रामाका रचयिता, निर्देशक र मुख्य कलाकारलाई चिनेनन् भने के ठहरिए? अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यो अमूल्य जीवनमा पढाउने टिचरको धेरै धेरै रिगार्ड राख्नुछ, पढाइमा राम्रो होसियार बनेर सेवामा लाग्नुछ। आफैमाथि आफैले दया गर्नुछ।

२) आफूलाई सुधार्नको लागि पवित्र बन्नुछ। आफ्नो आचरण सुधार्नुछ। मानिसहरूलाई देवता बनाउने सेवा गर्नुछ।

वरदान:–
रुहानी ड्रिलको अभ्यासद्वारा फाइनल पेपरमा पास हुने सदा शक्तिशाली भव

जसरी वर्तमान समय अनुसार शरीरको लागि सर्व बिमारीको उपचार एक्सरसाइज सिकाउँछन्। त्यसैगरी आत्मालाई सदा शक्तिशाली बनाउनको लागि रुहानी एक्सरसाइजको अभ्यास चाहिन्छ। चारैतिर जतिसुकै हलचलको वातावरण होस् तर आवाजमा रहँदा रहँदै आवाजबाट परको स्थितिको अभ्यास गर। मनलाई जहाँ र जति समय स्थित गर्न चाहन्छौ त्यति समय त्यहाँ स्थित गर, तब शक्तिशाली बनेर फाइनल परिक्षामा पास हुन सक्छौ।

स्लोगन:–
आफ्नो विकारी स्वभाव-संस्कार वा कर्मलाई समर्पण गरिदिनु नै समर्पित हुनु हो।

अव्यक्त इसारा:– अब लगनको अग्निलाई प्रज्वलित गरेर योगलाई ज्वालारूप बनाऊ

तिम्रो याद ज्वालारूप नबनेसम्म यो विनाशको ज्वालाले पनि सम्पूर्ण ज्वालारूप लिँदैन। यो भड्किन्छ, फेरि शीतल हुन्छ किनकि ज्वालामूर्त र प्रेरक आधारमूर्त आत्माहरू अहिले स्वयं नै सदा ज्वालारूप बनेका छैनन्। अब ज्वालारूप बन्ने दृढ सङ्कल्प गर र सङ्गठित रूपमा मन-बुद्धिको एकाग्रताद्वारा पावरफुल योगको भाइब्रेसन चारैतिर फैलाऊ।