20.10.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बाबा
आउनुभएको छ तिमीलाई धेरै रुचि ले पढाउन , तिमी ले पनि रुचि सँग पढ– हामीलाई पढाउने
स्वयं भगवान हुनुहुन्छ भन्ने नशा रहोस्।”
प्रश्न:–
तिमी
ब्रह्माकुमार-कुमारीहरूको उद्देश्य वा शुद्ध भावना कुनचाहिँ हो?
उत्तर:–
तिम्रो
उद्देश्य हो– ५ हजार वर्ष कल्प पहिलाको जस्तै फेरि श्रीमतमा विश्वमा सुख र शान्तिको
राज्य स्थापना गर्नु। तिम्रो शुद्ध भावना छ– श्रीमतमा हामीले सारा विश्वको सदगति
गर्नेछौँ। तिमीले नशासँग भन्छौ– हामी सबैका सदगतिदाता हौँ। तिमीलाई बाबाबाट शान्ति
पुरस्कार मिल्छ। नर्कवासीबाट स्वर्गवासी बन्नु नै पुरस्कार लिनु हो।
ओम् शान्ति ।
विद्यार्थीले
पढ्दा खुसीले पढ्छन्। टिचरले पनि धेरै खुसीले, रुचिसँग पढाउँछन्। रुहानी
बच्चाहरूलाई यो थाहा छ– बेहदका बाबा जो टिचर पनि हुनुहुन्छ, उहाँ बाबाले हामीलाई
धेरै रुचिपूर्वक पढाउनुहुन्छ। त्यो पढाइमा त पिता अलग हुन्छन्, टिचर अलग हुन्छन्,
जसले पढाउँछन्। कसैकसैका पिता नै टिचर हुन्छन्, जसले पढाउँछन् पनि त्यसैले धेरै
रुचिसँग पढाउँछन् किनकि फेरि पनि रगतको नाता हो नि। आफ्नो सम्झेर धेरै रुचिसँग
पढाउँछन्। यहाँ बाबाले तिमीलाई कति रुचिपूर्वक पढाउनुहुन्छ होला, त्यसैले बच्चाहरूले
पनि कति रुचिसँग पढ्नुपर्छ। डाइरेक्ट बाबाले पढाउनुहुन्छ र उहाँ एकपटक मात्र आएर
पढाउनुहुन्छ। बच्चाहरूमा रुचि धेरै हुनुपर्छ। बाबा भगवानले हामीलाई पढाउनुहुन्छ र
हरेक कुरा राम्रोसँग सम्झाइरहनुहुन्छ। कुनै कुनै बच्चाहरूलाई पढ्दापढ्दै विचार आउँछ–
यो के हो, ड्रामामा यो आवागमनको चक्र छ। तर यो नाटक रचियो नै किन? यसबाट के फाइदा?
बस् यसरी नै चक्कर लगाइरहनेछौँ, यसबाट छुटन सकियो भने त राम्रो हुन्छ। यो ८४ को
चक्कर त लगाइरहनु नै छ भन्ने देखेपछि यस्तो यस्तो विचार आउँछ। भगवानले यस्तो खेल
किन रच्नुभयो, जसबाट आवागमनको चक्रबाट छुट्नै सकिँदैन, यसभन्दा त मोक्ष मिले राम्रो
हुन्थ्यो। यस्ता प्रकारका विचार कैयौँ बच्चाहरूलाई आउँछ। यो आवागमनबाट, दु:ख सुखबाट
छुटौँ। बाबा भन्नुहुन्छ– यो कहिल्यै हुन सक्दैन। मोक्ष पाउनको लागि कोसिस गर्नु नै
व्यर्थ हो। बाबाले सम्झाउनुभएको छ– एउटै आत्मा पनि पार्टबाट छुट्न सक्दैन। आत्मामा
अविनाशी पार्ट भरिएको छ। त्यो हो नै अनादि अविनाशी, यसमा कलाकारहरू बिल्कुल
एक्युरेट छन्। एउटा पनि घटीबढी हुन सक्दैन। तिमी बच्चाहरूलाई सारा ज्ञान छ। यो
ड्रामाको पार्टबाट कोही छुट्न सक्दैन। न कसैले मोक्ष पाउन सक्छ। सबै धर्मका
मानिसहरूलाई नम्बरवार आउनैपर्छ। बाबा सम्झाउनुहुन्छ– यो ड्रामा बनिबनाउ अविनाशी छ।
तिमीले पनि भन्छौ– बाबा अब थाहा पायौँ, कसरी हामीले ८४ को चक्कर लगाउँछौँ। यो पनि
जान्दछौ– पहिला सुरुमा जो आउँछन्, उनीहरूले ८४ जन्म लिन्छन्। पछि आउनेहरूका अवश्य
कम जन्म हुन्छन्। यहाँ त पुरुषार्थ गर्नुछ। पुरानो दुनियाँबाट नयाँ दुनियाँ अवश्य
बन्नुछ। बाबाले प्रत्येक कुरा बारम्बार सम्झाइरहनुहुन्छ किनकि नयाँ नयाँ बच्चाहरू
आइरहन्छन्। उनीहरूलाई पहिलाको पढाइ कसले पढाउँछ। त्यसैले बाबाले नयाँ नयाँलाई देखेर
फेरि पुरानै प्वइन्टहरू नै रिपिट गर्नुहुन्छ।
तिम्रो बुद्धिमा सारा
ज्ञान छ। तिमीलाई थाहा छ– सुरुदेखि लिएर कसरी हामीले पार्ट खेल्दै आएका छौँ। तिमीले
यथार्थ रीतिले जान्दछौ, कसरी आत्माहरू नम्बरवार आउँछन्, कति जन्म लिन्छन्। यस समयमा
नै बाबा आएर ज्ञानका कुरा सुनाउनुहुन्छ। सत्ययुगमा त हुन्छ नै प्रारब्ध। यो यस समयमा
तिमीलाई नै सम्झाइन्छ। गीतामा पनि सुरुमा र फेरि अन्त्यमा यो कुरा आउँछ– मनमनाभव।
पढाइन्छ पद पाउनको लागि। अब तिमीले राजा बन्नको लागि पुरुषार्थ गर्छौ। अरू धर्मका
मानिसहरूको विषयमा त सम्झाइएको छ– उनीहरू नम्बरवार आउँछन्, धर्मस्थापकपछि सबै
आउनुपर्छ। राज्य भाग्यको कुरा हुँदैन। एउटै गीता शास्त्र छ जसको धेरै महिमा छ। यो
गीता बाबा नै विश्वमा आएर सुनाउनुहुन्छ र सबैको सदगति गर्नुहुन्छ। जति पनि ती
धर्मस्थापकहरू आउँछन्, तिनीहरू मरेपछि ठुला ठुला तीर्थ बनाइदिन्छन्। वास्तवमा सबैको
तीर्थ यो भारतवर्ष नै हो जहाँ बेहदका बाबा आउनुहुन्छ। बाबाले विश्वमा नै आएर सबैको
सदगति गर्नुभएको छ। बाबा भन्नुहुन्छ– मलाई लिबरेटर (मुक्तिदाता), गाइड भन्छौ नि।
मैले तिमीलाई यो पुरानो दुनियाँ, दु:खको दुनियाँबाट मुक्त गरेर शान्तिधाम, सुखधाममा
लैजान्छु। बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई शान्तिधाम, सुखधाम लैजानुहुन्छ। बाँकी
सबै शान्तिधाम जान्छन्। बाबा आएर दु:खबाट मुक्त गर्नुहुन्छ। उहाँको त जन्ममरण
हुँदैन। बाबा आउनुभयो फेरि जानुहुन्छ। उहाँको लागि मर्नुभयो, यस्तो कहाँ भनिन्छ र।
जस्तै शिवानन्दको लागि भनिन्छ– शरीर छोड्नुभयो, फेरि क्रियाकर्म गर्छन्। उहाँ
शिवबाबा जानुभयो भने पनि उहाँको क्रियाकर्म, शोक समारोह आदि केही पनि गर्नुपर्दैन।
उहाँको त आउने कुरा पनि थाहा हुँदैन। क्रियाकर्म आदिको त कुरै छैन। अरू सबै
मानिसहरूको क्रियाकर्म गर्छन्। बाबाको क्रियाकर्म हुँदैन, उहाँको शरीर नै हुँदैन।
सत्ययुगमा यी ज्ञान, भक्तिका कुरा हुँदैनन्। यी कुराहरू अहिले मात्रै हुन्छन् र
सबैले भक्ति मात्रै सिकाउँछन्। आधाकल्प हुन्छ भक्ति फेरि आधाकल्पपछि बाबा आएर
ज्ञानको वर्सा दिनुहुन्छ। कुनै ज्ञान त्यहाँ स्वर्गमा साथमै जाँदैन। त्यहाँ बाबालाई
याद गर्ने आवश्यकता नै हुँदैन। मुक्तिमा हुन्छन्। त्यहाँ याद गर्नुपर्छ र? त्यहाँ
दु:खको पुकार हुँदैहुँदैन। भक्ति पनि पहिला अव्यभिचारी फेरि व्यभिचारी हुन्छ। यस
समयमा त भक्ति अति व्यभिचारी छ, यसलाई रौरव नर्क भनिन्छ। अहिले एकदम घोर भन्दा घोर
नर्क छ फेरि बाबा आएर अपार सुखमय स्वर्ग बनाउनुहुन्छ। यस समयमा छ १०० प्रतिशत दु:ख,
फेरि १०० प्रतिशत सुखशान्ति हुन्छ। आत्मा गएर आफ्नो घर परमधाममा विश्राम लिन्छ।
सम्झाउन धेरै सहज छ। बाबा भन्नुहुन्छ– म आउँछु नै नयाँ दुनियाँको स्थापना गरेर
पुरानो दुनियाँको विनाश गर्नुपर्ने भएपछि मात्र। यति धेरै कार्य केवल एक्लैले त
गर्नुहुन्न। धेरै सेवाधारीहरू चाहिन्छ। यस समयमा तिमी बाबाको सेवाधारी बच्चा बनेका
छौ। खासगरी तिमीले विश्वको सच्चा सेवा गर्छौ। सच्चा बाबाले सच्चा सेवा सिकाउनुहुन्छ।
आफ्नो पनि, भारतखण्डको पनि र विश्वको पनि कल्याण गर्छौ। त्यसैले कति रुचिसाथ सेवा
गर्नुपर्छ। बाबाले कति रुचिपूर्वक सबैको सदगति गर्नुहुन्छ। अहिले पनि अवश्य सबैको
सदगति हुनुछ। यो हो शुद्ध अहङ्कार, शुद्धभावना।
तिमीले सच्चा सच्चा
सेवा गर्छौ– तर गुप्त। आत्माले गर्छ शरीरद्वारा। तिमीसँग धेरैले सोध्छन्– बी.के. को
उद्देश्य के हो? भन– बी.के. को उद्देश्य हो विश्वमा सत्ययुगी सुखशान्तिको स्वराज्य
स्थापना गर्नु। हामीले हर ५ हजार वर्षपछि श्रीमतमा विश्वमा शान्ति स्थापना गरेर
विश्व शान्तिको पुरस्कार लिन्छौँ। यथा राजा-रानी तथा प्रजाले पुरस्कार लिन्छन्।
नर्कवासीबाट स्वर्गवासी बन्नु सानो पुरस्कार हो र! शान्ति पुरस्कार पाएर उनीहरू खुसी
हुन्छन्, मिल्ने केही पनि होइन। विश्वको बादसाहीको सच्चा सच्चा पुरस्कार त अहिले
हामीले बाबाबाट लिइरहेका छौँ। भनिन्छ नि भारत हाम्रो उच्च देश हो। कति महिमा गर्छन्।
सबैले सम्झन्छन्– हामी भारतका मालिक हौँ, तर मालिक छन् कहाँ! अहिले तिमी बच्चाहरूले
बाबाको श्रीमतबाट राज्य भाग्य स्थापना गर्छौ। अस्त्र शस्त्र आदि त केही छैन।
दैवीगुण धारण गर्छौ त्यसैले तिम्रो नै गायन पूजन छ। हेर अम्बाको कति पूजा हुन्छ। तर
अम्बा को हुन्, ब्राह्मण हुन् वा देवता... यो पनि थाहा छैन। अम्बा, काली, दुर्गा,
सरस्वती आदि... यस्ता धेरै नाम छन्। यहाँ पनि तल अम्बाको सानो मन्दिर छ। अम्बाका
धेरै भुजाहरू देखाइदिन्छन्। यस्तो त होइन। यसलाई भनिन्छ अन्धविश्वास। क्राइस्ट,
बुद्ध आदि आए, तिनीहरूले आआफ्नो धर्म स्थापना गरे, तिथि मिति सबै बताउँछन्। त्यहाँ
त अन्धविश्वासको कुरै हुँदैन। यहाँ भारतवर्षवासीहरूलाई केही थाहा छैन– हाम्रो धर्म
कहिले र कसले स्थापना गर्नुभयो? त्यसैले भनिन्छ अन्धविश्वास। अहिले तिमी पुजारी हौ
फेरि पूज्य बन्छौ। तिम्रो आत्मा पनि पूज्य छ भने शरीर पनि पूज्य बन्छ। तिम्रो
आत्माको पनि पूजा हुन्छ, फेरि देवता बनेपछि पनि पूजा हुन्छ। बाबा त हुनुहुन्छ नै
निराकार। उहाँ सदैव पूज्य हुनुहुन्छ। उहाँ कहिल्यै पुजारी बन्नुहुन्न। तिमी
बच्चाहरूको लागि भनिन्छ– आफै पूज्य आफै पुजारी। बाबा त सदा पूज्य हुनुहुन्छ, यहाँ
आएर बाबाले सच्चा सेवा गर्नुहुन्छ। सबैलाई सदगति दिनुहुन्छ। बाबा भन्नुहुन्छ– अब म
एकलाई याद गर। अरू कुनै देहधारीलाई याद गर्नुछैन। यहाँ त ठुला ठुला लखपति,
करोडपतिहरू आएर अल्लाह अल्लाह भन्छन्। कति अन्धश्रद्धा छ। बाबाले तिमीलाई हम सो को
अर्थ पनि सम्झाउनुभएको छ। उनीहरूले त भनिदिन्छन्– शिवोहम्, आत्मा सो परमात्मा। अहिले
बाबाले सुधारेर बताउनुभएको छ। अब निर्णय गर, भक्तिमार्गमा सही सुनेका छौ वा मैले सही
बताउँछु? हम सो को अर्थ धेरै लम्बाचौडा छ। हम सो ब्राह्मण, देवता, क्षत्रिय। अब हम
सो को अर्थ कुन सही हो? हामी आत्मा चक्रमा यसरी आउँछौँ। विराटरूपको चित्र पनि छ,
यसमा टुपी ब्राह्मण र बाबालाई देखाइएको छैन। देवताहरू कहाँबाट आए? कहाँबाट पैदा भए?
कलियुगमा त छ शुद्र वर्ण। सत्ययुगमा तुरुन्तै देवता वर्ण कसरी भयो? केही पनि
बुझ्दैनन्। भक्तिमार्गमा मानिसहरू कति फसिरहन्छन्। कसैले ग्रन्थ पढे, विचार आयो,
मन्दिर बनाए बस् ग्रन्थ बसेर सुनाउँछन्। धेरै मानिसहरू आउँछन्, धेरै अनुयायी बन्छन्।
फाइदा त केही पनि हुँदैन। धेरै दोकान निस्किएका छन्। अब यी सबै दोकान खतम हुन्छन्।
यो दोकानदारी सबै भक्तिमार्गमा हुन्छ, यसबाट धेरै धन कमाउँछन्। संन्यासीहरूले भन्छन्–
हामी ब्रह्मयोगी, तत्त्वयोगी हौँ। जसरी भारतवर्षवासी वास्तवमा हुन् देवी-देवता
धर्मका तर हिन्दु धर्मका हौँ भनिदिन्छन्। त्यसैगरी ब्रह्म त तत्त्व हो, जहाँ
आत्माहरू रहन्छन्। उनीहरूले फेरि ब्रह्मज्ञानी तत्त्वज्ञानी नाम राखिदिएका छन्।
नत्र ब्रह्मतत्त्व हो निवासस्थान। त्यसैले बाबाले सम्झाउनुहुन्छ– कति ठुलो भुल
गरिदिएका छन्। यो सबै हो भ्रम। म आएर सबै भ्रम हटाइदिन्छु। भक्तिमार्गमा भनिन्छ पनि–
हे प्रभु हजुरको गति मति न्यारा छ। सदगति त कसैले गर्न सक्दैन। मत त अनेकौँको मिल्छ।
यहाँ बाबाको मतले कति कमाल गरिदिन्छ। सारा विश्वलाई परिवर्तन गरिदिन्छ।
अहिले तिमी बच्चाहरूको
बुद्धिमा छ, यति सबै धर्म कसरी आउँछन्! फेरि आत्माहरू कसरी आआफ्नो सेक्सनमा गएर
बस्छन्। यो सबै ड्रामामा पहिल्यै निश्चित छ। यो पनि बच्चाहरूलाई थाहा छ–
दिव्यदृष्टिदाता बाबा एक मात्रै हुनुहुन्छ। बच्चाहरूले बाबालाई भने– यो
दिव्यदृष्टिको चाबी हामीलाई दिनुहोस्, हामीले कसैलाई साक्षात्कार गराइदिन्छौँ।
बाबाले भन्नुभयो– होइन, यो चाबी कसैलाई मिल्न सक्दैन। त्यसको सट्टामा तिमीलाई फेरि
विश्वको बादसाही दिन्छु। मैले बादसाही लिन्नँ। साक्षात्कार गराउने मेरो मात्रै
पार्ट हो। साक्षात्कार हुँदा कति खुसी हुन्छन्। मिल्ने केही पनि होइन। यस्तो होइन–
साक्षात्कारबाट कोही निरोगी बन्छन् वा धन मिल्छ। होइन, मीरालाई साक्षात्कार भयो तर
मुक्ति कहाँ पाइन् र। मानिसहरूले सम्झन्छन्– उनी त वैकुण्ठमै रहन्थिन्। तर वैकुण्ठ
कृष्णपुरी छ कहाँ। यी सबै हुन् साक्षात्कार। बाबा बसेर सबै कुरा सम्झाउनुहुन्छ।
यिनलाई पनि पहिला सुरुमा विष्णुको साक्षात्कार भयो, धेरै खुसी भए। म महाराजा बन्छु,
यो पनि देखेँ, विनाश पनि देखे फेरि राज्य भाग्य पनि देखे त्यसपछि निश्चय भयो– ओहो!
म त विश्वको मालिक बन्छु। बाबाको प्रवेशता भयो। बस् बाबा यो सबै हजुरले लिनुहोस्,
हामीलाई त विश्वको बादसाही चाहिन्छ। तिमी पनि यो सौदा गर्न आएका हौ नि। जसले यो
ज्ञान लिन्छन् उनीहरूको फेरि भक्ति छुट्छ। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) दैवीगुण धारण गरेर श्रीमतमा विश्वको सच्चा सेवा गर्नुछ। धेरै धेरै रुचिले सारा
विश्वको कल्याण गर्नुछ।
२) ड्रामाको अनादि
अविनाशी निश्चित यथार्थतालाई बुझेर कुनै पनि समय व्यर्थ गुमाउने पुरुषार्थ गर्नुछैन
। व्यर्थ विचार पनि चलाउनुछैन।
वरदान:–
दीपराज
बाबाद्वारा अमर ज्योतिको बधाई लिने सदा अमर भव
भक्तहरूले तिमी
चैतन्य दीपकहरूको यादगार जड दीपकहरूको दीपमाला मनाउँछन्। तिमी जागेका चैतन्य दीपकले
बालक बनेर दीपकहरूका मालिकसँग मङ्गल मिलन मनाउँछौ। बापदादाले तिमी बच्चाहरूको
मस्तकमा प्रज्वलित दीपक देखिरहनुभएको छ। तिमी अविनाशी, अमर ज्योति स्वरूप बच्चाहरूले
दीपराज बाबाद्वारा बधाई लिँदै सदा अमरभवको वरदान प्राप्त गरिरहेका छौ। दीपराज बाबा
र दीपरानीहरूको मिलनको यादगार नै यो दीपावली हो।
स्लोगन:–
“तिमी र बाबा”
दुवै यस्तो कम्बाइन्ड होऊ, जसले गर्दा अरू कसैले अलग गर्न नसकोस्।
अव्यक्त इसारा:– स्वयं
र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर
वर्तमान समय अनुसार
सबै आत्माहरूले प्रत्यक्षफल अर्थात् प्राक्टिकल प्रमाण देख्न चाहन्छन्। त्यसैले तन,
मन, कर्म र सम्पर्क-सम्बन्धमा साइलेन्सको शक्तिको प्रयोग गरेर हेर। शान्तिको
शक्तिबाट तिम्रो सङ्कल्प वायरलेसभन्दा पनि तीव्रगतिले कुनै पनि आत्मासम्म पुग्न
सक्छ। यो शक्तिको विशेष यन्त्र हो ‘शुभ सङ्कल्प’ यो सङ्कल्पको यन्त्रद्वारा जे
चाह्यो त्यो सिद्धिस्वरूपमा देख्न सक्छौ।