20.10.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– योगबलले विकाररूपी रावणमाथि विजय प्राप्त गरेर सच्चा विजयादशमी मनाऊ।”

प्रश्न:–
रामायण र महाभारतको आपसमा के सम्बन्ध छ? विजयादशमीले कुन कुरालाई सिद्ध गर्छ?

उत्तर:–
विजयादशमी आउनु अर्थात् रावण खतम हुनु र सीताहरूले छुटकारा पाउनु हो। तर विजयादशमी मनाएर त रावणबाट छुटकारा मिल्दैन। महाभारत भएपछि सबै सीताहरूले छुटकारा पाउँछन्। महाभारत लडाइँले रावणराज्य खतम हुन्छ, त्यसैले रामायण, महाभारत र गीताको आपसमा धेरै गहिरो सम्बन्ध छ।

गीत:–
महफिल में जल उठी शमा...

ओम् शान्ति ।
बाब
बाबा भन्नुहुन्छ– तिमी ब्राह्मण सम्प्रदाय हौ, तिमीलाई अब दैवी सम्प्रदाय भन्न सकिँदैन। तिमी अहिले ब्राह्मण सम्प्रदाय हौ, पछि दैवी सम्प्रदाय बन्नेछौ। यो जुन रामायण छ, आज (विजयादशमी) मानौँ यिनीहरूको रामायण पूरा हुनेछ तर पूरा हुँदैन। रावण मरेपछि रामायणको कथा पूरा हुनुपर्छ, तर हुँदैन। महाभारतबाट छुटकारा हुन्छ। अब यी पनि बुझ्ने कुरा हुन्। रामायण के हो र महाभारत के हो? दुनियाँलाई त यी कुरा थाहा छैन। रामायण र महाभारत दुवैको सम्बन्ध छ। महाभारतको लडाइँले रावणराज्य खतम हुन्छ। फेरि यो विजयादशमी आदि मनाउने कुरा नै हुँदैन। गीता अथवा महाभारत पनि रावणराज्यलाई खतम गर्नका लागि हुन्। अहिले त समय छ, तयारी पनि भइरहेको छ– त्यो हो हिंसक, तिम्रो हो अहिंसक युद्ध। तिम्रो हो गीता, तिमीले गीताको ज्ञान सुन्छौ। त्यसबाट के हुनेछ? रावणराज्य खलास हुनेछ। उनीहरूले मार्न त रावणलाई मार्छन् तर रामराज्य त हुँदैन। अब रामायण र महाभारत छन् नि! महाभारत हो रावणलाई समाप्त गर्नको लागि। यी बुझ्नुपर्ने धेरै गुह्य कुरा हुन्, यसमा विशाल बुद्धि चाहिन्छ। बाबा सम्झाउनुहुन्छ– महाभारत लडाइँद्वारा रावणराज्य खतम हुन्छ। यस्तो होइन– केवल रावणलाई मारेपछि रावणराज्य खतम हुन्छ। त्यसको लागि त सङ्गम हुनुपर्छ। अहिले सङ्गम हो। अब तिमीले तयारी गरिरहेका छौ, रावणमाथि विजय प्राप्त गर्नको लागि। यसमा ज्ञानका अस्त्र-शस्त्र चाहिन्छन्। ती स्थूल हतियार होइनन्। जसरी देखाउँछन्, रावण र रामको युद्ध भयो। यी शास्त्र सबै भक्तिमार्गका हुन्। अहिले तिमीले योगबलद्वारा रावणराज्यमाथि विजय प्राप्त गर्छौ। यो भयो गुप्त कुरा। ५ विकाररूपी रावणमाथि तिम्रो विजय हुन्छ। केबाट? गीताबाट। बाबाले तिमीहरूलाई गीता सुनाइरहनुभएको छ। भागवत त होइन। भागवतमा देखाउँछन् कृष्ण चरित्र। कृष्णका चरित्र त केही पनि छैनन्। तिमीलाई थाहा छ, विनाश हुन्छ, महाभारी लडाइँ हुन्छ, अनि त्यसबाट नै रावणराज्य खतम हुनेछ। सिँढीमा पनि देखाइएको छ। रावणराज्य सुरु भएको बेलादेखि नै भक्तिमार्ग सुरु भएको हो। यो कुरा तिमीलाई मात्रै थाहा छ। गीताको सम्बन्ध महाभारत लडाइँसँग छ। तिमीले गीता सुनेर राज्य पाउँछौ र लडाइँ हुन्छ सफाइको लागि। बाँकी भागवतमा चरित्र आदि फालतु कुरा हुन्। शिवपुराणमा केही पनि छैन। नत्र त गीताको नाम शिवपुराण हुनुपर्ने हो। शिवबाबा बसेर ज्ञान दिनुहुन्छ– सबैभन्दा उच्च हो गीता। गीता सबै शास्त्रहरूभन्दा सानो छ अरू सबै पुस्तकहरू धेरै ठुला बनाएका छन्। मानिसहरूका जीवनी पनि धेरै ठुला ठुला बनाएका छन्। नेहरूले शरीर छोडे, उनको कति ठुलो ग्रन्थ बनाउँछन्। यो गीता शिवबाबाको ग्रन्थ कति ठुलो हुनुपर्ने हो। तर गीता कति सानो छ किनकि बाबाले सुनाउनुहुन्छ नै एउटा कुरा– मलाई याद गरेमा विकर्म विनाश हुन्छन् र चक्रलाई बुझ्नुछ। बस्, त्यसैले गीता सानो बनाइदिएका छन्। यो ज्ञान हो कण्ठ पार्नका लागि। तिमीलाई थाहा छ, गीताको लकेट बनाउँछन्। त्यसमा साना अक्षर हुन्छन्। अब बाबाले पनि तिम्रो गलामा लकेट लगाइदिनुहुन्छ– त्रिमूर्ति र राज्यभाग्यको। बाबा भन्नुहुन्छ, गीता हो दुई शब्द– अल्फ र बे। यो हो गुप्त मन्त्र मनमनाभवको लकेट । मलाई याद गरेमा विकर्म विनाश हुन्छन्। तिम्रो काम हो योगबलद्वारा विजय प्राप्त गर्नु, फेरि तिमीभित्र सफाइ पनि हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ– तिम्रो योगबलले नै रावणराज्यको विनाश हुनु छ। रावणराज्य कहिले सुरु भएको हो, यो पनि कसैलाई थाहा छैन। यो ज्ञान धेरै सहज छ। सेकेन्डको कुरा हो नि! ८४ जन्मको सिँढीमा पनि यति यति जन्म लिएका छौ। कति सहज छ। बाबा ज्ञानको सागर हुनुहुन्छ। ज्ञान सुनाउँदै आउनुभएकोछ। तिमीहरू सबैले मुरली जम्मा गरेमा थुप्रो हुन्छ। बाबाले विस्तारमा सम्झाउनुहुन्छ। सङ्क्षेपमा त भन्नुहुन्छ– अल्फलाई याद गर। बस्, बाँकी समय केमा लगाउँछौ? तिम्रो शिरमा पापहरूको बोझ धेरै छ। त्यो बोझ यादले नै उतार्नु छ, यसमा मेहनत लाग्छ। घरी घरी तिमीले भुल्छौ। तिमीले बाबालाई याद गरिराख्यौ भने कहिल्यै विघ्न पर्दैनन्। देह अभिमानी बनेपछि विघ्न पर्छन्। देहीअभिमानी बन्छौ अन्त्यमा। फेरि आधाकल्प कुनै विघ्न पर्दैन। बुझ्नको लागि यी कति गुह्य कुरा छन्। सुरुदेखि लिएर कति सुनाउँदै आउनुभएको छ, तैपनि भन्नुहुन्छ केवल अल्फ बेलाई याद गर। बस्। वृक्षको हुन्छ विस्तार। बीज त एकदमै सानो हुन्छ। वृक्ष कति ठुलो निस्कन्छ।

आज विजयादशमी हो नि! अब बाबा सम्झाउनुहुन्छ– रामायणको महाभारतसँग के सम्बन्ध छ। रामायण त भक्तिमार्गको हो। आधाकल्पदेखि चल्दै आएको छ। अर्थात् अहिले रावणराज्य चलिरहेको छ। फेरि महाभारत आउँछ, अनि रावणराज्य खतम भएर रामराज्य सुरु हुन्छ। रामायण र महाभारतमा के फरक छ? रामराज्यको स्थापना र रावणराज्यको विनाश हुनु छ। गीता सुनेर तिमी विश्वको मालिक बन्न लायक बन्छौ। गीता र महाभारत पनि अहिलेका लागि भनिएका हुन्। रावणराज्य खतम हुनको लागि। बाँकी उनीहरूले जुन लडाइँ देखाएका छन्, त्यो गलत हो। लडाइँ हुन्छ ५ विकारमाथि विजय प्राप्त गर्न। तिमीलाई बाबाले गीताका दुई शब्द सुनाउनुहुन्छ– मनमनाभव, मध्याजी भव। गीताको सुरुमा र अन्त्यमा यी दुई शब्द आउँछन्। तिमी बच्चाहरूले जान्दछौ– अवश्य गीताको अध्याय चलिरहेको छ। तर कसैलाई भन्यौ भने भन्छन्, कृष्ण कहाँ छन्? बाबाको ज्ञान र भक्तिमार्गका शास्त्रहरूमा कति फरक छ। यो कसैलाई थाहा छैन– यो रामायण के हो? महाभारत के हो? महाभारत लडाइँपछि नै स्वर्गको द्वार खुल्छ। तर मानिसहरूले यो बुझ्दैनन्, त्यसैले तिमीले बाबाको नै परिचय देऊ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यो कुरा बाबाले सारा दुनियाँको लागि भन्नुहुन्छ। एक गीतालाई नै खण्डन गरेका छन्। गीताको प्रचार सबै भाषाहरूमा छ। तिम्रो राज्यको भाषा एउटा मात्रै हुन्छ। त्यहाँ कुनै शास्त्र पुस्तक आदि हुँदैनन्। त्यहाँ भक्तिमार्गको कुनै कुरा हुँदैन। भारतवर्षको सम्बन्ध रामायण, महाभारत र गीतासँग मात्रै छ। भगवानले त बच्चाहरूलाई गीता सुनाउनुहुन्छ, जसबाट तिमी स्वर्गको मालिक बन्छौ। महाभारत लडाइँ अवश्य हुनुपर्छ, जसले गर्दा पतित दुनियाँ खतम हुन्छ। गीताबाट तिमी पावन बन्छौ। पतितपावन भगवान अन्त्यमा नै आउनुहुन्छ। भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नु छ। काम विकारसँग कहिल्यै हार खानुहुँदैन, यसबाट धेरै नोक्सान हुन्छ। विकारहरूको पछाडि लागेर ठुला ठुला नाम चलेका, मन्त्री आदिले पनि आफ्नो नाम बदनाम गर्छन्। कामको पछाडि लागेर धेरै बिग्रछन्, त्यसैले बाबा सम्झाउनुहुन्छ– बाबाको समीप युवावस्थाका बच्चाहरू आउँछन्। यस्ता धेरै छन् जो ब्रह्मचर्यमा रहन्छन्। जीवनभरि विवाह गर्दैनन्। महिला पनि यस्ता हुन्छन्। ननहरू कहिल्यै विकारमा जाँदैनन्। तर त्यसबाट कुनै प्राप्ति हुँदैन। यहाँ त पवित्र बनेर जन्मजन्मान्तर स्वर्गको मालिक बन्ने कुरा हो। जन्मजन्मान्तरको पापको बोझ शिरमा छ। त्यो पाप स्वर्गमा गएपछि मात्रै काटिन्छ। यहाँ मानिसहरूले पाप गरिरहन्छन्। बढीमा एक जन्म कोही संन्यासी बन्छन्, जन्म त विकारबाट नै लिन्छन्। रावणराज्यमा विकारविना जन्म हुँदैन। सोध्छन्, त्यहाँ जन्म कसरी हुन्छ? योगबल केलाई भनिन्छ? यो कुरा सोध्ने आवश्यकता छैन। त्यो त हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। रावणराज्य नै हुँदैन भने यो प्रश्न उठ्न सक्दैन। सबै साक्षात्कार हुन्छ। वृद्ध भएपछि मात्र यो साक्षात्कार हुन्छ– गएर बच्चा बन्छु, माताको गर्भमा जान्छु। यो थाहा हुँदैन– फलानो घरमा जान्छु। केवल अब सानो बच्चा बन्नु छ, मयुर र मयुर्नीको पनि उदाहरण दिइन्छ। आँसुबाट गर्भ रहन्छ। मेवाको बोटमा पनि एउटा मेल, एउटा फिमेलको बोट हुन्छ। एकअर्काको नजिकै भएपछि फल दिन्छन्। यो पनि बडो अचम्म हो। जड कुराहरूमा पनि यस्तो छ भने चैतन्यमा सत्ययुगमा के हुन सक्दैन! यो सबै विस्तार पछि गएर समझमा आउनेछ। मुख्य कुरा हो, तिमीले बाबालाई याद गरेर तमोप्रधानबाट सतोप्रधान बनेर वर्सा त लेऊ। फेरि त्यहाँको रीतिरिवाज जे हुन्छ, त्यो देख्नेछौ। तिमी योगबलले विश्वको मालिक बन्छौ भने बच्चा किन पैदा हुन सक्दैन। यस्ता यस्ता प्रश्न धेरै सोध्छन्, फेरि कुनै कुरामा जवाफ पूरा मिलेन भने गिर्छन्। थोरै कुरामा पनि संशय आउँछ। शास्त्रहरूमा यस्ता कुनै कुरा छैनन्। शास्त्र हुन् भक्तिमार्गका। परमपिता परमात्माले आएर ब्राह्मण धर्म, सूर्यवंशी, चन्द्रवंशी धर्मको स्थापना गर्नुहुन्छ।

तिमी सङ्गमयुगी ब्राह्मण हौ, बाबालाई सङ्गमयुगमा आउनुपर्छ। पुकार्छन् पनि– हे पतितपावन आउनुहोस्! उतातिरका मानिसहरूले भन्छन्– हे मुक्तिदाता, दुःखबाट मुक्त गर्नुहोस्! दुःख कसले दिन्छ– यो पनि तिनीहरूलाई थाहा छैन। तिमीलाई थाहा छ, रावणराज्य खतम हुन्छ। तिमीलाई बाबाले राजयोग सिकाउनुहुन्छ। पढाइ पूरा भएपछि विनाश हुन्छ, जसको नाम महाभारत राखिएको छ। महाभारतमा रावणराज्य खतम हुन्छ। विजया दशमीमा एउटा रावणलाई खतम गर्छन्। ती हुन् हदका कुरा। यी हुन् बेहदका कुरा। यो सारा दुनियाँ खतम हुनेछ। यति साना साना बच्चीहरूले कति ठुलो ज्ञान लिइरहेका छौ। त्यो जिस्मानी ज्ञान मानौँ मट्टितेल हो, यो हो शुद्ध घिउ। त्यसैले रातदिनको फरक छ नि! रावणराज्यमा तिमीले अशुद्ध तेल खानुपर्छ। पहिला यति सस्तो शुद्ध घिउ मिल्थ्यो, फेरि महँगो भयो, त्यसैले सस्तो तेल खानुपरेको हो। यो ग्यास, बिजुली आदि पहिला केही पनि थिएन। थोरै वर्षहरूमा कति फरक परेको छ। अहिले तिमीलाई थाहा छ, सबै खतम हुनेछ। शिवबाबाले हामीलाई लक्ष्मीनारायण जस्तो बन्नको लागि पढाइरहनुभएको छ। यी बाबालाई त यसको धेरै नसा हुन्छ। तिमी बच्चाहरूलाई मायाले भुलाइदिन्छ। हामी बाबाबाट वर्सा लिन आएका हौँ भन्छौ भने हामीलाई त्यो नसा किन चढ्दैन! स्विट होम, स्विट राजधानीलाई भुल्छौ। बाबालाई थाहा छ, जसले हड्डी सेवा गर्छन्, उनीहरू नै महाराजकुमार बन्छन्। तिमीलाई यो नसा किन हुँदैन? किनकि तिमी बाबाको यादमा रहँदैनौ। सेवामा पूरा तत्पर हुँदैनौ। कहिले त सेवामा उत्साहित हुन्छौ, कहिले सेलाउँछौ। यो कुरा हरेकले आफैलाई सोध– यस्तो हुन्छ नि! कहिलेकाहीँ भुल पनि हुन्छ, त्यसैले बाबा सम्झाउनुहुन्छ। मीठो धेरै बोली हुनुपर्छ, सबैलाई सन्तुष्ट पार्नु छ। कसैलाई रिस उठाउनु छैन। बाबा कति प्यारको सागर हुनुहुन्छ। अब गौ हिंसा बन्द गराउनको लागि कति मेहनत गर्छन्। बाबा भन्नुहुन्छ– सबैभन्दा ठुलो हिंसा हो काम कटारी चलाउनु। पहिला त त्यो बन्द गर। तर त्यो कुनै बन्द हुनेवाला छैन, कति मेहनत गर्छन्। यो काम कटारी दुवैले चलाउनुहुँदैन। कहाँ मानिसहरूको कुरा, कहाँ बाबाको कुरा। जसले काम विकारलाई जित्छन्, उनीहरू नै पवित्र दुनियाँको मालिक बन्छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबासमान प्यारको सागर बन्नु छ। कहिल्यै पनि आवेशमा आउनुहुँदैन। आफ्नो बोली धेरै मीठो बनाउनु छ। सबैलाई सन्तुष्ट पार्नु छ।

२) खुब मेहनत गर्नु छ। नसामा रहनु छ– अब यो पुरानो शरीर छोडेर गएर राजकुमार-राजकुमारी बन्छौँ।

वरदान:–
देहीअभिमानी स्थितिमा स्थित भएर सदा विशेष पार्ट खेल्ने सन्तुष्टमणि भव

जुन बच्चाहरू विशेष पार्टधारी छन्, उनीहरूको हरेक कार्य विशेष हुन्छ, कुनै पनि कर्म साधारण हुँदैन। साधारण आत्माले कुनै पनि कर्म देह अभिमानी भएर गर्छ र विशेष आत्माले देहीअभिमानी बनेर गर्छ। जसले देहीअभिमानी स्थितिमा स्थित रहेर कर्म गर्छन्, उनीहरू स्वयं पनि सदा सन्तुष्ट रहन्छन् र अरूलाई पनि सन्तुष्ट पार्छन्, त्यसैले उनीहरूलाई सन्तुष्टमणिको वरदान स्वतः प्राप्त हुन्छ।

स्लोगन:–
प्रयोगी आत्मा बनेर योगको प्रयोगद्वारा सबै खजानाहरूलाई बढाउँदै जाऊ।

अव्यक्त इसारा:– परोपकारको भावनाले सम्पन्न बनेर अपकारीमाथि पनि उपकार गर

कल्याणकारी भावना वा वृत्ति राखेर कुनै पनि आत्माको पालना गर्छौ भने जस्तोसुकै अपकारी आत्मालाई पनि आफ्नो पालनाद्वारा उपकारी बनाउन सक्छौ। जस्तोसुकै पतित आत्मा, पतितपावनको वृत्तिद्वारा पावन हुन सक्छ। जसरी आमाले बच्चाको कमजोरी वा कमीहरूलाई हेर्दिनन्। त्यसलाई सुधार्ने नै लक्ष्य हुन्छ। त्यसैले यो पालना गर्ने कर्तव्य यस रूपमा स्थित भएमा यथार्थ चल्न सक्छ।