20.12.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यादमा
रहने अभ्यास गरेमा स दा हर्षितमुख , फक्रिएको फूल जस्तो बन्छौ , बाबाको मदत
मिलिरहन्छ , कहिल्यै निराश हुने छैनौ।”
प्रश्न:–
तिमी
बच्चाहरूले यो ईश्वरीय विद्यार्थी जीवन कुन नसामा बिताउनु छ?
उत्तर:–
सदा नसा रहनु
पर्छ– हामी यस पढाइबाट प्रिन्स-प्रिन्सेस बन्छौं। यो लाइफ हाँस्दै-खेल्दै, ज्ञानको
डान्स गर्दै बिताउनु छ। सदा वारिस बनेर फूल बन्ने पुरुषार्थ गरिराख। यो हो
प्रिन्स-प्रिन्सेस बन्ने कलेज। यहाँ पढ्नु पनि छ भने पढाउनु पनि छ। प्रजा पनि बनाउनु
छ, तब राजा बन्न सक्छौ। बाबा त सदा ज्ञानको सागर हुनुहुन्छ नै, उहाँलाई पढ्ने
आवश्यकता छैन।
गीत:–
बचपन के दिन
भुला न देना...।
ओम् शान्ति ।
यो गीत हो
विशेष बच्चाहरूको लागि। हुन त फिल्मी गीत हो, तर कुनै गीत हुन्छ नै तिम्रो लागि। जो
सपुत बच्चा छन्, उनले गीत सुन्ने बेलामा आफ्नो दिलमा त्यसको अर्थ बुझ्नु पर्छ।
बाबाले सम्झाउनु हुन्छ– मेरा प्यारा बच्चाहरू! किनकि तिमीहरू बच्चा बनेका छौ। बच्चा
बनेपछि मात्रै पिताको वर्सा पनि याद रहन्छ। बच्चा नै बन्दैनन् भने याद गर्नु पर्ने
हुन्छ। बच्चाहरूलाई स्मृति हुन्छ, हामीले भविष्यमा बाबाको वर्सा प्राप्त गर्छौं। यो
हो नै राजयोग, प्रजा योग होइन। हामी भविष्यमा प्रिन्स-प्रिन्सेस बन्छौं। हामी उहाँका
सन्तान हौं। बाँकी जति पनि मित्र-सम्बन्धी आदि छन् ती सबैलाई बिर्सिनुपर्छ। एक
सिवाय दोस्रो कोही याद नआओस्। देह पनि याद नआओस्। देह अभिमानलाई तोडेर देहीअभिमानी
बन्नु छ। देह अभिमानमा आउनाले नै अनेक प्रकारका सङ्कल्प-विकल्पले उल्टो गिराइदिन्छ।
याद गर्ने अभ्यास गरिरहेमा सदैव हर्षितमुख फक्रिएको फूल जस्तो बन्छौ। याद गर्न
भुलेपछि फूल ओइलाउँछ। हिम्मते बच्चे मदते बाप। बच्चा नै बन्दैनन् भने बाबाले केको
लागि मदत गर्नुहुन्छ? किनकि त्यसको माता-पिता फेरि हो रावण माया। त्यसबाट गिर्न मदत
मिल्छ । त्यसैले यो गीत सारा तिमी बच्चाहरूप्रति बनेको छ– बचपन के दिन भुला न देना...।
बाबालाई याद गर्नु छ, याद गरेनौ भने जो आज हाँस्छन्, ती भोलि फेरि रोइरहन्छन्। याद
गर्नाले सदैव हर्षितमुख रहन्छौ। तिमी बच्चाहरूलाई थाहा छ– एउटै गीता शास्त्र छ, जसमा
कुनै कुनै शब्द सही छन्। लेखिएको छ– युद्धको मैदानमा मर्नेहरू स्वर्गमा जान्छन्। तर
यसमा हिंसक युद्धको त कुरा नै होइन। तिमी बच्चाहरूले बाबासँग शक्ति लिएर मायामाथि
विजय प्राप्त गर्नु छ। त्यसको लागि बाबालाई अवश्य याद गर्नुपर्छ। अनि मात्रै तिमी
स्वर्गको मालिक बन्छौ। उनीहरूले फेरि स्थूल हतियार आदि देखाएका छन्। ज्ञान कटारी,
ज्ञान बाण शब्द सुनेका छन्, त्यसैले स्थूल रूपमा हतियार देखाइदिएका छन्। वास्तवमा
यो हो ज्ञानको कुरा। बाँकी यति धेरै भुजा आदि कसैका हुँदैनन्। यो हो युद्धको मैदान।
योगमा रहेर शक्ति लिएर विकारहरूमाथि विजय प्राप्त गर्नु छ। बाबालाई याद गरेमा वर्सा
याद आउने छ। वारिसले नै वर्सा लिन्छन्। वारिस बनेनन् भने फेरि प्रजा बन्नुपर्छ। यो
हो नै राजयोग, प्रजायोग होइन। यो ज्ञान बाबा सिवाय अरू कसैले दिन सक्दैन।
बाबा भन्नुहुन्छ–
मलाई यस साधारण तनको आधार लिएर आउनु पर्छ। प्रकृतिको आधार नलिई तिमी बच्चाहरूलाई
राजयोग कसरी सिकाऊँ? आत्माले शरीरलाई छोडिदिएपछि फेरि कुनै बातचित हुन सक्दैन। फेरि
जब शरीर धारण गर्छ, बच्चा थोरै ठुलो भएपछि बाहिर निस्किन्छ अनि बुद्धि खुल्छ। साना
बच्चाहरू त हुन्छन् नै पवित्र, उनमा विकार हुँदैन। संन्यासीहरू सिँढी चढेर फेरि तल
उत्रिन्छन्। आफ्नो जीवनलाई बुझ्न सक्छन्। बच्चाहरू त हुन्छन् नै पवित्र, त्यसैले
बच्चा र महात्मा समान भनी गायन गरिन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो शरीर छोडेर हामी
प्रिन्स-प्रिन्सेस बन्छौं। पहिला पनि हामी बनेका थियौं, अब फेरि बन्छौं।
विद्यार्थीहरूलाई यस्तो यस्तो ख्याल हुन्छ। यो पनि उनैको बुद्धिमा आउँछ, जो बच्चा
हुन्छन्, अनि फेरि वफादार, आज्ञाकारी भएर श्रीमतमा चलिरहन्छन्। नत्र त श्रेष्ठ पद
प्राप्त गर्न सक्दैनन्। टिचर बाबा त ज्ञानको सागर हुनुहुन्छ नै। यस्तो होइन, उहाँले
पढ्नुहुन्छ, फेरि पढाउनु हुन्छ। होइन, टिचर बाबा त ज्ञानको सागर हुनुहुन्छ नै।
उहाँलाई भनिन्छ ज्ञानका सागर। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान अरू कसैले जानेका
छैनन्। पहिला त निश्चय हुनुपर्छ, उहाँ बाबा हुनुहुन्छ। यदि कसैको तकदिरमा छैन भने
फेरि भित्र खटपट भइरहन्छ। थाहा हुन सक्दैन। बाबाले सम्झाउनु भएको छ– जब तिमी बाबाको
गोदमा आउँछौ, तब यी विकारहरूको बिमारी अझै जोडसँग बाहिर निस्किन्छ। वैद्यहरूले पनि
भन्छन्– बिमारी अझ बढ्छ। बाबा पनि भन्नुहुन्छ– तिमी बच्चा बनेपछि देह अभिमानको अनि
काम-क्रोध आदिको बिमारी बढ्छ। नत्र परीक्षा कसरी हुन्छ? कहीँ अलमलियौ भने सोध्दै गर।
जब तिमी बलवान बन्छौ तब मायाले खुब पछार्नेछ। तिमी बक्सिङ्गमा छौ। बच्चा नबनेसम्म
बक्सिङ्गको कुरै हुँदैन। उनीहरूले त आफ्नै सङ्कल्प-विकल्पहरूमा गोता खाइरहन्छन्, न
कसैको मदत नै मिल्छ। बाबा सम्झनुहुन्छ– मम्मा-बाबा भन्छन् भने बाबाको बच्चा
बन्नुपर्छ, फेरि उहाँ हाम्रा रूहानी बाबा हुनुहुन्छ भनेर दिलमा पक्का हुन्छ। बाँकी
यो युद्धको मैदान हो, यसमा डराउनु छैन– थाहा छैन तुफानमा टिक्न सकिन्छ वा सकिँदैन?
यस्तालाई कमजोर भनिन्छ। यसमा सिंह बन्नुपर्छ। पुरुषार्थको लागि राम्रो मत लिनुपर्छ।
बाबासँग सोध्नुपर्छ। धेरै बच्चाहरूले आफ्नो अवस्था लेखेर पठाउँछन्। बाबाले नै
सर्टिफिकेट दिनु छ। यिनलाई लुकाए पनि शिवबाबासँग त लुक्न सक्दैन। धेरै छन् जसले
लुकाउँछन्, तर उहाँसँग केही पनि लुक्न सक्दैन। राम्रोको फल राम्रो, नराम्रोको फल
नराम्रो हुन्छ। सत्ययुग-त्रेतामा त सबै राम्रो नै राम्रो हुन्छ। राम्रो-नराम्रो,
पाप-पुण्य यहाँ हुन्छ। त्यहाँ दानपुण्य पनि गरिदैन। हो नै प्रारब्ध। यहाँ हामी
सम्पूर्ण समर्पित भयौं भने २१ जन्मको लागि त्यसको सट्टामा प्रतिफल दिनुहुन्छ।
बाबालाई अनुसरण गर्नु छ। यदि उल्टो काम गर्यौ भने बाबाको नाम पनि बदनाम गर्छौ,
त्यसैले शिक्षा पनि दिनुपर्छ। रुप-वसन्त पनि सबै बन्नु छ। हामी आत्माहरूलाई बाबाले
पढाउनु भएको छ, फेरि हामीले अरूलाई पनि पढाउनु छ। सच्चा ब्राह्मणहरूलाई सच्चा गीता
सुनाउनु छ। अरू कुनै शास्त्रहरूको कुरा होइन। मुख्य हो गीता। बाँकी हुन् त्यसका बाल
बच्चा। त्यसबाट कसैको कल्याण हुन सक्दैन। मसँग कोही पनि मिल्न सक्दैन। म नै आएर फेरि
सहज ज्ञान, सहजयोग सिकाउँछु। सर्व शास्त्रमयी शिरोमणि गीता हो, त्यो सच्चा
गीताद्वारा वर्सा मिल्छ। कृष्णलाई पनि गीताबाट नै वर्सा मिल्यो, गीताका पनि पिता जो
रचयिता हुनुहुन्छ, उहाँ बसेर वर्सा दिनुहुन्छ। बाँकी गीता शास्त्रबाट वर्सा मिल्दैन।
रचयिता हुनुहुन्छ एक, बाँकी हुन् उहाँका रचना। पहिलो नम्बरको शास्त्र हो गीता,
त्यसपछि जुन शास्त्र बन्छन्, त्यसबाट पनि वर्सा मिल्न सक्दैन। वर्सा मिल्छ नै
सम्मुखमा। मुक्तिको वर्सा त सबैलाई मिल्नु छ, सबैलाई फर्केर जानु छ। तर स्वर्गको
वर्सा मिल्छ पढाइबाट। फेरि जसले जति पढ्छ। बाबाले सम्मुख पढाउनु हुन्छ। कसले
पढाउनुहुन्छ भन्ने निश्चय नभएसम्म के बुझ्न सक्छन्? के प्राप्ति गर्न सक्छन्? फेरि
पनि बाबासँग सुनिरहेमा ज्ञानको विनाश हुँदैन। जति सुख मिल्छ, फेरि अरूलाई पनि सुख
दिन्छन्। प्रजा बनाए भने स्वयं राजा बन्छन्। हाम्रो हो विद्यार्थी जीवन। हाँस्दै,
खेल्दै, ज्ञानको डान्स गर्दै हामी गएरप्रिन्स बन्छौं। विद्यार्थीहरूले जानेका छौ–
हामी प्रिन्स बन्नु छ, तब खुसीको पारा चढ्छ। यो त प्रिन्सप्रिन्सेसहरूको कलेज हो।
त्यहाँ प्रिन्सप्रिन्सेसको अलग अलग कलेज हुन्छ। विमानमा चढेर जान्छन्। त्यहाँका
विमान पनि पूर्ण फुल प्रुफ हुन्छ, कहिल्यै टुट्न सक्दैन। कहिल्यै कुनै पनि प्रकारको
दुर्घटना हुँदैन। यी सबै बुझ्ने कुरा हुन्। एक त बाबासँग पूरा बुद्धियोग राख्नुपर्छ,
अर्को बाबालाई सबै समाचार दिनुपर्छ। को को काँडाबाट कोपिला बनेका छन्? बाबासँग पूरा
कनेक्सन राख्नुपर्छ, जसले गर्दा फेरि टिचरले पनि निर्देशन दिइरहनु हुन्छ। को वारिस
बनेर फूल बन्ने पुरुषार्थ गर्छन्? काँडाबाट कोपिला, फेरि फूल तब बन्छन्, जब बाबाको
बच्चा बन्छन् । नत्र त कोपिलाको कोपिला नै रहन्छन् अर्थात् प्रजामा आउने छन्। अहिले
जसले जस्तो पुरुषार्थ गर्छ, उसले त्यस्तै पद पाउने छ। यस्तो होइन, एक जना दौडेपछि
हामीले उसको पुच्छर समाउने छौं। भारतवर्ष निवासीहरूले यस्तो सम्झन्छन्। तर पुच्छर
समात्ने त कुरै होइन, जसले गर्छ, उसैले पाउने छ। जसले पुरुषार्थ गर्छ, उसैको २१
पिँढीको प्रारब्ध बन्छ। वृद्ध त अवश्य हुन्छन्। तर अकालमा मृत्यु हुँदैन। पद कति
ठुलो हुन्छ। बाबाले जान्नुहुन्छ– यिनको तकदिर खुलेको छ, वारिस बनेका छन्। अहिले
पुरुषार्थी छन् फेरि रिपोर्ट पनि गर्छन्, बाबा यो यो विघ्न आउँछ, यो हुन्छ। हरेकले
चार्ट दिनुपर्छ। यति मेहनत अरू कुनै सतसङ्गमा हुँदैन। बाबाले त साना साना
बच्चाहरूलाई पनि सन्देशी बनाइदिनुहुन्छ। लडाइँमा सन्देश लिएर जाने पनि चाहिन्छ नि।
यो लडाइँको मैदान हो। यहाँ तिमीले सम्मुख सुन्छौ, त्यसैले धेरै राम्रो लाग्छ, दिल
खुसी हुन्छ। बाहिर गयो, बकुल्लाहरूको सङ्ग मिल्यो भने खुसी उडिहाल्छ। त्यहाँ मायाको
धुलो हुन्छ नि, त्यसैले पक्का बन्नुपर्छ।
बाबाले कति प्यारसँग
पढाउनु हुन्छ, कति सुविधा दिनुहुन्छ। यस्ता पनि धेरै छन्, जसले राम्रो राम्रो भनेर
फेरि गुम हुन्छन्, कोही बिरलै खडा हुन सक्छन्। यहाँ त ज्ञानको नसा हुनुपर्छ। मदिराको
पनि नसा हुन्छ नि। कोही कङ्गाल बन्यो, अनि मदिरा पियो, एकदम नसा चढ्यो भने सम्झिन्छ–
म राजाहरूको राजा हुँ। यहाँ तिमी बच्चाहरूलाई सदा ज्ञान अमृतको प्याला मिल्छ। धारण
गर्नको लागि दिनप्रतिदिन यस्ता प्वाइन्टहरू मिलिरहन्छन् जसले बुद्धिको ताला नै
खुल्दै जान्छ। त्यसैले मुरली त जसरी पनि पढ्नुपर्छ। जसरी गीताको पाठ दिनहुँ गर्छन्
नि। यहाँ पनि दिनहुँ बाबासँग पढ्नुपर्छ। सोध्नुपर्छ– मेरो उन्नति हुँदैन, के कारण
हो? आएर बुझ्नुपर्छ। आउँछन् पनि उनीहरू नै, जसलाई यो पूरा निश्चय हुन्छ, उहाँ हाम्रो
पिता हुनुहुन्छ। यस्तो होइन, पुरुषार्थ गरिररहेको छु निश्चय बुद्धि हुनको लागि।
निश्चय त एउटै हुन्छ, त्यसमा प्रतिशत हुँदैन। बाबा एक हुनुहुन्छ, उहाँबाट वर्सा
मिल्छ। यहाँ हजारौंले पढ्छन्, फेरि पनि भन्छन्– कसरी निश्चय गरुँ? उनलाई कम
भाग्यवान् भनिन्छ। भाग्यवान् उसलाई भनिन्छ, जसले बाबालाई चिनेर मान्छ। कुनै राजाले
मेरो धर्मपुत्र बन भनेमा, उनको गोदमा जानासाथ निश्चय हुन्छ नि। यस्तो भन्दैनन्,
निश्चय कसरी होला? यो हो नै राजयोग। बाबा त स्वर्गको रचयिता हुनुहुन्छ, त्यसैले
स्वर्गको मालिक बनाउनु हुन्छ। निश्चय छैन भने तिम्रो तकदिरमा छैन, अरूले कसले के
गर्न सक्छन्? मान्दैनन् भने फेरि पुरुषार्थ कसरी हुन सक्छ? ऊ लर्खराएर नै चल्छ।
बेहदका बाबासँग तिमीहरूलाई कल्प कल्प स्वर्गको वर्सा मिल्छ। देवता हुन्छन् नै
स्वर्गमा। कलियुगमा त रजाइँ हुँदैन। प्रजाको प्रजामाथि राज्य छ। पतित दुनियाँ हो,
त्यसैले यसलाई पावन दुनियाँ बाबाले नबनाए अरू कसले बनाउँछ? तकदिरमा छैन भने फेरि
बुझ्दैनन्। यो त बिल्कुल सहजै बुझ्ने कुरा हो। लक्ष्मी-नारायणले यो रजाइँको
प्रारब्ध कहिले पाए? अवश्य अघिल्लो जन्मको कर्म हो, त्यसैले नै प्रारब्ध पाए।
लक्ष्मी-नारायण स्वर्गका मालिक थिए, अहिले हो नर्क । त्यसैले यस्तो श्रेष्ठ कर्म
अथवा राजयोग बाबा सिवाय अरू कसैले सिकाउन सक्दैन। अहिले सबैको अन्तिम जन्म हो।
बाबाले राजयोग सिकाइरहनु भएको छ। द्वापरपछि सत्ययुग कहाँ आउँछ र। यहाँ त धेरै
राम्ररी बुझेर जान्छन्। बाहिर गएपछि खाली हुन्छन्, मानौं डिब्बामा पत्थर रहन्छ,
रत्न निस्किन्छ। ज्ञान सुन्दा सुन्दै फेरि विकारमा गिरे भने खलास। बुद्धिद्वारा
ज्ञान रत्नहरूको सफाइ हुन्छ। यस्तो पनि धेरैले लेख्छन्– बाबा, मेहनत गर्दागर्दै फेरि
आज गिरें। गिर्नु अर्थात् आफूलाई अनि कुललाई कलङ्क लगाउनु, भाग्यको रेखालाई मेट्नु
हो। घरमा पनि बच्चाहरूले यदि यस्तो कुनै अकर्तव्य गरे भने भन्छन्– यस्तो बच्चा
नजन्मेको भए राम्रो हुन्थ्यो। यहाँ बेहदका बाबा भन्नुहुन्छ– कुल कलङ्कित नबन। यदि
विकारहरूको दान दिएर फेरि फिर्ता लियौ भने पद भ्रष्ट हुन्छ। पुरुषार्थ गर्नु छ,
विजयी हुनु छ। चोट लाग्यो भने फेरि खडा होऊ। घरी घरी चोट खाइरहे भने त हार खाएर
बेहोश हुन पुग्छन्। बाबाले सम्झाउन त धेरै सम्झाउनु हुन्छ, तर कोही टिके त हो नि।
माया धेरै चलाख छ। पवित्रताको प्रण गरेर यदि फेरि गिरे भने नराम्रोसँग चोट लाग्छ।
बेडा पार हुन्छ नै पवित्रताबाट। पवित्रता थियो तब भारतवर्षको सितारा चम्किन्थ्यो।
अहिले त घोर अन्धकार छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस युद्धको मैदानमा मायासँग डराउनु छैन, बाबासँग पुरुषार्थको लागि राम्रो मत लिनु
छ। वफादार, आज्ञाकारी बनेर श्रीमतमा चलिरहनु छ।
२) रूहानी नसामा रहनको
लागि ज्ञान अमृतको प्याला दिनहुँ पिउनु छ। मुरली दिनहुँ पढ्नु छ। सम्पन्न भाग्यवान्
बन्नको लागि बाबामा कहिल्यै संशय आउनु हुँदैन।
वरदान:–
ब्रह्माबाबा
समान जीवनमुक्त स्थिति अनुभव गर्ने कर्मको बन्धनबाट मुक्त भव
ब्रह्माबाबा कर्म
गर्दा पनि कर्मको बन्धनमा फस्नुभएन। सम्बन्ध निभाउँदा पनि सम्बन्धको बन्धनमा
फस्नुभएन। उहाँ धन र साधनको बन्धनबाट पनि मुक्त रहनुभयो, जिम्मेवारी सम्हाल्दा
सम्हाल्दै पनि जीवनमुक्त स्थिति अनुभव गर्नुभयो। त्यसैगरी फलो फादर गर। कुनै पनि
विगतको हिसाब किताबको बन्धनमा बाँधिनु हुँदैन। संस्कार, स्वभाव, प्रभाव र दबाबको
बन्धनमा पनि पर्नु हुँदैन, तब भनिन्छ कर्मबन्धन मुक्त, जीवनमुक्त।
स्लोगन:–
तमोगुणी
वायुमण्डलमा स्वयंलाई सुरक्षित राख्नको लागि साक्षी भएर खेल हेर्ने अभ्यास गर।