21.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सम्मान सहित पास हु ने हो भने बुद्धियोग अलिकति पनि कही ँ भ ट्किनु हुँदैन , एक बाबाको याद र ाख्नुछ , देहलाई याद गर्नेहरूले उच्च पद पाउन सक्दैनन्।”

प्रश्न:–
सबैभन्दा उच्च लक्ष्य कुनचाहिँ हो?

उत्तर:–
आत्मा जीवन छँदै मरेर एक बाबाको बनोस्, अरू कोही याद नआओस्, देह अभिमान पूरै छुटोस्– यो नै हो उच्च लक्ष्य। निरन्तर देहीअभिमानी अवस्था बनोस्– यो हो उच्च लक्ष्य। यसबाट नै कर्मातीत अवस्था प्राप्त गर्छौ।

गीत:–
तू प्यार का सागर है.......।

ओम् शान्ति ।
अब यो गीत पनि गलत छ। प्यारको सट्टा हुनुपर्छ ज्ञानका सागर। प्यारको कुनै लोहोटा हुँदैन। लोहोटा, गङ्गाजल आदिको लागि हुन्छ। त्यसैले यो हो भक्तिमार्गको महिमा। यो हो गलत र त्यो हो सही। बाबा सर्वप्रथम त हुनुहुन्छ ज्ञानका सागर। बच्चाहरूमा अलिकति मात्र पनि ज्ञान छ भने धेरै उच्च पद प्राप्त गर्न सक्छन्। प्यारा बच्चाहरूले जानेका छौ– अब यस समयमा हामी वास्तवमा चैतन्य देलवाडा मन्दिर जस्तै हौं। त्यो हो जड देलवाडा मन्दिर र यो हो चैतन्य देलवाडा मन्दिर। यो पनि आश्चर्य छ नि। जहाँ जड यादगार छ त्यहीँ तिमी चैतन्य आएर बसेका छौ। तर मनुष्यहरूले कहाँ बुझ्छन् र! पछि गएर बुझ्नेछन् वास्तवमा यो ईश्वरीय विश्व विद्यालय हो, यहाँ भगवानले पढाउनु हुन्छ। यो भन्दा ठुलो विश्व विद्यालय अरू कुनै हुनसक्दैन। यो पनि बुझ्छन्– यो त वास्तवमा चैतन्य देलवाडा मन्दिर हो। त्यो देलवाडा मन्दिर तिम्रो एक्युरेट यादगार हो। माथि छतमा सूर्यवंशी-चन्द्रवंशी छन्, तल आदि देव, आदि देवी र बच्चाहरू बसेका छन्। यिनको नाम हो– ब्रह्मा, फेरि सरस्वती हुन् ब्रह्माकी छोरी। प्रजापिता ब्रह्मा छन् भने अवश्य गोप-गोपीनीहरू पनि हुनुपर्छ नि। त्यो हो जड चित्र। जो थिए उनीहरूकै फेरि चित्र बनेका छन्। कोही मर्यो भने तुरुन्त उसको चित्र बनाइदिन्छन्, उसको पोजीसन, जीवनीको बारेमा त थाहा हुँदैन। अक्युपेसन लेखेनन् भने त्यो चित्र कुनै कामको रहँदैन। थाहा हुन्छ फलानाले यो यो कर्तव्य गरेको रहेछ। अब यी जुन देवताहरूका मन्दिर छन्, उनीहरूको अक्युपेसन, जीवनी कसैलाई पनि थाहा छैन। उच्च भन्दा उच्च शिवबाबालाई कसैले पनि चिनेका छैनन्। यतिबेला तिमी बच्चाहरूले सबैको बायोग्राफी जानेका छौ। मुख्य को को थिए, जसलाई पुज्छन्? उच्च भन्दा उच्च हुनुहुन्छ भगवान। शिवरात्रि पनि मनाउँछन् भने अवश्य उहाँको अवतरण भएको थियो तर कहिले भयो, उहाँले आएर के गर्नुभयो– यो कसैलाई पनि थाहा छैन। शिवको साथमा हुन्छन् नै ब्रह्मा। आदि देव र आदि देवी को हुन्? उनीहरूका यति धेरै हातहरू किन देखाएका छन्? किनकि बृद्धि त हुन्छ नि। प्रजापिता ब्रह्माद्वारा कति बृद्धि हुन्छ। ब्रह्माको लागि नै भन्छन्– १०० भुजावाला, हजार भुजावाला। विष्णु वा शङ्करलाई यति भुजावाला भनिदैँन। ब्रह्माको लागि किन भनिन्छ? यो प्रजापिता ब्रह्माको नै सारा वंशावली हो नि। यो कुनै हातहरूको कुरा होइन। भन्न त उनीहरूले भन्छन्– हजार भुजावाला ब्रह्मा, तर अर्थ कहाँ बुझ्छन् र! अब तिमीले प्राक्टिकलमा हेर ब्रह्माका कति भुजाहरू छन्। यी हुन् बेहदका भुजाहरू। प्रजापिता ब्रह्मालाई त सबैले मान्छन् तर अक्युपेसनलाई जानेका छैनन्। आत्माको त हात हुँदैन, हात शरीरको हुन्छ। यति करोडौं आत्मा भाइहरू छन् भने उहाँका भुजाहरू कति भए? तर पहिला कसैले पूरा ज्ञानलाई बुझेपछि मात्र यी कुरा सुनाउनु छ। पहिला सुरुमा एउटा मुख्य कुरा बाबा भन्नुहुन्छ– मलाई याद गर अनि वर्सालाई याद गर, फेरि ज्ञानका सागर भनेर पनि गायन गरिएको छ। कति अथाह प्वाइन्टहरू सुनाउनुहुन्छ। यति सबै प्वाइन्टहरू त याद रहन सक्दैन। सार बुद्धिमा रहन जान्छ। अन्त्यमा सार रहन जान्छ– मनमनाभव।

ज्ञानको सागर श्रीकृष्णलाई भनिँदैन। उनी हुन् रचना। रचयिता एक बाबा मात्रै हुनुहुन्छ। बाबाले नै सबैलाई वर्सा दिनुहुन्छ, घर लैजानुहुन्छ। बाबाको र आत्माहरूको घर हो नै साइलेन्स होम। विष्णुपुरीलाई बाबाको घर भनिँदैन। घर हो मूलवतन, जहाँ आत्माहरू रहन्छन्। यी सबै कुरा समझदार बच्चाहरूले नै धारण गर्न सक्छन्। यति सारा ज्ञान कसैको बुद्धिमा याद रहन सक्दैन। न यति कागजमा नै लेख्न सक्छन्। यी मुरलीहरू पनि सबै जम्मा गर्दै जाने हो भने त सारा हल भन्दा पनि धेरै हुन्छ। त्यस पढाइमा पनि कति धेरै किताबहरू हुन्छन्। परीक्षा पास गर्यो फेरि सार बुद्धिमा बस्छ। कानुनको परीक्षा पास गर्यो भने एक जन्मको लागि अल्पकालको सुख मिल्छ। त्यो हो विनाशी कमाइ। तिमीलाई त उहाँ बाबाले अविनाशी कमाइ गराउनु हुन्छ– भविष्यको लागि। बाँकी जति पनि गुरु गोसाईँ आदि छन् उनले सबै विनाशी कमाइ गराउँछन्। विनाशको नजिक आउँदै जान्छन्, कमाइ घट्दै जान्छ। तिमीले भन्छौ कमाइ त बढ्दै जानुपर्ने हो, तर होइन। यो त सबै खतम हुनु छ। पहिला राजा आदिको कमाइ हुन्थ्यो। अहिले त उनीहरू पनि छैनन्। तिम्रो कमाइ त कति समय चल्छ। तिमीलाई थाहा छ– यो बनिबनाऊ ड्रामा हो, जसलाई दुनियाँमा कसैले जानेका छैनन्। तिमीहरूमा पनि नम्बरवार छौ, जसलाई धारणा हुन्छ। कतिले त कत्ति पनि सम्झाउन सक्दैनन्। कसैले भन्छन्– हामीले मित्र-सम्बन्धीहरूलाई सम्झाउँछौं, त्यो पनि त अल्पकाल भयो नि। अरूलाई प्रदर्शनी आदि किन सम्झाउदैनौं? पूरा धारणा हुँदैन। आफूलाई धेरै मिया मिट्ठू त सम्झिनु छैन नि। सेवाको सोख छ भने जसले राम्रोसँग सम्झाउँछ, उसको कुरा सुन्नुपर्छ। बाबा उच्च पद प्राप्त गराउन आउनुभएको छ त्यसैले पुरुषार्थ गर्नुपर्छ नि। तर तकदिरमा छैन भने श्रीमत पनि मान्दैनन्, फेरि पद भ्रष्ट हुन्छन्। ड्रामा योजना अनुसार राजधानी स्थापना भइरहेको छ। त्यसमा त सबै प्रकारका चाहिन्छन् नि। बच्चाहरूले बुझ्नसक्छन् कोही राम्रा प्रजा बनाउनेवाला छन्, कोही कम। बाबा भन्नुहुन्छ– म तिमीलाई राजयोग सिकाउन आएको छु। देलवाडा मन्दिरमा राजाहरूका चित्र छन् नि। जो पूज्य बन्छन् उनीहरू नै फेरि पुजारी बन्छन्। राजा-रानीको पद त उच्च हुन्छ नि। फेरि वाममार्गमा आएपछि पनि रजाइँ अथवा ठुला-ठुला धनवान त हुन्छन्। जगन्नाथको मन्दिरमा सबैको ताज देखाइएको छ। प्रजाको त ताज हुँदैन। ताजवाला राजाहरू पनि विकारी देखाउँछन्। उनीहरूको सुख सम्पत्ति त धेरै हुन्छ। सम्पत्ति धेरै थोरै त हुन्छ नै। हीराको महल र चाँदीको महलमा फरक त हुन्छ। त्यसैले बाबा बच्चाहरूलाई भन्नुहुन्छ– राम्रो पुरुषार्थ गरेर उच्च पद पाऊ। राजाहरूलाई धेरै सुख हुन्छ, त्यहाँ सबै सुखी हुन्छन्। जसरी यहाँ सबैलाई दु:ख छ, रोग आदि त सबैलाई लाग्छ नै। त्यहाँ सुख नै सुख हुन्छ, फेरि पनि पद त नम्बरवार हुन्छ। बाबा सदैव भन्नुहुन्छ– पुरुषार्थ गरिराख, अल्छी नबन। पुरुषार्थबाट बुझिन्छ ड्रामा अनुसार यिनको सद्गति यस प्रकार यति नै हुन्छ।

आफ्नो सद्गतिको लागि श्रीमतमा चल्नु छ। शिक्षकको मतमा विद्यार्थी चलेनन् भने कुनै कामका हुँदैनन्। नम्बरवार पुरुषार्थ अनुसार त सबै छन्। यदि कसैले हामीले यो गर्न सक्दैनौं भन्छन् भने बाँकी के सिक्छन्! सिकेर होसियार हुनुपर्छ, जसबाट कसैले पनि भन्नेछ यिनले सम्झाउन त धेरै राम्रो सम्झाउँछन् तर आत्मा जीवित छदै मरेर एक बाबाको बन्नु, र कोही याद नआउनु, देह-अभिमान छुट्नु– यो हो उच्च लक्ष्य। सबैथोक भुल्नु छ। पूरै देहीअभिमानी अवस्था बन्नु– यो उच्च लक्ष्य हो। त्यहाँ आत्माहरू हुन्छन् नै अशरीरी। फेरि यहाँ आएर देह धारण गर्छन्। अब फेरि यहाँ यस देहमा रहेर आफूलाई अशरीरी सम्झिनु छ। यो मेहनत धेरै कठिन छ। आफूलाई आत्मा सम्झेर कर्मातीत अवस्थामा रहनु छ। सर्पलाई पनि अक्कल छ नि– पुरानो काँचुली छोडिदिन्छ। त्यसैले तिमी पनि देह अभिमानबाट कति निस्किनु पर्छ। मूलवतनमा त तिमी हुन्छौ नै देहीअभिमानी। यहाँ देहमा हुँदा आफूलाई आत्मा सम्झिनु छ। देह अभिमान टुट्नुपर्छ। कति ठुलो परीक्षा छ। भगवानले स्वयं आएर पढाउनुपर्छ। देहका सबै सम्बन्ध छोडेर मेरो बन, आफूलाई निराकार आत्मा सम्झ, यस्तो अरू कसैले भन्न सक्दैन। कुनै पनि चीजको भान नरहोस्। मायाले एक अर्काको देहमा धेरै फसाउँछ त्यसैले बाबा भन्नुहुन्छ– यस साकारलाई पनि याद गर्नुछैन। बाबा भन्नुहुन्छ– तिमीले त आफ्नो देहलाई पनि भुल्नुछ, एक बाबालाई याद गर्नुछ। यसमा धेरै मेहनत छ। मायाले राम्रा राम्रा बच्चाहरूलाई पनि नाम-रूपमा फसाइदिन्छ। यो स्वभाव धेरै नराम्रो हो। शरीरलाई याद गर्नु– यो त भूतहरूको याद भयो। म भन्छु– एक शिवबाबालाई याद गर। तिमीले फेरि ५ भूतलाई याद गरिरहन्छौ। देहसँग बिल्कुल लगाव हुनुहुँदैन। ब्राह्मणीसँग पनि सिक्नुछ, तर उनीहरूकै नाम-रूपमा फस्नु छैन। देहीअभिमानी बन्नमा नै मेहनत छ। बाबाकहाँ धेरै बच्चाहरूले चार्ट त पठाउँछन् तर बाबाले त्यसमा विश्वास गर्नुहुन्न। कसैले त भन्छन्– मैले त शिवबाबा सिवाय अरू कसैलाई याद गर्दिनँ, तर बाबालाई थाहा छ– पाई जति पनि याद गर्दैनन्। यादको लागि त धेरै मेहनत छ। कहीँ न कहीँ फस्छन्। देहधारीलाई याद गर्नु, यो त ५ भूतहरूको याद हो। यसलाई भूत पूजा भनिन्छ। भूतलाई याद गर्छन्। यहाँ त तिमीले एक शिवबाबालाई याद गर्नुछ। पूजाको त कुरै छैन। भक्तिको नामनिसान गुम हुनजान्छ फेरि चित्रलाई के याद गर्नुछ। ती पनि माटाले बनेका हुन्। बाबा भन्नुहुन्छ– यो पनि सबै ड्रामामा निश्चित छ। अब फेरि तिमीलाई पुजारीबाट पूज्य बनाउँछु। एक बाबा सिवाय अरू कुनै पनि शरीरलाई याद गर्नुछैन। आत्मा पावन बनिसकेपछि फेरि शरीर पनि पावन मिल्छ। अहिले त यो शरीर पावन छैन। पहिला आत्मा जब सतोप्रधानबाट सतो, रजो, तमोमा आउँछ तब शरीर पनि त्यसै अनुसार मिल्छ। अब तिम्रो आत्मा पावन बन्दै जान्छ तर शरीर अहिले नै पावन हुँदैनयी बुझ्नुपर्ने कुरा हन्। यो प्वाइन्ट पनि उनीहरूको बुद्धिमा बस्छ जसले राम्रोसँग बुझेर बुझाउँदै जान्छन्। आत्मा सतोप्रधान बन्नु छ। बाबालाई याद गर्नुमा नै धेरै मेहनत छ। कतिलाई त अलिकति पनि याद रहँदैन। सम्मान सहित पास हुनको लागि बुद्धियोग अलिकति पनि कहीँ नभट्कियोस्। एक बाबाको मात्रै याद रहोस्। तर बच्चाहरूको बुद्धियोग भट्किरहन्छ। जति धेरैलाई आफू समान बनाउँछौ त्यति नै पद मिल्छ। देहलाई याद गर्नेले कहिल्यै उच्च पद पाउन सक्दैन। यहाँ त सम्मान सहित पास हुनुछ। मेहनत नगरी यो पद कसरी मिल्छ! देहलाई याद गर्नेले कुनै पुरुषार्थ गर्न सक्दैन। बाबा भन्नुहुन्छ– पुरुषार्थ गर्नेलाई अनुसरण गर। यिनी पनि पुरुषार्थी हुन् नि।

यो ज्ञान धेरै बिचित्र छ। दुनियाँमा कसैलाई पनि थाहा छैन। कसैको पनि बुद्धिमा बस्दैन– आत्माको परिवर्तन कसरी हुन्छ? यो सारा गुप्त मेहनत हो। बाबा पनि गुप्त हुनुहुन्छ। तिमीले राज्यभाग्य कसरी प्राप्त गर्छौ? लडाइँ-झगडा केही पनि हुँदैन। ज्ञान र योगको नै कुरा हो। हामी कसैसँग लड्दैनौं। यहाँ त आत्मालाई पवित्र बनाउनको लागि मेहनत गर्नुछ। आत्मा जति जति पतित बन्दै जान्छ, शरीर पनि त्यस्तै पतित लिन्छ। फेरि आत्मालाई पावन बनेर जानु छ, यसमा धेरै मेहनत छ। बाबाले बुझ्न सक्नुहुन्छ– कस कसले पुरुषार्थ गर्छन्! यो हो शिवबाबाको भण्डारा। शिवबाबाको भण्डारामा तिमीले सेवा गर्छौ। सेवा गरेनौ भने पाई पैसाको पद पाउने छौ। बाबाको पासमा सेवाको लागि आएर पनि सेवा गरेनन् भने के पद मिल्ला! यो राजधानी स्थापना भइरहेको छ, यसमा नोकरचाकर आदि सबै बन्छन् नि। अहिले तिमीले रावणमाथि विजय पाउँछौ, बाँकी अरू कुनै लडाइँ हुँदैन। यो सम्झाइन्छ, कति गुप्त कुरा छ। योगबलबाट तिमीले विश्वको बादसाही लिन्छौ। तिमीलाई थाहा छ– हामी आफ्नो शान्तिधाम निवासी हौं। तिमी बच्चाहरूलाई बेहदको घर नै याद छ। यहाँ हामी पार्ट खेल्न आएका छौं फेरि जान्छौं आफ्नो घर। आत्मा कसरी जान्छ? यो पनि कसैले बुझ्दैनन्। ड्रामा योजना अनुसार आत्माहरू आउनु नै छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि देहधारीसँग लगाव हुनुछैन। शरीरलाई याद गर्नु पनि भूतलाई याद गर्नु हो, त्यसैले कसैको नाम-रूपमा लट्किनु छैन। आफ्नो देहलाई पनि भुल्नु छ।

२) भविष्यको लागि अविनाशी कमाइ जम्मा गर्नुछ। समझदार बनेर ज्ञानका प्वाइन्टहरूलाई बुद्धिमा धारण गर्नुछ। जे बाबाले सम्झाउनु भएको छ, त्यो बुझेर अरूलाई सुनाउनु छ।

वरदान:–
कल्प कल्पको विजयको स्मृतिको आधारमा माया रूपी दु स्म नलाई आह्वान गर्ने महावीर विजयी भव

महावीर विजयी बच्चाहरू पेपर देखेर आत्तिँदैनन् किनकि त्रिकालदर्शी भएको कारणले जान्दछन् हामी कल्प कल्पका विजयी हौँ। महावीरले कहिल्यै यसो भन्न सक्दैनन्– बाबा हामीकहाँ मायालाई नपठाउनुहोस्– कृपा गर्नुहोस्, आशीर्वाद दिनुहोस्, शक्ति दिनुहोस्, के गरूँ, कुनै बाटो देखाउनुहोस्.... यो पनि कमजोरी हो। महावीरले त दुस्मलाई आह्वान गर्छन्– आऊ ताकि हामी विजयी बनौँ।

स्लोगन:–
समयको सूचना छ– समान बन, सम्पन्न बन।